Door43-Catalog_ne_tn/1co/09/01.md

31 lines
3.8 KiB
Markdown
Raw Normal View History

2020-02-12 22:37:20 +00:00
# जोड्ने कथनः
पावलले ख्रीष्‍टमा आफूसित भएको स्‍वतन्‍त्रतालाई तिनले कसरी प्रयोग गर्छन् भनी व्याख्या गर्छन् ।
# के म स्वतन्‍त्र छैन ?
पावलले कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्‍नको प्रयोग उनीसँग भएको अधिकारको बारेमा सम्झना दिलाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “म एक स्वतन्त्र व्यक्ति हुँ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# के म प्रेरित होइन ?
पावलले कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्‍नको प्रयोग उनी को हुन् र उनीसँग कस्तो अधिकार छ भनेर सम्झाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “म एक प्रेरित हुँ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# के मैले येशू हाम्रा प्रभुलाई देखेको छैन ?
पावलले कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्‍नको प्रयोग उनी को हुन् भनेर सम्झना दिलाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “मैले येशू हाम्रा प्रभुलाई देखेको छु ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# के तिमीहरू प्रभुमा मेरा हातका सिप होइनौ र ?
पावलले कोरिन्थीहरूसँग उनको सम्बन्धबारे तिनीहरूलाई सम्झाउनको लागि यो आलङ्कारिक प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “मैले जसरी काम गरुँ भन्‍ने प्रभु इच्‍छा गर्नुहुन्‍छ, मैले त्‍यसरी नै काम गरेको हुनाले तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्‍यौ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिमीहरू नै प्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ
“प्रमाण” शब्‍द कुनै कुराको बारेमा प्रमाणित गर्न आवश्‍यक हुने सबुत जनाउने लाक्षणार्थ हो । वैकल्‍पिक अनुवादः “प्रभुले मलाई प्रेरित हुनका लागि छान्‍नुभएको हो भन्‍ने कुरा प्रमाणित गर्न मैले प्रयोग गर्न सक्‍ने सबुत तिमीहरू नै हौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/free]]
* [[rc://*/tw/dict/bible/kt/apostle]]
* [[rc://*/tw/dict/bible/kt/jesus]]
* [[rc://*/tw/dict/bible/kt/lordgod]]