ne_ulb/03-LEV.usfm

1294 lines
297 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id LEV Unlocked Literal Bible
\ide UTF-8
\h लेवीहरू
\toc1 लेवीहरूको पुस्तक
\toc2 लेवीहरू
\toc3 lev
\mt1 लेवीहरूको पुस्तक
\s5
\c 1
\p
\v 1 परमप्रभुले मोशालाई भेट हुने पालबाट बोलाएर यसो भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘तिमीहरूका बिचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू ।
\s5
\v 3 यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।
\v 4 त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ ।
\s5
\v 5 त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।
\v 6 तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस् ।
\s5
\v 7 अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् ।
\v 8 हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।
\v 9 तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।
\s5
\v 10 यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस् ।
\v 11 त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
\s5
\v 12 त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,
\v 13 तर त्यसका आन्द्राभुँडी र खुट्‍टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।
\s5
\v 14 यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, त्यसले एउटा ढुकुर वा परेवाको बचेरा ल्याओस् ।
\v 15 पुजारीले त्यो वेदीमा ल्याओस्, त्यसको टाउको निमोठेर चुँडाओस्, र त्यसलाई वेदीमा जलाओस् । त्यसपछि त्यसको रगत वेदीको छेउमा बहाइयोस् ।
\s5
\v 16 त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्‍टि खरानी राखिने ठाउँमा फ्याँकोस् ।
\v 17 त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस् । त्यसपछि पुजारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस् । यो एउटा होमबलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो नै आगोबाट चढाइएको बलि हुने छ ।
\s5
\c 2
\p
\v 1 कसैले परमप्रभुको निम्ति अन्‍नबलि ल्याउँदा, त्यसको बलि मसिनो पिठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस् ।
\v 2 त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पुजारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पिठोबाट पुजारीले एक मुट्ठी निकालोस् । त्यसपछि बलिको रूपमा पुजारीले त्यसलाई जलाओस् । त्यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
\v 3 अन्‍नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ ।
\s5
\v 4 चुलोमा पकाइएको अखमिरी अन्‍नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस् ।
\v 5 यदि तिमीहरूको अन्‍नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस् ।
\s5
\v 6 त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्‍नबलि हो ।
\v 7 यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू ।
\s5
\v 8 यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।
\v 9 त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ ।
\v 10 अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ ।
\s5
\v 11 तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू ।
\v 12 तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् ।
\v 13 तिमीहरूले आफ्ना सबै अन्‍नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्‍नबलिमा आफ्ना परमेश्‍वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू ।
\s5
\v 14 परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।
\v 15 त्यसपछि त्यसमा तेल र धूप राख्‍नू । यो अन्‍नबलि हो ।
\v 16 त्यसपछि पुजारीले पिसिएको अन्‍न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो ।
\s5
\c 3
\p
\v 1 यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्‍खोट साँढे वा गाई चढाओस् ।
\v 2 त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
\s5
\v 3 त्यस मानिसले परमप्रभुको अगि आगोद्वारा मेलबलि चढाओस् । भित्री भागहरू र दुईवटा मृगौलालाई ढाक्‍ने वा तीसँगै जोडिएको,
\v 4 र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलासमेत त्यसले निकालोस् ।
\v 5 हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
\s5
\v 6 यदि परमप्रभुको निम्ति कुनै मानिसको मेलबलि भेडा-बाख्राको बगालबाट हो भने, त्यसले निष्‍खोट भाले वा पोथी चढाओस् ।
\v 7 यदि त्यसले बलिको निम्ति थुमा चढाउँछ भने, त्यसले त्यो परमप्रभुको अगि चढाओस् ।
\v 8 त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
\s5
\v 9 त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्‍ने र तीसँगै भएको जम्मै बोसो,
\v 10 र दुईवटा मृगौला र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलाहरूसँगै त्यसले निकालोस् ।
\v 11 त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।
\s5
\v 12 यदि कुनै मानिसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुकहाँ चढाओस् ।
\v 13 त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
\v 14 त्यस मानिसले आगोद्वारा चढाइएको आफ्नो बलिलाई परमप्रभुकहाँ ल्याओस् । त्यसले भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै भएको बोसोलाई निकालोस् ।
\s5
\v 15 त्यसले दुईवटा मृगौला, तीसँगै भएको बोसो र कम्मरसँगै भएको बोसोलाई कलेजोको भागसँगै निकालोस् ।
\v 16 पुजारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मिठो सुगन्ध निकाल्‍नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।
\v 17 तैँले आफ्नो घर बनाउने हरेक ठाउँमा र तेरा मानिसहरूको पुस्तौँ-पुस्तामा यो सदाको निम्ति एउटा विधि होस्, र तैँले बोसो र रगत नखानू ।’”
\s5
\c 4
\p
\v 1 परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘यदि परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कार्यहरू गरेर कसैले अजानमा पाप गर्छ, र यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने, तल भनिएझैँ गर्नू ।
\v 3 यदि मानिसहरूमा दोष ल्याउने गरी मुख्‍य पुजारीले पाप गर्दछ भने, आफूले गरेको पापको निम्ति त्यसले परमप्रभुको अगि पापबलिको रूपमा एउटा निष्‍खोट साँढे ल्याओस् ।
\s5
\v 4 त्यसले त्यो साँढेलाई परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्, त्यसको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यस साँढेलाई परमप्रभुको अगि मारोस् ।
\v 5 अभिषिक्‍त पुजारीले त्यस साँढेको रगत लिएर भेट हुने पालमा लगोस् ।
\s5
\v 6 त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
\v 7 त्यसपछि पुजारीले परमप्रभुको अगि सुगन्धित धूपको वेदीमा भएका सिङहरूमा केही रगत लगाओस्, र त्यसले साँढेको बाँकी रगत भेट हुने पालको प्रवेशद्वारमा भएको वेदीको मुनि होमबलिको निम्ति खन्याओस् ।
\s5
\v 8 पापबलिको साँढेको जम्मै बोसो, र भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै जोडिएको बोसो त्यसले झिकोस्,
\v 9 दुईवटा मृगौला र त्यसमा भएको बोसो, कम्मरमा भएको बोसो, र कलेजोको भागलाई त्यसले झिकोस् ।
\v 10 मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।
\s5
\v 11 साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्‍टाहरू, भित्री भागहरू र त्यसको गोबर,
\v 12 र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।
\s5
\v 13 यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,
\v 14 तिनीहरूले गरेका पाप प्रकट भएपछि त्यस समुदायले पापबलिको निम्ति एउटा साँढे चढाओस् र त्यसलाई भेट हुने पालको अगाडि ल्याओस् ।
\v 15 त्यस समुदायका एल्डरहरूले परमप्रभुको अगि त्यस साँढेको टाउकोमाथि आफ्ना हातहरू राखून्, र त्यसलाई परमप्रभुको अगि मारून् ।
\s5
\v 16 अभिषिक्‍त पुजारीले साँढेको केही रगत भेट हुने पालमा ल्याओस्,
\v 17 र पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस् ।
\s5
\v 18 परमप्रभुको सामु रहेको भेट हुने पालको वेदीमा त्यसले केही रगत खन्याओस्, र सबै रगत त्यसले भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमुनि होमबलिको निम्ति खन्याओस् ।
\v 19 त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।
\s5
\v 20 त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
\v 21 त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।
\s5
\v 22 शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, र त्यो दोषी ठहरियो भने,
\v 23 त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्‍खोट बोको ल्याओस् ।
\s5
\v 24 त्यसले त्यस बोकोको टाउकोमाथि आफ्नो हात राखोस् र परमप्रभुको अगि होमबलिलाई मार्ने स्थानमा त्यसलाई मारोस् । यो पापबलि हो ।
\v 25 पुजारीले आफ्नो औँलाले पापबलिको रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र होमबलिको वेदीको फेदमा त्यसले त्यसको रगत खन्याओस् ।
\s5
\v 26 मेलबलिको बोसोझैँ त्यसले जम्मै बोसो वेदीमा जलाओस् । त्यस शासकको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस शासकलाई क्षमा हुने छ ।
\s5
\v 27 यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,
\v 28 र त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा त्यसले आफ्नो दोष स्वीकार्छ भने, त्यसले आफूले गरेको पापको निम्ति एउटा निष्‍खोट बाख्री बलिको लागि ल्याओस् ।
\s5
\v 29 त्यसले त्यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस् र होमबलिकै स्थानमा त्यस पापबलिलाई मारोस् ।
\v 30 पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् ।
\s5
\v 31 मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् । परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र उसलाई क्षमा हुने छ ।
\s5
\v 32 यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्‍चा ल्याउँछ भने, त्यसले एउटा निष्‍खोट पाठी ल्याओस् ।
\v 33 त्यसले आफ्नो हात त्यस पापबलिको टाउकोमाथि राखोस् र होमबलिलाई मार्ने स्थानमा त्यसलाई पापबलिको निम्ति मारोस् ।
\s5
\v 34 पुजारीले पापबलिको केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र त्यसको जम्मै रगत त्यसले वेदीको फेदमा खन्याओस् ।
\v 35 मेलबलिको निम्ति चढाइएको भेडाको बच्‍चाको बोसोझैँ त्यसले जम्मै बोसो काटी झिकोस्, र पुजारीले परमप्रभुको वेदीमाथिको होमबलिमा त्यो जलाओस् । पुजारीले त्यस मानिसले गरेको पापको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
\s5
\c 5
\p
\v 1 यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ ।
\v 2 वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ ।
\s5
\v 3 वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ ।
\v 4 वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।
\s5
\v 5 यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ ।
\v 6 त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ ।
\s5
\v 7 यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्‍चा ल्याओस्, एउटाचाहिँ पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ।
\v 8 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्ने छ । त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस् ।
\v 9 त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो ।
\s5
\v 10 त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस्, र त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
\s5
\v 11 तर यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्‍चा किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति बलिको रूपमा आधा पाथी मसिनो पिठोको पापबलि ल्याओस् । त्यो पापबलि भएको कारण त्यसले त्यसमा तेल वा धूप नराखोस् ।
\s5
\v 12 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, र पुजारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो ।
\v 13 त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । अन्‍नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने छ’ ।”
\s5
\v 14 अनि परमप्रभु मोशासँग यसो भनेर बोल्‍नुभयो,
\v 15 “यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्‍वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ ।
\v 16 जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
\s5
\v 17 परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ ।
\v 18 त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा पुजारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
\v 19 यो दोषबलि हो, र त्यो निश्‍चय नै परमप्रभुको अगि दोषी छ ।”
\s5
\c 6
\p
\v 1 परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
\v 2 “यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्‍वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने,
\v 3 वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने,
\v 4 र यदि त्यसले पाप गरेको छ र त्यो दोषी ठहरियो भने, त्यसले चोरी गरेर वा अत्याचार गरेर लिएको, वा त्यसको जिम्मामा भएको, वा हराएर त्यसले पाएको सबै फिर्ता गरोस् ।
\s5
\v 5 साथै, त्यसले कुनै विषयमा झुटो किरिया हालेको भए, त्यो दोषी ठहरिएको दिनमा त्यसले त्यो पूर्ण रूपमा फिर्ता गरोस्, र त्यसको मूल्यको पाँचौँ भाग थपेर त्यसको मालिकलाई दिओस् ।
\v 6 त्यसपछि त्यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पुजारीलाई दिओस् ।
\v 7 पुजारीले परमप्रभुको अगि त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्यसलाई क्षमा हुने छ ।”
\s5
\v 8 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
\v 9 “हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू, ‘होमबलिको विधि यस्तो रहेको छः होमबलि रातभर र बिहानसम्मै वेदीको चुल्होमाथि रहोस्, र वेदीको आगो बलिरहोस् ।
\s5
\v 10 पुजारीले आफ्ना सूतीका पोशाकहरू र भित्री वस्‍त्रहरू पहिरिने छ । होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि त्यसबाट निस्केको खरानी त्यसले लिने छ, र त्यस खरानीलाई वेदीको छेउमा राख्‍ने छ ।
\v 11 त्यसले आफ्ना वस्‍त्रहरू फुकाल्‍ने छ र छाउनीभन्दा बाहिर शुद्ध स्थानमा खरानी लैजानको निम्ति अर्को वस्‍त्र पहिरिने छ ।
\s5
\v 12 वेदीको आगोलाई भने बालिराख्‍नू । त्यो ननिभोस्, र पुजारीले हरेक बिहान त्यसमा दाउरा बालोस् । त्यसले आवश्‍यक भएअनुसार त्यसमा होमबलिलाई मिलाएर राख्‍ने छ, र मेलबलिको बोसोलाई त्यसमा जलाउने छ ।
\v 13 वेदीमा आगो निरन्तर बालिराख्‍नू । त्यो ननिभोस् ।
\s5
\v 14 अन्‍नबलिको विधि यस्तो रहेको छ । परमप्रभुको अगि वेदीको सामु हारूनका छोराहरूले त्यो अर्पण गरून् ।
\v 15 अन्‍नबलिको पिठो, तेल र धूपबाट पुजारीले एक मुट्ठी चिन्हको रूपमा लिएर मिठो सुगन्ध दिनको निम्ति वेदीमा जलाउने छ ।
\s5
\v 16 हारून र उसका छोराहरूले त्यस भेटीबाट बाँकी रहेका सबै खाऊन् । त्यो सबै खमिर नराखीकन कुनै एउटा पवित्र स्थानमा खाइनुपर्छ । तिनीहरूले त्यो भेट हुने पालको चोकमा खाऊन् ।
