ne_ulb/67-REV.usfm

649 lines
157 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id REV Unlocked Literal Bible
\ide UTF-8
\h प्रकाश
\toc1 यूहन्‍नालाई भएको प्रकाश
\toc2 प्रकाश
\toc3 rev
\mt1 यूहन्‍नालाई भएको प्रकाश
\s5
\c 1
\p
\v 1 परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो ।
\v 2 परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।
\v 3 अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ ।
\s5
\v 4 यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा,
\v 5 अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो ।
\v 6 उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस् । आमेन ।
\s5
\v 7 हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन ।
\v 8 सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।
\s5
\v 9 म तिमीहरूका दाजु यूहन्‍ना र जसले राज्य र कष्‍टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।
\v 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।
\v 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”
\s5
\v 12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।
\v 13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
\s5
\v 14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए ।
\v 15 उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो ।
\v 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।
\s5
\v 17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।
\v 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
\s5
\v 19 त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
\v 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”
\s5
\c 2
\p
\v 1 “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
\v 2 तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ ।
\s5
\v 3 मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।
\v 4 तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ ।
\v 5 यसकारण, तिमी कहाँबाट पतन भयौ सो सम्झ । तिमीले पहिले गरेका कामहरू गर र पश्‍चात्ताप गर । म तिमीकहाँ आउनेछु र तिमीले पश्‍चात्ताप नगरेसम्म म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।
\s5
\v 6 तर तिमीमा यो छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु ।
\v 7 मण्डलीहरूलाई आत्माले के भन्‍नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्‍वरको स्वर्गलोक हो’ ।”
\s5
\v 8 “स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।
\v 9 मलाई तिम्रा कष्‍टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् ।
\s5
\v 10 तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ । हेर ! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ । मृत्युसम्मै विश्‍वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
\v 11 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्‍त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्‍याइनेछैन’ ।”
\s5
\v 12 “पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो ।
\v 13 मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्‍ने ठाउँमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्‍वासलाई इन्कार गरेनौ ।
\s5
\v 14 तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्ये कोही-कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून् भन्‍ने हेतुले ठेस लाग्‍ने ढुङ्गा ती छोराछोरीहरूको अगि फ्याँक्‍न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् ।
\v 15 त्यसै गरी, तिमीहरूमध्ये कोही-कोही निकोलाइटसका शिक्षाहरूलाई दह्रो गरी पक्रनेहरू पनि छन् ।
\s5
\v 16 त्यसैकारण, पश्‍चात्ताप गर ! यदि पश्‍चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु ।
\v 17 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्‍न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”
\s5
\v 18 “थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्‍वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।
\v 19 तिम्रो प्रेम, विश्‍वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्‍वका छन् ।
\s5
\v 20 तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्‍ने स्‍त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।
\v 21 मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्‍चात्ताप गर्ने इच्छा गरिन ।
\s5
\v 22 हेर ! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्‍चात्ताप नगरेसम्म ठुलो कष्‍टमा पार्नेछु ।
\v 23 म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।
\s5
\v 24 तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन, र कतिपयले शैतानका गहिरा कुराहरू जान्दैन, तिमीहरूलाई म भन्दछु, कि तिमीहरूमाथि अरू कुनै भार बोकाउनेछैनँ ।
\v 25 जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख ।
\s5
\v 26 जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, उसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु ।
\v 27 कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।
\v 28 मैले मेरा पिताबाट प्राप्‍त गरेजस्तै उसलाई म बिहानको तारा दिनेछु ।
\v 29 जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”
\s5
\c 3
\p
\v 1 “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्‍वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
\v 2 उठ र जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्‍वरको दृष्‍टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ ।
\s5
\v 3 त्यसकारण, जुन कुरा तिमीले प्राप्‍त गर्‍यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्‍चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्‍नेछैनौ ।
\v 4 तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्‍त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्‍त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् ।
\s5
\v 5 जसले जित्छ, उसलाई सेतो वस्‍त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
\v 6 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”
\s5
\v 7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
\v 8 तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्‍ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।
\s5
\v 9 हेर, जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झुट बोलिरहेका छन् । म तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्‍नेछन् ।
\v 10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।
\v 11 म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
\s5
\v 12 जसले जित्छ त्यसलाई म मेरा परमेश्‍वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्‍वरको सहरको नाउँ, मेरा परमेश्‍वरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
\v 13 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”
\s5
\v 14 “लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्‍वरका सृष्‍टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।
\v 15 मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ ।
\v 16 त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु ।
\s5
\v 17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।
\v 18 मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई चम्किलो सेतो वस्‍त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्‍न सक ।
\s5
\v 19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।
\v 20 हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।
\s5
\v 21 जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्‍नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।
\v 22 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”
\s5
\c 4
\p
\v 1 यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
\v 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।
\v 3 त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो ।
\s5
\v 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए ।
\v 5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।
\s5
\v 6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।
\s5
