ne_ulb/17-EST.usfm

271 lines
71 KiB
Plaintext

\id EST Unlocked Literal Bible
\ide UTF-8
\h एस्तर
\toc1 एस्तरको पुस्तक
\toc2 एस्तर
\toc3 est
\mt1 एस्तरको पुस्तक
\s5
\c 1
\p
\v 1 अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे ।
\v 2 ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे ।
\s5
\v 3 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा भोज दिए । फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्‍तका गभर्नरहरू तिनको उपस्थितिमा थिए ।
\v 4 तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्‌ताको महिमाको रवाफ देखाए ।
\s5
\v 5 यी दिन समाप्‍त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए । यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो । यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो ।
\v 6 बगैँचाको चोकलाई सुती कपडाका सेता र निला, राम्ररी बाटेका सुती र बैजनीका डोरीहरूले सिङ्गारिएको थियो र ती सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रहरूमा बाँधिएका थिए । त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमर र अन्य मूल्यवान् पत्थरहरू छापिएको रङ्गीचङ्गी अग्रपेटीमा सुन र चाँदीका बस्‍ने सोफहरू थिए ।
\s5
\v 7 सुनका कचौराहरूमा दाखमद्य बाँडियो । प्रत्येक कचौरा विशिष्‍ट थियो र राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो ।
\v 8 "जबरजस्ती गरिनुहुँदैन" भन्‍ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो , किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए ।
\s5
\v 9 रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्‍त्रीहरूलाई एउटा भोज दिइन् ।
\v 10 सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्‍न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई,
\v 11 रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो ।
\s5
\v 12 तर अधिकारीहरूद्वारा ल्‍याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन् । तब राजा सार्‍है रिसाए । आफूभित्रै तिनी रिसले क्रुद्ध भए ।
\s5
\v 13 त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए, तिनीहरूसित सल्लाह लिए (किनकि कानुन र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो) ।
\v 14 फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्‍चतम पदहरूमा थिए ।
\v 15 राजाले सोधे, "अधिकारीहरूद्वारा रानी वश्तीकहाँ लगिएको राजा अहासूरसको आदेशलाई नमानेकी हुनाले कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ ?"
\s5
\v 16 राजा र अधिकारीहरूका सामु ममूकानले भने, "रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको छ ।
\v 17 रानीको यो विषय सारा स्‍त्रीहरूलाई थाहा हुनेछ । यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्‍यवहार गर्ने बनाउनेछ । तिनीहरूले भन्‍नेछन्, 'राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन् ।'
\v 18 आजको दिन समाप्‍त नहुँदै रानीको यस विषयलाई सुन्‍ने फारस र मादीका कुलीन स्‍त्रीहरूले राजाका सबै अधिकारीलाई उही कुरा भन्‍नेछन् । धेरै अनादर र क्रोध पैदा हुनेछ ।
\s5
\v 19 राजालाई यस कुराले खुसी लाग्‍छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानुनमा लेखियोस् । राजाले उनीभन्दा अझै असल स्‍त्रीलाई उनको स्‍थानमा रानीको दर्जा दिइयोस् ।
\v 20 जब राजाको विशाल राज्यभरि उहाँको आदेशको घोषणा गरिन्छ, तब ठुलादेखि साना सबै जनाको पत्‍नीले आ-आफ्ना पतिलाई आदर गर्नेछन् ।"
\s5
\v 21 यस सल्लाहबाट राजा र तिनका कुलिनहरू खुसी भए, र ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे ।
\v 22 तिनले सारा राजकीय प्रान्तमा हरेक प्रदेशमा आ-आफ्नो लिपिअनुसार र हरेक जातिको आ-आफ्नो भाषाअनुसार तिनीहरूलाई चिट्ठीहरू पठाए । हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ भनी तिनले आज्ञा दिए । साम्राज्यको हरेक जातिको भाषामा यो आदेश दिइएको थियो ।
\s5
\c 2
\p
\v 1 यी कुरापछि जब राजा अहासूरसको रिस मर्‍यो तिनले वश्ती र उनले गरेकी कुराको बारेमा सोचे । तिनले उनको विरुद्धमा निकालेको आदेशको बारेमा पनि सोचे ।
\v 2 तब राजाको सेवा गर्ने जवान मानिसहरूले तिनलाई भने, "राजाको लागि सुन्दरी कन्या युवतीहरूको खोजी गर्ने काम होस् ।
\s5
