580 lines
141 KiB
Plaintext
580 lines
141 KiB
Plaintext
\id 1CO
|
|
\ide UTF-8
|
|
\h कोरिन्थीहरूलाई पावलको पहिलो पत्र
|
|
\toc1 कोरिन्थीहरूलाई पावलको पहिलो पत्र
|
|
\toc2 कोरिन्थीहरूलाई पावलको पहिलो पत्र
|
|
\toc3 1co
|
|
\mt कोरिन्थीहरूलाई पावलको पहिलो पत्र
|
|
\c 1
|
|
\cl अध्याय 1
|
|
\p
|
|
\v 1 परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
|
|
\v 2 कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, ख्रीष्ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई, हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौं, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
|
|
\p
|
|
\v 3 हाम्रा परमेश्वर पिता र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
|
|
\p
|
|
\v 4 ख्रीष्ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्वरको अनुग्रहको निम्ति म परमेश्वरलाई सधैं धन्यवाद दिन्छु ।
|
|
\v 5 उहाँले तिमीहरूलाई सबै बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ ।
|
|
\v 6 ख्रीष्टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्टि भएको छ ।
|
|
\v 7 यसकारण तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।
|
|
\v 8 तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा निर्दोष हुन सक भन्ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै बलियो राख्नुहुनेछ ।
|
|
\v 9 परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
|
|
\p
|
|
\v 10 अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।
|
|
\v 11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।
|
|
\v 12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ ।
|
|
\v 13 के ख्रीष्ट बाँडिनुभएको छ? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए? के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ ?
|
|
\v 14 म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्तिस्मा दिइनँ ।
|
|
\v 15 तिमीहरूले मेरो नाउँमा बप्तिस्मा लियौ भनी कसैले भन्न सक्दैनन् ।
|
|
\v 16 (मैले स्तिफनसको परिवारलाई पनि बप्तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्तिलाई मैले बप्तिस्मा दिएको मलाई सम्झना छैन ।)
|
|
\v 17 किनकि येशूले मलाई बप्तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । चतुर बोलीले होइन, ताकि ख्रिष्टको क्रुस यसको शक्तिबाट खाली नहोस् ।
|
|
\p
|
|
\v 18 किनकि क्रुसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो ।
|
|
\v 19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धिलाई नष्ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
|
|
\p
|
|
\v 20 बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र?
|
|
\v 21 संसारले आफ्नो बुद्धिले परमेश्वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्न नसकेको हुनाले विश्वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्वरलाई उचित लाग्यो ।
|
|
\v 22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।
|
|
\v 23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
|
|
\v 24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्टलाई परमेश्वरको शक्ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।
|
|
\v 25 किनकि परमेश्वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्वरको दुर्बलता मानिसभन्दा शक्तिशाली छ ।
|
|
\p
|
|
\v 26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना शरिर अनुशार बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएनन् ।
|
|
\v 27 तर परमेश्वरले बुद्धिमान्हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्वरले दुर्बल कुरालाई छान्नुभयो ।
|
|
\v 28 परमेश्वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्नुभयो ।
|
|
\v 29 उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।
|
|
\v 30 परमेश्वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्ट येशूमा छौ, जो हाम्रा निम्ति परमेश्वरबाट आउनुभएका बुद्धि बन्नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्नुभयो ।
|
|
\v 31 यसैले धर्मशास्त्र भन्दछ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस् ।”
|
|
\c 2
|
|
\cl अध्याय 2
|
|
\p
|
|
\v 1 भाइहरू हो, जब म तिमीहरूकहाँ आएँ, परमेश्वरका गुप्तमा रहेका सत्यताहरूको घोषणा गर्न म कुशल वाक्य र बुद्धिका साथमा आएको होइन। \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाैं, \fqa परमेश्वरकाे बारेमा गवाही घोषणा गर्न म \fqa* । \f*
|
|
\v 2 किनकि म तिमीहरूका माझमा हुँदा येशू ख्रीष्ट र उँहालाई क्रूसमा टाँगिएकाे कुरा बाहेक मैले केही नजान्ने निर्णय गरे ।
|
|
\v 3 र म तिमीहरूसित कमजोरीमा, डरमा र ज्यादै कम्पमा थिएँ ।
|
|
\v 4 र मेराे सन्देश र मेराे घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन्, तर ती पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थिए,
|
|
\v 5 ताकि तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा भएको होस् ।
|
|
\p
|
|
\v 6 अब, हामी परिपक्वहरूका बीचमा बुद्धिका कुरा गर्छौं, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन, जो बितेर जाँदैछन् ।
|
|
\v 7 बरु, लुकेकाे सत्यतामा हामी परमेश्वरको बुद्धिको प्रचार गर्छाैं, लुकेको बुद्धि जो परमेश्वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्त गर्नुभयो ।
|
|
\v 8 यस युगका कुनै पनि शासकहरूले यो जानेनन्, तर तिनीहरूले यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् ।
|
|
\v 9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मानिसको हृदयले विचारै नगरेका कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।”
|
|
\p
|
|
\v 10 किनकि परमेश्वरले हामीलाई यी कुराहरू पवित्र आत्माद्वारा प्रकट गर्नुभएको छ । किनकि पवित्र आत्माले सबै कुराको खोजी गर्नुहुन्छ, परमेश्वरका गहिरा कुराहरूको पनि। \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाैं, \fqa तर परमेश्वर \fqa* तर हाम्रो ग्रीक स्रोतलाई पछ्याउँदा, यो पाउँछाैं, \fqa किनकि परमेश्वर \fqa । \f*
|
|
\v 11 किनकि मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्न सक्छ? यसरी नै, परमेश्वरका आत्माबाहेक कसैले पनि परमेश्वरका गहिरा कुराहरू बुझ्दैन ।
|
|
\v 12 तर हामीले संसारको आत्मा पाएका छैनौं, तर परमेश्वरबाटका पवित्र आत्मा पाएका छौं, ताकि परमेश्वरले हामीलाई सित्तैंमा दिनुभएका कुराहरू हामी जान्न सकौं ।
|
|
\v 13 हामी यी कुराहरू मानिसको बुद्धिले सिकाएको होइन, तर पवित्र आत्माले सिकाउनुहुने शब्दहरुमा, आत्मिक मानिसहरुलाई आत्मिक कुराहरुको व्याख्या गर्दै बोल्छौं ।
|
|
\v 14 परमेश्वरका आत्माका कुराहरू आत्मिक नभएको व्यक्तिले ग्रहण गर्दैन, किनकि ती त्यसका लागि मूर्खता हुन्। त्यसले तिनीहरूलाई बुझ्न सक्दैन किनभने तिनीहरू आत्मिक रूपमा जाँचिन्छन् ।
|
|
\v 15 जो आत्मिक छ त्यसले सबै कुराहरू जाँच गर्छ, तर त्यो चाहिं अरूद्वारा जाँचिदैन ।
|
|
\v 16 “किनकि कसले परमेश्वरको मनलाई जान्दछ, कि त्यसले उहाँलाई अर्ती दिन सकाेस्?” तर हामीसँग ख्रीष्टको मन छ ।
|
|
\c 3
|
|
\cl अध्याय 3
|
|
\p
|
|
\v 1 अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैं बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्टमा बालकहरूसित बोलेझैं बोलें ।
|
|
\v 2 मैले तिमीहरूलाई दूध खुवाएँ, ठोस खाना होइन, किनकि तिमीहरू त्यसको लागि तयार थिएनाै, र अहिले पनि तिमीहरू तयार छैनौ ।
|
|
\v 3 किनकि तिमीहरू अझै शारीरिक नै छौ । किनकि जहाँ तिमीहरूमा ईर्ष्या र झगडा छ, के तिमीहरु शरीरअनुसार बाँचिरहेका छैनौ, र के तिमीहरू मानवीय मापदण्डहरुअनुसार जिइरहेका छैनौ?
|
|
\v 4 किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ, र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ, भने के तिमीहरु मानिसहरु मात्र होइनौ?
