ne_ulb/59-HEB.usfm

444 lines
108 KiB
Plaintext

\id HEB
\ide UTF-8
\h Hebrews
\toc1 Hebrews
\toc2 Hebrews
\toc3 heb
\mt Hebrews
\c 1
\cl
\p
\v 1 प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो ।
\v 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जसलाई उहाँले सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गर्नुभयो । परमेश्‍वरले उहाँद्वारा नै जगत् पनि बनाउनुभयो ।
\v 3 उहाँ नै परमेश्‍वरको महिमाको चमक, उहाँको स्वभावको सही प्रतिनिधि हुनुहुन्छ। आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धि गर्नुभएपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभयो ।
\p
\v 4 जसरी उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुभएको छ, त्यसरी नै जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको छ, त्यो तिनीहरूको नाउँभन्दा उत्तम छ ।
\v 5 किनकि स्वर्गदूतहरूमध्ये कसलाई परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो र, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु?” वा कुन स्वर्गदूतलाई परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन्?”
\p
\v 6 तर फेरि, परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतहरूले उहाँलाई आराधना गर्नैपर्छ ।”
\p
\v 7 स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँ जसले आफ्ना स्वर्गदूतहरूलाई बतास र आफ्ना सेवकहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ।”
\p
\v 8 तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सधैंभरि रहिरहने छ । तपाईंको राज्यको राजदण्ड नै न्यायको राजदण्ड हो ।
\q
\v 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ र अधर्मलाई घृणा गर्नुभएको छ । यसकारण हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंका साथीहरूलाई भन्दा बढी तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ।”
\p
\v 10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
\q
\v 11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू सबै कपडाको टुक्राझैँ झुत्रा हुनेछन् ।
\q
\v 12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ फेरिनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य हुँदैन ।”
\p
\v 13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ?”
\p
\v 14 के सबै स्वर्गदूतहरू सेवा गर्ने, र मुक्‍ति पाउनेहरूको वास्ता गर्न पठाइएका आत्माहरू होइनन् र?
\c 2
\cl
\p
\v 1 यसकारण हामीले जे सुनेका छौं त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ ताकि यसबाट बहकिएर हामी टाढा नजाऔं ।
\v 2 किनकि यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देश अति भरपर्दो प्रमाणित भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र,
\v 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्छौं भने, तब हामी कसरी उम्कन सक्छौं र? यो मुक्‍ति हो जुन पहिले प्रभुद्वारा घोषणा गरिएको थियो र यो सुन्‍नेहरूद्वारा हाम्रा निम्ति पक्‍का गरियो ।
\v 4 त्यही समयमा परमेश्‍वरले यसलाई चिन्‍हहरू, अचम्मका कामहरू र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
\p
\v 5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन ।
\v 6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसो भन्दै गवाही दिएको छ, “मानिस के हो र, तपाईं त्यसको ख्याल गर्नुहुन्छ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ?
\q
\v 7 तपाईंले मानिसलाई स्वर्गदूतहरूभन्दा अलि कम बनाउनुभयो; तपाईंले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू थप्छन् \fqa र तपाईंले त्यसलाई तपाईंका हातका कामहरूमाथि राख्‍नुभएको छ \fqa* । \f*
\q
\v 8 तपाईंले हरेक कुरा त्यसको पाउको अधीनमा राख्‍नुभयो ।” किनकि परमेश्‍वरले सबै कुरा मानिसको अधीनमा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक त्यसको अधीन बाहिर रहन दिनुभएन । तर आज हामी सबै कुरा त्यसको अधीनमा रहेको देख्दैनौं ।
\v 9 तर हामी उहाँ, येशूलाई देख्छौ जो केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइनुभयो जसलाई उहाँका दुःख र मृत्युको कारणले महिमा र आदरको मुकुट पहिराइयो ताकि परमेश्‍वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्यु चाखून् ।
\p
\v 10 किनकि यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा छ, धेरै छोराहरू महिमामा ल्याउनको लागि, उहाँको दुःखद्वारा तिनीहरूका मुक्‍तिका कर्तालाई सिद्ध तुल्याउनु उहाँको निम्ति उपयुक्त थियो ।
\v 11 किनकि पवित्र गर्नुहुने र पवित्र गरिएकाहरू दुवैको एउटै स्रोत छ। त्यसैले उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न ।
\v 12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा भाइहरूलाई घोषणा गर्नेछु, म सभाको बीचबाट तपाईंको गीत गाउनेछु ।”
\p
\v 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।”
\p
\v 14 यसकारण, छोराछोरीहरू मासु र रगतको सहभागी भएका हुनाले उहाँ पनि त्यही कुराहरूको सहभागी हुनुभयो ताकि मृत्युद्वारा उहाँले मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पारून् ।
\v 15 यसो भयो ताकि मृत्युको डरद्वारा आफ्नो सबै जीवन दासत्‍वमा जिएकाहरू सबैलाई उहाँले स्वतन्‍‍त्र गर्न सकून् ।
\v 16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको सहायता गर्नुहुन्‍न तर अब्राहामको सन्तानको गर्नुहुन्छ ।
\v 17 त्यसैले सबै क्षेत्रमा आफ्ना भाइहरूजस्तै बन्‍नु उहाँको लागि आवश्यक थियो ताकि उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य महान् पूजाहारी होऊन् र उहाँले मानिसका पापहरूको प्रायश्‍चित गर्न सकुन् ।
\v 18 किनभने येशू आफैंले दुःख भोग्‍नुभएको, र परीक्षित हुनुभएकोले, उहाँले परीक्षित हुनेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ ।
\c 3
\cl
\p
\v 1 यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा सहभागी छौ । हामीले स्वीकार गरेका प्रेरित र प्रधान पूजाहारी येशू ख्रीष्‍टलाई विचार गर ।
