ne_ulb/52-COL.usfm

137 lines
34 KiB
Plaintext

\id COL
\ide UTF-8
\h कलस्सीहरूलाई पावलको पत्र
\toc1 कलस्सीहरूलाई पावलको पत्र
\toc2 कलस्सीहरूलाई पावलको पत्र
\toc3 col
\mt कलस्सीहरूलाई पावलको पत्र
\c 1
\cl अध्याय 1
\p
\v 1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
\v 2 कलस्सेमा ख्रीष्‍टमा भएका परमेश्‍वरका पवित्र जनहरू र विश्‍वासयोग्य भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa र प्रभु येशू ख्रीष्‍ट \fqa* । \f*
\p
\v 3 हामी परमेश्‍वर, हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई धन्यवाद दिन्छौं र तिमीहरूका निम्ति सधैं प्रार्थना गर्छौं ।
\v 4 येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरका पवित्र जनहरू सबैका लागि तिमीहरूमा भएको प्रेमको बारेमा हामीले सुनेका छौं ।
\v 5 स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको आशाको कारण तिमीहरूमा यो प्रेम छ । यो आशाको बारेमा तिमीहरूले सत्यको वचन, अर्थात् सुसमाचारभन्दा पहिले सुन्यौ,
\v 6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदैछ र यो सारा संसारभरि फैलिंदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिनदेखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
\v 7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय संगी- सेवक तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वासयोग्य सेवक हुन् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa तिमीहरूको निम्ति \fqa* । \f*
\v 8 इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा थाहा दिएका छन् ।
\p
\v 9 यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौं । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौं ।
\v 10 हामीले प्रार्थना गरिरहेका छौं, कि तिमीहरू परमप्रभुलाई प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउनेछौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौं ।
\v 11 सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले हरेक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
\v 12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा परमेश्‍वरका पवित्र जनहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa जसले हामीलाई ... सहभागी हुनको लागि योग्य बनाउनुभएको छ \fqa* । \f*
\p
\v 13 उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ,
\v 14 जसमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौं । \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa जसमा हामीले उहाँको रगतद्वारा उद्धार अर्थात् पापको क्षमा पाएका छौं \fqa* । यो एफिसी १: ७ को लागि सहयोगी हुनसक्छ । \f*
\v 15 उहाँ अद‍ृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ, सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ ।
\v 16 किनकि स्वर्गमा तथा पृथ्वीमा भएका सबै द‍ृश्य र अद‍ृश्य कुराहरू उहाँमा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए ।
\v 17 उहाँ सबैथोकहरूभन्दा अघि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
\v 18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा जेष्‍ठ हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।
\v 19 किनकि आफ्ना सारा पूर्णता पुत्रमा बास गरेकोमा,
\v 20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति परमेश्‍वर प्रसन्‍न हुनुभयो । उहाँको क्रूसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो । चाहे पृथ्‍वीका कुराहरू होऊन् वा स्‍वर्गका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
\p
\v 21 अनि एकसमय तिमीहरू पनि परमेश्‍वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्‍ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ ।
\v 22 तर अब उहाँले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्‍वरले आफ्नो अघि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो,
\v 23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म, पावल, दास भएको छु ।
\p
\v 24 तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पूरा गर्छु ।
\v 25 परमेश्‍वरको वचनलाई पूरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
\v 26 यो युगौं र पुस्तौंसम्म लुकाइएको गुप्‍त सत्यता हो तर अहिले उहाँका पवित्र जनहरूको लागि यो प्रकट गरिएको छ ।
\v 27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले गैरयहूदीहरूका बीचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि महिमाको आशा, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ ।
\v 28 सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह र शिक्षा दिंदै उहाँलाई घोषणा गर्छौं ताकि प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा परिपक्‍व प्रस्तुत गर्न सकियोस् ।
\v 29 यसैको लागि ममा शक्‍तिशाली रूपमा काम गर्ने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र प्रयत्‍न गर्छु।
\c 2
\cl अध्याय 2
\p
\v 1 किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु ।
\v 2 प्रेम र समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा र परमेश्‍वरको गुप्‍त सत्यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्छु ।
\v 3 ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।
\v 4 म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् ।
\v 5 म तिमीहरूसँग शरीरमा नभए तापनि म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।
\p
\v 6 जसरी तिमीहरूले ख्रीष्‍ट प्रभुलाई प्राप्‍त गर्‍यौ, त्यसरी नै उहाँमा हिंड ।
\v 7 तिमीहरूलाई सिकाइएको जस्तैगरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ ।
\p
\v 8 तिमीहरूलाई कसैले पनि दर्शनशास्‍‍त्रद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका मौलिक आत्माहरूअनुसार मानिसहरूका परम्पराले रित्तो धोकाबाट वशमा पार्न नदेओ ।
\v 9 किनकि उहाँमा परमेश्‍वरको सारा पूर्णता शरीरमा वास गर्छ ।
\v 10 तिमीहरू उहाँमा भरिएका छौ, जो सबै शक्‍ति र अधिकारमाथि शिर हुनुहुन्छ ।
\v 11 उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो ।
\v 12 तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट जीवित पार्नुहुने परमेश्‍वरको शक्‍तिमा विश्‍वासद्वारा तिमीहरू उहाँमा जीवित पारिएका थियौ ।
\v 13 र जब तिमीहरू आफ्ना अपराध र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै अपराधहरूलाई क्षमा गर्नुभयो । \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa र तिम्रा सबै अपराधहरूलाई क्षमा गर्नुभयो \fqa* । \f*
\v 14 उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई त्यसका विनियमहरूसहित हटाइदिनुभयो । उहाँले त्यसलाई क्रूसमा टाँगेर हटाउनुभयो ।
\v 15 उहाँले शासकहरू र अधिकारीहरूलाई हटाउनुभयो र क्रूसद्वारा तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो ।
\p
\v 16 यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।
\v 17 यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।
\v 18 नम्रता र स्वर्गदूतहरूको आराधना चाहने कसैले पनि तिमीहरूलाई तिम्रो इनाम गुमाउने नतुल्याओस्। यस्तो व्यक्‍तिले त्यसले देखेका कुराहरूमा मन लगाउँछ र त्यसको शारीरिक विचारद्वारा घमण्डले फुल्छ ।
\v 19 त्यसले शिरलाई पक्रिराख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू पूर्ति गरिन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र त्यो परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्छ ।
\p
\v 20 यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ?