\v 3 राजाले शूशनको किल्लाको स्‍त्री-घरमा सबै सुन्दरी कन्या युवतीहरू ल्याउनलाई आफ्नो राज्यका सारा प्रान्तहरूमा अधिकारीहरू नियुक्त गर्ने काम होस् । तिनीहरूलाई स्‍त्रीहरूको निरिक्षक राजाका अधिकारी हेगेको हेरचाहमा राखियोस्, र तिनले उनीहरूलाई आफ्‍ना सिङ्गारका सामानहरू उपलब्ध गराऊन् ।
\v 4 राजालाई खुसी पार्ने युवतीचाहिं वश्तीको सट्टामा रानी होऊन् ।" राजालाई यो सल्लाह मन पर्‍यो, र तिनले त्यसै गरे ।
\s5
\v 5 शूशनको किल्लामा कोही एक जना यहूदी थिए जसको नाउँ मोर्दकै थियो जो याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए ।
\v 6 तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए ।
\s5
\v 7 तिनले हदस्सा अर्थात् आफ्ना काकाकी छोरी एस्तरको हेरचाह गर्दै थिए, किनकि उनका बुबाआमा थिएनन् । यी युवतीको चेहरा सुन्दर थियो, र हेर्दा राम्री देखिन्‍थिन् । मोर्दकैले उनलाई आफ्नै छोरीको रूपमा लिएका थिए ।
\s5
\v 8 जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन् ।
\v 9 यी युवतीले तिनलाई खुसी पारिन्, र उनले तिनको निगाह पाइन् । तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू र उनको खानाको हिस्सा उपलब्ध गराए । तिनले उनको लागि राजदरबारका सात जना सेविका तोकिदिए, र तिनले उनी र उनका सेविकाहरूलाई स्‍त्री-घरको सबैभन्दा राम्रो ठाउँमा सारे ।
\s5
\v 10 एस्तरको मानिसहरू र उनका नातेदारहरू को थिए भनेर उनले कसैलाई भनेकी थिइनन्, किनकि मोर्दकैले त्यो नबताउन उनलाई निर्देशन दिएका थिए ।
\v 11 एस्तरको अवस्था र उनलाई के गरिन्छ भनी जान्‍न हरेक दिन मोर्दकै स्‍त्री-घरको बाहिरपट्टि चोकमा ओहोर-दोहोर गर्थे ।
\s5
\v 12 स्‍त्रीहरूका लागि तोकिएको प्रावधानअनुसार, छ महिनासम्म मूर्रको तेल दलेर र छ महिनासम्म अत्तरसाथै सिङ्गारका सामानहरूले सिङ्गारिएर हरेक कन्‍याले बाहृ महिनासम्‍म सुन्‍दरतामा ध्‍यान दिएपछि—प्रत्‍येक स्‍त्रीको राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो—
\v 13 एक जना युवती राजाकहाँ जाँदा, स्‍त्री-घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्‍थ्‍यो त्‍यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो ।
\s5
\v 14 साँझमा तिनी भित्र जान्‍थिन्, र भोलिपल्‍ट बिहान तिनी दोस्रो स्‍त्री-घरमा फर्केर आउँथिन्, र फर्केर आएकाहरू उपपत्‍नीहरूका निरिक्षक राजाका अधिकारी शाश्गजको अधीनमा रहन्‍थे । राजाले तिनलाई मन पराएर फेरि तिनलाई नबोलाएसम्म तिनी फेरि राजाकहाँ फर्केर जानछैनन् ।
\s5
\v 15 जब राजाकहाँ जाने एस्तरको पालो आयो, (मोर्दकैका काका अबीहेलकी छोरी, जसलाई तिनले आफ्नै छोरी बनाएका थिए) स्‍त्रीहरूका निरक्षक राजाका अधिकारी हेगेले दिएका सल्लाहबाहेक उनले कुनै कुनै थोक मागिनन् । एस्तरलाई देख्‍ने सबै जनाबाट उनले निगाह पाइन् ।
\v 16 अहासूरसको सातौँ वर्षको दसौँ महिना अर्थात् तेबेत महिनामा एस्तरलाई राजाको राजकीय बासस्थानमा लगियो ।
\s5
\v 17 राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए ।
\v 18 राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, "एस्तरको भोज" भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।
\s5
\v 19 अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए ।
\v 20 मोर्दकैले एस्तरलाई निर्देशन दिएअनुसार उनले आफ्नो जाति र आफ्ना नातेदारहरूको बारेमा कसैलाई भनेकी थिइनन् । मोर्दकैले उनलाई हुर्काउँदाको बेलामा झैँ उनले तिनको सल्लाहलाई निरन्‍तर मानिन् ।
\v 21 ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसको हानि गर्न खोजे ।
\s5
\v 22 मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए, अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन् ।
\v 23 त्यो सुचनको अनुसन्धान भयो र पुष्‍टि भयो, अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो । यो कुरोलाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो ।
\s5
\c 3
\p
\v 1 यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए ।
\v 2 राजाको ढोकामा भएका सबै सेवकले हामानको सामु घुँडा टेक्‍नु र लम्पसार परेर दण्‍डवत् गर्नु भन्‍ने आदेश राजाबाट भएको थियो । तर मोर्दकैले न घँडा टेके, न लम्पसार परे ।
\s5
\v 3 तब राजाको ढोकामा बस्‍ने राजाका सेवकहरूले मोर्दकैलाई भने, "राजाको आज्ञालाई तपाईं किन अटेर गर्नुहुन्‍छ ?"
