\id NUM Unlocked Literal Bible \ide UTF-8 \h गन्ती \toc1 गन्तीको पुस्तक \toc2 गन्ती \toc3 num \mt1 गन्तीको पुस्तक \s5 \c 1 \p \v 1 सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासँग बोल्नुभयो । यो इस्राएलका मानिसहरू मिश्र देशबाट निस्की आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा भएको थियो । परमप्रभुले भन्‍नुभयो, \v 2 "इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्, \v 3 जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ । \s5 \v 4 हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ । \v 5 हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको \v 6 कुलबाट सुरीशद्दैको छोरो शलूमीएल । \s5 \v 7 यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन; \v 8 इस्साखारको कुलबाट सूआरको छोरो नतनेल; \v 9 जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब; \s5 \v 10 योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल; \s5 \v 11 बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान; \v 12 दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर; \v 13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल; \v 14 गातको कुलबाट दूएलको छोरो एल्यासाप; \v 15 नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा ।" \s5 \v 16 मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए । \s5 \v 17 नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र \v 18 यी मानिसहरूसँगै एस्राएलका सबै मानिस दोस्रो महिनाको पहिलो दिनमा भेला भए । \v 19 त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे । \s5 \v 20 इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \s5 \v 21 रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए । \v 22 शिमियोनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 23 शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए । \s5 \v 24 गादका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 25 गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए । \s5 \v 26 यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 27 यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए । \s5 \v 28 इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 29 इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए । \s5 \v 30 जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \s5 \v 31 जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए । \v 32 योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 33 एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए । \s5 \v 34 मनश्‍शेका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 35 मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए । \s5 \v 36 बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 37 बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए । \s5 \v 38 दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 39 दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए । \s5 \v 40 आशेरका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \s5 \v 41 आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए । \v 42 नप्‍तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । \v 43 नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए । \s5 \v 44 मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे । \v 45 यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो । \v 46 तिनीहरू ६,०३,५५० पुरुष थिए । \s5 \v 47 तर लेवीका सन्तानहरूको गन्ती \v 48 गरिएन, किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 49 "तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू । \s5 \v 50 बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू । \s5 \v 51 पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ । पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ । पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्‍तिलाई मार्नू । \v 52 इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्‍त्र समुहको झण्डाको नजिकै टाँग्‍नू । \s5 \v 53 तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ । \v 54 इस्राएलका मानिसहरूले यी सबै कुरा गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको सबै थोक तिनीहरूले गरे । \s5 \c 2 \p \v 1 परमप्रभु फेरि पनि मोशा र हारूनलाई भन्‍नुभयो, \v 2 "हरेक इस्राएलीले आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डाको वरिपरि छाउनी लगाउनू । \s5 \v 3 तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन् । भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् र तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन् । अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस् । \v 4 यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ । \s5 \v 5 इस्साखारको कुलले यहूदापछि छाउनी लगाउनू । सूआरका छोरो नतनेलले इस्साखारको फौजको नेतृत्व गर्नुपर्छ । \v 6 तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् । \s5 \v 7 जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू । हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ । \s5 \v 8 तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ । \v 9 यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ । \s5 \v 10 तिनीहरू अग्रस्थानमा हिँड्नेछन् । दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ । रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस् । \v 11 तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ । \s5 \v 12 शिमियोनले रूबेनपछि छाउनी लगाओस् । शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस् । \v 13 तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ । \s5 \v 14 त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् । \s5 \v 15 तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ । \v 16 आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् । \s5 \v 17 त्यसपछि सबै छाउनीका बिचमा लेवीहरूसँगै छाउनीबाट भेट हुने पाल जानुपर्छ । तिनीहरू छाउनीबाट गएबमोजिम नै छाउनीमा आउनुपर्छ । हरेक मानिस आफ्नो झन्डामुनि आफ्‍नै स्थानमा हुनुपर्छ । \s5 \v 18 एफ्राइमको छाउनीका दलहरू आफ्‍नै झन्डामुनि हुन्छन् । एफ्राइमको मानिसहरूको अगुवा अम्मीहूदका छोरा एलीशामा होस् । \v 19 तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ । \s5 \v 20 तिनीहरूपछि मनश्‍शेको कुल हुन्छ । मनश्‍शेको अगुवा पदासूरका छोरा गमलिएल होस् । \v 21 तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ । \s5 \v 22 त्यपछि बेन्यामीनको कुल हुनेछ । बेन्यामीनको अगुवा गिदेओनीका छोरा अबीदान होस् । \v 23 तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ । \s5 \v 24 एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् । \s5 \v 25 उत्तरमा दानको छाउनीको दल हुनेछ । दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस् । \v 26 तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ । \s5 \v 27 दानको छाउनीपछि आशेरको कुलका मानिसहरू हुनेछन् । आशेरको अगुवा ओक्रानको छोरा पगीएल होस् । \v 28 तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् । \s5 \v 29 तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् । \v 30 दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ । \s5 \v 31 तिनीहरू छाउनीबाट तिनीहरूको झन्डामुनि अन्तिममा जानेछन् ।" \s5 \v 32 आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् । , \v 33 तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन् । \s5 \v 34 यो परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरिएको थियो । इस्राएलीका मानिसहरूले परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा गरे । तिनीहरूले आ-आफ्नो झन्डाअनुसार छाउनी लगाए । तिनीहरू आ-आफ्ना पुर्खाहरूको परिवार-परिवारअनुसार आ-आफ्नो छाउनीबाट निस्कन्थे । \s5 \c 3 \p \v 1 यो परमप्रभु सीनै पर्वतमाथि मोशासँग बोल्नुहुँदा हारून र मोशाका सन्तानहरूको इतिहास हो । \v 2 हारूनका छोराका नाउँहरू यिनै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार थिए । \s5 \v 3 हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए । \v 4 तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे । \s5 \v 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 6 "लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् । \s5 \v 7 तिनीहरूले भेट हुने पालको सामु हारून र सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ । \s5 \v 8 तिनीहरूले भेट हुने पालका सबै सरसामानको हेरचाह गर्नुपर्छ र तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ । \v 9 तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ । इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन् । \v 10 तैँले हारून र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ र नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ ।" \s5 \v 11 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 12 "हेर्, मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट लिएको छु । मैले यो इस्राएलका मानिसहरूका जेठा छोराहरूको सट्टा लिएको छु । लेवीहरू मेरा हुन् । \v 13 पहिले जन्मेका सबै मेरा हुन् । मैले मिश्र देशमा पहिले जन्मेकाहरूलाई आक्रमण गरेको दिन नै इस्राएलका मानिस र पशुहरू दुवैको पहिले जन्मेका सबैलाई मेरो निम्ति अलग गरेँ । तिनीहरू मेरा हुन् । म परमप्रभु हुँ ।" \s5 \v 14 परमप्रभुले सीनैको मरुभूमिमा मोशालाई भन्‍नुभयो, \s5 \v 15 "लेवीका हरेक कुल र परिवार-परिवारअनुसार गन्ती गर् । एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गर् । \v 16 मोशाले परमप्रभुको वचनअनुसार उहाँले आज्ञा गर्नुभएबमोजिम तिनीहरूको गन्ती गरे । \v 17 लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए । \v 18 गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी र शिमी थिए । \v 19 कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्‍जीएल थिए । \v 20 मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए । कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन् । \s5 \v 21 लिब्‍नी र शिमीका कुलहरू गेर्शोनबाट आउँछ । गेर्शोनीहरूका कुलहरू यिनै हुन् । \s5 \v 22 एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए । \v 23 गेर्शोनीहरूका कुलहरूले पवित्र वासस्थानको पश्‍चिमपट्टि छाउनी लगाउनू । \v 24 लाएलका छोरा एल्यासापले गेर्शोनीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ । \v 25 गेर्शोनको परिवारले पवित्र वासस्थानलगायत भेट हुने पालको हेरचाह गर्नुपर्छ । तिनीहरूले पाल, यसको छत र भेट हुने पालको प्रवेश-द्वारको रूपमा प्रयोग गरिएको पर्दाको देखरेख गर्नुपर्छ । \v 26 तिनीहरूले चोकका पर्दाहरू अनि पवित्र वासस्थान र वेदी वरिपरिका पर्दाहरूको देखरेख गर्नुपर्छ । तिनीहरूले भेट हुने पाल र यसमा भएका सबै थोकको देखरेख गर्नुपर्छ । \s5 \v 27 यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् । \v 28 परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए । \s5 \v 29 कहातका कुलहरूले पवित्र वासस्थानको दक्षिणतिर छाउनी लगाउनू । \v 30 उज्‍जीएलका छोरा एलीजापानले कहातीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ । \v 31 तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ । \v 32 पुजारी हारूनका छोरा एलाजारले लेवीहरूको नेतृत्व गर्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिनले पवित्र स्थानको देखरेख गर्ने पुरुषहरूको पर्यवेक्षण गर्नुपर्छ । \s5 \v 33 मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल र मूशीहरूका कुल । यी कुलहरू मरारीबाट आएका हुन् । \v 34 एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए । \v 35 अबीहेलका छोरा सूरीएलले मरारी कुलको नेतृत्व गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानको उत्तरतिर छाउनी लाउनुपर्छ । \s5 \v 36 मरारीका सन्तानहरूले पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू, सबै सरसमान र तिनीहरूसँग सम्बन्धित सबै थोक, साथै \v 37 चोकका वरिपरिका खामाहरू, आधारहरू, किलाहरू र सोरीहरूको देखरेख गर्नुपर्छ । \s5 \v 38 मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ । तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन् । यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस् । \v 39 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले लेवीका कुल एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गरे । तिनीहरूले बाइस हजार पुरुषहरू गन्ती गरे । \s5 \v 40 परमप्रभुले मोशालाई भन्‍नुभयो, "एक महिना र त्यसभन्दा माथिका इस्राएलका मानिसहरूका सबै पहिले जन्मेका पुरुषहरूको गन्ती गर् । तिनीहरूका नाउँको सूची बना । \v 41 म परमप्रभु हुँ, तैँले मेरो निम्ति लेवीहरूलाई इस्राएलका मानिसहरूको