156 lines
36 KiB
Plaintext
156 lines
36 KiB
Plaintext
\id JAS
|
|
\ide UTF-8
|
|
\h James
|
|
\toc1 James
|
|
\toc2 James
|
|
\toc3 jas
|
|
\mt James
|
|
\c 1
|
|
\cl
|
|
\p
|
|
\v 1 परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक याकूबबाट, छरपष्ट भएका बाह्र कुललाई अभिवादन!
|
|
\p
|
|
\v 2 मेरा भाइहरू हो, तिमीहरूले अनेकौं किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ,
|
|
\v 3 तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ ।
|
|
\v 4 धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
|
|
\p
|
|
\v 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्वरसँग त्यसले मागोस् र उहाँले त्यसलाई त्यो दिनुहुनेछ ।
|
|
\v 6 तर त्यसले शङ्का नगरी विश्वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्तो हुन्छ ।
|
|
\v 7 त्यस्तो व्यक्तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्,
|
|
\v 8 त्यस्तो व्यक्ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा अस्थिर हुन्छ ।
|
|
\p
|
|
\v 9 दीन भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्,
|
|
\v 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने त्यो घाँसमा फलेको जङ्गली फुलझैं ओइलाएर बितिजानेछ ।
|
|
\v 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ । फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ । त्यसैगरी, धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ ।
|
|
\p
|
|
\v 12 त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ । किनकि परीक्षामा सफलता प्राप्त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
|
|
\p
|
|
\v 13 परीक्षामा पर्दा “म परमेश्वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्टबाट परमेश्वरको परीक्षा हुँदैन न त उहाँ आफैंले पनि कसैको परीक्षा गर्नुहुन्छ ।
|
|
\v 14 तर प्रत्येक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्छ, जसले त्यसलाई बहकाउँछ र प्रलोभनमा पार्छ ।
|
|
\v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।
|
|
\p
|
|
\v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
|
|
\v 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँमा कुनै परिवर्तन हुने वा बदली हुने छाँया हुँदैन।
|
|
\v 18 उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैं हुन सकौं भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो ।
|
|
\p
|
|
\v 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
|
|
\v 20 किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता पूरा गर्दैन ।
|
|
\p
|
|
\v 21 यसकारण, सबै पापमय घिनलाग्दा कुरा र दुष्टताको प्रचुरतालाई मिल्काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ ।
|
|
\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर ।
|
|
\v 23 किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो, तर पालन गर्ने व्यक्ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिसजस्तै हो ।
|
|
\v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र त्यो कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ ।
|
|
\v 25 तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
|
|
\p
|
|
\v 26 यदि कसैले आफैंलाई धार्मिक ठान्छ, तर त्यसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने त्यसले आफ्नो हृदयलाई धोका दिन्छ र त्यसको धर्म व्यर्थको हुन्छ ।
|
|
\v 27 हाम्रा परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैंलाई संसारबाट दोषरहित राख्नु ।
|
|
\c 2
|
|
\cl
|
|
\p
|
|
\v 1 मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूले विश्वास नगर ।
|
|
\v 2 मानोें कि कोही मानिस तिमीहरूको सभामा सुनका औंठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा प्रवेश गर्यो ।
|
|
\v 3 यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीं उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने,
|
|
\v 4 के तिमीहरूले आफ्नेे बीचमा न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?
|
|
\v 5 मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्नुभएन र?
|
|
\v 6 तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ! के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र?
|
|
\v 7 तिमीहरूलाई जुन असल नामद्वारा बोलावट भएको छ त्यसको तिनीहरूले अपमान गर्दैनन् र?