\v 4 तिनीहरूले दिनप्रतिदिन तिनीसित उही कुरा गरे तापनि तिनले उनीहरूका इच्‍छाको बेवास्ता गरे । त्यसैले मोर्दकैको बारेमा त्यस्तै रहन्छ कि रहँदैन भनी तिनीहरूले त्यो कुरा हामानलाई बताए किनकि मोर्दकै यहूदी थिए भनी उनले तिनीहरूलाई भनेका थिए ।
\s5
\v 5 हामानको सामु मोर्दकैले घुँडा नटेकेको र ननिहुरेको कुरा जब हामानले देखे, तब तिनी रिसले चूर भए ।
\v 6 मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए । हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे ।
\s5
\v 7 राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो । चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे ।
\s5
\v 8 तब हामानले राजा अहासूरसलाई भने, "एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन् । तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक छ, र तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन् । त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन ।
\v 9 राजालाई खुसी लागेमा तिनीहरूलाई मार्ने आदेश दिनुहोस्, र यो काम गर्ने राजाका कर्मचारीहरूका निम्ति म राजकोषमा जम्मा गर्न तिन लाख किलो चाँदी दिनेछु ।"
\s5
\v 10 तब राजाले आफ्नो हातबाट छाप-औँठी निकाले र यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्‍यो दिए ।
\v 11 राजाले हामानलाई भने, "तिमी र तिम्रा मानिसहरूलाई रुपियाँ-पैसा फिर्ता दिइएको म हेर्नेछु । तिमीलाई इच्छा छ त्‍यही त्‍यसले गर ।"
\s5
\v 12 तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्‍न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्‍तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो । यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो ।
\v 13 बाह्रौँ महिना (जुन अदार महिना हो) को तेह्रौँ दिनमा युवादेखि वृद्धसम्म, बालबालिका र महिला सबै यहूदीलाई एकै दिनमा नामेट पार्न, मार्न र नाश गर्न अनि तिनीहरूका धन-सम्पत्ति खोस्‍न राजाका सारा प्रान्तमा पत्रवाहकहरूद्वारा चिठ्ठीहरू पठाइए ।
\s5
\v 14 हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो । तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो ।
\v 15 राजाको आदेशलाई वितरण गर्न पत्रवाहकहरू हतारिए गए । शूशनको किल्लाभित्र पनि उर्दी बाँडियो । राजा र हामान पिउनलाई बसे, तर शूशन सहरमा भने हलचल मच्‍चियो ।
\s5
\c 4
\p
\v 1 जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए । तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे ।
\v 2 तिनी राजाको ढोकासम्म मात्र गए किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर त्यसबाट जान अनुमति थिएन ।
\v 3 राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।
\s5
\v 4 जब एस्तरका युवतीहरू र सेविकाहरू आएर उनलाई त्‍यो कुरा बताए, तब रानी ठुलो शोकमा डुबिन् । उनले मोर्दकैको लागि पोशाकहरू पठाइन् (ताकि तिनले भाङ्ग्रा फुकालून्), तर तिनले ती स्वीकार गरेनन् ।
