ne_ulb/62-2PE.usfm

100 lines
22 KiB
Plaintext

\id 2PE Unlocked Literal Bible
\ide UTF-8
\h २ पत्रुस
\toc1 पत्रुसको दोस्रो पत्र
\toc2 २ पत्रुस
\toc3 2pe
\mt1 पत्रुसको दोस्रो पत्र
\s5
\c 1
\p
\v 1 येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्‍वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्‍टमा हाम्रो जस्तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई ।
\v 2 तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्‍वर र येशू ख्रीष्‍टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।
\s5
\v 3 आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
\v 4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।
\s5
\v 5 यसैकारण, तिमीहरूको विश्‍वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्‍न सक्दो प्रयत्‍न गर ।
\v 6 तिमीहरूको ज्ञानद्वारा आत्मसंयम र आत्मसंयमद्वारा सहनशीलता अनि सहनशीलताद्वारा ईश्‍वरभक्ति ।
\v 7 तिमीहरूको ईश्‍वरभक्तिद्वारा भातृ-स्‍नेह, र भातृ-स्‍नेहद्वारा प्रेम ।
\s5
\v 8 यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्‍टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
\v 9 तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।
\s5
\v 10 त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्‍यौ भने, तिमीहरू लोट्नेछैनौ ।
\v 11 त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ ।
\s5
\v 12 यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।
\v 13 जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्‍नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्‍ने मलाई लाग्छ ।
\v 14 किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्‍ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्‍टले यो मलाई देखाउनुभएको छ ।
\v 15 मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
\s5
\v 16 किनकि हामीले येशू ख्रीष्‍टको शक्‍ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ ।
\v 17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
\v 18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।
\s5
\v 19 हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
\v 20 तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन ।
\v 21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्‍वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।
\s5
\c 2
\p
\v 1 इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् ।
\v 2 धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ ।
\v 3 लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।
\s5
\v 4 किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो ।
\v 5 अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो ।
\v 6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।
\s5
\v 7 तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए ।
\v 8 किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए ।
\v 9 त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने उहाँ जान्‍नुहुन्छ ।
\s5
\v 10 यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।
\v 11 स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्‍ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।
\s5
\v 12 तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्‍ट पारिनेछन् ।
\v 13 आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् ।
\v 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् ।
\s5
\v 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।
\v 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।
\s5
\v 17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
\v 18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् ।
\v 19 उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्‍टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ ।
\s5
\v 20 यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ ।
\v 21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो ।
\v 22 तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”
\s5
\c 3
\p
\v 1 प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु,
\v 2 ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
\s5
\v 3 पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन् ।
\v 4 अनि यसो भन्दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो ? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्‍टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।” s5
\s5
\v 5 धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्‍ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् ।
\v 6 अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्‍ट भयो
\v 7 अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।
\s5
\v 8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।
\v 9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
\s5
\v 10 तर परमेश्‍वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् ।
\s5
\v 11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो ? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
\v 12 तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
\v 13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ ।
\s5
\v 14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
\v 15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् ।
\v 16 पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् ।
\s5
\v 17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।
\v 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् ! आमेन ।