|
|
\p
|
|
\v 5 त्यसो भए, अपोल्लोस को हो? पावल को हो? जुन सेवकहरूद्वारा तिमीहरुले विश्वास गर्याै, जसरी प्रभुले प्रत्येकलाई कार्यहरु दिनुभयो ।
|
|
\v 6 मैले रोपें, र अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढाउनुभयो ।
|
|
\v 7 त्यसैले, रोप्ने र पानी हाल्ने केही होइन । तर बढाउने परमेश्वर नै हुनुहुन्छ ।
|
|
\v 8 अब रोप्ने र पानी हाल्ने एकै हुन् र प्रत्येकले आफ्नो कामको परिश्रमअनुसार आफ्नो ज्याला पाउनेछ ।
|
|
\v 9 किनकि हामीहरू परमेश्वरका सहकर्मीहरु हौं । तिमीहरू परमेश्वरका बगैंचा, परमेश्वरका भवन हौ ।
|
|
\p
|
|
\v 10 परमेश्वरले मलाई दिनुभएको अनुग्रहअनुसार, निपुर्ण कारिगरले झैं मैले जग बसालें, र अर्कोले त्यसमाथि भवन बनाउँदै जान्छ । तर प्रत्येक मानिसले त्यसमाथि कसरी बनाउने भन्ने बारेमा सावधान रहोस् ।
|
|
\v 11 किनकि बसालिएको जगबाहेक, जो येशू ख्रीष्ट हुनुहुन्छ, अरू कसैले जग बसाल्न सक्दैन ।
|
|
\v 12 अब यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थरहरु, काठ, घाँस वा परालको प्रयोग गरेर निर्माण गर्छ भने
|
|
\v 13 त्यसको काम प्रकट हुनेछ, किनकि दिनले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । प्रत्येकले गरेको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।
|
|
\v 14 यदि कसैले गरेको काम बाँकी रह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ,
|
|
\v 15 तर यदि कसैको काम जल्यो भने, त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आगोबाट फुत्केझैं आफैंचाहिं बाँच्नेछ ।
|
|
\p
|
|
\v 16 के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ?
|
|
\v 17 यदि कसैले परमेश्वरको मन्दिरलाई नाश गर्छ भने, परमेश्वरले त्यस मानिसलाई नाश गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
|
|
\p
|
|
\v 18 कसैले आफैलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” बनोस्, र त्यो बुद्धिमान् हुनेछ ।
|
|
\v 19 किनकि संसारको बुद्धि परमेश्वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
|
|
\v 20 र फेरि, “परमेश्वर जान्नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्यर्थ छ ।”
|
|
\p
|
|
\v 21 यसैकारण तिमीहरू मानिसहरूमा घमण्ड नगर । सबै कुराहरू तिमीहरूकै हुन्,
|
|
\v 22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू । सबै कुराहरू तिमीहरूकै हुन्,
|
|
\v 23 अनि तिमीहरूचाहिं ख्रीष्टका हौ, र ख्रीष्टचाहिं परमेश्वरका हुनुहुन्छ ।
|
|
\c 4
|
|
\cl अध्याय 4
|
|
\p
|
|
\v 1 यसरी कुनै व्यक्तिले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरको लुकाइएकाे सत्यताको भण्डारे ठान्नुपर्छ ।
|
|
\v 2 अब भण्डारेहरूको सम्बन्धमा तिनीहरू विश्वासयोग्य हुन आवश्यक छ ।
|
|
\v 3 तर म तिमीहरूबाट वा कुनै मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैं पनि मेरो जाँच गर्दिनँ ।
|
|
\v 4 मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसले मलाई न्यायोचित ठहराउँदैन। । प्रभुले नै मेरो न्याय गर्नुहुन्छ ।
|
|
\v 5 त्यसकारण समय आउनुभन्दा अघि वा प्रभु आउनुभन्दा अघि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि प्रत्येकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
|
|
\p
|
|
\v 6 अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौं, ताकि हामीबाट तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ सिक्न सकौला ।
|
|
\v 7 किनकि कसले तिमीहरू र अरूहरूका बीचमा फरक देख्छ? तिमीहरुसँग के छ जुन तिमीहरूले पाएको छैनौं? तिमीहरूले त्यो पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैं गरेर किन घमण्ड गर्छौ?
|
|
\p
|
|
\v 8 तिमीहरूले चाहने सबै कुराहरू अघि नै तिमीहरूसँग छ! तिमीहरू अघिबाटै धनी भएका छौ! तिमीहरूले हामीबिना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौं।
|
|
\v 9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै भीडको पछिल्लो लहरमा प्रदर्शनमा राख्नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बीचमा तमाशा भएका छौं।
|
|
\v 10 हामी ख्रीष्टको निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ । हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौं
|
|
\v 11 यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौं, हाम्रा कपडाहरू फाटिएका छन्, हामी कुटिएका छौं, हामी घरवारविहीन भएका छौं।
|
|
\v 12 हामी आफ्नै हातले कडा परिश्रम गर्छौं। हामीलाई गिल्ला गर्दा हामी आशिष् दिन्छौं । हामी सतावटमा पर्दा हामी सहन्छौं।
|
|
\v 13 हामीलाई गिल्ला गर्दा हामी दयापूर्वक बोल्छौं । हामी संसारले इन्कार गरिएका कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरू जस्ता भएका छौं र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
|
|
\p
|
|
\v 14 तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई चेतावनी दिन ।
|
|
\v 15 किनकि ख्रीष्टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि, तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्ट येशूमा तिमीहरूका पिता बनें ।
|
|
\v 16 त्यसैले मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।
|
|
\v 17 यसकारण मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
|
|
\p
|
|
\v 18 अब म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।
|
|
\v 19 तर यदि प्रभुको इच्छा भयो भने म तिमीहरू कहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्ति हेर्नेछु ।
|
|
\v 20 किनकि परमेश्वरको राज्य कुरामा होइन, तर शक्तिमा छ ।
|
|
\v 21 तिमीहरू के चाहन्छौ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा?
|
|
\c 5
|
|
\cl अध्याय 5
|
|
\p
|
|
\v 1 तिमीहरूका बीचमा व्यभिचार छ भन्ने हामीले खबर पाएका छौं, यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैनः एक जना आफ्नै बुबाकी पत्नीसँग सुतिरहेको छ।
|
|
\v 2 तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? ताकि यस्तो काम गर्ने मानिसलाई तिमीहरूका माझबाट हटाइयोस्?
|
|
\v 3 किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म उपस्थित छु। त्यस्तो काम गर्नेलाई म त्यहीं भएजस्तै गरेर मैले अघिबाटै न्याय गरिसकेको छु ।
|
|
\v 4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा एक साथ भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्ति उपस्थित हुन्छ,
|
|
\v 5 शरीरको विनाशको निम्ति त्यस मानिसलाई शैतानको हातमा सुम्पियोस्, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिं बाँचोस्।
|
|
\p
|
|
\v 6 तिमीहरूको घमण्ड ठिक होइन । के तिमीलाई थाहा छैन कि थोरै खमिरले सम्पूर्ण रोटीलाई खमिरी बनाउँछ?
|
|
\v 7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्न सक, अखमिरी, जसरी तिमीहरू साँच्चै छाै । किनकि हाम्रा निस्तार-चाडको थुमा ख्रीष्टको बलिदान भइसकेको छ ।
|
|
\v 8 त्यसैकारण, पुरानो खमिर अर्थात् खराब तथा दुष्टता आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔं।
|
|
\p
|
|
\v 9 मेरो पत्रमा मैले तिमीहरूलाई व्यभिचारी मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखें ।
|
|
\v 10 त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।
|
|
\v 11 तर अहिले आफैलाई प्रभुमा भाइ ठान्ने तर व्यभिचारी वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खाना समेत नखाओ ।
|
|
\v 12 किनकि म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र?
|
|
\v 13 तर बाहिरकाहरूको न्याय परमेश्वरले गर्नुहुन्छ। “तिमीहरूका माझबाट दुष्ट व्यक्तिलाई हटाओ।”
|
|
\c 6
|
|
\cl अध्याय 6
|
|
\p
|
|
\v 1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि परमेश्वरका पवित्र जनहरूको अगाडि नगएर अधर्मीको अगाडि जाने आँट गर्छ?
|
|
\v 2 परमेश्वरका पवित्र जनहरूले संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूले संसारको न्याय गर्ने हो भने कम महत्त्वका कुराहरूलाई के तिमीहरू मिलाउन सक्दैनौ र?
|
|
\v 3 के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौं भन्ने तिमीहरूलाई थाहा छैन? त्यसो भए, यस जीवनका मामिलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौं?
|
|
\v 4 यदि तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्ने हो भने त्यस्ता मुद्दाहरू किन ती मानिसहरूका अगाडि राख्छौ?, जसको मण्डलीमा कुनै प्रतिष्ठा छैन।
|
|
\v 5 तिमीहरूलाई शर्ममा पार्न म यसो भन्छु । के तिमीहरूको माझमा भाइहरुका बीचमा भएका झगडाहरू मिलाउन सक्ने बुद्धिमान् मानिस कोही छैन?
|
|
\v 6 तर यस्तो भएको छ, एक भाइले अर्को भाइको विरुद्धमा अदालत जान्छ र अविश्वासी न्यायाधीशको अघि मुद्दा राख्छ।
|
|
\p
|
|
\v 7 वास्तवमा तिमीहरूका बीचमा कुनै पनि मुद्दा हुनु नै तिमीहरूको हार हो। बरु, किन अन्याय नसहनु? बरु, किन आफैंलाई ठगिन नदिनु?
