ne_ulb/55-1TI.usfm

163 lines
36 KiB
Plaintext

\id 1TI
\ide UTF-8
\h १ तिमोथी
\toc1 १ तिमोथी
\toc2 १ तिमोथी
\toc3 1ti
\mt १ तिमोथी
\c 1
\cl अध्याय १
\p
\v 1 हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञा अनुसार ख्रीष्‍ट येशूको प्रेरित पावल,
\v 2 विश्‍वासमा साँचो पुत्र तिमोथीलाईः परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति ।
\p
\v 3 मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई आग्रह गरेजस्तै एफिससमा नै बस ताकि तिमीले केही मानिसहरूलाई भिन्‍न सिद्धान्त नसिकाउनलाई आज्ञा दिन सक।
\v 4 नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन् । यसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनुको साटो विवादहरू उत्पन्‍न गर्छ ।
\v 5 तर आज्ञाको लक्ष्यचाहिं शुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउने प्रेम हो ।
\v 6 केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् ।
\v 7 तिनीहरू व्यवस्थाको शिक्षकहरू बन्‍न चाहन्छन्, तर तिनीहरूले जे भनिरहेका छन् वा तिनीहरूले जे कुरामा निश्‍चयतासाथ पक्का गर्छन्, तिनीहरूले नै बुझ्दैनन् ।
\p
\v 8 तर यदि कसैले न्यायसंगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्‍ने हामीलाई थाहा छ ।
\v 9 हामी यो पनि जान्दछौं कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी मानिसहरू र पापीहरूको निम्ति, र ईश्‍वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बाबुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति,
\v 10 अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र सत्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो ।
\v 11 यो मलाई विश्‍वाससाथ सुम्पिएको, धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।
\p
\v 12 म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु । उहाँले मलाई शक्ति दिनुभयो, किनकि उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो ।
\v 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरें ।
\v 14 र हाम्रो प्रभुको अनुग्रह, ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ पोखिने गरी उर्लिआयो।
\p
\v 15 यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।
\v 16 तर यही कारणको निम्ति मलाई दया गरियो ताकि पहिला, ख्रीष्‍ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्‍नुभएको होस् ।उहाँले यो अनन्त जीवनको लागि उहाँमाथि विश्‍वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्‍वरूप गर्नुभयो ।
\p
\v 17 अब युगहरूका राजा, अविनाशी, अद‍ृश्य, एकमात्र परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा होस् । आमेन ।
\v 18 मेरो छोरो तिमोथी, तिम्रो बारेमा पहिला गरिएका अगमवाणीहरूअनुसार, तिमीलाई म यो आज्ञा दिंदैछु ताकि तिमी असल लडाइँ लड्‍न सक,
\v 19 विश्‍वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्‍वासको जहाज डुबाएका छन् ।
\v 20 ती हुमेनियस र अलेक्जेन्डर हुन् जुनहरूलाई मैले शैतानको हातमा सुम्पें ताकि निन्दा गर्नुहुँदैन भनेर तिनीहरूलाई सिकाइन सकियोस् ।
\c 2
\cl अध्याय २
\p
\v 1 त्यसकारण, सर्वप्रथम म आग्रह गर्छु कि अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवादज्ञापनहरू सबै मानिसहरूका लागि,
\v 2 राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि चढाइऊन्, ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक, शान्तिपूर्ण र शान्ति जीवन जिउन सकौं ।
\v 3 यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।
\v 4 उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।
\v 5 किनकि परमेश्‍वर एकमात्र हुनुहुन्छ, अनि मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ ।
\v 6 ठीक समयमा गवाहीको रूपमा, उहाँले आफैंलाई सबैका छुटकाराको मोल स्वरूप दिनुभयो ।
\v 7 यसै उद्देश्यको लागि म एक सन्‍देशवाहक र एक प्रेरितको रूपमा नियुक्त भएको थिएँ—म साँचो बोल्दैछु; मैले ढाँटिरहको छैनँ—म विश्‍वास र सत्यतामा अन्यजातिहरूको शिक्षक हुँ ।
