\id MRK \ide UTF-8 \h मर्कूस \toc1 मर्कूस \toc2 मर्कूस \toc3 mrk \mt मर्कूस \c 1 \cl अध्याय १ \p \v 1 यो परमेश्‍वरका पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो । \v 2 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरो समाचारवाहकलाई तिम्रो अगि पठाउँदैछु, जसले तिम्रो बाटो तयार पार्नेछ ।” \q \v 3 “उजाड-स्थानमा कोही कराउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।” \p \v 4 यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिंदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए । \v 5 यहूदियाको पूरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए । \v 6 यूहन्‍नाले ऊँटको रौंबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे । \v 7 तिनले यसो भन्दै प्रचार गरे, “मपछि कोही आउनुहुनेछ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको जुत्ताको फित्ता निहुरेर फुकाल्न योग्यको पनि छैन । \v 8 मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।” \p \v 9 ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो । \v 10 जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो । \v 11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।” \v 12 त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो । \v 13 उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे । \p \v 14 अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो, \v 15 र भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर । \p \v 16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र तिनका दाजु अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए । \v 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” \v 18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे । \v 19 जसै येशू हिंडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए । \v 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना पितालाई भाडाका सेवकहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे । \p \v 21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि विश्रामको दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो । \v 22 तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँले तिनीहरूलाई शास्‍‍त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्तै सिकाइरहनुभएको थियो । \v 23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो यसो भन्दै चिच्‍च्यायो, \v 24 “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।” \p \v 25 येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!” \v 26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो । \p \v 27 अनि सबै मानिस छक्‍क परेर एक-आपसमा भन्‍न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! यिनले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्छन्!” \v 28 उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो । \p \v 29 सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा आउनुभयो । \v 30 अब सिमोनकी सासू ज्वरो आएर सुतिरहेकी थिइन्, र तिनीहरूले तिनको विषयमा झट्टै येशूलाई बताए । \v 31 यसकारण उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् । \p \v 32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले बिरामी भएका र भूत लागेका सबैलाई उहाँकहाँ ल्याए । \v 33 सारा सहर नै त्यो घरको ढोकामा भेला भयो । \v 34 उहाँले विभिन्‍न प्रकारका बिमारी भएका रोगीहरूलाई निको पार्नुभयो र धेरै भूतहरू निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे । \p \v 35 उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; उहाँ एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो । \v 36 सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे । \v 37 तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।” \p \v 38 उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔं, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।" \v 39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो । \p \v 40 एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो, त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।” \p \v 41 येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु, तिमी शुद्ध होइजाऊ ।” \v 42 तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो । \v 43 येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो । \v 44 उहाँले त्यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पूजाहारीकहाँ आफैंलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।” \v 45 तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुल्लमखुल्ला जान सक्‍नुभएन । यसकारण उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू चारैतिरबाट उहाँकहाँ आए । \c 2 \cl अध्याय २ \p \v 1 केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो । \v 2 यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत कुनै ठाउँ थिएन, अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो । \v 3 केही मानिसहरू उहाँकहाँ आए, जसले पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए । \v 4 जब भीडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्, तब तिनीहरूले येशू हुनुभएको ठिक माथिको छानो हटाए र हटाइसकेपछि त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तिनीहरूले तल झारे । \v 5 तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघातीलाई भन्‍नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।” \p \v 6 तर त्यहाँ बसिरहेका शास्‍‍त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे । \v 7 “यो मानिसले कसरी यसरी बोल्‍न सक्छ? यसले त ईश्‍वर-निन्दा पो गर्छ! परमेश्‍वरले बाहेक कसले पाप क्षमा गर्न सक्‍छ?” \p \v 8 तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्दैछौ?” \v 9 पक्षाघातीलाई के भन्‍न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्‍नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिंड’ भन्‍नु? \v 10 तर तिमीहरूले यो जान्‍न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्‍नुभयो, \v 11 “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।” \p \v 12 त्यो मानिस उठ्‍यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले तिनीहरू छक्‍क परे, र परमेश्‍वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौं ।” \p \v 13 उहाँ फेरि तालको छेउ भएर जानुभयो र सबै भीड उहाँकहाँ आयो र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो । \v 14 उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे । \p \v 15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै कर उठाउनेहरू र पापीहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्‍याए । \v 16 जब शास्‍‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशूलाई पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहनुभएको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?” \p \v 17 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन, तर बिरामीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई होइनँ, तर पापीहरूलाई बोलाउन आएको हुँ ।” \p \v 18 अब यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” \p \v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा जन्तीको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् । \v 20 तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् । \p \v 21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन । नत्रता त्यो टालेको कपडा त्यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जान्छ, अनि उक्‍त फटाइ झनै नराम्रो हुन्छ । \v 22 कसैले पनि नयाँ दाखमद्य पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउनेछ अनि दाखमद्य र मशक दुवै नष्‍ट हुन्छन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हालिन्छ ।” \p \v 23 विश्रामको दिनमा येशू अन्‍नको खेतबाट भएर जानुभयो, र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले । \v 24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले विश्रामको दिनमा किन अनुचित कुरा गरिरहेका छन्?” \p \v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ? \v 26 अबियाथार प्रधान पूजाहारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पूजाहारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए ।" \v 27 येशूले भन्‍नुभयो, “विश्रामको दिन मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति विश्राम दिनको निम्ति बनाइएको होइन । \v 28 यसकारण मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हुन् ।” \c 3 \cl अध्याय ३ \p \v 1 उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो । \v 2 उहाँले त्यसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । \v 3 येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।” \v 4 तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “विश्रामको दिनमा असल गर्नु कि हानि गर्नु, जीवन बचाउनु कि मार्नु, कुन चाहिं उचित हुन्छ?” तर तिनीहरू चूप थिए । \v 5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र त्यसको हात पहिलेको जस्तै भयो । \v 6 फरिसीहरू गए र तिनीहरूले उहाँलाई कसरी मारौं भनेर हेरोदीहरूसँग उहाँको विरुद्धमा तुरुन्तै षड्यन्‍‍त्र रच्‍न थाले । \p \v 7 तब येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि गालीलबाट, यहूदियाबाट, \v 8 यरूशलेमबाट, इदुमिआबाट, र यर्दनपारी, र टुरोस र सीदोन वरिपरिबाटका मानिसहरूको ठुलो भीडले उहाँलाई पछ्‍यायो । उहाँले गरिरहनुभएका कुराहरूका बारेमा सुन्दा, त्यो ठूलो भीड उहाँकहाँ आयो । \v 9 भीडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लगाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् । \v 10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो, त्यसैले कष्‍टमा परेकाहरू सबैले उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए । \v 11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे, तिनीहरू उहाँको सामु ढल्थे, चिच्‍च्याउँथे अनि तिनीहरूले भन्‍थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” \v 12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो । \p \v 13 उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए । \v 14 उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्, \v 15 अनि भूतहरूलाई निकाल्ने अधिकार पाउन् । \v 16 उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो । \v 17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो; \v 18 अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी, \v 19 अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोका दिने थियो । \p \v 