\v 17 त्यो खमिर राखेर पकाउनुहुँदैन । आगोद्वारा गरिने मेरा बलिहरूबाट तिनीहरूको भाग हुनलाई मैले त्यो दिएको छु । पापबलि र दोषबलिझैँ यो अति पवित्र छ ।
\v 18 तेरा मानिसहरूको पुस्तामा सधैँ, हारूनको वंशबाटको कुनै पुरुषले आगोबाट परमप्रभुको निम्ति चढाइएको बलिबाट आफ्नो हिस्साको रूपमा त्यो खान सक्‍ने छ । जसले ती छुन्छ त्यो पवित्र हुने छ ।’”
\s5
\v 19 यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,
\v 20 “हारून र त्यसका छोराहरूले हरेक छोराको अभिषेक गर्ने दिनमा परमप्रभुलाई अर्पण गर्ने बलि यस प्रकार रहेको छः नियमित अन्‍नबलिझैँ आधा पाथी मसिनो पिठो, आधाचाहिँ बिहान र आधा साँझ ।
\s5
\v 21 त्यसलाई पकाउने भाँडामा तेलसँग मिसाएर बनाइयोस् । त्यो भिजेपछि भित्र ल्याउनू । त्यो पाकेपछि अन्‍नबलिलाई टुक्रा गरी परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति अर्पण गरियोस् ।
\v 22 प्रधान पुजारीका छोराहरूमध्ये हुनेवाला प्रधान पुजारीले त्यो अर्पण गरोस् । सधैँ आज्ञा गरिएझैँ ती सबै परमप्रभुको निम्ति जलाइयोस् ।
\v 23 पुजारीका सबै अन्‍नबलि पूर्ण रूपमा जलाइयोस् । त्यो खानुहुँदैन ।”
\s5
\v 24 परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,
\v 25 “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘पापबलिको विधि यस्तो रहेको छः परमप्रभुको अगि होमबलिलाई जुन ठाउँमा मरिन्छ पापबलिलाई पनि त्यहीँ मार्नू । यो अति पवित्र हो ।
\v 26 पापको निम्ति अर्पण गर्ने पुजारीले नै त्यो खाओस् । भेट हुने पालको चोकको कुनै एउटा पवित्र स्थानमा त्यो खाइनुपर्छ ।
\s5
\v 27 त्यसको मासु छुने सबै कुरा पवित्र हुने छ, र यदि कुनै वस्‍त्रमा रगतको छिट्का लागेको भए त्यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू ।
\v 28 तर त्यो उमाल्‍न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू ।
\s5
\v 29 पुजारीहरूमध्ये जुनसुकै पुरुषले त्यसबाट खान सक्छ किनभने त्यो अति पवित्र हो ।
\v 30 तर पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति भेट हुने पालभित्र ल्याइएको कुनै पनि पापबलिको रगत भने नखानू । त्यो जलाइनुपर्छ ।
\s5
\c 7
\p
\v 1 दोषबलिको विधि यस्तो रहेको छ । यो अति पवित्र हो ।
\v 2 दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून्, र वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून् ।
\v 3 त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्‍ने बोसो,
\v 4 दुवै मृगौला र तिनलाई ढाक्‍ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्‍ने बोसो सबै झिक्‍नू ।
\s5
\v 5 पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो ।
\v 6 पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो ।
\s5
\v 7 पापबलि पनि दोषबलिजस्तै हो । यी दुवैका एउटै विधि छन् । तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्ने पुजारीकै ती हुने छन् ।
\v 8 अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्‍न सक्छ ।
\s5
\v 9 चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ ।
\v 10 सुक्‍खा वा तेलसँग मिसाइएका सबै अन्‍नबलि समान रूपमा हारूनका वंशको हुने छ ।
\s5
\v 11 परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ ।
\v 12 यदि कसैले त्यो धन्यवाद दिनको निम्ति अर्पण गर्दछ भने, त्यसले त्यो खमिर नराखी तेलमा मिसाएर बनाइएको रोटी, खमिर नराखी माथिबाट तेल लगाइएको रोटी, र मसिनो पिठोलाई तेलमा मिसाएर बनाइएको रोटीको भेटीद्वारा अर्पण गरोस् ।
\s5
\v 13 साथै, धन्यवाद दिनको निम्ति, आफ्नो मेलबलिसित त्यसले खमिर राखेर बनाइएको रोटी पनि अर्पण गरोस् ।
\v 14 परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा-एउटा त्यसले अर्पण गरोस् । यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने छ ।
\s5
\v 15 धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् ।
\v 16 तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ ।
\s5
\v 17 तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ, त्योचाहिँ जलाइयोस् ।
\v 18 यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ ।
\s5
\v 19 कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।
\v 20 तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।
\s5
\v 21 यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’”
\s5
\v 22 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
\v 23 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू ।
\v 24 बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्‍चय नै त्यो नखानू ।
\s5
\v 25 परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।
\v 26 तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू ।
\v 27 जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।”
\s5
\v 28 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,
\v 29 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् ।
\v 30 आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् ।
\s5
\v 31 पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ ।
\v 32 तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू ।
\s5
\v 33 हारूनका सन्तानहरूमध्ये मेलबलिहरूको रगत र बोसोलाई अर्पण गर्ने पुजारीले बलिदानबाट दाहिने फिला हिस्साको रूपमा लिओस् ।
\v 34 किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ ।
\s5
\v 35 पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्‍याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो ।
\v 36 परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो । सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने छ ।
\s5
\v 37 होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्,
\v 38 जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”
\s5
\c 8
\p
\v 1 परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 2 “हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।
\v 3 भेट हुने पालको प्रवेशद्वारमा सबै समुदायलाई भेला गर्नू ।”
\s5
\v 4 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ उनले गरे, र सबै समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भए ।
\v 5 अनि मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनेर आज्ञा गर्नुभएको यही नै हो ।”
\s5
\v 6 मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए ।
\v 7 उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।
\s5
\v 8 उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए ।
\v 9 उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए ।
\s5
\v 10 मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे ।
\v 11 उनले सात पटक वेदीमा तेल छर्के, अनि वेदी र त्यसका सबै भाँडाकुँडाहरू, धुने बाटा र त्यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।
\s5
\v 12 उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।
\v 13 मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।
\s5
\v 14 मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस पापबलिको साँढेको टाउकोमाथि राखे ।
\v 15 उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे ।
\s5
\v 16 मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए ।
\v 17 तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्यो साँढे, त्यसको छाला, त्यसको मासु, र गोबरलाई छाउनीबाहिर जलाए ।
\s5
\v 18 मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।
\v 19 उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के ।
\s5
\v 20 उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए ।
\v 21 उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो ।
\s5
\v 22 अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।
\v 23 हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए ।
\v 24 उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के ।
\s5
\v 25 उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए ।
\v 26 परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट उनले एउटा अखमिरी रोटी, एउटा तेल मिसाइएको रोटी र एउटा पापड लिएर बोसो र दाहिने फिलामा राखे ।
\v 27 उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए ।
\s5
\v 28 त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो ।
\v 29 मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो ।
\s5
\v 30 मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।
\s5
\v 31 यसैकारण मोशाले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासुलाई उमाल्नू, र मैले ‘हारून र तिनका छोराहरूले खाऊन्’ भनेर आज्ञा गरेझैँ अभिषेकको डालोमा भएको रोटीसहित त्यसलाई त्यहीँ खाओ ।
\v 32 मासु र रोटीबाट जे बाँकी हुन्छ त्यसलाई जलाउनू ।
\v 33 तिमीहरूको अर्पणको काम पुरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू । किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुने छ ।
\s5
\v 34 आजको दिनमा जे गरियो, त्यो तिमीहरूको प्रायश्‍चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो ।
\v 35 तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।”
\v 36 यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे ।
\s5
\c 9
\p
\v 1 आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।
\v 2 उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।
\s5
\v 3 इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पापबलिको निम्ति एउटा बोको र होमबलिको निम्ति एक-एक वर्षको निष्‍खोट बाछो र भेडाको बच्‍चा लिनू,
\v 4 र परमप्रभुको अगि बलिदानको निम्ति मेलबलिस्वरूप एउटा साँढे र एउटा भेडा, र तेल मिसाइएको अन्‍नबलि लिनू, किनभने आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुने छ ।’”
\v 5 यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।
\s5
\v 6 अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।”
\v 7 मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्‍चित्त गर, र मानिसहरूका निम्ति प्रायश्‍चित्तस्वरूप बलिदानलाई अर्पण गर ।”
\s5
\v 8 यसैकारण हारून वेदीको नजिक गए अनि आफ्नै निम्ति पापबलिको बाछो मारे ।
\v 9 हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।
\s5
\v 10 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।
\v 11 मासु र छाला भने छाउनीभन्दा बाहिर जलाइयोस् ।
\s5
\v 12 हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्यो रगतलाई वेदीको सबैतिर छर्के ।
\v 13 तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।
\v 14 तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।
\s5
\v 15 हारूनले मानिसहरूका बलिदानको भेटीस्वरूप एउटा बोको अर्पण गरे, र तिनीहरूका पापको निम्ति बलिदानको रूपमा त्यसलाई लिएर मारे; तिनले पहिलो बोकोलाई गरेझैँ यसलाई पनि पापको निम्ति बलिदान गरे ।
\v 16 परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।
\v 17 तिनले अन्‍नबलि अर्पण गरेपछि त्यसबाट एक मुट्ठी लिए अनि त्यही बिहानीको होमबलिसँगै त्यसलाई वेदीमा जलाए ।
\s5
\v 18 तिनले त्यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्यो वेदीको सबैतिर छर्के ।
\v 19 तर तिनीहरूले त्यस साँढे र भेडाको बोसो, बोसे-पुच्छर, भित्री भागहरूलाई ढाक्‍ने बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई काटी निकाले ।
\s5
\v 20 आफूले काटेर निकालेका भागलाई लिएर तिनीहरूले छातीमा राखे, अनि हारूनले बोसोलाई वेदीमा जलाए ।
\v 21 मोशाले आज्ञा गरेझैँ हारूनले छाती र दाहिने फिलालाई परमप्रभुको अगि डोलाइने बलिझैँ डोलाए ।
\s5
\v 22 त्यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।
\v 23 मोशा र हारून भेट हुने पालभित्र पसेर बाहिर आए अनि मानिसहरूलाई आशिष् दिए, अनि परमप्रभुको महिमा सबै मानिसहरूको सामु प्रकट भयो ।
\v 24 परमप्रभुबाट आगो बाहिर निस्‍कियो र वेदीको होमबलि र बोसोलाई भस्‍म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्‍च सोरमा कराए र आफ्नो शिर निहुराए ।
\s5
\c 10
\p
\v 1 हारूनका छोराहरू नादाब र अबीहू दुवैले हारूनको धुपौरो लिए र त्यसमा आगो र धूप राखे । अनि तिनीहरूले परमप्रभुले आज्ञा नगर्नुभएको आगो उहाँको सामु अर्पण गरे ।
\v 2 यसैकारण परमप्रभुको सामुबाट आगो निस्‍कियो र तिनीहरूलाई भष्‍म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।
\s5
\v 3 अनि मोशाले हारूनलाई भने, “परमप्रभुले भन्‍नुभएको कुरा यही हो, ‘मेरो नजिक आउनेहरू सबैलाई म मेरो पवित्रता प्रकट गर्ने छु । म सबै मानिसहरूका सामु महिमित हुने छु ।’” हारूनले केही बोलेनन् ।
\v 4 मोशाले हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “यहाँ आओ र पवित्र वासस्थानबाट आफ्ना भाइहरूलाई निकालेर छाउनीभन्दा बाहिर लैजाओ ।”
\s5
\v 5 यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरू पुजारीकै दौरा लगाएर नजिक आए र तिनीहरूलाई छाउनीबाट बाहिर लगे ।
\v 6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्‍त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ ।
\v 7 तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।
\s5
\v 8 परमप्रभु यसो भनेर हारूनसँग बोल्‍नुभयो,
\v 9 “तँ र तँसँगै भएका तेरा छोराहरू भेट हुने पालभित्र जाँदा मदिरा वा कुनै कडा मद्य नपिउनू, नत्रता तिमीहरू मर्ने छौ । पवित्र र साधारण, अनि अशुद्ध र शुद्धबिच भेद गराउनको निम्ति,
\v 10 तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस्,
\v 11 ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक ।”
\s5
\v 12 मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्‍नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।
\v 13 तिमीहरूले त्यो पवित्र स्थानमा खाओ, किनभने परमप्रभुलाई आगोद्वारा चढाइएका बलिदानहरूबाट यो तेरो र तेरा छोराहरूको भाग हो, किनकि तिमीहरूलाई यो कुरा बताउन मलाई आज्ञा भएको छ ।
\s5
\v 14 डोलाइएको छाती र परमप्रभुलाई अर्पण गरिएको फिला परमप्रभुलाई ग्रहणयोग्‍य हुने शुद्ध ठाउँमा तिमीहरूले खानू । ती भागहरू तँ र तेरा छोराछोरीहरूले खानू, किनकि इस्राएलका मानिसहरूका मेलबलिका भेटीहरूबाट ती तँ र तेरा छोराहरूको भागमा दिइएका छन् ।
\v 15 तिमीहरूले अर्पण गरिएको फिला र डोलाइएको छाती, आगोद्वारा चढाइने बोसोको बलिसँगै परमप्रभुको सामु डोलाइनको निम्ति ल्याउनू । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती सदाको निम्ति तेरो र तेरा छोराहरूको भाग हुने छन् ।”
\s5
\v 16 त्यसपछि मोशाले पापबलिको बोकोको बारेमा सोधे, र त्यो जलाइएको रहेछ भनेर उनले थाहा पाए । यसैकारण हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसँग उनी रिसाएर यसो भने,
\v 17 “तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ, किनकि त्यो अति पवित्र हो, र समुदायको पाप हटाउन र उहाँको सामु तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन र?
