ne_ulb/62-2PE.usfm

87 lines
25 KiB
Plaintext

\id 2PE
\ide UTF-8
\h २ पत्रुस
\toc1 २ पत्रुस
\toc2 २ पत्रुस
\toc3 2pe
\mt २ पत्रुस
\c 1
\cl अध्याय १
\p
\v 1 येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकतामा, हाम्रो जस्तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई,
\v 2 परमेश्‍वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा तिमीहरूमा अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् ।
\p
\v 3 आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
\v 4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभयो ताकि तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक ।
\p
\v 5 यसैकारण, तिमीहरूको विश्‍वासमा सद्गुण, सद्गुणमा ज्ञान,
\v 6 ज्ञानमा आत्मसंयम, आत्मसंयममा सहनशीलता, सहनशीलतामा ईश्‍वरभक्ति,
\v 7 ईश्‍वरभक्तिमा भातृ-स्‍नेह, र भातृ-स्‍नेहमा प्रेम थप्‍न सक्दो प्रयत्‍न गर ।
\v 8 यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
\v 9 तर जोसँग यी कुराहरूको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, त्यो अन्धो हो जसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।
\v 10 त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर किनकि तिमीहरूले त्यो गर्‍यौ भने, तिमीहरू लोट्नेछैनौ ।
\v 11 यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा तिमीहरूलाई प्रशस्त गरी प्रवेश दिइनेछ।
\p
\v 12 त्यसैले तिमीहरूलाई यी कुराहरू थाहा छ र अहिले तिमीहरूमा भएको सत्यतामा तिमीहरू बलियो छौ भनेतापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैं तयार हुनेछु ।
\v 13 जबसम्म म यस पालमा छु तिमीहरूलाई सम्झना दिलाउँदै जागा राख्‍नु मेरो निम्ति असल हुन्छ भन्‍ने मलाई लाग्छ ।
\v 14 किनकि मैले यो पाललाई चाँडै त्याग्दैछु भन्‍ने मलाई थाहा छ किनभने हाम्रा प्रभु येशू ख्रीष्‍टले यो कुरा मलाई प्रकट गर्नुभएको छ ।
\v 15 मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैं सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
\p
\v 16 किनकि हामीले हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्‍ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्‍याएनौं, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौं ।
\v 17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसित म धेरै खुसी छु ।”
\v 18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौं ।
\v 19 किनकि हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
\v 20 सबैभन्दा पहिले, तिमीहरूले यो बुझ्नुपर्छ कि कुनैपनि अगमवाणी कसैको आफ्नै तर्कबाट आउँदैन ।
\v 21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर तर परमेश्‍वरको तर्फबाट बोल्ने, पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।
\c 2
\cl अध्याय २
\p
\v 1 मानिसहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउँदैछन् ।
\v 2 धेरैले तिनीहरूको कामुकताको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ ।
\v 3 तिनीहरूको लोभमा तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूको शोषण गर्नेछन् । तिनीहरूको दण्‍डाज्ञा लामो समयदेखि भइरहेको छ, र तिनीहरूको विनाश निदाएको छैन ।
\p
\v 4 किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई पनि छोड्नुभएन । बरु इन्साफ नहुन्जेलसम्म घोर अन्धकारको साङ्लाले बाँधेर राख्‍नको लागि उहाँले तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो । \f + \ft केही महत्‍वपूर्ण र प्रचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौ, \fqa इन्साफ नहुन्जेलसम्म घोर अन्धकारको खाडलमा राख्‍नको लागि \fqa* । \f*
\v 5 अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन । बरु, धार्मिकताका दूत नोआको साथै अरू सात जनालाई बचाउनुभयो जब उहाँले अधर्मीहरूको संसारमा जल प्रलय ल्याउनुभयो ।
\v 6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।
\v 7 तर धर्मी लोतको बारेमा भन्‍नुपर्दा, तिनी व्यवस्थाहीन मानिसहरूको कामुक व्यवहारका कारण निकै दुःखी थिए ।
\v 8 त्यसैले ती धर्मी मानिस जो तिनीहरूसँग दिनदिनै बस्दैथिए, तिनीहरूका बीचमा देखेका र सुनेका कुराहरूको कारण तिनी आफ्ना धर्मी आत्मामा व्याकुल भएका थिए ।
\v 9 धर्मी मानिसहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मी मानिसहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भनी प्रभु जान्‍नुहुन्छ ।
\v 10 यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति सत्य हो । हठी र स्वेच्छाचारी, तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।
\v 11 स्वर्गदूतहरूसँग धेरै बल र शक्‍ति छ, तर तिनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।
\v 12 तर यी मानिसहरू, अज्ञानी पशुहरूजस्तै स्वाभाविक रूपमा नियन्‍‍‍त्रण र नाशको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्‍ट पारिनेछन् ।
\v 13 आफैंले गरेका गलत कामहरूका परिणाम तिनीहरूले पाउनेछन् । तिनीहरू सोच्छन् कि दिनमा हुने विलासिता आनन्द हो । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलपूर्ण कार्यहरूमा रमाउँछन् । \f + \ft \fqa तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलपूर्ण कार्यहरूमा रमाउँछन् \fqa* लेख्‍नुको सट्टा अरू आधुनिक अनुवादमा केही यस्तो लेखेको पाउँछौं, \fqa प्रेम भोजमा तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना कार्यहरूमा रमाउँछन् \fqa* । \f*
\v 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर प्राणलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन्!
