ne_ulb/44-JHN.usfm

1139 lines
276 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id JHN
\ide UTF-8
\h यूहन्‍नाले लेखेको सुसमाचार
\toc1 यूहन्‍नाले लेखेको सुसमाचार
\toc2 यूहन्‍नाले लेखेको सुसमाचार
\toc3 jhn
\mt यूहन्‍नाले लेखेको सुसमाचार
\c 1
\cl अध्याय १
\p
\v 1 सुरुमा वचन हुनुहुन्‍थ्‍यो, र वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, र वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो ।
\v 2 उहाँ सुरुमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो ।
\v 3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै एक थोक पनि उहाँबिना बनिएन ।
\v 4 उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो ।
\v 5 ज्‍योति अन्धकारमा चम्‍किन्छ, र अन्धकारले त्यसलाई जितेन ।
\p
\v 6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।
\v 7 तिनीद्वारा सबैले विश्‍वास गरून् भनेर तिनी ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आए ।
\v 8 यूहन्‍ना ज्‍योति थिएनन्, तर तिनी ज्‍योतिको बारेमा गवाही दिन सकियोस् भनेर आए ।
\v 9 साँचो ज्‍योति जसले सबै मानिसहरूलाई ज्योति दिन्छ, उहाँ संसारमा आउँदै हुनुहुन्थ्यो ।
\p
\v 10 उहाँ संसारमा हुनुहुन्थ्यो, र संसार उहाँद्वारा बनियो, र संसारले उहाँलाई चिनेन ।
\v 11 उहाँ आफ्नैहरूकहाँ आउनुभयो, र उहाँका आफ्नैहरूले उहाँलाई स्‍वीकार गरेनन् ।
\v 12 तर जतिले उहाँलाई स्‍वीकार गरे, जसले उहाँको नाउँमा विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
\v 13 यिनीहरू रगतद्वारा जन्मेका थिएनन्, न शारीरिक इच्छाद्वारा, न मानिसको इच्छाद्वारा, तर परमेश्‍वरद्वारा जन्‍मेका थिए ।
\p
\v 14 वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले उहाँको महिमा देखेका छौं, महिमा जुन पिताबाट आउनुभएका एक मात्रको जस्तो, अनुग्रह र सत्यताले पूर्ण थियो ।
\p
\v 15 यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र यसो भन्दै ठूलो सोरले कराए, “उहाँ त्यही व्‍यक्‍ति हुनुहुन्‍छ जसको बारेमा मैले भनेको थिएँ, 'मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो।'”
\v 16 किनकि उहाँको पूर्णताबाट हामीले सबै अनुग्रहमाथि अनुग्रह पाएका छौं ।
\v 17 किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आए ।
\v 18 कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन; एक मात्र परमेश्‍वर जो पिताको छेउमा हुनुहुन्छ, उहाँले परमेश्‍वरलाई चिनाउनुभएको छ ।
\p
\v 19 यूहन्‍नाको गवाही यही हो, जब यहूदीहरूले यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई तिनीकहाँ “तिमी को हौ?” भनी सोध्‍न पठाए ।
\v 20 तिनले स्वीकारे—तिनले इन्कार गरेनन्, तर स्वीकारे—“म ख्रीष्‍ट होइनँ ।”
\v 21 त्‍यसकारण तिनीहरूले तिनलाई सोधे, “त्‍यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” तिनले भने, “ म होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ?” तिनले जवाफ दिए, “होइनँ ।”
\v 22 तब तिनीहरूले तिनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौं? तिमी आफ्नै बारेमा के भन्‍छौ?”
\v 23 तिनले भने, “यशैया अगमवक्‍ताले भने जस्तै, म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँः ‘परमप्रभुको बाटो सोझो बनाओ’ ।”
\p
\v 24 अब फरिसीहरूबाट ती पठाइएकाहरू थिए,
\v 25 र तिनीहरूले तिनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता हौ भने तिमी किन बप्‍तिस्‍मा दिन्‍छौ?”
\v 26 यूहन्‍नाले तिनीहरूलाई यसो भन्दै जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ,
\v 27 उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।”
\p
\v 28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।
\p
\v 29 अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा!
\v 30 उहाँ उही हुनुहुन्छ जसको बारेमा मैले भनें, ' मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो ।
\v 31 म उहाँलाई चिन्‍दिनथें, तर उहाँलाई इस्राएलमा प्रकट गर्न सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिंदै आएँ ।”
\p
\v 32 यूहन्‍नाले यसो भन्दै गवाही दिए, “मैले आत्‍मा स्‍वर्गबाट ढुकुरझैं ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखें ।
\v 33 मैले उहाँलाई चिनिनँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि बस्दै गर्नुभएको देख्‍नेछौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्छ ।’
\v 34 मैले दुवै देखेको, र गवाही दिएको छु कि उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ।”
\p
\v 35 फेरि, अर्को दिन, यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
\v 36 तिनीहरूले येशू त्यही बाटो भएर हिंडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा!”
\v 37 तिनका दुई चेलाले तिनले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्‍याए ।
\v 38 तब येशू फर्कनुभयो र तिनीहरूले उहाँलाई पछ्‍याइरहेका देख्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ?” तिनीहरूले जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्दै हुनुहुन्छ?”
\v 39 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ र हेर ।” तब तिनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे; त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनकि दसौं घडी हुन लागेको थियो ।
\p
\v 40 यूहन्‍नाले भनेको सुन्‍ने र त्यसपछि येशूलाई पछ्‍याउने यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका दाजु अन्‍द्रियास थिए ।
\v 41 अन्‍द्रियासले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए र तिनलाई भने, “हामीले मसीह (जसको अर्थ हो, ख्रीष्‍ट) लाई भेट्टाएका छौं।”
\v 42 तिनले तिनलाई येशूकहाँ ल्‍याए । अनि येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ हो, पत्रुस ) भनिनेछ ।
\p
\v 43 अर्को दिन, जब येशूले गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्टाउनुभयो र तिनलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।”
\v 44 अब फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो ।
\v 45 फिलिपले नथानेललाई भेट्टाए र तिनलाई भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखे, हामीले उहाँलाई भेट्टाएका छौंः योसेफका पुत्र, नासरतका येशूलाई ।”
\v 46 नथानेलले तिनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई भने, “आएर हेर!”
\v 47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो र तिनको बारेमा भन्‍नुभयो, “हेर, एक सच्चा इस्राएली, जसमा कुनै छल छैन!”
\v 48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ?” येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउनुभन्‍दा पहिले, तिमी नेभाराको रुखमुनि हुँदा, मैले तिमीलाई देखें ।”
\v 49 नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ!”
\v 50 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्‍वास गर्छौ? तिमीले योभन्‍दा ठुला-ठुला कुराहरू देख्‍नेछौ ।”
\v 51 त्यसपछि उहाँले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।”
\c 2
\cl अध्याय २
\p
\v 1 तीन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
\v 2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
\v 3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
\v 4 येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।”
\v 5 उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे भन्‍नुहुन्छ, त्यही गर ।"
\v 6 अब त्यहाँ यहूदीको शुद्ध हुने विधिको लागि प्रत्येकमा झण्डै एक सय लिटर अटाउने छवटा ढुङ्गाका भाँडाहरू थिए ।
\v 7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
\v 8 तब उहाँले सेवकहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर भोजका मुखियाकहाँ लैजाओ ।" तिनीहरूले त्यसै गरे ।
\v 9 भोजका मुखियाले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने तिनलाई थाहा थिएन (तर पानी भर्ने सेवकहरूलाई थाहा थियो) । तब तिनले दुलहालाई बोलाए
\v 10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र तिनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखिछोडेका छौ ।”
\v 11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिन्‍ह थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, र उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।
\p
\v 12 यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, र उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ तिनीहरू केही दिनसम्म बसे ।
\p
\v 13 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो ।
\v 14 उहाँले मन्दिरमा गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू त्यहाँ बसिरहेका थिए ।
\v 15 त्यसैले उहाँले डोरीहरूको एउटा कोर्रा बनाउनुभयो र दुइटै भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूका पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबुलहरू पल्टाइदिनुभयो ।
\v 16 परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यी कुराहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”
\v 17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोशले मलाई जलाउनेछ ।”
\p
\v 18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र भने, “तपाईंले यी कुराहरू गरिरहनुभएको हुनाले तपाईंले हामीलाई के चिन्ह देखाउनुहुनेछ?”
\v 19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तीन दिनमा म यसलाई खडा गर्नेछु ।”
\v 20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर छयालिस वर्षमा बनाइयो, र तपाईं यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?”
\v 21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।
\v 22 उहाँ मृत्युबाट जीवित भई उठ्नुभएपछि, उहाँका चेलाहरूले उहाँले यो भन्‍नुभएको थियो भनी सम्‍झे, र तिनीहरूले धर्मशास्‍‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।
\p
\v 23 अब उहाँ निस्तार-चाडको बेलामा यरूशलेममा हुनुहुँदा जब धेरै जनाले उहाँले गर्नुभएका चिन्‍हहरू देखे, तिनीहरूले उहाँको नाउँमा विश्‍वास गरे ।
\v 24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो,
\v 25 किनभने मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनकि मानिसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।
\c 3
\cl अध्याय ३
\p
\v 1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए ।
\v 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
\v 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।”
\v 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त?
\v 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन ।
\v 6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।
\v 7 मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान ।
\v 8 हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।”
\v 9 निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्”?
\v 10 येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ?
\v 11 साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीँ भन्छौं, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
\v 12 यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनें भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनें भने तिमीले कसरी विश्‍वास गर्छौ?
\v 13 स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।
\v 14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ,
\v 15 ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।
\p
\v 16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
\v 17 किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
\v 18 उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।
\v 19 न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्‍ट थिए ।
\v 20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।
\v 21 तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
\p
\v 22 त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।
\p
\v 23 अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्‍तिस्मा लिँदै थिए ।
\v 24 किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।
\v 25 त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
\v 26 तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
\v 27 यूहन्‍नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्‍त गर्न सक्दैन ।
\v 28 तिमीहरू आफैं गवाही दिन सक्‍छौ, कि मैले भनें, ‘म ख्रीष्‍ट होइनँ, तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’
\v 29 दुलहीचाहिं दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ ।
\v 30 उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।
\p
\v 31 माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्‍वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्‍वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ ।
\v 32 उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।
\v 33 उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको छ ।
\v 34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न ।
\v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
\v 36 पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”
\c 4
\cl अध्याय ४
\p
\v 1 जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,
\v 2 (यद्यपि येशू आफैंले बप्‍तिस्‍मा दिंदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिंदै थिए)
\v 3 उहाँले यहूदिया छोड्नुभयो र फेरि गालीलतिर फर्केर जानुभयो ।
\v 4 तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो ।
\v 5 त्‍यसैले उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।
\v 6 त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्‍नुभएको थियो र इनारको छेउमा बस्‍नुभयो । प्रायः छैठौं घडी भएको थियो ।
\v 7 एक जना सामरी स्‍‍त्री पानी लिन आई, र येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
\v 8 किनकि उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।
\v 9 त्‍यसपछि सामरी स्‍‍त्रीले उहाँलाई भनी, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍‍त्रीसँग कसरी केही पिउने कुरा मागिरहनुभएको छ?” किनकि यहूदीहरूले समारीहरूसँग केही सम्बन्ध राख्दैनन्।
\v 10 येशूले त्यसलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई र ‘मलाई पिउन देऊ’ भनी तिमीलाई भनिरहने को हो भनी चिनेकी भए, तिमीले उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए ।”
\v 11 स्‍‍त्रीले उहाँलाई जवाफ दिई, “महाशय, तपाईंसित उघाउने भाँडो छैन, र इनार गहिरो छ । तब तपाईंसँग जिउँदो पानी कहाँ छ त?