20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भीड जम्मा भयो । त्यसकारण उहाँले खानसम्म पनि पाउनु भएन । \v 21 जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग ठाँउमा छैन ।” \p \v 22 यरूशलेमबाट आएका शास्‍‍त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।” \p \v 23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई द‍ृष्‍टान्तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ?” \v 24 यदि राज्य आफैंमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्‍न सक्दैन । \v 25 यदि घर आफैंमा विभाजित हुन्छ भने, त्यो घर टिक्‍न सक्दैन । \v 26 यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ र विभाजित छ भने त्यो टिक्‍न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ । \v 27 तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधिकन त्यसको घरमा पस्‍न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ । \v 28 साँच्चै म तिमीहरूलाई भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, र तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्, \v 29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ । \p \v 30 येशूले यसो भन्‍नुभयो, किनभने तिनीहरूले “त्योसँग अशुद्ध आत्मा छ” भनिरहेका थिए । \p \v 31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए । तिनीहरूले उहाँलाई बोलाउन पठाए । \v 32 एउटा भीड उहाँको वरिपरि बसिरहेको थियो, र तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।” \p \v 33 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन्?” \v 34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्!” \v 35 किनकी जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, त्यो व्यक्ति नै मेरो भाइ र बहिनी र मेरी आमा हो ।” \c 4 \cl अध्याय ४ \p \v 1 फेरि उहाँले समुद्रको छेउमा शिक्षा दिन थाल्नुभयो, अनि धेरै ठुलो भीड उहाँको वरिपरि भेला भयो । उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्‍नुभयो । सबै भीड समुद्र किनारको छेउमा थिए । \v 2 उहाँले तिनीहरूलाई धेरै कुरा द‍ृष्‍टान्तमा सिकाउनुभयो र आफ्नो शिक्षामा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो, \v 3 “सुन! बीउ छर्ने बीउ छर्न निस्क्यो । \v 4 त्यसले बीउ छर्दा केही बीउ बाटोमा प‍रे, र चराहरू आएर त्यो खाइदिए । \v 5 अरू बीउ चाहिं त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । त्यो तुरुन्तै उम्रियो, किनभने त्यहाँ माटो गहिरो थिएन । \v 6 तर जब घाम लाग्यो, बिरूवाहरू ओइलाए, अनि तिनीहरूका जरा नभएकोले ती सुकिहाले । \v 7 अरू बीउ काँडाका झाङ्हरूको बीचमा परे । काँडाका झाङ्हरू बढे, र त्यसलाई निसासिदिए, अनि त्यसले कुनै फल फलाएन । \v 8 अरू बीउ असल जमिनमा परे, र ती बढ्दै र हुर्कंदै गर्दा केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा पनि फल फलाए ।” \v 9 अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्!” \p \v 10 येशू एक्लै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त द‍ृष्‍टान्तको बारेमा उहाँसँग सोधे । \v 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, "तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा द‍ृष्‍टान्तहरूमा दिइएको छ । \q \v 12 त्यसैले तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्‍न त सुन्छन् तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्‍थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।” \p \v 13 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो द‍ृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले सबै द‍ृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?” \v 14 बीउ छर्नेले वचन छर्छ । \v 15 वचन छर्दा बाटोतिर परेका बीउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ । \v 16 र ढुङ्गेनी जमिनमा छरिएका केही बीउचाहिं यी नै हुन्; जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । \v 17 तर तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, र तिनीहरू केही समयसम्म मात्र टिक्छन् । पछि वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् । \v 18 अरूहरूचाहिं ती हुन्, जो काँडाहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्, \v 19 तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसामा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन । \v 20 असल जमिनमा छरिएका बीउहरूचाहिं ती नै हुन्, जसले वचन सुन्छन्, यसलाई ग्रहण गर्छन् अनि तीस गुणा, साठी गुणा वा सय गुणा पनि फल फलाउँछन् ।” \p \v 21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ? के सामदानमाथि राख्‍नलाई होइन? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्‍छौ । \v 22 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन । \v 23 यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस् ।” \p \v 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्छौ, त्यसमा ध्यान देओ, किनकि जुन नापले तिमीहरू नाप्‍छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ, र तिमीहरूलाई अझ बढी थपिनेछ । \v 25 किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।” \p \v 26 उहाँले यो पनि भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बीउ छर्ने मानिसजस्तो हो । \v 27 त्यो रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने त्यसले नजाने पनि बीउ उम्रन्छ र बढ्छ । \v 28 जमिन आफैंले अन्‍न फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ । \v 29 जब अन्‍न पाक्छ, तुरुन्तै त्यसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।” \p \v 30 उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्न सक्छौं, अथवा यसको व्याख्या गर्न कुन द‍ृष्‍टान्त प्रयोग गर्न सक्छौं? \v 31 यो रायोको बीउजस्तो हो, जसलाई छर्दा पृथ्वीका बीउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ । \v 32 तैपनि यसलाई छरेपछि यो बढ्छ र बारीका सबै सागपातहरूभन्दा ठुलो हुन्छ, र यसमा ठुला हाँगाहरू पलाउँछन्, ताकि आकाशमा उड्ने चराहरूले यसको छहारीमा गुँड बनाउन सकून् । \p \v 33 तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई यस्ता धेरै द‍ृष्‍टान्तद्वारा वचन सुनाउनुभयो, \v 34 अनि उहाँले तिनीहरूलाई द‍ृष्‍टान्तबिना केही बताउनुभएन । तर उहाँ एक्‍लै हुनुहुँदा आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो । \p \v 35 त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं ।” \v 36 त्यसैले तिनीहरूले त्यो भीडलाई छोडी येशू जुन डुङ्गामा हुनुहुन्थ्यो त्यसैमा उहाँलाई आफ्नो साथमा लगे । अरू डुङ्गाहरू पनि उहाँसँगसँगै गए । \v 37 त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो । \v 38 तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो । तिनीहरूले यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, हामी मर्नै लाग्दा पनि तपाईंलाई वास्ता छैन?” \p \v 39 अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास चल्न रोकियो र त्यहाँ सन्‍नाटा छायो । \v 40 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएका छौ? के तिमीहरूसँग अझै विश्‍वास छैन?” \p \v 41 तिनीहरू साह्रै डराए र एक-अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?” \c 5 \cl अध्याय ५ \p \v 1 उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो । \v 2 जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट तुरुन्तै उहाँकहाँ आयो । \v 3 त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई साङ्लाले समेत बाँधेर राख्‍न सकेको थिएन । \v 4 त्यसलाई धेरै पटक ठिंगुरो लगाएर र साङ्लाहरूले बाँधेर राखिएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिंगुरो तोडिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन । \v 5 हरेक रात र दिन चिहान घारीमा र डाँडाहरूमा त्यो चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैंलाई काटेर चोट पार्थ्यो । \v 6 जब त्यसले येशूलाई टाढैबाट देख्यो, त्यो उहाँकहाँ दौड्‍यो अनि उहाँको अगि घोप्‍टो पर्‍यो । \v 7 त्यसले ठुलो स्वरमा कराएर भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सरोकार छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।” \v 8 किनकि येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, यस मानिसबाट बाहिर निस्किआइज ।” \p \v 9 उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौं ।” \v 10 त्यसले उहाँलाई त्यस क्षेत्रबाट तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो । \v 11 अब त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो, \v 12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस्।” \v 13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडबाट समुद्रतिर हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे । \p \v 14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले के भएको थियो भनी सहर र गाउँघरतिर खबर दिए अनि के भएको रहेछ भनी हेर्न धेरै मानिसहरू गए । \v 15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए । \v 16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसको बारेमा तिनीहरूलाई विस्‍‍तृत रूपमा बताए, र तिनीहरूले सुँगुरहरूको बारेमा पनि तिनीहरूलाई बताए । \v 17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान बिन्ती गर्न लागे । \p \v 18 जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै रहनलाई उहाँलाई बिन्ती गर्‍यो । \p \v 19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । तर उहाँले त्यसलाई भन्‍नुभयो, “तिम्रो घरमा र तिम्रा मानिसकहाँ जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कसरी उहाँले तिमीलाई कृपा गर्नुभयो, सो तिनीहरूलाई भन ।” \v 20 त्यसैले त्यो मानिस गयो र येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू डेकापोलिसमा बताउन थाल्यो, अनि सबैजना छक्‍क परे । \p \v 21 अब येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भीड भेला भयो । \v 22 त्यसपछि सभाघरका अगुवाहरूमध्ये याइरस नाउँ गरेका एक जना उहाँकहाँ आए । जब तिनले येशूलाई देखे, तब उहाँको पाउमा परे । \v 23 तिनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्‍युको मुखमा पुगेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, ताकि त्यो ठिक हुन सकोस् र बाँच्‍न सकोस्।” \v 24 त्यसैले उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भीडले उहाँलाई पछ्‍यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे । \p \v 25 अब त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक स्‍‍त्री थिई । \v 26 त्यसले धेरै वैद्यकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिई अनि त्यससँग भएका सबै थोक त्यसले खर्च गरिसकेकी थिई, तर निको हुनुको सट्टा त्यसको अवस्था झनै नराम्रो भयो । \v 27 त्यसले येशूको बारेमा खबर सुनेर भीडमा उहाँको पछाडि आई, अनि उहाँको खास्टो छोई । \v 28 किनकि त्यसले भनी, “यदि मैले उहाँको वस्‍‍त्र मात्र छोएँ भने म