ne_ulb/56-2TI.usfm

121 lines
26 KiB
Plaintext

\id 2TI
\ide UTF-8
\h २ तिमोथी
\toc1 २ तिमोथी
\toc2 २ तिमोथी
\toc3 2ti
\mt २ तिमोथी
\c 1
\cl अध्याय १
\p
\v 1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित, ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार,
\v 2 प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र हाम्रा प्रभु ख्रीष्‍ट येशूको अनुग्रह, कृपा र शान्ति ।
\p
\v 3 मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्छु ।
\v 4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।
\v 5 मलाई तिम्रो साँचो विश्‍वासको सम्झना भएको छ जुन सर्वप्रथम तिम्री हजुरआमा लोइस र तिम्री आमा युनिसमा थियो र त्यो तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु ।
\p
\v 6 यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार भनी म तिमीलाई सम्झना गराउँदैछु ।
\v 7 किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर शक्‍ति र प्रेम र अनुशासनको आत्मा दिनुभयो ।
\p
\v 8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नशर्माऊ, न मेरो बारेमा, म पावल उहाँका एक कैदी हुँ । बरु, परमेश्‍वरको शक्‍तिअनुसार सुसमाचारको खातिर कष्‍टमा सहभागी होओ ।
\v 9 उहाँ परमेश्‍वर हुनुहुन्छ जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो । उहाँले हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार यसो गर्नुभयो । उहाँले यी कुराहरू हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभयो ।
\v 10 तर अहिले हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा परमेश्‍वरको मुक्ति प्रकट गरिएको छ ।उहाँ ख्रीष्‍ट हुनुहुन्छ जसले मृत्युलाई नाश पार्नुभयो र सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो ।
\v 11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको थिएँ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa गैर-यहूदीहरूको लागि \fqa* । \f*
\v 12 यसको निम्ति म पनि सतावटमा परेको छु । तर म शर्माऊँदिनँ, किनकि म उहाँलाई जान्दछु जसलाई मैले विश्‍वास गरेको छु । म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍न सक्नुहुन्छ ।
\p
\v 13 ख्रीष्‍ट येशूको विश्‍वास र प्रेममा तिमीले मबाट सुनेको असल शिक्षाको अनुसरण गर ।
\v 14 जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।
\p
\v 15 तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन् । यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् ।
\v 16 प्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले प्रायःजसो मलाई उत्साह दिए र मेरा साङ्लाहरूको शर्म मानेनन् ।
\v 17 बरु जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए ।
\v 18 त्यस दिनमा प्रभुले उहाँबाट तिनलाई कृपा प्रदान गर्नुभएको होस् । तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
\c 2
\cl अध्याय २
\p
\v 1 त्यसैकारण, मेरा बालक, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ ।
\v 2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
\p
\v 3 ख्रीष्‍ट येशूको असल सिपाहीझैं मसँग कष्‍ट भोग ।
\v 4 सिपाहीमा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि त्यसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
\v 5 यदि कोही खेलाडीको रूपमा खेलमा भाग लिन्छ भने, त्यसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन ।
\v 6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिलो भाग प्राप्‍त गर्नुपर्छ ।
\v 7 मैले भनिरहेका कुरामा विचार गर, किनकि प्रभुले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ ।
\v 8 दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर, जो मृतकबाट जीवित भई उठ्‍नुभयो । यो मैले सुसमाचारको सन्देशमा भनेअनुसार हो,
\v 9 जुन कुराको लागि मैले अपराधीझैं बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगिरहेको छु । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन ।
\v 10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्तको महिमाका साथ ख्रीष्‍ट येशूमा भएको मुक्‍ति प्राप्‍त गरून् ।
\v 11 यो भरोसायोग्य भनाइ होः “यदि हामी उहाँसँगै मरेका छौं भने, हामी उहाँसँगै जीवित पनि हुनेछौं ।
\q
\v 12 यदि हामी सहन्छौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं । यदि हामी उहाँलाई इन्कार गर्छौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ ।
\q
\v 13 यदि हामी उहाँमा विश्‍वासयोग्य छैनौं भनेतापनि उहाँ विश्‍वासयोग्य रहनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न ।"
\p
\v 14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ; यसले केही फाइदा गर्दैन र सुन्‍नेहरूलाई नोक्सान मात्र गर्छ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीकमा पाउँछौं, \fqa तिनीहरूलाई प्रभुको अगाडि चेतावनी देओ \fqa* । \f*
\p
\v 15 सत्यको वचनलाई ठीकसँग सिकाउने र शर्माउन नपर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य तुल्याउन भरमग्दुर प्रयत्‍न गर ।
\p
\v 16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ ।
\v 17 तिनीहरूका कुरा निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्,
\v 18 जो सत्यताबाट बहकिएका छन् ।तिनीहरूले पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्छन्, र केहीको विश्‍वासलाई नाश गर्छन् ।
\v 19 तथापि परमेश्‍वरको द‍ृढ जग स्थिर रहन्छ ।यसमा यस्तो छाप लागेको छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले प्रभुको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहनुपर्छ ।"
\p
\v 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् । त्यहाँ काठ र माटाका भाँडाहरू पनि हुन्छन् । यीमध्ये केही आदर र केही अनादरको निम्ति प्रयोग हुन्छन् ।