\v 12 के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र आफैंले पनि यही इनारबाट पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए?”
\v 13 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
\v 14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको फोहरा बन्‍नेछ ।”
\v 15 स्‍‍त्रीले उहाँलाई भनी, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म तिर्खाउनेछैनँ र यहाँ पानी लिन आउनुपर्नेछैनँ ।”
\p
\v 16 येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ फर्केर आऊ ।”
\v 17 स्‍‍त्रीले उहाँलाई जवाफ दिई र भनी, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भन्‍यौ ।
\v 18 किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन्, र अहिले जो तिमीसँग छन्, त्यो तिम्रो लोग्‍ने होइन । तिमीले जे भनेकीछ्‍यौ, त्यो साँचो हो ।”
\p
\v 19 स्‍‍त्रीले उहाँलाई भनी, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्छु ।
\v 20 हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”
\v 21 येशूले त्यसलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर । त्यो बेला आउँदैछ जब तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।
\v 22 तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौं, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट आउँछ ।
\v 23 तापनि, त्यो बेला आउँदैछ र त्यो अहिले नै हो जब साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ ।
\v 24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँलाई आराधना गर्ने मानिसहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”
\v 25 स्‍‍त्रीले उहाँलाई भनी, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ। जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”
\v 26 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही हुँ ।”
\p
\v 27 त्‍यही बेला उहाँका चेलाहरू फर्किआए । अब उहाँ स्‍‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ?” भनी कसैले भनेन ।
\p
\v 28 त्‍यसैले त्यस स्‍‍त्रीले आफ्नो गाग्रो छोडी, सहरतिर फर्केर गई र मानिसहरूलाई भनी,
\v 29 “आओ, एकजना मानिसलाई हेर जसले मैले गरेका सबै कुराहरू मलाई बताइदिनुभयो । उहाँ ख्रीष्‍ट हुन सक्दैन, हुन सक्छ त?”
\v 30 तिनीहरू सहरबाट निस्के र उहाँकहाँ आए ।
\p
\v 31 त्‍यसैबेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”
\v 32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जसको बारे तिमीहरू जान्दैनौ ।”
\v 33 त्‍यसैले चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”
\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छाअनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
\v 35 के तिमीहरू भन्‍दैनौ, 'अझ चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउँछ'? म तिमीहरूलाई भन्‍दैछु, आँखा उचाल र खेतलाई हेर किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् ।
\v 36 जसले कटनी गर्दैछ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
\v 37 किनकि 'एउटाले छर्छ र अर्काले कटनी गर्छ' भन्‍ने यो भनाइ यसैमा साँचो छ ।
\v 38 मैले तिमीहरूलाई त्यो कटनी गर्न पठाएँ जसको लागि तिमीहरूले काम गरेका छैनौ। अरूहरूले काम गरेका छन्, र तिमीहरू तिनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
\p
\v 39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी ती स्‍‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरका धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।
\v 40 त्यसैले जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उहाँलाई आफूहरूसँग बस्‍न आग्रह गरे, र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।
\v 41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे ।
\v 42 तिनीहरूले ती स्‍‍त्रीलाई भने, “ अब तिमीले भनेका कुराले गर्दा हामी विश्‍वास गरेका होइनौं, किनकि हामी आफैंले सुनेका छौं र हामी जान्दछौं, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”
\p
\v 43 त्यसको दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो ।
\v 44 किनकि येशू आफैंले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई त्यसको आफ्नै गाउँमा आदर हुँदैन ।
\v 45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।
\v 46 अब उहाँ गालीलको काना सहरमा फेरि आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थियो ।
\v 47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनको मर्न लागेको छोरोलाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।
\v 48 तब येशूले तिनलाई भन्‍नुभयो, “चिन्‍हहरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।”
\v 49 ती अधिकारीले उहाँलाई भने, “हजुर, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”
\v 50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन ती मानिसले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे ।
\v 51 तिनी जाँदै गर्दा, तिनका सेवकहरूले तिनको छोरो बाँच्यो भन्दै तिनलाई भेटे ।
\v 52 त्यसैले कुन घडीदेखि त्यसको सुधार हुनथाल्यो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौं घडीमा त्यसलाई ज्‍वरोले छोड्‍यो ।”
\v 53 त्‍यसपछि ती बुबाले महसुस गरे कि यो त्यही घडी थियो जब येशूले तिनलाई “तिम्रो छोरो बाँच्‍छ” भन्‍नुभएको थियो । त्यसैले तिनीले र तिनका सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।
\p
\v 54 येशू यहूदियाबाट गालीलमा आउनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिन्‍ह थियो ।
\c 5
\cl अध्याय ५
\p
\v 1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।
\v 2 अब यरूशलेममा भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई आरमेइक भाषामा बेथस्दा भनिन्छ, र यसका पाँचवटा छानासहितका दलान छन् ।
\v 3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा वा पक्षाघातीहरू पडिरहेका थिए । \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो वाक्यांश छैन \fqa पानी छचल्किनुको प्रतिक्षा गर्दैथिए \fqa* । \f*
\v 4 \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा पद ४ छैन, \fqa किनकि परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर निश्‍चित समयमा पानी हल्लाइदिन्थे र जो कोही पानी छचल्किरहँदा पानीमा पस्थ्यो, त्यो जस्तोसुकै रोगले ग्रसित भए तापनि निको भइहाल्थ्यो । \fqa* \f*
\v 5 त्यहाँ अठ्तिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो ।
\v 6 जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभएपछि, उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?”
\v 7 त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई तलाउमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।”
\v 8 येशूले त्यसलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्‍यान लेऊ, र हिंड ।”
\v 9 त्यो मानिस तुरुन्तै निको भयो, र त्यसले आफ्नो ओछ्‍यान उठायो, र हिंड्‍यो । अब त्यो विश्रामको दिन थियो ।
\v 10 त्यसैले यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो ओछ्‍यान बोकेर हिंड्ने अनुमति छैन ।”
\v 11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो ओछ्‍यान उठाऊ र हिंड’।”
\v 12 तिनीहरूले त्यसलाई भने, “तिमीलाई ‘यो उठाऊ र हिंड’ भन्‍ने त्यो मानिस को हो?”
\v 13 तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन, किनकि त्यस ठाउँमा भीड लागेको थियो ।
\p
\v 14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र त्यसलाई भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ! अब फेरि पाप नगर, ताकि तिमीमाथि झन् खराबी आइनपरोस् ।”
\v 15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुन्थ्यो भनी त्यसले यहूदीहरूलाई बतायो ।
\v 16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनभने उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभयो ।
\v 17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेको छु ।”
\v 18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनभने उहाँले विश्रामको दिन मात्र तोड्नुभएन, तर आफैंलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई उहाँको आफ्नै पिता पनि भन्‍नुभयो ।
\p
\v 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैंले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
\v 20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ, र उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुनेछौ ।
\v 21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छन् त्यसलाई जीवन दिन्छन् ।
\v 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ,
\v 23 ताकि तिनीहरूले पितालाई आदर गरेझैं, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
\v 24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
\p
\v 25 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, समय आइरहेको छ, र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र सुन्‍नेहरू बाँच्‍नेछन् ।
\v 26 किनकि जसरी पिता आफैंसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि उनी आफैंसँग जीवन होस्,
\v 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ किनभने उनी मानिसका पुत्र हुन् ।
\v 28 यसमा अचम्म नमान, किनकि समय आउँदैछ जब चिहानमा हुनेहरू सबैले उनको सोर सुन्‍नेछन्,
\v 29 र बाहिर आउनेछन्ः असल गरेकाहरू जीवनको पुनरुत्थानको निम्ति, र दुष्‍ट काम गरेकाहरू न्यायको पुनरुत्थानको निम्ति ।
\v 30 म आफैंले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनभने मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।
\p
\v 31 यदि म आफैंले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैन ।
\v 32 मेरो बारेमा गवाही दिनुहुने अर्कै हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।
\v 33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्यको गवाही दिएका छन् ।
\v 34 तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाटको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्दछु ।
\v 35 यूहन्‍ना बलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
\v 36 तैपनि मसँग भएको गवाही यूहन्‍नाको भन्दा पनि महान् छ, किनकि जुन कामहरू पिताले मलाई पूरा गर्न दिनुभएको छ, मैले गर्ने ती कामहरूले नै, मलाई पिताले पठाउनुभएको हो भनी मेरो विषयमा गवाही दिन्छन् ।
\v 37 मलाई पठाउनुहुने पिता आफैंले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
\v 38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।
\v 39 तिमीहरू धर्मशास्‍‍त्रहरूमा खोज्छौ, किनभने तिनीहरूमा तिमीहरूको निम्ति अनन्त जीवन छ भनी तिमीहरू सोच्छौ, र यी नै धर्मशास्‍‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,
\v 40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ।
\p
\v 41 म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ,
\v 42 तर म जान्दछु, तिमीहरू आफैंमा परमेश्‍वरको प्रेम छैन ।
\v 43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई ग्रहण गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ ।
\v 44 तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ, तिमीहरू जसले एक अर्कोबाट महिमा स्वीकार गर्छौ तर एक मात्र परमेश्‍वरबाट आउने महिमा खोजिरहेका छैनौ?
\p
\v 45 पिताको सामु तिमीहरूलाई म आफैंले दोष लगाउँनेछु भन्‍ने नसोच । तिमीहरूलाई दोष लगाउने त मोशा हुन् जसमा तिमीहरूले आशा राखेका छौ ।
\v 46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनभने तिनले मेरो विषयमा लेखे ।
\v 47 यदि तिमीहरूले तिनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरा वचनहरूमा कसरी विश्‍वास गर्छौ?”