निको हुनेछु ।” \v 29 जब त्यसले उहाँलाई छोई, रगत बग्‍न रोकियो, अनि त्यसले आफ्नो कष्‍टबाट आफू निको भएको शरीरमा महसुस गरी । \p \v 30 येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भीडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो?” \p \v 31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भीडलाई देख्‍नुभएकै छ, अनि तपाईं भन्‍नुहुन्छ ‘मलाई कसले छोयो’?” \v 32 तर यो कसले गरेको थियो भनी हेर्न येशूले वरिपरि हेर्नुभयो । \p \v 33 त्यस स्‍‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाएर त्यो डरले कामी । त्यो आई र उहाँको सामु घोप्‍टो परी र सबै सत्यता उहाँलाई बताई । \v 34 उहाँले त्यसलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो कष्‍टबाट निको होऊ ।” \p \v 35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाकहाँबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुज्यूलाई किन दुःख दिने?” \p \v 36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर ।” \v 37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन । \v 38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो अनि उहाँले त्यहाँ मानिसहरूलाई ज्यादै खैलाबैला गरिरहेको देख्‍नुभयो; तिनीहरू रोइरहेका र विलाप गरिरहेका थिए । \v 39 जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैन, सुतेकी मात्र हो ।” \v 40 उहाँको कुरामा तिनीहरू हाँसे । तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो अनि बालिकाका बुबा र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ त्यस बालिका भएको ठाउँमा जानुभयो । \v 41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ!” \v 42 तुरुन्तै बालिका उठी अनि हिंडी (त्यो बाह्र वर्षकी थिई) । त्यति नै बेला तिनीहरू अत्यन्तै चकित भए । \v 43 उहाँले तिनीहरूलाई त्यस बारेमा कसैले थाहा नपाओस् भन्‍ने कडा आज्ञा दिनुभयो । अनि उहाँले त्यो बालिकालाई केही खाने कुरा दिन भनी भन्‍नुभयो । \c 6 \cl अध्याय ६ \p \v 1 उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि उहाँका चेलाहरूले उहाँलाई पछ्‍याए । \v 2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा शिक्षा दिनुभयो । धेरै मानिसहरूले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई दिइएको यो बुद्धि के हो? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?” \v 3 “के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु सिकर्मी होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए । \p \v 4 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीं पनि अनादर हुँदैन ।” \p \v 5 केही बिरामी मानिसहरूमा हात राखेर निको पार्नुबाहेक त्यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन । \v 6 तिनीहरूको अविश्‍वासले उहाँलाई अचम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिंदै हिंड्नुभयो । \p \v 7 अनि उहाँले बाह्र जनालाई बोलाउनुभयो, र दुई-दुई जना गरी तिनीहरूलाई पठाउन लाग्‍नुभयो, र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो । \v 8 र उहाँले तिनीहरूलाई यात्रामा एउटा लट्ठी बाहेक केही पनि नबोक्‍नू— न रोटी, न झोला, न त पटुकीमा पैसा नै बोक्‍नू— \v 9 तर जुत्ता लगाउनू र दुइवटा दौरा चाहिं नलगाउनू भनी निर्देशन दिनुभयो । \v 10 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्‍म त्यहीं बस । \v 11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूलाई सुनेनन् भने तिमीहरूले त्यो ठाउँ छोड्दा तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।” \v 12 तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे । \v 13 तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे । \p \v 14 हेरोद राजाले यो सुने, किनकि येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठेका छन् । त्यसैले यी आश्‍चर्यजनक शक्तिहरू यिनमा काम गर्दछन् ।” \v 15 अरूहरूले भने, “यिनी एलिया हुन् ।”, अझ अरूहरूले भने, “यिनी प्राचीन समयका अगमवक्‍ताहरूजस्तै एक अगमवक्‍ता हुन् ।” \p \v 16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको काटें, तिनी जीवित भई उठेका छन्!” \p \v 17 किनकि हेरोदले हेरोदियास (तिनको भाइ फिलिपकी पत्‍नी) को कारण यूहन्‍नालाई गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने हेरोदले उनलाई विवाह गरेका थिए । \v 18 किनकि यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तपाईंलाई उचित छैन ।” \v 19 तर हेरोदियासले वैरभाव राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर उनले सकेकी थिइनन्, \v 20 किनकि हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले तिनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद ज्यादै अशान्त हुन्थे, तरै पनि तिनले खुसीसाथ सुन्थे । \p \v 21 त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो जब हेरोदले आफ्‍नो जन्म दिनमा आफ्ना अधिकारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए । \v 22 हेरोदियासकी छोरी आफैं आई र तिनीहरूको लागि नाची अनि त्यसले हेरोद र तिनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याई । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।” \v 23 तिनले यसो भन्दै शपथ खाए, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।” \p \v 24 त्यो बाहिर निस्की र आफ्नी आमालाई भनी, “म उहाँसित के मागूँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।” \p \v 25 त्यो तुरुन्तै राजाकहाँ आई र यसो भन्दै मागी, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु ।” \v 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले त्यसको बिन्‍ती इन्कार गर्न सकेनन् । \v 27 त्यसैले राजाले आफ्ना रक्षकका एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सिपाही गयो र झ्यालखानामा उनको शिर काट्‍यो । \v 28 सिपाहीले थालमा उनको शिर ल्यायो र त्यस केटीलाई दियो, र त्यस केटीले आफ्नी आमालाई दिई । \v 29 त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे । \p \v 30 अनि प्रेरितहरू येशूको वरिपरि एकसाथ भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए । \v 31 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैं निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनकि धेरै जना आउने र जाने गरिरहेका थिए र उहाँहरूसँग खाना खाने समय पनि थिएन । \v 32 त्यसैले उहाँहरू आफैं डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो । \v 33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि धेरैले उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे । \v 34 जब उहाँहरू समुद्रीय तटमा आउनुभयो, उहाँले एउटा ठुलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्‍याउनुभयो, किनभने तिनीहरू गोठालाबिनाका भेडाहरूजस्तै थिए । अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्‍नुभयो । \p \v 35 जब दिन ढल्क्यो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र दिन ढल्किसकेको छ । \v 36 तिनीहरूलाई पठाउनुहोस्, ताकि तिनीहरू नजिकैको गाउँघरतिर जाऊन् र आफ्ना निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।” \p \v 37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनार बराबरको रोटी किन्‍न जाऊँ र तिनीहरूलाई खान दिऊँ?” \p \v 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।” \v 39 उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो । \v 40 तिनीहरू सय र पचासको समूह- समूहमा बसे । \v 41 उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरेर आशिष् दिनुभयो, र भाँच्‍नुभयो अनि मानिसहरूलाई ती बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो । \v 42 तृप्‍त नहुन्जेल तिनीहरू सबै जनाले खाए । \v 43 तिनीहरूले बाह्र डाला रोटीका टुक्राहरू बटुले र माछाका टुक्राहरू पनि बटुले । \v 44 त्यहाँ रोटी खाने पाँच हजार पुरुषहरू थिए । \p \v 45 उहाँका चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढ्न लगाएर पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो र त्यतिन्जेल उहाँले चाहिं भीडलाई बिदा दिनुभयो । \v 46 जब तिनीहरू गए, उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो । \v 47 साँझ पर्‍यो, र अब डुङ्गा समुद्रको बीचमा थियो, र उहाँ जमिनमा एक्लै हुनुहुन्थ्यो । \v 48 तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनकि हावा तिनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो प्रहरमा समुद्रमाथि हिंडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो । \v 49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तब तिनीहरूले उहाँ भूत हुनुहुन्थ्‍यो भनी ठाने र चिच्‍च्याए, \v 50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ, म नै हुँ, नडराओ ।” \v 51 उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए । \v 52 किनकि तिनीहरूले रोटीहरूको अर्थ बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो । \p \v 53 जब उहाँहरू पारी तर्नुभयो, उहाँहरू गनेसरेतमा आउनुभयो र डुङ्गालाई त्यहीं अड्‍याउनुभयो । \v 54 जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, मानिसहरूले उहाँलाई तुरुन्तै चिने । \v 55 तिनीहरू सबै क्षेत्रमा दौडेर गए र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्‍यानसँगै ल्याउन थाले । \v 56 उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरूमा जहाँ-जहाँ जानुहुन्थ्यो, तिनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे । तिनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे, र जतिले उहाँलाई छोए, तिनीहरू निको हुन्थे । \c 7 \cl अध्याय ७ \p \v 1 यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍‍त्रीहरू उहाँको वरिपरि भेला भए । \v 2 तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले रोटी खाएको देखे । \v 3 (किनकि फरिसीहरू र सबै यहूदीहरू आफ्ना हात नधोउन्जेल केही खाँदैनन्, किनभने तिनीहरू धर्म-गुरुहरूका परम्परामा लागि पर्छन् । \v 4 जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैं ननुहाईकन खाँदैनन्, र तिनीहरूले पाएका अरू धेरै कुराहरूको पालन गर्छन्, जस्तै कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र बस्‍ने ठाउँहरू धुने जहाँ तिनीहरू बस्‍छन् ।) \p \v 5 फरिसीहरू र शास्‍‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धर्म-गुरुहरूको परम्पराअनुसार चल्दैनन्, तर तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?” \p \v 6 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी अगमवाणी गरे । जस्तो लेखिएको छ, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ । \q \v 7 तिनीहरूले शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै मलाई खोक्रो आराधना चढाउँछन् ।' \p \v 8 तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्छौ र मानिसहरूको परम्परालाई पक्रिराख्छौ ।” \v 9 अनि उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूले आफ्नो परम्परा पालन गर्नलाई परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्छौ! \v 