पहिले जन्मेकाहरूको सट्टामा र इस्राएलका सन्तानहरूका गाईवस्तुहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई लिनुपर्छ ।" \s5 \v 42 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा-जेठाको गन्ती गरे । \s5 \v 43 तिनले एक महिना र त्यसभन्दा माथिका सबै जेठा छोराहरूको गन्ती गरे । \v 44 तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 45 "इस्राएलका मानिसहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूलाई ले र मानिसहरूका गाईवस्तुहरूका सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई ले । \s5 \v 46 म परमप्रभु हुँ, लेवीहरू मेरा हुन् । लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच-पाँच शेकेल लिनुपर्छ । \v 47 तैँले तेरो मापदण्डको रूपमा पवित्र स्थानको शेकेल नै प्रयोग गर्नुपर्छ । एक शकेलको बिस गेरा हुन्छ । \v 48 त्यो छुटकाराको मूल्य तैँले हारून र तिनका छोराहरूलाई दिनुपर्छ ।" \s5 \v 49 यसैले लेवीहरूद्वारा छुटकारा पाएका सङ्ख्याभन्दा धेरै भएकाहरूबाट मोशाले छुटकाराको मूल्य जम्मा गरे । \v 50 मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए । \v 51 मोशाले त्यो छुटकाराको मूल्य हारून र तिनका छोराहरूलाई दिए । परमप्रभुले उहाँको वचनद्वारा आज्ञा गर्नुभएबमोजिम मोशाले सबै थोक गरे । \s5 \c 4 \p \v 1 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, \v 2 "लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् । \v 3 तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर् । यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ । \v 4 कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ । \s5 \v 5 छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्‍नुपर्छ । \v 6 तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ । तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ । \s5 \v 7 तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ । \s5 \v 8 तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्‍नुपर्छ । टेबुललाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ । \v 9 तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ । \v 10 तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्‍नुपर्छ र तिनीहरूले यसलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । \v 11 तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्‍नुपर्छ । \s5 \v 12 तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ । तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ । तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र सामानहरूलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । \v 13 तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ । \v 14 तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । यिनीहरू आगो राख्‍ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ । \s5 \v 15 जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्‍न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्‍ने काम कहातका सन्तानहरूको हो । \v 16 पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून् । तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून् ।" \s5 \v 17 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, \v 18 "कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ । \v 19 तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा \v 20 तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ ।" \s5 \v 21 परमप्रभु फेरि मोशासँग बोल्नुभयो, \s5 \v 22 "गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर् । \v 23 तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर् । भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्‍ने दलको गन्ती गर् । \v 24 गेर्शोनीहरूले सेवा गर्दा र तिनीहरूले बोक्दा यो काम गेर्शोनी कुलको काम हो । तिनीहरूले पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, यसमाथिको सीलको छालाको छत र भेट हुने पालको प्रवेश-द्वारका पर्दाहरू बोक्‍नुपर्छ । \v 25 तिनीहरूले चोकका पर्दाहरू, पवित्र वासस्थान र वेदी नजिक भएका चोकको प्रवेश-द्वारका पर्दाहरू, \v 26 तिनीहरूका डोरीहरू र तिनीहरूका सेवाको निम्ति सबै सामान बोक्‍नुपर्छ । यिनीहरूसँग सम्बन्धित सबै थोक तिनीहरूले गर्नुपर्छ । हारून \s5 \v 27 र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ । तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर् । \s5 \v 28 यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो । पुजारी हारूनका छोरा ईतामारले तिनीहरूको कामको नेतृत्व गर्नुपर्छ । \v 29 तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार, \v 30 तिस वर्षदेखि पचास वर्षसम्मकालाई मिला । भेट हुने पालको सेवा गर्ने र त्यस दलमा सहभागी हुने सबैको गन्ती गर् । \s5 \v 31 यो भेट हुने पालको निम्ति तिनीहरूका सबै दायित्व र तिनीहरूका सेवाका काम हो । तिनीहरूले पवित्र वासस्थानका फल्याकहरू, \v 32 यसका बारहरू, खामाहरू र आधारहरू, साथै पवित्र वासस्थान वरिपरिका चोकका खामाहरू, तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू तिनका सबै सरसामानको देखरेख गर्नुपर्छ । \s5 \v 33 तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।" \s5 \v 34 मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे । \v 35 तिनीहरूले तिस वर्षदेखि पचास वर्षसम्म पुगेकाहरूको गन्ती गरे । तिनीहरूले भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुने सबैको गन्ती गरे । \s5 \v 36 तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे । \v 37 मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे । \s5 \v 38 गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने \v 39 तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरे । \v 40 आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो । \s5 \v 41 मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे । \s5 \v 42 मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार, \s5 \v 43 तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरियो जो भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे । \v 44 आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो । \v 45 मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे । \s5 \v 46 यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका \v 47 परिवारअनुसार तिस वर्षदेखि पचास वर्ष पुगेकाहरूको गन्ती गरे । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्ने र भेट हुने पालका सामानहरूको देखरेख गर्ने र बोक्‍न सक्‍ने सबैको गन्ती गरे । \v 48 तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे । \s5 \v 49 परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे । तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे । \s5 \c 5 \p \v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे । \v 3 पुरुष होस् वा महिला, तैँले तिनीहरूलाई छाउनी बाहिर पठाउनुपर्छ । तिनीहरूले छाउनीलाई अशुद्ध तुल्याउनुहुँदैन, किनभने म यसमा बास गर्छु ।" \v 4 इस्राएलका मानिसहरूले यसै गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले तिनीहरूलाई छाउनी बाहिर पठाए । फेरि \s5 \v 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 6 "इस्राएलका मानिसहरूलाई भन् । जब पुरुष वा महिलाले मानिसहरूले आपसमा गर्ने यस्ता कुनै पाप गर्छन् र मप्रति बेइमान हुन्छ, त्यो व्यक्‍ति दोषी हुन्छ । \v 7 त्यसपछि त्यसले आफूले गरेको पाप स्वीकार गर्नुपर्छ । त्यसले आफू चुकेको मूल्य चुक्‍ता गर्नुपर्छ र पाँचौँ हिस्सा थप्‍नुपर्छ । यो त्यसले आघात पुर्‍याएको व्यक्‍तिकहाँ ल्याउनुपर्छ । \s5 \v 8 तर यदि अपमानमा परेको व्यक्‍तिको कुनै नजिकको नातेदार छैन भने, त्यसले आफ्नो प्रायश्‍चित्तको निम्ति एउटा थुमासँगै त्यसको दोषको निम्ति पुजारीद्वारा मूल्य मलाई तिर्नुपर्छ । \v 9 इस्राएलका मानिहरूका सबै भेटी र इस्राएलका मानिसहरूले पुजारीलाई ल्याएका र अलग गरेका थोकहरू त्यसको हुनेछ । \v 10 हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने, यो त्यसको हुनेछ ।" \s5 \v 11 फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 12 "इस्राएलका मानिसहरूलाई भन् । 'कुनै मानिसकी पत्‍नी बहकिन्छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे । \s5 \v 13 त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे । \v 14 त्यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि र त्यो कार्य गर्दा कसैले नपक्रे तापनि र त्यसको विरुद्ध कोही नभए तापनि, त्यसकी पत्‍नी अशुद्ध भएकी छे भन्‍ने डाहको आत्माले थाहा देला । तथापि पत्‍नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला । \s5 \v 15 यस अवस्थामा त्यो मानिसले आफ्नी पत्‍नीलाई पुजारीकहाँ ल्याउनुपर्छ । पतिले त्यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पिठो ल्याउनुपर्छ । उसले यसमा तेल हाल्नुहुँदैन र कुनै सुगन्धित मसला हाल्नुहुँदैन, किनभने यो डाहको अन्‍नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्‍नबलि हो । \s5 \v 16 पुजारीले त्यस स्‍त्रीलाई नजिक ल्याउनुपर्छ र त्यसलाई परमप्रभुको सामु राख्‍नुपर्छ । \v 17 पुजारीले पवित्र पानीको भाँडो लिनुपर्छ र पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ । त्यसले त्यो धूलोलाई त्यो पानीमा हाल्नुपर्छ । \s5 \v 18 पुजारीले त्यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्यसले त्यो महिलाका कपाल फुलाइदिनेछ । त्यसले त्यो सम्झनाको अन्‍नबलिलाई त्यसको हातमा राख्‍नेछ, जुन सन्देहको अन्‍नबलि हो । \v 19 पुजारीले श्राप ल्याउन सक्‍ने तितो पानीलाई त्यसको हातमा राख्‍नेछ । पुजारीले त्यस महिलालाई शपथ खान लगाओस् र त्यसलाई यसो भनोस्, 'यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने र यदि तँ बरालिएर गएको छैनस् र अपराध गरेको छैन भने, तँ श्राप ल्याउने यो तितो पानीबाट मुक्‍त हुनेछस् । \s5 \v 20 तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने, \v 21 (पुजारीले त्यो महिलामाथि श्राप ल्याउन सक्‍ने शपथ खान लगाउनुपर्छ र त्यसले महिलालाई भनिरहोस्) 'परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ । यदि परप्रभुले तेरो जाँघ सुक्‍ने तुल्याउनुभयो र तेरो पेट सुनिने तुल्याउनुभयो भने, यसै होस् । \s5 \v 22 श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्‍ने छ । त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ । \v 23 पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्‍नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ । \s5 \v 24 पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ । त्यो पानी त्यसभित्र जाने छ र तितो तुल्याउनेछ । \v 25 पुजारीले महिलाको हातबाट डाहको अन्‍नबलि लिनुपर्छ । उसले परप्रभुको सामु अन्‍नबलिलाई डोलाउनुपर्छ र यसलाई वेदीमा ल्याउनुपर्छ । \v 26 पुजारीले अन्‍नबलिबाट एक मुट्ठी लिएर यसलाई वेदीमा जलाउनुपर्छ । त्यसपछि त्यसले महिलालाई त्यो तितो पानी पिउन दिनुपर्छ । \s5 \v 27 त्यसले त्यसलाई पानी पिउन दिँदा त्यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने, त्यो श्राप ल्याउने पानी त्यसभित्र जानेछ र तितो तुल्याउनेछ । त्यसको पेट फुलिनेछ र त्यसको जाँघ सुक्‍नेछ । त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ । \v 28 तर यदि महिला अशुद्ध भएकी छैन भने र त्यो शुद्ध छे भने, त्यो स्वतन्त्र हुने छे । त्यसले बालक जन्माउन सक्‍ने छे । \s5 \v 29 डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो । \v 30 आफ्नी पत्‍नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो । उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ र पुजारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ । \s5 \v 31 पुरुष आफ्‍नी पत्‍नीलाई पुजारीकहाँ ल्याएको दोषबाट मुक्‍त हुनेछ । महिलाले त्यसको कुनै पनि दोष भोग्‍नुपर्छ ।" \s5 \c 6 \p \v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "इस्राएलका मानिसहरूलाई भन् । 