\v 18 हेर, त्यसको रगत यस पवित्र वासस्थानमा ल्याइएको थिएन, यसैकारण मैले आज्ञा गरेझैँ तिमीहरूले निश्‍चय नै त्यो पवित्र वासस्थानको क्षेत्रमा खानुपर्ने थियो ।”
\s5
\v 19 त्यसपछि हारूनले मोशालाई जवाफ दिए, “हेर्नुहोस्, तिनीहरूले आज परमप्रभुको अगि पापबलि र होमबलि अर्पण गरे, अनि आज मलाई यस्तो हुन आयो । यदि मैले त्यो पापबलि खाएको भए, के त्यो परमप्रभुलाई मनपर्दो हुने थियो?”
\v 20 जब मोशाले यो सुने, उनी सन्तुष्‍ट भए ।
\s5
\c 11
\p
\v 1 परमप्रभु मोशा र हारूनसँग यसरी बोल्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पृथ्‍वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्‍ने जीवित प्राणीहरू यी नै हुन् ।
\s5
\v 3 चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ ।
\v 4 तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
\s5
\v 5 अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
\v 6 अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन ।
\v 7 अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
\v 8 तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।
\s5
\v 9 पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ ।
\v 10 तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।
\s5
\v 11 ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।
\v 12 पानीमा पाइने प्राणी जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस् ।
\s5
\v 13 तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,
\v 14 चील, सबै प्रकारका बेसारो,
\v 15 सबै प्रकारका काग,
\v 16 सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज ।
\s5
\v 17 तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,
\v 18 राजहंस र धनेस, माछा खाने चील,
\v 19 सारस, सबै प्रकारका बकुल्‍ला, फाप्रेचरो र चमेरो ।
\s5
\v 20 चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् ।
\v 21 तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ ।
\v 22 तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ ।
\v 23 तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् ।
\s5
\v 24 यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ ।
\v 25 जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।
\s5
\v 26 हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् ।
\v 27 चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ ।
\v 28 त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।
\s5
\v 29 जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्ः न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो,
\v 30 गोहोरो, सालक, भालेमुङ्‍रो, बालुवाको छेपारो, र रङ्ग बदल्‍ने छेपारो ।
\s5
\v 31 घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन् । ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन् ।
\v 32 तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्‍रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
\v 33 यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू ।
\s5
\v 34 कुनै खान मिल्‍ने कुरामा त्यस्तो भाँडोको पानी पर्‍यो भने त्यो अशुद्ध हुन्छ । त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ ।
\v 35 जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।
\s5
\v 36 जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् ।
\v 37 यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्‍यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन् ।
\v 38 तर यदि बिउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्‍यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।
\s5
\v 39 तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ ।
\v 40 त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।
\s5
\v 41 जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।
\v 42 आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।
\s5
\v 43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।
\v 44 किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ ।
\v 45 किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।
\s5
\v 46 सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,
\v 47 जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’ ।”
\s5
\c 12
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।
\v 3 आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।
\s5
\v 4 त्यसपछि त्यस स्‍त्रीको रक्‍तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ । त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन ।
\v 5 तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्‍वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध रहने छे । त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ ।
\s5
\v 6 त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्‍चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस् ।
\s5
\v 7 त्यसपछि पुजारीले त्यो परमप्रभुको अगि चढाएर त्यस स्‍त्रीको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यो आफ्नो रक्‍तस्रावबाट शुद्ध हुने छे । छोरा वा छोरी जन्माउने स्‍त्रीको निम्ति विधि यही नै हो ।
\v 8 यदि त्यस स्‍त्रीको भेडाको बच्‍चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’ ।”
\s5
\c 13
\p
\v 1 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
\v 2 “यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ ।
\s5
\v 3 त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने छ । यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो । पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।
\v 4 यदि त्यसको छालामा भएको उज्‍ज्‍वल दाग सेतो छ, र त्यो छालामा गहिरो देखिँदैन, र त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने, रोग लागेको मानिसलाई पुजारीले सात दिनसम्‍म अलग्‍गै राखोस् ।
\s5
\v 5 सातौँ दिनमा पुजारीले त्यो रोग खराब भएको छ वा छैन र छालामा फैलिएको छ वा छैन भनेर जाँच्‍ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई अझै सात दिनसम्‍म अलग्‍गै राखोस् ।
\v 6 पुजारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको छ वा छैन र छालामा पर-परसम्‍म फैलिएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यो एउटा डाबर मात्र हो । त्यसले आफ्ना लुगाहरू धोओस्, अनि त्यो शुद्ध हुने छ ।
\s5
\v 7 तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस् ।
\v 8 त्यो डाबर छालामा अझै परसम्‍म फैलिएको छ वा छैन भनेर पुजारीले जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गर्ने छ । त्यो सरुवा रोग हो ।
\s5
\v 9 यदि कसैलाई सरुवा रोग लागेको छ भने, त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।
\v 10 पुजारीले छालामा कुनै भाग सेतो भएर फुलेको छ वा छैन, रौँ सेतो भएको छ वा छैन, वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ ।
\v 11 यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्‍गै राख्‍ने छैन ।
\s5
\v 12 यदि पुजारीले हेर्दा त्यसको रोग छालाभरि फैलिएर त्यसको शिरदेखि पाउसम्‍मै पुगेको रहेछ भने,
\v 13 त्यो रोगले त्यसका सबै शरीर ढाकेको छ वा छैन भनेर उसले त्यसलाई जाँचोस् । यदि छ भने, त्यो रोग भएको मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् । यदि त्यो पुरै सेतो भएको छ भने, त्यो शुद्ध हुने छ ।
\v 14 तर यदि त्यसमा आलो मासु देखा पर्‍यो भने, त्यो अशुद्ध हुने छ ।
\s5
\v 15 पुजारीले त्यो आलो मासुलाई हेरेर त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो । त्यो एउटा सरुवा रोग हो ।
\v 16 तर आलो मासु फेरि सेतो भयो भने, त्यो मानिस पुजारीकहाँ जाओस् ।
\v 17 छाला सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि छ भने पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ ।
\s5
\v 18 यदि कसैको छालामा कुनै फोका आयो र त्यो निको भयो,
\v 19 र त्यस फोकाको ठाउँमा सुनिएर त्यो सेतो भयो वा त्यहाँ रातो-सेतो उज्‍ज्‍वल दाग आयो भने, त्यो पुजारीलाई देखाइनुपर्छ ।
\v 20 त्यो छालामा गहिरो छ वा छैन र त्यसको रौँ सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि त्यस्तो भएको छ भने पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् । फोका भएको ठाउँमा नै त्यो आएको हो भने त्यो एउटा सरुवा रोग हो ।
\s5
\v 21 तर पुजारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ छैन भने, र त्यो छालामा गहिरो छैन तर बिलाउँदै गएको छ भने, पुजारीले त्यस मानिसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।
\v 22 यदि त्यो छालामा पर-पर फैलियो भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
\v 23 तर यदि त्यो सेतो दाग आफ्‍नै ठाउँमा रह्‍यो र त्यो फैलिएन भने, त्यो त्यस फोकाको दाग मात्र हो, र पुजारीले त्यस मानिसलाई शुद्ध घोषणा गरोस् ।
\s5
\v 24 यदि छालामा पोलेर घाउ भयो र त्यसको आलो मासुमा रातो-सेतो वा सेतो दाग भयो भने,
\v 25 पुजारीले त्यस दागमा पलाएको रौँ सेतो भएको छ वा छैन, र त्यो छालामा गहिरो भएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो पोलेको घाउ फुटेको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
\s5
\v 26 तर पुजारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको, र त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने, पुजारीले त्यसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।
\v 27 सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
\v 28 तर यदि त्यो दाग आफ्‍नै ठाउँमा रह्‍यो र छालामा त्यो फैलिएको छैन र बिलाउँदै गएको छ भने, त्यो पोलेको घाउ फुलेको मात्र हो, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस्, किनभने त्यो पोलेको घाउको दाग मात्र हो ।
\s5
\v 29 यदि कुनै पुरुष वा स्‍त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको छ भने,
\v 30 पुजारीले त्यो रोग छालामा गहिरो भएको छ वा छैन, र त्यसमा कुनै पहेँलो, मसिनो रौँ छ वा छैन भनेर त्यस रोगको जाँच गर्ने छ । यदि त्यहाँ छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो ।
\s5
\v 31 पुजारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको, र त्यसमा कालो रौँ नपलाएको देख्‍यो भने, पुजारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।
\s5
\v 32 सातौँ दिनमा पुजारीले त्यो रोग फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यहाँ पहेँलो रौँ छैन, र त्यो रोग छालाभन्‍दा गहिरो छैन भने,
\v 33 त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्‍म अलग्‍गै राखोस् ।
\s5
\v 34 सातौँ दिनमा पुजारीले त्यो रोग छालामा फैलिन रोकिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो छालाभन्दा गहिरो भएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् । त्यो मानिसले आफ्ना लुगाहरू धुने छ, अनि त्यो शुद्ध हुने छ ।
\s5
\v 35 तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्‍म फैलियो भने,
\v 36 पुजारीले फेरि त्यसको जाँच गर्नुपर्छ । यदि त्यो रोग छालामा फैलिएको छ भने, पुजारीले पहेँलो रौँ छ वा छैन भनेर हेर्नुपर्दैन । त्यो मानिस अशुद्ध हुन्छ ।
\v 37 तर यदि त्यो चिलाउने रोग फैलिन रोकिएको र त्यस ठाउँमा कालो रौँ पलाएको पुजारीले देख्‍यो भने, त्यो रोग निको भएको हो । त्यो मानिस शुद्ध हुन्छ, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् ।
\s5
\v 38 यदि कुनै पुरुष वा स्‍त्रीको शरीरमा सेता दागहरू छन् भने,
\v 39 पुजारीले ती दागहरू फिक्‍का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस्, जुन छालामा निस्‍केका डाबर मात्र हुन् । त्यो मानिस शुद्ध छ ।
\s5
\v 40 यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहने छ ।
\v 41 यदि त्यसको शिरको अगिल्‍लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहने छ ।
\s5
\v 42 तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो-सेतो खटिरा आएको छ भने, त्यो फुटेर निस्‍केको सरुवा रोग हो ।
\v 43 त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्ने छ ।
\v 44 यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् ।
\s5
\v 45 सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् ।
\v 46 त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्‍म त्यो अशुद्ध रहने छ । फैलिन सक्‍ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्‍लै बस्‍नुपर्छ । त्यो छाउनीभन्दा बाहिर बस्‍नुपर्छ ।
\s5
\v 47 यदि कुनै लुगामा ढुसी परेको छ भने, चाहे त्यो ऊनी होस् वा सुती,
\v 48 वा बुनिएको वा ऊनी वा सुती, वा छाला र छालाबाट बनेको कुनै कुराद्वारा बुनिएको होस्,