|
|
\v 8 तर तिमीहरू आफैले अन्याय गरेका र ठगेका छौ, र तिमीहरुले आफ्नै भाइहरुलाई यो गर्छौ!
|
|
\p
|
|
\v 9 अधर्मीहरूले परमेश्वरको राज्यमा उत्तराधिकार पाउँदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपरः अनैतिक यौन-सम्बन्धहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,
|
|
\v 10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन्।
|
|
\v 11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध पारिएका छौ, तिमीहरू परमेश्वरमा पवित्र गरिएका छौ, प्रभु येशू ख्रीष्टको नाउँमा र हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरमा धर्मी ठहराइएका छौ।
|
|
\p
|
|
\v 12 “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर सबै कुरा फाइदाजनक छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर म तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्नँ।
|
|
\v 13 “खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्वरले ती दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको लागि होइन। बरु, शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुनेछ।
|
|
\v 14 परमेश्वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।
|
|
\p
|
|
\v 15 तिमीहरूका शरीरहरू ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडूँ? त्यसो नहोस्!
|
|
\v 16 वेश्यासँग जोडिने व्यक्ति त्यससँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्त्रले भन्छ, “दुई जना एउटै शरीर हुनेछन्।”
|
|
\v 17 तर प्रभुसित जोडिने व्यक्ति उहाँसँग आत्मामा एउटै हुन्छ ।
|
|
\p
|
|
\v 18 व्यभिचारदेखि भाग! कुनै पनि व्यक्तिले गरेका अरु सबै पापहरू शरीरदेखि बाहिर गर्छ, तर व्यभिचारको पाप गर्नेले त्यसको आफ्नै शरीरको विरुद्धमा पाप गर्छ ।
|
|
\v 19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र बास गर्नुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्ने के तिमीहरूलाई थाहा छैन?
|
|
\v 20 किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ। त्यसकारण, तिमीहरूको शरीरले अनि आत्मामा परमेश्वरलाई महिमा देओ, जुन परमेश्वरको हो ।
|
|
\c 7
|
|
\cl अध्याय 7
|
|
\p
|
|
\v 1 अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्नुपर्दा "पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो ।"
|
|
\v 2 तर धेरै अनैतिक कामहरूका परीक्षाहरूको कारणले गर्दा प्रत्येक पुरुषको आफ्नै पत्नी होस् र प्रत्येक स्त्रीको आफ्नै पति होस् ।
|
|
\v 3 पतिले आफ्नी पत्नीसँग यौनसम्बन्ध राख्ने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र त्यसरी नै पत्नीले आफ्नो पतिलाई ।
|
|
\v 4 पत्नीको आफ्नो शरीरमाथि अधिकार हुँदैन, पतिको हुन्छ । यसरी नै पतिको आफ्नो शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको हुन्छ ।
|
|
\v 5 पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्छ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस्।
|
|
\p
|
|
\v 6 तर म तिमीहरूलाई यी कुराहरू अनुमतिको रूपमा भन्दछु आज्ञाको रूपमा होइन।
|
|
\v 7 सबै जना मजस्तै भएको म इच्छा गर्छु। तर प्रत्येकले परमेश्वरबाट आ-आफ्नो वरदान पाएको छ। एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको पाएको छ।
|
|
\p
|
|
\v 8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।
|
|
\v 9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । किनकि कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।
|
|
\p
|
|
\v 10 अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु—मैले होइन, तर प्रभुले दिनुहुन्छ—पत्नी आफ्नो पतिबाट अलग हुनुहुँदैन।
|
|
\v 11 (तर यदि तिनी आफ्नो पतिबाट अलग हुन्छिन् भने, तिनी विवाह नगरी बसून् वा आफ्नो पतिसँग मिलाप गरून्), अनि पतिले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुहुँदैन ।
|
|
\p
|
|
\v 12 तर बाँकीलाई म भन्दछु - मैले होइन तर प्रभुले भन्नुहुन्छ - कि यदि कुनै भाइसँग अविश्वासी पत्नी छ, र तिनी त्यससँग बस्नलाई सन्तुष्ट छिन् भने त्यसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस्।
|
|
\v 13 यदि स्त्रीसँग अविश्वासी पति छ भने र त्यो तिनीसँग सन्तुष्ट छ भने, तिनले त्यससँग सम्बन्ध विच्छेद नगरुन्।
|
|
\v 14 किनकि अविश्वासी पति, पत्नीद्वारा पवित्र ठहरिन्छ र अविश्वासी पत्नी, पतिद्वारा पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोराछोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।
|
|
\p
|
|
\v 15 तर यदि अविश्वासी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन। परमेश्वरले हामीलाई शान्तिमा बस्न बोलाउनुभएको छ ।
|
|
\v 16 किनकि स्त्री हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नो पतिलाई बचाउनेछौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउनेछौ कि?
|
|
\p
|
|
\v 17 यद्यपि, प्रभुले प्रत्येकलाई आफ्नो भाग दिनुभएको छ, परमेश्वरले बोलाउनुभएबमोजिम प्रत्येक हिंडोस् । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही हो ।
|
|
\v 18 के विश्वासको लागि बोलावट हुँदा कसैको खतना भएको थियो? त्यसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्वासको निम्ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? त्यसले खतना नगरोस् ।
|
|
\v 19 किनकि न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्वरका आज्ञाहरू पालन गर्नु नै हो ।
|
|
\v 20 परमेश्वरले विश्वास गर्न बोलाउनुहुँदा कुनै व्यक्ति जस्तो अवस्थामा थियो, प्रत्येक त्यही बोलावटमा रहोस् ।
|
|
\v 21 के परमेश्वरले बोलाउनुहुँदा तिमी कमारा थियौ? यसको बारेमा तिमी फिक्री नगर । तर तिमी स्वतन्त्र हुन सक्छौ भने यसको फाइदा उठाऊ ।
|
|
\v 22 किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको छ भने त्यो प्रभुको स्वतन्त्र मानिस हो । यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्त्र थियो भने त्यो ख्रीष्टको दास हो ।
|
|
\v 23 तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको दास नबन।
|
|
\v 24 भाइहरू हो, विश्वास गर्न बोलावट हुँदा त्यो जस्तो अवस्थामा भएपनि, प्रत्येक त्यही अवस्थमा परमेश्वरसँग रहोस् ।
|
|
\p
|
|
\v 25 अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्वासयोग्य ठहरिएको व्यक्तिको रूपमा म मेरो राय दिन्छु ।
|
|
\v 26 त्यसकारण, मेरो विचारमा आउन लागेको सङ्कष्टको कारणले गर्दा मानिस जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्नु असल हुन्छ ।
|
|
\v 27 के तिमी कुनै पत्नीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट विवाह विच्छेद गर्न नखोज । यदि तिमी पत्नीबाट मुक्त छौ भने, पत्नीको खोजी नगर ।
|
|
\v 28 तर तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गर्दैनौ र कुनै कन्या केटीले विवाह गर्छे भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले धेरै किसिमका संसारिक दुःखकष्ट भोग्नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।
|
|
\p
|
|
\v 29 तर भाइहरू हो, म यो भन्छुः समय छोटो छ। अब उप्रान्त पत्नी हुनेहरू पत्नी नभएजस्तो गरी जिऊन् ।
|
|
\v 30 रुनेहरू नरोएको जस्तै गरी बसून्, खुसी हुनेहरू खुसी नभएझैं गरी बसून् र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैं गरून्,
|
|
\v 31 अनि संसारसित व्यवहार गर्नेहरूले यसलाई पूर्ण रूपमा प्रयोग गरिरहे जस्तो व्यवहार नगरून् । किनकि संसार यसको वर्तमान अवस्थामा अन्त्य हुँदैछ ।
|
|
\p
|
|
\v 32 तिमीहरू निस्फिक्री होओ भन्ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूमा ध्यान दिन्छ।
|
|
\v 33 तर विवाहित पुरुषले आफ्नी पत्नीलाई कसरी प्रसन्न पार्ने भनी संसारका कुराहरूमा ध्यान दिन्छ ।
|
|
\v 34 तिनको ध्यान विभाजित हुन्छ । अविवाहित स्त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूमा ध्यान दिन्छिन् । तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न पार्ने भनी संसारका कुराहरूमा ध्यान दिन्छिन् ।
|
|
\v 35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्छु र तिमीहरूलाई प्रतिबन्ध लगाउनलाई होइन । जे ठिक छ म त्यही भन्छु, ताकि तिमीहरू बाधाबिना एक चित्तका भई प्रभुमा लागिरहन सक ।
|
|
\p
|
|
\v 36 कसैले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भनी त्यसले ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम त्यसले गरोस् । त्यसले पाप गरिरहेको छैन। तिनीहरूले विवाह गर्नुपर्छ ।
|
|
\v 37 तर यदि त्यो हृदयमा पक्का छ, त्यो कुनै करकापमा परेको छैन तर त्यसले आफ्नो इच्छा वशमा राख्न सक्छ, र त्यसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्ने निर्णय गरिसकेको छ भने त्यसले असल नै गर्नेछ ।
|
|
\v 38 त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्छ त्यसले असल नै गर्छ, र जसले विवाह नगर्ने इच्छा गर्छ भने त्यसले अझ बढी राम्रो गर्नेछ । ***