\c 6
\cl अध्याय ६
\p
\v 1 यी कुराहरूपछि येशू गालीलको समुद्रको पारिपट्टि जानुभयो जसलाई तिबेरियासको समुद्र पनि भनिन्थ्यो।
\v 2 एउटा ठुलो भीडले उहाँलाई पछ्‍याइरहेको थियो, किनभने बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएका चिन्‍हहरू तिनीहरूले देखे ।
\v 3 येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँ आफ्ना चेलाहरूसँग बस्‍नुभयो ।
\v 4 (अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )
\v 5 जब येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भीड आफूतर्फ आइरहेको देख्‍नुभयो, उहाँले फिलिपलाई भन्‍नुभयो, “हामीले कहाँ रोटी किन्‍ने ताकि यिनीहरूले खान सकून्?”
\v 6 (तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभयो, किनकि उहाँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैंलाई थाहा थियो ।)
\v 7 फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि प्रत्येकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।”
\v 8 चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका दाजु अन्द्रियासले येशूलाई भने,
\v 9 “यहाँ एक जना केटो छ, जससँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बीचमा यी के हुन् र?”
\v 10 येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ ।” अब त्यस ठाउँमा धेरै घाँस थियो । त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।
\v 11 तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यो त्यहाँ बसेकाहरूलाई दिनुभयो । उहाँले माछा पनि त्यसै गर्नुभयो, जति जति तिनीहरूले चाहना गरे ।
\v 12 जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”
\v 13 यसैले तिनीहरूले ती बटुले र खानेहरूले उबारेका जौका ती पाँचवटा रोटीका टुक्रा-टाक्रीहरू बार्‍ह डाला भरे ।
\p
\v 14 त्यसपछि जब मानिसहरूले उहाँले गर्नुभएका यी चिन्‍हहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यस संसारमा आउनुहुने अगमवक्‍ता हुनुहुन्छ ।”
\v 15 जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने येशूले थाहा गर्नुभयो, उहाँ फेरि पनि एक्लै डाँडातर्फ लाग्‍नुभयो ।
\p
\v 16 जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।
\v 17 तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।
\v 18 र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।
\v 19 जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिंडिरहनुभएको र डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।
\v 20 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ! नडराओ ।”
\v 21 तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।
\p
\v 22 अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भीडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा देखेन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको तर उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देख्यो ।
\v 23 तैपनि त्यहाँ तिबेरियासबाट त्यस ठाउँ नजिक आएका केही डुङ्गाहरू थिए जहाँ प्रभुले धन्यवाद चढाएपछि तिनीहरूले रोटी खाएका थिए ।
\v 24 जब त्यस भीडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैं डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।
\p
\v 25 तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”
\v 26 येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, तिमीहरूले चिन्हहरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।
\v 27 नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”
\p
\v 28 तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”
\v 29 येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।”
\v 30 यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिन्‍ह गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौं? तपाईंले के गर्नुहुनेछ?
\v 31 हाम्रा पिताहरूले उजाडस्थानमा मन्‍न खाए जसरी यसो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो।'”
\p
\v 32 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
\v 33 किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिंदछ ।”
\p
\v 34 यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”
\v 35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ; जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन, र जसले मलाई विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन ।
\v 36 तर मैले तिमीहरूलाई भनें कि वास्तवमा तिमीहरूले मलाई देखेका छौ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।
\v 37 पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन्, र जो मकहाँ आउँछ, म निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ ।
\v 38 किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।
\v 39 मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।
\v 40 किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा म त्यसलाई जीवित पार्नेछु ।”
\p
\v 41 तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनभने उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट ओर्लिआएको रोटी हुँ ।”
\v 42 तिनीहरूले भने, “के यिनी योसेफका छोरा येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौं? तब ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ?”
\v 43 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आपसमा गनगन गर्न छोड ।”
\v 44 मलाई पठाउनुहुने पिताले नखिंचेसम्म कोही पनि मकहाँ आउन सक्दैन, र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
\v 45 अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
\v 46 कसैले परमेश्‍वरलाई देखेको छैन, केवल जो परमेश्‍वरबाटको हो—उसैले पितालाई देखेको छ ।
\v 47 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन छ ।
\v 48 म जीवनको रोटी हुँ ।
\v 49 तिमीहरूका पिताहरूले उजाड-स्थानमा मन्‍न खाए, र तिनीहरू मरे ।
\v 50 यो स्वर्गबाट ओर्लिआउने रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।
\v 51 स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । जुन रोटी म संसारको जीवनको निम्ति दिनेछु, त्यो मेरो देह हो ।”
\p
\v 52 यहूदीहरू आपसमा रिसाए र यसो भन्दै वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई आफ्नो देह खान दिन सक्छ?”
\v 53 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैंमा जीवन हुनेछैन ।
\v 54 मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन छ, र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु ।
\v 55 किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो ।
\v 56 मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु ।
\v 57 जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ ।
\v 58 स्वर्गबाट ओर्लिआएको रोटी यो हो, जसरी पिताहरूले खाए र मरे, त्यस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।”
\v 59 तर येशूले यी कुराहरू सभाघरमा भन्‍नुभयो जब उहाँ कफर्नहुममा शिक्षा दिंदै हुनुहुन्थ्यो ।
\p
\v 60 त्यसपछि यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो; यसलाई कसले स्‍वीकार गर्न सक्छ?”
\v 61 उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?”
\v 62 त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई उनी पहिला भएकैतिर गइरहेका देख्‍यौ भने नि?
\v 63 जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ; देहले त कुनै पनि लाभ दिंदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन्, र तिनीहरू जीवन हुन् ।
\v 64 तैपनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दनौं ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो ।
\p
\v 65 उहाँले भन्‍नुभयो, “यही कारणले मैले तिमीहरूलाई भनें कि पिताले कसैलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन।”
\p
\v 66 यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिंडेनन् ।
\v 67 तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिं जान चाहँदैनौ, चाहन्छौ त?”
\v 68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ,
\v 69 र हामीले विश्‍वास गरेका छौं र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौं ।” \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा \fqa परमेश्‍वरका पवित्र जन \fqa* वाक्यांश छ । केही पछिल्ला प्रतिलिपिहरूले यस्तो थप वर्णन थप्छन्, \fqa ख्रीष्‍ट, परमेश्‍वरका पवित्र जन \fqa* । \f*
\v 70 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनिनँ? र पनि तिमीहरूमध्ये एक जनाचाहिं दुष्‍ट छ ।”
\v 71 अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभयो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।
\c 7
\cl अध्याय ७
\p
\v 1 अनि यी कुराहरू पछि येशू गालीलमा यात्रा गर्नुभयो, किनकि यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
\v 2 अब यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।
\v 3 यसकारण उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।
\v 4 यदि कसैले आफैंलाई खुला रूपमा चिनाउन चाहन्छ भने त्यसले कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा प्रकट गर्नुहोस् ।”
\v 5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गरेनन् ।
\v 6 त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैं तयार छ ।
\v 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसका कामहरू खराब छन् भनेर यसको बारेमा म गवाही दिन्छु ।
\v 8 तिमीहरू चाडमा जाओ; म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”
\v 9 उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।
\p
\v 10 तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।
\v 11 यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”
\v 12 त्यहाँ भीडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भीडहरूलाई बहकाउँछ ।”
\v 13 तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।
\p
\v 14 जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र शिक्षा दिन सुरु गर्नुभयो ।
\v 15 तब यहूदीहरू यसो भन्दै अचम्मित भए, “यो मानिसले कसरी यति धेरै जान्दछ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
\v 16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।
\v 17 यदि कसैले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा त्यसले यो जान्‍नेछ, कि यो परमेश्‍वरबाट आएको हो, वा म आफ्नैतर्फबाट बोल्छु ।
\v 18 जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै महिमा खोज्छ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्छ, त्यो व्‍यक्‍ति सत्य हो, र त्यसमा कुनै अधार्मिकता हुँदैन ।
\v 19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”
\p
\v 20 भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ?”
\v 21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरें, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ ।
\v 22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो), अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्छौ ।
\v 23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने, मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?”
\v 24 बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
\p
\v 25 यरूशलेमबाट आएकाहरूमध्ये केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?
\v 26 हेर, यिनी खुलमखुल्ला बोल्छन्, र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जानेको हुन सक्दैनन्, सक्छन् त?
\v 27 तापनि यिनी कहाँबाटका हुन् हामी जान्दछौं । तर जब ख्रीष्‍ट आउनुहुन्छ, उहाँ कहाँबाटका हुनुहुन्छ कसैले पनि जान्‍नेछैन ।”
\p
\v 28 त्यसपछि येशू मन्दिरमा सिकाउँदै र यसो भन्दै कराउनुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ, र तिमीहरू उहाँलाई चिन्दैनौं ।
\v 29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”
\p
\v 30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
\v 31 तर भीडका धेरैले उहाँमाथि विश्‍वास गरे, र तिनीहरूले भने, “के ख्रीष्‍ट आउनुहुँदा उहाँले यिनले गरेको भन्दा धेरै चिन्‍हहरू गर्नुहुनेछ र?”
\v 32 भीडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
\p
\v 33 त्यसपछि येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु ।
\v 34 तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ; म जहाँ जान्छु, तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।”
\v 35 त्यसकारण यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न सक्नेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् र ग्रीकहरूलाई शिक्षा दिनेछन्?”
\v 36 यिनले भनेको यो वचन के हो? ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ; म जहाँ जान्छु, तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।’”
\p
\v 37 अब चाडको अन्तिम अर्थात् महान् दिनमा येशू खडा हुनुभयो र यसो भन्दै कराउनुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
\v 38 धर्मशास्‍‍त्रले भनेझैं जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।”
\v 39 तर उहाँले यो आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे; आत्मा अझ पनि दिइएको थिएन किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
\p
\v 40 जब भीडका केहीले यी वचनहरू सुने, तिनीहरूले भने, “यिनी साँच्‍चै अगमवक्‍ता नै हुन् ।”
\v 41 अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त?
\v 42 के धर्मशास्‍‍त्रले भनेको छैन कि ख्रीष्‍ट दाऊदका सन्तानहरूबाट आउनेछन् र बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट आउनेछन्?”
\v 43 त्यसैले त्यहाँ उहाँको कारणले भीडहरूमा विभाजन आयो ।
\v 44 तिनीहरूमध्ये कतिले उहाँलाई पक्रने मन गरे, तर कसैले पनि उहाँमाथि हात हालेन ।
\p
\v 45 त्यसपछि अधिकारीहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
\v 46 अधिकारीहरूले जवाफ दिए, “कसैले पनि कहिल्यै यसरी बोलेको छैन ।”
\v 47 त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ?
\v 48 के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन्?