'जब कुनै पुरुष वा महिलाले आफूलाई परमप्रभुको निम्ति नाजिरीको विशेष भाकलले अलग गर्छ, \v 3 त्यसले आफूलाई दाखमद्य र कडा मद्यबाट अलग राख्‍नुपर्छ । त्यसले दाखमद्य वा कडा मद्यबाट बनाइएको सिर्का पिउनुहुँदैन । त्यसले कुनै किसिमको दाखरस पिउनुहुँदैन अथवा ताजा वा सुकाएको दाख खानुहुँदैन । \v 4 त्यसले आफूलाई मेरो निम्ति अलग गरेका सबै दिनमा त्यसले दाखको बोक्राबाट बनाइएका सबै थोकलगायत दाखबाट बनाइएका कुनै पनि कुरा खानुहुँदैन । \s5 \v 5 अलग हुने त्यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्यसको भाकल पुरा नभएसम्म त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन । त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ । त्यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ । \s5 \v 6 त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन । \v 7 आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्‍न सक्‍नेजस्तै यो त्यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो । \v 8 त्यो अलग रहेको पुरै समयभरि त्यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्छ । \s5 \v 9 यदि कोही त्यसको सामु अचानक मर्छ र त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ । \s5 \v 10 त्यसले आठौँ दिनमा दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पुजारीकहाँ ल्याउनुपर्छ । \v 11 पुजारीले एउटा चरालाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । यिनीहरूले त्यसको पापको प्रायश्‍चित्त गर्ने छन्, किनभने मुर्दाको नजिक परेर त्यसले पाप गर्‍यो । त्यसले त्यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ । \s5 \v 12 त्यसले आफ्नो शुद्धिकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ । त्यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ । त्यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्‍नुहुँदैन, किनभने त्यसले अशुद्ध पार्‍यो । \s5 \v 13 नाजिरीको अलग हुने समय पुरा हुनेको निम्ति नाजिरीको नियम यही हो । त्यसलाई भेट हुने पालको प्रवेश-द्वारमा ल्याउनुपर्छ । \v 14 त्यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ । त्यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ । \v 15 त्यसले तिनीहरूका अन्‍नबलि र अर्घबलिसँगै एक डालो अखमिरी रोटी, तेलले मिसाएको फुरौलाहरू, तेल दलेको अखमिरी बाबरहरू ल्याउनुपर्छ । \s5 \v 16 पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ । \v 17 अखमिरी रोटीको डालोसँगै त्यसले थुमालाई बलि अर्थात् मेलबलिको रूपमा चढाउनुपर्छ । पुजारीले अन्‍नबलि र अर्घबलि पनि चढाउनुपर्छ । \s5 \v 18 नाजिरीले आफू अलग रहेको सङ्केत गर्न भेट हुने पालको प्रवेश-द्वारमा आफ्नो शिर खौरनुपर्छ । त्यसले आफ्नो शिरको कपाल लिएर मेल बलिको आगोमा जलाउनुपर्छ । \s5 \v 19 पुजारीले थुमाको उमालेको कुम, अखमिरी रोटीको डालोबाट एउटा रोटी र अखमिरी बाबर लिनुपर्छ । त्यसले तिनीहरूलाई आफू अलग रेहेको सङ्केत गर्ने कपाल खौरेको नाजिरीका हातमा राख्‍नुपर्छ । \v 20 पुजारीले तिनीहरूलाई डोलाइएको ह्याकुलो र पुजारीलाई दिइएको साप्रोसँगै पुजारीको निम्ति पवित्र हिस्सा परमप्रभुको सामु बलिको रूपमा डोलाउनुपर्छ । त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ । \s5 \v 21 नाजिरीको निम्ति नियम यही हो जसले आफू अलग हुनको निम्ति परमप्रभुको निम्ति आफ्नो बलिदानको भाकल गर्छ । त्यसले अरू जे दिन पनि, त्यसले भाकल गरेका कर्तव्यहरू अर्थात् नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा पालन गर्नुपर्छ ।" \s5 \v 22 फेरि परमप्रभुले मोशालाई बोल्नुभयो, \v 23 "हारून र त्यसका छोराहरूलाई भन् । 'तिमीहरूले इस्राएलका मानिसहरूलाई यसरी आशिष् दिनुपर्छ । तिमीहरूले तिनीहरूलाई यसो भन्‍नुपर्छ, \v 24 'परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् । \s5 \v 25 परमप्रभुले उहाँको मुहार तिमीहरूमाथि चम्काउनुभएको होस् र तिमीहरूप्रति कृपालु हुनुभएको होस् । \v 26 परमप्रभुले तिमीहरूमाथि कृपादृष्‍टिले हेर्नुभएको होस् र तिमीहरूलाई शान्ति दिनुभएको होस् ।' \v 27 तिनीहरूले इस्राएलका मानिसहरूलाई मेरो नाउँ यसरी दिनुपर्छ । अनि म तिनीहरूलाई आशिष् दिनेछु । \s5 \c 7 \p \v 1 मोशाले पवित्र वासस्थान पुरा गरेका दिन तिनले यसलाई यसका सबै सरसामानसँगै परमप्रभुको निम्ति अलग गरे । तिनले यसका भाँडाकुँडाहरूलाई पनि त्यसै गरे । तिनले तिनीहरूलाई पनि अभिषेक गरे र परप्रभुको निम्ति अर्पण गरे । \v 2 त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए । \v 3 तिनीहरूले आफ्‍ना बलिदानहरू परमप्रभुको सामु ल्याए । तिनीहरूले छोपिएका छवटा गाडा र बाह्रवटा गोरु ल्याए । तिनीहरूले दुई-दुई जना अगुवाको निम्ति एउटा गाडा र हरेक अगुवाले एउटा-एउटा गोरु ल्याए । तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए । \s5 \v 4 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 5 "तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।" \s5 \v 6 मोशाले गाडाहरू र गोरुहरू लिएर तिनले ती लेवीहरूलाई दिए । \v 7 तिनले दुईवटा गाडा र चारवटा गोरु तिनीहरूका कामलाई आवश्यक पर्ने हुनाले गेर्शोनका सन्तानहरूलाई दिए । \v 8 तिनले चारवटा गाडा र आठवटा गोरु पुजारी हारूनका छोरा ईतामारको देखरेखमा भएका मरारीहरूका सन्तानहरूलाई दिए । यो तिनीहरूका कामलाई आवश्‍यक पर्ने भएकोले तिनले यसो गरे । \s5 \v 9 तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्‍नुपर्थ्यो । \s5 \v 10 मोशाले वेदीलाई अभिषेक गरेका दिन अगुवाहरूले वेदीको अर्पणको निम्ति आ-आफ्ना सामानहरू चढाए । अगुवाहरूले वेदीको सामु भेटीहरू चढाए । \s5 \v 11 परमप्रभुले मोशालाई भन्‍नुभयो, "हरेक अगुवाले वेदीको समर्पणको निम्ति आ-आफ्नो दिनमा आ-आफ्नो भेटीहरू चढाउनुपर्छ ।" \v 12 पहिलो दिनमा, यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोनले आफ्नो भेटी चढाए । \v 13 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 14 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 15 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 16 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 17 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो । \s5 \v 18 दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए । \v 19 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \s5 \v 20 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 21 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 22 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 23 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूआरका छोरा नतनेलको भेटी थियो । \v 24 तेस्रो दिनमा जबूलूनका सन्तानहरूका अगुवा हेलोनका छोरा एलीआबले आफ्नो भेटी चढाए । \v 25 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 26 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 27 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 28 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 29 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो हेलोनका छोरा एलीआबको भेटी थियो । \s5 \v 30 चौथो दिनमा, रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए । \s5 \v 31 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 32 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \v 33 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 34 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 35 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो शदेऊरका छोरा एलीसूरको भेटी थियो । \s5 \v 36 पाँचौ दिनमा, शिमियोनका सन्तानहरूका अगुवा सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी चढाए । \v 37 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 38 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 39 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 40 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \s5 \v 41 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूरीशद्दैका छोरा शलूमीएलको भेटी थियो । \v 42 छैठौँ दिनमा गादका सन्तानहरूका अगुवा दूएलका छोरा एल्यासापले आफ्नो भेटी चढाए । \v 43 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 44 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 45 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 46 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 47 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो दूएलका छोरा एल्यासापको भेटी थियो । \s5 \v 48 सातौँ दिनमा एफ्राइमका सन्तानहरूका अगुवा अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी चढाए । \v 49 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 50 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 51 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 52 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 53 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीहूदका छोरा एलीशामाको भेटी थियो । \s5 \v 54 आठौँ दिनमा मनेश्‍शेका सन्तानहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी चढाए । \v 55 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 56 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 57 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 58 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 59 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो पदासूरका छोरा गमलिएलको भेटी थियो । \s5 \v 60 नवौँ दिनमा बेन्यामीनका सन्तानहरूका अगुवा गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी चढाए । चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \s5 \v 61 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \v 62 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 63 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 64 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । \v 65 यो गिदेओनीका छोरा अबीदानको भेटी थियो । \s5 \v 66 दसौँ दिनमा दानका सन्तानहरूको अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी चढाए । \v 67 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 68 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 69 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 70 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \s5 \v 71 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीशद्दैका छोरा अहीएजेरको भेटी थियो । \v 72 एघारौँ दिनमा आशेरका सन्तानहरूका अुगवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी चढाए । \v 73 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए \v 74 । तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 75 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 76 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 77 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो । \s5 \v 78 बाह्रौँ दिनमा नप्‍तालीका सन्तानहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी चढाए । \v 79 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । \v 80 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । \s5 \v 81 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । \v 82 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । \v 83 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो इनानका छोरा अहीराको भेटी थियो । \s5 \v 84 मोशाले वेदी अभिषेक गरेका दिन इस्राएलका अगुवाहरूले यी सबै थोक चढाए । तिनीहरूले बाह्रवटा चाँदीका थाल, बाह्रवटा बाटार बाह्रवटा सुनका धुपौरा चढाए । \v 85 हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो । \v 86 धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्र स्थानको मापदण्डअनुसार दस शेकेलको थियो । सबै सुनका धुपौराहरूको तौल एक सय बिस शेकेल थियो । ती सबै जनावरहरू अर्थात् बाह्रवटा गोरु, बाह्रवटा भेडा, बाह्रवटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो । \s5 \v 87 तिनीहरूले आ-आफ्ना अन्‍नबलि चढाए । तिनीहरूले पापबलिको रूपमा बाह्रवटा बाख्रा दिए । \v 88 तिनीहरूका सबै गाईवस्तुबाट तिनीहरूले चौबिसवटा साँढे, साठीवटा भेडा, साठीवटा बाख्रा, साठीवटा एक वर्षे थुमालाई मेलबलिको निम्ति बलिदानको रूपमा दिए । यो वेदीलाई अभिषेक गरेपछि वेदीको समर्पणको निम्ति थियो । \s5 \v 89 जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए, तिनले उहाँको बलिरहेको आवाज सुने । परमप्रभु दुईवटा करूबको बिचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा-आसनमाथिबाट तिनीसित बोल्नुभयो । \s5 \c 8 \p \v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "हारूनलाई भन् । 