|
|
\p
|
|
\v 39 स्त्री तिनको पति बाँचुञ्जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्त्र हुन्छिन्, तर त्यो व्यक्ति प्रभुमा हुनुपर्छ ।
|
|
\v 40 तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्न रहन्छिन् । अनि मसँग पनि परमेश्वरको आत्मा छ भनी म ठान्छु ।
|
|
\c 8
|
|
\cl अध्याय 8
|
|
\p
|
|
\v 1 मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्नुपर्दा हामीलाई थाहा छ कि हामी सबैसँग ज्ञान छ । ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले उन्नति गराउँछ ।
|
|
\v 2 यदि कसैले केही जान्छु भनी विचार गर्छ भने त्यो व्यक्तिले जति जान्नुपर्ने हो त्यति जानेको हुँदैन ।
|
|
\v 3 तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने त्यो व्यक्ति उहाँद्वारा चिनिएको हुन्छ ।
|
|
\p
|
|
\v 4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा: हामीलाई थाहा छ कि यस संसारमा भएको मूर्ति केही पनि होइन र एक मात्र परमेश्वर अस्तित्वमा हुनुहुन्छ ।
|
|
\v 5 किनकि धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्वीमा नाम मात्रका देवताहरू भएतापनि,
|
|
\v 6 हाम्रा निम्ति परमेश्वर पिता एक मात्र हुनुहुन्छ, जसबाट सबै कुरा हुन आए, र जसका निम्ति हामी जिउँछौं; र एउटै प्रभु येशू ख्रीष्ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौं ।
|
|
\p
|
|
\v 7 तापनि यो ज्ञान सबैमा हुँदैन । बरु कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्ट भएको छ ।
|
|
\v 8 तर खानेकुराले हामीलाई परमेश्वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा असल हुँदैनौं र नखाँदैमा खराब पनि हुँदैनौं ।
|
|
\v 9 तर होसियार होओ, तिमीहरुको स्वतन्त्रता कमजोर विश्वास भएकाहरूलाई ठेसको कारण नबनोस् ।
|
|
\v 10 मानौं, जो कोही ज्ञान भएको व्यक्तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के त्यसको कमजोर विवेकले त्यसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला?
|
|
\v 11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो ।
|
|
\v 12 त्यसैले, जब तिमीले आफ्ना भाइहरूको विरुद्धमा पाप गरेर तिनीहरूको कमजोर विवेकलाई चोट पुर्याउँछौ, तिमीले ख्रीष्टको विरुद्धमा पाप गर्छौ ।
|
|
\v 13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।
|
|
\c 9
|
|
\cl अध्याय 9
|
|
\p
|
|
\v 1 के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरा काम होइनौ?
|
|
\v 2 म अरूको लागि प्रेरित नभए तापनि कमसेकम तिमीहरूको लागि त हुँ । किनकि तिमीहरू नै प्रभुमा मेरो प्रेरितको कामको छाप हौ ।
|
|
\p
|
|
\v 3 यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः
|
|
\v 4 के हामीलाई खाने र पिउने अधिकार छैनँ?
|
|
\v 5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्वासी पत्नी लिएर हिंड्ने अधिकार छैनँ?
|
|
\v 6 अथवा के मलाई र बारनाबासलाई मात्र व्यापारको काम नगर्ने अधिकार छैन?
|
|
\v 7 आफ्नै खर्चमा सिपाहीको रूपमा कसले सेवा गर्छ? कसैले दाखबारी लगाएर त्यसको फल खाँदैन? वा कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन?
|
|
\p
|
|
\v 8 के म यी कुराहरू मानवीय अधिकारको आधारमा भन्छु? के व्यवस्थाले पनि यही भन्दैन र?
|
|
\v 9 किनकि मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गरिरहेको गोरुलाई मोहोला नलगाओ ।” के परमेश्वरले साँच्चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ?
|
|
\v 10 के उहाँले हामीहरूका बारेमा बोलिरहनुभएको छैन? यो हाम्रो निम्ति लेखिएको थियो, किनभने खेत जोत्नेले बालीको आशा राखेर नै जोत्नुपर्छ र बाली चुट्नेले पनि हिस्सा पाउने आशाले नै चुट्नुपर्छ ।
|
|
\v 11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्यौं भने तिमीहरूबाट हामीले भौतिक कुराहरूको कटनी गर्नु अति भयो र?
|
|
\v 12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढ्ता हक छैनँ? तापनि हामीले यो हकको दाबी गरेनौं । बरु ख्रीष्टको सुसमाचारमा बाधा नबनौं भनेर हामीले सबै सह्यौं ।
|
|
\v 13 के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्ने तिमीहरूलाई थाहा छैन?
|
|
\v 14 त्यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाट नै जीविका चलाओस् भनेर प्रभुले आज्ञा गर्नुभयो ।
|
|
\p
|
|
\v 15 तर मैले यी कुनै पनि हकहरूको दाबी गरेको छैनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गर्छ भने म बरु मर्न तयार छु!
|
|
\v 16 किनाकि मैले सुसमाचार प्रचार गरें भनेर मैले घमण्ड गर्ने कारण छैनँ, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ!
|
|
\v 17 किनकि यदि मैले आफूखुसी यसो गर्छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझै मसँग छ ।
|
|
\v 18 त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैंमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
|
|
\p
|
|
\v 19 किनकि म सबै कुरामा स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकौं भनेर म सबैको दास भएँ ।
|
|
\v 20 यहूदीहरूलाई जित्नको लागि म यहूदीजस्तै बनें । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनें । म आफैं व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरें । \f + \ft ULB मा पाउँछाैः \fqa म आफैं व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरें । \fqa* । केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू साथै अरू प्राचीन अनुवादहरूमा यो वाक्य छैन । \f*
|
|
\v 21 म आफैं परमेश्वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनें । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्न सकूँ भनेर मैले यसो गरें ।
|
|
\v 22 कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनें । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
|
|
\v 23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्हरूमा म सहभागी हुन सकूँ ।
|
|
\p
|
|
\v 24 दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले पुरस्कार पाउने गरी दौड ।
|
|
\v 25 हरेक खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने मुकुट पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने मुकुट पाऔं भनेर दौडन्छौं।
|
|
\v 26 त्यसैले म बिना उद्देश्य दगुर्दिनँ; हावामा हाने जस्तै मुक्का हान्दिनँ ।
|
|
\v 27 तर म आफ्नो शरीरलाई वशमा राख्छु र यसलाई दास बनाउँछु, ताकि अरूलाई प्रचार गरेपछि म आफैंचाहिं अयोग्य नबनूँ ।
|
|
\c 10
|
|
\cl अध्याय 10
|
|
\p
|
|
\v 1 भाइहरू हो, तिमीहरूले यो नजान भनी म चाहन्नँ कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर गए ।
|
|
\v 2 सबैले बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए,
|
|
\v 3 र सबैले एकै आत्मिक भोजन खाए ।
|
|
\v 4 सबैले एकै आत्मिक पानी पिए । किनकि तिनीहरूले आफ्नो पछि लागेकाे एउटा आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्ट हुनुहुन्थ्यो ।
|
|
\v 5 तर तिनीहरूमध्ये धेरै जनासित परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरूका लासहरु उजाड-स्थानमा छरिए ।
|
|
\p
|
|
\v 6 अब यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए, त्यसैले हामी तिनीहरूले जस्तै नहोऊ, जोहरु दुष्ट कुराहरूको लालसा गर्छन् ।
|
|
\v 7 तिनीहरूमध्ये कोही झैं तिमीहरू पनि मूर्तिपूजकहरू नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
|
|
\v 8 तिनीहरू धेरैले गरेझैं हामीले यौन अनैतिक कार्य नगरौं, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्ये तेइस हजार मरे ।
|
|
\v 9 न ता हामीले ख्रीष्टको परीक्षा गराैं, जसरी तिनीहरूमध्ये धेरैले गरे र सर्पहरूद्वारा नष्ट भए ।
|
|
\v 10 गनगन पनि नगर जसो तिनीहरूमध्ये धेरै गरे र मृत्युको दूतद्वारा नष्ट भएका थिए ।
|
|
\p
|
|
\v 11 अब हाम्रो निम्ति उदाहरणहरुको रुपमा तिनीहरूलाई यी कुराहरू भए । यी हाम्रा निर्देशनका निम्ति लेखिएका थिए, हाम्रो निम्ति, जसमा युगको अन्त्य आएको छ ।
|
|
\v 12 त्यसैकारण कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि त्याे नलडोस् ।
|
|
\v 13 सबै मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौं । तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको क्षमता बाहिरको परीक्षामा पर्न दिनुहुन्न । तिमीहरूले त्यसलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने बाटाे पनि प्रदान गर्नुहुनेछ ।
|
|
\p
|
|
\v 14 त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट टाढा भाग ।
|
|
\v 15 म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्छु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
|
|
\v 16 हामीले आशिष् दिने आशिष्को कचौरा ख्रीष्टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्टको शरीरमा भएको सहभागिता होइन र?