\v 49 यदि त्यो लुगा, छाला, बुनिएको वा सिलाइएको वस्‍तु, छालाद्वारा बनेको कुनै वस्‍तुमा हरियो वा रातो दाग छ भने त्यो फैलिने ढुसी हो, र त्यो पुजारीलाई देखाइनुपर्छ ।
\s5
\v 50 पुजारीले त्यो ढुसी भएको वस्‍तुलाई जाँचोस्, र ढुसी भएको जुनसुकै वस्‍तुलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।
\v 51 पुजारीले सातौँ दिनमा त्यो ढुसीलाई फेरि जाँचोस् । यदि त्यो त्यस लुगामा, वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको कुनै वस्‍तुमा, वा छाला वा छाला प्रयोग गरिएको कुनै वस्तुमा फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो, र त्यो वस्तु अशुद्ध हो ।
\v 52 त्यसले त्यो लुगा, ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको, वा छाला वा छालाबाट बनाइएको कुनै वस्तु, वा हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तुलाई जलाओस्, किनभने त्यसले रोग लाग्‍न सक्छ । त्यो वस्‍तु पूर्ण रूपमा जलाइनुपर्छ ।
\s5
\v 53 पुजारीले त्यो वस्‍तुलाई जाँच्‍दा त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको वस्‍तु, वा छालाका वस्‍तुहरूमा ढुसी फैलिएको छैन भने,
\v 54 त्यो ढुसी फेला परेको वस्‍तुलाई पुजारीले धुनू भनी आज्ञा गर्ने छ, र उसले त्यो अझै सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।
\v 55 ढुसी लागेको वस्‍तुलाई धोइसकेपछि पुजारीले त्यसको जाँच गर्ने छ । त्यो ढुसी नफैलिएको भए तापनि त्यसले आफ्‍नो रङ्ग परिवर्तन गरेन भने, त्यो अशुद्ध हुने छ । ढुसी वस्‍तुको जुन ठाउँमा लागेको भए तापनि तैँले त्यसलाई जलाउनू ।
\s5
\v 56 पुजारीले त्यो वस्‍तुको जाँच गर्दा त्यसलाई धोइएपछि यदि ढुसी फिका भयो भने, तैँले ढुसी लागेको भागलाई लुगा वा छाला, वा बुनिएको वा सिलाइएको वस्‍तुबाट च्‍यात्‍नू ।
\v 57 यदि त्यो लुगामा, चाहे त्यो बुनिएको वा सिलाइएको वा छालाबाट बनेको वस्‍तु होस्, अझै पनि ढुसी देखियो र त्यो फैलिँदै छ भने, ढुसी भएको जुनसुकै वस्‍तुलाई तैँले जलाउनू ।
\v 58 त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको जुनसुकै वस्‍तु, वा छाला वा छालाबाट बनेको कुनै वस्‍तुलाई धोएपछि यदि ढुसी हरायो भने, त्यो वस्‍तुलाई अर्को एक पटक धुनू, र त्यो शुद्ध हुने छ ।
\s5
\v 59 कुनै ऊनी वा सुतीको लुगा, ऊनी वा सुतीबाट बुनिएको कुनै वस्‍तु, वा छाला वा छालाबाट बनेको कुनै वस्‍तुको ढुसीसम्बन्धी विधि यी नै हुन्, जसअनुसार तिमीहरूले त्यसलाई शुद्ध वा अशुद्ध भनी घोषणा गर्न सक्छौ ।”
\s5
\c 14
\p
\v 1 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,
\v 2 “रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।
\s5
\v 3 छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ ।
\v 4 त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ ।
\v 5 पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ ।
\s5
\v 6 पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्‍ने छ ।
\v 7 त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ ।
\s5
\v 8 शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् ।
\v 9 सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ ।
\s5
\v 10 आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् ।
\v 11 शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् ।
\s5
\v 12 पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ ।
\v 13 उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो ।
\s5
\v 14 पुजारीले दोषबलिको केही रगत लिने छ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पोमा, दाहिने हातको बुढी औँलामा, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
\v 15 पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने छ र
\v 16 र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने छ ।
\s5
\v 17 पुजारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
\v 18 अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने छ, र पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ ।
\s5
\v 19 अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।
\v 20 त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ ।
\s5
\v 21 तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल,
\v 22 र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ ।
\v 23 आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् ।
\s5
\v 24 पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ ।
\v 25 उसले दोषबलिको निम्ति भेडाको बच्‍चालाई मार्ने छ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
\s5
\v 26 त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने छ,
\v 27 र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने छ ।
\s5
\v 28 त्यसपछि पुजारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
\v 29 परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ ।
\s5
\v 30 उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्-
\v 31 अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् ।
\v 32 छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”
\s5
\v 33 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
\v 34 “मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,
\v 35 घरको मालिकले आएर पुजारीलाई त्यसबारे बताओस् । त्यसले भनोस् ‘मैले मेरो घरमा ढुसीजस्तै केही देखेको छु ।’
\s5
\v 36 त्यसपछि पुजारीले त्यहाँ गएर ढुसी छ वा छैन भनेर हेर्नुभन्दा अगि तिनीहरूले त्यो घर खाली गर्नू भनेर उसले आज्ञा गर्ने छ, ता कि घरमा भएको कुनै पनि कुरा अशुद्ध नहोस् ।
\v 37 घरका पर्खालहरूमा ढुसी आएको छ वा छैन र त्यसले पर्खालका सतहहरूमा हरियो वा रातो रेखाहरू बनाएको छ वा छैन भनेर उसले जाँच गर्ने छ ।
\v 38 यदि घरमा ढुसी आएको छ भने, पुजारी घरबाट बाहिर जाने छ र घरको ढोका सात दिनसम्‍म बन्‍द गरिदिने छ ।
\s5
\v 39 सातौँ दिनमा पुजारी फर्कने छ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ ।
\v 40 यदि फैलिएको छ भने, पुजारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहरभन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्‍न आज्ञा गर्ने छ ।
\s5
\v 41 घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्ने छ, र खुर्किएर निकालिएको फोहोर वस्‍तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्‍नुपर्छ ।
\v 42 तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून् ।
\s5
\v 43 ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो र त्यो फैलियो भने,
\v 44 पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ ।
\s5
\v 45 त्यो घर भत्‍काइयोस् । त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस् ।
\v 46 साथै, त्यो घर बन्‍द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुने छ ।
\v 47 त्यस घरमा सुतेका वा खाएका जोसुकैले आफ्ना लुगाहरू धोऊन् ।
\s5
\v 48 घरलाई पोतिसकेपछि त्यहाँ ढुसी फैलिएको छ वा छैन भनेर पुजारी त्यस घरभित्र जाँच्‍नको निम्ति जाँदा यदि ढुसी बिलाइसकेको रहेछ भने, उसले त्यो घरलाई शुद्ध घोषणा गर्ने छ ।
\s5
\v 49 त्यसपछि पुजारीले घरलाई शुद्ध गर्नको निम्ति दुईवटा चरा, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो र हिसप लिओस् ।
\v 50 उसले माटोको भाँडाको ताजा पानीमाथि एउटा चरालाई मार्ने छ ।
\v 51 उसले देवदारुको काठ, हिसप, सिन्दुरे रङ्गको धागो, र जीवित चरा लिएर ती सबैलाई मारिएको चराको रगत र ताजा पानीमा चोप्‍ने छ र घरमा सात पटक छर्कने छ ।
\s5
\v 52 उसले त्यो घरलाई चराको रगत र ताजा पनि, जीवित चरा, देवदारुको काठ, हिसप र सिन्दुरे रङ्गको धागोले शुद्ध गर्ने छ ।
\v 53 तर उसले जीवित चरालाई भने सहरबाट बाहिर खुला मैदानहरूमा जान दिने छ । यसरी उसले त्यो घरको निम्ति प्रायश्‍चित्त गरोस्, र त्यो शुद्ध हुने छ ।
\s5
\v 54 सबै प्रकारका सरुवा रोगहरू र त्यस्ता रोग ल्याउने वस्‍तुहरू र चिलाउने रोग,
\v 55 लुगा र घरभित्रको ढुसी,
\v 56 सुनिएर फुलेको ठाउँ, डाबर, र उज्‍ज्‍वल दागलाई,
\v 57 ती कुन बेला अशुद्ध छन् र कुन बेला शुद्ध छन् भनेर निर्धारण गर्नका निम्ति विधि यी नै हुन् । छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधि यी नै हुन् ।”
\s5
\c 15
\p
\v 1 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्‍दछ भने, त्यो अशुद्ध हुन्छ ।
\v 3 त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो । त्यसको शरीरबाट तरल बग्‍ने भए तापनि वा त्यो बग्‍न बन्द भए तापनि, त्यो अशुद्ध हो ।
\s5
\v 4 त्यो पल्‍टिने सबै ओछ्‍यान अशुद्ध हुने छ, र त्यो बस्‍ने हरेक कुरा अशुद्ध हुने छ ।
\v 5 त्यसको ओछ्‍यानलाई छुने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
\s5
\v 6 सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिस बसेको कुनै कुरामा कोही बस्‍दछ भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
\v 7 सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
\s5
\v 8 यस्तो सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
\v 9 त्यस्तो रोग लागेको मानिस बस्‍ने काठी अशुद्ध हुने छ ।
\s5
\v 10 त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्‍म अशुद्ध हुने छ, र ती कुराहरू बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
\v 11 त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्‍छ भने, त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
\v 12 त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् ।
\s5
\v 13 त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।
\v 14 आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।
\v 15 पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।
\s5
\v 16 यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
\v 17 वीर्य भएको सबै लुगा वा छाला पानीले धोइयोस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
\v 18 यदि कुनै पुरुष र स्‍त्री सँगै सुते र त्यस स्‍त्रीभित्र वीर्य स्‍खलन भयो भने, तिनीहरू दुवै पानीले नुहाऊन् र तिनीहरू साँझसम्‍म अशुद्ध रहने छन् ।
\s5
\v 19 कुनै स्‍त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्‍म रहने छ, र त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने छ ।
\v 20 त्यसको महिनावारीको समयमा त्यो पल्‍टिने सबै कुरा अशुद्ध हुने छ, र त्यो बस्‍ने सबै कुरा अशुद्ध हुने छ ।
\s5
\v 21 त्यसको ओछ्‍यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।
\v 22 त्यो बस्‍ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।
\v 23 चाहे त्यो त्यस स्‍त्रीको ओछ्‍यान होस् वा त्यो बस्‍ने कुनै कुरा, यदि कुनै मानिसले त्यो छुन्छ भने, त्यो साँझसम्म अशुद्ध हुने छ ।
\s5
\v 24 यदि कुनै मानिस त्यस स्‍त्रीसँग सुत्‍यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्‍टिने हरेक ओछ्‍यान अशुद्ध हुने छ ।
\s5
\v 25 यदि कुनै स्‍त्रीको आफ्नो रजस्‍वलाको समयभन्दा फरक समयमा धेरै दिनसम्म रगत बग्‍यो भने, वा त्यसको रजस्‍वलाको समयभन्दा लामो समयसम्म रगत बग्‍यो भने, त्यसको अशुद्धता बगिरहने यी सबै दिनमा त्यो आफ्नो महिनावारीको समयसरह नै हुने छे । त्यो अशुद्ध हुने छे ।
\v 26 रगत बग्‍ने समयमा त्यो पल्‍टिने सबै ओछ्‍यान त्यसको निम्ति रजस्‍वलाको बेलाझैँ हुने छ, र त्यो बस्‍ने सबै कुरा रजस्‍वलाको अशुद्धताझैँ अशुद्ध हुने छ ।
\v 27 यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।
\s5
\v 28 तर यदि त्यो स्‍त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने, त्यसले सात दिन गनोस् र त्यसपछि त्यो शुद्ध हुने छे ।
\v 29 आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् ।
\v 30 पुजारीले एउटा चरोलाई पापबलिझैँ र अर्कोलाई होमबलिझैँ अर्पण गर्ने छ, र त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।
\s5
\v 31 यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।
\s5
\v 32 तरल बग्‍ने समस्या भएको जो कोही, वीर्यपातको समस्या भएर अशुद्ध भएको पुरुष,
\v 33 रजस्‍वलाको महिनावारी भएकी स्‍त्री, तरल बग्‍ने समस्या भएको पुरुष वा स्‍त्री, र अशुद्ध स्‍त्रीसँग सुत्‍ने पुरुष सबैका निम्ति विधिविधान यी नै हुन् ।’”
\s5
\c 16
\p
\v 1 हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्‍यु भएपछि परमप्रभु मोशासँग बोल्‍नुभयो ।
\v 2 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्‍चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्‍चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु ।
\s5
\v 3 यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।
\v 4 त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्‍त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।
\v 5 त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।
\s5