10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’ \v 11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो (अर्थात्, 'परमेश्‍वरलाई दिइएको') ।'” \v 12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिंदैनौ । \v 13 तिमीहरूले चल्दै आएको आफ्नो परम्पराले परमेश्‍वरको आज्ञालाई व्यर्थ तुल्याउँदैछौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।” \p \v 14 उहाँले भीडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ । \v 15 त्यस्तो केही कुरा छैन, जो बाहिरबाट व्यक्तिभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ । तर व्यक्तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।” \v 16 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद छैन । \fqa यदि कसैको सुन्‍ने कान छ भने त्यसले सुनोस् । \fqa* \f* \p \v 17 जब येशूले भीडलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे । \v 18 येशूले भन्‍नुभयो, “के तिमीहरू अझै पनि अबुझ छौ? बाहिरबाट व्यक्तिभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन भनेर के तिमीहरू देख्दैनौ? \v 19 किनकि त्यो त्यसको हृदयमा जान सक्दैन, तर त्यसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ ।” यस भनाइद्वारा येशूले सबै भोजन शुद्ध हो भनेर बताउनुभयो । \v 20 उहाँले भन्‍नुभयो, “व्यक्तिको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ । \v 21 किनकि मानिसको भित्रबाट अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या, \v 22 व्यभिचार, लोभ, दुष्‍टता, धोका, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् । \v 23 यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै व्यक्तिलाई अशुद्ध पार्छन् ।” \p \v 24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन । \v 25 तर तुरुन्तै एउटा स्‍‍त्रीले उहाँको बारेमा सुनी र त्यहाँ आई जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । त्यो आई उहाँको पाउमा घोप्‍टो परी । \v 26 त्यो स्‍‍त्री एक ग्रीक र सिरियाको फोनिकेमा जन्मेकी थिई । त्यसले आफ्नी छोरीबाट भूत निकालिदिन उहाँसँग बिन्ती गरी । \v 27 उहाँले त्यसलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।” \p \v 28 तर त्यसले जवाफ दिएर उहाँलाई भनी “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबुलबाट झरेको रोटीका टुक्राहरू खान्छन् नि ।” \p \v 29 उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।” \v 30 त्यो आफ्नो घर फर्केर गई र आफ्नी छोरी ओछ्‍यानमा पल्टिरहेकी पाई, र भूत निस्केर गएको थियो । \p \v 31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको क्षेत्र भएर गालील समुद्रतिर जानुभयो । \v 32 तिनीहरूले बहिरा र भकभके मानिसलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनुहुन उहाँलाई बिन्ती गरे । \v 33 तब उहाँले त्यसलाई भीडबाट एकातिर एकान्तमा लैजानुभयो, त्यसको कानमा औंला हाल्नुभयो र त्यसपछि उहाँले थुक्‍नुभयो र त्यसको जिब्रो छुनुभयो । \v 34 तब उहाँले स्वर्गतिर हेर्नुभयो, सुस्केरा हाल्‍नुभयो, र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा!” \v 35 तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रष्‍टसँग बोल्न थाल्यो । \p \v 36 येशूले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई आज्ञा दिनुभयो त्यति नै धेरै तिनीहरूले त्यो प्रचार गरे । \v 37 तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गूँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।” \c 8 \cl अध्याय ८ \p \v 1 ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भीड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, \v 2 “यो भीडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तीन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन । \v 3 यदि मैले तिनीहरूलाई नखुवाइकन तिनीहरूका घर पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।” \p \v 4 उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौं र?” \p \v 5 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।” \p \v 6 उहाँले भीडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो, धन्यवाद दिनुभयो, र ती भाँच्‍नुभयो । भीडको अगाडि राखून् भनी उहाँले आफ्‍ना चेलाहरूलाई ती दिनुभयो, र तिनीहरूले भीडको अगाडि ती राखिदिए । \v 7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए, त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले ती पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो । \v 8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले । \v 9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो । \v 10 त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो । \p \v 11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे । \v 12 उहाँले आत्मामा सुस्केर हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँच्चै म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।” \v 13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र पारिपट्टि जानुभयो । \v 14 अब चेलाहरूले आफूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन । \v 15 उहाँले तिनीहरूलाई यसो भनेर चेतावनी दिनुभयो, “फरिसीहरूको खमीर र हेरोदको खमीरदेखि सचेत रहो र होसियार बस ।” \p \v 16 चेलाहरूले एक-आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।” \p \v 17 येशू यसप्रति सजग हुनुहुन्थ्‍यो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? के तिमीहरूका हृदय यति बोधो भएका छन्? \v 18 तिमीहरूका आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूका कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूलाई याद छैन? \v 19 मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा कति टोकरी रोटीका टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र" । \p \v 20 “मैले चार हजारका बीचमा सातवटा रोटी भाँच्दा कति टोकरी रोटीका टुक्राहरू तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात" । \v 21 उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?” \p \v 22 उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा अन्धा मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे । \v 23 येशूले त्यस अन्धालाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो, र त्यसमाथि आफ्नो हात राख्‍नुभयो र त्यसलाई सोध्‍नुभयो, “के तिमी केही देख्छौ?” \p \v 24 त्यसले माथितिर हेर्‍यो र भन्यो, “म मानिसहरू रूखहरूजस्तै हिंडेको देख्‍छु ।” \v 25 उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्‍नुभयो, र त्यस मानिसले आफ्‍ना आँखा खोल्यो अनि त्यसको द‍ृष्‍टि पुनः प्राप्‍त भयो, र त्यसले सबै थोक स्पष्‍टसँग देख्यो । \p \v 26 येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्‍नुभयो, "त्यस सहरमा नपस ।" \p \v 27 येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भन्छन्?” \v 28 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्‍तिस्मा-दिने यूहन्‍ना, अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्‍ताहरूमध्ये एक’ भन्छन् ।” \p \v 29 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिं म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ” \v 30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो । \p \v 31 उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तीन दिनपछि फेरि जीवित भई उठ्नेछ भनी तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो । \v 32 उहाँले यो सन्देश स्पष्‍टसँग भन्‍नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले । \v 33 तर येशू फर्कनुभयो र आफ्ना चेलाहरूतिर हेर्नुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्‍नुभयो, “मबाट पछि हट् शैतान! तैलें परमेश्‍वरको कुराहरूमा मन लगाइरहेको छैनस्, तर मानिसका कुराहरूमा लगाइरहेको छस् ।” \p \v 34 त्यसपछि उहाँले भीड र आफ्ना चेलाहरूलाई सँगै बोलाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्‍याउन चाहन्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ, आफ्‍नो क्रूस बोक्नुपर्छ र मलाई पछ्‍याउनुपर्छ । \v 35 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । \v 36 मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने त्यसलाई के लाभ हुन्छ र? \v 37 मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ र? \v 38 यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनदेखि शर्माउँछ, मानिसका पुत्र पवित्र स्वर्गदूतहरूसँग आफ्ना पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।” \c 9 \cl अध्याय ९ \p \v 1 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नु अगि मृत्यु चाख्‍नेछैनन् । \p \v 2 छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो । \v 3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीमा कुनै पनि धोबीले त्यतिको सेतो बनाउन सक्दैनथ्यो । \v 4 त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए । \v 5 पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्‍न राम्रो हुन्छ । त्यसैले यहाँ हामी तीनवटा बस्‍ने ठाउँ बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।” \v 6 (तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।) \p \v 7 अनि एउटा बादल आयो र उहाँहरूलाई छोप्‍यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र तिमीहरूले यिनले भनेका कुरा सुन ।” \v 8 अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले आफूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् । \p \v 9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा, मानिसको पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म तिनीहरूले देखेका कुरा कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो । \v 10 त्यसैले ती कुराहरू तिनीहरूले आफैंसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे । \p \v 11 तिनीहरूले उहाँलाई सोधे “शास्‍‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भन्छन् त?” \p \v 12 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । त्यसो भए मानिसको पुत्रले धेरै कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको छ त?” \v 13 तर म तिमीहरूलाई भन्दछु, कि एलिया आइसकेका छन्, र तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्‍यही गरे ।” \p \v 14 जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भीड देख्‍नुभयो, र शास्‍‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए । \v 15 जब तिनीहरूले उहाँलाई देखे, सबै भीड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए । \v 16 उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?” \p \v 17 भीडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिंदैन, \v 18 र त्यसले त्यसलाई पक्रन्छ, पछार्छ; त्यसले मुखमा फिंज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई त्यसलाई