|
|
\v 17 किनभने रोटी एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौं। हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौं।
|
|
\p
|
|
\v 18 शरीरअनुसारका इस्राएललाई हेर, के बलिदान खानेहरू वेदीका सहभागी होइनन् र?
|
|
\v 19 त्यसो भए, म के भन्दैछु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?
|
|
\v 20 तर म तिनीहरूले चढाउने बलिदानका थाेकहरुकाे बारेमा भन्छु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्ने म चाहन्नँ ।
|
|
\v 21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौराबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुलमा सहभागी हुन सक्दैनौ ।
|
|
\v 22 अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौं?
|
|
\p
|
|
\v 23 “सबै कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैन । “सबै कुरा न्यायसङ्गत छ”, तर सबै कुराले मानिसको निर्माण गर्दैन।
|
|
\v 24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, प्रत्येकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
|
|
\v 25 बजारमा बेचिएका सबै कुरा विवेकका खातिर प्रश्न नगरी खाओ ।
|
|
\v 26 किनकि “पृथ्वी र त्यसमा भएका सबै कुरा प्रभुकै हुन् ।”
|
|
\v 27 यदि विश्वास नगर्ने व्यक्तिले तिमीहरुलाई खानामा निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर प्रश्नहरु नसोधी खाओ ।
|
|
\v 28 तर यदि कसैले तिमीहरूलाई “यो मूर्तिपूजामा चढाइएको हो” भन्यो भने त्यो नखाओ । यो चाहिं दुवै, जानकारी दिने र विवेकको खातिर हो । \f + \ft केही ग्रीक लेखका प्राचीन प्रतिलिपिहरुले थप्छ \fqa किनकि “पृथ्वी र त्यसमा भएका सबै कुरा प्रभुकै हुन् \fqa* तर ग्रीक लेखका उत्कृष्ट प्रतिलिपिहरुमा याे छैन। धेरै विद्वान्हरूले याे थप गर्नुलाई पद २६काे नक्कलकाे रूपमा हेर्छन् \f*
|
|
\v 29 मैले तिमीहरूको विवेकको बारेमा भनेको होइनँ, तर अरूको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकद्वारा मेरो स्वतन्त्रताको न्याय किन हुन दिने?
|
|
\v 30 यदि म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?
|
|
\p
|
|
\v 31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ वा तिमीहरू जे गर्छौ, सबै परमेश्वरको महिमाको निम्ति गर ।
|
|
\v 32 तिमीहरू यहूदीहरू र ग्रीकहरू दुवै, र परमेश्वरको मण्डलीप्रति दाेष रहित रहाे ।
|
|
\v 33 त्यसरी नै म सबै मानिसहरूलाई सबै कुराहरूमा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । तिनीहरूले उद्धार पाऊन् भनेर म यो गर्छु ।
|
|
\c 11
|
|
\cl अध्याय 11
|
|
\p
|
|
\v 1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछु ।
|
|
\p
|
|
\v 2 अब म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।
|
|
\v 3 अब म तिमीहरूले यो बुझ भन्ने चाहन्छु कि येशू ख्रीष्ट हरेक मानिसको शिर हुनुहुन्छ, पुरुष स्त्रीको शिर हो, र परमेश्वरचाहिं ख्रीष्टको शिर हुनुहुन्छ ।
|
|
\v 4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्वरको अपमान गर्छ ।
|
|
\v 5 तर यदि कुनै स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने त्यसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको त्यसले आफ्नो केश खौरेको जस्तै हो ।
|
|
\v 6 यदि स्त्रीले आफ्नो शिर ढाक्दिन भने, त्यसले आफ्नो केश छोटो गरी काटोस् । यदि स्त्रीको लागि केश काट्नु वा खौरनु त्यसको लागि शर्मको कुरा हो भने त्यसले आफ्नो शिर ढाकोस् ।
|
|
\v 7 पुरुषले आफ्नो शिर नढाकोस् किनकि त्यो परमेश्वरको प्रतिरूप र गौरव हो । तर स्त्रीचाहिं पुरुषको गौरव हो ।
|
|
\v 8 किनकि पुरुष स्त्रीबाट बनिएको थिएन, बरू स्त्री पुरुषबाट बनिएकी थिई।
|
|
\v 9 किनकि पुरुष स्त्रीको निम्ति सृष्टि गरिएको थिएन, बरू स्त्री पुरुषको निम्ति सृष्टि गरिएकी थिई ।
|
|
\v 10 यसैकारणले स्वर्गदूतहरूका खातिर स्त्रीले आफ्नो शिरमा अधिकारको चिन्ह लगाउनुपर्छ ।
|
|
\p
|
|
\v 11 तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न न त पुरुष स्त्रीबाट नै ।
|
|
\v 12 किनकि जसरी स्त्री पुरुषबाट आउँछे, त्यसरी नै पुरुष पनि स्त्रीबाट आउँछ र सबै कुरा परमेश्वरबाट आउँछन् ।
|
|
\v 13 तिमीहरू आफैं विचार गर, के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्नु उपयुक्त हो?
|
|
\v 14 कुनै पुरुषले लामो केश पाल्नु त्यसको निम्ति शर्मको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
|
|
\v 15 कुनै स्त्रीको लामो केश हुनु, त्यसको निम्ति गौरवको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? सो त्यसको शिर ढाक्नका लागी दिइएको हो ।
|
|
\v 16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्वरको मण्डलीसँग छ ।
|
|
\p
|
|
\v 17 तर यी निर्देशनहरू दिंदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।
|
|
\v 18 किनकि पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्छु र केही हदसम्म म विश्वास पनि गर्छु ।
|
|
\v 19 तिमीहरूका माझमा स्वीकृत भएकाहरू चिनिनको लागि पनि तिमीहरूका माझमा मतभेद हुनु आवश्यक छ ।
|
|
\v 20 किनकि तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन ।
|
|
\v 21 जब तिमीहरू खान्छौ, अरूले आफ्नो भोजन खानुअघि प्रत्येकले आफ्नो खाना खान्छ । एकजना भोकै हुन्छ र अर्को मातेको हुन्छ ।
|
|
\v 22 के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नभएकाहरूलाई अपमान गर्छौ? म तिमीहरूलाई के भनूँ? के म तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।
|
|
\p
|
|
\v 23 किनकि मैले जे प्रभुबाट पाएँ, त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशूले धोका पाएको त्यो रात रोटी लिनुभयो ।
|
|
\v 24 धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्नुभयो र भन्नुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।”
|
|
\v 25 त्यसरी नै खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र उहाँले भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब जब तिमीहरू पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर ।”
|
|
\v 26 किनकि हरेकपल्ट जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ ।
|
|
\p
|
|
\v 27 यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र रगतको दोषी हुनेछ ।
|
|
\v 28 कुनै व्यक्तिले पहिले आफैंलाई जाँचोस् र यसरी रोटी खाओस् र कचौराबाट पिओस् ।
|
|
\v 29 किनकि जसले शरीरको वास्ता नराखिकन रोटी खान्छ र कचौराबाट पिउँछ, त्यसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ ।
|
|
\v 30 त्यसकारण, तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छन् र कोही त मरिसकेका छन् ।
|
|
\v 31 तर यदि हामीले आफैंलाई जाँच गर्यौं भने हामी न्यायमा पर्नेछैनौँ ।
|
|
\v 32 तर जब हामी प्रभुबाट जाँचिन्छौं हामी अनुशासित हुन्छौं ताकि संसारसँगै हामी दोषी ठहरिनेछैनौं।
|
|
\p
|
|
\v 33 यसकारण मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ, एकले अर्कालाई पर्ख ।
|
|
\v 34 यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा, त्यो न्यायको लागि नहोस् । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा, म आएपछि निर्देशनहरू दिनेछु ।
|
|
\c 12
|
|
\cl अध्याय 12
|
|
\p
|
|
\v 1 भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्नँ ।
|
|
\v 2 तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ, तिमीहरू बोल्न नसक्ने मूर्तिहरूतिर बहकाइएका थियौ, कुनै न कुनै प्रकारले तिमीहरू तिनीहरूद्वारा डोहोर्याइएका थियौ
|
|