\v 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्छ भने, त्यो अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
\v 22 जवानीको अभिलाषाबाट अलग बस । शुद्ध हृदयले प्रभुलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको खोजी गर ।
\p
\v 23 तर मूर्ख र अज्ञानी प्रश्‍नहरूलाई इन्कार गर । तिमीहरूलाई थाहा छ कि तिनीहरूले वादविवादलाई ल्याउँछन् ।
\v 24 प्रभुका सेवकहरूले झगडा गर्नुहुँदैन । बरु त्यो सबैप्रति दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्छ ।
\v 25 त्यसले आफ्ना विरोधीहरूलाई विनम्रतामा सिकाउनुपर्छ । सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ ।
\v 26 तिनीहरू फेरि सचेत हुनेछन् र दुष्‍टको इच्छा पूरा गर्नको लागि तिनीहरू त्यसद्वारा पक्राउ भइसकेपछि त्यसको पासोबाट उम्कनेछन् ।
\c 3
\cl अध्याय ३
\p
\v 1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ ।
\v 2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र,
\v 3 स्वाभाविक प्रेमरहित, पुनर्मिलाप गर्न नसक्‍ने, निन्दा गर्नेहरू, आत्म-नियन्‍‍‍त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने,
\v 4 ठगाहा, लापर्वाह गर्नेहरू, घमण्डी, परमेश्‍वरको प्रेमी हुनुको साटो सुखविलास प्रेमी हुनेछन् ।
\v 5 तिनीहरूमा भक्तिको भेष हुनेछ, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
\v 6 किनकि तिनीहरूमध्ये केही यस्ता मानिसहरू छन् जसले घर-घरमा पसेर मूर्ख स्‍‍‍त्रीहरूलाई अधीनमा पार्छन् । यी यस्ता स्‍‍त्रीहरू हुन् जो पापले थिचिएका र धेरै अभिलाषाले प्रभावित भएका छन् ।
\v 7 यी स्‍‍‍त्रीहरू सधैं सिकिरहन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।
\v 8 जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरू भ्रष्‍ट मन भएको मानिसहरू हुन्, र विश्‍वासको सन्दर्भमा तिनीहरू झूटा प्रमाणित भएका छन् ।
\v 9 तर तिनीहरू धेरै अगाडि जाने छैनन् । किनकि तिनीहरूको मूर्खता यी मानिसहरूको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ ।
\p
\v 10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, संयम,
\v 11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍‍‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गरेका छौ । मैले सतावटहरू सहें । प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
\v 12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने सबै सतावटमा पर्नेछन् ।
\v 13 दुष्‍ट मानिस र ठगाहाहरू, अरूहरू र तिनीहरू आफैँलाई भड्काउँदै, खराबबाट अझ खराब हुनेछन् ।
\v 14 तर तिमीचाहिं सिकेका र बलियोसँग विश्‍वास गरेको कुराहरूमा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
\v 15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍‍‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको लागि तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
\v 16 सम्‍पूर्ण पवित्रशास्‍‍‍त्र परमेश्‍वरबाट प्रेरित भएको हो । यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
\v 17 ताकि परमेश्‍वरको मानिस सक्षम भएर हरेक असल कामको लागि सुसज्जित हुन सकून् ।
\c 4
\cl अध्याय ४
\p
\v 1 परमेश्‍वर र ख्रीष्‍ट येशूको सामने, जसले जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ, उहाँको आगमन र राज्यको कारण, म तिमीहरूलाई कडा आज्ञा दिन्छुः
\v 2 वचन प्रचार गर; सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ ।
\v 3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । बरु, तिनीहरू आफ्नो अभिलाषाअनुसारका शिक्षकहरूको थुप्रो लगाउनेछन् जसले तिनीहरूका चिलाइरहेका कानले सुन्‍न चाहेका कुराहरू गर्छन् ।
\v 4 तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लाग्‍नेछन् ।
\v 5 तर तिमी सबै कुरामा सचेत होऊ । कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पूरा गर ।
\p
\v 6 किनकि म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु । मेरो बिदाइको समय आएको छ ।
\v 7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु ।
\v 8 मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।
\v 9 जतिसक्दो छिटो मकहाँ आऊ ।
\v 10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तमान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गए र तीतसचाहिं दलमातियामा गए ।
\v 11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनभने काममा तिनी मेरो लागि उपयोगी छन् ।
\v 12 तुखिकसलाई मैले एफिससमा पठाए ।
\v 13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ ।
\p
\v 14 तमौटे अलेक्जेन्डरले मप्रति धेरै खराब व्यवहार देखायो । प्रभुले त्यसलाई त्यसका कामहरूअनुसारको बदला लिनुहुनेछ ।
\v 15 तिमी पनि त्यससँग होसियार होऊ, किनभने त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो ।
\p
\v 16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन । बरु, सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा त्यो नगनियोस् ।
\v 17 तर प्रभु मसँग उभिनुभयो र मलाई बलियो बनाउनुभयो, ताकि मद्वारा सुसमाचारको पूर्ण रूपमा घोषणा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । र मैले सिंहको मुखबाट छुटकारा पाएँ ।
\v 18 प्रभुले मलाई सबै दुष्‍ट कामबाट छुटकारा दिनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।
\p
\v 19 प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन गर ।
\v 20 इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडें ।
\v 21 हिउँद लाग्‍नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि ।
\v 22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।