77 lines
16 KiB
Plaintext
77 lines
16 KiB
Plaintext
\id 2TH
|
|
\ide UTF-8
|
|
\h थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
|
|
\toc1 थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
|
|
\toc2 थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
|
|
\toc3 2th
|
|
\mt थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
|
|
\c 1
|
|
\cl अध्याय १
|
|
\p
|
|
\v 1 पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई,
|
|
\v 2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरुलाई अनुग्रह र शान्ति ।
|
|
\p
|
|
\v 3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्वरलाई सधैं धन्यवाद दिनुपर्छ । यो उचित छ किनभने तिमीहरूको विश्वास धेरै बढिरहेको र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रगाढ भइरहेको छ।
|
|
\v 4 त्यसैले हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौं ।
|
|
\p
|
|
\v 5 यो परमेश्वरको धार्मिक न्यायको प्रमाण हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू पिडा भोगिरहेका छौ ।
|
|
\v 6 वास्तवमा, तिमीहरूलाई हानि गर्नेहरुलाई हानि गर्नु परमेश्वरको लागि धार्मिक छ,
|
|
\v 7 र प्रभु येशू स्वर्गबाट उहाँका शक्तिशाली स्वर्गदूतहरूका साथ प्रकट हुनुहुँदा, हामीसँग दुःख भोगेका तिमीहरूलाई छुटकारा मिल्नेछ ।
|
|
\v 8 जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
|
|
\v 9 तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको शक्तिको महिमादेखि टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्।
|
|
\v 10 तिमीहरूले हाम्रो यो गवाही विश्वास गरेको कारण उहाँले यो त्यस दिन गर्नुहुनेछ, जब उहाँ आफ्ना पवित्र जातिहरूमा महिमित हुन र उहाँमाथि विश्वास गर्नेहरुलाई अचम्मित पार्न आउनुहुनेछ।
|
|
\p
|
|
\v 11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्छौं, कि हाम्रा परमेश्वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र उहाँको शक्तिद्वारा हरेक असल योजना र हरेक विश्वासको काम पुरा गरून् ।
|
|
\v 12 हामी यो प्रार्थना गर्छौं कि हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले येशूको नाउँ तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होऔ ।
|
|
\c 2
|
|
\cl अध्याय २
|
|
\p
|
|
\v 1 अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौं,
|
|
\v 2 कि प्रभुको दिन आइसकेको छ भनी न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा तिमीहरूको मन सजिलै विचलित या हतास होस्।
|
|
\v 3 तिमीहरूलाई कसैले कुनै रीतिले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन । \f + \ft केही महत्वपूर्ण र प्राचीन प्रतिलिपिमा \fqa र पापको मानिस \fqa* । \f*
|
|
\v 4 यो त्यो हो, जसले विरोध गर्छ र परमेश्वर कहलिएका वा पुज्यहरू सबैको विरूद्ध आफैलाई उचाल्छ । जसको कारण त्यो परमेश्वरको मन्दिरमा बस्छ र आफैलाई परमेश्वरको रूपमा प्रस्तुत गर्छ ।
|
|
\v 5 मैले तिमीहरूसँग हुँदा भनेका यी कुराहरू के तिमीहरूले सम्झदैनौ?