|
|
\v 8 तथापि, यदि तिमीहरूले धर्मशास्त्रअनुसार “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर” भन्ने राजकीय व्यवस्थालाई पूरा गर्छौ भने, तिमीहरूले असलै गर्छौ ।
|
|
\v 9 तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरिरहेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा अपराधीको रूपमा दोषी ठहरिन्छौ ।
|
|
\p
|
|
\v 10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ, तर एउटै कुरामा मात्र ठक्कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।
|
|
\v 11 किनकि जसले “व्यभिचार नगर” भनेर भन्नुभयो उहाँले “हत्या नगर” पनि भन्नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्थाको अपराधी भएका छोे ।
|
|
\p
|
|
\v 12 यसकारण, स्वतन्त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैं गरी बोल र व्यवहार गर ।
|
|
\v 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँछ । कृपा न्यायमाथि विजयी हुन्छ ।
|
|
\p
|
|
\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्वासले त्यसलाई बचाउन सक्छ र?
|
|
\v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ ।
|
|
\v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र?
|
|
\v 17 त्यसेेगरी यदि विश्वास पनि कामबिनाको छ भने त्यो मरेतुल्य हुन्छ ।
|
|
\p
|
|
\v 18 तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्वास तिमीहरूलाई देखाउनेछु ।
|
|
\v 19 परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्छौ; तिमीहरूले त्यो असल गर्छौ । तर भूतात्माहरूले पनि विश्वास गर्छन्, र तिनीहरू थरथर काम्छन् ।
|
|
\v 20 मूर्ख मानिस हो, के तिमी यो जान्न चाहन्छौ, कि कामविनाको विश्वास व्यर्थ हुन्छ? \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा \fqa मूर्ख मानिस हो, के तिमी यो जान्न चाहन्छौ, कि कामविनाको विश्वास मृत हुन्छ \fqa* ? \f*
|
|
\v 21 जब हाम्रा पिता अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र?
|
|
\v 22 तिमीहरू देख्छौ, कि तिनका कामहरूसँगै विश्वासले कार्य गर्यो, र कामहरूद्वारा नै तिनको विश्वास पूर्ण भयो ।
|
|
\v 23 धर्मशास्त्रको यस्तो भन्ने वचन पूरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” र तिनी परमेश्वरको मित्र कहलिए ।
|
|
\v 24 तिमीहरू देख्छौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा मात्र होइन ।
|
|
\v 25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिंदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी थिइनन् र?
|
|
\p
|
|
\v 26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्छ, त्यसै गरी कामबाट अलग हुँदा विश्वास पनि मर्छ ।
|
|
\c 3
|
|
\cl
|
|
\p
|
|
\v 1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्नु हुँदैन । हामी यो जान्दछोे, कि हामी, शिक्षा दिनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
|
|
\v 2 किनकि हामी धेरै किसिमले ठेस खान्छौं। यदि कोही वचनमा ठक्कर खाँदैन भने, त्यो पूर्ण रूपमा परिपक्व मानिस हो, जसले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ ।
|
|
\v 3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाहरूका मुखमा लगाम लगायौं भने, हामीले त्यसका सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौं ।
|
|
\v 4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीं लगिन्छ ।
|
|
\v 5 त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्छ । ख्याल गर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।
|
|
\p
|
|
\v 6 जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । जिब्रोले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैं आगोले सल्किएको छ ।
|
|
\v 7 किनकि सबै किसिमका जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातिद्वारा नै वशमा राखिएको छ ।
|
|
\v 8 तर कुनेे मानिसले पनि जिब्रोलाई वशमा राख्न सक्देेन । यो घातक विषले भरिएको र नियन्त्रण गर्न नसकिने दुष्ट हो ।
|
|
\v 9 यही जिब्रोले हामी प्रभु र पिताको प्रशंसा गर्छौं, र यसैले हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौं ।
|
|
\v 10 एउटै मुखबाट आशिष् र सराप निस्किन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
|
|
\v 11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्छ र?
|
|
\v 12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँछ र? वा दाखको बोटले अन्जीर फलाउँछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।
|
|
\p
|
|
\v 13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
|
|
\v 14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
|
|
\v 15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।
|
|
\v 16 किनकि जहाँ ईर्ष्या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्ट काम हुन्छ ।
|
|
\v 17 तर स्वर्गबाट आउने विवेकचाहिं सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, निष्पक्ष र निष्कपट हुन्छ ।
|
|
\v 18 अनि धार्मिकताको फलचाहिं शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।
|
|
\c 4
|
|
\cl
|
|
\p
|
|
\v 1 तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बीचमा लडन्त गर्ने तिमीहरूका अभिलाषाहरूबाट आउँदैनन् र?