\v 6 अनि हारूनले साँढेलाई पापबलिको रूपमा अर्पण गरोस्, जुन त्यो आफै र आफ्‍नो परिवारको लागि प्रायश्‍चित्त गर्नका निम्ति हुने छ ।
\v 7 त्यसपछि त्यसले दुईवटा बोका लिएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको अगि तयार गरोस् ।
\s5
\v 8 अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस्, एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई, र अर्कोचाहिँ छोडिने बोकाको निम्ति ।
\v 9 चिट्ठामा परमप्रभुको भागमा परेको बोकालाई हारूनले पापबलिको निम्ति अर्पण गरोस् ।
\v 10 तर छोडिनको निम्ति चिट्ठा परेको बोकालाईचाहिँ उजाड-स्थानमा छोडेर प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको अगि जीवितै ल्याइयोस् ।
\s5
\v 11 त्यसपछि हारूनले आफ्‍नै निम्ति साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् । त्यसले आफ्नो र आफ्नो परिवारको निम्ति प्रायश्‍चित्त गरोस्, र यसैकारण आफ्नै निम्ति पापबलिको रूपमा त्यसले साँढेलाई मारोस् ।
\s5
\v 12 हारूनले वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको एउटा धुपौरो र आफ्ना हातमा मसिनो गरी पिसिएको सुगन्धित धुप लिएर पर्दाभित्र परमप्रभुको सामु ल्याओस् ।
\v 13 त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्‍चित्त-आसनलाई त्यस धुपबाट निस्‍केको बादलले ढाकोस् । त्यो नमरोस् भनेर त्यसले यो गरोस् ।
\s5
\v 14 अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्‍चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्‍चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।
\s5
\v 15 त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्यसको रगत पर्दाभित्र ल्याओस् । त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्यस्‍तै गरोस्, अर्थात् त्यसले त्यो रगत प्रायश्‍चित्त-आसनमाथि र त्यसपछि प्रायश्‍चित्त-आसनको सामु छर्कोस् ।
\v 16 इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस् । त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ ।
\s5
\v 17 हारून महा-पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।
\v 18 परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस् र त्यसको निम्ति प्रायश्‍चित्त गरोस्, र साँढे र बोकाको केही रगत लिएर त्यसले वेदीका सिङहरूका चारैतिर लगाओस् ।
\v 19 त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
\s5
\v 20 त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्‍चित्त गरेर सक्‍काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।
\v 21 हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्‍टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्‍याउन तयार भएको मानिसको जिम्मामा दिओस् ।
\v 22 त्यस बोकाले मानिसहरूका सबै दुष्‍टतालाई आफूमाथि बोकी एउटा एकान्‍त ठाउँमा जाओस् । उता उजाड-स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस् ।
\s5
\v 23 त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्यहीँ नै छोडोस् ।
\v 24 त्यसले कुनै पवित्र स्थानमा आफ्नो शरीर पानीले नुहाओस्, र आफ्ना साधारण लुगा लगाओस्, र त्यसपछि त्यो गएर आफ्ना मानिसहरूका निम्ति होमबलि अर्पण गरोस् अनि यसरी आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।
\s5
\v 25 त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।
\v 26 छोडिने बोकालाई जान दिने मानिसले आफ्ना लुगाहरू र आफ्नो शरीर पानीले धोओस्, र त्यसपछि त्यो छाउनीभित्र फर्कन सक्‍छ ।
\s5
\v 27 पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्‍चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।
\v 28 ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीले नुहाओस्, र त्यसपछि त्यो छाउनीभित्र आउन मिल्छ ।
\s5
\v 29 यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् ।
\v 30 किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ ।
\v 31 यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नुहुँदैन । यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने छ ।
\s5
\v 32 आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको र नियुक्‍त भएको प्रधान पुजारीले यसरी प्रायश्‍चित्त गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।
\v 33 त्यसले महा-पवित्र स्थान, भेट हुने पाल, वेदी, पुजारीहरू र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।
\s5
\v 34 इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्‍चित्त गर्ने विधि होस् ।” परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो ।
\s5
\c 17
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः
\v 3 ‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्‍चा वा बोका मार्दछ,
\v 4 तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने, त्यस रक्‍तपातको कारण त्यो दोषी हुने छ । त्यसले रगत बगाएको छ र त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत होस् ।
\s5
\v 5 इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो ।
\v 6 भेट हुने पालको प्रवेशद्वारमा पुजारीले परमप्रभुको वेदीमा रगत छर्कने छ, र परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति उसले बोसो जलाउने छ ।
\s5
\v 7 अबदेखि तिनीहरूले बाख्राका मूर्तिहरूलाई आफ्ना बलिदानहरू अर्पण नगरून्, जसका निम्ति तिनीहरू वेश्याहरूझैँ व्यवहार गर्दछन् । तिनीहरूका मानिसहरूको समस्‍त पुस्‍तामा यो सधैँको निम्ति विधि हुने छ ।’
\s5
\v 8 तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,
\v 9 र त्यसलाई परमप्रभुकहाँ अर्पण गरिनलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने, त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
\s5
\v 10 यदि इस्राएलका घरानाको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले रगत खायो भने, म त्यो रगत खाने मानिसको विरुद्ध हुने छु र म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्‍कृत गर्ने छु ।
\v 11 किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । तिमीहरूले आफ्ना प्राणको निम्ति प्रायश्‍चित्त गर्नलाई मैले त्यसको रगत तिमीहरूलाई दिएको छु, किनभने रगतले नै जीवनको प्रायश्‍चित्त गर्दछ ।
\s5
\v 12 त्यसैकारण इस्राएलका मानिसहरू वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले पनि रगत नखाऊन् भनेर मैले तिनीहरूलाई आज्ञा गरेको हुँ ।
\v 13 इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्‍ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस् ।
\s5
\v 14 किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । त्यसैकारण मैले इस्राएलका मानिसहरूलाई भनेँ, “कुनै पनि प्राणीको रगत तिमीहरूले नखानू, किनभने हरेक प्राणीको जीवन त्यसको रगतमा हुन्छ । जसले त्यो खान्छ, त्यो बहिष्‍कृत होस् ।”
\s5
\v 15 कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
\v 16 तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”
\s5
\c 18
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\v 3 तिमीहरू पहिले बसोबास गर्ने मिश्रका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । मैले तिमीहरूलाई लैजान लागेको देश अर्थात् कनानका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । तिमीहरूले तिनीहरूका रीतिरिवाजहरू नपछ्‍याउनू ।
\s5
\v 4 मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्‍नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\v 5 यसैकारण तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू र मेरा व्यवस्था पालन गर्नू । ती पालन गर्ने मानिस तीद्वारा नै बाँच्‍दछ । म परमप्रभु हुँ ।
\s5
\v 6 आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्‍नता नदेखाओस् । म परमप्रभु हुँ ।
\v 7 आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू । त्यो तेरी आमा हो! तैँले त्यसलाई अनादर नगर् ।
\v 8 आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत् । त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् ।
\s5
\v 9 आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।
\v 10 आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत् । त्यो तेरो निम्ति शर्मको कुरा हो ।
\v 11 आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई । त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत् ।
\s5
\v 12 आफ्ना बुबाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरो बुबाको नजिकको नातेदार हो ।
\v 13 आफ्नी आमाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरी आमाको नजिकको नातेदार हो ।
\v 14 आफ्ना बुबाको दाजु वा भाइकी पत्‍नीसँग सुतेर त्यसको अनादर नगर् । त्यस्तो कामको निम्ति त्यसको नजिक नजा, त्यो तेरी काकी हो ।
\s5
\v 15 आफ्नी बुहारीसँग नसुत् । त्यो तेरो छोरोकी पत्‍नी हो, त्योसँग नसुत् ।
\v 16 आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् ।
\s5
\v 17 कुनै स्‍त्री र त्यसकी छोरी दुवैसँग नसुत्, वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत् । तिनीहरू त्यस स्‍त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्‍नु दुष्‍टता हो ।
\v 18 आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्यसकी दिदी वा बहिनीसँग नसुत् ।
\s5
\v 19 कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।
\v 20 आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।
\s5
\v 21 आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।
\s5
\v 22 स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू । यो दुष्‍टता हो ।
\v 23 कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू । यो अस्वाभाविक दुराचरण हो ।
\s5
\v 24 यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।
\v 25 तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो ।
\s5
\v 26 यसैकारण, तिमीहरूले मेरा आज्ञाहरू र विधिहरू पालन गर्नू, र इस्राएलका स्वदेशी वा तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी जोकोहीले कुनै पनि यस्ता घृणास्‍पद काम नगर्नू ।
\v 27 तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।
\v 28 तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् ।
\s5
\v 29 तिमीहरूमध्ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने, तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुने छन् ।
\v 30 तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
\s5
\c 19
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।
\v 3 हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\v 4 मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\s5
\v 5 तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।
\v 6 तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस् । तेस्रो दिनसम्म केही बाँकी रह्‍यो भने, त्यो आगोद्वारा जलाइयोस् ।
\v 7 यदि त्यो तेस्रो दिनमा खाइयो भने, त्यो मासु अशुद्ध हो; त्यसलाई ग्रहण गरिनुहुँदैन,
\v 8 र त्यो जसले खान्छ त्यसले आफ्नो दोष बोकिरहने छ किनभने परमप्रभुको निम्ति जे पवित्र छ त्यो त्यसले अशुद्ध गरेको छ, र त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
\s5
\v 9 तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू ।
\v 10 आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्‍नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्‍नू । तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\s5
\v 11 चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।
\v 12 मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।
\s5
\v 13 आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।
\v 14 बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्‍ने कुरो नराख्‍नू । बरु, तिमीहरूले आफ्ना परमेश्‍वरको भय मान्‍नू । म परमप्रभु हुँ ।
\s5
\v 15 झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।
\v 16 आफ्ना मानिसहरूका बिचमा निन्‍दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ ।
\s5
\v 17 आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू ।
\v 18 बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।
\s5
\v 19 तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू । आफ्‍ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ । आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर । दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ ।
\s5
\v 20 मगनी भएको तर मोल नतिरिएको वा स्वतन्त्र नगराइएको कमारी स्‍त्रीसँग सुत्‍नेलाई दण्ड दिइयोस् । तिनीहरूलाई मृत्युदण्ड नदिनू किनभने त्यो मुक्‍त थिई ।
\v 21 त्यस मानिसले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ एउटा भेडा दोषबलिको रूपमा ल्याओस् ।
\v 22 त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्‍चित्त गर्ने छ । अनि त्यसले गरेको पाप क्षमा हुने छ ।