\v 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।
\v 8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
\s5
\v 9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए,
\v 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,
\v 11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”
\s5
\c 5
\p
\v 1 तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ ।
\v 2 “यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ ?” भनी एक जना शक्‍तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ ।
\s5
\v 3 स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन ।
\v 4 म दुःखित भएर रोएँ, किनकि यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन ।
\v 5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर ! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्‍त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
\s5
\v 6 मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्‍वरका सात आत्मा हुन् ।
\v 7 उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्‍नुभयो ।
\s5
\v 8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् ।
\s5
\v 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।
\v 10 परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
\s5
\v 11 तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो ।
\v 12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।”
\s5
\v 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्‍ति सदासर्वदा होस् ।”
\v 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
\s5
\c 6
\p
\v 1 जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्‍नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ ।
\v 2 मैले हेरेँ र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्‍नेले जस्तै गरी उनी विजयी गर्नलाई आए ।
\s5
\v 3 जब थुमाले दोस्रो छापलाई खोल्‍नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनिरहेको सुनेँ ।
\v 4 तब अर्को अग्‍निमय रातो घोडा निस्केर आयो । त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो । त्यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
\s5
\v 5 जब थुमाले तेस्रो छापलाई खोल्‍नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए ।
\v 6 मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्‍ट नगर्नू ।”
\s5
\v 7 जब थुमाले चौथो छापलाई खोल्‍नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ ।
\v 8 तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो ।
\s5
\v 9 जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ ।
\v 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न ?”
\v 11 तब तिनीहरू हरेकलाई एउटा सेतो वस्‍त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।
\s5
\v 12 जब थुमाले छैटौँ छापलाई खोल्‍नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो ।
\v 13 जसरी अञ्‍जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।
\v 14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।
\s5
\v 15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।
\v 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस ! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
\v 17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र ? ।”
\s5
\c 7
\p
\v 1 त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए । त्यसैले, पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् ।
\v 2 जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,
\v 3 “हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”
\s5
\v 4 मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः
\v 5 यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो,
\v 6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।
\s5
\v 7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,
\v 8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।
\s5
\v 9 यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।
\v 10 अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमाको हो ।”
\s5
\v 11 अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे,
\v 12 “आमेन । हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति र बल सदासर्वदा भइरहोस् । आमेन ।”
\s5
\v 13 त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्‍त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन् ?”
\v 14 अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।
\s5
\v 15 यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।
\v 16 तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ ।
\v 17 किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्‍याउनुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”
\s5
\c 8
\p
\v 1 जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्‍नाटा छायो ।
\v 2 त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।
\s5
\v 3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्‍वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो ।
\v 4 विश्‍वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्‍वरको अगाडि पुग्यो ।
\v 5 स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो ।
\s5
\v 6 तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्‍नलाई तयार भए ।
\v 7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।
\s5
\v 8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो ।
\v 9 त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्‍ट भए ।
\s5
\v 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो ।
\v 11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।
\s5
\v 12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
\s5
\v 13 अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्‍नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍ने मानिसहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।”
\s5
\c 9
\p
\v 1 त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्‍वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो ।
\v 2 त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्‍डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो ।
\s5
\v 3 धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्‍ति तिनीहरूलाई दिइयो ।
\v 4 पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।
\s5
\v 5 तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्‍ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्‍तिलाई बिच्छीले डसेको जस्तो हुनेछ ।
\v 6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्‍नेछ ।
\s5
\v 7 सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे ।
\v 8 तिनीहरूका कपाल स्‍त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए ।
\v 9 तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।
\s5
\v 10 तिनीहरूका पुच्‍छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्‍ति थियो ।
\v 11 गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोल्‍लियोन थियो ।
\v 12 पहिलो विपत्ति बितिहाल्यो । हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् ।
\s5
\v 13 छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने ।
\v 14 तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”
\v 15 मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।
\s5
\v 16 घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ ।
\v 17 यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्‍धक निस्‍कन्थे ।
\s5
\v 18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो ।
\v 19 किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए ।
\s5
\v 20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्‍न, सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्;
\v 21 न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्‍चात्ताप गरे ।
\s5
\c 10
\p
\v 1 त्यसपछि मैले स्वर्गबाट अर्को शक्‍तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