|
|
\v 2 तिमीहरू इच्छा गर्छौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्छौ र लालच गर्छोे, र तिमीहरू प्राप्त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्छौ र झगडा गर्छौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
|
|
\v 3 तिमीहरू माग्छौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्छौ ।
|
|
\p
|
|
\v 4 तिमी व्यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण जसले संसारको मित्र हुने इच्छा गर्छ, त्यसले आफैंलाई परमेश्वरको शत्रु बनाउँछ ।
|
|
\v 5 वा के तिमीहरू ठान्छौ कि धर्मशास्त्रले व्यर्थमा भन्छ, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुहुन्छ।”
|
|
\v 6 तर परमेश्वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्त्रले भन्छ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।”
|
|
\p
|
|
\v 7 त्यसकारण परमेश्वरमा आफैंलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ ।
|
|
\v 8 परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनका मानिसहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
|
|
\v 9 दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् ।
|
|
\v 10 प्रभुको सामु आफैंलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
|
|
\p
|
|
\v 11 भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्छ र व्यवस्थाको न्याय गर्छ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्छौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
|
|
\v 12 व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ?
|
|
\p
|
|
\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी यो सहरभित्र प्रवेश गर्नेछौं, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर नाफा कमाउनेछौं। "
|
|
\v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो छ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
|
|
\v 15 यसको साटो तिमीहरूले यस्तो भन्नुपर्छ, “यदि प्रभुले इच्छा गर्नुभयो भने, हामी जिउनेछौं र यो वा त्यो गर्नेछौं ।”
|
|
\v 16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।
|
|
\p
|
|
\v 17 त्यसकारण जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।
|
|
\c 5
|
|
\cl
|
|
\p
|
|
\v 1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आइरहेको कष्टहरूको कारण रोओ र विलाप गर ।
|
|
\v 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् ।
|
|
\v 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ र तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
|
|
\v 4 हेर, ती खेतालाहरूको ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगायोे, त्यो तिमीहरूको विरुद्धमा कराइरहेको छ। ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ ।
|
|
\v 5 तिमीहरू पृथ्वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्टपुष्ट पारेका छौ ।
|
|
\v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
|
|
\p
|
|
\v 7 त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
|
|
\v 8 तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
|
|
\v 9 भाइहरू हो, एक अर्काको विरुद्धमा गनगन नगर ताकि तिमीहरू दोषी नठहरिओस् । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
|
|
\v 10 भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्ट र धैर्यबाट एउटा उदाहरण लेओ ।
|
|
\v 11 हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौं । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
|
|
\p
|
|
\v 12 यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिं “हो” र “होइन” को अर्थ चाहिं “होइन” नै होस् ।
|
|
\p
|
|
\v 13 के तिमीहरूका माझमा कसैले कष्ट भोगिरहेको छ? त्यसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? त्यसले प्रशंसाको गीत गाओस् ।
|
|
\v 14 के तिमीहरूका माझमा कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि तिनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा तिनीहरूले त्यसलाई तेलले अभिषेक गरून् ।
|
|
\v 15 विश्वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले त्यसलाई माथि उठाउनुहुनेछ । यदि त्यसले पाप गरेको छ भने, परमेश्वरले त्यसलाई क्षमा गर्नुहुनेछ ।
|
|
\v 16 त्यसकारण एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्तिशाली हुन्छ ।
|
|
\v 17 एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी तिनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तीन वर्ष र छ महिनासम्म पानी परेन ।
|
|
\v 18 अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो ।
|
|
\p
|
|
\v 19 मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,
|
|
\v 20 त्यस व्यक्तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्किएको मार्गबाट फर्काउँछ, त्यसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्नेछ ।
|