\v 49 तर यो भीड जसले व्यवस्था जान्दैन, तिनीहरू श्रापित हुन् ।”
\p
\v 50 निकोदेमसले (पहिला नै येशूकहाँ आउने फरिसीहरूमध्ये एक) तिनीहरूलाई भने,
\v 51 “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्‍न र त्यसले के गर्छ भनी जान्‍न अगि न्याय गर्छ र?”
\v 52 तिनीहरूले जवाफ दिए र तिनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ? खोज र हेर कि गालीलबाट कुनै अगमवक्‍ता आउँदैन ।”
\p
\v 53 \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यूहन्‍ना ७: ५३-८: ११ छैन । \f* [तब सबै जना आ-आफ्नो घरतिर गए । ]
\c 8
\cl अध्याय ८
\p
\v 1 येशू जैतून डाँडामा जानुभयो ।
\v 2 बिहान सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो ।
\v 3 शास्‍‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍‍त्री ल्याए । तिनीहरूले त्यसलाई बीचमा राखे ।
\v 4 त्यसपछि तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्‍‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
\v 5 अब व्यवस्थामा मोशाले हामीलाई यस्ता मानिसहरूलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यसको विषयमा तपाईं के भन्‍नुहुन्छ?”
\v 6 तिनीहरूले उहाँलाई फसाउनलाई यसो भने, ताकि तिनीहरूसित उहाँलाई दोस लगाउने केही कुरा हुन सकोस्, तर येशू निहुरेर आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो ।
\v 7 जब तिनीहरूले उहाँलाई निरन्तर प्रश्‍नहरू सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये जो पापरहित छौ, त्यसलाई ढुङ्गाले हान्‍ने त्यही नै पहिलो होस् ।”
\v 8 उहाँ फेरि निहुरनुभयो र आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो ।
\v 9 जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍‍त्रीसँग येशू एक्‍लै छोडिनुभएको थियो ।
\v 10 येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिम्रो निन्दा गरेनन्?”
\v 11 त्यसले भनी, “कसैले गरेनन् प्रभु ।” येशूले भन्‍नुभयो, “न त म तिमीलाई निन्दा गर्छु । जाऊ, र कुनै पाप नगर ।” ]
\p
\v 12 फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्‍याउँछ, त्यो अन्धकारमा हिंड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
\v 13 फरिसीहरूले उहाँलाई भने, “तिमी आफैं आफ्नो बारेमा गवाही दिन्छौ; तिम्रो गवाही सत्य होइन ।”
\v 14 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले आफ्नै बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदैछु भनेर, तर म कहाँबाट आएँ र कहाँ जाँदैछु, तिमीहरू जान्दैनौ ।
\v 15 तिमीहरू शरीरअनुसार न्याय गर्छौ; म कसैको न्याय गर्दिनँ ।
\v 16 तैपनि मैले न्याय गरें भने मेरो न्याय सत्य हुन्छ, किनभने म एक्‍लै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।
\v 17 हो, र दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
\v 18 मेरो बारेमा गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
\p
\v 19 तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न त मलाई न मेरा पितालाई चिन्छौ; यदि तिमीहरूले मलाई चिनेका भए तिमीहरूले मेरा पितालाई पनि चिन्‍नै थियौ ।”
\v 20 उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो, र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
\p
\v 21 त्यसैले उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु; तिमीहरूले मलाई खोज्‍नेछौ र आफ्ना पापमा मर्नेछौ । जहाँ म जाँदैछु, तिमीहरू आउन सक्दैनौ ।”
\v 22 यहूदीहरूले भने, “के यिनले आफैंलाई मार्नेछन्? के त्यसैले यिनले ‘म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्छन्?”
\v 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ; म माथिको हुँ । तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ ।
\v 24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ । किनकि "म हुँ" भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ ।”
\p
\v 25 यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे मैले तिमीहरूलाई सुरुदेखि भनेको छु।
\v 26 मैले तिमीहरूका बारेमा धेरै भन्‍नु र न्याय गर्नु छ । तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ; र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्‍दछु ।”
\p
\v 27 उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरूले बुझेनन् ।
\v 28 येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेका हुन्छौ "म हुँ", र म आफैं केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्दछु ।
\v 29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एक्लै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्दछु ।”
\v 30 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे ।
\p
\v 31 येशूले उहाँमा विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;
\v 32 र तिमीहरूले सत्य जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍‍त्र पार्नेछ ।”
\v 33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौं र कहिल्यै कसैको दास भएका छैनौं; ‘तिमीहरू स्वतन्‍‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ?”
\v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, हरेक जसले पाप गर्छ, त्यो पापको दास हो ।
\v 35 दास सधैंभरि घरमा रहँदैन; पुत्र भने सधैंभरि रहन्छ ।
\v 36 यसकारण पुत्रले तिमीहरूलाई स्वतन्‍‍त्र पार्छ भने तिमीहरू साँच्‍चै स्वतन्‍‍त्र हुनेछौ ।
\v 37 म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ; तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
\v 38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्‍दछु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुन्यौ त्यही गर्छौ ।”
\p
\v 39 तिनीहरूले उहाँलाई जवाफ दिए र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
\v 40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
\v 41 तिमीहरू आफ्ना पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौं; हाम्रा एक पिता हुनुहुन्छः परमेश्‍वर ।”
\v 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ र यहाँ छु; किनकि म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
\v 43 तिमीहरू मेरा वचन किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ ।
\v 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू आफ्ना पिताको इच्छा पूरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनभने त्यसमा सत्य छैन । जब त्यसले झूट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनभने त्यो झूटो र झूटको पिता हो ।
\v 45 म सत्य बोल्दछु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।
\v 46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्दछु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ?
\v 47 जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरका वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”
\p
\v 48 यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनेर के हामी ठिकै भन्दैनौं?”
\v 49 येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्दछु, र तिमीहरू मलाई अनादर गर्छौ ।
\v 50 म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
\v 51 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।”
\p
\v 52 यहूदीहरूले उहाँलाई भने, “अब हामीले थाहा पायौं, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे; तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’
\v 53 तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैंचाहिं को हुँ भनी ठान्छौ?”
\v 54 येशूले जवाफ दिनुभयो, “यदि म आफैंले आफ्नो महिमा गर्दछु भने मेरो महिमा केही होइन; मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ—जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भन्छौ ।
\v 55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्दछु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्दछु भने म तिमीहरूजस्‍तै झूटा हुनेछु । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
\v 56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए; तिनले यो देखे, र खुसी भए ।"
\p
\v 57 यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र तिमीले अब्राहामलाई देखेका छौ?”
\v 58 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदैछु ।”
\v 59 तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे, तर येशू आफैं लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
\c 9
\cl अध्याय ९
\p
\v 1 अब येशू त्यही बाटो हुँदै जानुहुँदा उहाँले जन्मैदेखिको एक जना अन्धो मानिसलाई देख्‍नुभयो ।
\v 2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्‍यो, यो मानिसले, कि यसका आमाबुबाले, जसको कारण यो अन्धो जन्मियो?”
\v 3 येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले, तर परमेश्‍वरका कामहरू त्यसमा प्रकट होस् भनेर यसो भएको हो ।
\v 4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदैछ, जब कसैले पनि काम गर्न सक्‍नेछैन ।
\v 5 म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
\p
\v 6 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटोको हिलो बनाउनुभयो, अनि त्यो हिलो त्यसका आँखामा पोतिदिनुभयो ।
\v 7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको’) ।" त्यसैले त्यो मानिस गयो, धोयो र देख्‍ने भएर आयो ।
\v 8 त्यसपछि त्यस मानिसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले यसो भन्दै थिए, “बसेर भिख माग्‍ने के यही होइन?”
\v 9 केहीले भने, “यो त्यही हो ।” अरूहरूले भने, “होइन, तर यो त्यहीजस्तो छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
\v 10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?”
\v 11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटोको हिलो बनाउनुभयो र त्यो मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो, ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ, अनि मैले मेरो द‍ृष्‍टि पाएँ ।”
\v 12 तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन्? ” त्यसले जवाफ दियो, “मलाई थाहा छैन ।”
\p
\v 13 तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए ।
\v 14 अब येशूले माटोको हिलो बनाएर त्यसको आँखा खोल्नुभएको दिन विश्रामको दिन थियो ।
\v 15 तब त्यसले आफ्नो द‍ृष्‍टि कसरी प्राप्‍त गरेको थियो भनी फरिसीहरूले फेरि त्यसलाई सोधे । त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा माटोको हिलो लगाइदिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।”
\v 16 केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनभने यसले विश्रामको दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिन्‍हहरू कसरी गर्न सक्छ?” त्यसैले तिनीहरूका बीचमा विभाजन आयो ।
\v 17 त्यसकारण तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्‍ता हुनुहुन्छ ।”
\p
\v 18 अब आफ्नो द‍ृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले द‍ृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने त्यसको विषयमा यहूदीहरूले अझै विश्‍वास गरेनन् ।
\v 19 तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिंदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो? अनि अहिले यसले कसरी देख्‍छ त?”
\v 20 त्यसैले त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिंदै अन्धो थियो भनी हामी जान्दछौं ।
\v 21 अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौं, र यसका आँखा कसले खोलिदियो सो हामी जान्दैनौं । यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैं बोल्न सक्छ ।
\v 22 त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । किनकि यदि कसैले उहाँलाई ख्रीष्‍ट भनी स्वीकार गर्‍यो भने त्यसलाई सभाघरबाट बाहिर निकालिनेछ भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए ।
\v 23 त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने ।
\p
\v 24 त्यसैले जो अघि अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौं यो मानिस पापी हो ।”
\v 25 तब त्यस मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्‍छु ।”
\v 26 तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्‍यो? उसले तिम्रा आँखा कसरी खोलिदियो?”
\v 27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकें, अनि तपाईंहरूले सुन्‍नुभएन! तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?"
\v 28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौं ।
\v 29 हामी जान्दछौं, कि परमेश्‍वर मोशासँग बोल्नुभएको छ, तर त्यो कहाँबाट आएको हो, हामी जान्दैनौं ।”
\v 30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “यो त अचम्म भो, कि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, तरै पनि उहाँले मेरा आँखा खोलिदिनुभो ।
\v 31 हामी जान्दछौं, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कसैले परमेश्‍वरको आराधना गर्छ, र उहाँको इच्छा पूरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ ।
\v 32 संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन ।
\v 33 यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।”
\v 34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदैछस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए ।
\p
\v 35 तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेट्टाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ?”
\v 36 त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्‍वास गर्न सकूँ?”
\v 37 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उनलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही नै हो ।”
\v 38 त्यो मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्छु” तब त्यसले उहाँको आराधना गर्‍यो ।
\p
\v 39 येशूले भन्‍नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् र जसले देख्‍छन् तिनीहरू अन्धा होऊन् ।”
\v 40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौं त?”