\v 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् र तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लागेका छन् । \f + \ft पुरानो करारको नामको हिज्जे समान राख्‍न धेरै आधुनिक अनुवादहरूमा, \fqa बोअरको छोरा बालाम \fqa* लेखेको पाउँछौं । केही आधुनिक अनुवादहरूले ग्रीकको हिज्जे पालन गर्न रोज्छन्, जसमा पाउँछौ, \fqa बोसरको छोरा बालाम \fqa* । \f*
\v 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।
\p
\v 17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् र आँधीले उडाई लैजाने कुइरोजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
\v 18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् ।
\v 19 तिनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैं भ्रष्‍टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, त्यो त्यसैको दास बन्छ ।
\v 20 यदि तिनीहरूले प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीं अल्झिन्छ र फर्कन्छ भने त्यसको अन्तिम अवस्था पहिलेको भन्दा खराब हुन्छ ।
\v 21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो ।
\v 22 तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ, र नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”
\c 3
\cl अध्याय ३
\p
\v 1 प्रिय हो, यो अहिले दोस्रो पत्र हो जुन मैले तिमीहरूका लागि लेखेको छु, र यी दुवैमा तिमीहरूका निष्कपट मनलाई सम्झना गराएर म उत्साहित तुल्याउँछु,
\v 2 ताकि तिमीहरूले विगतमा पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
\p
\v 3 पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन् । तिनीहरूले गिल्ला गर्नेछन् र आफ्नै इच्छामा अगाडि बढ्नेछन् ।
\v 4 तिनीहरूले भन्‍नेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? जबदेखि हाम्रा पुर्खाहरू बितेर गए, सृष्‍टिको सुरुदेखि, नै सबै कुराहरू उस्तै छन् ।”
\v 5 तिनीहरू स्वेच्छाले बिर्सन्छन् कि धेरै वर्षअघि परमेश्‍वरको वचनद्वारा नै आकाशहरू र पृथ्वी पानीबाट र पानीद्वारा अस्तित्वमा आए
\v 6 अनि त्यहीद्वारा त्यस बेलाको संसार जल प्रलयद्वारा नष्‍ट भयो
\v 7 अनि त्यही वचनद्वारा न्यायको निम्ति र दुष्‍ट मानिसहरूको विनाशको लागि साँचिराखेर आकाशहरू र पृथ्वी आगोको निम्ति सुरक्षित राखिएको छ ।
\v 8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैं हुन्छ ।
\v 9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न । बरु तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँ सबैलाई पश्‍चात्तापको लागि ठाउँ बनाउन चाहनुहुन्छ ।
\v 10 तर प्रभुको दिन चोरजस्तै गरी आउनेछः ठुलो आवाजसहित आकाशहरू बितेर जानेछन् । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू खुल्ला राखिनेछ । \f + \ft पद १० को अन्तिम शब्द, ग्रीकको कुन शब्द हो भन्‍ने अनिश्‍चित छ । \fqa खुल्ला राखिनेछ \fqa* वा \fqa जलाइनेछन् \fqa* यी दुई विकल्प छन् । यी दुई विकल्पमा कुनचाहिं छान्‍ने भनी अनिश्‍चत छ । दोस्रो विकल्प यो हुन्छ, \fqa आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू जलाइनेछन् \fqa* । \f*
\p
\v 11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
\v 12 तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
\v 13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौं, जहाँ धार्मिकताले बास गर्नेछ ।
\p
\v 14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरूको आशा गरेका हुनाले शान्तिमा उहाँको सामु दागरहित र खोटरहित हुनको निम्ति सक्दो प्रयास गर ।
\v 15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले तिनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखे ।
\v 16 पावलले तिनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्‍न कठिन हुने कुराहरू पनि छन् । अशिक्षित र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले आफ्नो विनाश निम्त्याउन धर्मशास्‍‍त्रका अरू वचनहरूलाई पनि बङ्ग्याउँछन् ।
\v 17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू पहिले नै जानेको हुनाले आफैंलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।
\v 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् । आमेन!