निकाल्नलाई बिन्ती गरें, तर तिनीहरूले निकाल्न सकेनन् ।” \p \v 19 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ ।” \v 20 तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब भूतात्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोडले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिंज काढ्यो । \v 21 येशूले त्यसको बुबालाई सोध्‍नुभयो, “यस्तो भएको कति भयो?” बुबाले भने, “बाल्यकालदेखि नै हो । \v 22 त्यसले त्यसलाई नाश गर्नलाई प्रायः आगोमा वा पानीमा फ्याँकेको छ । यदि तपाईंले केही गर्न सक्‍नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।” \p \v 23 येशूले तिनलाई भन्‍नुभयो, “‘यदि तपाईंले गर्न सक्‍नुहुन्छ भने’? विश्‍वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।” \p \v 24 तुरुन्तै त्यस बालकको बुबा चिच्‍च्याए र भने, “म विश्‍वास गर्छु! मेरो अविश्‍वासमा सहायता गर्नुहोस् ।” \p \v 25 जब येशूले भीड दगुर्दै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गूँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।” \p \v 26 अनि त्यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो र निस्क्यो । त्यो केटो मरेकोजस्तै देखियो त्यसैले धेरैले भने, “त्यो मर्‍यो ।” \v 27 तर येशूले त्यस केटोलाई हातले समातेर उठाउनुभयो, र त्यो केटो उभियो । \p \v 28 जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?” \p \v 29 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिंदैन ।” \p \v 30 उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो, \v 31 किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् र तिनीहरूले उनलाई मार्नेछन् । जब उनलाई मारिनेछ त्यसको तीन दिनपछि उनी फेरि जीवित भई उठ्नेछन् ।” \v 32 तर तिनीहरूले यो भनाइ बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए । \p \v 33 अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । उहाँ घरमा पस्‍नुभएपछि, उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?” \v 34 तर तिनीहरू चुपचाप भए । किनकि तिनीहरूले “कोचाहिं सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए । \v 35 उहाँ बस्‍नुभयो र बाह्र जनालाई एकसाथ बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको सेवक हुनेछ ।” \v 36 उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो । उहाँले त्यसलाई अङ्गालोमा लिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, \v 37 “जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, त्यसले मलाई पनि ग्रहण गर्छ; र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।” \p \v 38 यूहन्‍नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौं र हामीले त्यसलाई रोक्यौं, किनभने त्यसले हामीलाई पछ्‍याउँदैन ।” \p \v 39 तर येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्‍दैन । \v 40 जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो । \v 41 तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँच्चै म तिमीहरूलाई भन्दछु, कि त्यसले आफ्नो इनाम गुमाउनेछैन । \p \v 42 जसले ममा विश्‍वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउँछ, त्यसको निम्ति त बरु त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्‍नु राम्रो हुन्छ । \v 43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने त्यसलाई काटिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ । \v 44 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा ४४ र ४६ पदको निम्‍न पदावली छैनः \fqa जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन । \fqa* \f* \v 45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने त्यसलाई काटिदेऊ। दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ । \v 46 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा ४४ र ४६ पदको निम्‍न पदावली छैनः \fqa जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन । \fqa* \f* \v 47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, त्यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ । \v 48 जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन । \p \v 49 किनकि सबैलाई आगोले नुनिलो पार्नेछ । \v 50 नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस । \c 10 \cl अध्याय १० \p \v 1 येशू त्यो ठाउँ छोडेर यहूदियाको क्षेत्रमा र यर्दन नदि पारिपट्टि जानुभयो अनि भीड फेरि उहाँकहाँ आयो । उहाँले आफ्नो बानी अनुसार फेरि तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । \v 2 अनि फरिसीहरू उहाँलाई परीक्षा गर्न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?” \p \v 3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?” \p \v 4 तिनीहरूले भने, "मोशाले त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।” \p \v 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखिदिए । \v 6 तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍‍त्री बनाउनुभयो ।’ \v 7 'यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोड्नेछ र आफ्नी पत्‍नीसँग मिलिरहन्छ, \v 8 र दुई जना एउटै शरीर हुनेछन् ।’ त्यसैले तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन्छन् । \v 9 त्यसकारण जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।” \p \v 10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।” \v 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की स्‍‍त्रीसँग विवाह गर्छ, त्यसले त्यसको विरुद्धमा व्यभिचार गर्छ । \v 12 र यदि त्यसले आफ्नो पतिसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।” \p \v 13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए । \v 14 तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो ।” \v 15 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।” \v 16 त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष्‌‌ दिनुभयो । \p \v 17 उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?” \p \v 18 येशूले भन्‍नुभयो, “किन तिमी मलाई असल भन्दछौ? एकमात्र परमेश्‍वरबाहेक कोही पनि असल छैन । \v 19 तिमी यी आज्ञाहरू जान्दछौः 'हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।'” \p \v 20 त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।” \p \v 21 येशूले त्यसलाई हेर्नुभयो र हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।” \v 22 तर यो भनाइको कारण त्यो निरुत्साहित भयो, त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो । \v 23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूले परमेश्‍वरको राज्यमा कति कठिनसाथ प्रवेश गर्नेछन्!” \v 24 चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु कति कस्तो गाह्रो छ!” \v 25 धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।” \p \v 26 तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त?” \p \v 27 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्‍वरको लागि होइन, किनकि परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छ ।” \p \v 28 पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्यायौं ।” \p \v 29 येशूले भन्‍नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा आमा वा बुबा वा छोराछोरीहरू वा जग्गा जमिन त्याग्छ, \v 30 त्यसले अहिले यही समयमा सतावटको साथै सय गुणा घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ । \v 31 तर धेरै जना जो पहिला छन्, पछिल्ला हुनेछन्, र पछिल्ला चाहिं पहिला हुनेछन् । \p \v 32 उहाँहरू यरूशलेम जाने बाटोमा उक्लँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र अरू पछ्याउनेहरू चाहिं डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र अब चाँडै उहाँलाई के हुनेछ, सो बताउन थाल्नुभयो । \v 33 “हेर, हामी यरूशलेमतिर उक्लँदैछौं, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् । \v 34 तिनीहरूले उनको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मार्नेछन् । तर तीन दिनपछि उनी फेरि जीवित भई उठ्नेछन् ।” \p \v 35 जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्‍छौं सो तपाईंले हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्छौं ।” \p \v 36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको तिमीहरू चाहन्छौ?” \p \v 37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍ने मन्जूरी हामीलाई दिनुहोस् ।” \p \v 38 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ?” \p \v 39 तिनीहरूले उहाँलाई भने, “हामी सक्छौं ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ, र मैले लिएको बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ । \v 40 तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिं मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।” \p \v 41 जब अरू दस जना चेलाहरूले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले । \v 42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूमाथि शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्‍वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ । \v 43 तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । \v 44 र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ । \v 45 किनकि मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आए । \p \v 46 उहाँहरू यरीहोमा आउनुभयो । उहाँ आफ्ना चेलाहरू र ठुलो भीडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै अन्धो भिखारी बाटोको छेउमा बसेको थियो । \v 47 जब त्यसले येशू नासरी भन्‍ने सुन्यो, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” \v 48 धेरैले चूप लाग् भनी त्यो अन्धा मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” \p \v 49 येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले त्यस अन्धा मानिसलाई यसो भन्दै बोलाए, “साहस गर्! खडा हो! उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ ।” \v 50 त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो । \p \v 51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” त्यो अन्धा मानिसले भन्यो, “रब्बी, म मेरो द‍ृष्‍टि प्राप्त गर्न चाहन्‍छु” \v 52 तब येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” र त्यसले तुरुन्तै फेरि देख्‍न सक्‍ने भयो र बाटोमा त्यो उहाँको पछिपछि गयो । \c 11 \cl अध्याय ११ \p \v 1 तब जसै उहाँहरू यरूशलेममा आउनुभयो, उहाँहरू जैतुन डाँडाको बेथफागे र बेथानी नजिकै हुनुहुन्थ्यो, र येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो । \v 2 र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । \v 3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।” \p \v 4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले त्यसलाई फुकाए । \v 5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?” \v 6 तिनीहरूलाई