\v 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर अब तिमीहरू ‘हामीले देख्छौं’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहिरहन्छ ।"
\c 10
\cl अध्याय १०
\p
\v 1 “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो ।
\v 2 ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।
\v 3 ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछ र बाहिर लान्छ ।
\v 4 जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकाल्छ, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्‍‍याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।”
\v 5 तिनीहरूले अपरिचित मानिसलाई पछ्‍याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितहरूका सोर चिन्दैनन् ।”
\p
\v 6 येशूले यो द‍ृष्‍टान्त तिनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।
\v 7 त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।”
\v 8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।
\v 9 म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने खर्क भेट्टाउनेछ ।
\v 10 चोरले चोर्न र मार्न र नष्‍ट गर्न बाहेक अरू हेतुले आउँदैन । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।
\p
\v 11 म असल गोठालो हुँ । असल गोठालोले भेडाहरूका लागि आफ्नो ज्यान दिन्छ ।
\v 12 भाडाको सेवक गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसो आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसोले तिनीहरूलाई पक्रन्छ र तिनीहरूलाई तितरबितर पार्छ ।
\v 13 त्यो भाडाको सेवक भएको हुनाले भाग्छ र त्यसले भेडाहरूको वास्‍ता गर्दैन ।
\v 14 म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् ।
\v 15 पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
\v 16 मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुनेछ ।
\v 17 यसैकारण पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ ।
\v 18 यसलाई मबाट कसैले खोसेर लान सक्दैन, तर यसलाई म आफैं अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”
\p
\v 19 यी वचनहरूका कारण फेरि यहूदीहरू माझ विभाजन देखियो ।
\v 20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू यसको कुरा किन सुन्छौ?”
\v 21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका मानिसका होइनन् । के भूतले अन्धाका आँखा खोलिदिन सक्छ र?”
\p
\v 22 त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।
\v 23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिंडिरहनुभएको थियो ।
\v 24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुल्लमखुल्ला बताउनुहोस् ।”
\v 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।
\v 26 तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेडाहरू होइनौ ।
\v 27 मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्; म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्‍याउँछन् ।
\v 28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजानेछैन ।
\v 29 मेरा पिता, जसले तिनीहरू मलाई दिनुभएको छ, अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
\v 30 म र पिता एक हौं ।”
\p
\v 31 तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्गाहरू टिपे ।
\v 32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताबाट धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । किनकि ती कुनचाहिं कामहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दैछौ?”
\v 33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामको लागि ढुङ्गाले हानिरहेका छैनौं, तर ईश्‍वर-निन्दाको निम्ति हो, किनभने तिमी मानिस भएर आफैंलाई परमेश्‍वर बनाइरहेका छौ ।”
\v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, "के तिमीहरूका व्यवस्थामा लेखिएको छैन, 'मैले भनें, तिमीहरू ईश्‍वरहरू हौ?'”
\v 35 यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो (अनि धर्मशास्‍‍त्रलाई भङ्ग गर्न सकिंदैन)?
\v 36 जसलाई पिताले अलग गर्नुभयो, र संसारमा पठाउनुभयो के तिमीहरू उसलाई, ‘तैंले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ? किनभने मैले भनें ‘म परमेश्‍वरको पुत्र हुँ ।’
\v 37 यदि मैले मेरा पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर ।
\v 38 तर यदि मैले ती गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”
\p
\v 39 तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।
\p
\v 40 उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो, र उहाँ त्यहीं रहनुभयो ।
\v 41 धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिन्‍हहरू गरेनन्, तर तिनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।”
\v 42 त्यहाँ धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे ।
\c 11
\cl अध्याय ११
\p
\v 1 अब लाजरस नाम गरेका एक जना मानिस बिरामी थिए । तिनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए ।
\v 2 यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछिन्, जसका भाइ लाजरस बिरामी थिए ।
\v 3 त्यसपछि यी दिदीहरूले येशूकहाँ यसो भनी पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिमारी छन् ।”
\v 4 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिमारीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”
\v 5 अब येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो ।
\v 6 त्यसैले जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, येशू अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो ।
\p
\v 7 यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी फेरि यहूदियातिर जाऔं ।”
\v 8 चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका छन् र तपाईं फेरि त्यहीं फर्केर जाँदै हुनुहुन्छ?”
\v 9 येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? यदि कोही दिनको समयमा हिंड्छ भने त्यसलाई ठेस लाग्‍नेछैन, किनभने त्यसले यस संसारको ज्योतिले देख्छ ।
\v 10 यद्यपि त्यो राति हिंड्छ भने त्यसलाई ठेस लाग्‍नेछ, किनभने त्यसमा उज्यालो हुँदैन ।”
\p
\v 11 उहाँले यी कुराहरू भन्‍नुभयो, र त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस निद्रामा परेका छन्, तर म जाँदैछु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”
\v 12 यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन् ।”
\v 13 अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले सोचे ।
\v 14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेका छन् ।
\v 15 म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । हामी तिनीकहाँ जाऔं ।”
\v 16 दिदुमस भनिने थोमाले तिनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔं, ताकि हामी येशूसँगै मर्न सकौं ।”
\p
\v 17 जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।
\v 18 अब बेथानिया यरूशलेमबाट नजिकै करिब तीन किलोमिटर दूरीमा पर्थ्यो ।
\v 19 धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए ।
\v 20 त्यसपछि जब मार्थाले येशू आउँदै हुनुहुन्थ्यो भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिं घरमा नै बसिरहेकी थिइन् ।
\v 21 त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन ।
\v 22 अहिले पनि म जान्दछु, कि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।”
\v 23 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ ।”
\v 24 मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि त्यो अन्त्यको दिनको पुनरुत्थानमा फेरि जीवित हुनेछ” ।
\v 25 येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ;
\v 26 र जो जिउँछ र ममा विश्‍वास गर्छ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्‍छ्‍यौ?”
\v 27 तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु कि तपाईं ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ, जो संसारमा आउँदै हुनुहुन्छ ।”
\p
\v 28 जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र आफ्नी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
\v 29 जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।
\v 30 अब येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।
\v 31 त्यसैले तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनी चिहानमा रुन जाँदै थिइन् भन्‍ने सोचेर तिनीहरू तिनको पछि लागे ।
\p
\v 32 जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन ।”
\v 33 जब येशूले तिनीलाई रोइरहेकी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो;
\v 34 उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”
\v 35 येशू रुनुभयो ।
\v 36 त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!”
\v 37 तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि मर्नदेखि रोक्न सक्दैनथ्यो र?”
\p
\v 38 त्यसपछि फेरि येशू आत्मामा आफैंभित्र अति विचलित भएर चिहानमा जानुभयो । अब यो एउटा गुफा थियो, र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो ।
\v 39 येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि त्यो मरेको चार दिन भइसक्यो ।”
\v 40 येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ?”
\p
\v 41 त्यसैले तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु कि तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।
\v 42 म जान्दथें कि तपाईंले मेरो बिन्ती सधैं सुन्‍नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भीडको कारण मैले यो भनें, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।”
\v 43 उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर आऊ!”
\v 44 मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए, र त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
\p
\v 45 त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो देखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे ।
\v 46 तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए ।
\v 47 त्यसपछि मुख्य पूजाहारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिन्‍हहरू गर्छन् ।
\v 48 यदि हामीले यसलाई यसरी नै छोडिदियौं भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”
\p
\v 49 यद्यपि तिनीहरूमध्ये कैयाफा नामका एक जना मानिस, जो त्यस वर्ष प्रधान पूजाहारी थिए, तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ ।
\v 50 सम्पूर्ण जाति नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मानिस मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।”
\v 51 अब यो तिनले आफ्नै तर्फबाट भनेनन् । बरु तिनी त्यस वर्षका प्रधान पूजाहारी भएको कारणले येशू जातिको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरे;
\v 52 र जातिको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर हो ।
\v 53 त्यसैले त्यस दिनदेखि तिनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाए ।
\p
\v 54 येशू अब यहूदीहरू माझ खुल्लमखुल्ला हिंड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो ।
\p
\v 55 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र धेरै जना आफैंलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए ।
\v 56 तिनीहरूले येशूलाई खोजिरहेका थिए, र तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कासित यसो भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ? उनी चाडमा आउने छैनन् र?”
\v 57 अहिले मुख्य पूजाहारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी थाहा पाए भने, त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।
\c 12
\cl अध्याय १२
\p
\v 1 निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।
\v 2 त्यसैले तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे, मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन्, तर येशूसँगै टेबुलमा ढल्किरहेकाहरूमध्ये लाजरस एक थिए ।
\v 3 तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, त्यसले येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।
\p
\v 4 उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो,
\v 5 “यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”
\v 6 अब त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले यसो भन्यो । त्यससँग पैसाको थैलो थियो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
\v 7 येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।
\v 8 गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन् । तर म तिमीहरूसँग सधैं हुनेछैनँ ।”
\p
\v 9 अब यहूदीहरूको ठुलो भीडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।
\v 10 मुख्य पूजाहारीहरूले एकसाथ षड्‍यन्‍‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकून्;
\v 11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएर येशूमा विश्‍वास गरे ।
\p
\v 12 अर्को दिन चाडमा ठुलो भीड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने,
\v 13 तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! परमप्रभुको नाउँमा आउनुहुने इस्राएलका राजा धन्यको हुनुहुन्छ ।”
\v 14 येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो; जस्तो लेखिएको थियो,
\v 15 “सियोनकी छोरी नडराऊ; हेर, तिम्रा राजा गधाको बछेडामा चढेर आउँदै हुनुहुन्छ ।”
\p
\v 16 उहाँका चेलाहरूले सुरूमा यी कुराहरू बुझेनन्; तर जब येशू महिमित हुनुभयो, तब उहाँको विषयमा यी कुराहरू लेखिएका थिए र यी कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी तिनीहरूले सम्झे ।
\p
\v 17 अब उहाँले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भीडले गवाही दियो ।
\v 18 यही कारणले गर्दा पनि भीड उहाँलाई भेट्न गयो, किनभने उहाँले यो चिन्‍ह गर्नुभएको थियो भन्‍ने तिनीहरूले सुने ।
\v 19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, संसारै त्यसको पछि लागेको छ ।”
\p
\v 20 अब चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रीकहरू पनि थिए ।
\v 21 तिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए, र तिनलाई यसो भन्दै बिन्ती गरे, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौं ।”
\v 22 फिलिपले गएर अन्द्रियासलाई भने; अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
\v 23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने घडी आएको छ ।
\v 24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, त्यो आफैं एक्लो रहन्छ; तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
\v 25 जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ; तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले त्यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ ।
\v 26 यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्‍याओस्; र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।
\p
\v 27 अब मेरो प्राण दुःखित भएको छ र म के भनूँ? 'हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्'? तर यही कारणको निम्ति म यस घडीमा आएँ ।
\v 28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले त्यो महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”
\v 29 तब उहाँको छेउमा उभिने भीडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्जेको हो भने । अरूहरूले भने, “स्वर्गदूत तिनीसँग बोलेका हुन् ।”
\v 30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति आएको होइन, तर तिमीहरूका निम्ति हो ।”
\v 31 अब यो संसारको न्याय हुन्छः अब यस संसारको शासक बाहिर फ्याँकिनेछ ।
\v 32 अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिंच्‍नेछु ।”
\v 33 उहाँ कस्तो किसिमको मृत्यु मर्नुहुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।
\p
\v 34 भीडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौं, कि ख्रीष्‍ट सधैं रहनुहुनेछ । तपाईं कसरी भन्‍नसक्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ? यो मानिसका पुत्र को हुन्?”