\v 5 तब एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये हताकलाई तिनले बोलाइन् । के भएको थियो र यसको अर्थ के हो भनी जान्‍न उनले तिनलाई मोर्दकैकहाँ पठाइन् ।
\s5
\v 6 त्यसैले हताक राजाको ढोकाको सामु सहरको खुला चोकमा मोर्दकैकहाँ गए ।
\v 7 मोर्दकैको जीवनमा आइपरेका सबै कुरा, र यहूदीहरूलाई मार्नका लागि हामानले राज्यकोषमा दिने प्रतिज्ञा गरेका सम्पूर्ण चाँदीको मात्राबारे तिनले हताकलाई विवरण दिए ।
\v 8 यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्‍कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्‍त गर्नलाई गएर बिन्‍ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्‍मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।
\s5
\v 9 त्यसैले हताक गए र मोर्दकैले तिनलाई भनेका कुरा एस्तरलाई बताए ।
\v 10 तब एस्तरले हताकसित कुरा गरिन्, र तिनलाई मोर्दकैकहाँ फर्केर जान आज्ञा दिइन् ।
\v 11 उनले भनिन्, "राजाका सबै अधिकारी र राजाका प्रान्तहरूका मानिसहरूलाई थाहा छ, कि राजाको नबोलाइकन कुनै पुरुष वा स्‍त्री भित्री दरबारमा प्रवेश गर्‍यो भने, त्यसको लागि एउटा मात्र कानुन छः कुनै व्‍यक्ति बाँचोस् भनेर राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिने छ । म आफैलाई पनि राजाकहाँ नबोलाइएको तिस दिन भइसक्यो ।"
\v 12 त्यसैले हताकले एस्तरको कुरा मोर्दकैलाई बताए ।
\s5
\v 13 मोर्दकैले यो सन्देश पठाए, "तिमी राजदरबारमा भएकी हुनाले अरू सबै यहूदीमध्ये तिमीचाहिं बाँच्नेछ्यौ भनी तिमीले नसोचे हुन्‍छ ।
\v 14 यस बेला तिमी चुप लाग्यौ भने, यहूदीहरूका निम्ति सहायता र छुटकारा अरू ठाउँबाट आउनेछ, तर तिमी र तिम्रो पिताको परिवार नष्‍ट हुनेछ । यस्तै समयको लागि नै तिमी यो राजकीय पदमा पुगेकी हुन सक्‍छ्‍यौ भनी कसलाई थाहा छ ?"
\s5
\v 15 तब एस्तरले मोर्दकैलाई यो सन्देश पठाइन्,
\v 16 "जानुहोस्, र मेरो निम्ति उपवास बस्‍न शूशनमा बस्‍ने सबै यहूदीलाई भेला गर्नुहोस् । तिन दिन र तिन रातसम्म केही नखानुहोस्, न त केही पिउनुहोस् । मेरा युवतीहरू र म पनि त्यसरी नै उपवास बस्‍नेछौँ । त्यसपछि कानुनको विरुद्धमा भए तापनि म राजाकहाँ जानेछु, र मेरो नाश हुन्छ भने पनि होस् ।"
\v 17 मोर्दकै गए, र तिनले एस्तरले भनेझैँ सबै गरे ।
\s5
\c 5
\p
\v 1 तिन दिनपछि एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजदरबारको सामु रहेको चोकमा खडा हुन गइन् । राजाचाहिँ राजदरबारको राजकीय सिंहासनमा बसेर मूल ढोकातर्फ हेरिरहेका थिए ।
\v 2 जब राजाले एस्तरलाई चोकमा खडा भएको देखे, तब तिनका नजरमा उनले स्‍वीकृति पाइन् । तिनले आफ्नो हातमा भएको सुनको राजदण्ड उनीतिर पसारे । त्यसैले एस्तर नजिक गइन् र राजदण्डको टुप्पोलाई छोइन् ।
\s5
\v 3 तब राजाले उनलाई भने, "रानी एस्तर, तिमी के चाहन्छ्यौ ? तिम्रो अनुरोध के छ ? मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु ।"
\v 4 एस्तरले भनिन्, "राजालाई खुसी लागेमा मैले हजुरको निम्ति तयार पारेको भोजमा हजुर र हामानको सवारी होस् ।"
\s5