\v 2 तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।
\s5
\v 3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले ।
\v 4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्‍नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्‍त राख । यसलाई नलेख ।”
\s5
\v 5 तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्‍वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।
\v 6 त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्‍वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्‍टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन ।
\v 7 तर त्यस दिन सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्‍नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्‍ताहरूलाई घोषणा गर्नुभएजस्तै त्यो रहस्य परमेश्‍वरले पुरा गर्नुहुनेछ ।”
\s5
\v 8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”
\v 9 जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लाऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।”
\s5
\v 10 मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो ।
\v 11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
\s5
\c 11
\p
\v 1 मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्‍वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो ।
\v 2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् ।
\s5
\v 3 मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”
\v 4 यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्‍वरको अगि उभिएका थिए ।
\v 5 यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई पनि यसरी नै मारिनुपर्छ ।
\s5
\v 6 यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्‍ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने र पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति तिनीहरूसित थियो ।
\v 7 जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।
\s5
\v 8 तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् (जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ) जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो ।
\v 9 किनकि साँढे तिन दिनसम्म हरेक राष्‍ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् ।
\s5
\v 10 पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।
\v 11 तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ ।
\v 12 तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्‍नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् ।
\s5
\v 13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्‍प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूक‍म्‍पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्‍वरलाई महिमा दिनेछन् ।
\v 14 दोस्रो विपत्ति बितिगयो । हेर, तेस्रो विपत्ति चाँडै आउँदै छ ।
\s5
\v 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
\s5
\v 16 त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे ।
\v 17 तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्‍यो, किनकि तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ ।
\s5
\v 18 संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”
\s5
\v 19 तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्‍यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूक‍म्‍प गयो, र ठुला-ठुला असिना परेका थिए ।
\s5
\c 12
\p
\v 1 स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्‍त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई ।
\v 2 त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्‍च्याइरहेकी थिई ।
\s5
\v 3 त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर ! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो ।
\v 4 त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्‍त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् ।
\s5
\v 5 त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्‍वर र उहाँको सिंहासनतिर लगियो ।
\v 6 अनि त्यो स्‍त्री उजाड-स्थानभित्र भागी, जहाँ परमेश्‍वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि बाह्र सय साठी दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् ।
\s5
\v 7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे ।
\v 8 तर जित्‍नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्‍त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन ।
\v 9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।
\s5
\v 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्‍ति, शक्‍ति, हाम्रा परमेश्‍वरको राज्य, ख्रीष्‍टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।
\s5
\v 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
\v 12 त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्‍कार ! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ ।
\s5
\v 13 आफू पृथ्‍वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्‍यो, तब त्यसले बालक जन्माउने स्‍त्रीलाई सतायो ।
\v 14 अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्‍त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।
\s5
\v 15 त्यस स्‍त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो ।
\v 16 तर पृथ्वीले स्‍त्रीलाई सहायता गर्‍यो । अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो ।
\v 17 त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
\v 18 तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।
\s5
\c 13
\p
\v 1 त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्‍वर-निन्दाका नाउँहरू थिए ।
\v 2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्‍ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो ।
\s5
\v 3 त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्‍थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए ।
\v 4 तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र ?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र ?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।
\s5
\v 5 त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्‍वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।
\v 6 त्यसैले, परमेश्‍वरको विरुद्ध ईश्‍वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
\s5
\v 7 विश्‍वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो ।
\v 8 पृथ्वीमा बस्‍ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् ।
\s5
\v 9 कसैको कान छ भने, त्यसले सुनोस् ।
\v 10 कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्‍वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।
\s5
\v 11 तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।
\v 12 त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्‍तिको अभ्यास गर्‍यो, अनि पृथ्वी र त्यहाँ बस्‍ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।
\s5
\v 13 त्यसले शक्‍तिशाली आश्‍चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्‍यो ।
\v 14 शक्‍तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्‍यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो ।
\s5
\v 15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् ।
\v 16 अनि त्यसले शक्‍तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्‍त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो ।
\v 17 त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्‍न वा बेच्‍न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ ।
\s5
\v 18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्‍टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
\s5
\c 14
\p
\v 1 मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
\v 2 मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो ।
\s5
\v 3 धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्‍वीबाट ल्याइएका १,४४, बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो ।
\v 4 यिनीहरू जसले आफैलाई स्‍त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्‍वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।