\v 3 त्यसकारण, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित हुनुहुन्छ” भन्न सक्दैन । पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्दैन ।
|
|
\p
|
|
\v 4 अब वरदानहरू फरक छन्, तर पवित्र आत्मा त्यही हुनुहुन्छ ।
|
|
\v 5 सेवाका कार्यहरू फरक छन्, तर प्रभु त्यही हुनुहुन्छ;
|
|
\v 6 र कामहरू फरक किसिमका छन्, तर सबैमा सबै कामहरु गर्नुहुने परमेश्वर त्यही हुनुहुन्छ ।
|
|
\p
|
|
\v 7 अब सबैको भलाइको निम्ति प्रत्येकलाई पवित्र आत्माको बाहिर देखिने चिन्ह दिइएको छ ।
|
|
\v 8 किनकि एउटालाई पवित्र आत्माद्वारा बुद्धिको कुरा दिइएको छ भने त्यही पवित्र आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा।
|
|
\v 9 अर्काेलाई त्यही पवित्र आत्माद्वारा विश्वास दिइएको छ भने अर्कोलाई एकै पवित्र आत्माद्वारा निको पार्ने वरदान दिइएको छ ।
|
|
\v 10 एउटालाई आश्चर्यकाे कामहरू दिइएको छ र अर्कोलाई अगमवाणीको । अर्कोलाई आत्माहरू छुट्याउने क्षमता दिइएको छ भने अर्कोलाई विभिन्न किसिमका भाषाहरू बोल्ने, अनि कसैलाई भाषाहरूको अर्थ खोलिदिने ।
|
|
\v 11 यी सबै एकै र त्यही पवित्र आत्माका काम हुन्, उहाँको इच्छाबमोजिम उहाँले प्रत्येकलाई व्यक्तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
|
|
\p
|
|
\v 12 किनकि जसरी शरीर एउटा हुन्छ र अङ्गहरू धेरै हुन्छन् र सबै अङ्ग एउटै शरीरको भएझैं, ख्रीष्टमा पनि त्यस्तै हुन्छ ।
|
|
\v 13 किनकि एउटै पवित्र आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो, चाहे यहूदी वा ग्रीक, चाहे दास वा स्वतन्त्र, र सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइएको छ ।
|
|
\p
|
|
\v 14 किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।
|
|
\v 15 यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिंदैन ।
|
|
\v 16 र यदि कानले “ किनकि म आँखा होइन, म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिंदैन ।
|
|
\v 17 यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि सम्पूर्ण शरीर कान भइदिएको भए सुँघ्ने कहाँबाट?
|
|
\v 18 तर परमेश्वरले प्रत्येक अङ्गहरू, उहाँको इच्छाअनुसार ती प्रत्येकलाई शरीरमा नियुक्त गर्नुभएकाे छ ।
|
|
\v 19 यदि ती सबै एउटै अङ्ग भइदिएको भए शरीर कहाँ हुन्थ्यो र?
|
|
\v 20 यसकारण अब ती अङ्गहरू धेरै छन् तर केवल शरीर एउटै छ ।
|
|
\v 21 आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ ।
|
|
\v 22 तर कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन्,
|
|
\v 23 र हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्छाैं र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौं।
|
|
\v 24 अब हाम्रा देखाउन मिल्ने अङ्गहरूलाई ती आवश्यक छैन बरू कम आदर पाएका अङ्गहरूलाई झन् बढ्ता आदर दिएर परमेश्वरले शरीरलाई बनाउनुभएकाे छ ।
|
|
\v 25 शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभयो ।
|
|
\v 26 त्यसकारण जब कुनै एउटा अङ्गले दुःख पाउँछ, सबै अङ्गहरूले सँगै दुःख भोग्छन्, अथवा जब कुनै एउटा अङ्गको आदर हुन्छ, सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् ।
|
|
\p
|
|
\v 27 अब तिमीहरू ख्रीष्टका शरीर हौ, र व्यक्तिगत रूपले यसका अङ्गहरू हौ ।
|
|
\v 28 र परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि ती जो आश्चर्यकर्म गर्नेहरू, त्यसपछि निको पार्ने वरदान पाएकाहरू, मद्दत गर्नेहरू, प्रशासनका काम गर्नेहरू र विभिन्न भाषा बाेल्नेहरू नियुक्त गर्नुभएको छ ।
|
|
\v 29 के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के सबैले आश्चर्यकर्महरू गर्छन्?
|
|
\v 30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छ? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले भाषाहरूको अर्थ खोल्छन्?
|
|
\v 31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर र अब म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।
|
|
\c 13
|
|
\cl अध्याय 13
|
|
\p
|
|
\v 1 मानाैं, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर यदि मसँग प्रेम छैन भने म हल्ला मच्चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु ।
|
|
\v 2 मानौं, मसँग अगमवाणी गर्ने वरदान छ र म सबै लुकेका सत्यहरु र ज्ञान बुझ्न सक्छु र मसँग पहाडहरू हटाउन सक्ने सम्मको सम्पुर्ण विश्वास छ, तर यदि मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
|
|
\v 3 तर मानौं, मसँग भएका सबै सम्पत्तिहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु र मेरो शरीरलाई जलाउन दिन्छु, तर यदि मसँग प्रेम छैन भने मलाई केही फाइदा हुँदैन । \f + \ft धेरैजसाे महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू, र प्राचीन अनुवादहरूमा पाउँछाैं, \fqa म मेरो शरीरलाई जलाउन दिन्छु \fqa* केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा पाउँछाैं, \fqa म मेराे शरीरलाई दिन्छु ताकि म घमण्ड गर्न सकूँ \fqa* । \f*
|
|
\p
|
|
\v 4 प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन
|
|
\v 5 वा रुखो हुन्छ । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीहरूको हिसाब राख्छ ।
|
|
\v 6 यो अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ ।
|
|
\v 7 प्रेमले सबै कुराहरु सहन्छ; सबै कुराहरुमा विश्वास गर्छ, सबै कुराहरुमा आशा गर्छ, र सबै कुराहरुमा स्थिर रहन्छ ।
|
|
\p
|
|
\v 8 प्रेमको कहिल्यै अन्त्य हुँदैन । यदि अगमवाणीहरू छन् भने ती बितेर जानेछन् । यदि भाषाहरू छन् भने ती बन्द हुनेछन् । यदि ज्ञान छ भने त्याे बितेर जानेछ ।
|
|
\v 9 किनकि हामी थोरै जान्दछौं र थोरै अगमवाणी बोल्छौं ।
|
|
\v 10 तर जब सिद्ध आउँछ, तब जे अपूर्ण छ, त्याे बितेर जानेछ ।
|
|
\v 11 जब म बालक थिएँ, मैले बालकले जस्तै बोलें र मैले बालकले जस्तै सोचें, मैले बालकले जस्तै तर्कहरू गरें । जब म वयस्क भएँ मैले बालकका चालहरू छोडिदिएँ ।
|
|
\v 12 किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौं, तर त्यसबेला आमने-सामने देख्नेछौं । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा चिन्नेछु, जसरी म पूर्ण रूपमा चिनिएको छु ।
|
|
\v 13 तर अब यी तीन कुरा रहन्छन्, विश्वास, आशा र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिं प्रेम नै हो ।
|
|
\c 14
|
|
\cl अध्याय 14
|
|
\p
|
|
\v 1 प्रेममा लागि रहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी तिमीहरू अगमवाणी बोल्नकाे निम्ति ।
|
|
\v 2 किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्छ । किनकि त्यसको कुरा कसैले पनि बुझ्न सक्दैन, किनभने त्यसले गुप्त कुराहरूलाई आत्मामा बोल्छ ।
|
|
\v 3 तर अगमवाणी गर्नेले, मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्छ ।
|
|
\v 4 जसले अन्य भाषामा बोल्छ, त्यसले आफैंलाई निर्माण गर्छ तर जसले अगमवाणी गर्छ, त्यसले मण्डलीलाई निर्माण गर्छ ।
|
|
\p
|
|
\v 5 अब तिमीहरू सबै जना अन्य भाषाहरू बोल भन्ने म चाहन्छु। तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्ने म चाहन्छु।(मण्डली सुधार होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
|
|
\p
|
|
\v 6 तर अब, भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषाहरूमा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्याउँछु र? जबसम्म म प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षामा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्याउँदिनँ ।
|
|
\v 7 त्यसैगरी जब, आवाजहरू निकाल्ने मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका धुनहरू निकाल्दैनन् भने कसैले मुरली वा वीणामा के बजाइरहेको छ भनेर कसरी जान्न सक्छ?