\v 5 तब राजाले भने, "एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ ।" त्यसैले राजा र हामान एस्तरले तयार पारेको भोजमा गए ।
\v 6 भोजमा दाखमद्य टक्र्याइँदा राजाले एस्तरलाई भने, "तिम्रो बिन्ती के हो ? त्यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो ? तिमीलाई आधा राज्यसम्म पनि दिइनेछ ।"
\s5
\v 7 एस्तरले जवाफ दिइन्, "मेरो बिन्ती र मेरो अनुरोध यही हो,
\v 8 मैले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेकी छु भने र राजालाई मेरो बिन्ती पुरा गर्न र मेरो अनुरोधलाई आदर गर्न खुसी लाग्यो भने मैले हजुरको निम्ति भोली तयार गर्ने भोजमा राजा र हामानको सवारी होस्, अनि म राजाको प्रश्नको जवाफ दिनेछु ।"
\s5
\v 9 त्यस दिन हामान आनन्दित र हृदयमा प्रसन्‍न भएर गए । तर जब हामानले राजाको ढोकामा मोर्दकैलाई न खडा भएको न त तिनको सामु डरले थरथर काँपेको देखे, तब तिनी मोर्दकैको विरुद्धमा रिसले चुर भए ।
\v 10 तापनि हामानले आफैलाई नियन्त्रण गरी आफ्नो घर लागे । तिनले आफ्ना मित्रहरूलाई खबर पठाए र आफ्नी पत्‍नी जेरेशसहित तिनीहरूलाई एकसाथ भेला गरे ।
\v 11 हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ, आफ्‍ना धेरै जना छोराहरू, राजाले तिनलाई दिएका सबै पदोन्‍नति अनि राजाका सबै अधिकारी र सेवकहरूभन्दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए ।
\s5
\v 12 हामानले भने, "रानी एस्तरले तयार पार्नुभएको भोजमा उहाँले राजासँगै आउन मबाहेक अरू कसैलाई निमन्त्रणा दिनुभएन । भोली पनि उहाँले राजासँगै मलाई निमन्त्रणा दिनुभएको छ ।
\v 13 तर मैले मोर्दकैलाई राजाको ढोकामा बसिरहेको देखेसम्म मेरा लागि यी सबै कुराले कुनै अर्थ राख्‍दैन ।"
\s5
\v 14 तर तिनकी पत्‍नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, "तिनीहरूले पच्‍चिस मिटर अग्‍लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् । तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् ।" हामानलाई यो कुरा मन पर्‍यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।
\s5
\c 6
\p
\v 1 त्यस रात राजा सुत्‍न सकेनन् । तिनले सेवकहरूलाई आफ्नो राज्‍यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे, र राजाको सामु चर्को सोरमा ति पढियो ।
\v 2 प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।
\v 3 राजाले सोधे, "यसो गरेका हुनाले मोर्दकैलाई सम्मान वा पद दिन के गरियो त ?" तब राजाको सेवा गर्ने जवान मानिसहरूले जवाफ दिए, "तिनको लागि केही गरिएन ।"
\s5
\v 4 राजाले भने, "चोकमा को छ ?" अब हामानचाहिं भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न राजदरबारको बाहिर चोकमा आइपुगेका थिए ।
\v 5 राजाका सेवकहरूले तिनलाई भने, "हामान चोकमा उभिरहेका छन् ।" राजाले भने, "तिनी भित्र आऊन् ।"
\v 6 जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, "राजाले सम्मान दिन इच्छा गरेको मानिसलाई के गरिनुपर्छ ?" हामानले आफ्नो हृदयमा भने, "मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ र ?"