\v 5 तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
\s5
\v 6 तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्‍वीमा बस्‍ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो ।
\v 7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
\s5
\v 8 अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
\s5
\v 9 अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,
\v 10 उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
\s5
\v 11 तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्‍नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।
\v 12 पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्‍वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्‍वास राख्छन् ।”
\s5
\v 13 मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्‍नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
\s5
\v 14 मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्‍नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो ।
\v 15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्‍नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्‍वीको बाली पाकिसकेको छ ।”
\v 16 तब बादलमाथि बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, र पृथ्‍वीमा कटनी भयो ।
\s5
\v 17 स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो ।
\v 18 अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्‍वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।”
\s5
\v 19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्‍वीमा चलाए र पृथ्‍वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्‍वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए ।
\v 20 सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्‍चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।
\s5
\c 15
\p
\v 1 तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।
\s5
\v 2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्‍वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
\s5
\v 3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
\v 4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र ? तपाईंसँग को डराउँदैन ? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
\s5
\v 5 यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो ।
\v 6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
\s5
\v 7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।
\v 8 परमेश्‍वरको महिमा र उहाँको शक्‍तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्‍जेलसम्म कोही पनि त्यसभित्र पस्‍न सकेन ।
\s5
\c 16
\p
\v 1 मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”
\s5
\v 2 पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।
\s5
\v 3 दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।
\s5
\v 4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए ।
\v 5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो ।
\v 6 किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”
\v 7 वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
\s5
\v 8 चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।
\v 9 तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्‍चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।
\s5
\v 10 पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए ।
\v 11 तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्‍वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।
\s5
\v 12 छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।
\v 13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ ।
\v 14 किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।
\s5
\v 15 “हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्‍त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्‍न नपरोस् ।”
\v 16 तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।
\s5
\v 17 तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”
\v 18 त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्‍टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।
\v 19 त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्‍ट भए । अनि परमेश्‍वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो ।
\s5
\v 20 हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् ।
\v 21 आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्‍वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
\s5
\c 17
\p
\v 1 सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।
\v 2 त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”
\s5
\v 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।
\v 4 त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई ।
\v 5 एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।”
\s5
\v 6 मैले त्यस स्‍त्रीले विश्‍वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्‍है नै चकित भएँ ।
\v 7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ ? म तिमीलाई त्यो स्‍त्री र त्यसलाई बोक्‍ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।
\s5
\v 8 तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ ।
\s5
\v 9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्‍त्री बसेकी छे ।
\v 10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ ।
\s5
\v 11 त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्‍ये त्यो एक हो, तर त्यो नष्‍ट हुन गइरहेको छ ।
\s5
\v 12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्‍त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्‍त गर्नेछन् ।
\v 13 यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्‍ति र अधिकार त्यो पशुलाई दिन्छन् ।
\v 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्‍वासयोग्यहरू हुन् ।”
\s5
\v 15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”
\s5
\v 16 तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।
\v 17 किनभने परमेश्‍वरको वचन पुरा नहोउञ्‍जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्‍वरले यस्तो विचार हलिदिनुभयो ।
\s5
\v 18 तिमीले देखेको त्यो स्‍त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो ।”
\s5
\c 18
\p
\v 1 यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्‍ति थियो, र उनको महिमाद्वारा पृथ्‍वी उज्यालो भएको थियो ।
\v 2 उनी शक्‍तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्‍ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे ।
\v 3 किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्‍तिको जीवन यापनबाट पृथ्‍वीका व्यापारीहरू धेरै धनी भएका छन् ।”
\s5
\v 4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् ।
\v 5 त्यसका पापहरूको थुप्रो स्वर्गजस्तै अग्लो भएको छ, र परमेश्‍वरले त्यसका दुष्‍ट कामहरूको सम्झना गर्नुभएको छ ।
\v 6 जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ ।
\s5
\v 7 जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु , म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’
\v 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।”
\s5
\v 9 पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ ।
\v 10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन ! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।”
\s5
\v 11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन ।
\v 12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर,
\v 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू ।
\s5
\v 14 तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् ।
\s5
\v 15 यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् ।
\v 16 तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् ।
\v 17 एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए ।
\s5
\v 18 त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र ?”