\v 2 उहाँलाई नियुक्त गर्नुहुने परमेश्‍वरप्रति उहाँ विश्‍वासयोग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरको सबै घरानामा विश्‍वासयोग्य थिए ।
\v 3 किनकि मोशाभन्दा येशू महान् महिमाका योग्य ठहरिनुभएको छ किनभने घर आफैंलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ ।
\v 4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ ।
\v 5 किनकि मोशा परमेश्‍वरका सारा घरानामा सेवकको रूपमा विश्‍वासयोग्य थिए जो भविश्यमा बोलिने कुराहरूका एक गवाही थिए ।
\v 6 तर परमेश्‍वरको घरानाको जिम्मा पाएका पुत्रको रूपमा ख्रीष्‍ट विश्‍वासयोग्य हुनुहुन्छ । यदि हामी हाम्रो साहस र हामीले गर्व गर्ने आशालाई पक्रिरहन्छौं भने हामी उहाँका घराना हौं ।
\p
\v 7 यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने,
\v 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।
\v 9 त्यतिबेला जब तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरेर विद्रोह गरे र जब चालिस वर्षसम्म मैले गरेका काम तिनीहरूले देखे ।
\p
\v 10 यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनें, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । तिनीहरूलाई मेरा बाटाहरू थाहा छैन ।’
\p
\v 11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।”
\p
\v 12 भाइहरू हो, होसियार बस ताकि तिमीहरूमध्ये कोहीमा पनि अविश्‍वासको दुष्‍ट हृदय नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा लैजान्छ ।
\v 13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ ताकि तिमीहरूमध्ये कसैको पनि पापको छलकपटद्वारा हृदय कठोर नहोस् ।
\v 14 किनकि यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई बलियोसँग पक्रिराख्यौं भने, ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्छौं ।
\v 15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।”
\p
\v 16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र विद्रोह गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र?
\v 17 कोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभयो? के ती पाप गर्नेहरूसित होइन र, जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिए?
\v 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र?
\v 19 हामी देख्छौं कि अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न सकेनन् ।
\c 4
\cl
\p
\v 1 यसकारण, परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा अझै भइरहेको हुनाले हामी निकै होसियार होऔं ताकि हामीमध्ये कोही पनि त्यो देखि वञ्‍चित हुन नपरोस् ।
\v 2 किनकि तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर त्यो सन्देशले तिनीहरूलाई कुनै फाइदा भएन जो आज्ञा पालन गर्नेहरूसँग विश्‍वाससाथ एक भएनन् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा पढ्छौं, \fqa तर त्यो सन्देशले सुन्‍नेहरूलाई कुनै फाइदा भएन जो विश्‍वाससाथ त्यसमा मिल्न सकेनन् \fqa* । \f*
\v 3 किनकि हामी जसले विश्‍वास गरेका छौं त्यस विश्राममा हामी प्रवेश गर्नेछौं, जसरी उहाँले भन्‍नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” यद्यपि संसारको उत्‍पत्तिदेखि नै उहाँका कामहरू पुरा भइसकेका थिए ।
\v 4 किनकि सातौं दिनको विषयमा उहाँले कहीं भन्‍नुभएको छ, “र परमेश्‍वरले सातौं दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।”
\p
\v 5 र फेरि यही खण्डमा उहाँले भन्‍नुभयो, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।”
\p
\v 6 यसकारण, त्यो विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै जसलाई पहिले नै सुसमाचार सुनाइएको थियो, तिनीहरूले आज्ञापालन नगरेको कारण त्यसमा प्रवेश गर्न सकेनन् ।
\v 7 त्यसैले “आज” भनेर परमेश्‍वरले फेरि एउटा निश्‍चित दिन ठहराउनुभयो, जब उहाँले दाऊदद्वारा अगिबाटै भनिएका कुराहरू बोल्नुभयो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।”
\p
\v 8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन ।
\v 9 यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ ।
\v 10 किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्छ, त्यो आफैंले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो ।
\p
\v 11 यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौं, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।
\v 12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा र प्राण, जोर्नी र मासीलाई अलग हुनेगरी छेड्छ अनि यो हृदयका विचार र भावनाहरूको जाँच गर्न सक्षम छ ।
\v 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको द‍ृष्‍टिमा लुकेको छैन । बरु, उहाँको द‍ृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ।
\p
\v 14 यसकारण, जसै स्वर्ग भएर जानुभएका, महान् प्रधान पूजाहारी, परमेश्‍वरका पुत्र येशू हामीसँग हुनुहुन्छ, हामी हाम्रो विश्‍वासलाई द‍ृढतासाथ थामिराखौं ।
\v 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पूजाहारी हुनुहुन्‍न, त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै सबै कुरामा परीक्षित हुनुभएको छ, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।
\v 16 तब हामी अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔं, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौं ।
\c 5
\cl
\p
\v 1 किनकि मानिसहरूकै बिचबाट छानिएका हरेक प्रधान पूजाहारी, परमेश्‍वरका थोकहरूसम्बन्धी मानिसहरूका पक्षमा काम गर्न नियुक्त गरिएको हुन्छ ताकि तिनले पापहरूका निम्ति उपहार र बलिहरू दुवै चढाउन सकून्।
\v 2 तिनले अजान र छलमा परेकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्, किनभने तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
\v 3 यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनीबाट पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ ।
\v 4 कुनै पनि मानिस आफैंले यो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै त्यसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ ।