\s5
\v 7 हामानले राजालाई भने, "जुन मानिसलाई राजाले सम्मान दिन इच्छा गर्नुभएको छ,
\v 8 राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्‍त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्‍याइयोस् ।
\v 9 तब त्यो पोशाक र घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस् । राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन्, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन् । तिनीहरूले तिनको सामु घोषणा गरून्, 'राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ' ।"
\s5
\v 10 तब राजाले हामानलाई भने, "छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्‍ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।"
\v 11 तब हामानले पोशाक र घोडा ल्‍याए । तिनले मोर्दकैलाई उक्‍त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए । तिनको सामु तिनले घोषणा गरे, "राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ।"
\s5
\v 12 मोर्दकै राजाको ढोकामा फर्के । तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए ।
\v 13 हामानले आफूमाथि आइपरेका सबै कुरा आफ्नी पत्‍नी जेरेश र आफ्ना सबै मित्रहरूलाई बताए । तब बुद्धिको निम्ति कहलिएका तिनका मानिसहरू र तिनकी पत्‍नी जेरेशले तिनलाई भने, "मोर्दकै जसको सामुन्‍ने तपाईंको पतनको सुरु भएको छ, त्यो यहूदी हो भने तपाईंले त्यसलाई पराजित गर्न सक्‍नुहुनेछैन, तर निश्‍चय नै त्यसको सामु तपाईं पतन हुनेछ ।"
\v 14 तिनीहरू तिनीसित कुराकानी गरिरहँदा राजाका अधिकारीहरू आइपुगे । एस्तरले तयार पारेको भोजमा लैजान तिनीहरूले हामानलाई हतार गरे ।
\s5
\c 7
\p
\v 1 त्यसैले राजा र हामान रानी एस्तरसित भोजन गर्न गए ।
\v 2 यो दोस्रो दिनमा, तिनीहरूले दाखमद्य बाँड्‍दै गर्दा राजाले एस्तरलाई सोधे, "रानी एस्तर, तिम्री बिन्ती के हो ? तिमीलाई त्‍यो दिइनेछ । तिम्रो अनुरोध के हो ? आधा राज्यसम्म पनि तिमीलाई दिइनेछ ।"
\s5
\v 3 तर रानी एस्तरले जवाफ दिइन्, "हे महाराज, मैले हजुरको नजरमा निगाह पाएकी छु र हजुरलाई खुसी लाग्छ भने, मेरो जीवन मलाई नै दिइयोस् । मेरो बिन्ती यही नै हो, र मेरो जातिको लागि पनि यसै गरियोस् भनी म बिन्ती गर्छु ।
\v 4 किनकि म र मेरो मानिसहरू नाश पारिन, मारिन र नामेट पारिन बेचिएका छौँ । हामी दास-दासीको रूपमा मात्र दासत्वमा बेचिएका भए म चुप रहन्थेँ किनकि त्यस्तो दुःखले मात्र त महाराजालाई बाधा दिनु न्यासङ्गत हुँदैन ।"
\v 5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, "त्यो को हो ? यस्तो कुरा गर्न आफ्नो हृदय भरेर बस्‍ने त्यो व्यक्ति कहाँ छ ?
\s5
\v 6 एस्तरले जवाई दिइन्, "त्यो विरोधी, शत्रु यही दुष्‍ट हामान हो ।" तब हामान राजा र रानीको सामु डरले थरथर काँपे ।
\v 7 राजा भोजमा दाखमद्य पिइरहेको अवस्थाबाट रिसले चुर भएर उठे, र राजमहलको बगैँचामा गए, तर हामानचाहिं रानी एस्तरबाट आफ्नो जीवनको भिग माग्‍न त्यहीँ बसे । राजाले तिनको विरुद्धमा विपत्ती ल्याउँदै थिए भनी तिनले देखे ।
\s5
\v 8 तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए । हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए । राजाले भने, "के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्‍कार गर्न खोज्‍छ ?" राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे ।
\s5
\v 9 तब राजाको सेवा गर्ने एक जना अधिकारी हर्बोनाले भने, "हामानको घरको छेउमा पच्‍चिस मिटर लामो एउटा फाँसीको काठ खडा छ । महाराजाको ज्यान जोगाइदन बोल्ने मोर्दकैको निम्ति त्यसले त्‍यो तयार पारेको हो ।" राजाले भने, "त्यसलाई त्‍यसैमा झुण्ड्याओ ।"
\v 10 त्यसैले तिनीहरूले हामानले मोर्दकै को निम्ति तयार पारेको फाँसीको काठमा उसैलाई झुण्ड्याए । तब राजाको रिस मर्‍यो ।
\s5
\c 8
\p
\v 1 त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।
\v 2 राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।
\s5
\v 3 तब एस्तरले फेरि राजासित कुरा गरिन् । उनले भुइँतिर शिर झुकाइन्, र अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्‍त्र, खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्ती गरिन् ।
\v 4 राजाले एस्तरतिर सुनको राजदण्ड पसारे, तब उनी उठिन् र राजाको सामु खडा भइन् ।
\s5
\v 5 उनले भनिन्, "राजालाई खुसी लागेमा, र मैले हजुरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठिक लाग्‍छ भने, र हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्‍ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस् ।
\v 6 किनकि मेरो जातिमाथि आइपर्ने विपत्ती देख्‍दा म कसरी सहन सक्छु ? मेरा नातेदारहरूको विनाश हेर्ने कुरा मैले कसरी सहन सक्छु ?"