\p
\v 8 त्यसकारण म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र विवाद, पवित्र हातहरू उचालेर प्रार्थना गरेको चाहन्छु ।
\v 9 यसैगरी स्‍‍त्रीहरूले भद्रता र आत्मसंयमताकासाथ सुहाउँदो वस्‍‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍‍त्र पहिरेर होइन,
\v 10 तर भक्ति देखाउने स्‍‍त्रीहरूलाई सुहाउने असल कामहरूद्वारा सुसज्जित होऊन् ।
\v 11 एउटा स्‍‍त्रीले सारा समर्पणका साथ चुपचापसित सिकून् ।
\v 12 म स्‍‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍नँ तर तिनी चुपचाप रहून् ।
\v 13 किनकि आदम पहिले सृष्‍टि भएका थिए त्यसपछि हव्वा ।
\v 14 आदम छलिएका थिएनन् तर स्‍‍त्री छलिएकी थिइन् र अपराधी भइन् ।
\v 15 तरैपनि, यदि तिनीहरू विश्‍वास र प्रेम र मनको स्वस्थतामा पवित्रीकरणमा लागि रहे भने बालक जन्माउँदा तिनी बचाइनेछिन् ।
\c 3
\cl अध्याय ३
\p
\v 1 यो भनाइ भरोसायोग्य छः यदि कसैले बिशप हुने इच्छा गर्छ भने तिनले असल कामको इच्छा गर्छन् ।
\v 2 तसर्थ, बिशपचाहिं दोषरहित हुनुपर्छ । तिनी एउटा पत्‍नीको पति हुनुपर्छ । तिनी संयमी, समझदार, व्‍यवस्‍थित, र अथिति सत्कार गर्ने हुनुपर्छ। तिनी सिकाउन सक्‍ने हुनुपर्छ ।
\v 3 तिनी मतवाला र झगडा गर्ने हुनुहुँदैन तर त्यसको सट्टा भद्र, नम्र, शान्तिपूर्ण हुनुपर्छ । तिनी रूपैयाँपैसाको लोभ गर्ने हुनुहुँदैन।
\v 4 तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ, र तिनका छोराछोरीले तिनको आज्ञापालन पूरा आदरका साथ गर्नुपर्छ ।
\v 5 किनकि यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने तिनले कसरी परमेश्‍वरको मण्डलीको वास्‍ता गर्न सक्छ?
\v 6 तिनी नयाँ विश्‍वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैं दण्डमा नपरून् ।
\v 7 तिनी बाहिरका मानिसहरूको द‍ृष्‍टिकोणमा पनि प्रतिष्‍ठित हुनुपर्छ, ताकि तिनी शर्ममा र दुष्‍टको पासोमा नपरून् ।
\p
\v 8 त्‍यसैगरी डिकनहरू पनि प्रतिष्‍ठित हुनुपर्छ, दुई-जिब्रे हुनुहुँदैन। तिनीहरूले धेरै मद्य पिउनुहुँदैन, वा लोभी हुनुहुँदैन।
\v 9 तिनीहरूले प्रकट गरिइएको विश्‍वासको सत्यतालाई शुद्ध विवेकले कायम राख्‍नुपर्छ ।
\v 10 तिनीहरू पहिले स्‍वीकृत हुनुपर्छ, र त्यसपछि तिनीहरूले सेवामा गर्नुपर्छ किनभने तिनीहरू दोषरहित छन् ।
\v 11 त्‍यसैगरी तिनीहरूका पत्‍नीहरू पनि प्रतिष्‍ठित हुनुपर्छ, निन्‍दा गर्नेहरू होइन, तर नम्र र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्छ ।
\v 12 डिकनहरू एउटा पत्‍नीको पति हुनुपर्छ । तिनीहरूले आफ्ना छोराछोरीहरू र घरलाई राम्रोसँग व्‍यवस्‍थापान गर्ने हुनुपर्छ ।
\v 13 किनभने तिनीहरू जसले असल सेवा गरेका छन्, तिनीहरूले आफ्नो निम्ति प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा ठुलो भरोसा पाउँछन् ।
\p
\v 14 मैले तिमीलाई यी कुराहरू लेख्दै गर्दा, म तिमी कहाँ चाँडै आउने आशा गर्छु ।
\v 15 तर यदि मैले ढिलो गरें भने परमेश्‍वरको घराना जुन जीवित परमेश्‍वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्‍यसमा कसरी व्यवहार गर्नुपर्छ भनेर तिमीले थाहा गर्न सक भन्‍ने हेतुले म तिमीलाई लेख्‍दैछु ।
\v 16 हामी सबै सहमत छौं कि भक्तिको रहस्य महान् छः "उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, र महिमामा माथि लगिनुभयो ।”
\c 4
\cl अध्याय ४
\p
\v 1 अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरूतिर ध्यान दिनेछन् ।
\v 2 झूट बोल्ने कपटीपनमा, तिनीहरूका आफ्नै विवेकहरू तातो फलामले दामिनेछन् ।
\v 3 तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जुन कुरा, सत्यलाई जान्‍ने विश्‍वासीहरूको बीचमा धन्यवाद दिएर ग्रहण गर्नलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।
\v 4 किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनुपर्दैन।
\v 5 किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिएको छ ।
\v 6 यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखिदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्‍याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