\v 5 त्यसैगरी, न त ख्रीष्‍टले आफूलाई प्रधान पूजाहारी बनाएर आफैंलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।”
\p
\v 6 जसरी अर्को ठाउँमा पनि उहाँले भन्‍नुभएको छ, “तिमी सधैंका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पूजाहारी हौ ।”
\p
\v 7 उहाँ शरीरमा हुनुहुँदाका दिनहरूमा ख्रीष्‍टले आफूलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो, र उहाँको ईश्‍वरीय जीवनको कारणले गर्दा उहाँको सुनाइभयो ।
\v 8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो ।
\v 9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो ।
\v 10 मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो ।
\p
\v 11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ ।
\v 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरका वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।
\v 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनभने त्यो अझसम्म बालकै हुन्छ ।
\v 14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । यी तिनै हुन् जसका परिपक्‍वताको कारण तिनीहरूले दुष्‍टबाट असल छुट्‌‍याउन सक्‍ने बुझाइको तालिम पाएका हुन्छन् ।
\c 6
\cl
\p
\v 1 त्यसकारण, सुरुको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौं। परमेश्‍वरमाथिको विश्‍वासका कुराको र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौं,
\v 2 न त बप्‍तिस्माबारे शिक्षाको जग, हात राख्‍ने काम, मरेकाहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौं ।
\v 3 यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौं।
\v 4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो,
\v 5 र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए,
\v 6 तर जो पतित भए, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनभने तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्छन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन् ।
\v 7 किनकि जुन जमिनले आफूमाथि बारम्बार बर्सिने पानी पिउँछ, र जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्छ—त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्छ ।
\v 8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र त्यो श्रापको नजिक पुग्छ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
\p
\v 9 तर हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, तिमीहरूका असल कुराहरूका बारेमा हामी आश्‍वस्‍त भएका छौं, र त्यो कुरा मुक्तिको विषयमा हो ।
\v 10 किनकि परमेश्‍वर अधर्मी हुनुहुन्‍न ।तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई उहाँले बिर्सनुहुनेछैन, किनभने तिमीहरूले पवित्र जनहरूको सेवा गर्यौ, र अझै पनि तिनीहरूको सेवा गर्दैछौ ।
\v 11 अनि हामी उत्कट इच्छा गर्दछौं, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो आशा निश्‍चित गर्नको निम्ति त्यही उत्सुकता देखाओ ।
\v 12 ताकि तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।
\p
\v 13 किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफै‍ंले शपथ खानुभयो ।
\v 14 उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।”
\v 15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे, र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे ।
\v 16 किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूका प्रत्येक वादविवाद मिलाउन निश्‍चयता दिन्छ ।
\v 17 परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउने निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै यो पक्‍का गर्नुभयो ।
\v 18 त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो—जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ—ताकि हामी, जो शरणको लागि भागेकाछौ, हाम्रो अगाडि राखिदिएको आशालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौं।
\v 19 हामीसित प्राणको लागि सुरक्षित र भरपर्दो लङ्गरको रुपमा यो, अर्थात् आशा छ, जुन पर्दा पछाडिको भित्रको स्थानमा पनि पस्छ,
\v 20 जहाँ येशू हामीभन्दा पहिले गएर त्यस ठाउँमा हाम्रो सट्टामा पस्‍नुभएको छ । मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैंका निम्ति प्रधान पूजाहारी हुनुभएको छ ।
\c 7
\cl
\p
\v 1 यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए, जसले राजाहरुलाई मारेर फर्किरहेका अब्राहामलाई भेटेर आशीर्वाद दिए ।
\v 2 तिनलाई नै अब्राहामले सबै कुराको दशांश दिए । तिनको नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा”; तिनी “शालेमका राजा” पनि हुन् अर्थात् “शान्तिका राजा ।”
\v 3 तिनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका हुन् । बरु, तिनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पूजाहारी भइरहन्छन्।
\p
\v 4 हेर, यी मानिस कति महान् थिए । जसलाई हाम्रा पुर्खा अब्राहामले लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए ।
\v 5 लेवीका सन्तानहरू जसले पूजाहारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् ।
\v 6 तर मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, तिनले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए ।
\v 7 ठुला मानिसले साना मानिसलाई आशीर्वाद दिन्छन् भन्‍ने कुरा इन्कार गर्ने कुनै कारण छैन ।
\v 8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्छन्, तर त्यस अवस्थामा तिनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्छ ।
\v 9 र यस सन्दर्भमा भन्‍नुपर्दा, दशांश पाउने लेवीले पनि अब्राहामद्वारा दशांश दिए,
\v 10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए ।
\p
\v 11 अब यदि लेवीको पूजाहारी पदद्वारा पूर्णता सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्छन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी स्थापित गर्न किन आवश्यक पर्थ्यो?
