ne_ulb/66-JUD.usfm

45 lines
10 KiB
Plaintext

\id JUD
\ide UTF-8
\h यहूदा
\toc1 यहूदा
\toc2 यहूदा
\toc3 jud
\mt यहूदा
\c 1
\cl अध्याय १
\p
\v 1 येशू ख्रीष्‍टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्‍वर पितामा प्रिय अनि येशू ख्रीष्‍टको निम्ति राखिएकाहरूलाई:
\v 2 दया, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् ।
\p
\v 3 प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्‍न हरेक प्रयत्‍न गर्दा, परमेश्‍वरका पवित्र जनहरूलाई एकै चोटी सधैंको निम्ति दिइएको विश्‍वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई तिमीहरूलाई यो लेख्‍न मलाई आवश्यक भयो ।
\v 4 किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चिन्ह लगाइएका थिए । तिनीहरू अधर्मी मानिसहरू हुन् जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई कामुकतामा परिणत गरेका छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्छन् ।
\p
\v 5 अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु—तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भएतापनि— कि परमप्रभुले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछिबाट विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो ।
\v 6 साथै, आफ्नो अधिकारको स्थानमा कायम नरहेका तर आफ्नो उचित वासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई—परमेश्‍वरले त्यस महान् दिनमा न्यायको निम्ति पूर्ण अन्धकारमा अनन्त साङ्लाहरूमा राख्‍नुभएको छ ।
\v 7 त्यसरी नै सदोम र गमोरा र तिनका वरपरका सहरहरूले आफैंलाई यौन अनैतिकतामा र अस्वाभाविक यौन क्रियाकलापहरूमा संलग्‍न गराए । तिनीहरू अनन्त आगोको दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा प्रकट हुन्छन् ।
\v 8 तर यस्तै प्रकारले, यी सपना देख्‍नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्छन् । तिनीहरूले अधिकारलाई इन्कार गर्छन्, र महिमितहरूका विरुद्धमा निन्दा गर्ने कुराहरू भन्छन् ।
\p
\v 9 तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गरिरहँदा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गरिरहँदा, त्यसको विरुद्धमा निन्दापूर्ण इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!”
\v 10 तर यी मानिसहरूले आफूले नबुझ्‍ने कुराहरूको निन्दा गर्छन्; र विवेकहीन पशुहरूले जस्तै जुन कुराहरू यिनीहरू स्वाभाविक रूपमा बुझ्छन्, ती कुराहरूले नै यिनीहरूलाई नष्‍ट गर्छन् ।
\p
\v 11 धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिंडेका छन्, र लाभको निम्ति बालामले गरेको भूलमा फसेका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् ।
\v 12 तिमीहरूका प्रेम भोजहरूमा यी मानिसहरू कलङ्कहरू हुन्, जो तिमीहरूसँग निर्लज्‍ज रूपमा भोज खान्छन्—गोठालाहरू जसले आफैंलाई मात्र पोस्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन्; शरद ऋतुका निष्फल रुखहरू हुन्—जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।
\v 13 तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्‍जताको फिंज निकाल्छन्; तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्तको लागि अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।
\p
\v 14 आदमदेखि सातौं पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भन्दै अगमवाणी गरे, “हेर! परमप्रभु उहाँका हजारौं हजार पवित्र जनसँग आउँदै हुनुहुन्छ ।
\v 15 उहाँ सबैको न्याय गर्न आउँदै हुनुहुन्छ । सबै अधर्मीहरूले अधर्म तरिकाले गरेका सबै कामहरू, र अधर्मी पापीहरूले उहाँको विरुद्धमा बोलेका सबै कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”
\v 16 यिनीहरू गनगन गर्नेहरू, गुनासो गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्‍याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्छन् ।
\p
\v 17 तर प्रियहरू हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।
\v 18 तिनीहरूले तिमीहरूलाई भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै अधर्मी अभिलाषाहरूलाई पछ्‍याउनेछन् ।”
\v 19 यी फुट ल्याउने मानिसहरू हुन्; तिनीहरू सांसारिक छन् र तिनीहरूसँग पवित्र आत्मा छैन ।
\p
\v 20 तर मेरा प्रियहरू, तिमीहरू आफैंलाई आफ्नो सबैभन्दा पवित्र विश्‍वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।
\v 21 आफैंलाई परमेश्‍वरको प्रेममा राख, र हाम्रा प्रभु येशू ख्रीष्‍टको दयाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँछ ।
\p
\v 22 शङ्का गर्नेहरूसँग दयालु होओ ।
\v 23 अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग भयका साथ दयालु होओ । शरीरद्वारा कलङ्‌कित भएको वस्‍‍त्रलाई समेत घृणा गर ।
\p
\v 24 अब तिमीहरूलाई ठक्कर खानदेखि जोगाउन सक्‍नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क र बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,
\v 25 हाम्रा उद्धारक एक मात्र परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टबाट महिमा, गरिमा, प्रभुत्व र शक्‍ति, सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म रहिरहोस् । आमेन ।