येशूले भन्‍नुभएजस्तै गरी तिनीहरूले उनीहरूलाई भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए । \p \v 7 तिनीहरूले बछेडोलाई येशूकहाँ ल्याए र आफ्ना खास्टोहरू त्यसमाथि राखे र उहाँ त्यसमाथि चढ्नुभयो । \v 8 धेरै मानिसले आफ्ना कपडाहरू बाटोभरि ओछ्‍याए र अरूहरूले खेतबाट काटेर ल्याएका रूखका हाँगाहरू बिछ्‍याए । \v 9 उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्‍ना! परमप्रभुको नाउँमा आउने धन्यका हुनुहुन्छ । \v 10 हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस्! सर्वोच्‍चमा होसन्‍ना!” \p \v 11 त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो, अनि वरिपरि सबैतिर हेर्नुभयो । अब अबेर भएकोले उहाँ बाह्र जनासँग बेथानियातिर जानुभयो । \p \v 12 अर्को दिन उहाँहरू बेथानियाबाट फर्कंदैगर्नुहुँदा उहाँ भोकाउनुभयो । \v 13 उहाँले पातसहितको अन्जीरको रूख टाढैबाट देखेर त्यसमा कुनै फल पाइन्छ कि भनी हेर्न उहाँ जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनकि यो अन्जीर फल्ने समय थिएन । \v 14 उहाँले त्यसलाई भन्‍नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” र उहाँका चेलाहरूले यो सुने । \p \v 15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो । उहाँले पैसा साट्नेहरूका टेबुल र परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो । \v 16 उहाँले कसैलाई कुनै पनि बेच्‍ने कुरा मन्दिरबाट भएर लैजाने अनुमति दिनुभएन । \v 17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्‍नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहलाइनेछ'? तर तिमीहरूले यसलाई डाँकूहरूको ओढार बनाएका छौ ।” \v 18 उहाँले भन्‍नुभएको कुरा मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । किनकि उहाँको शिक्षामा सम्पूर्ण भीड नै छक्‍क परेका हुनाले तिनीहरू उहाँसित डराए । \v 19 जब साँझ पर्‍यो, उहाँहरू सहर छोडेर जानुभयो । \p \v 20 बिहान त्यही बाटो भएर जानुहुँदा उहाँहरूले अन्जीरको रूख जरैदेखि सुकेको देख्‍नुभयो । \v 21 पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त! तपाईंले सराप दिनुभएको अन्जीरको रुख त सुकेछ ।” \p \v 22 येशूले तिनीहरूलाई उत्तर दिनुभयो, “परमेश्‍वरमा विश्‍वास गर । \v 23 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र आफैंलाई समुद्रमा झार्’ भन्‍छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले भनेको कुरा हुनेछ भनी विश्‍वास गर्छ, परमेश्‍वरले त्यही नै गर्नुहुनेछ । \v 24 त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, त्यो तिमीहरूले पाएका छौ भनी विश्‍वास गर र त्यो तिमीहरूको हुनेछ । \v 25 जब तिमीहरू खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिनुहुनेछ ।” \v 26 \f + \ft मर्कूसको प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन । \fqa* \f* \p \v 27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जसै येशू मन्दिरमा हिंडिरहनुभएको थियो, मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए । \v 28 तिनीहरूले उहाँलाई भने, “कुन अधिकारले तिमीले यी कुराहरू गर्छौ, र ती गर्न तिमीलाई कसले अधिकार दियो?” \p \v 29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु । मलाई भन र यी कुराहरू म कुन अधिकारले गर्छु सो तिमीहरूलाई बताउनेछु । \v 30 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट? मलाई जवाफ देओ ।” \p \v 31 तिनीहरूले एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौं भने तिनले भन्‍नेछन्, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?’ \v 32 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने...।" तिनीहरू मानिसहरूसित डराउँथे, किनकि सबैले यूहन्‍ना अगमवक्‍ता थिए भनी मान्थे । \v 33 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि यी कुराहरू कुन अधिकारले गर्छु भनी तिमीहरूलाई बताउँदिनँ।” \c 12 \cl अध्याय १२ \p \v 1 त्यसपछि येशूले तिनीहरूलाई द‍ृष्‍टान्तमा सिकाउन थाल्‍नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । तिनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि तिनी यात्रामा लागे । \v 2 ठिक समयमा तिनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना सेवक पठाए । \v 3 तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए । \v 4 फेरि तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए, तर तिनीहरूले त्यसको टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपले व्यवहार गरे । \v 5 अझै तिनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे । \v 6 तिनीसँग पठाउनलाई अझै एक जना अर्थात् प्यारो छोरा मात्र थियो । तिनले तिनीहरूकहाँ पठाउन ऊ नै अन्तिम व्यक्‍ति थियो । तिनले भने, 'तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।' \v 7 तर दाख उमार्नेहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौं र उत्तराधिकार हाम्रो हुनेछ ।” \v 8 तिनीहरूले उसलाई पक्रे, उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए । \v 9 यसकारण दाखबारीको मालिकले के गर्नेछन्? तिनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् । \v 10 के तिमीहरूले यो धर्मशास्‍‍त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ । \v 11 त्यो परमप्रभुबाट थियो र यो हाम्रो द‍ृष्‍टिमा आश्‍चर्यजनक छ ।'" \p \v 12 त्यसपछि यहूदी अगुवाहरूले येशूलाई पक्रने उपाय खोजे किनभने उहाँले यो द‍ृष्‍टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । तर तिनीहरू भीडसित डराए । त्यसैले तिनीहरूले उहाँलाई छाडे र गए । \p \v 13 अनि उहाँलाई कुराहरूमा फसाउन तिनीहरूले फरिसीहरू र हेरोदियासहरूमध्ये कसै कसैलाई उहाँकहाँ पठाए । \v 14 जब तिनीहरू आए, तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबीच कुनै भेदभाव गर्नुहुन्‍न । तपाईंले परमेश्‍वरको मार्ग सच्चा रीतिले सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौं कि नतिरौं?” \p \v 15 तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मलाई किन परीक्षा गर्छौ? मलाई एउटा दिनार ल्याओ ताकि म हेर्न सकूँ।” \v 16 तिनीहरूले एउटा दिनार येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कसको स्वरूप र छाप हो?” तिनीहरूले भने, “कैसरको हो ।” \p \v 17 येशूले भन्‍नुभयो, “कैसरका चीजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई नै ।” तिनीहरू उहाँदेखि चकित भए । \p \v 18 त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे, \v 19 “गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन पत्‍नीलाई छौडेर मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ ।’ \v 20 त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले एउटी पत्‍नी ल्यायो र बच्‍चा नभई मर्‍यो । \v 21 दोस्रोले दाजुकी पत्‍नी लग्‍यो र कुनै बालबच्‍चा नभई त्यो मर्‍यो । अनि तेस्रोलाई पनि त्यस्तै भयो । \v 22 अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन । अन्तमा त्यो स्‍‍त्री पनि मरी । \v 23 पुनरुत्थानमा तिनीहरू फेरि जीवित भई उठ्दा, त्यो कसकी पत्‍नी हुनेछे? किनकि ती सातै दाजुभाइले त्यसलाई पत्‍नीको रूपमा लिए । \p \v 24 येशूले भन्‍नुभयो, “तिमीहरूले गल्ती गरेको कारण यही होइन र? किनभने तिमीहरू न त धर्मशास्‍‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जान्दछौ । \v 25 किनकि जब तिनीहरू मृत्युबाट जीवित भई उठ्छन्, तिनीहरूले न विवाह गर्छन् न त विवाहमा नै दिइन्छन्, तर तिनीहरू स्वर्गमा स्वर्गदूतहरूजस्ता हुन्छन् । \v 26 तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको बिषयमा पढेका छैनौ? कि परमेश्‍वर तिनीसँग कसरी बोल्नुभयो र भन्‍नुभयो, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ ।' \v 27 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका हुनुहुन्छ । तिमीहरू धेरै गलत छौ ।” \p \v 28 शास्‍‍त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने; येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा कुन हो?” \p \v 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिं यो हो, ‘सुन्, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, एक मात्र परमप्रभु हुनुहुन्छ । \v 30 तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदय, आफ्नो सारा प्राण, आफ्नो सारा मन र आफ्नो सारा शक्‍तिले प्रेम गर्नुपर्छ ।’ \v 31 दोस्रो आज्ञा यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।” \p \v 32 शास्‍‍त्रीले भने, “गुरुज्यू, तपाईंले ठिक भन्‍नुभयो! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ । \v 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु, सबै होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।” \p \v 34 जब तिनले बुद्धिमानीपूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन । \p \v 35 येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन्? \v 36 दाऊद आफैंले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’ \v 37 दाऊद आफैंले उहाँलाई ‘प्रभु’ भन्छन् भने ख्रीष्‍ट कसरी दाऊदका पुत्र हुन सक्छन् त?” ठुलो भीडले उहाँको कुरा खुसीसाथ सुन्यो । \p \v 38 येशूले आफ्नो शिक्षामा भन्‍नुभयो, “शास्‍‍त्रीहरूदेखि होसियार बस, जसले लामो वस्‍‍त्र लगाएर हिंड्न र बजारमा अभिवादन पाउन, \v 39 अनि सभाघरहरूमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् । \v 40 तिनीहरूले विधवाहरूको घर पनि लुट्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।” \p \v 41 त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो; मानिसहरूले भेटीको बाकसमा भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले । \v 42 त्यसपछि त्यहाँ एक जना गरिब विधवा आई र दुई माइट हाली, अर्थात् एक पैसा जति चढाई । \v 43 उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यस गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छे । \v 44 किनकि सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए । तर यस विधवाले आफ्नो गरिबीबाट, आफ्नो जीविका धान्‍ने सबै पैसा नै अर्पण गरी ।” \c 13 \cl अध्याय १३ \p \v 1 जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस् कति राम्रा ढुङ्गाहरू र कति राम्रा भवनहरू!” \v 2 उहाँले तिनलाई भन्‍नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नरहने गरी सबै भत्काइनेछ ।” \p \v 3 जब उहाँ मन्दिरको सामुन्‍ने जैतूनको डाँडामा बस्‍नुभयो, पत्रुस, याकूब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई गुप्‍तमा सोधे, \v 4 “हामीलाई भन्‍नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्‍दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?” \p \v 5 येशूले तिनीहरूलाई भन्‍न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।” \v 6 मेरो नाउँमा धेरै जना आउनेछन् र भन्‍नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् । \v 7 जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्‍नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन । \v 8 किनकि जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्पहरू