\v 12 किनकि जब पूजाहारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्छ ।
\v 13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् ।
\v 14 अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, जुन कुलबाट मोशाले पूजाहारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका थि‍एनन् ।
\v 15 यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पूजाहारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौं त्यो स्पष्‍ट छ ।
\v 16 उहाँ शारीरिक पुर्खाहरूका व्यवस्थाका आधारमा होइन, तर अविनाशी जीवनको शक्‍तिमा पूजाहारी हुनुभयो ।
\v 17 किनकि उहाँको बिषयमा धर्मशास्‍‍त्र यसरी गवाही दिन्छः “मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैंका निम्ति पूजाहारी हौ ।”
\p
\v 18 किनकि पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो—
\v 19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन— तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्छौं ।
\p
\v 20 अनि यो शपथविना भएको होइन! अरूहरू शपथविना नै पूजाहारीहरू भएका थिए,
\v 21 तर उहाँ शपथविना नै पूजाहारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुनेछैन, ‘तिमी सदाकाल पूजाहारी हौ’ ।”
\p
\v 22 यसद्वारा येशूले उत्तम करारको निश्‍चयता दिनुभएको छ ।
\p
\v 23 अघिका पूजाहारीहरू संख्यामा धेरै थिए, किनकि मृत्युले तिनीहरूलाई निरन्तर पूजाहारीको कार्यमा लागिरहन दिएन ।
\v 24 तर येशू सदासर्वदा जिवित रहिरहनुभएकोले उहाँसँग एउटा स्थायी पूजाहारी पद छ ।
\v 25 त्यसकारण, उहाँद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई पूर्ण रूपमा बचाउनका निम्ति उहाँ सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर-बिन्‍ती गर्नलाई सधैं जीवित हुनुहुन्छ ।
\p
\v 26 किनकि यस्तै प्रकारको प्रधान पूजाहारी हाम्रा निम्ति सुहाउँदो थियो, जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएको र आकाशभन्दा उच्‍च पारिनुभएको छ ।
\v 27 प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनुपर्दैन । जब उहाँले आफैंलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैंका निम्ति गर्नुभयो ।
\v 28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पूजाहारीको रूपमा नियुक्त गर्छ, जससँग कमजोरी छ। तर व्यवस्थापछि आएको शपथको वचनले सदाकालका निम्ति सिद्ध बनाइनुभएको पुत्रलाई नियुक्त गर्‍यो।
\c 8
\cl
\p
\v 1 अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पूजाहारी हुनुहुन्छ जो स्‍वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।
\v 2 मानिसले बनाएको होइन, तर प्रभुले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ।
\p
\v 3 किनकि हरेक प्रधान पूजाहारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्‍यसकारण, केही कुरा चढाउन आवश्‍यक छ ।
\v 4 अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ कदापि पूजाहारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदैछन् ।
\v 5 तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छा‍ँयाको मात्र सेवा गर्छन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयोः परमेश्‍वरले भन्‍नुभयो, “हेर, पहाडमा तिमीलाई देखाइएको नमुनाबमोजिम हरेक थोक तिमीले बनाउनू ।”
\v 6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ, जस्तो उहाँ पनि उत्तम करारको मध्‍यस्‍थकर्ता हुनुहुन्छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा आधारित छ।
\p
\v 7 किनकि त्यो पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो ।
\v 8 किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्‍नुभयो, “हेर, ती दिन आउँदैछन्—परमप्रभु भन्‍नुहुन्‍छ— जब म इस्राएलका घराना र यहूदाका घरानाहरूसँग नयाँ करार स्‍थापना गर्नेछु ।
\q
\v 9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्‍तो हुनेछैन, जुन दिन जसरी मैले तिनीहरको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ । किनकि तिनीहरूले मेरो करारलाई होसियारीसाथ पछ्‍याएनन्, मैले तिनीहरूको बेवास्‍ता गरे— भनि परमप्रभु भन्‍नुहुन्‍छ ।
\q
\v 10 परमप्रभु भन्‍नुहुन्‍छ— ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
\q
\v 11 तिनीहरूले ‘परमप्रभुलाई चिन’ भन्दै आफ्‍नो छिमेकीलाई र आफ्‍नो भाइलाई सिकाउनेछैनन् । किनकि तिनीहरूमध्येका, सानादेखि लिएर ठुलासम्‍म सबैले मलाई चिन्‍नेछन् ।
\q
\v 12 किनकि तिनीहरूले गरेका दुष्‍ट कार्यहरूप्रति म कृपालु हुनेछु, र तिनीहरूका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।”
\p
\v 13 “नयाँ” भन्‍नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो, र जुन पुरानो र काम नलाग्‍ने भएको छ, त्यो चाँडै हराएर जानेछ ।
\c 9
\cl
\p
\v 1 अब पहिलेका करारमा पनि आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्‍थान थिए ।
\v 2 किनकि एउटा बासस्‍थान तयार गरिएको थियो । पहिलो कोठा, जसभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो ।
\v 3 दोस्रो पर्दाको पछाडितिर अर्को कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो ।
\v 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलापाटीहरू थिए ।
\v 5 करारको सन्दुकको माथि, महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौं।
\p
\v 6 यी थोकहरूलाई तयार गरिसकेपछि, पूजाहारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा आफ्ना सेवाको काम गर्न प्रवेश गर्थे।
\v 7 तर प्रधान पूजाहारी मात्रै प्रत्येक वर्षको, एक पल्ट दोश्रो कोठामा प्रवेश गर्थे, र सो पनि रगत विना होइन त्यो रगत तिनले आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका पापहरूका निम्ति चढाउँथे ।