|
|
\p
|
|
\v 6 अब तिमीहरू जान्दछौ कि कुनै कुराले त्यसलाई रोक्छ, ताकि त्यो ठिक समयमा मात्र प्रकट हुनेछ ।
|
|
\v 7 किनकि, अधर्मको रहस्यले पहिलेदेखि नै काम गरिरहेको छ, तर केवल एक जना हुनुहुन्छ जसले त्यसलाई त्यसका मार्गबाट नहटाउनुभएसम्म त्यसलाई थामिराख्नुहुन्छ ।
|
|
\v 8 त्यसपछि अधर्मी मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले त्यसको अन्त हुनेछ ।
|
|
\p
|
|
\v 9 शैतानका सबै शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरूको कारण अधर्मी मानिसको आगमन हुनेछ ।
|
|
\v 10 त्यो अधार्मिकताका सबै प्रकारका छलहरु साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् किनभने तिनीहरूले बचाइनको लागि परमेश्वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् ।
|
|
\v 11 यसकारण तिनीहरूले झुटो विश्वास गरून् भनी परमेश्वरले शक्तिशाली भ्रम पठाउँदै हुनुहुन्छ,
|
|
\v 12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्वास नगर्ने सबै दोषी ठहरिऊन् ।
|
|
\p
|
|
\v 13 तर प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि सधैं धन्यवाद दिनुपर्छ किनभने परमेश्वरले आत्माको शुद्धतामा र सत्यताको विश्वासमा उद्धारको पहिलो फलझैं तिमीहरूलाई चुन्नुभयो, \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa परमेश्वरले... पहिलेदेखि नै उद्धारको लागि तिमीहरूलाई चुन्नुभयो \fqa* । \f*
|
|
\v 14 हाम्रा सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
|
|
\p
|
|
\v 15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।
|
|
\p
|
|
\v 16 अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्तको सहाजता र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले,
|
|
\v 17 हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सहज र बलियो गरुन् ।
|
|
\c 3
|
|
\cl अध्याय ३
|
|
\p
|
|
\v 1 अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको छ ।
|
|
\v 2 र हामी दुष्ट र ईश्वरहीन मानिसहरूबाट छुटकारा हुन सकौं, किनकि सबैसँग विश्वास छैन ।
|
|
\p
|
|
\v 3 तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई बलियो पार्नुहुन्छ र दुष्टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ ।
|
|
\v 4 हामी तिमीहरूप्रति प्रभुमा विश्वस्त छौं कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ ।
|
|
\v 5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् ।
|
|
\p
|
|
\v 6 अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्छौं कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको विधि अनुसार जिउँदैनन् जुन कुरा तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।
|
|
\v 7 तिमीहरू आफैलाई थाहा छ, कि तिमीहरूले हाम्रो अनुकरण गर्नु असल कुरा हो किनभने हामीले तिमीहरूका बीचमा अल्छीपना देखाएनौं,
|
|
\v 8 न त हामीले सित्तैंमा कसैको रोटी नै खायौं, तर त्यसको सट्टामा हामी कसैको भार नबनौं भनेर हामीले कठोर परिश्रम र अप्ठेरोमा रातदिन काम गर्यौं ।
|
|
\v 9 हामीसँग कुनै अधिकार नभएको कारणले हामीले यसो गरेको होइन तर हामी तिमीहरूको निम्ति उदाहरण बन्न यसो गर्यौं ताकि तिमीहरूले हाम्रो अनुकरण गर्न सक ।
|
|
\v 10 हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौं, “यदि कसैले काम गर्न चाहँदैन भने, त्यसले खाना पनि नखाओस्” ।
|
|
\v 11 किनकि हामीले सुन्यौं कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिंड्छन्, तिनीहरू काम गर्दैनन् तर व्यर्थै अर्काको काममा हात लगाउनेहरू भएका छन् ।
|
|
\p
|
|
\v 12 यस्ताहरूलाई हामी ख्रीष्ट येशूमा आज्ञा र उत्साह दिन्छौं, कि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहेनतद्वारा जीविकोपार्जन गरून् ।
|
|
\p
|
|
\v 13 तर तिमी भाइहरू हो, जे असल छ त्यो गर्नबाट थकित नहोऔ,
|
|
\v 14 र यदि कसैले यो पत्रमा लेखिएको हाम्रो आज्ञालाई पालना गर्दैन भने त्यसको विषयमा ख्याल गर र त्यससँग कुनै सम्बन्ध नराख ताकि त्यो शर्ममा परोस् ।
|
|
\v 15 तरपनि त्यसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
|
|
\p
|
|
\v 16 शान्तिका प्रभु आफैंले तिमीहरूलाई सदासर्वदाका लागि हरेक मार्गमा शान्ति प्रदान गरून् । प्रभु तिमीहरू सबैसँग रहुन्।
|
|
\v 17 म, पावल, यो मेरो आफ्नै हातले लेखेको हुँ जुन मैले लेख्ने हरेक पत्रहरूमा भएको चिन्ह हो ।
|
|
\v 18 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् । आमेन ।
|