\s5
\v 23 तिमीहरूले जमिनमा हर प्रकारका रुखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्‍नू । ती फल तेरो निम्ति खानलाई तिन वर्षसम्म मनाही हुने छ । त्यो नखानू ।
\v 24 तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुने छ ।
\v 25 पाँचौँ वर्षमा रुखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्‍छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\s5
\v 26 कुनै मासुमा रगत बाँकी छ भने त्यो नखानू । भविष्‍यबारे जान्‍न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्‍तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू ।
\v 27 तिमीहरूका कन्‍चेटको कपाल नखुर्कनू वा दाह्रीका कुना-कुना नकाट्नू ।
\v 28 मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्‍नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू । म परमप्रभु हुँ ।
\s5
\v 29 आफ्नी छोरीलाई वेश्‍या बनाएर त्यसको अपमान नगर्नू, नत्रता सारा देश वेश्‍यागमनतिर लाग्‍ला र देश दुष्‍टताले भरिने छ ।
\v 30 तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्र स्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
\s5
\v 31 मरेकाहरू वा आत्माहरूसँग बोल्‍नेहरूलाई नपछ्‍याओ । तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\s5
\v 32 फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्‍वरको भय मान । म परमप्रभु हुँ ।
\s5
\v 33 तिमीहरूका देशमा कुनै परदेशी बस्‍दछ भने, त्यसलाई कुनै हानि नगर्नू ।
\v 34 तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्‍मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\s5
\v 35 लम्बाइ, तौल र सङ्ख्या नाप्‍दा छल नगर्नू ।
\v 36 तिमीहरूले ठिक-ठिक तराजु र ढक, र ठिक-ठिक नाप र तौलहरू प्रयोग गर्नू । तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\v 37 तिमीहरूले मेरा सबै आज्ञाहरू र मेरा सबै विधिविधानहरू मान्‍नू र तीअनुसार चल्‍नू । म परमप्रभु हुँ’ ।”
\s5
\c 20
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्यो मारिनुपर्छ । त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून् ।
\s5
\v 3 त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्यसको विरुद्ध खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु ।
\v 4 यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे, र त्यसलाई मृत्युदण्ड दिएनन् भने,
\v 5 त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्ने छु ।
\s5
\v 6 मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्‍कार गर्ने छु ।
\v 7 त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । [१]
\s5
\v 8 तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
\v 9 आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्‍यको हुन्छ ।
\s5
\v 10 अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।
\v 11 आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।
\v 12 यदि कोही मानिस आफ्नी बुहारीसँग सुत्‍यो भने, तिनीहरू दुवै मारिनुपर्छ । तिनीहरूले दुराचरण गरेका हुनाले तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन् ।
\s5
\v 13 कोही पुरुष स्‍त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्‍यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन् ।
\v 14 कोही पुरुषले कुनै स्‍त्री र त्यसकी आमा दुवैलाई विवाह गर्‍यो भने, यो दुष्‍टता हो । त्यो पुरुष र ती दुवै स्‍त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्‍टता नहोस् ।
\s5
\v 15 कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।
\v 16 कोही स्‍त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्‍त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्‍चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र मर्न योग्‍यका हुन्छन् ।
\s5
\v 17 कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्‍नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्‍नता देख्‍दछे भने, यो शर्मको कुरा हो । त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ । त्यसले आफ्नो दोष बोकिरहने छ ।
\v 18 कोही पुरुष स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सुत्‍यो भने, त्यसले त्यसको रगतको मूल देखाउँदछ । ती पुरुष र स्‍त्री दुवै आफ्ना मानिसहरूबाट बहिष्‍कृत गरिनुपर्छ ।
\s5
\v 19 आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् । तैँले आफ्नो दोष आफै बोक्‍ने छस् ।
\v 20 कोही पुरुष आफ्नी काकीसँग सुत्यो भने, त्यसले आफ्नो काकाको अपमान गर्दछ । तिनीहरूले आ-आफ्नो पापको भार उठाउने छन्, र तिनीहरू निसन्तान नै मर्ने छन् ।
\v 21 कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्‍नीलाई बिहे गर्‍यो भने, त्यो अपमानजनक हो । त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु ।
\s5
\v 22 त्यसैकारण तिमीहरूले मेरा सबै विधिविधानहरू र आज्ञाहरू पालन गर्नू । यी तिमीहरूले पालन गर्नू ताकि तिमीहरूलाई बसोबास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस् ।
\v 23 तिमीहरूका सामुबाट मैले निष्‍कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ ।
\s5
\v 24 मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।
\v 25 यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्‍नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।
\s5
\v 26 तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।
\s5
\v 27 मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः ... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।
\s5
\c 21
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,
\v 2 तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,
\v 3 वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्‍छ ।
\s5
\v 4 तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् ।
\v 5 पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् ।
\v 6 तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र रहून्, र तिनीहरूका परमेश्‍वरका नाउँको अपमान नगरून्, किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्‍वरको भोजन अर्पण गर्दछन् । यसैकारण पुजारीहरू पवित्र रहून् ।
\s5
\v 7 तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून् ।
\v 8 तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु ।
\v 9 पुजारीकी छोरी जो वेश्‍या भएर आफैलाई अपवित्र बनाउछे, त्यसले आफ्नो बुबाको अपमान गर्छे । त्यो जलाइयोस् ।
\s5
\v 10 आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् ।
\v 11 आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।
\v 12 त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ ।
\s5
\v 13 प्रधान पुजारीले आफ्नी पत्‍नीको रूपमा कन्या केटी बिहे गरोस् ।
\v 14 त्यसले विधवा, विच्‍छेद भएकी स्‍त्री, वा वेश्‍या बिहे नगरोस् । यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
\v 15 ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
\s5
\v 16 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 17 “हारूनलाई यसो भन्, ‘तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट छ भने, त्यसले आफ्नो परमेश्‍वरलाई भोजन अर्पण गर्न नजिक नआओस् ।
\s5
\v 18 शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस्, जस्तै दृष्‍टिविहीन वा हिँड्न नसक्‍ने मानिस, विरूपित वा आकार विकृत भएको मानिस,
\v 19 हात वा खुट्टा बाँङ्गिएको मानिस,
\v 20 पछाडि ढाडमा मासुको डल्‍ला पलाएको मानिस, वा धेरै पातलो वा होचो मानिस, वा आँखामा खोट भएको मानिस, वा रोग लागेको, घाउ भएको, चर्मरोग लागेको, वा अन्डाकोष पिसिएको मानिस ।
\v 21 पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।
\s5
\v 22 परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।
\v 23 तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”
\v 24 यसैले मोशाले यी वचनहरू हारून, तिनका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई सुनाए ।
\s5
\c 22
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।
\v 3 तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।
\s5
\v 4 हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,
\v 5 वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,
\v 6 र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।
\s5
\v 7 घाम अस्ताएपछि त्यो शुद्ध हुने छ । घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो ।
\v 8 मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस् । त्यसबाट त्यो अशुद्ध हुन्छ । म परमप्रभु हुँ ।
\v 9 पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् । तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
\s5
\v 10 पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन् ।
\v 11 तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ । पुजारीका परिवारका सदस्यहरू र त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्‍ने छन् ।
\s5
\v 12 यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्‍यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस् ।
\v 13 तर पुजारीकी छोरी विधवा, वा विच्‍छेद भएकी स्‍त्री हो, र त्यसको बालबच्‍चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे । तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस् ।
\s5
\v 14 यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् ।
\v 15 डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,
\v 16 नत्रता तिनीहरूले पाप बोक्‍ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
\s5
\v 17 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 18 “हारून र त्यसका छोराहरू, र इस्राएलका सारा मानिसहरूलाई यसो भन्, ‘कुनै इस्राएली, वा इस्राएलमा बसोबास गर्ने परदेशीले बलिदान अर्पण गर्दा चाहे त्यो कुनै भाकल पुरा गर्न होस्, वा त्यो स्वेच्‍छा भेटी होस्, वा तिनीहरूले परमप्रभुलाई होमबलि अर्पण गर्दा,
\v 19 तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।
\s5
\v 20 तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।
\v 21 कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्‍छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्‍खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन ।
\s5
\v 22 अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू । तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू ।
\v 23 अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्‍छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।
\s5
\v 24 चोट लागेका, कुच्‍च्याइएका, चिरिएका, वा काटिएका अण्डकोष भएका पशु परमप्रभुलाई अर्पण नगर्नू । तिमीहरूको देशैभरि त्यस्तो नगर्नू ।
\v 25 परदेशीको हातबाट तिमीहरूका परमेश्‍वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”
\s5
\v 26 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 27 “बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस् । आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ ।
\s5
\v 28 गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्‍चासमेत नमार्नू ।
\v 29 तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्‍य तरिकामा बलि गर्नू ।
\v 30 त्यसलाई त्यो बलि गरिएकै दिनमा खानू । अर्को बिहानीसम्म त्यसको केही भाग पनि नछोड्‍नू । म परमप्रभु हुँ ।
\s5
\v 31 यसैकारण तिमीहरूले मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।
\v 32 तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू । इस्राएलका मानिसहरूले म पवित्र छु भन्‍ने कुरा स्वीकारून् । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ,
\v 33 र मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।
\s5
\c 23
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।
\s5
\v 3 तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो ।
\s5
\v 4 परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, पवित्र सभाहरू जसलाई तिमीहरूले तिनीहरूका तोकिएका समयमा घोषणा गर्नू ।
\v 5 पहिलो महिनाको चौधौँ दिनको साँझ परमप्रभुको निस्तार-चाड हो ।
\v 6 सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू ।
\s5
\v 7 पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू ।
\v 8 तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।”
\s5
\v 9 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,
\v 10 “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘मैले तिमीहरूलाई दिन लागेको देशमा तिमीहरू पुगेर त्यहाँ फसलको कटनी गरेपछि तिमीहरूले बालीको पहिलो फलको एक बिटा पुजारीकहाँ ल्याउनू ।