\v 8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो बासस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।
\v 9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । अहिले चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
\v 10 ती खाने र पिउने र विभिन्‍न किसिमका शुद्ध हुने विधिसँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जुन नयाँ प्रणालीको समय नआउन्जेलसम्म राखिएको थियो ।
\p
\v 11 ख्रीष्‍ट, आएका असल थोकहरूका प्रधान पूजाहारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध बासस्‍थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको थिएन, र यस सृजित संसारको थिएन । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा लेखिएको छ \fqa ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पूजाहारीजस्तै भएर आउनुभयो \fqa* । \f*
\v 12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो।
\v 13 किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले अशुद्ध भएकाहरूलाई छर्किंदा त्यसले तिनीहरूका शरीर शुद्ध पार्न तिनीहरूलाई परमेश्‍वरमा अलग गर्छ भने,
\v 14 अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई परमेश्‍वरमा अर्पण गर्नुहुने ख्रीष्‍टको रगतले, झन् कति धेरै हाम्रा विवेकलाई जीवित परमेश्‍वरको सेवा गर्न मृत कामहरूबाट शुद्ध पार्छ?
\p
\v 15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो यस्तो छ कि मृत्युको कारणले गर्दा, पहिलो करारमुनि रहेकाहरूलाई तिनीहरूका पापहरूबाट स्वतन्‍त्र गर्छ भने बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्नेछन्।
\v 16 किनकि जहाँ इच्छापत्र हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।
\v 17 किनकि एउटा इच्छापत्र तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन ।
\v 18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
\v 19 किनकि जब मोशाले सबै मानिसहरूलाई व्यवस्थामा भएका सबै आज्ञाहरू दिएका थिए,, तिनले बाछाका र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिसहरूलाई छर्के ।
\v 20 तब तिनले भने, “यो करारको रगत परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको छ ।”
\v 21 यसरी नै, तिनले बासस्‍थानमा र सेवामा प्रयोग हुने सबै भाँडाहारूमा रगत छर्के ।
\v 22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्छ । रगत नबगाइकन क्षमा हुँदैन ।
\p
\v 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई यी जनावरहरूका बलिदानहरूद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैंलाई झन् कति धेरै उत्तम बलिदानहरूद्वारा शुद्ध पार्न आवश्यक थियो ।
\v 24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिंं सत्यको एक नक्‍कल मात्र हो । बरु, हाम्रा निम्ति अहिले परमेश्‍वरको सामु उपस्थित हुन उहाँ आफैं स्वर्गमा प्रवेश गर्नुभयो ।
\v 25 उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पूजाहारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्छन् ।
\v 26 त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्थ्यो । तर अब यस युगको अन्त्यमा उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ प्रकट हुनुभएको छ।
\v 27 जसरी मानिस एक पटक मर्न निश्‍चित छ, र त्यसपछि न्याय आउँछ,
\v 28 त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई एकै पल्ट बलि हुनुभयो । दोस्रो पल्ट उहाँ देखा पर्नुहुनेछ, पापसँग सामना गर्नलाई होइन, तर मुक्‍तिका लागि उहाँलाई पर्खिरहनेहरूका निम्ति हो ।
\c 10
\cl
\p
\v 1 किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैंमा सत्य थोकहरू भने होइनन् । पूजाहारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्‍वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन ।
\v 2 नत्रता, के बलि चढाउने काम बन्द हुने थिएन र? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा शुद्ध पारिएका हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन ।
\v 3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् ।
\v 4 किनभने साँढे र बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ ।
\p
\v 5 जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपाईंले बलिदानहरू र भेटीहरू चाहनुभएन, तर तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ;
\v 6 तपाईं होमबलि र पापबलिमा प्रसन्‍न हुनुभएन ।”
\q
\v 7 तब मैले भनेँ, “हेर्नुहोस्, मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पूरा गर्न म यहाँ छु ।”
\p
\v 8 उहाँले पहिला भन्‍नुभयो, “तपाईं न त बलिदानहरू, न भेटीहरू न सारा होमबलिहरू न पापबलिहरू चाहनुभयो न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” यी त व्यवस्थाअनुसार चढाइएका बलिदानहरू हुन् ।
\v 9 तब उहाँले भन्‍नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पूरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ ।
\v 10 त्यहि इच्छाबाट, एकेेचोटि सधैँका निम्ति येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा परमेश्‍वरमा हामी पवित्र तुल्याएका छौँ ।
\p
\v 11 दिनहुँ हरेक पूजाहारी खडा हुन्छन् र परमेश्‍वरलाई सेवा पुराउने काम गर्छन् । तिनले उस्तै बलिदान निरन्तर चढाइरहन्छन्— बलिदान जसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन ।
\v 12 तर जब, ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाउनुभयो, उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो ।