\v 19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महान् सहरलाई धिक्‍कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।”
\v 20 स्वर्ग, त्यसमाथि आनन्द गर, विश्‍वासीहरू, प्रेरितहरू र अगमवक्‍ताहरू, किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको छ ।”
\s5
\v 21 एक जना शक्‍तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन ।
\v 22 वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूको धुन तँमा फेरि कहिल्‍यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन ।
\s5
\v 23 बत्तीको ज्योति तँमा कहिल्‍यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्‍यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्‍वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए ।
\v 24 त्यसैमा अगमवक्‍ताहरू र विश्‍वासीहरूको रगत र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
\s5
\c 19
\p
\v 1 यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह ! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन् ।
\v 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”
\s5
\v 3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह ! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।”
\v 4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह !” भनिरहेका थिए ।
\s5
\v 5 त्यसपछि सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्‍वरको प्रशंसा गर ।”
\s5
\v 6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।
\s5
\v 7 हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।”
\v 8 तिनलाई मलमलको वस्‍त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्‍त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
\s5
\v 9 स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्‍त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्‍वरका सत्य वचन हुन् ।’
\v 10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ ।”
\s5
\v 11 तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्‍वासयोग्य भनिन्थ्यो । उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
\v 12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।
\v 13 उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्थ्यो ।”
\s5
\v 14 मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।
\v 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।
\v 16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।
\s5
\v 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ ।
\v 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।”
\s5
\v 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।
\v 20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।
\s5
\v 21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
\s5
\c 20
\p
\v 1 तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो ।
\v 2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
\v 3 उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ ।
\s5
\v 4 अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्‍वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
\s5
\v 5 बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्‍थान हो ।
\v 6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्‍ति हुँदैन । तिनीहरूले परमेश्‍वर र ख्रीष्‍टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।
\s5
\v 7 जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ ।
\v 8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् ।
\s5
\v 9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।
\v 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।
\s5
\v 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।
\v 12 मैले शक्‍तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।
\s5
\v 13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो ।
\v 14 मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो ।
\v 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।
\s5
\c 21
\p
\v 1 अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्‍वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्‍वी बितिगए, र समुद्र त छँदै थिएन ।
\v 2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
\s5
\v 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।
\v 4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
\s5
\v 5 सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्‍नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन् ।”
\v 6 उहाँले मलाई भन्‍नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु ।
\s5
\v 7 जसले विजय प्राप्‍त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्‍वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
\v 8 तर डराउनेहरू, अविश्‍वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
\s5
\v 9 अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु ।”
\v 10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
\s5
\v 11 यरूशलेममा परमेश्‍वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो ।
\v 12 त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए ।
\v 13 पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्‍चिममा तिनवटा ढोका थिए ।
\s5
\v 14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए ।
\v 15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो ।
\s5
\v 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) ।
\v 17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) ।
\s5
\v 18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो ।
\v 19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो ।
\v 20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्‍न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो ।
\s5
\v 21 बाह्रवटा ढोका बाह्र मोतीका थिए । प्रत्येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे ।
\v 22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ ।
\s5
\v 23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्‍वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ ।
\v 24 त्यस सहरमा जाति-जातिहरू ज्योतिद्वारा हिँड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन् ।
\v 25 यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन्, र त्यहाँ रात हुनेछैन ।
\s5
\v 26 जाति-जातिहरूले आफ्ना गौरव र आदर त्यसभित्र ल्याउनेछन् ।
\v 27 र कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्‍न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्‍न पाउनेछन् ।
\s5
\c 22
\p
\v 1 त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
\v 2 यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
\s5
\v 3 त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्‍वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
\v 4 तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
\v 5 त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूका ज्योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् ।
\s5
\v 6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन् । अगमवक्‍ताहरूका आत्माका परमप्रभु परमेश्‍वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”
\v 7 “हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो ।”
\s5
\v 8 म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।
\v 9 तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर ।”
\s5
\v 10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
\v 11 जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।”
\s5
\v 12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
\v 13 अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, सुरु र अन्‍त म नै हुँ ।
\s5
\v 14 आफ्ना वस्‍त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्‍ने अधिकार पाउन सकून् ।
\v 15 कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, अश्‍लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।
\s5
\v 16 म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”
\s5
\v 17 पवित्र आत्मा र दुलही भन्‍नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् ।
\s5
\v 18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई म चेताउनी दिन्छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्यसमाथि थपिदिनुहुनेछ ।
\v 19 यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ ।
\s5
\v 20 यी कुराका गवाही दिने जसले भन्‍नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन ! आउनुहोस्, हे प्रभु येशू ।
\v 21 प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।