ne_ulb/58-PHM.usfm

44 lines
6.9 KiB
Plaintext

\id PHM
\ide UTF-8
\h फिलेमोनलाई पावलको पत्र
\toc1 फिलेमोनलाई पावलको पत्र
\toc2 फिलेमोनलाई पावलको पत्र
\toc3 phm
\mt फिलेमोनलाई पावलको पत्र
\c 1
\cl अध्याय १
\p
\v 1 ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
\v 2 अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेला हुने मण्डलीलाई,
\v 3 हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
\p
\v 4 तिमीलाई प्रार्थनामा सम्झंदा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु,
\v 5 किनभने प्रभु येशूप्रति तिम्रो विश्‍वास र उहाँका सबै पवित्र मानिसहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनें ।
\v 6 म प्रार्थना गर्छु, कि तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस्, ताकि ख्रीष्‍टमा हामीसँग भएको हरेक असल कुराको पुर्ण समझ तिमीमा हुनेछ ।
\v 7 किनकि तिम्रो प्रेमले गर्दा मैले ज्यादै आनन्द र सान्त्वना पाएको छु, किनभने भाइ, तिमीद्वारा परमेश्‍वरका मानिसहरू हृदयहरू ताजा भएका छन् ।
\p
\v 8 यसकारण, तिमीले के गर्नुपर्छ भनेर तिमीलाई आज्ञा दिने मसँग ख्रीष्‍टमा सबै साहस भएतापनि,
\v 9 प्रेमको कारण म वृद्ध पावल, येशू ख्रीष्‍टको निम्ति एक कैदी, म तिमीलाई बिन्ती गर्छु ।
\v 10 म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गर्दैछु, जसको निम्ति कैद अवस्थामा म बुबा बनेको छु ।
\v 11 किनकि एक समयमा ऊ तिम्रो निम्ति बेकाम्कोमा थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्‍ने भएको छ ।
\p
\v 12 मैले उसलाई, जो मेरो मुटु हो, तिमीकहाँ फिर्ता पठाएको छु ।
\v 13 मैले उसलाई मेरो आफ्नै साथमा राख्‍न पाए हुन्थ्यो, ताकि सुमसमाचारको खातिर म कारागारमा हुँदा तिम्रो सट्टामा उसले मेरो सेवा गर्न सक्थ्यो ।
\v 14 तर म तिम्रो सहमतिविना केही गर्न चाहन्‍नँ । म तिमीलाई असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैंले राजीखुसीले गरेको म चाहन्छु ।
\v 15 सायद यसैको निम्ति ऊ केहि समयको लागि तिमीबाट अलग भएको थियो, ताकि तिमीले सदाको निम्ति उसलाई फिर्ता पाउन सक ।
\v 16 अब ऊ दास हुनेछैन, तर दासभन्दा पनि राम्रो, एक प्रिय भाइ हुनेछ । विशेष गरी ऊ मेरो लागि प्रिय छ, र तिम्रो लागि त शरीर अनि प्रभु दुवैमा झन धेरै प्रिय छ ।
\p
\v 17 त्यसैले यदि तिमीले मलाई सहकर्मीको रूपमा लिन्छौ भने उसलाई मलाई जस्तै गरी स्वीकार गर ।
\v 18 यदि उसले तिमीलाई अन्याय गरेको छ वा तिमीलाई केहि तिर्नुपर्ने छ भने त्यो मेरो हिसाबमा राखिदेऊ ।
\v 19 म पावल, मेरो आफ्नै हातले यो लेख्‍दै छु । म आफैं त्यो तिर्नेछु—यो भनिरहनुपर्दैन होला कि तिमी आफ्नै निम्ति मेरो ऋणी छौ ।
\p
\v 20 हो, भाइ, प्रभुमा तिमीबाट लाभ लिन पाऊँ; ख्रीष्‍टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।
\p
\v 21 तिम्रो आज्ञाकारिताको बारेमा विश्‍वस्त भएर म तिमीलाई यो पत्र लेख्दै छु । मलाई थाहा छ कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।
\p
\v 22 साथै, मेरो निम्ति एउटा पाहुना-कोठा तयार गर, किनकि म आशा गर्दछु कि तिम्रो प्रार्थनाद्वारा म तिमीकहाँ फर्किनेछु ।
\p
\v 23 येशू ख्रीष्‍टमा कैदि मेरो सङ्गि इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन् ।
\v 24 साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् ।
\v 25 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।