र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् । \p \v 9 आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषदहरूमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । शासकहरू र राजाहरूका सामु मेरा खातिर साक्षीको रूपमा तिमीहरू खडा हुनेछौ । \v 10 तर सबै जातिहरूलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ । \v 11 जब तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तब तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनकि त्यो समय तिमीहरूले के बोल्‍नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ । \v 12 भाइले भाइलाई मृत्युको लागि सुम्पिनेछ, र बुबाले छोरोलाई । छोराछोरीहरू आफ्‍ना बुबाआमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् । \v 13 मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्‍थिर रहन्छ, त्यो बचाइनेछ । \p \v 14 जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् । \v 15 घरको छतमा हुने तल घरमा नओर्लोस् वा त्यहाँबाट केही ननिकालोस्, \v 16 र खेतमा हुने आफ्नो खास्टो लिन नफर्कोस् । \v 17 तर हाय, ती दिनहरूमा गर्भवतीहरू र दूध खुवाउनेहरू! \v 18 यो हिउँदमा नपरोस् भनी प्रार्थना गर । \v 19 किनकि ती महासङ्कष्‍टका दिनहरू हुनेछन्, यस्तो त परमेश्‍वरले सृजनु भएको सृष्‍टिको सुरुदेखि अहिलेसम्म भएको छैन, न त कहिल्यै हुनेछ । \v 20 परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्‍ने थिएन । तर ती चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्‍नुभयो, उहाँले दिनहरू घटाइदिनुभयो । \v 21 यदि कसैले तिमीहरूलाई, 'हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ!' भन्यो भने विश्‍वास नगर । \v 22 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्‍ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोका दिन चिन्हहरू र आश्‍चर्यकर्महरू गर्नेछन् । \v 23 सचेत रहो! मैले तिमीहरूलाई अगिबाटै यी सबै कुराहरू बताइदिएको छु । \p \v 24 तर ती दिनको महासङ्कष्‍टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन \v 25 ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गमा भएका शक्‍तिहरू हल्लिनेछन् । \v 26 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्‍ति र महिमामा आउँदै गरेको देख्‍नेछन् । \v 27 तब उनले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उनले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउसम्म आफ्‍ना चुनिएकाहरूलाई एकै ठाउँमा जम्मा गर्नेछन् । \p \v 28 अञ्‍जीरको रूखबाट पाठ सिक । हाँगाहरू कमलो भएर पातहरू लाग्‍नेबित्तिकै, ग्रीष्म नजिकै छ भनी तिमीहरू जान्दछौ । \v 29 त्यसै गरी, जब तिमीहरूले यी सबै कुराहरू घटिरहेको देख्छौ, उनी नजिकै छन्, ढोकाकै नजिक छन् भनी तिमीहरूले जान । \v 30 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्‍म यो पुस्ता बितेर जानेछैन । \v 31 स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरो वचन कहिल्यै बितेर जानेछैन । \v 32 तर त्यस दिन वा घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गमा हुने स्वर्गदूतहरूलाई, न त पुत्रलाई । \v 33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । \f + \ft ग्रीकका केही प्राचीन प्रतिलिपिहरूमा यसरी लेखिएको छः \fqa सचेत रहो! होसियार होओ र प्रार्थना गर । \fqa* \f* \v 34 यो यात्रामा गएका एक जना मानिसजस्तो हो— तिनले आफ्नो घर छोड्छन् र आफ्‍ना सेवकहरू हरेकलाई आ-आफ्‍नो कामसहित तिनको घरको जिम्मा दिन्छन् । अनि तिनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन् । \v 35 त्यसकारण जागा रहो किनभने घरको मालिक कहिले आउँछन् भनी तिमीहरू जान्दैनौ; त्यो साँझ, मध्यरात, भाले बास्दा, वा बिहान हुन सक्छ । \v 36 यदि तिनी अचानक आइपुगे भने तिनले तिमीहरूलाई सुतिरहेको नभेट्टाउन् । \v 37 जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु: जागा रहो!” \c 14 \cl अध्याय १४ \p \v 1 अब यो निस्तार र अखमिरी रोटीको चाडभन्दा दुई दिन अगि थियो । मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए । \v 2 किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस् ।” \p \v 3 जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एउटी स्‍‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शीशीमा लिएर उहाँकहाँ आई, जुन शुद्ध जटामसी थियो । त्यसले त्यो शीशी फुटाई र जटामसी उहाँको टाउकोमा खन्याई \v 4 तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, "यो खेर फाल्‍नुको कारण के हो? \v 5 यो अत्तरलाई तीन सय दिनारभन्दा बढीमा बेच्‍न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” त्यसपछि तिनीहरूले त्यसलाई गाली गरे । \p \v 6 तर येशूले भन्‍नुभयो, “त्यसलाई छोडिदेओ । तिमीहरूले त्यसलाई किन दुःख दिइरहेका छौ? त्यसले मेरो निम्ति राम्रो कुरा गरेकी छे । \v 7 गरिबहरू तिमीहरूसँग सधैं हुन्छन्, र तिमीहरूले जहिले चाहन्छौ तिनीहरूको निम्ति असल गर्न सक्छौ, तर म त तिमीहरूसित सधैं हुनेछैन । \v 8 त्यसले जे गर्न सक्थी त्‍यही गरी । त्यसले मेरो शरीर दफनको निम्ति अभिषेक गरेकी छे । \v 9 साँच्‍चै म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्‍‍त्रीले गरेको काम त्यसको सम्झनामा बताइनेछ । \p \v 10 अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पूजाहारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् । \v 11 जब मुख्य पूजाहारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । त्यसले येशूलाई तिनीहरूका हातमा सुम्पने अवसर हेर्न थाल्यो । \p \v 12 अखमिरी रोटीको चाडको पहिलो दिन तिनीहरूले निस्तार-चाडको थुमा चढाउँदा उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तार-चाडको भोज खान सक्‍नुभएको होस्?” \p \v 13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ । त्यसलाई पछ्याओ । \v 14 जुन घरभित्र त्यो पस्छ, त्यसलाई भित्र पछ्‍याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, 'मेरो पाहुना कोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?'” \v 15 त्यसले तिमीहरूलाई एउटा तयार भएको माथिल्लो तलाको ठुलो कोठा देखाउनेछ। त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।” \v 16 तब चेलाहरू निस्के र सहरतिर लागे । उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै तिनीहरूले सबै पाए र तिनीहरूले निस्तार-चाडको भोज तयारी गरे । \v 17 जब साँझ पर्‍यो, उहाँ बाह्र जनासँग आउनुभयो । \p \v 18 जसै उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।” \p \v 19 तिनीहरू सबै अत्ति निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “पक्‍कै म होइन?” \p \v 20 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग कचौरामा रोटी चोपिरहेको छ । \v 21 किनकि मानिसका पुत्र धर्मशास्‍‍त्रमा उनको बारेमा लेखिएबमोजिम जानेछन् । तर धिक्‍कार त्यो मानिसलाई जसद्वारा मानिसका पुत्रलाई धोका दिइन्छ! त्यसको निम्ति त्यो नजन्मिएको भए नै असल हुनेथियो ।” \p \v 22 जसै उहाँहरू खाँदै हुनुहुन्थ्यो, येशूले रोटी लिनुभयो, त्यसलाई आशिष्‌‌ दिनुभयो, र त्यो भाँच्‍नुभयो । उहाँले त्यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।” \v 23 उहाँले कचौरा लिनुभयो, धन्यवाद दिनुभयो, र त्यो तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए । \v 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ । \v 25 साँच्‍चै म तिमीहरूलाई भन्दछु, म यो दाखको फलबाट फेरि त्यस दिनसम्‍म पिउनेछैनँ, जबसम्म म परमेश्‍वरको राज्यमा त्यसलाई नयाँ गरी पिउँदिनँ ।" \v 26 उहाँहरूले एउटा भजन गाउनुभएपछि उहाँहरू जैतून डाँडामा जानुभयो । \p \v 27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’ \v 28 तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।” \p \v 29 पत्रुसले उहाँलाई भने, “सबैजना पछि हटे पनि म पछि हट्नेछैनँ ।” \p \v 30 येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्दछु, आज—हो, यसै रात—भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” \p \v 31 तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे । \p \v 32 उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा आइपुग्‍नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस ।” \v 33 उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुन लाग्‍नुभयो । \v 34 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।” \v 35 येशू अलि परतिर जानुभयो, भुइँमा घोप्‍टो पर्नुभयो र यदि सम्भव भए त्यो घडी उहाँबाट हटेर जाओस् भनेर प्रार्थना गर्नुभयो । \v 36 उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पूरा होस् ।” \v 37 उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, तिमी निदायौ? के एक घण्टा पनि जागा रहन सकेनौ? \v 38 जागा रहो र तिमीहरू परीक्षामा नपरोस् भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, तर शरीर कमजोर छ ।” \v 39 उहाँ फेरि जानुभयो र अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो । \v 40 जब उहाँ फेरि आउनुभयो, उहाँले तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए । उहाँलाई के भन्‍ने भनी तिनीहरूले जानेनन् । \v 41 उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो! समय आएको छ । हेर! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिंदै छन् । \v 42 उठ; जाऔं । हेर, मलाई धोका दिने नजिकै छ ।” \p \v 43 उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो । \v 44 अब उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई यसो भनेर एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, तिनी त्यही हुन् । तिनलाई समात र सुरक्षा घेरामा लैजाओ ।” \v 45 जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी,” र त्यसले उहाँलाई चुम्बन गर्‍यो । \v 46 त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र उहाँलाई पक्रे । \v 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र प्रधान पूजाहारीको सेवकलाई प्रहार गरे र त्यसको कान काटिदिए । \p \v 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकूको विरुद्धमा आएझैं तरवार र भाला लिएर मलाई पक्रन आउँछौ? \v 49 जब म तिमीहरूसँग दैनिक हुन्थें र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍‍त्र पूरा होस् भनेर यस्तो भयो ।” \p \v 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे । \v 51 सूतीको कपडा मात्र बेरेको एक जना जवान मानिस येशूलाई पछ्‍याइरहेको थियो । जब मानिसहरूले त्यसलाई पक्रे, \v 52 त्यसले त्यो सूतीको कपडा त्यहीं नै छाड्‍यो र नाङ्गै भाग्यो । \p \v 53 तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे । त्यहाँ उहाँसँग मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍‍त्रीहरू सबै भेला भएका थिए । \v 54 अब पत्रुसले चाहिं टाढैबाट उहाँलाई प्रधान पूजाहारीको घरको आँगनसम्म पछ्याए, र तिनी पहरेदारहरूमाझ बसे, जसले न्यानो हुन आगो ताप्दै थिए । \v 55 अब मुख्य पूजाहारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् । \v 56 किनकि धेरैले उहाँको