ne_ulb/53-1TH.usfm

140 lines
27 KiB
Plaintext

\id 1TH Unlocked Literal Bible
\ide UTF-8
\h १ थेसलोनिकी
\toc1 थेसलोनिकीहरूलाई पावलको पहिलो पत्र
\toc2 १ थेसलोनिकी
\toc3 1th
\mt1 थेसलोनिकीहरूलाई पावलको पहिलो पत्र
\s5
\c 1
\p
\v 1 पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा अनुग्रह र शान्ति ।
\s5
\v 2 तिमीहरू सबैका लागि हामी परमेश्‍वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
\v 3 हामी निरन्तर रूपमा तिमीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्‍वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको भविष्यको कारणले गर्दा हो ।
\s5
\v 4 परमेश्‍वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
\v 5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्‍चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
\s5
\v 6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ ।
\v 7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।
\s5
\v 8 तिमीहरूबाट परमेश्‍वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्‍वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्‍नु आवश्यक छैन ।
\v 9 हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्यौ ।
\v 10 र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
\s5
\c 2
\p
\v 1 भाइहरू हो, तिमीहरू आफैलाई थाहा छ कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन,
\v 2 तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्‍ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बताउन परमेश्‍वरमा साहसी भयौँ ।
\s5
\v 3 किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो,
\v 4 तर जसरी परमेश्‍वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्नलाई बोल्छौँ ।
\s5
\v 5 तिमीहरूलाई थाहा छ र परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ,
\v 6 न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5
\s5
\v 7 यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्‍चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ ।
\v 8 यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौँ किनभने तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ ।
\v 9 किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्‍यौँ ।
\s5
\v 10 हामीले तिमीहरू विश्‍वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्‍यौँ भन्‍ने कुराको साक्षी तिमीहरू छौ र परमेश्‍वर पनि हुनुहुन्छ,
\v 11 तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,
\v 12 कि तिमीहरू परमेश्‍वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।
\s5
\v 13 यही कारणको निम्ति हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्‍वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्‍चै परमेश्‍वरको वचनको रूपमा नै ग्रहण गर्‍यौ
\s5
\v 14 किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।
\v 15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।
\v 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
\s5
\v 17 भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौँ र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौँ ।
\v 18 किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ । म पावलले बारम्बार कोसिस गरेँ, तर शैतानले हामीलाई बाधा दियो ।
\v 19 किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र ?
\v 20 किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।
\s5
\c 3
\p
\v 1 यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ ।
\v 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
\v 3 यी कष्‍टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ ।
\s5
\v 4 साँच्‍चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्‍टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।
\v 5 यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्‍वासबारे जान्‍न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ ।
\s5
\v 6 जब तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।
\v 7 यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।
\s5
\v 8 यदि तिमीहरू प्रभुमा स्थिर रह्‍यौ भने, अब हामी साँच्‍चै जिउदछौँ ।
\v 9 तिमीहरूका कारण हामीमा भएको आनन्दको खातिर परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्यवाद चढाऔँ ?
\v 10 तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ ।
\s5
\v 11 हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,
\v 12 र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।
\v 13 हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्‍‍कलङ्क बनाऊन् ।
\s5
\c 4
\p
\v 1 अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।
\v 2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौँ ।
\s5
\v 3 यो परमेश्‍वरको इच्छा हो, तिमीहरू आफैलाई पवित्र पार, यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस ।
\v 4 ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक ।
\v 5 (परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।
\v 6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
\s5
\v 7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन, तर पवित्रताको लागि हो ।
\v 8 त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।
\s5
\v 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ ।
\v 10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो, अझै बढी गर ।
\v 11 हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्छौँ ।
\v 12 यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
\s5
\v 13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् ।
\v 14 येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
\v 15 परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।
\s5
\v 16 प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् ।
\v 17 तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
\v 18 त्यसकारण, यी वचनले एक अर्कालाई सान्त्वना देऊ ।
\s5
\c 5
\p
\v 1 भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन ।
\v 2 किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ ।
\v 3 तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्‍त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
\s5
\v 4 तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।
\v 5 किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै ।
\v 6 त्यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ ।
\v 7 किनभने सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्दछन् ।
\s5
\v 8 तर हामी दिनका सन्तानहरू हौँ । त्यसैले, गम्भीर हौँ, विश्‍वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्‍तिको टोप पनि लगाऔँ ।
\v 9 किनभने परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो ।
\v 10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।
\v 11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।
\s5
\v 12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
\v 13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
\v 14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
\s5
\v 15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्‍न गर ।
\v 16 सदैव आनन्द गर,
\v 17 नरोकी प्रार्थना गरिरहो,
\v 18 हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो ।
\s5
\v 19 पवित्र आत्मालाई ननिभाओ ।
\v 20 अगमवाणीलाई अवहेलना नगर ।
\v 21 सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।
\v 22 सबै किसिमको खराबीलाई त्याग ।
\s5
\v 23 शान्तिका परमेश्‍वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून् ।
\v 24 तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ । उहाँले नै यो पनि गर्नुहुनेछ ।
\s5
\v 25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर ।
\v 26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।
\v 27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
\v 28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।