\v 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिंड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिंड्छ त्यो कहाँ जाँदैछ भनी त्यसलाई थाहा हुँदैन ।
\v 36 तिमीहरूसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिका सन्तान हुन सक ।”
\v 37 तिनीहरूको सामु येशूले धेरै चिन्‍हहरू गर्नुभएतापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन्
\v 38 ताकि यशैया अगमवक्‍ताको वचन पूरा होस्, जसमा तिनले भने, “परमप्रभुको, हाम्रो समाचार कसले विश्‍वास गरेको छ, र परमप्रभुको बाहुली कसलाई प्रकट गरिएको छ?”
\v 39 यसैकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भनेका थिए,
\v 40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ, र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्‍नेछन् र आफ्ना हृदयले बुझ्‍नेछन् र फर्किनेछन्, अनि म तिनीहरूलाई निको पार्नेछु ।”
\p
\v 41 यशैयाले यी कुराहरू भने, किनभने तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
\p
\v 42 तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे; तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
\v 43 तिनीहरूले परमेश्‍वरबाट आउने महिमाभन्दा मानिसहरूबाट आउने महिमा बढी रुचाए ।
\p
\v 44 येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,
\v 45 र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”
\v 46 म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
\p
\v 47 यदि कसैले मेरा वचन सुन्छ, तर ती पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ; किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
\v 48 जसले मलाई इन्कार गर्छ, र मेरा वचन ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छ । मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
\v 49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले के भन्‍ने र के बोल्ने विषयमा मलाई आज्ञा दिनुभएको छ ।
\v 50 म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, त्यसैले म त्यही भन्छु— पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्दछु ।"
\c 13
\cl अध्याय १३
\p
\v 1 अब यो निस्तार-चाड अगिको समय थियो । येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो । यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
\v 2 अब बेलुकीको भोजन हुँदा शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
\v 3 येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो र उहाँ परमेश्‍वरबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।
\v 4 उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍‍त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।
\v 5 त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।
\p
\v 6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुन लाग्दै हुनुहुन्छ?”
\v 7 येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”
\v 8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।”
\v 9 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन तर मेरा हात र शिर पनि धोइदिनुहोस् ।”
\v 10 येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन, तर त्यो पूर्ण रूपमा शुद्ध छ; तिमीहरू शुद्ध छौ, तर सबै त छैन ।”
\v 11 (किनकि कसले उहाँलाई विश्‍वासघात गर्नेछ भन्‍ने येशूलाई थाहा थियो; त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै शुद्ध छैनौ ।” )
\p
\v 12 त्यसैले जब येशूले तिनीहरूका गोडा धुनुभयो र आफ्नो लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ?
\v 13 तिमीहरू मलाई ‘गुरुज्यू’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनभने म त्यही हुँ ।
\v 14 तब म प्रभु र गुरुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।
\v 15 किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
\v 16 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, सेवक आफ्नो मालिकभन्दा ठुलो हुँदैन; न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
\v 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, र ती गर्छौ भने तिमीहरू धन्यका हौ ।
\v 18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु— तर यो यसैले हो, कि धर्मशास्‍‍त्र पूरा होस्ः 'मेरो रोटी खानेले ममाथि आफ्नो लात उठायो ।'
\p
\v 19 अब यो हुन अगि म तिमीहरूलाई भन्दछु, ताकि जब यो हुन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।
\v 20 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ ।"
\p
\v 21 जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो । उहाँले गवाही दिनुभयो र भन्‍नुभयो, “साँ‍चो, साँचो, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछौ ।”
\v 22 उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गरे ।
\v 23 उहाँका चेलाहरूमध्ये एक जना, जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो, तिनी टेबुलमा येशूको छातीमा अडेस लागेर ढल्किरहेका थिए ।
\v 24 सिमोन पत्रुसले त्यस चेलालाई इसारा गरे र भने, “उहाँले कसको बारेमा भन्दै हुनुहुन्छ उहाँलाई सोध।”
\v 25 त्यसैले तिनी येशूको छातीमा अडेस लागेर ढल्किए र उहाँलाई भने, “प्रभु, त्यो को हो?”
\v 26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसैले उहाँले रोटीको टुक्रा चोप्‍नुभएपछि त्यो सिमोन इस्करियोतको छोरा यहूदालाई दिनुभयो ।
\v 27 तब रोटी पाएपछि शैतान त्यसभित्र पस्यो, त्यसैले येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”
\v 28 अब उहाँले त्यसलाई किन यसो भन्‍नुभयो भनी त्यहाँ टेबुलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।
\v 29 केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई केही दिनुपर्छ भन्‍नुभएको भन्‍ने सोचे ।
\v 30 यहूदाले रोटी पाएपछि, त्यो तुरुन्तै बाहिर निस्कियो । यो रातको समय थियो ।
\p
\v 31 जब यहूदा गयो, येशूले भन्‍नुभयो, “अब मानिसका पुत्र महिमित हुनुभएको छ, र उनमा परमेश्‍वरको महिमा भएको छ ।
\v 32 यदि परमेश्‍वर उनमा माहिमित हुनुहुन्छ भने, परमेश्‍वरले आफैंमा पुत्रलाई पनि महिमित पार्नुहुनेछ, र उहाँले उनलाई तुरुन्तै महिमित पार्नुहुनेछ ।
\p
\v 33 साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । तिमीहरूले मलाई खोज्‍नेछौ, र मैले यहूदीहरूलाई भनेझैं, अहिले म तिमीहरूलाई पनि यो भन्दछु, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
\v 34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ; जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
\v 35 यदि तिमीहरूले एकले अर्कालाई प्रेम गरेका छौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।
\p
\v 36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदैछु, तिमी मलाई अहिले पछ्‍याउन सक्दैनौ, तर तिमीले पछि पछ्‍याउनेछौ ।”
\v 37 पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्‍याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”
\v 38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो, म तिमीलाई भन्दछु, कि तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्‍म भाले बास्‍नेछैन ।”
\c 14
\cl अध्याय १४
\p
\v 1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमाथि विश्‍वास गर्छौ, ममाथि पनि विश्‍वास गर ।
\v 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
\v 3 यदि म जान्छु र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई आफैंसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
\v 4 तिमीहरूले म जहाँ गइरहेको छु त्यो बाटो चिन्छौ ।”
\p
\v 5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौं, हामीले बाटो कसरी चिन्‍न सक्छौं?”
\v 6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
\v 7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍नेथियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ र उहाँलाई देखेका छौ ।”
\p
\v 8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, र त्यो नै हामीलाई पर्याप्‍त हुनेछ ।”
\v 9 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयदेखि रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”
\v 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ, तर ममा रहनुहुने पिताले नै आफ्नो काम गरिरहनुभएको छ ।
\v 11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी विश्‍वास गर, नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर ।
\v 12 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू गर्नेछ, र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ किनभने म पिताकहाँ गइरहेको छु ।
\v 13 तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।
\v 14 यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
\p
\v 15 यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ,
\v 16 अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ—
\v 17 सत्यका आत्मा । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन किनभने यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
\v 18 म तिमीहरूलाई एक्लै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्किआउनेछु ।
\v 19 तैपनि केही समय मात्र हो, अनि अब उप्रान्त संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनभने म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
\v 20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।
\v 21 जोसँग मेरा आज्ञाहरू छन् र ती पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैं त्यसकहाँ देखा पर्छु ।”
\p
\v 22 यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ तपाईं आफैंलाई प्रकट गर्नुहुनेछ र संसारकहाँ चाहिं होइन?”