\v 13 उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुभएको छ ।
\v 14 किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा पवित्र तुल्याएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ ।
\v 15 पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ । पहिला उहाँले भन्‍नुहुन्छ,
\v 16 “ती दिनहरूपछि मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, परमप्रभु भन्‍नुहुन्छ । म मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र ती तिनीहरूको मनमा लेखिदिनेछु ।”
\p
\v 17 फेरि उहाँ भन्‍नुहुन्छ, "म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।”
\p
\v 18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन ।"
\p
\v 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ ।
\v 20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ ।
\v 21 किनभने परमेश्‍वरको घरमा हामीसँग महान् पूजाहारी हुनुभएकोले
\v 22 हाम्रो हृदयलाई अशुद्ध विवेकबाट छिट्काउद्वारा सफा गरेर र हाम्रा शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ, हामी साँचो हृदय लिएर नजिक जाऔं।
\v 23 हामीले स्वीकार गरेको आशालाई द‍ृढतासाथ थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने, उहाँ परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ ।
\v 24 हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई घ्यानपूर्वक विचार गरौं।
\v 25 हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौं, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ ।
\p
\v 26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौं भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन ।
\v 27 त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ ।
\v 28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तीन जना साक्षीको गवाहीमा दयाविना मर्छ ।
\v 29 तिमीहरुलाई के लाग्छ, परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, आफूलाई पवित्र गरेको करारको रगतलाई अपवित्र ठान्‍ने र अनुग्रहको आत्मालाई अपमान गर्ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला?
\v 30 किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौं, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।”
\v 31 जीवित परमेश्‍वरका हातमा पर्नु डरलाग्दो कुरा हो ।
\p
\v 32 तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ, ती अघिका दिनहरूको सम्झना गर ।
\v 33 तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी हुँदैथियौ ।
\v 34 किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ, र आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ । तिमीलाई यो थाहा थियो कि तिमीहरूसँग अझ उत्तम र रहिरहने आफ्नै सम्‍पत्ति छ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँँछौं, \fqa म कैदमा हुँदा तिमीहरूले ममाथि दया देखायौ \fqa* । \f*
\v 35 त्यसकारण, आफ्नो निश्‍चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ ।
\v 36 किनकि तिमीहरूलाई धैर्यको खाँचो छ ताकि तिमीहरूले परमेश्‍वरको इच्छालाई पुरा गरेपछि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्‍त गर्नेछौ ।
\v 37 “किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिला गर्नुहुनेछैन ।
\q
\v 38 मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ, यदि त्‍यो पछि फर्कन्छ भने, म त्‍योसँग प्रसन्‍न हुनेछैनँ ।”
\p
\v 39 तर हामी त्‍यस्ता होइनौं जो विनाशतिर फर्कन्छ, बरु ती मध्येका हौं जसमा विश्‍वास छ र आफ्ना प्राणहरू बचाइराख्‍छ।
\c 11
\cl
\p
\v 1 अब विश्‍वासचाहिं आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो र नदेखिएका कुराहरूको बारेमा निश्‍चित हुनु हो ।
\v 2 किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए ।
\v 3 विश्‍वासद्वारा हामी बुझ्‍न सक्छौं, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् ।
\p
\v 4 विश्‍वासद्वारा नै हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए, जसद्वारा तिनी धर्मी हुन पुगे र तिनको भेटीको कारणले परमेश्‍वरले तिनलाई समर्थन गर्नुभयो र विश्‍वासद्वारा हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।
\p
\v 5 विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनभने परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” किनकि तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो ।
\v 6 अब विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ त्यसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँ इनाम दिने हुनुहुन्‍छ भनी विश्‍वास गर्नुपर्छ ।
\p
\v 7 विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाएर आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।
\p
\v 8 अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदैछु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए ।
\v 9 तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीहरू, इसहाक र याकूबसँग बसे ।
\v 10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर हुनुहुन्छ ।
\v 11 सारा बाँझी भए तापनि तिनले गर्भधारण गर्ने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरिन् । तिनी एकदमै वृद्ध भइसक्दा पनि यसो भएको थियो, किनकि तिनीले प्रतिज्ञा दिनुहुनेलाई विश्‍वासयोग्य ठानिन् ।
\v 12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट—आकाशका असङ्ख्य ताराहरू र समुद्री किनारका अनगिन्‍ती बालुवासरह सन्तानहरू जन्मिए ।