\v 21 “नसमात, नचाख, नछोऊ ।”
\v 22 मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन् ।
\v 23 यी नियमहरूमा मानिस आफैंले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।
\c 3
\cl अध्याय 3
\p
\v 1 यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बसिरहनुभएको छ ।
\v 2 माथिका कुराहरूका बारेमा विचार गर, पृथ्वीका कुराहरूका बारेमा होइन ।
\v 3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ ।
\v 4 जब ख्रीष्‍ट प्रकट हुनुहुन्छ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ । \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा पाउँछौं, \fqa जब ख्रीष्‍ट प्रकट हुनुहुन्छ जो हामीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ \fqa* । \f*
\p
\v 5 त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभलाई मार, जुन मूर्तिपूजा हो ।
\v 6 यी कुराहरूका लागि अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँदैछ । \f + \ft केहीमा पाउँछौं, \fqa यी कुराहरूका लागि परमेश्‍वरको क्रोध आउँदैछ \fqa* । \f*
\v 7 तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिंड्थ्यौ ।
\v 8 तर अब यी सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्छा, अपमान, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
\v 9 एक अर्कालाई नढाँट, कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ,
\v 10 र तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्‍टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ ।
\v 11 यस ज्ञानमा, कोही ग्रीक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्‍का हुँदैन, तर ख्रीष्‍ट नै सबथोक हुनुहुन्छ र सबै थोकमा हुनुहुन्छ ।
\p
\v 12 त्यसकारण, परमेश्‍वरका चुनिएका, पवित्र र प्रियहरूको रूपमा करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।
\v 13 एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, प्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
\v 14 यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिं सिद्धताको बन्धन हो ।
\p
\v 15 तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
\v 16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
\p
\v 17 जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।
\p
\v 18 पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
\v 19 पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ ।
\p
\v 20 छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।
\v 21 बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, ताकि तिनीहरू हतोत्साहित नहोऊन् ।
\p
\v 22 दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । प्रभुको भय मान ।
\v 23 तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति गरेजस्तो गरी आत्मादेखि नै गर ।
\v 24 तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्छौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ ।
\v 25 किनकि अधार्मिकता गर्नेले त्यसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
\c 4
\cl अध्याय 4
\p
\v 1 मालिक हो, आफ्ना दासहरूलाई जे सही र उचित छ त्यही देओ, यो जानेर कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ ।
\p
\v 2 स्थिर भई निरन्तर प्रार्थनामा लागिरहो । धन्यवादसाथ यसमा जागा रहो ।
\v 3 हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यसैकारण, म बाँधिएको छु ।
\v 4 जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्‍ट पार्न सकूँ भनेर प्रार्थना गर ।
\p
\v 5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिंड, अनि समयलाई ठिकसँग प्रयोग गर ।
\v 6 तिमीहरूका वचनहरू सधैं अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, ताकि प्रत्येक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्‍न सक ।
\p
\v 7 तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिं मेरा प्रिय भाइ, विश्‍वासयोग्य सेवक र प्रभुमा सङ्गी दास हुन् ।
\v 8 यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएको छु, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहन दिन सकून् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा साथै केही प्राचीन अनुवादहरूमा पाउँछौं, \fqa यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिनले तिमीहरूको विषयमा जान्‍न सकून्, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहन दिन सकून् \fqa \f*
\v 9 तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई पठाएको छु । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।
\p
\v 10 मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन गर्छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर,”
\v 11 र युस्तस भनिने येशूले पनि अभिवादन गर्छन् । परमेश्‍वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वना भएका छन् ।
\v 12 इपाफ्रास तिमीहरूलाई अभिवादन गर्छन् । तिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । तिनी तिमीहरूका निम्ति सधैं प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक ।
\v 13 यो कुरामा म तिनको साक्षी दिन सक्छु, कि तिनी तिमीहरूका लागि, लाउडिकियामा भएकाहरूका लागि अनि हिरापोलिसमा भएकाहरूका लागि कडा परिश्रम गर्छन् ।
\v 14 प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन गर्छन् ।
\p
\v 15 लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर ।
\v 16 जब यो पत्र तिमीहरूका बीचमा पढिएको हुनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र हेर, लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू ।
\v 17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्यलाई ध्यान देऊ जुन तिमीले पुरा गर्नुपर्छ।”
\p
\v 18 यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूसँग अनुग्रह होस् ।