\v 23 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौं र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौं ।”
\v 24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरा वचनहरू पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
\v 25 म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
\v 26 तापनि सल्लाहकार—पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ—उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
\v 27 म तिमीहरूलाई शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूका हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
\p
\v 28 मैले तिमीहरूलाई “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” भनेको तिनीहरूले सुन्यौ । यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनभने म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
\v 29 अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।
\v 30 म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ । ममाथि त्यसको केही शक्‍ति छैन,
\v 31 तर म पितालाई प्रेम गर्छु भनी संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौं, र यहाँबाट जाऔं ।”
\c 15
\cl अध्याय १५
\p
\v 1 म साँचो दाखको बोट हुँ, र मेरा पिता किसान हुनुहुन्छ ।
\v 2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ, र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिंवल्नुहुन्छ, ताकि त्यसले धेरै फल फलाओस् ।
\v 3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ ।
\v 4 ममा रहो, र म तिमीहरूमा रहन्छु । जसरी हाँगा दाखको बोटमा नरहेसम्म आफैंले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।
\p
\v 5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहन्छु, त्यसले धैरै फल फलाउँछ, किनकि मबिना तिमीहरू केही पनि गर्न सक्दैनौ ।
\v 6 यदि कोही ममा रहँदैन भने, त्यसलाई हाँगालाई झैं फालिन्छ र त्यो सुक्‍छ, अनि तिनीहरूले हाँगाहरू बटुल्छन् र ती आगोमा फालिदिन्छन्, अनि ती जलाइन्छन् ।
\v 7 यदि तिमीहरू ममा रहन्छौ र मेरा वचनहरू तिमीहरूमा रहन्छन् भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ ।”
\v 8 मेरा पिता यसमा महिमित हुनुहुन्छ कि तिमीहरू धेरै फल फलाउँछौ र तिमीहरू मेरा चेलाहरू हौ भनी प्रमाणित गर्छौ ।
\p
\v 9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। मेरो प्रेममा रहो ।
\v 10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
\v 11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।
\v 12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेको छु तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।
\v 13 यो भन्दा महान् प्रेम कसैको हुँदैन—कि कसैले आफ्ना मित्रहरूको लागि आफ्नो जीवन अर्पण गरिदियोस् ।
\v 14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।
\v 15 अबदेखि म तिमीहरूलाई सेवकहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो सेवकले जान्दैन । मैले तिमीहरूलाई मित्रहरू भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा मैले तिमीहरूलाई प्रष्‍ट पारेको छु ।
\v 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, र तिमीहरूलाई नियुक्‍त गरें, ताकि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
\v 17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु, ताकि तिमीहरूले एक अर्कालाई प्रेम गर ।
\p
\v 18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।
\v 19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नै झैं प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनें, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।
\v 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘सेवक त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताए भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्; यदि तिनीहरूले मेरो वचन पालन गरे भने, तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।
\v 21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनभने मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन् ।
\v 22 यदि म नआएको, र तिनीहरूसँग नबोलेको भए त, तिनीहरूले पाप गर्ने थिएनन्, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।
\v 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।
\v 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू नगरेको भए, तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।
\v 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’
\p
\v 26 जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट निस्की आउनुहुनेछ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।
\v 27 तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ ।
\c 16
\cl अध्याय १६
\p
\v 1 तिमीहरू पछि नहटोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
\v 2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकाल्नेछन् । तर यस्तो घडी आउँदैछ, जब तिमीहरूलाई मार्ने हरेकले आफूले परमेश्‍वरको सेवा गरिरहेको छु भनी ठान्‍नेछन् ।
\v 3 तिनीहरूले यी कुराहरू गर्नेछन्, किनभने तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् ।
\v 4 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनभने म तिमीहरूसँगै नै थिएँ ।
\p
\v 5 तर अहिले म मलाई पठाउनुहुनेकहाँ जान्छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ? भनी मलाई सोध्दैनौ ।
\v 6 तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ ।
\v 7 तर म तिमीहरूलाई साँच्चै भन्दछु, म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।
\v 8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ–
\v 9 पापको बारेमा, किनभने तिनीहरूले ममाथि विश्‍वास गर्दैनन्;
\v 10 धार्मिकताको बारेमा, किनभने म पिताकहाँ जाँदैछु, र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ;
\v 11 अनि न्यायको बारेमा, किनभने यस संसारको शासकको न्याय गरिएको छ ।
\p
\v 12 मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ ।
\v 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।
\v 14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनभने उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ ।
\v 15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण मैले भनें कि आत्माले जे मेरो हो त्यहीबाट लिनुहुनेछ र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ ।
\p
\v 16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।
\v 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “उहाँले हामीलाई यो के भन्‍नुभएको हो? 'अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदैछु' ।"
\v 18 यसकारण तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर यो के भन्‍नुभएको हो? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ, सो हामी जान्‍दैनौ ।”
\p
\v 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “'अब उप्रान्त तिमीहरूले मलाई केही बेरपछि देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ भनेर मैले के भन्‍न खोजेको हो भनी के तिमीहरूले एक आपसमा सोधिरहेका छौ?”
\v 20 साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ । तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको दुःख आनन्दमा बद्‌लिनेछ ।
\v 21 जब स्‍‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनभने तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई अब पीडाको सम्झना हुँदैन ।
\v 22 त्यसैले तिमीहरू अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु, अनि तिमीहरूको हृदय खुसी हुनेछ, र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।
\v 23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै पनि कुरा माग्यौ भने यो उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ ।
\v 24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।
\p
\v 25 मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर त्यस घडी आउँदै छ जब म अब उप्रान्त आलङ्कारिक भाषामा बोल्‍नेछैन, बरु म तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउनेछ ।
\v 26 त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ,
\v 27 किनकि पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, किनभने तिमीहरूले मलाई प्रेम गरेका छौ र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका छौं ।
\v 28 म पिताबाट आएँ, र म संसारमा आएको छु । फेरि म संसार छोड्दैछु, र म पिताकहाँ जाँदैछु ।”
\p
\v 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दैहुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन ।
\v 30 अब हामी जान्दछौं, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले पनि तपाईंलाई प्रश्‍नहरू सोध्‍नु आवश्यक छैन । यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।”
\p
\v 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?
\v 32 हेर, त्यस घडी आउँदै छ, हो वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई सबै आ-आफ्नो घरतिर जानेछौ र मलाई एक्लै छोड्नेछौ । तरै पनि म एक्लो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ ।
\v 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु ।
\c 17
\cl अध्याय १७
\p
\v 1 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले स्वर्गतिर आफ्ना आँखा उचाल्नुभयो र भन्‍नुभयो, “पिता, समय आएको छ, आफ्ना पुत्रलाई महिमित पार्नुहोस् ताकि पुत्रले तपाईंलाई महिमित पार्नेछन्—
\v 2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो ताकि जसलाई तपाईंले उनलाई दिनुभएको छ, तिनीहरू सबैलाई उनले अनन्त जीवन दिऊन् ।
\v 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचो परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभयो अर्थात् येशू ख्रीष्‍टलाई चिनून् ।
\v 4 मैले पृथ्वीमा तपाईंलाई महिमित तुल्याएँ । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्याएको छु ।
\v 5 अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।
\p
\v 6 तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरें । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् ।
\v 7 अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँछन् भनी तिनीहरू जान्दछन्,
\v 8 किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएँ भनेर तिनीहरूले साँच्‍चै जाने, र तपाईंले नै मलाई पठाउनुभयो भनी तिनीहरूले विश्‍वास गरे ।
\v 9 म तिनीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्दछु, किनकि तिनीहरू तपाईंका हुन् ।
\v 10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका मेरा हुन्, र म तिनीहरूमा महिमित हुन्छु ।
\v 11 अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदैछु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राख्‍नुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौं त्यसरी नै तिनीहरू एक होऊन् ।
\v 12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राखें, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्‍ट भएन, ताकि धर्मशास्‍‍त्र पूरा होस् ।
\p
\v 13 अब म तपाईंकहाँ आउँदैछु, तर म यी कुराहरू संसारमा भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पूरा भएको पाउनेछन् ।
\v 14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु, र संसारले तिनीहरूलाई घृणा गरेको छ किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।
\v 15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु ।
\v 16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् ।
\v 17 सत्यले तिनीहरूलाई अलग गर्नुहोस्। तपाईंको वचन सत्य छ ।
\v 18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु ।
\v 19 तिनीहरूका खातिर मैले आफैंलाई अलग गरेको छु, ताकि तिनीहरू आफैं पनि सत्यतामा अलग होऊन् ।
\p
\v 20 म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले यिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन्,
\v 21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गर्नेछ ।
\v 22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैं तिनीहरू पनि एक हुनेछन्ः
\v 23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ—ताकि तिनीहरू पूर्णरूपले एक होऊन्, ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले जान्‍नेछ, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि तपाईंले प्रेम गर्नुभएको छ ।
\p
\v 24 हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ, तिनीहरू म जहाँ छु त्यहीं होऊन्, र तपाईंले मलाई दिनुभएको मेरो महिमा देखून् भन्‍ने म चाहन्छु किनभने संसारको सृष्‍टिअगि देखि नै तपाईंले मलाई प्रेम गर्नुभयो ।
\p
\v 25 हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् ।
\v 26 मैले तपाईंको नाउँलाई तिनीहरूका बीचमा परिचित तुल्याए र म यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभएको छ, त्यो तिनीहरूमा रहनेछ र म तिनीहरूमा रहनेछु ।
\c 18
\cl अध्याय १८
\p
\v 1 यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैंचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।
\p
\v 2 अब उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैंचामा जानुहुन्थ्यो ।
\v 3 अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले पठाएका सिपाहीहरूको एक समूह र केही अधिकारीहरू लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।
\v 4 तब आफूमाथि भइरहेका सबै कुराहरू जान्‍नुहुने येशू अगाडि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?”
\v 5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।
\v 6 त्यसैले जब येशूले “म हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
\v 7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”
\v 8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें कि म हुँ । त्यसैले यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”
\v 9 यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा हुनको निम्ति थियो ।
\p
\v 10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पूजाहारीका सेवकलाई प्रहार गरे र उसको दाँया कान काटिदिए । त्यस सेवकको नाम माल्‍खस थियो ।
\v 11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई त्यसको म्यानमा राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनुपर्दैन र?”
\p
\v 12 त्यसैले सिपाहीहरूको समूह र कप्‍तान, र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।
\v 13 तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पूजाहारी थिए ।
\v 14 अब मानिसहरूको निम्ति एउटा मानिस मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।
\p
\v 15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्को चेलाले पनि त्यसै गरे । अब ती चेलाको प्रधान पूजाहारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पूजाहारीको आँगनभित्र पसे;
\v 16 तर पत्रुसचाहिं बाहिर बाहिर ढोकामा उभिरहेका थिए । त्यसैले प्रधान पूजाहारीसँग चिनजान भएको अर्को चेला बाहिर गए र ढोकामा पालो बस्‍ने ठिटीसँग कुरा गरे, र तिनले पत्रुसलाई भित्र ल्याए ।
\v 17 तब महिला सेवक अर्थात् ढोकामा पालो बस्‍ने ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।”
\v 18 अब सेवकहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैंलाई न्यानो बनाइराखेका थिए । पत्रुस पनि आफूलाई न्यानो पार्दै तिनीहरूसँगै उभिरहेका थिए ।
\p
\v 19 तब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।
\v 20 येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैं सभाघरहरूमा र मन्दिरमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनिनँ ।
\v 21 तपाईंहरूले मलाई किन सोध्‍नुभयो? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”
\v 22 जब येशूले यो कुरा भन्‍नुभएको थियो, त्यहाँ उभिरहेका अधिकारीहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने र भने, “के प्रधान पूजाहारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?”
\v 23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलें भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि ठिकै हो भने तिमी मलाई किन हिर्काउँछौ?”
\v 24 अनि हन्‍नासले उहाँलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए ।
\p
\v 25 अब सिमोन पत्रुसचाहिं उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि उनका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यो इन्कार गरे र भने, “म होइनँ ।”
\v 26 अनि प्रधान पूजाहारीका सेवकहरूमध्ये पत्रुसले कान काटिदिएका सेवकका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैंचामा उनीसित देखिनँ र?”
\v 27 तब पत्रुसले फेरि इन्कार गरे; र तुरुन्तै भाले बास्यो ।
\p
\v 28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट सरकारी मुख्यालयतिर लगे । बिहान सबेरै थियो, तिनीहरू सरकारी मुख्यालयमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् ।
\v 29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदैछौ?”
\v 30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिस अपराधी नभएको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौं ।”
\v 31 त्यसकारण पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले यिनलाई लैजाओ, र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।"
\v 32 उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पूरा होस् भनेर तिनीहरूले यसो भने ।
\p
\v 33 त्यसपछि पिलातस फेरि सरकारी मुख्यालयभित्र पसे अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?”
\v 34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैंले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भन्यो?”