\s5
\v 7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, "हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।
\v 8 राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे र त्यसमा राजाको औँठीले छाप लगाओ । किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन ।"
\s5
\v 9 तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेइसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो । यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशलाई समावेश गर्दै एउटा आदेश लेखियो । भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताइस प्रान्तका गभर्नरहरू, स्‍थानीय गभर्नरहरू र अधिकारीहरूलाई हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो ।
\s5
\v 10 मोर्दकैले राजा अहासूरसको नाउँमा त्‍यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए । राजको सेवामा प्रयोग गरिने छिटो कुद्‍ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए ।
\v 11 हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन र आ-आफ्नो जीवनको रक्षाको निम्‍ति संगठित हुन, अनि तिनीहरू, बालबालिका, र स्‍त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्‍त्र मानिसहरूलाई नाश गर्न, मार्न र नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए ।
\v 12 बाह्रौँ महिना वा अदार महिनाको तेह्रौँ दिनमा राजा अहासूरसका सबै प्रान्तमा यसलाई कार्यान्वयन गरिनुपर्थ्यो ।
\s5
\v 13 यो आदेशको एकप्रति नक्‍कल कानुनको रूपमा जारी भयो र सबै मानिसकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो । त्यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो ।
\v 14 त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए । तिनीहरू ढिलो नगरी गए । राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो ।
\s5
\v 15 तब मोर्दकैले निलो र सेतो राजकीय पोशाकहरू पहिरिए अनि सुनको ठुलो मुकुट पहिरिए र, मलमलको बैजनी वस्‍त्र लगाए र राजाको उपस्थितिबाट गए, अनि शूशन सहरले जयजयकार गर्‍यो र आनन्द मनायो ।
\v 16 यहूदीहरू खुसी र प्रसन्‍न भए अनि तिनीहरूका निम्ति आनन्द र सम्मानको दिन भयो ।
\v 17 राजाको आदेश पुगेको हरेक प्रान्त र सहरमा यहूदीहरूका माझमा खुसी र आनन्द अनि भोज र बिदाको दिन भयो । देशमा अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए किनकि तिनीहरूमाथि यहूदीहरूको डर परेको थियो ।
\s5
\c 9
\p
\v 1 बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानुन र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्‍टो भयो । यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए ।
\v 2 यहूदीहरूमाथि विपत्ती ल्याउन कोसिस गर्नेहरूलाई आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तभरि नै तिनीहरूका आ-आफ्ना सहरहरूमा तिनीहरू भेला । तिनीहरूको विरुद्धमा कोही खडा हुन सकेन, किनकि सबै मानिसमाथि तिनीहरूको डर परेको थियो ।
\s5
\v 3 सबै प्रान्तका अधिकारीहरू, प्रान्तीय गभर्नरहरू, सथानीय गभर्नरहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई मदत गरे किनकि तिनीहरूमाथि मोर्दकैको डर परेको थियो ।
\v 4 मोर्दकै राजदरबारमा महान् मानिस थिए, अनि तिनको ख्याति सबै प्रान्तभरि फैलियो किनकि यी मानिस मोर्दकै झनझन महान् बन्दै थिए ।
\v 5 यहूदीहरूले आफ्ना शत्रुहरूलाई तरवारले आक्रमण गरेर मारे र विनाश गरे अनि आफूलाई घृणा गर्नेहरूलाई आफ्नो इच्छाअनुसार गरे ।
\s5
\v 6 शूशनको किल्लामा मात्रै यहूदीहरूले पाँच सय जना मानिसलाई मारेर नष्‍ट पारे ।
\v 7 तिनीहरूले पर्शन्‍दाता, दल्‍फोन, अस्‍पाता,
\v 8 पोराता, अदलिया, अरीदाता,
\v 9 पर्मशता, अरीशै, अरीदै र बैजाता,
\v 10 र हम्मदाताको छोरा यहूदीहरूका शत्रु हामानका दस जना छोरालाई मारे । तर तिनीहरूले कुनै कुरा पनि लुटेर लिएनन् ।
\s5
\v 11 त्यो दिन शूशनको किल्लामा मारिएकाहरूको सङ्ख्याको विवरण राजालाई दिइयो ।
\v 12 राजाले रानी एस्तरलाई भने, "यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन् । तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान् ? अब तिम्रो बिन्ती के हो ? त्‍यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो ? त्‍यो तिमीलाई दिइनेछ ।"