\v 11 त्यसले त्यो बालीको बिटालाई परमप्रभुको अगि डोलाउने छ र तिमीहरूका निम्ति त्यो स्वीकारियोस् भनेर त्यसले त्यो उहाँलाई अर्पण गर्ने छ । शबाथपछिको दिनमा पुजारीले त्यो डोलाएर मलाई अर्पण गर्ने छ ।
\s5
\v 12 बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू ।
\v 13 अन्‍नबलिचाहिँ परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति होमबलिको रूपमा तेलसँग मुछिएको एक पाथी मसिनो पिठो होस्, र अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस् ।
\v 14 यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् ।
\s5
\v 15 शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।
\v 16 सातौँ शबाथको पचास दिन तिमीहरूले गन्‍नू । त्यसपछि तिमीहरूले परमप्रभुलाई नयाँ अन्‍नको बलि चढाउनू ।
\s5
\v 17 तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू । त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् । ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन् ।
\v 18 रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।
\s5
\v 19 तिमीहरूले पापबलिको निम्ति एउटा बोका, र मेलबलिको निम्ति एक वर्षे दुईवटा थुमा बलिदानको निम्ति अर्पण गर्नू ।
\v 20 पहिलो फलको रोटीसँगै परमप्रभुको निम्ति पुजारीले ती डोलाओस्, र दुईवटा थुमासँगै ती बलिदानस्वरूप अर्पण गरोस् । ती पुजारीको निम्ति परमप्रभुलाई अर्पण गरिएको पवित्र बलिदान हुने छन् ।
\v 21 त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ ।
\s5
\v 22 तिमीहरूले आफ्नो भूमिको फसल कटनी गर्दा आफ्ना भूमिको कुना-कुनामा कटनी नगर्नू, र आफ्नो फसलको शिला-बाला नबटुल्‍नू । ती तिमीहरूले गरिब र परदेशीका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
\s5
\v 23 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 24 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।
\v 25 तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।”
\s5
\v 26 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 27 “सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू ।
\s5
\v 28 त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।
\v 29 त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
\s5
\v 30 त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु ।
\v 31 तिमीहरूले त्यस दिन कुनै पनि प्रकारको काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो विधि बनोस् ।
\v 32 यो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको शबाथ होस्, र त्यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले आफैलाई नम्र बनाउनू । अर्को दिनको साँझसम्म तिमीहरूले शबाथ मान्‍नू ।”
\s5
\v 33 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 34 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।
\s5
\v 35 पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
\v 36 सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
\s5
\v 37 यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।
\v 38 परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।
\s5
\v 39 छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।
\s5
\v 40 पहिलो दिनमा तिमीहरूले रुखहरूबाट उत्तम फल, खजुरका हाँगाहरू, र धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिनू, र सात दिनसम्म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाउनू ।
\v 41 हरेक वर्ष सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति यो चाड मनाउनू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो एउटा विधि होस् ।
\s5
\v 42 तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्‍नू । इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून्,
\v 43 ताकि तिमीहरूका वंशले पुस्तौँ-पुस्तासम्म यो जानून्, कि मैले इस्राएलका मानिसहरूलाई मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूलाई कसरी यी स-साना छाप्राहरूमा बस्‍न लगाएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
\v 44 यसरी मोशाले परमप्रभुका निम्ति तोकिएका चाडहरूबारे इस्राएलका मानिसहरूलाई घोषणा गरे ।
\s5
\c 24
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई बत्तीमा प्रयोग गरिनको निम्ति जैतूनलाई पिसेर शुद्ध तेल ल्याउनू भनेर भन्, ताकि बत्ती निरन्तर बलिरहोस् ।
\s5
\v 3 भेट हुने पालमा गवाही पर्दादेखि बाहिर परमप्रभुको सामु हारूनले साँझदेखि बिहानसम्म त्यो बत्ती बालिराखोस् । तिमीहरूका मानिसहरूको सारा वंशमा सदाको निम्ति यो एउटा विधि बनोस् ।
\v 4 प्रधान पुजारीले शुद्ध सुनको पानसमा भएका बत्तीहरू बालिराखोस् ।
\s5
\v 5 तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू । हरेक रोटीमा एक पाथी पिठो होस् ।
\v 6 त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्‍नू ।
\s5
\v 7 रोटीहरूका दुवै ताँतीमा सम्झनाको भेटीस्वरूप शुद्ध धूप राख्‍नू । यही धूप परमप्रभुको निम्ति होमबलि हुने छ ।
\v 8 हरेक शबाथ दिनमा अनन्तको करारको चिन्हस्वरूप इस्राएलका मानिसहरूको खातिर प्रधान पुजारीले परमप्रभुको अगि त्यो रोटी राखोस् ।
\v 9 यो भेटी हारून र त्यसका छोराहरूका निम्ति हुने छ, र तिनीहरूले त्यो कुनै पवित्र ठाउँमा खाऊन्, किनभने त्यो परमप्रभुका निम्ति होमबलिको भेटीको भाग हो ।”
\s5
\v 10 एउटी इस्राएली स्‍त्रीको छोरा जसको बुबा एक मिश्री थियो, त्यो इस्राएलका मनिसहरूका बिचमा गयो । छाउनीमा त्यस इस्राएली स्‍त्रीको छोरा एउटा इस्राएली पुरुषसँग झगडा गर्‍यो ।
\v 11 इस्राएली स्‍त्रीको छोराले परमप्रभुको नाउँको निन्दा गर्‍यो र परमेश्‍वरलाई सराप्‍यो । यसैकारण मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए । त्यसकी आमाको नाम शलोमीत थियो जो दानका कुलको दिब्रीकी छोरी थिई ।
\v 12 परमप्रभु आफैले तिनीहरूलाई आफ्नो इच्‍छा नबताउनुभएसम्म तिनीहरूले त्यसलाई बन्दी बनाएर राखे ।
\s5
\v 13 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 14 “परमेश्‍वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्‍मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
\s5
\v 15 इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्‍वरलाई सराप्‍नेले आफ्नो दोष आफै बोकोस् ।
\v 16 परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्‍चय नै मारियोस् ।
\s5
\v 17 यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्‍यो भने, त्यो निश्‍चय नै मारियोस् ।
\v 18 यदि कसैले अर्काको पशुलाई हानेर मार्‍यो भने, त्यसले प्राणको साटो प्राण नै भर्ना दिओस् ।
\s5
\v 19 यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्,
\v 20 चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।
\v 21 जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।
\s5
\v 22 परदेशी र स्वदेशमै जन्मिएको इस्राएली दुवैका निम्ति नियम एउटै होस्, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
\v 23 यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।
\s5
\c 25
\p
\v 1 परमप्रभुले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई भन्, ‘मैले तिमीहरूलाई दिने देशमा पुगेपछि परमप्रभुको निम्ति भूमिले पनि शबाथ मानोस् ।
\s5
\v 3 तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्‍नू र फसल बटुल्‍नू ।
\v 4 तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस् । आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्‍नू ।
\s5
\v 5 आफै उम्रेको फसल वा नछिँवलेको बोटबाट दाखको कटनी नगर्नू । योचाहिँ भूमिको निम्ति एक वर्षका लागि पवित्र विश्राम होस् ।
\v 6 शबाथको वर्षमा खन-जोत नगरिएको भूमिले जे उब्जाउँछ त्यो नै तिमीहरूका निम्ति भोजन हुने छ । तिमीहरू, तिमीहरूका कमारा-कमारीहरू, तिमीहरूले ज्यालामा काममा लगाएका नोकरहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूले ती भोजन बटुल्‍न सक्छन्,
\v 7 र तिमीहरूका गाईवस्तु, र जङ्गली पशुहरूले पनि भूमिले जे उब्जाउँछ त्यही खाने छन् ।
\s5
\v 8 तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू अर्थात् सात गुणा सात वर्ष गरी उनन्‍चास वर्ष गन्‍नू ।
\v 9 त्यसपछि सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले सबै ठाउँमा ठुलो आवाजमा तुरही बजाउनू । प्रायश्‍चित्तको दिनमा तिमीहरूले आफ्ना सारा भूमिभरि तुरही बजाउनू ।
\s5
\v 10 तिमीहरूले पचासौँ वर्ष परमप्रभुका निम्ति अलग गर्नू र सारा भूमिमा सबै बासिन्दाहरूबिच स्वतन्त्रताको घोषणा गर्नू । यो तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष होस्, जुन वर्ष सम्पत्ति र दास तिनीहरूका परिवारहरूमा फिर्ता गरिने छन् ।
\s5
\v 11 पचासौँ वर्ष तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष हुने छ । तिमीहरूले बाली नलगाउनू र कटनी पनि नगर्नू । आफै उम्रेका, र नछिँवलेका बोटहरूका दाखहरू तिमीहरूले खानू ।
\v 12 यो पुनर्स्थापनाको वर्ष भएको हुनाले यो तिमीहरूका निम्ति पवित्र हुने छ । भूमिमा आफै उम्रेका कुराहरू तिमीहरूले खानू ।
\s5
\v 13 पुनर्स्थापनाको वर्षमा सबैलाई आफ्नै जग्‍गाजमिनमा फर्काउनू ।
\v 14 तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्‍गा बेच्‍दा वा आफ्नो छिमेकीबाट जग्‍गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।
\s5
\v 15 आफ्नो छिमेकीबाट जग्‍गा किन्दा अर्को पुनर्स्थापनाको वर्षसम्ममा कटनी गर्न सकिने वर्षहरू र बालीहरूलाई ध्यानमा राख्‍नू । जग्‍गा बेच्‍न लागेका तिमीहरूका छिमेकीले पनि यो कुरा ध्यानमा राखोस् ।
\v 16 अर्को पुनर्स्थापनाको वर्षसम्म जति धेरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य बढी हुने छ, र अर्को पुनर्स्थापनाको वर्षसम्म जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य कम हुने छ, किनभने नयाँ मालिकको निम्ति कटनीको सङ्ख्या अर्को पुनर्स्थापनाको वर्ष आउन बाँकी वर्षहरूमा आधारित हुन्छ ।
\v 17 तिमीहरूले एक-अर्कालाई धोका नदिनू, बरु तिमीहरूले आफ्ना परमेश्‍वरको मान गर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\s5
\v 18 यसैले तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू, मेरा नियमहरू पालन गर्नू र तीअनुसार चल्‍नू । अनि तिमीहरू आफ्नो देशमा सुरक्षित भई जिउने छौ ।
\v 19 भूमिले आफ्नो उब्जनी दिने छ, र तिमीहरूले प्रशस्‍त मात्रामा खाने छौ र त्यहाँ सुरक्षित भएर जिउने छौ ।
\s5
\v 20 तिमीहरूले भनौला, “सातौँ वर्षमा हामीले के खाने छौँ? हेर्नुहोस्, हामीले न त बाली लगाउन सक्छौँ, न फसल कटनी गर्न सक्छौँ ।”
\v 21 छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्‍ने फसल उब्जाउने छ ।
\v 22 आठौँ वर्षमा तिमीहरूले बाली लगाउने छौ र तिमीहरूले अगिल्लो वर्षको उब्जनी र भण्डार गरिएको उब्जनीबाट नै खानू । नवौँ वर्षको कटनी गरिएको फसल नआउँदासम्म अगिल्ला वर्षहरूमा भण्डार गरिएका उब्जनीहरूबाट तिमीहरूले खान सक्‍ने छौ ।
\s5
\v 23 कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्‍नू, किनभने त्यो भूमि मेरो हो । तिमीहरू सबै परदेशीहरू हौ र मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ ।
\v 24 तिमीहरूले हासिल गरेका सबै जग्‍गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्‍गा किन्यौ त्यही परिवारलाई त्यो जग्‍गा किन्‍ने मौका दिनू ।
\v 25 यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्‍न सक्‍ने छ ।
\s5
\v 26 यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने,
\v 27 त्यसले त्यो जग्‍गा बेचेपछि बितेका वर्षहरू गनोस् र त्यसले जुन मानिसलाई त्यो जग्‍गा बेचेको थियो त्यसलाई बाँकी रकम तिरोस् । त्यसपछि त्यो आफ्नै जग्‍गाजमिनमा फर्कन सक्छ ।
\v 28 तर यदि त्यसले आफ्नो लागि त्यो जग्‍गा फिर्ता लिन सकेन भने, त्यसले बेचेको जग्‍गा पुनर्स्थापनाको वर्षसम्म जग्‍गा किन्‍ने मानिसको स्वामित्वमा हुने छ । पुनर्स्थापनाको वर्षको अन्त्यमा जग्‍गा बेच्‍ने मानिसकहाँ नै त्यो जग्‍गा फर्काइन्छ, र त्यसको जग्‍गाधनी आफ्नै जग्‍गाजमिनमा फर्कने छ ।
\s5
\v 29 यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्‍छ भने, त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्‍न सक्‍ने छ । एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुने छ ।
\v 30 यदि एक वर्षसम्म त्यसले त्यो घर फुकाउन सकेन भने, पर्खाल लगाएको सहरभित्रको घर, खरिद गर्ने मानिस र त्यसका वंशको स्थायी सम्पत्ति हुने छ । त्यो पुनर्स्थापनाको वर्षमा फिर्ता गर्नुपर्दैन ।
\s5
\v 31 तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन, त्यसलाई जग्‍गासरह मानिने छ । ती फुकाउन सकिने छ, र पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्ने छ ।
\v 32 तथापि, लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू भने जुनसुकै समयमा पनि फुकाउन सकिने छ ।
\s5
\v 33 यदि लेवीहरूमध्ये कसैले आफूले बेचेको घर फुकाएन भने, सहरमा बेचिएको घर पुनर्स्थापनाको वर्षमा फिर्ता गरिनुपर्ने छ, किनभने इस्राएलका मानिसहरूमध्ये लेवीहरूका सहरहरूभित्र भएका घरहरू तिनीहरूको सम्पत्ति हो ।