\v 35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्‍पे । तिमीले के गर्‍यौ?”
\v 36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा नसुम्पियोस् । तर अब मेरो राज्य यहाँको होइन ।”
\v 37 तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्छ । म यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सबै जो सत्यका हुन्, तिनीहरूले मेरो आवाज सुन्छन् ।”
\v 38 पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिनँ ।”
\v 39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जना व्यक्तिलाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?”
\v 40 तब तिनीहरू फेरि कराए र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई ।” बारब्बाचाहिं एक विद्रोही थियो ।
\c 19
\cl अध्याय १९
\p
\v 1 तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।
\v 2 सिपाहीहरूले काँढाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍‍त्र पहिर्‍याइदिए ।
\v 3 तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।
\p
\v 4 तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदैछु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।”
\v 5 त्यसैले काँढाको मुकुट र बैजनी रङको वस्‍‍त्र लगाएर येशू बाहिर आउनुभयो । पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!”
\p
\v 6 जब मुख्य पूजाहारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्, त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले लैजाओ र यिनलाई क्रूसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”
\v 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्‍यो ।”
\p
\v 8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,
\v 9 अनि तिनी फेरि सरकारी मुख्‍यालयभित्र पसे र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
\v 10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रूसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?”
\q
\v 11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण जसले मलाई तपाईंको हातमा सुम्‍प्‍यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
\p
\v 12 यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍न । हरेक जसले आफैंलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।”
\p
\v 13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” तर आरमेइक भाषामा “गब्बथा” भनिने ठाउँको न्याय आसनमा बसे ।
\p
\v 14 अब निस्तार-चाडको तयारीको दिन, करिब छैठौं घडी भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!”
\p
\v 15 तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँग्‍नुपर्ने हो?” मुख्य पूजाहारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”
\p
\v 16 तब पिलातसले क्रूसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
\p
\v 17 तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रूस आफैं बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई आरमेइक भाषामा “गलगथा” भनिन्छ ।
\v 18 त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगे, र येशूलाई बीचमा पारेर, उहाँसँगै अरू दुई जना मानिसलाई पनि, दुवैपट्टि एक-एक जना गरी क्रूसमा टाँगे ।
\p
\v 19 पिलातसले एउटा चिन्ह पनि लेखे र त्यो क्रूसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः 'नासरतका येशू, यहूदीहरूका राजा ।'
\v 20 यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह आरमेइक, ल्याटिन, र ग्रीकमा लेखिएको थियो ।
\p
\v 21 तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने,"'यहूदीहरूका राजा' नलेख्‍नुहोस्, बरु 'यसले म यहूदीहरूका राजा हुँ भन्यो' भनी लेख्‍नुहोस् ।”
\p
\v 22 पिलातसले जवाफ दिए, “मैले जे लेखें सो लेखें ।”
\p
\v 23 सिपाहीहरूले येशूलाई क्रूसमा टाँगेपछि तिनीहरूले उहाँका वस्‍‍त्र लिए, प्रत्‍येक सिपाहीको लागि एक-एक भाग हुने गरी त्यसलाई चार भागमा बाँडे; र लबेदा पनि । अब लबेदाचाहिं सिउनीविनाको माथिदेखि पूरै बुनेको थियो ।
\v 24 तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौं, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौं ।” धर्मशास्‍‍‍त्रको वचन पूरा होस् भनेर यसो भयो, “तिनीहरूले मेरो वस्‍‍त्र आपसमा भाग लगाए र मेरो वस्‍‍त्रको लागि चिट्ठा हाले ।” सिपाहीहरूले यसो गरे ।
\p
\v 25 अब येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रूसको छेउमा उभिरहेका थिए ।
\v 26 जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिरहेका देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंको छोरो!”
\q
\v 27 तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे ।
\p
\v 28 यसपछि येशूले सबै कुरा अब सिद्धिए भन्‍ने जान्‍नुभयो र त्यसैले धर्मशास्‍‍त्र पूरा होस् भनेर उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”
\v 29 अमिलो दाखमद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो, त्यसैले तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा पुर्‍याइदिए ।
\v 30 जब येशूले अमिलो दाखमद्य लिनुभयो, उहाँले भन्‍नुभयो, “अब सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्‍मा त्याग्‍नुभयो ।
\p
\v 31 यो तयारीको दिन भएकोले, र विश्रामको दिनको अवधिमा शरीरहरू क्रूसमा नरहोस् भन्‍ने हेतुले (किनकि त्यो विश्रामको दिन विशेष महत्त्‍वपूर्ण थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे ।
\v 32 तब सिपाहीहरू आए र येशूसँगै क्रूसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचिदिए ।
\v 33 जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे, त्यसैले तिनीहरूले उहाँका खुट्टा भाँचेनन् ।
\v 34 तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो ।
\v 35 जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन्, ताकि तिमीहरूले पनि विश्‍वास गर्न सक ।
\p
\v 36 किनकि “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन" भन्‍ने धर्मशास्‍‍त्र पूरा होस् भन्‍ने हेतुले यी कुराहरू भए ।
\v 37 फेरि, अर्को ठाउँमा धर्मशास्‍‍त्र भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”
\p
\v 38 यी कुराहरूपछि अरिमाथियाका योसेफ, येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए), तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए र उहाँको शरीर लगे ।
\v 39 निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए ।
\v 40 त्यसैले तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे ।
\v 41 अब उहाँलाई क्रूसमा झुण्ड्‍याइएको ठाउँमा एउटा बगैंचा थियो; र त्यो बगैंचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कसलाई गाडिएको थिएन ।
\v 42 यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको हुनाले र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।
\c 20
\cl अध्याय २०
\p
\v 1 अब हप्‍ताको पहिलो दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन् ।
\v 2 यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले माया गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगे, अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, हामी जान्दैनौं ।”
\p
\v 3 तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर जाँदै थिए ।
\v 4 तिनीहरू दुवै जना सँगसँगै दौडे, र अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे ।
\v 5 तब तिनले निहुरिएर हेरे, तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।
\p
\v 6 सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे
\v 7 अनि उहाँको शिरमा भएको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्‌याइएको थियो ।
\v 8 त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे ।
\v 9 किनकि त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भन्‍ने धर्मशास्‍‍त्र तिनीहरूले अझै पनि जानेनन् ।
\p
\v 10 यसकारण चेलाहरू फेरि घर गए ।
\v 11 तर मरियमचाहिं रुँदै चिहानबाहिर उभिएरहेकी थिइन् । तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।
\v 12 तिनले सेतो पहिरनमा दुई जना स्वर्गदूतलाई, एउटा शिरपट्टि र अर्को पाउपट्टि बसिरहेका देखिन् जहाँ येशूको शरीर राखिएको थियो ।
\p
\v 13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”
\v 14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् ।
\q
\v 15 येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दैछ्यौ?” तिनले उहाँलाई माली भनी ठानिन्, त्यसैले तिनले उहाँलाई भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”
\p
\v 16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन्, “रब्बोनी” (जसको अर्थ “गुरुज्यू” भन्‍ने हुन्छ ) ।
\q
\v 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता, अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”
\q
\v 18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र भनिन् “मैले प्रभुलाई देखेको छु ” र उहाँले तिनलाई यी कुराहरू भन्‍नुभएको थियो भनी बताइन् ।
\p
\v 19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर बसेको अवस्थामा, येशू आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”
\v 20 उहाँले यसो भन्‍नुभएपछि, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।
\p
\v 21 तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पठाउँदैछु ।”
\v 22 जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ ।
\v 23 तिमीहरूले जसका पापहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू रहनदिन्छौ, ती रहनदिइन्छन् ।”
\p
\v 24 येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिं तिनीहरूसँग थिएनन् ।
\v 25 पछि अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देखेका छौ ।" तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातमा काँटीहरूका डोब नदेखेसम्म, र मेरो औंला काँटीहरूका डोबमा नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”
\p
\v 26 आठ दिनपछि उहाँका चेलाहरू फेरि भित्रै थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”
\q
\v 27 त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औंला यहाँ हाल, र मेरा हातहरू हेर । तिम्रो हात यहाँ मेरो कोखामा हाल ।अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”
\q
\v 28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु र मेरा परमेश्‍वर ।”
\q
\v 29 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन्, र विश्‍वास गरे ।”
\p
\v 30 अब येशूले चेलाहरूको उपस्थितिमा अरू धेरै चिन्हहरू गर्नुभयो, जुन चिन्‍हहरू यस पुस्तकमा लेखिएका छैनन् ।
\v 31 तर यीचाहिं लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक, र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
\c 21
\cl अध्याय २१
\p
\v 1 यी कुराहरूपछि फेरि येशूले आफैंलाई तिबेरियासको समुद्रमा चेलाहरूकहाँ प्रकट गर्नुभयो । उहाँले आफैंलाई यसरी प्रकट गर्नुभयोः
\v 2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।
\v 3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौं ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले केही पक्रेनन् ।
\p
\v 4 अब बिहान सबेरै येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् ।
\q
\v 5 त्यसैले येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”
\q
\v 6 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।
\v 7 तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा हामफाले ।
\v 8 अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।
\v 9 जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।
\p
\v 10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”
\v 11 तब सिमोन पत्रुस गए, र १५३ ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए, तर यति धैरै भए तापनि जाल च्यातिएन ।
\p
\v 12 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन । तिनीहरूले उहाँ प्रभु हुनुहुन्थ्यो भनी जान्दथिए ।
\v 13 येशू आउनुभयो, रोटी लिनुभयो, र त्यो तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
\v 14 मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।
\p
\v 15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ ।”
\p
\v 16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”
\p
\v 17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनभने येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जान्‍नुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
\p
\v 18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैं कपडा लगाउँथ्यौ र जहाँ चाहन्थ्यौ त्यतै हिंड्डुल गर्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लैजानेछ ।
\v 19 अब पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा गर्नेछन् भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।”
\p
\v 20 पत्रुस फर्के र तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बसेका र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोधेका चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
\v 21 पत्रुसले तिनलाई देखे, र त्यसपछि येशूलाई भने, “प्रभु, यी मानिसले चाहिं के गर्नेछन्?”
\p
\v 22 येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेलसम्म तिनी रहेको चाहें भने पनि तिमीलाई के भयो त? मलाई पछ्‍याऊ ।”
\v 23 त्यसैले ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेलसम्म तिनी रहेको चाहें भने पनि तिमीलाई के भयो त?” भन्‍नुभयो ।
\p
\v 24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौं कि तिनको गवाही सत्य छ ।
\p
\v 25 येशूले गर्नुभएका अरू पनि धेरै कुराहरू छन् । यदि ती प्रत्‍येक लेखिएका भए, मलाई लाग्छ, ती लेखिने पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।