\v 7 तर वृद्ध स्‍‍‍त्रीहरूबाट प्रेम गरिएका संसारिक कथाहरू अस्वीकार गर । बरू आफैंलाई भक्तिमा तालिम देऊ ।
\v 8 किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिं सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।
\v 9 यो सन्‍देश भरोसायोग्य र पूरा स्वीकारको योग्य छ ।
\v 10 किनकि यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौं । किनकि हामी जीवित परमेश्‍वरमा भरोसा गर्छौं, जो सबै मानिसहरू, विशेष गरी विश्‍वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।
\v 11 यी कुराहरू घोषणा गर र सिकाऊ ।
\p
\v 12 कसैले पनि तिम्रो जवानीलाई तुच्‍छ नठानोस् । बरू, तिमी विश्‍वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्‍वासमा, र पवित्रतामा उदाहरण होऊ ।
\v 13 म नआउँदासम्म वचन पढाइमा, अर्ती दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ ।
\v 14 तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्‍डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो ।
\v 15 यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामु प्रकट होस् ।
\p
\v 16 आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ । किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।
\c 5
\cl अध्याय ५
\p
\v 1 वृद्धमानिसलाई नहप्काऊ । बरू आफ्नै बाबुलाई झैं सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइहरूझैं,
\v 2 वृद्ध स्‍‍‍त्रीहरूलाई आमालाई झैं, र जवान स्‍‍‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैं सम्‍झाऊ ।
\p
\v 3 जो साँचो विधवाहरू हुन्, तिनीहरूको आदर गर ।
\v 4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला तिनीहरूले आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिं परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।
\v 5 तर वास्तविक विधवा, जो एक्लै छोडिइन्, तिनले आफ्नो भरोसा परमेश्‍वरमा राखेकी छिन् र रातदिन बिन्ती र प्रार्थनामा निरन्तर लागिरहन्‍छिन् ।
\v 6 तैपनि मोजमस्तीको लागि जिउने स्‍‍‍त्री जिउँदै मरेकी जस्‍तै हुन्‍छिन् ।
\v 7 यी निर्देशनहरू पनि देऊ, ताकि तिनीहरू दोषरहित होऊन् ।
\v 8 तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउँदैन भने त्यसले विश्‍वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ ।
\p
\v 9 साठी वर्षभन्दा कम उमेर नभएकी, एउटै पतिको पत्‍नी भएर बसेकी स्‍‍‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नू ।
\v 10 तिनी असल कामहरूले चिनिएकी हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा परमेश्‍वरका पवित्र जनहरूका खुट्टा धोएकी हुन् वा सबै असल काममा समर्पित भएकी हुन् ।
\v 11 तर जवान विधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनकि जब तिनीहरूले ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
\v 12 यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् ।
\v 13 त्यस्तै तिनीहरू अल्छी गर्ने पनि हुन्छन् र घर-घर चहार्ने हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर तिनीहरूले भन्‍न नहुने कुरा भन्दै कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् ।
\v 14 यसकारण म चाहन्छु जवान स्‍‍‍‍त्रीहरूले विवाह गरून्, बालबच्‍चा जन्माउन्, घरबार चलाऊन्, र हाम्रा विरोधीहरूलाई हामीमाथि दोष लगाउने मौका नदिऊन् ।
\v 15 किनकि कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।
\p
\v 16 यदि कोही विश्‍वासी स्‍‍त्रीसँग विधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक विधवाहरूको सहायता गर्न सकोस् ।
\p
\v 17 असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन्, विशेषगरी उहाँहरू जसले वचन र शिक्षा दिने काम गर्नुहुन्छ ।
\v 18 किनकि पवित्रशास्‍‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार त्यसको ज्यालाको योग्य हुन्छ ।”
\p
\v 19 दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।
\v 20 पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाँकी रहेकाहरू पनि डराऊन् ।