'तैँले सातवटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ ।' \s5 \v 3 हारूनले यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएझैँ हारूनले सामदान अघिल्तिर प्रकाश दिनलाई बत्तीहरू बाले । \v 4 सामदान यस किसिमले बनाइएको थियो र परमप्रभुले मोशालाई यसको निम्ति नमुना देखाउनुभयो । यो आधारदेखि टुप्‍पोसम्म फूलजस्ता कचौरालाई पिटेको सुनको हुनुपर्थ्यो । \s5 \v 5 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 6 "लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् । \s5 \v 7 तिनीहरूलाई शुद्ध पार्न यसो गर्ः तिनीहरूमाथि प्रायश्‍चित्तको पानी छर्किदे । तिनीहरूको पुरै शरीर, तिनीहरूको लुगा धुन लगा र यसरी तिनीहरूलाई शुद्ध पार् । \s5 \v 8 त्यसपछि तिनीहरूलाई एउटा बाछो र तेलले मुछेको मसिनो पिठोको अन्‍नबलि ल्याउन लगा । तिनीहरूले पापबलिको रूपमा अर्को एउटा बाछो पनि ल्याऊन् । \v 9 तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् । \v 10 तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ । \v 11 हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् । \s5 \v 12 लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्‍नुपर्छ । \v 13 तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा । \s5 \v 14 १तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् । \s5 \v 15 त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ । \v 16 यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु । \v 17 इस्राएलका मानिसहरूको पशु र मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् । मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ । \s5 \v 18 मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु । \v 19 मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् । \s5 \v 20 मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे । \v 21 लेवीहरूले आफैलाई शुद्ध पारे र आ-आफ्ना लुगाहरू धोए, अनि हारूनले तिनीहरूलाई परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा चढाए र तिनले तिनीहरूलाई शुद्ध पार्न तिनीहरूको निम्ति प्रायश्‍चित्त गरे । \s5 \v 22 त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे । \s5 \v 23 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 24 "यो सबै पच्‍चिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूका निम्ति हो । तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ । \s5 \v 25 तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ । त्यस उमेरमा तिनीहरूले सेवा गर्नुहुँदैन । \v 26 तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।" \s5 \c 9 \p \v 1 तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "इस्राएलका मानिसहरूले निस्तार-चाड यसको निर्धारित समयमा नै मानून् । \v 3 यो महिनाको चौधौँ दिनको साँझ, तिमीहरूले निस्तार-चाडलाई यसको निर्धारित समयमा नै मान्‍नू । तिमीहरूले यसलाई पालन गर्नुपर्छ, यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ ।" \s5 \v 4 यसैले मोशाले इस्राएलका मानिसहरूले निस्तार-चाडलाई मान्‍नुपर्छ भनी तिनीहरूलाई बताए । \v 5 तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड मनाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे । \s5 \v 6 मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्यस दिन निस्तार-चाड मान्‍न सकेनन् । तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए । \v 7 ती मानिसहरूले मोशालाई भने, "हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्छ ?" \s5 \v 8 मोशाले तिनीहरूलाई भने, "पर्ख, परमप्रभुले तिमीहरूबारे के भन्‍नुहुन्छ, म सुन्छु ।" \v 9 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 10 "इस्राएलका मानिसहरूलाई भन् । 'यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्यसले परमप्रभुको निस्तार-चाड अझै मान्‍न सक्छ ।' \s5 \v 11 तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझ निस्तार-चाड मान्‍नेछन् । तिनीहरूले निस्तार-चाडको थुमालाई अखमिरी रोटी र तितो सागसँग खानुपर्छ । \v 12 तिनीहरूले यसलाई बिहानसम्म राख्‍नुहुँदैन वा यसका हाडहरू भाँच्‍नुहुँदैन । तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ । \s5 \v 13 तर कुनै व्यक्‍ति शुद्ध छ र यात्रामा छैन, अनि निस्तार-चाड मान्दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्यसले बलिदान नचढाएकोले त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । त्यस मानिसले आफ्नो पाप भोग्‍नुपर्छ । \v 14 यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ र परमप्रभुको आदरमा निस्तार-चाड मान्‍छ भने, त्यसले यसलाई पालन गर्नुपर्छ र निस्तार-चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ र यसको निम्ति सबै नियम पालन गर्नुपर्छ । विदेशी र स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ ।" \s5 \v 15 पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो । \v 16 यो यसरी नै रहिरह्यो । बादलले पवित्र वासस्थान ढाक्यो र राती आगोजस्तो देखा पर्थ्यो । \v 17 जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे । जहाँ-जहाँ बादल रोकिन्थ्यो, त्यहाँ मानिसहरूले छाउनी लगाउँथे । \s5 \v 18 इस्राएलका मानिसहरू परमप्रभुको आज्ञामा नै यात्रा गर्थे र उहाँकै आज्ञामा छाउनी लगाउँथे । \v 19 बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्थे, तिनीहरू छाउनीमा बस्थे । बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा पालन गर्थे र यात्रा गर्दैनथे । \s5 \v 20 कहिले काहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्थ्यो । त्यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्थे । तिनीहरूले छाउनी लगाउँथे र उहाँको आज्ञामा फेरि यात्रा गर्थे । \v 21 कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो । बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे । यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा, बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे । \s5 \v 22 बादल पवित्र वासस्थानमाथि दुई दिनको, एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्थे र यात्रा गर्दैनथे । तर जब-जब बदल हट्थ्यो, तिनीहरूले यात्रा गर्थे । \v 23 तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे र तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे । \s5 \c 10 \p \v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "चाँदीका दुईवटा तुरही बना । चाँदीलाई पिटेर तिनीहरूलाई बना । तैँले तुरहीलाई समुदायलाई भेला हुन बोलाउन र तिनीहरूका छाउनी सार्न समुदायलाई बोलाउन प्रयोग गर्नुपर्छ । \s5 \v 3 भेट हुने पालको प्रवेश-द्वारमा तेरो अघि भेला हुन समुदायलाई बोलाउन पुजारीले तुरहीहरू फुक्‍नुपर्छ । \v 4 यदि पुजारीले एउटा मात्र तुरही फुक्यो भने, अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ । \v 5 तैँले ठुलो आवाजमा सङ्केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ । \s5 \v 6 दोस्रो पटक ठुलो आवाजमा सङ्केत गर्दा दक्षिणतिरका छाउनीहरूले तिनीहरूको यात्रा सुरु गर्नुपर्छ । तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ । \v 7 समुदाय सँगै भेला हुँदा तुरही फुक, तर ठुलो आवाजमा होइन । \v 8 हारूनका छोराहरू अर्थात् पुजारीहरूले तुरही फुक्‍नुपर्छ । यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ-पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ । \s5 \v 9 तिमीहरूलाई अत्याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा, तिमीहरूले तुरहीसँगै जनाउँ-ध्वनि दिनुपर्छ । म परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्झने छु र तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउने छु । \s5 \v 10 साथै नियमित चाड र महिनाको सुरुवात दुवै किसिमको उत्सवको समयमा, तिमीहरूले आफ्नो होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनुपर्छ । यिनीहरूले म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद दिलाउने छन् । म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ ।" दोस्रो वर्षको \s5 \v 11 दोस्रो महिनाको बिसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्यो । \v 12 त्यसपछि इस्राएलका मानिसहरू सीनैको मरुभूमिबाट आफ्नो यात्रामा लागे । \v 13 बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा पालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे । \s5 \v 14 यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे । \v 15 इस्साखारका सन्तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे । \v 16 जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे । \s5 \v 17 पवित्र वासस्थानको देखरेख गर्ने गेर्शोन र मरारीका सन्तानहरूले पवित्र वासस्थान उठाए र आफ्नो यात्रामा हिँडे । \v 18 फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे । \s5 \v 19 शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे । \v 20 गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे । \v 21 कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे । \v 22 एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे । \v 23 मनश्‍शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे । \v 24 बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे । \s5 \v 25 दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्तिममा हिँडे । दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे । \v 26 आशेरका सन्तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे । \v 27 नप्‍तालीका सन्तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे । \s5 \v 28 इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे । \v 29 रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, "हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्‍नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।" \v 30 तर होबाबले मोशालाई भने, "म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।" \s5 \v 31 त्यसपछि मोशाले जवाफ दिए, "कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ । \v 32 यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ ।" तिनीहरूले परमप्रभुको पर्वतबाट तिन दिनसम्म यात्रा गरे । \s5 \v 33 तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो । \v 34 तिनीहरूले यात्रा गर्दा परमप्रभुको बादल दिनमा तिनीहरूसँग थियो । \s5 \v 35 जब-जब सन्दूक उठाइन्थ्यो मोशाले यसो भन्थे, "हे परमप्रभु, उठ्नुहोस् । तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् । तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् ।" \v 36 जब-जब सन्दूक रोकिन्थ्यो, मोशाले यसो भन्थे, "हे परमप्रभु, हजारौँ हजार इस्राएलतिर फर्कनुहोस् ।" \s5 \c 11 \p \v 1 यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले । \v 2 अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो । \v 3 त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो । \s5 \v 4 केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, "हामीलाई कसले मासु खान दिन्छ ?" \v 5 हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ । \v 6 अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्‍ने जत्ति सबै थोक मन्‍न मात्र हो ।" \s5 \v 7 मन्‍न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो । \s5 \v 8 मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो । \v 9 छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो । \v 10 मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्‍टिमा गलत थियो । \s5 \v 11 मोशाले परमप्रभुलाई भने, "तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको ? तपाईं किन मसँग खुसी हुनुहुन्‍न ? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ । \v 12 के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्‍नुहुन्छ ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्‍नुपर्ने? \s5 \v 13 यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु ? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्‍दै मेरो सामु रोइरहेका छन् । \v 14 यी सबै मानिसलाई म एक्लै बोक्‍न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् । \s5 \v 15 तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।" \v 16 परमप्रभुले मोशालाई भन्‍नुभयो, "इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले । \v 17 म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन । \s5 \v 18 मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्यौ, "हामीलाई कसले मासु खान दिन्छ ? हामीलाई मिश्र देश नै असल थियो ।" यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ । \v 19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ, \v 20 तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, "हामीले मिश्र देश किन छाड्यौँ ?" \s5 \v 21 त्यसपछि मोशाले भने, "म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।' \s5 \v 22 के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त ? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने ?" \v 23 परमप्रभुले मोशालाई भन्‍नुभयो, "के मेरो बहुली छोटो भएको छ ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।" \v 24 मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे । \v 25 परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्यस बेला मात्र र फेरि अगमवाणी गरेनन् । \s5 \v 26 एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे । \v 27 छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, "एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।" \s5 \v 28 मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, "मालिक, तिनीहरूलाई रोक्‍नुहोस् ।" \s5 \v 29 मोशाले तिनलाई भने, "के तिमी मेरो खातिर डाही हुन्छौ ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो !" \v 30 मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए । \v 31 त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके । \v 32 मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्‍चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए । \s5 \v 33 मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो । \v 34 त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे । \v 35 किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे । \s5 \c 12 \p \v 1 मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले । \v 2 तिनीहरूले भने, "के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र ? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र ?" तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो । \v 3 मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए । \s5 \v 4 त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, "तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।" त्यसैले तिनै जना बाहिर आए । \v 5 अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए । \s5 \v 6 परमप्रभुले भन्‍नुभयो, "मेरो वचन सुन । मेरो अगमवक्‍ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु । \v 7 मेरो दास मोशा त्यस्‍तो होइन । त्यो मेरा सबै घरानामा विश्‍वासयोग्य छ । \v 8 म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन ?" \s5 \v 9 परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो । \v 10 बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्‍ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्‍ठ रोग लागेको देखे । \s5 \v 11 हारूनले मोशालाई भने, "हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ । \v 12 बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।" \s5 \v 13 यसैले मोशाले परमप्रभुलाई पुकारे, "हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।" \v 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, "यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।" \v 15 यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् । \s5 \v 16 त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए । \s5 \c 13 \p \v 1 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।" \s5 \v 3 मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून् । तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए । \v 4 तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ; \s5 \v 5 शिमियोनका कुलबाट होरीका छोरा शाफात; \v 6 यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब; \v 7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल; \v 8 एफ्राइमको कुलबाट, नूनका छोरा होशिया; \s5 \v 9 बेन्यामीनको कुलबाट, रफूका छोरा पलती; \v 10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल; \v 11 योसेफको कुलबाट (अर्थात् मनेश्‍शेको कुलबाट) सूसीका छोरा गेद्दी; \v 12 दानको कुलबाट गमल्लीका छोरा अम्मीएल; \s5 \v 13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर; \v 14 नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी \v 15 गादको कुलबाट माकीका छोरा गूएल । \s5 \v 16 मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए । मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे । \v 17 मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, "नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ । \v 18 यो कस्तो छ भनी भूमिको जाँचबुझ गर । \v 19 त्यहाँ बस्‍ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् । \v 20 तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर । यो असल वा खराब छ ? सहरहरू कस्ता छन् ? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ? भूमि कस्तो छ । अन्‍न उमार्न असल छ वा छैन, रुखहरू छन् वा छैनन् । साहसी होओ र त्यो भूमिको उत्पादनको नमुना लिएर आओ ।" त्यस बेला पहिलो दाख पाक्‍ने समय थियो । \s5 \v 21 यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे । \v 22 तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए । होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो । \s5 \v 23 जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे । तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके । तिनीहरूले अनार र नेभारा पनि ल्याए । \v 24 इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो । \s5 \v 25 चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के । \v 26 तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए । तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए । \s5 \v 27 तिनीहरूले मोशालाई भने, "तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्‍चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् । \v 28 तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ । \v 29 नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।" \s5 \v 30 अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, "जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ । \v 31 तर तिनीसँग गएका अरू मानिसहरूले भने, "हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।" \s5 \v 32 यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, "हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ । \v 33 हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ ।" \s5 \c 14 \p \v 1 त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए । \v 2 इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, "हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो ! \v 3 तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो ? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र ? \s5 \v 4 तिनीहरूले आपसमा भने, "अर्को अगुवा चुनौँ र मिश्रतिर फर्कौं ।" \v 5 अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे । \s5 \v 6 त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आफ्नो लुगा च्याते । \v 7 तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, "हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ । \v 8 यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ । \s5 \v 9 तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।" \s5 \v 10 अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्‍यो । \v 11 परमप्रभुले मोशालाई भन्‍नुभयो, "यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने ? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन् ? \v 12 म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्‍तिशाली हुनेछ ।" \s5 \v 13 मोशाले परपप्रभुलाई भने, "यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो । \v 14 तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्‍नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्‍ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ । \s5 \v 15 यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने, तपाईंको प्रसिद्धि सुन्‍ने जातिहरू बोल्नेछन् र भन्‍नेछन्, \v 16 'परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो ।' \s5 \v 17 म बिन्ती गर्छु, कि तपाईंको महाशक्‍ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्‍नुभएको छ, \v 18 'परमप्रभु रिसाउनमा धिमा र विश्‍वनीयताको करारमा प्रशस्‍त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।' \s5 \v 19 म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्‍वसनीयताको महान्‌ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।" \v 20 परपप्रभुले भन्‍नुभयो, "मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु, \v 21 तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र \v 22 शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् । \s5 \v 23 यसैले तिनीहरूले निश्‍चय नै त्यो भूमि देख्‍नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ । तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्‍नेछैन, \v 24 मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् । \v 25 (त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।" \s5 \v 26 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, \v 27 "मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने ? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु । \s5 \v 28 तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्‍नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्‍ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः \v 29 मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् । \v 30 यपुन्‍नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्‍चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ । \s5 \v 31 हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्‍चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् । \v 32 तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् । \v 33 तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ । \s5 \v 34 तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ । \v 35 म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्‍ट समुदायमाथि म निश्‍चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।" \s5 \v 36 यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात् \s5 \v 37 भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे । \v 38 भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेब मात्र जीवित रहे । \v 39 जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए, तिनीहरूले गम्भीर रूपमा विलाप गरे । \v 40 तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, "हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।" \s5 \v 41 तर मोशाले भने, "तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ ? तिमीहरू सफल हुनेछेनौ । \v 42 नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न । \v 43 त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।" \s5 \v 44 तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे । \v 45 त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे । \s5 \c 15 \p \v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्‍न जानेछौ, कि होमबलि कि भाकल पुरा गर्ने स्वैच्छा बलि कि \v 3 तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ । \s5 \v 4 तिमीहरूले परमप्रभुको निम्ति एक लिटर तेलमा मुछेको आधा पाथी पिठोको अन्‍नबलिसाथै होमबलि चढाउनुपर्छ । \v 5 तिमीहरूले होमबलि वा बलिदानको निम्ति हरेक थुमाको निम्ति एक लिटर दाखमद्य पनि चढाउनुपर्छ । \s5 \v 6 यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने, तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पिठोलाई अन्‍नबलिको रूपमा तयार पार्नुपर्छ । \v 7 अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ । यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍ना दिनेछ । \s5 \v 8 जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ, \v 9 तिमीहरूले साँढेसँगै दुई लिटर तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ । \v 10 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ । \s5 \v 11 हरेक साँढे, थुमा र भेडा वा बाख्राको निम्ति यसो गर्नुपर्छ । \v 12 तिमीहरूले तयार पार्ने र चढाउने बलिदान यहाँ उल्लेख गरेजस्तै गर्नुपर्छ । \v 13 कसैले परमप्रभुलाई प्रसन्‍न तुल्याउने सुगन्धको निम्ति आगोद्वारा चढाइने बलिदान ल्याउँदा स्वदेशी इस्राएलीहरू सबैले यी कुराहरू यसबमोजिम गर्नुपर्छ । \s5 \v 14 यदि विदेशी तिमीहरूसँग बसोबास गरेको छ भने वा तिमीहरूका मानिसहरूको पुस्तौँसम्म तिमीहरूसँग बसोबास गर्न सक्छ, त्यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिदान चढाउनुपर्छ । त्यसले पनि तिमीहरूले गरेझैँ नै गर्नुपर्छ । \v 15 समुदायको निम्ति र तिमीहरूसँग बस्‍ने परदेशीको निम्ति एउटै नियम हुनुपर्छ, तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुनुपर्छ । तिमीहरूमाझ बस्‍ने परदेशी पनि तिमीहरूजस्तै हुनुपर्छ । परमप्रभुको सामु त्यसले तिमीहरूले जस्तै गर्नुपर्छ । \s5 \v 16 तिमीहरू र तिमीहरू माझ बस्‍ने परदेशीलाई एउटै नियम र आदेश लागु हुनुपर्छ ।" \v 17 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 18 "इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ, \v 19 जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ । \s5 \v 20 आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ । \s5 \v 21 तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ । \v 22 मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ । \v 23 मैले तिमीहरूलाई आज्ञाहरू दिन सुरु गरेको दिनदेखि नै र तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म मोशाद्वारा मैले आज्ञा गरेका सबै आज्ञाहरू पालन गर्नू । \v 24 समुदायले थाहा नपाई अजानमा गरेको पापको सवालमा परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति समुदायले एउटा साँढे होमबलिको रूपमा चढाउनुपर्छ । यहीसँगै आज्ञा गरेजस्तै अन्‍नबलि र अर्घबलिसाथै पापबलिको रूपमा बाख्रालाई पनि चढाउनुपर्छ । \s5 \v 25 पुजारीले सारा समुदायको निम्ति प्रायश्‍चित्त गर्नुपर्छ । तिनीहरूलाई क्षमा दिइनेछ, किनभने पाप गल्ति थियो । तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् । तिनीहरूले आफ्नो गल्तिको निम्ति पापबलि ल्याएका छन् । \s5 \v 26 अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ र तिनीहरूसँग बस्‍ने परदेशीलाई पनि क्षमा दिइनेछ, किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे । \v 27 यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ । \v 28 अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ । प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ । \v 29 अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ । \s5 \v 30 तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर-निन्दा गर्छ । त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । \s5 \v 31 किनभने त्यसले मेरो वचनलाई घृणा गरेको छ, त्यो व्यक्‍तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ । \v 32 त्यसको पाप त्यसैमाथि पर्नेछ ।" इस्राएलका मानिसहरू मरुभूमिमा हुँदा तिनीहरूले शबाथ दिनमा दाउरा बटुलिरहेको मानिस भेट्टाए । \v 33 त्यसलाई भेट्टाउनेहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए । \v 34 तिनीहरूले त्यसलाई थुनामा राखे, किनभने त्यसलाई के गर्नुपर्छ भनी निधो गरिएको थिएन । \s5 \v 35 परमप्रभु मोशासँग बोल्नुभयो, "त्यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ ।" \s5 \v 36 यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे । \v 37 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 38 "इस्राएलका सन्तानहरूलाई भन् र आफ्नो लुगाको किनाराहरूमा झुन्डाउन र तिनीहरू सबैलाई निलो धागोले किनारामा झुन्डाउन झुम्का बनाउन तिनीहरूलाई आज्ञा गर् । \v 39 तिनीहरूले यो तिनीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म गर्नुपर्छ । यो तिमीहरूले यसलाई हेर्दा बहन गर्नुपर्ने मेरा सबै आज्ञा याद दिलाउने विशेष कुरा हुने छ, ताकि तिमीहरूले आफ्नै हृदय र आफ्नै आँखामा हेरेर आफैलाई भ्रष्‍ट नतुल्याओ । \s5 \v 40 यसो गर् ताकि तिमीहरूले मेरा आज्ञाहरू याद गर्नेछौ र पालन गर्नेछौ अनि तिमीहरू पवित्र अर्थात् तिमीहरूका परमेश्‍वर मेरो निम्ति आरक्षित हुनेछौ । \v 41 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूका परमेश्‍वर हुनलाई मिश्र देशबाट ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।" \s5 \c 16 \p \v 1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे । \v 2 तिनीहरू, इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए । \v 3 तिनीहरू मोशा र हारूनको सामना गर्न आफै भेला भए । तिनीहरूले उनीहरूलाई भने, "तपाईंहरूले अति गर्नुभयो! सबै समुदाय, तिनीहरूमध्ये हरेकलाई नै अलग गरिएको छ र परमप्रभु तिनीहरूसँग छन् । किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ ?" \s5 \v 4 जब मोशाले त्यो सुने, तिनी घोप्टो परे । \v 5 तिनले कोरह र उनका साथमा भएकाहरूलाई भने, "को उहाँका हुन् र कसलाई उहाँको निम्ति अलग गरिएको छ भनी परमप्रभुले बिहान देखाउनुहुने छ । त्यस व्‍यक्‍तिलाई उहाँले उहाँको नजिक ल्याउनुहुने छ । उहाँले चुन्‍नुभएकोलाई आफैले आफ्नो नजिक ल्याउनुहुने छ । \s5 \v 6 कोरह र तिम्रा सबै समूहले यो गर । धुपौराहरू लेओ । \v 7 भोलि त्यसमा परमप्रभुको सामु धूप र आगो राख । परमप्रभुले चुन्‍नुहुने मानिसलाई उहाँको निम्ति अलग गरिनेछ । तिमी लेवीका सन्तानहरू अति धेरै भएका छौ ।" \s5 \v 8 फेरि मोशाले कोरहलाई भने, "सुन, तिमी लेवीका सन्तानहरूः \v 9 के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्ट्याएको तिमीहरूको निम्ति सानो कुरा हो ? \v 10 उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ ! \s5 \v 11 यसैले तिमी र तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ । त्यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ, जसले परमप्रभुको आज्ञा पालन गर्छन् ? \v 12 त्यसपछि मोशाले दातान र अबीराम, एलीआबका छोराहरूलाई बोलाए । तर तिनीहरूले भने, "हामी आउँदैनौँ । \v 13 के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो ? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ ! \v 14 यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ ? हामी तपाईंकहाँ आउँदैनौँ ।" \s5 \v 15 मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, "तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ । \s5 \v 16 मोशाले कोरहलाई भने, "भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ । \v 17 अनि हरेकले आ-आफ्ना दुई सय पचासवटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।" \v 18 यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए । \v 19 कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो । \s5 \v 20 परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो, \s5 \v 21 "यस समुदायबाट अलग होओ , ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।" \v 22 मोशा र हारून घोप्‍टो परे र भने, "हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ ?" \v 23 परमप्रभुले मोशालाई जवाफ दिनुभयो, \v 24 "समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।" \s5 \v 25 अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए । \s5 \v 26 तिनले समुदायलाई यसो भने, "यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।" \v 27 यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए । \v 28 मोशाले भने, "यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन । \v 29 यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन । \v 30 तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।" \s5 \v 31 मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो । \v 32 धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो । \s5 \v 33 यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए । \v 34 तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, "धर्तीले हामीलाई पनि निल्ने भो!" भन्‍दै चिच्‍च्याए । \v 35 अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो । \s5 \v 36 फेरि परमप्रभु मोशासँग बोल्नुभयो, \v 37 "पुजारी हारूनका छोरा एलाजारलाई भन् र त्यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस् । \v 38 आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् । \s5 \v 39 पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र \v 40 इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् । \s5 \v 41 तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, "तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।" \v 42 समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो, \v 43 र मोशा र हारून भेट हुने पालको अघि आए । \s5 \v 44 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 45 "यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।" अनि मोशा र हारून जमिनमा घोप्टो परे । \s5 \v 46 मोशाले हारूनलाई भने, "धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ । \v 47 यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बिचमा दौडेर गए । विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे । \v 48 हारून जीवित र मृतकहरूका बिचमा खडा भए । यसरी विपत्ति रोकियो । \s5 \v 49 कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो । \v 50 हारून भेट हुने पालको प्रवेश-द्वारमा मोशाकहाँ फर्केर आए र विपत्ति रोकियो । \s5 \c 17 \p \v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "इस्राएलका मानिसहरूलाई भन् र तिनीहरूबाट हरेक कुलको निम्ति एउटा-एउटा गरी बाह्रवटा लहुरो ले । हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख् । \s5 \v 3 लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्‍नुपर्छ । आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ । \v 4 तैँले ती लहुरोहरूलाई करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्छ, जहाँ मैले तँलाई भेट्छु । \v 5 मैले चुनेको मानिसको लहुरो टुसाउनेछ । म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ ।" \s5 \v 6 यसैले मोशाले मानिसहरूलाई भने । सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए । कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो । तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो । \v 7 त्यसपछि मोशाले लहुरोहरूलाई गवाही-पाटीको पालमा परमप्रभुको सामु राखे । \s5 \v 8 अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो ! \v 9 मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए र सबैले आ-आफ्नो लहुरो लिए । \s5 \v 10 परमप्रभुले मोशालाई भन्‍नुभयो, "हारूनको लहुरो गवाही-पाटीको सामु राख् । यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख् । यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन् ।" \v 11 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । \s5 \v 12 इस्राएलका मानिसहरूले मोशालाई भने, "यहाँ हामी मर्नेभयौँ ! हामी सबै नष्‍ट हुनेभयौ ! \v 13 परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ । के हामी पनि मर्नुपर्छ ?" \s5 \c 18 \p \v 1 परमप्रभुले हारूनलाई भन्‍नुभयो, "तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ । \v 2 लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् । \s5 \v 3 तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ । \v 4 तथापि, तिनीहरू पवित्र स्थान वा वेदीसँग सम्बन्धित कुनै थोकको नजिक आउनुहुँदैन नत्रता तिनीहरू र तँ मर्नेछौ । तिनीहरू पालसँग सम्बन्धित सबै किसिमका कामकाजको निम्ति तिमीहरूसँग सहभागी हुनुपर्छ र भेट हुने पालको देखरेख गर्नुपर्छ । कुनै पनि परदेशी तिमीहरूको नजिक आउनुहुँदैन । \v 5 पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् । \s5 \v 6 हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् । \v 7 तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।" \s5 \v 8 परप्रभुले हारूनलाई भन्‍नुभयो, "हेर्, मलाई चढाइने बलिदानहरू र इस्राएलका मानिसहरूले मलाई दिने पवित्र भेटीहरू सम्भाल्ने जिम्मा मैले तँलाई दिएको छु । \v 9 मैले यी बलिहरू तँलाई र तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु । आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुने छन् । हरेक अन्‍नबलि, पापबलि र दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई र तेरा छोराहरूलाई अलग गरिएका हुन् । \s5 \v 10 यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् । \s5 \v 11 इस्राएलका मानिसहरूका डोलाइने बलिको रूपमा तिनीहरूका सबै उपहारबाट अलग गरिएका यी सबै बलि तेरा हुने छन् । मैले ती तँलाई, तेरा छोराहरू र तेरा छोरीहरूका निम्ति तिमीहरूको सदाको निम्ति अंशको रूपमा दिएको छु । तेरा परिवारका विधिवत् रूपमा शुद्ध हुने सबैले यी बलिहरूबाट खान सक्छन् । \v 12 मानिसहरूले मलाई दिने तेल, नयाँ दाखमद्य र अन्‍नको उत्तम भाग, पहिलो फल यी सबै मैले तँलाई दिएको छु । \v 13 तिनीहरूले मकहाँ ल्याउने तिनीहरूका भूमिको पहिलो पाकेको फल तेरो हुने छ । तेरा परिवारका शुद्ध हुने सबैले यी थोकहरूबाट खान सक्छन् । \s5 \v 14 इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुने छन् । \v 15 मानिसहरूले परमप्रभुलाई अर्पण गर्ने मानिस र पशु दुवैका गर्भ खोल्ने पहिलो जन्मेकाहरू सबै तेरै हुने छन् । तथापि, मानिसहरूले जेठा छोरालाई किनेर फिर्ता लिनुपर्छ र तिनीहरूले अशुद्ध पशुहरूका पहिलो जन्मेकाहरूलाई किनेर फिर्ता गर्नुपर्छ । \s5 \v 16 मानिसहरूले किनेर फिर्ता लिनुपर्नेहरूलाई एक महिनाको भएपछि किनेर फिर्ता गर्नुपर्छ । त्यसपछि मानिसहरूले पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार पाँच शेकेल तिरेर फिर्ता लिन सक्छन् । बिस गेराको एक शेकेल हुन्छ । \v 17 तर गाईको पहिले जन्‍मेको बाछो वा भेडा वा बाख्राको पहिले जन्मेको पाठोलाई तिमीहरूले किनेर फिर्ता लिनुहुँदैन; ती मेरो निम्ति अलग गरिएका छन् । तिनीहरूका रगत वेदीमाथि छर्कनुपर्छ र तिनीहरूका बोसो आगोद्वारा चढाइएको परमप्रभुलाई मनपर्ने सुगन्धित बलिको जलाउनुपर्छ । \v 18 तिनीहरूका मासु तेरो हुने छ । डोलाइएको ह्याकुलो र दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुने छ । \s5 \v 19 इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्तरको अंशको रूपमा मैले तँलाई, तेरा छोराहरू र छोरीहरूलाई दिएको छु । यो तेरो र तेरा सन्तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्तको बाध्यकारी करार अर्थात् नूनको अनन्त करार हो ।" \v 20 परमप्रभुले हारूनलाई भन्‍नुभयो, "मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ । \s5 \v 21 हेर्, लेवीका सन्तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु । \v 22 आज उप्रान्त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन, नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुने छन् र मर्नेछन् । \s5 \v 23 लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन । \v 24 मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।" \s5 \v 25 परमप्रभुले मोशालाई भन्‍नुभयो, \s5 \v 26 "तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्‍त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ' भनी