\p
\v 13 विश्‍वासमा नै प्रतिज्ञाहरू प्राप्‍त नगरिकनै यी सबै मरे । बरू तिनीहरूले ती टाढैबाट देखे र स्वागत गरे, अनि पृथ्वीमा तिनीहरू परदेशी र निर्वासितहरू मात्र हुन् भन्‍ने कुरा स्वीकार गरे ।
\v 14 किनकि जसले यस्ता कुराहरू भन्छन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ ।
\v 15 यदि तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए ।
\v 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर कहलाइनुहुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
\p
\v 17 आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए । बलि चढाएका तिनी, तिनका एक मात्र छोरा थिए जसले प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए ।
\v 18 यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरा सन्तानहरूको नाउँ रहनेछ ।”
\v 19 परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा तिनले तिनीहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।
\p
\v 20 आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए ।
\p
\v 21 याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै तिनले योसेफका प्रत्‍येक छोराहरूलाई आशिष्‌‌ दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे ।
\v 22 योसेफको अन्त्य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोले र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिए ।
\p
\v 23 मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा तिनका आमाबुबाले विश्‍वासद्वारा नै तिनलाई तीन महिनासम्म लुकाएर राखे । तिनीहरू राजाको आदेशसित डराएनन् ।
\v 24 मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाईनलाई इन्कार गरे ।
\v 25 तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने ।
\v 26 मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्‍याउँदा सहनुपर्ने अपमानलाई नै तिनले बहुमूल्यको ठाने । किनकि तिनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गरिरहेका थिए ।
\v 27 विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अद‍ृश्यलाई देखेजस्तै गरी तिनले सहिरहे ।
\v 28 जेष्‍ठ सन्‍तान नाश गर्नेले इस्राएलीहरूका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै तिनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे ।
\p
\v 29 विश्‍वासद्वारा नै तिनीहरूले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।
\p
\v 30 तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो ।
\p
\v 31 राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकी हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन् ।
\p
\v 32 अनि योभन्दा बढी म के भनौं? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्‍नेछेैन ।
\v 33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे, र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए,
\v 34 आगोको ज्वालालाई निभाए, तरवारको धारबाट भागे, रोगहरूबाट निको पारिए, युद्धमा शक्‍तिशाली भए, र विदेशी सेनाहरूलाई हराए ।
\v 35 स्‍‍‍‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूहरूले छुटकारालाई स्वीकार नगरी यातना भोगे ताकि तिनीहरूले अझ उत्तम पुनरुत्थान अनुभव गर्न सकून् ।
\v 36 अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे ।
\v 37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो । तिनीहरूले गरीबी, थिचोमिचो, दूरव्‍यवहार सहे । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुनेगरी चिरियो । तिनीहरूलाई परीक्षा गरियो । तिनीहरूलाई तरवारले मारियो \fqa* । \f*
\v 38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर सधैैं डुलिरहे ।
\p
\v 39 यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गरेनन् ।
\v 40 परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा योजना गरिदिनुभयो ताकि हामीविना तिनीहरू सिद्ध नहोऊन् ।
\c 12
\cl
\p
\v 1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हामी हरेक बोझ र सजिलैसित अल्‍झाइरहने पापलाई पन्‍छाऔं । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दाैडौं ।
\v 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले ध्यान केन्‍द्रित गरौं । किनकि आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि उहाँले अपमान सहनुभयो र क्रूसको दुःख भोग्‍नुभयो र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभयो ।
\p
\v 3 त्यसैले उहाँको बारेमा विचार गर जसले पापीहरूबाट आफू विरुद्धमा भएका विरोध सहनुभयो, ताकि तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
\v 4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन;
\v 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, प्रभुको अनुशासनलाई हलुका नसम्‍झ, जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।
\q
\v 6 किनकि प्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ त्यसलाई अनुशासनमा राख्‍नुहुन्छ, अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई दण्ड दिनुहुन्‍छ ।”
\p
\v 7 कष्‍टलाई अनुशासनझैं सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र?
\v 8 तर सबै सहभागी हुने अनुशसानमा यदि तिमीहरू अनुशसान विनाका छौ भने तिमीहरू अवैध हौ र उहाँका छोराहरू होइनौ ।
\v 9 अझ भन्‍नुपर्दा, हाम्रा संसारिक बुबाहरू थिए जसले हामीलाई अनुशासनमा राखे र जसलाई हामीले आदर गर्‍यौं । हामीले हाम्रा आत्‍माहरूको पिताको झन् कति बढी अधीनमा रहेर जिउनुपर्छ!