\p
\v 21 परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।
\p
\v 22 कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैंलाई पवित्र राख्‍नुपर्छ ।
\v 23 तिमीले पानी मात्र नपिउनू । बरू त्‍यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारीको निम्ति थोरै दाखमद्य खाने गर ।
\v 24 केही मानिसहरूका पापहरू स्पष्‍ट थाहा हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् ।
\v 25 त्यसैगरी केही असल कामहरू स्पष्‍ट थाहा हुन्छन्, तर अरूहरूलाई पनि लुकाएर राख्‍न सकिंदैन।
\c 6
\cl अध्याय ६
\p
\v 1 दासहरूको रूपमा जुवामुनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पूरा सम्मानको योग्य सम्‍झून् । तिनीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् ।
\p
\v 2 विश्‍वास गर्ने मालिक भएका दासहरूले तिनीहरू दाजुभाइ हुन् भन्‍दैमा अवहेलना गर्नुहुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ । किनकि तिनीहरूका कामद्वारा सहयोग पाउने मालिकहरू विश्‍वासीहरू र प्रियहरू हुन् । यी कुराहरू सिकाऊ र घोषणा गर ।
\p
\v 3 यदि कसैले झुटो शिक्षा सिकाउँछ र हाम्रो प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरीय शिक्षासँग सहमत हुँदैन भने
\v 4 त्‍यो घमण्डी हो र केही पनि जान्दैन । त्यसको विवादास्पद कुराहरूमा र शब्दहरूको बारेमा भएका तर्क वितर्कमा अस्वस्थ रुची हुन्छ जसको परिणाम डाह, कलह, बदनामी, खराब शंकाहरू र,
\v 5 भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद हुन्छ । तिनीहरूले सत्यतालाई गुमाएका छन् र तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन् । \f + \ft केही पुराना प्रतिलिपिमा यो उपदेश थपिएको छ \fqa यस्ता कुराहरूबाट टाढै बस \fqa* । तर मुख्य प्राचीन प्रतिलिपिमा यो छैन । \f*
\p
\v 6 अब सन्तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो,
\v 7 किनकि हामीले संसारमा केही ल्‍याएनौं र यहाँबाट केही लान सक्‍दैनौं ।
\v 8 बरू हामी खानेकुरा र कपडाहरूमा सन्तुष्‍ट होऔं ।
\v 9 अब धनी हुन चाहनेहरू परिक्षामा पर्छन्, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा, र मानिसलाई बर्वादी र विनाशमा डुबाउने अरू जुनसुकै कुराहरूमा फस्छन् ।
\v 10 किनकि रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट विश्‍वासबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैंलाई घोचेको छन् ।
\p
\v 11 तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग ।
\v 12 विश्‍वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ, र जसको बारेमा धेरै गवाहहरूको सामु तिमीले असल गवाही दियौ।
\p
\v 13 सबै कुराहरूलाई अस्‍तित्वमा ल्‍याउनु हुने परमेश्‍वर र पन्‍तियस पिलातसको अघि असल गवाही दिनुहुने ख्रीष्‍ट येशूको अगाडि म तिमीलाई यी आज्ञाहरू दिन्छु कि
\v 14 यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल खोटरहित र दोषरहित राख ।
\v 15 परमेश्‍वरले उपयुक्त समयमा ख्रीष्‍टको आगमनलाई प्रकट गर्नुहुनेछ जो परमेश्‍वर, धन्य र सर्वशक्‍तिमान्, राज्‍य गर्ने राजा, शासन गर्ने परमप्रभु हुनुहुन्छ।
\v 16 केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्‍न सक्छ । उहाँलाई नै आदर र अनन्त शक्‍ति होस् । आमेन ।
\p
\v 17 यस संसारका धनीहरूलाई, घमण्ड नगर्न र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राख्नुपर्छ । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू आनन्दका लागि दिनुहुन्छ ।
\v 18 तिनीहरूलाई असल काम गर्न, असल काममा धनी हुन, उदार हुन र बाँडचुड गर्ने इच्छा गर्न भन ।
\v 19 यसरी तिनीहरूले आउने कुराको लागि असल जग आफ्नो लागि भण्‍डार गर्नेछन् ताकि तिनीहरूले साँचो जीवनलाई पक्रिराखून् ।
\p
\v 20 तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण बातचित र विरोधाभाषपूर्ण विचारहरू जुन झुटो ज्ञान हो, तीबाट अलग बस ।
\v 21 कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्‍वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।