विरुद्धमा झूटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन । \v 57 कोही खडा भए र उहाँको विरुद्धमा झूटो गवाही ल्याए; तिनीहरूले भने, \v 58 “यसले यसो भनेको हामीले सुन्यौं, ‘हातद्वारा बनाइएको यो मन्दिर म नष्‍ट गर्नेछु, र तीन दिनमा हातबिना बनाइएको अर्को मन्दिर म बनाउनेछु' ।” \v 59 तापनि तिनीहरूको गवाही एकै मतको भएन । \p \v 60 प्रधान पूजाहारी तिनीहरूका बीचमा उभिए र येशूलाई सोधे, “के तँ कुनै जवाफ दिंदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?” \v 61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पूजाहारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तँ धन्यको पुत्र ख्रीष्‍ट होस्?” \p \v 62 येशूले भन्‍नुभयो, “म उही हुँ, र तपाईंहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बस्दा र आकाशको बादलसँगै आउँदा देख्‍नुहुनेछ ।” \p \v 63 प्रधान पूजाहारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र? \v 64 तिमीहरूले ईश्‍वर-निन्दा सुनेकै छौ । तिमीहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्युको योग्य भएकोलाई झैं दोष लगाए । \p \v 65 कोही कोहीले उहाँलाई थुक्‍न, र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र उहाँलाई भने, “अगमवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे । \p \v 66 पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका सेविकाहरूमध्ये एक जना तिनीकहाँ आई । \v 67 त्यसले पत्रुसलाई न्यानो हुन आगो तापिरहेको देखी र तिनलाई नियालेर हेरी र भनी, “तिमी पनि येशू नासरीसँग थियौ ।” \p \v 68 तर तिनले यसो भन्दै इन्कार गरे, “तैँले केको बारेमा भनिरहेकी छेस्, त्यो न त म जान्दछु, न बुझ्छु ।" त्यसपछि तिनी आँगनमा गए । \f + \ft केही प्राचीन प्रतिलिपिहरूमा निम्‍न पदावली समावेश छः \fqa अनि भाले बास्यो । \fqa* तर प्राचीन उत्क‍ृष्‍ट प्रतिलिपिहरूमा उक्‍त पदावली छैन । \f* \p \v 69 तर सेविकाले तिनलाई त्यहाँ देखी र ती त्यहाँ उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्छे तिनीहरूमध्येकै एक हो!” \p \v 70 तर तिनले फेरि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।” \p \v 71 तर तिनले आफैंलाई सराप्‍न र किरिया हालेर भन्‍न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।” \p \v 72 तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले तिनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ,” र तिनी धुरुधुरु रोए । \c 15 \cl अध्याय १५ \p \v 1 बिहान सबेरै मुख्य पूजाहारीहरूले धर्म-गुरुहरू, शास्‍‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍लाई एकसाथ भेटे । अनि तिनीहरूले येशूलाई बाँधे र उहाँलाई लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए । \v 2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले तिनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।” \v 3 मुख्य पूजाहारीहरूले उहाँलाई धेरै कुराहरूको दोष लगाइरहेका थिए । \v 4 पिलातसले फेरि पनि येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिंदैनौ? हेर तिनीहरूले तिमीलाई कति धेरै कुराहरूको दोष लगाउँदैछन्!” \v 5 तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे । \p \v 6 अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे । \v 7 बारब्बा नाउँ गरेको एकजना मानिस विद्रोहीहरूसँग झ्यालखानामा थिए, जसले विद्रोहको समयमा हत्या गरेका थिए । \v 8 भीड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैं तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाल्यो । \v 9 पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ?” \v 10 किनकि डाहको कारणले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो । \v 11 तर मुख्य पूजाहारीहरूले भीडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साए । \v 12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?” \p \v 13 तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!” \p \v 14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस् ।” \v 15 पिलातसले भीडलाई सन्तुष्‍ट पार्न चाहे, त्यसैले तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र त्यसपछि उहाँलाई क्रूसमा टाँग्‍नको निम्ति सुम्पिदिए । \p \v 16 सिपाहीहरूले उहाँलाई चोक (अर्थात् सरकारी मुख्यालय) भित्र लगे, र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई एकसाथ बोलाए । \v 17 तिनीहरूले येशूलाई बैजनी रङ्गको पोशाक पहिराइदिए, र तिनीहरूले काँढाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए । \v 18 तिनीहरूले “यहूदीहरूका राजाको जय!” भनी उहाँलाई सलाम गर्न थाले । \v 19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काइरहेका र उहाँलाई थुकिरहेका थिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र घोप्‍टो परे । \v 20 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि, तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए, र उहाँलाई क्रूसमा टाँग्‍न बाहिर लिएर गए । \p \v 21 एकजना मानिस, कुरेनीका सिमोन गाउँबाट आइरहेका थिए, (तिनी अलेक्जेन्डर र रूफसका बुबा थिए), र तिनीहरूले उहाँको क्रूस बोक्‍न तिनलाई कर लगाए । \v 22 सिपाहींहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए (जसको अर्थ “खप्परको ठाउँ” हुन्छ) । \v 23 तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन । \v 24 तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र प्रत्येक सिपाहींले उहाँको पोशाकको कुनचाहिं टुक्रा लिने भनी चिट्ठा हालेर भाग लगाए । \p \v 25 तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍दा तेस्रो घडी भएको थियो । \v 26 उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।” \v 27 तिनीहरूले उहाँसँग दुई जना डाँकूलाई क्रूसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई उहाँको देब्रेपट्टि । \v 28 प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १५ः२८ छैन; “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍‍त्रको वचन पूरा भयो । \v 29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै यसो भनेर उहाँको अपमान गरे, “वाह! तँ मन्दिरलाई नष्‍ट गरेर तीन दिनभित्रै निर्माण गर्ने, \v 30 क्रूसबाट ओर्लेर आफैंलाई बचा!” \p \v 31 त्यसै गरी मुख्य पूजाहारीहरूले शास्‍‍त्रीहरूसँग मिलेर एक-आपसमा उहाँको गिल्‍ला गर्दै थिए, र भने “यसले अरूहरूलाई त बचायो, तर आफैंलाई बचाउन सक्दैन । \v 32 इस्राएलका राजा, ख्रीष्‍ट अब क्रूसबाट तल ओर्लेर आओस्, ताकि हामीले देखौं र विश्‍वास गरौं ।” अनि उहाँसँगै क्रूसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे । \p \v 33 छैटौं घडीदेखि नवौं घडीसम्म सारा जगत्‌मा अन्धकार छायो । \v 34 नवौं घडीमा येशू ठुलो स्वरमा कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको छ?” भन्‍ने हुन्छ । \p \v 35 त्यहाँ उभिएकाहरूमध्ये केहीले उहाँको वचन सुने र भने, “हेर, त्यसले एलियालाई बोलाउँदैछ ।” \p \v 36 कोही दौडेर गयो, एउटा स्पन्जमा सिर्का हाल्यो, त्यसलाई निगालोको लट्ठीमा राख्यो, अनि उहाँलाई त्यो पिउन दियो । त्यो मानिसले भन्यो, “हेरौं, त्यसलाई तल झार्न एलिया आउँछन् कि ।” \v 37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो । \v 38 अनि मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो । \p \v 39 येशू यसरी मर्नुभएको देखेर उहाँको सामु उभिएको कप्तानले भने, "साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए!" \v 40 त्यहाँ टाढाबाटै हेर्ने स्‍‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा) र सलोमी थिए । \v 41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍‍त्रीहरू पनि उहाँसँग यरूशलेम आए । \p \v 42 जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् विश्रामको दिनको अगिल्लो दिन भएको हुनाले \v 43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे । \v 44 येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे । \v 45 पिलातसले येशू मर्नुभएको कुरा कप्‍तानबाट थाहा पाएपछि तिनले योसेफलाई लास दिए । \v 46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रूसबाट तल झारे, उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले एउटा ढुङ्गालाई गुडाएर चिहानको मुख छोपे । \v 47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए । \c 16 \cl अध्याय १६ \p \v 1 जब विश्रामको दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला किने, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् । \v 2 हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए । \v 3 तिनीहरूले एक-आपसमा भन्‍दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?” \v 4 जब तिनीहरूले माथितिर हेरे, ढुङ्गा हटाइसकेको तिनीहरूले देखे, किनकि त्यो धेरै ठुलो थियो । \p \v 5 तिनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू छक्‍क परे । \v 6 तिनले तिनीहरूलाई भने, “छक्‍क नपर” तिमीहरूले येशू नासरीलाई खोज्दैछौ जसलाई क्रूसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर । \v 7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, 'उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदैहुनुहुन्छ । उहाँले तिमीहरूलाई भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ । \v 8 तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनभने तिनीहरू डराएका थिए । \p \v 9 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६ः९-२० छैन । \f* [हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो । \v 10 तिनी गइन् र उहाँसँग भएकाहरूलाई बताइन्, त्यस बेला तिनीहरू विलाप गरिरहेका र रोइरहेका थिए । \v 11 उहाँ जीवित हुनुहुन्थ्यो र तिनले उहाँलाई देखेकी थिइन् भन्‍ने तिनीहरूले सुने, तर तिनीहरूले विश्‍वास गरेनन् । \v 12 त्यसपछि तिनीहरूमध्ये दुई जना गाउँतिर जाँदै गर्दा उहाँ तिनीहरूकहाँ अर्कै स्‍वरूपमा देखा पर्नुभयो । \v 13 तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर तिनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन् । \v 14 पछिबाट येशू एघार जनाकहाँ, तिनीहरू टेबुलमा अडेस लगाएर बसिरहँदा देखा पर्नुभयो, अनि उहाँले तिनीहरूको अविश्‍वास र हृदयको कठोरताको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्‍नेहरूका कुरा तिनीहरूले विश्‍वास गरेनन् । \p \v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर । \v 16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ, र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ । \v 17 विश्‍वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् । \v 18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि त्यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् । \p \v 19 प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो । \v 20 चेलाहरू गए र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका चिन्हहरूद्वारा वचनलाई पुष्‍टि गर्नुभयो ।] \f + \ft मर्कूस १६ः९ मा भएको नोट हेर्नुहोस् । \f*