|
|
\v 8 किनकि यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने लडाइँको लागि तयार हुने समय हो भनेर कसैले कसरी जान्ने?
|
|
\v 9 तिमीहरूका लागि पनि अन्य भाषाहरू त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने के भनियाे भनी कसरी बुझ्ने? तिमीहरूले हावामा बोलिरहेका हुनेछाै ।
|
|
\v 10 संसारमा निःशन्देह धेरै भाषाहरू छन् र कुनै पनि अर्थ बिनाका छैनन् ।
|
|
\v 11 तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म बाेल्ने व्यक्तिको लागि विदेशी हुनेछु र त्यो बाेल्ने व्यक्ति मेरो लागि विदेशी हुनेछ ।
|
|
\v 12 त्यस्तै तिमीहरूमा पनि यो हुन्छ । तिमीहरू पवित्र आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैं मण्डलीलाई सुधारकाे खाेजी गर ताकि तिमीहरू प्रशस्त हाेओ ।
|
|
\p
|
|
\v 13 त्यसैले अन्य भाषामा बोल्ने व्यक्तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।
|
|
\v 14 किनकि यदि मैले अन्य भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिं निष्फल हुन्छ ।
|
|
\v 15 मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
|
|
\v 16 नत्रता तिमीले धन्यवाद दिंदा, यदि तिमीले आत्मामा परमेश्वरलाई धन्य भन्छाै भने बाहिरकाहरूले कसरी "आमेन" भन्ने जब कि तिमीले के भनिरहेका छाै तिनीहरूले बुझ्दैनन् ।
|
|
\v 17 किनकि तिमीले त निश्चय नै प्रशस्त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्ति बन्दैन ।
|
|
\v 18 म परमेश्वरलाई धन्यवाद दिन्छु कि म तिमीहरू सबैले भन्दा बढी नै अन्य भाषाहरूमा बोल्छु ।
|
|
\v 19 तर मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो अरूलाई निर्देशन दिन म आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु ।
|
|
\p
|
|
\v 20 भाइहरू हो, आफ्नो सोचाइमा बालकहरू नबन । बरू खराबीको निम्ति शिशुहरू बन । तर आफ्नो सोचाइमा परिपक्व बन ।
|
|
\v 21 व्यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषाहरूमा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तापनि तिनीहरूले मलाई सुन्नेछैनन्”।
|
|
\p
|
|
\v 22 त्यसाेभए, अन्य भाषाहरू विश्वासीहरूको लागि होइन तर विश्वास नगर्नेहरूको लागि चिन्ह हो । तर अगमवाणीचाहिं विश्वास नगर्नेहरूका लागि होइन तर विश्वासीहरूका लागि चिन्ह हो ।
|
|
\v 23 त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुन्छ, र सबैले अन्य भाषाहरूमा बोल्छन् भने, र बाहिरकाहरू र विश्वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन्?
|
|
\v 24 तर यदि तिमीहरू सबै जनाले नै अगमवाणी गरिरहँदा र कोही विश्वास नगर्ने वा बाहिरको व्यक्ति भित्र आयो भने त्यसले सुनेको कुराले त्यसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा त्याे जाँचिनेछ ।
|
|
\v 25 त्यसका हृदयका गोप्य कुराहरू प्रकट हुनेछन् । परिणामस्वरूप, त्याे परमेश्वरको सामु घोप्टाे पर्नेछ र आराधना गर्नेछ । त्यसले परमेश्वर साँच्चै तिमीहरूका बीचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
|
|
\p
|
|
\v 26 भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब प्रत्येकसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
|
|
\v 27 यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा बढीमा तीनजनाले पालैपालो बोलून् र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।
|
|
\v 28 तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने तिनीहरूमध्ये प्रत्येक मण्डलीमा चुप बसोस् । प्रत्येकले आफैं र परमेश्वरसँग एक्लै बोलोस् ।
|
|
\p
|
|
\v 29 दुई वा तीन जना अगमवक्ताहरू बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।
|
|
\v 30 तर यदि बसिरहेको कसैलाई अन्तर्दृष्टि प्राप्त भयो भने बोलिरहेको पहिलाे व्यक्ति चुप लागोस् ।
|
|
\v 31 किनकि तिमीहरू एक-एक गरेर प्रत्येकले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्न सकोस् र सबै नै उत्साहित बनून् ।
|
|
\v 32 किनकि अगमवक्ताका आत्माहरू अगमवक्ताहरूकै नियन्त्रणमा हुन्छन् ।
|
|
\v 33 किनकि परमेश्वर अन्योलका होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ । याे परमेश्वरका पवित्र जनहरूका सबै मण्डलीहरूमा भएकाे नियम हाे ।
|
|
\v 34 स्त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्ने अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले पनि भनेअनुसार समर्पित हुनुपर्छ ।
|
|
\v 35 यदि तिनीहरूले केही सिक्ने चाहना गर्छन् भने तिनीहरूले घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
|
|
\v 36 के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
|
|
\v 37 यदि काेही आफैंलाई अगमवक्ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी त्यसले स्वीकार गर्नुपर्छ ।
|
|
\v 38 तर यदि कसैले त्यसलाई स्वीकार गर्दैन भने त्यसलाई पनि स्वीकार नगरियोस् ।
|
|
\p
|
|
\v 39 यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्यभाषा बोल्नदेखि नरोक ।
|
|
\v 40 तर सबै कुराहरू उचित तरिकाले र व्यवस्थित रूपमा गरियोस् ।
|
|
\c 15
|
|
\cl अध्याय 15
|
|
\p
|
|
\v 1 अब भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र जसमा तिमीहरू रहन्छौ,
|
|
\v 2 र यदि तिमीहरू मैले प्रचार गरेको वचनमा अटल रह्यौ भने यसबाट तिमीहरू बचाइन्छौ, नत्रता तिमीहरूले व्यर्थमा विश्वास गर्यौ ।
|
|
\p
|
|
\v 3 किनकि मैले जे पाएँ ती तिमीहरूलाई पहिलाे महत्त्वका साथ सुम्पिदिएँ, धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापहरूका लागि मर्नुभयो,
|
|
\v 4 उहाँ गाडिनुभयो, र धर्मशास्त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।
|
|
\v 5 ख्रीष्ट केफासकहाँ देखा पर्नुभयो, र त्यसपछि बाह्र जनाकहाँ,
|
|
\v 6 त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिं मरिसके ।
|
|
\v 7 त्यसपछि उहाँ याकूबकहाँ देखिनुभयाे र त्यसपछि सबै प्रेरितहरूकहाँ ।
|
|
\v 8 अन्त्यमा, उहाँ समयभन्दा अघि जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो ।
|
|
\v 9 किनकि म प्रेरितहरूमध्ये सबैभन्दा सानो हुँ । म प्रेरित कहलाइन अयोग्य छु, किनकि मैले परमेश्वरको मण्डलीलाई सताएँ ।
|
|
\v 10 तर म जे छु परमेश्वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दाबढी परिश्रम गरें। तरै पनि त्यो मैले होइन, तर ममा हुनुहुने परमेश्वरको अनुग्रहले हाे ।
|
|
\v 11 त्यसैकारण म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्वास गर्यौ ।
|
|
\p
|
|
\v 12 अब यदि ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्न सक्छौ?