\v 10 हाम्रा बाबुहरूले केही समयसम्‍म हामीलाई अनुशसानमा राखे जुन तिमीहरूलाई उचित लाग्यो, तर परमेश्‍वरले हाम्रै भलाइका लागि अनुशासनमा राख्‍नुभयो ताकि हामी उहाँको पवित्रतामा सहभागी हुन सकौं।
\v 11 कुनै पनि अनुशासन त्यस समयमा आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तर यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँछ ।
\p
\v 12 त्यसकारण, लत्रेका हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ ।
\v 13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ ताकि, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
\v 14 हरेकसित शान्‍तिमा बस्‍ने, र पवित्रतामा रहने प्रयत्‍न गर किनकि यो विना कसैले पनि प्रभुलाई देख्‍न सक्दैन ।
\v 15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
\v 16 होसियार रहो कि कोही पनि यौन अनैतिक नहोस् वा एसावजस्‍तै अधर्मी नहोस् जसले एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेचे ।
\v 17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर तिनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा तिनलाई अस्‍वीकार गरियो, किनभने तिनले आँशुका साथ पश्‍चात्ताप गर्न खोज्‍दा पनि त्‍यसो गर्ने मौका पाएनन् ।
\p
\v 18 किनकि तिमीहरू छुन सक्‍ने, जलिरहेको, अन्धकार, बादल र आँधीको पहाडमा आएका छैनौ ।
\v 19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए ।
\v 20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँँछौं, \fqa एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ \fqa* । \f*
\v 21 त्यो द‍‍‍‍‍‍‍‍‍‍‍‍‍ृश्य यस्तो डरलाग्दो थियो कि मोशाले भने, “म डराएरको छु र काम्दै छु ।”
\v 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर, स्वर्गीय यरूशलेम, अनि दसौं हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
\v 23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा आएका छौ। तिमीहरू सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौ ।
\v 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
\p
\v 25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्किनेहरू झन् कसरी उम्कन सक्छौं र?
\v 26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।”
\v 27 “अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै हटाइनेछन् ताकि हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् ।
\v 28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔं र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौं।
\v 29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।
\c 13
\cl
\p
\v 1 भ्रातृ-प्रेम बनिरहोस् ।
\v 2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि यसैद्वारा थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका छन् ।
\v 3 तिमीहरू आफैं पनि कैदीहरुसंगै बाँधिएजस्तै गरी तिनीहरूको सम्झना गर । तिमीहरू पनि शरीरमा दुर्व्यवहार गरिएकाहरूसंगै भएझैं तिनीहरूको सम्झना गर ।
\p
\v 4 हरेकले विवाहलाई आदर गरोस् र विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन अनैतिक मानिसहरू र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ ।
\v 5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ, किनकि परमेश्‍वर आफैंले भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।”
\p
\v 6 हामी सन्तुष्‍ट होऔं ताकि हामी साहससाथ भन्‍न सकौं, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?”
\p
\v 7 तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर । तिनीहरूका विश्‍वासको देखासिखी गर ।
\v 8 येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ ।
\v 9 विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई नबहकाओस् । किनकि अनुग्रहद्वारा हाम्रो हृदय सुदृढ भएको असल हुन्‍छ, भोजनबाट होइन जसले त्यसअनुसार हिंड्नेहरूलाई सहायता गर्दैन।
\p
\v 10 हामीसँग एउटा वेदी छ, जसबाट बासस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।
\v 11 किनकि पाप क्षमाका निम्ति प्रधान पूजाहारीद्वारा मारिएका पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो, तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्‍थ्‍यो ।
\v 12 त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र तुल्याउनको खातिर सहरको ढोकाबाहिर दुःख भोग्‍नुभयो ।
\p
\v 13 त्यसैले, हामी पनि उहाँको निन्दामा सहभागी हुँदै उहाँकहाँ छाउनीबाहिर जाऔं।
\v 14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवालाको प्रतीक्षामा छौं ।
\p
\v 15 त्यसैले, उहाँद्वारा हामी सधैं परमेश्‍वरलाई प्रशंसाको बलिदान चढाऔ, यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो ।
\p
\v 16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं, किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ ।
\p
\v 17 तिमीहरूका अगुवाहरूको आज्ञा मान र अधीनमा बस, किनकि हिसाब गर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्छन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ यो गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि उपयोगी छैन ।
\p
\v 18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी हामी निश्‍चित छौं र सबै कुरामा ठिक प्रकारले जिउन चाहन्छौं ।
\v 19 यो अझ धेरै गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु ताकि म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।
\p
\v 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले,
\v 21 येशू ख्रीष्‍टद्वारा उहाँलाई प्रसन्‍न तुल्याउने काम हामीमा गर्दै उहाँको इच्‍छा पूरा गर्न तिमीहरूलाई हरेक असल कुराहरुले सुसज्जित पारून् । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।
\p
\v 22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।
\p
\v 23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्‍वतन्‍‍त्र पारिएका छन् । यदि तिनी छिट्टै आउँछन् भने, म तिमीहरूलाई तिनीसँगै देख्‍नेछु ।
\p
\v 24 तिम्रा सबै अगुवाहरू र परमेश्‍वरका पवित्र जनहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
\p
\v 25 तिमीहरू सबैसँग अनुग्रह रहोस् ।