\s5
\v 13 एस्तरले भनिन्, "राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् ।"
\v 14 त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए ।
\s5
\v 15 अदार महिनाको चौधौँ दिनमा शूशनमा भएका यहूदीहरू एकै ठाउँमा भेला भए, र शूशनमा थप तिन सय जना मानिसलाई मारे, तर तिनीहरूले लुटपाटमा हात हालेनन् ।
\v 16 राजाका प्रान्तहरूमा भएका बाँकी यहूदीहरू आफ्‍नो ज्यान जोगाउन एकै ठाउँमा भेला भए, र तिनीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाए, अनि आफूलाई घृणा गर्ने पचहत्तर हजार मानिसलाई मारे, तर आफूले मारेका मनिसहरूका मुल्‍यवान थोकहरूमा भने तिनीहरूले आफ्‍ना हात लगाएनन् ।
\s5
\v 17 यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो । चौधौँ दिनमा तिनीहरूले विश्राम लिए, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।
\v 18 तर शूशनमा भएका यहूदीहरूचाहिँ तेह्रौँ र चौधौँ दिनमा एकसाथ भेला भए । पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।
\v 19 त्यसकारण दुर्गम गाउँहरूतिर घर बनाएका यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई हर्ष र चाडको एउटा दिन अनि एक-अर्कालाई खानेकुराका उपहारहरू पठाउने दिनको रूपमा मान्छन् ।
\s5
\v 20 मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,
\v 21 जसमा हरेक वर्ष अदार महिनाको चौधौँ र पन्ध्रौ दिनलाई तिनीहरूले अनिवार्य मान्‍नुपर्ने गराए ।
\v 22 यी दिनमा नै यहूदीहरूले आफ्‍ना शत्रुहरूबाट छुटकारा पाए, र यही महिनामा नै तिनीहरूको दुःख आनन्दमा र शोक उत्सवमा परिणत भएको थियो । ति दिनलाई तिनीहरूले चाड र हर्षका दिनको रूपमा मनाउनुपर्ने अनि एक-अर्कालाई र गरिबहरूलाई खनेकुरा उपहार पठाउनुपर्ने भनी स्‍थापित गरियो ।
\s5
\v 23 त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्‍यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए ।
\v 24 त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्‍ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पुर’ अर्थात् चिट्ठा हाल्‍यो ।
\v 25 तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्‍ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए ।
\s5
\v 26 त्यसकारण तिनीहरूले यी दिनलाई "पूरीम" भने जुन "पूर" नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,
\v 27 यहूदीहरूले नयाँ चलन र कर्तव्यलाई स्वीकार गरे । यो चलन तिनीहरू, तिनीहरूका सन्तानहरू र तिनीहरूसँग मिल्ने हरेकको लागि थियो । हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो । हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्‍नुपर्ने भयो ।
\v 28 हरेक पुस्ता, हरेक परिवार, हरेक प्रान्त र हरेक सहरमा यी दिनमा उत्सव मनाउनुपर्ने र पालन गर्नुपर्ने भयो । पूरीमका यी दिनहरूलाई यहूदीहरूले कहिल्यै नबिर्सून् भनेर तिनीहरू र तिनका सन्तानहरूले विश्‍वस्ततासाथ यो उत्सव मान्‍न कहिल्यै पनि छोड्‍दैनन् ।
\s5
\v 29 अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पुरा अधिकारसाथ लेखे र पूरीमको बारेमा यो दोस्रो चिट्ठीले पुष्‍टि गरे ।
\s5
\v 30 यहूदीहरूको सुरक्षा र सत्यताको कामना गर्दै चिट्ठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तका सबै यहूदीहरूकहाँ पठाइए ।
\v 31 यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्‍न चिट्ठीहरूले निश्‍चयता दिए । यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे ।
\v 32 एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्‍का गर्‍यो, र यसलाई पुस्तकमा लेखियो ।
\s5
\c 10
\p
\v 1 तब राजा अहासूरसले आफ्नो साम्राज्य र समुद्री छेउका देशहरूमा कर लगाए ।
\v 2 तिनको शक्ति र ताकतका सबै प्राप्‍तिसाथै राजाले उच्‍च दर्जा दिएका मोर्दकैको महानताको पूर्ण विवरण मादी र फारसका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
\s5
\v 3 यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए । तिनी यहूदीहरूका बिचमा महान् थिए, र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसको शान्तिको पक्षमा बोले ।