\v 34 तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्‍नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् ।
\s5
\v 35 यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू ।
\v 36 त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू, आफ्ना परमेश्‍वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस् ।
\v 37 तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्‍नू ।
\v 38 तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।
\s5
\v 39 यदि तिमीहरूको सङ्गी-नागरिक गरिब भयो र त्यसले आफैलाई तिमीहरूकहाँ बेच्‍यो भने, त्यसलाई दासलाई झैँ काममा नलगाउनू ।
\v 40 त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू । तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिसझैँ त्यो हुने छ । पुनर्स्थापनाको वर्षसम्म त्यसले तिमीहरूको सेवा गर्ने छ ।
\v 41 त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् ।
\s5
\v 42 किनभने तिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्रदेशबाट बाहिर ल्याएँ । तिनीहरू दासहरूझैँ बेचिने छैनन् ।
\v 43 तिमीहरूले त्यसमाथि कठोर रूपमा शासन नगर्नू, तर तिमीहरूले आफ्नो परमेश्‍वरको मान गर्नू ।
\v 44 तिमीहरूका वरिपरि बसोबास गर्ने जातिहरूबाट दास-दासीहरू तिमीहरूले प्राप्‍त गर्न सक्‍यौ भने, तिमीहरूले तिनीहरूबाट दासहरू किन्‍न सक्‍ने छौ ।
\s5
\v 45 तिमीहरूका बिचमा बसोबास गर्ने परदेशीहरूबाट, तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट, र तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्‍न सक्छौ । तिनीहरू तिमीहरूको सम्पत्ति बन्‍न सक्छन् ।
\v 46 तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्‍त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू ।
\s5
\v 47 यदि कुनै परदेशी वा तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिस धनी भयो, र तिमीहरूमध्येको कुनै एउटा सङ्गी-इस्राएली गरिब भएर त्यसले आफैलाई त्यो परदेशी वा त्यस परदेशीको परिवारमा कसैकहाँ आफैलाई बेच्‍यो भने,
\v 48 तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिने छ । परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ ।
\s5
\v 49 त्यस मानिसको काका, वा काकाको छोरा, वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्‍ने छ । वा त्यो धनाढ्य भएको छ भने, त्यसले आफैलाई छुटाउन सक्‍ने छ ।
\v 50 त्यसलाई किनेको मानिससँग त्यसले मोल-तोल गरोस्, र त्यसले आफैलाई त्यो खरिद गर्ने मानिसकहाँ बेचेको वर्षदेखि पुनर्स्थापनाको वर्षसम्म कति वर्ष हुने रहेछ भनेर तिनीहरूले गनून् । त्यसलाई किन्‍ने मानिसकहाँ त्यसले जति वर्ष काम गरिरहने छ, ती वर्षहरूका निम्ति कुनै ज्यालामा राखिने नोकरलाई तिरिने दरलाई ध्यानमा राखी त्यसको छुटकाराको मोल तय गरियोस् ।
\s5
\v 51 पुनर्स्थापनाको वर्ष आउन अझै धेरै वर्ष बाँकी छ भने, ती वर्षहरूका आधारमा आफ्नो छुटकाराको रकम तिरोस् ।
\v 52 यदि पुनर्स्थापनाको वर्ष आउन थोरै मात्र समय रहेको छ भने, पुनर्स्थापनाको वर्ष आउनअगि बाँकी रहेका वर्षहरू त्यसलाई खरिद गर्नेसँग त्यसले मोल-तोल गरोस्, र ती वर्षहरूअनुसार त्यसले आफ्नो छुटकाराको निम्ति तिरोस् ।
\s5
\v 53 वर्ष-वर्षको निम्ति ज्यालामा लगाइएको मानिसझैँ त्यससँग व्यवहार गर्नू । त्यसलाई कठोरतासाथ व्यवहार नगर्नू ।
\v 54 यी तरिकाहरूबाट त्यसको छुटकारा हुन सकेन भने, त्यो र त्यसका छोराछोरीहरूले पुनर्स्थापनाको वर्षसम्म सेवा गरून् ।
\v 55 मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
\s5
\c 26
\p
\v 1 “तिमीहरूले मूर्तिहरू नबनाउनू, र आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू, र आफ्नो भूमिमा खोपिएको ढुङ्गाको प्रतिमूर्ति बनाएर त्यसलाई दण्डवत् नगर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
\v 2 तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्रस्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
\s5
\v 3 यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,
\v 4 म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् ।
\s5
\v 5 दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।
\v 6 म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन ।
\s5
\v 7 तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् ।
\v 8 तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् ।
\s5
\v 9 म तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु । म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु ।
\v 10 तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खाने छौ । तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्ने छौ ।
\s5
\v 11 म मेरो वेदी तिमीहरूकै बिचमा राख्‍ने छु, र म तिमीहरूलाई घृणा गर्ने छैनँ ।
\v 12 म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।
\v 13 तिमीहरू मिश्रमा दास भइनरहोस् भनेर त्यस देशबाट तिमीहरूलाई निकालेर बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ । मैले तिमीहरूका जुवाका काठहरू भत्‍काइदिएको छु र तिमीहरूलाई ठाडो भएर हिँड्ने तुल्याएको छु ।
\s5
\v 14 तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ,
\v 15 र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्‍यौ भने,
\s5
\v 16 म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।
\v 17 म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ ।
\s5
\v 18 यी सबैपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने, म तिमीहरूका पापभन्दा सात गुणा बढी सजाय तिमीहरूलाई दिने छु ।
\v 19 आफ्नो शक्‍तिमाथिको तिमीहरूको घमण्डलाई म तोडिदिने छु । तिमीहरूमाथिको आकाशलाई फलामझैँ र तिमीहरूको भूमिलाई काँसोझैँ बनाउने छु ।
\v 20 तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् ।
\s5
\v 21 यदि तिमीहरू मेरो विरुद्ध भयौ र मेरो कुरा सुनेनौ भने, तिमीहरूका पापहरूको बदलामा म सात गुणा विपत्ति ल्याउने छु ।
\v 22 म तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउने छु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, र तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन्, र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् । यसरी तिमीहरूका मार्गहरू विराना हुने छन् ।
\s5
\v 23 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ र मेरो विरुद्धमा हिँड्न छोडेनौ भने,
\v 24 म तिमीहरूका विरुद्ध हुने छु, र तिमीहरूका पापका कारण म तिमीहरूलाई सात गुणा दण्ड दिने छु ।
\s5
\v 25 म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु ।
\v 26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ ।
\s5
\v 27 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरुद्ध हिँडिरह्‍यौ भने,
\v 28 म क्रोधित हुने छु र तिमीहरूको विरुद्ध हुने छु, र तिमीहरूका पापभन्दा सात गुणा बढी दण्ड म दिने छु ।
\s5
\v 29 तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ ।
\v 30 म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु ।
\s5
\v 31 म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ ।
\v 32 म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।
\v 33 म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।
\s5
\v 34 त्यो देश जबसम्म त्यागिएको हुन्छ र जबसम्म तिमीहरू दुश्‍मनको भूमिमा हुन्छौ, तबसम्म त्यो देशले शबाथ मनाउने छ । त्यस समयसम्म देशले विश्राम गर्ने छ र आफ्नो शबाथ मनाउने छ ।
\v 35 त्यो जबसम्म त्यागिएको हुन्छ, त्यो विश्राममा हुन्छ । तिमीहरू त्यहाँ बसोबास गर्दा तिमीहरूका शबाथसँगै त्यसले यस्तो विश्राम पाएको थिएन ।
\v 36 तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍ने छौ ।
\s5
\v 37 कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन ।
\v 38 तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ ।
\v 39 तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् ।
\s5
\v 40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने-
\v 41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने,
\v 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु ।
\s5
\v 43 त्यो देश तिनीहरूद्वारा त्यागिने छ, र यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने छ । तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन् ।
\s5
\v 44 यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्‍कार गर्ने छैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।
\v 45 तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।”
\s5
\v 46 परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ र इस्राएलका मानिसहरूका बिचमा दिनुभएका आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन् ।
\s5
\c 27
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 “इस्राएलका मानिसहरूलाई भन्, ‘यदि कसैले परमप्रभुलाई विशेष प्रतिज्ञा गर्दछ भने, त्यसको मूल्य यसरी निर्धारण गर्नू ।
\s5
\v 3 बिसदेखि साठी वर्षसम्मको पुरुषको लागि पवित्रस्थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल मूल्य तोकिदिनू ।
\v 4 सोही उमेरको स्‍त्रीको निम्ति भने मूल्य तिस शेकेल होस् ।
\s5
\v 5 पाँच वर्षदेखि बिस वर्षसम्मको पुरुषको लागि मूल्य बिस शेकेल र स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू ।
\v 6 एक महिनादेखि पाँच वर्षसम्मको पुरुषको लागि मूल्य पाँच शेकेल र स्‍त्रीको लागि तिन शेकेल निर्धारण गर्नू ।
\s5
\v 7 साठी वर्षमाथिको पुरुषको लागि मूल्य पन्ध्र शेकेल र स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू ।
\v 8 तर प्रतिज्ञा गर्ने मानिसले तोकिएको मूल्य तिर्न सकेन भने, त्यो मानिस पुजारीकहाँ प्रकट गरियोस्, र पुजारीले भाकल गर्ने मानिसको क्षमताअनुसार मूल्य निर्धारण गरिदिने छ ।
\s5
\v 9 यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइने छ ।
\v 10 त्यो मानिसले त्यस पशुलाई नसाटोस्, असललाई खराबको निम्ति र खराबलाई असलको निम्ति । यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो र जसको निम्ति त्यो साटिएको थियो, दुवै नै पवित्र हुने छन् ।
\s5
\v 11 तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् ।
\v 12 पुजारीले बजार-मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ, त्यो नै त्यसको मूल्य हुने छ ।
\v 13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाह्‍यो भने, त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् ।
\s5
\v 14 जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पुजारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुने छ ।
\v 15 तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् र त्यो त्यसकै हुने छ ।
\s5
\v 16 यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ ।
\s5
\v 17 यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने, त्यसको मूल्य तोकिएबमोजिम हुने छ ।
\v 18 तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने, पुजारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस्, र मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस् ।
\s5
\v 19 यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ ।
\v 20 तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन ।
\v 21 त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने छ । त्यो पुजारीको हुने छ ।
\s5
\v 22 यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने,
\v 23 पुजारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस्, र त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस् ।
\s5
\v 24 पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ ।
\v 25 सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् । बिस गेरा एक शेकेल बराबर हुने छ ।
\s5
\v 26 पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो ।
\v 27 यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्‍न सक्‍ने छ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् ।
\s5
\v 28 तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ ।
\v 29 नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू । त्यो मानिस मारिनुपर्छ ।
\s5
\v 30 भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्‍न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ ।
\v 31 यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् ।
\s5
\v 32 बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ ।
\v 33 गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्‌लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।”
\s5
\v 34 परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन् ।