|
|
\v 13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्ट पनि जीवित पारिनुभएन,
|
|
\v 14 र यदि ख्रीष्ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ ।
|
|
\v 15 हामी पनि परमेश्वरकाे बारेमा झुटा गवाहहरू ठहरिन्छाैं, किनभने परमेश्वरले ख्रीष्टलाई मरेकाबाट जीवित पार्नुभयो भनेर हामी गवाही दिन्छाैं, तर यदि मरेकाहरू जीवित पारिंदैनन् भने उहाँले उहाँलाई जीवित पार्नुभएन ।
|
|
\v 16 किनकि यदि मरेकाहरू जीवित पारिंदैनन् भने ख्रीष्ट पनि जीवित पारिंनुभएन,
|
|
\v 17 र यदि ख्रीष्ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि तिमीहरूका पापहरूमा नै छौ ।
|
|
\v 18 तब ख्रीष्टमा मर्नेहरू पनि नष्ट भएका छन् ।
|
|
\v 19 यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्टमा आशा गर्छौं भने त सबै मानिसहरूभन्दा बढी हामीहरू दयनीय हुन्छौं।
|
|
\p
|
|
\v 20 तर अब ख्रीष्ट मरेकाहरूबाट जीवित भई उठ्नेमा पहिलो फल झैं मृतकबाट जीवित पारिनुभएको छ ।
|
|
\v 21 किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।
|
|
\v 22 किनकि जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्टमा सबै जीवित परिनेछन् ।
|
|
\v 23 तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछ, ख्रीष्ट, जो पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।
|
|
\v 24 त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्टले राज्यलाई परमेश्वर पिताको हातमा सुम्पिदिनुहुनेछ, जुन बेला उहाँले सबै शासन, सबै अधिकार र शक्तिलाई निर्मूल पारिदिनुहुनेछ ।
|
|
\v 25 किनकि उहाँले आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नराख्नुभएसम्म उहाँले शासन गर्नुपर्छ ।
|
|
\v 26 नष्ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।
|
|
\v 27 किनकि “उहाँले सबै कुरालाई उहाँको पाउमुनि राख्नुभएको छ ।” तर “उहाँले सबै कुरा राख्नुभएको छ” भन्नाले यसले स्पस्ट हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्नेचाहिं यसमा पर्नुहुन्न ।
|
|
\v 28 जब सबै कुरा उहाँको अधीनमा हुन्छ, तब पुत्र आफैं सबै कुराहरू अधीनमा राखिदिनेको अधीनमा आउनुहुनेछ, ताकि परमेश्वर नै सर्वेसर्वा हुनुभएको होस् ।
|
|
\p
|
|
\v 29 वा नत्रता मरेकाहरूको निम्ति बप्तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति तिनीहरूले बप्तिस्मा लिन्छन्?
|
|
\v 30 त्यसोभए किन हामी हरपल खतरामा छौं?
|
|
\v 31 म प्रतिदिन मर्छु! यसमा म त्यतिनै पक्का छु, जति म तिमीहरूमा गर्व गर्छु, जुन मैले ख्रीष्ट येशू, हाम्रा प्रभुमा पाएको छु ।
|
|
\v 32 यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले जङ्गली जनावरहरूसँग गरेको लडाइँले मानवीय दृष्टिबाट मलाई के लाभ हुन्छ र? “हामी खाऔं र पिऔं किनकि भोलि त हामी मरिहाल्छौं।”
|
|
\v 33 भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।”
|
|
\v 34 धोका नखाओ! धार्मिकतामा जिओ! पाप गरी नरहो । किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु ।
|
|
\p
|
|
\v 35 तर कसैले भन्नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन् र कस्तो किसिमका शरीर लिएर तिनीहरू आउनेछन्?”
|
|
\v 36 तिमी मूर्खहरू! तिमीहरू जे रोप्छौ सो नमरेसम्म उम्रनेछैन ।
|
|
\v 37 तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बीउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्न सक्छ ।
|
|
\v 38 तर परमेश्वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बीउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ ।
|
|
\v 39 सबै शरीर उस्तै हुँदैनन् । बरू मानवीय शरीर एक किसिमको हुन्छ र पशुहरूको शरीर अर्को किसिमको र चराहरू अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको हुन्छ ।
|
|
\v 40 त्यसरी नै स्वर्गीय शरीरहरू तथा पार्थिव शरीरहरू हुन्छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ ।
|
|
\v 41 सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको महिमा अर्कै र ताराहरूको महिमा अर्कै हुन्छ । किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ ।
|
|
\p
|
|
\v 42 मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । जे रोपिन्छ त्याे कुरा नष्ट भएर जान्छ र उठाइएको कुरा नष्ट हुँदैन ।
|
|
\v 43 अनादरमा त्याे रोपिन्छ र महिमामा त्याे उठाइन्छ । कमजोरीमा त्याे रोपिन्छ र शक्तिमा त्याे उठाइनेछ ।
|
|
\v 44 प्राकृतिक शरीरमा त्याे रोपिन्छ र आत्मिक शरीरमा त्याे उठाइन्छ । यदि प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि छ ।
|
|
\p
|
|
\v 45 त्यसैले यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्नुभयो ।
|
|
\v 46 तर पहिले आएकोचाहिं आत्मिक होइन, तर प्राकृतिक थियो र त्यसपछि आत्मिक आयो ।
|
|
\v 47 पहिलो मानिस पृथ्वीको हाे, माटोबाट बनाइएको । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
|
|
\v 48 माटोबाट बनेको मानिसजस्तो छ, माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन्छन् र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् ।
|
|
\v 49 जसरी हामीहरूले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौं, त्यसरी नै हामीहरूले पनि स्वर्गकाे मानिसको रूपलाई धारण गर्नेछौं ।
|
|
\p
|
|
\v 50 अब, भाइहरू हो म याे भन्छु कि, मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्नेछैन, न त विनाशी, अविनाशीसँग हकदार हुनसक्छ ।
|
|
\v 51 हेर! म तिमीहरूलाई रहस्य बताउँछु, हामी सबै मर्नेछैनौं, तर हामी सबै परिवर्तन हुनेछौं।
|
|
\v 52 हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौं । किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी भई जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौं।
|
|
\v 53 किनकि याे विनाशी शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ ।
|
|
\v 54 तर जब, यो विनाशी शरीरले अविनाशीलाई धारण गर्छ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पूरा हुन आउनेछः “मृत्युलाई विजयले निलेको छ ।”
|
|
\q1
|
|
\v 55 “मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खील कहाँ छ?”
|
|
\p
|
|
\v 56 मृत्युको खील पाप हो र पापको शक्ति व्यवस्था हो ।
|
|
\v 57 तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामीलाई विजय दिने परमेश्वरलाई धन्यवाद होस्!
|
|
\p
|
|
\v 58 त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैं प्रभुको काममा सधैं बढ्दैजाओ, किनकि प्रभुमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
|
|
\c 16
|
|
\cl अध्याय 16
|
|
\p
|
|
\v 1 अब परमेश्वरका पवित्र जनहरूका भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।
|
|
\v 2 हप्ताको पहिलो दिन आफ्नाे प्रशस्तताअनुसार तिमीहरू प्रत्येकले केही छुट्टाएर, एक ठाउँमा जम्मा गर । यसो गर्नु, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
|
|
\v 3 र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका मानिसहरूलाई म परिचय पत्र दिनेछु र तिनीहरूलाई, तिमीहरूको भेटीसहित यरूशलेममा पठाइदिनेछु ।
|
|
\v 4 यदि म पनि जान उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
|
|
\p
|
|
\v 5 तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।
|
|
\v 6 सायद म तिमीहरूसँगै बस्नेछु अथवा हिउँद पनि बिताउनेछु, ताकि म जहाँगए पनि, तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक ।
|
|
\v 7 किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्नँ । यदि परमेश्वरबाट अनुमति भयो भने मैले तिमीहरूसँग धेरै समय बिताउने आशा राखेको छु ।
|
|
\v 8 तर म पेन्तिकोससम्म एफिससमा बस्नेछु,
|
|
\v 9 किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ र त्यहाँ धेरै विरोधीहरू छन् ।
|
|
\p
|
|
\v 10 अब तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्वरको सेवा गर्दैछन् ।
|
|
\v 11 कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।
|
|
\p
|
|
\v 12 अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरें। तर तिनलाई अहिले आउन केही गरी मन भएन । तापनि ठिक समयमा तिनी आउनेछन् ।
|
|
\p
|
|
\v 13 सतर्क रहो, विश्वासमा दृढ बस, पुरूषार्थी हाेओ, सामर्थी बन ।
|
|
\v 14 तिमीले जे गर्छौ, सबै प्रेममा गर ।
|
|
\p
|
|
\v 15 स्तिफनसको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्वासी हुन् र तिनीहरूले प्रभुका पवित्र जनहरूको सेवाको निम्ति आफैंलाई समर्पित गरेका छन् । अब भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्छु कि
|
|
\v 16 त्यस्ता मानिसहरू र सबै सहायता गर्ने र हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।
|
|
\v 17 स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पूरा गरिदिए ।
|
|
\v 18 किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले तिनीहरूजस्ता मानिसहरूको कदर गर ।
|
|
\p
|
|
\v 19 एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्किलाका साथै तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
|
|
\v 20 सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
|
|
\p
|
|
\v 21 म, पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
|
|
\v 22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्याे श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस्,
|
|
\v 23 प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
|
|
\v 24 ख्रीष्ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ । \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा \fqa आमेन \fqa* पद 24 को अन्तमा पाइन्छ । तर धेरै महत्वपूर्ण प्राचीन ग्रीक प्रतिलिपिहरू, साथै धेरै प्राचीन अनुवादहरूमा \fqa आमेन \fqa* अन्तमा पाइँदैन । \f*
|