तैँले लेवीहरूलाई भन्‍नुपर्छ' ।" \v 27 तिमीहरूका हिस्सालाई खलाबाट ल्याइएको अन्‍न वा कोलबाट ल्याइएको दाखमद्यको रूपमा लिनुपर्छ । \v 28 यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ । तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ । \v 29 तिमीहरूले प्राप्‍त गरेका सबै उपहारबाट तिमीहरूले परमप्रभुलाई हरेक हिस्सा दिनुपर्छ । यो तिमीहरूलाई दिइएको उत्तम र अति पवित्र थोकहरूबाट दिनुपर्छ ।' \s5 \v 30 यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् । \s5 \v 31 बाँकी तेरा उपहारहरू तिमीहरू र तिमीहरूका परिवारले कुनै पनि ठाउँमा खान सक्छौ, किनभने यो भेट हुने पालमा तिमीहरूको कामको सट्टामा दिइएको ज्याला हो । \v 32 यदि तिमीहरूले प्राप्‍‍त गरेका थोकहरूबाट यसको उत्तम हिस्सा परमप्रभुलाई चढाएका छौ भने, यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन । तर तिमीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याउनुहुँदैन नत्रता तिमीहरू मर्नेछौ' ।" \s5 \c 19 \p \v 1 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, \v 2 "मैले तिमीहरूलाई आज्ञा गरिरहेको नियम, विधि यही होः इस्राएलका मानिसहरूले निष्खोट वा दाखरहित रातो कोरली ल्याउनुपर्छ भनी तिनीहरूलाई भन् जसको काँधमा कहिल्यै जुवा परेको हुनुहुन्‍न । \s5 \v 3 त्यो कोरली पुजारी एलाजारलाई दिनू । त्यसले यसलाई छाउनीबाहिर ल्याउनुपर्छ र कसैले यसलाई त्यसको सामु मार्नुपर्छ । \v 4 पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू । \v 5 अर्को पुजारीले उसैको सामु त्यो कोरलीलाई जनाउनुपर्छ । त्यसले यसको छाला, मासु, रगत र गोबरलाई जलाउनुपर्छ । \s5 \v 6 पुजारीले देवदारुको काठ, हिसप र गाढा रातो रङको ऊन लिनुपर्छ र यी सबैलाई जलिरेहेको कोरलीमाथि फाल्नुपर्छ । \v 7 त्यसपछि त्यसले आफ्‍नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । अनि त्यो छाउनीभित्र आउन सक्छ, जहाँ त्यो साँझसम्म अशुद्ध रहनेछ । \v 8 कोरली जलाउने व्यक्‍तिले आफ्नो लुगा पानीले धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ । \s5 \v 9 कोही शुद्ध मानिसले त्यो कोरलीको खरानीलाई उठाउनुपर्छ र त्यसलाई छाउनीबाहिर शुद्ध ठाउँमा राख्‍नुपर्छ । यो खरानी इस्राएलका मानिसको सामुदायको निम्ति राख्‍नुपर्छ । तिनीहरूले त्यो खरानीलाई तिनीहरूको पापबाट शुद्धिकरणको निम्ति पानीमा मिसाउनेछन्, किनभने त्यो खरानी पापबलिबाट लिइएको थियो । \v 10 त्यो कोरलीको खरानी बटुल्ने व्यक्‍तिले आफ्नो लुगा धुनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ । यो इस्राएलका मानिस र तिनीहरूसँग बसोबास गर्ने परदेशीको निम्ति स्थायी नियम हुने छ । \s5 \v 11 कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ । \v 12 यस्तो व्यक्‍तिले तेस्रो र सातौँ दिनमा आफूलाई शुद्धिकरण गर्नुपर्छ । अनि त्यो शुद्ध हुने छ । तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन । \v 13 जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ । \s5 \v 14 यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् । \v 15 नछोपिएका सबै भाँडा अशुद्ध हुने छन् । \s5 \v 16 त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ । \v 17 अशुद्ध व्‍यक्‍तिको निम्ति यसो गर्नूः जलाइएको पापबलिबाट केही खरानी लिनू र ताजा पानीसँग भाँडामा मिसाउनू । \v 18 कोही शुद्ध मानिसले हिसप लिनुपर्छ, यसलाई पानीमा डुबाउनुपर्छ र हड्‍डी, मारिएको व्यक्‍ति, मृत व्यक्‍ति वा चिहान छुने व्यक्‍तिहरू, पालभित्र भएका भाँडाहरूमाथि छर्कनुपर्छ । \v 19 तेस्रो र सातौँ दिनमा शुद्ध व्यक्‍तिले अशुद्ध व्यक्‍तिमाथि छर्कनुपर्छ । अशुद्ध व्यक्‍तिले सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । त्यसले आफ्नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझमा शुद्ध हुने छ । \s5 \v 20 तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ । \v 21 यो यी परिस्थितिसम्बन्धी निरन्तरको नियम हुने छ । अशुद्धताको निम्ति पानी छर्कने व्यक्‍तिले आफ्‍नो लुगा धुनुपर्छ । अशुद्धताको निम्ति पानी छुने व्यक्‍ति साँझसम्म अशुद्ध हुने छ । \v 22 अशुद्ध व्यक्‍तिले छोएको सबै कुरा अशुद्ध हुने छन् । यसलाई छुने व्यक्‍ति पनि साँझसम्म अशुद्ध हुने छ । \s5 \c 20 \p \v 1 यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे । \s5 \v 2 त्यहाँ मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो । समुदायको निम्ति त्यहाँ पानी थिएन, त्यसैले तिनीहरू मोशा र हारूनको विरुद्ध भेला भए । \v 3 मानिसहरूले मोशा विरुद्ध गनगन गरे । तिनीहरूले भने, "हाम्रा सङ्गी इस्राएलीहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेका भए राम्रो हुन्थ्यो । \s5 \v 4 परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको ? \v 5 यो डरलाग्‍दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो ? यहाँ बिउ, नेभारा, दाख वा अनार केही पनि छैन र पिउने पानी पनि छैन ।" \s5 \v 6 यसैले मोशा र हारून समुदायको सामु गए । तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा गए र घोप्टो परे । त्यहाँ परमप्रभुको उज्‍ज्वल महिमा देखा पर्‍यो । \s5 \v 7 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 8 "लहुरो ले र समुदाय, तँ र तेरा दाजु हारूनलाई भेला गर् । तिनीहरूको नजरकै सामुन्‍ने चट्टानलाई भन् र पानी निकाल्न यसलाई आज्ञा दे । तैँले त्यो चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्ने छस् र तैँले यो तिनीहरूलाई र तिनीहरूका गाईवस्तुहरूलाई दिनू ।" \v 9 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले परमप्रभुको सामुबाट लहुरो लिए । \s5 \v 10 अनि मोशा र हारूनले चट्टानको सामु मानिसहरू भेला पारे । मोशाले तिनीहरूलाई भने, "अब हे बागीहरू हो, सुन । के हामीले तिमीहरूलाई यो चट्टानबाट पानी निकाल्नपर्छ ? \s5 \v 11 अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो । समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए । \v 12 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, "तिमीहरूले इस्राएलका मानिसहरूको नजरमा मलाई पवित्र जनको रूपमा आदर नगरेकाले वा मलाई भरोसा नगरेकाले तिमीहरूले यो समुदायलाई मैले तिनीहरूलाई दिन्छु भनेको भूमिमा ल्याउनेछैनौ ।" \v 13 यो ठाउँलाई मेरीबाको पानी भनियो, किनभने इस्राएलका मानिसहरूले त्यहाँ परमप्रभुसँग झगडा गरेका थिए, र उहाँले आफैलाई पवित्र जनको रूपमा प्रकट गर्नुभएको थियो । \s5 \v 14 मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाएः तपाईंको भाइ इस्राएलले भन्छ, "हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्‍नुहुन्छ । \v 15 हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे । \s5 \v 16 जब हामीले परमप्रभुलाई पुकार्‍यौँ, उहाँले हाम्रो आवाज सुन्‍नुभयो, र एउटा स्वर्गदूत पठाउनुभयो अनि हामीलाई मिश्रबाट ल्याउनुभयो । हे्र्नुहोस्, हामी तपाईंको देशको सिमानामा पर्ने सहर कादेशमा छौँ । \v 17 हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।" \s5 \v 18 तर एदोमको राजाले तिनलाई जवाफ दिए, "तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।" \v 19 अनि इस्राएलका मानिसहरूले तिनलाई भने, "हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।" \s5 \v 20 तर एदोमका राजाले जवाफ दिए, "तिमीहरू जान सक्दैनौँ ।" यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए । \s5 \v 21 एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे । यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए । \v 22 मानिसहरू कादेशबाट हिँडे । इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय होर पर्वतमा आए । \v 23 एदोमको सिमानामा पर्ने होर पर्वतमा परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, \v 24 "हारून आफ्‍ना मानिसहरूकहाँ जानुपर्छ, किनभने मैले इस्राएललाई दिएको भूमिमा त्यो प्रवेश गर्ने छैन । यो तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो विरुद्ध विद्रोह गरेकाले गर्दा हो । \s5 \v 25 हारून र त्यसका छोरा एलाजारलाई होर पर्वतमाथि ले । \s5 \v 26 हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।" \v 27 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए । \v 28 मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले । \v 29 जब हारून मरेका सारा समुदायले देखे, तब सारा जाति हारूनको निम्ति तिस दिनसम्म रोए । \s5 \c 21 \p \v 1 जब नेगेवमा बस्‍ने आरादका कनानी राजाले इस्राएल अटारीमको बाटो भएर यात्रा गरिरहेको थियो भन्‍ने सुने, तिनले इस्राएलसँग लडाइँ लडे र केहीलाई बन्दी बनाए । \v 2 इस्राएलले परमप्रभुसँग भाकल गरेर भने, "यदि तपाईंले हामीलाई यी मानिसहरूमाथि वजय दिनुभयो भने, हामी तिनीहरूका सहरहरूलाई पूर्ण रूपमा नष्‍ट पार्ने छौँ ।" \v 3 परमप्रभुले इस्राएलको आवाज सुन्‍नुभयो र उहाँले कनानीहरूमाथि विजय दिनुभयो । \s5 \v 4 तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए । \v 5 मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, "मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो ? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।" \s5 \v 6 परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो । सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे । \v 7 मानिसहरू मोशाकहाँ आएर भने, "हामीले पाप गरेका छौँ, किनभने हामीले परमप्रभु र तपाईंको विरुद्ध बोलेका छौँ । सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस् ।" यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे । \s5 \v 8 परमप्रभुले मोशालाई भन्‍नुभयो, "एउटा सर्प बना र यसलाई खामामा झुण्ड्या । सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन् ।" \v 9 यसैले मोशाले काँसाको एउटा सर्प बनाए र त्यसलाई खामामा झुण्ड्याए । जब सर्पले कसैलाई डस्थ्यो, त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो । \s5 \v 10 त्यसपछि मानिसहरूले यात्रा गरे र ओबोतमा छाउनी लगाए । \s5 \v 11 तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए । \v 12 तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए । \v 13 तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ । अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ । \s5 \v 14 त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, "सूपाको वाहेब र अर्ननोनका बेँसीहरू, \v 15 बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।" \s5 \v 16 तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे । त्यो इनारमा परमप्रभुले मोशालाई भन्‍नुभयो, "मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।" \s5 \v 17 त्यसपछि इस्राएलले यो गीत गायो, "इनारको मूल फुटेर निस्क्यो ! यसको गीत गाओ, \v 18 हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार ।" \s5 \v 19 अनि तिनीहरू मरुभूमिबाट मत्तानातिर यात्रा गरे । मत्तानाबाट तिनीहरूले नहलीएलतिर यात्रा गरे र नहलीएलबाट बमोततिर, \v 20 र बमोतबाट मोआबको मैदानको बेसीँतिर यात्रा गरे । त्यहाँबाट नै पिसगा पर्वतको चुचुरोको फेदीमा मरुभूमी देखिन्छ । \s5 \v 21 त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए, \v 22 "हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् । हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ । हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ । हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं ।" \v 23 तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् । बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे । तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे । \s5 \v 24 इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे । अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो । \v 25 इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे । \s5 \v 26 हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए । \v 27 यसकारण यसो भनिन्छ, "हेश्बोनमा आओ । सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस् । \v 28 हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो । \s5 \v 29 हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो । \v 30 तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ । \s5 \v 31 त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो । \v 32 अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए । तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए । \s5 \v 33 त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले । बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे । \v 34 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, "त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।" \v 35 त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे । अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे । \s5 \c 22 \p \v 1 इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे । \s5 \v 2 सिप्‍पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए । \v 3 मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो । \v 4 मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने, "यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन् ।" यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए । \s5 \v 5 तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, "हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् । \s5 \v 6 त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।" \v 7 त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए । तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने । \v 8 बालामले तिनीहरूलाई भने, "आज राती यहाँ बस्‍नुहोस् । परमप्रभुले जे भन्‍नुहुन्छ सो तपाईंलाई बताउने छु ।" त्यसैले मोआबका अगुवाहरू त्यस रात बालामसँगै बसे । \s5 \v 9 परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, "तँकहाँ आउने यी मानिसहरू को हुन् ?" \v 10 बालामले परमेश्‍वरलाई जवाफ दिए, "सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् । तिनले भने, \v 11 "हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् । अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस् । सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु ।" \s5 \v 12 परमेश्‍वरले बालामलाई जवाफ दिनुभयो, "तँ तिनीहरूसँग जानुहुँदैन । तैँले इस्राएलका मानिसहरूलाई सराप दिनुहुँदैन, किनभने तिनीहरू आशिषित्् भएका छन् ।" \v 13 बालाम बिहानै उठेर बालाकका अगुवाहरूलाई भने, "तपाईंको देशमा नै फर्केर जानुहोस्, किनभने परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभएको छ ।" \v 14 त्यसैले मोआबका अगुवाहरू त्यहाँबाट हिँडे र बालाककहाँ फर्केर गए । तिनीहरूले भने, "बालामले हामीसँग आउन इन्कार गरे ।" \s5 \v 15 बालाकले पहिलेका समूहका भन्दा धेरै प्रतिष्‍ठित अगुवाहरूलाई फेरि पठाए । \s5 \v 16 तिनीहरू बालामकहाँ आए र तिनलाई भने, "सिप्‍पोरका छोरा बालाक भन्‍नुहुन्छ, 'बिन्ती छ, तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्, \v 17 किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्‍जत गर्नेछु र तपाईंले जे गर्न भन्‍नुहुन्छ सो म गर्नेछु । त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्' ।" \v 18 बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, "बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ । \v 19 कृपया आज राती पनि यहीँ पर्खनुहोस्, ताकि परमप्रभुले मलाई के भन्‍नुहुन्छ सो म जान्‍न सकूँ ।" \v 20 परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, "यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।" \s5 \v 21 बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए । \v 22 तर तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो । परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए । बालामका दुई जना नोकर तिनीसँगै थिए । \v 23 गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे । \s5 \v 24 त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए । \v 25 गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो । त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो । बालामले त्यसलाई फेरि पनि पिटे । \s5 \v 26 त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन । \v 27 गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे । \s5 \v 28 त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, "मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको ?" \v 29 बालामले गधालाई भने, "तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् । मेरो हातमा तरवार भएको भए हुन्थ्यो । यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ ।" \v 30 गधाले बालामलाई भन्यो, "के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र ? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र ?" बालामले जवाफ दिए, "थिएन ।" \s5 \v 31 तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए । \v 32 परमप्रभुका दूतले तिनलाई भने, "तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस् ? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन् । \v 33 गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो । यदि त्यो मबाट नतर्केको भए, निश्‍चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ ।" \s5 \v 34 बालामले परमप्रभुका दूतलाई भने, "मैले पाप गरेको छु । तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको छ भन्‍ने मैले थाहा पाइनँ । त्यसैले यदि तपाईंलाई मन पर्दैन भने, म फर्कने छु ।" \v 35 तर परमप्रभुका दूतले बालामलाई भने, "यी मानिसहरूसँग जा । तर तैँले म जे भन्‍छु सो मात्र भन्‍नुपर्छ ।" त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए । \s5 \v 36 जब बालाम आएका थिए भन्‍ने बालाकले सुने, उनी तिनलाई भेट्न मोआबको सहर अर्नोनमा भेट्न गए, जुन सिमाना पर्छ । \v 37 बालाकले बालामलाई भने, "के मैले तपाईंलाई डाक्‍न मानिसहरू तपाईंकहाँ पठाइनँ र ? तपाईं मकहाँ किन आउनुभएन ? के म तपाईंलाई आदर गर्न सक्षम छैन र ?" \s5 \v 38 त्यसपछि बालामले बालाकलाई जवाफ दिए, "हेर्नुहोस्, म तपाईंकहाँ आएको छु । के मसँग कुनै कुरा भन्‍ने शक्ति छ र? मैले त परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्‍न सक्छु ।" \v 39 बालाम बालाकसँग गए र तिनीहरू किर्यत-हुसोतमा आइपुगे । \v 40 त्यसपछि बालाकले गोरुहरू र भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम र तिनीसँग भएका अगुवाहरूलाई दिए । \s5 \v 41 बिहान बालाकले बालामलाई बालको उच्‍च स्थानमा लगे । त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे । \s5 \c 23 \p \v 1 बालामले बालाकलाई भने, "यहाँ मेरो निम्ति सातवटा वेदी निर्माण गर्नुहोस्, र सातवटा साँढे र सातवटा भेडा तयार पार्नुहोस् । \v 2 बालाकले बालामले भनेजस्तै गरे । अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए । \v 3 अनि बालामले बालाकलाई भने, "तपाईं आफ्‍नो बलिदानको छेउमा खडा हुनुहोस् र म जाने छु । सायद परमप्रभु मलाई भेट्न आउनुहुने छ । उहाँले मलाई जे देखाउनुहुन्छ, सो म गर्ने छु ।" त्यसैले तिनी कुनै रुख नभएको पहडाको चुचुरोतिर गए । \s5 \v 4 तिनी पहाडको टुप्पोमा हुँदा परमेश्‍वरले तिनलाई भेट्नुभयो र बालामले उहाँलाई भने, "मैले सातवटा वेदी बनाएको छु र मैले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाएको छु ।" \v 5 परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्‍नुभयो, "बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।" \s5 \v 6 त्यसैले बालाम बालाककहाँ फर्के, जो आफ्‍नो बलिदानको छेउमा उभिरहेका थिए र मोआबका सबै अगुवा तिनीसँग थिए । \v 7 बालामले अगमवाणी कहन थाले र भने, "मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।' \v 8 परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु ? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु ? \s5 \v 9 म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु । हेर्नुहोस्, एक्लै बस्‍ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन् । \s5 \v 10 याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस् !" \s5 \v 11 बालाकले बालामलाई भने, "तपाईंले मलाई के गर्नुभएको ? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।" \v 12 बालामले जवाफ दिए र भने, "के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र ?" \s5 \v 13 बालाकले तिनलाई भने, "कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्‍नुहुने छ, तर तिनीहरू सबैलाई देख्‍नुहुने छैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ ।" \v 14 त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे, र अरू सातवटा वेदी बनाए । तिनले हरेकमा एउटा-एउटा साँढे र भेडा बलि चढाए । \v 15 त्यसपछि बालामले बालाकलाई भने, "यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस्, म परमप्रभुलाई भेट्न जान्छु ।" \s5 \v 16 त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, "बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।" \v 17 बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, "परमप्रभुले के भन्‍नुभयो ?" \v 18 बालामले अगमवाणी गर्न थाले, "उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् । \s5 \v 19 परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र ? \v 20 हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्‍वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ । \s5 \v 21 उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ । \v 22 परमेश्‍वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्‍तिले मिश्रबाट ल्याउनुभयो । \s5 \v 23 याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्‍नुपर्छ, 'हेर, परमेश्‍वरले के गर्नुभएको छ !' \s5 \v 24 हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।" \s5 \v 25 त्यसपछि बालाकले बालामलाई भने, "तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् ।" \s5 \v 26 तर बालामले जवाफ दिए र भने, "के परमप्रभुले भन्‍नलाई बताउनुभएको कुरा मात्र मैले भन्‍नुपर्छ भनी मैले भनेको थिइनँ र ?" \v 27 त्यसैले बालाकले बालामलाई जावाफ दिए, "अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्‍वरले इच्छा गर्नुहुने छ ।" \v 28 त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ । \v 29 बालामले बालाकलाई भने, "यहाँ सातवटा वेदी बनाउनुहोस् अनि सातवटा साँढे र भेडा तयार पार्नुहोस् ।" \v 30 बालाकले बालामले भनेबमोजिम गरे; तिनले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए । \s5 \c 24 \p \v 1 परमप्रभुले इस्राएललाई आशिष् दिन नै रुचाउनुहुन्छ भन्‍ने जब बालामले देखे, तिनी अरू बेलाझैँ टुनामुना गर्नलाई गएनन् । बरु, तिनले मरुभूमितिर हेरे । \s5 \v 2 तिनले आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे र परमेश्‍वरका आत्मा तिनीमाथि आयो । \v 3 तिनले यो अगमवाणी पाए र भने, "बओरका छोरा बालाम बोल्न लाग्दै छ, जुन मानिसका आँखा खुला छन्, त्यसका वाणी । \s5 \v 4 तिनले परमप्रभुको वचन सुन्छ र बोल्छ । त्यसले सर्वशक्‍तिमान्‌बाट दर्शन प्राप्‍त गर्छ, जसको सामु त्यसले आँखा खुला राखेर दण्डवत् गर्छ । \v 5 हे याकूब, तिम्रा पालहरू र तिमी बस्‍ने ठाउँ कति सुन्दर छन् ! \s5 \v 6 तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् । \s5 \v 7 तिनीहरूका गाग्राहरूबाट पानी बग्छ र तिनीहरूका बिउहरू सुसिंचित छन् । तिनीहरूका राजा अगागभन्दा उच्‍च छन् र तिनीहरूका राज्यलाई आदर गरिने छ । \s5 \v 8 परमेश्‍वरले तिनलाई मिश्रबाट जङ्गली साँढेको जस्तै सामर्थ्यमा ल्याउनुहुन्छ । तिनले त्यसको विरुद्ध लड्ने जातिहरूलाई निल्छन् । तिनले तिनीहरूका हड्‍डीहरूलाई टुक्रा-टुक्रा पार्ने छन् । तिनले तिनीहरूलाई आफ्ना वाणहरूले हान्छन् । \s5 \v 9 तिनले सिंह, सिंहनीझै ढुक्छन् । तिनलाई उठाउने कसको आँट छ र ? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन् ।" \s5 \v 10 बालाकको क्रोध बालामप्रति उर्लियो र तिनले आफ्ना हात ठटाए । बालाकले बालामलाई भने, "मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ, तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो । \s5 \v 11 त्यसैले अहिले नै गइहाल्नुहोस् । मैले तपाईंलाई भव्य इनाम दिन्छु भनेको थिएँ, तर परमप्रभुले तपाईंलाई इनाम पाउनबाट वञ्‍चित गर्नुभएको छ ।" \v 12 त्यसपछि बालामले बालाकलाई जवाफ दिए, "तपाईंले मकहाँ पठाउनुभएका सन्देशवाहकहरूलाई भने, \v 13 'बालाकलाई चाँदी र सुनले भरिएको तिनको दरबार नै दिए पनि, म परमप्रभुको बाहिर मैले चाहेको असल वा खराब कुनै पनि कुरा गर्न सक्दिनँ । म परमप्रभुले मलाई भन्‍नुहुने कुरा मात्र बताउन सक्छु ।' के मैले तिनीहरूलाई यो कुरा भनेको थिइनँ र ? \v 14 त्यसैले अब म मेरा मानिसहरूकहाँ फर्केर जाने छु । तर यी मानिसहरूले तपाईंका मानिसहरूलाई आगामी दिनहरूमा के गर्ने छन् पहिले तपाईंलाई चेताउनी दिन दिनुहोस् ।" \s5 \v 15 बालामले अगमवाणी गर्न थाले, "बओरका छोरा बालाम भन्छ, त्यो मानिस जसको आँखा खुला छन्, त्यसको वाणी । \s5 \v 16 यो परमेश्‍वरको वचन सुन्‍नेको व्यक्‍तिको अगमवाणी हो, जससँग सर्वोच्‍चको ज्ञान छ, जससँग सर्वशक्‍तिमान्‌बाट आएको दर्शन छ, जसले उहाँको सामु खुला आँखाले दण्डवत् गर्छ । \v 17 म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन् । \s5 \v 18 त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्‍ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्‍नेछ । \v 19 याकूबबाट एउटा राजा आउने छ जसले शासन गर्ने छ र तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्‍ट पार्ने छन् ।" \s5 \v 20 त्यसपछि बालामले अमालेकतिर हेरे र अगमवाणी गर्न थाले, "अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो, तर त्यसको अन्त विनाश हुने छ ।" \s5 \v 21 अनि बालामले केनीहरूतिर हेरे र अगमवाणी गर्न थाले, "तिमीहरू बस्‍ने ठाउँ बलियो छ र तिमीहरूका गुँड चट्टान हुने छ । \v 22 तथापि अश्शूरले तिमीहरूलाई कैद गरेर लाँदा तिमीहरू आगोले नष्‍ट हुने छौ । \s5 \v 23 बालामले तिनको अन्तिम अगमवाणी भने, "धिक्‍कार! परमेश्‍वरले यसो गर्नुहुँदा कोचाँहि बाँच्‍छ ? \v 24 कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् । \s5 \v 25 त्यसपछि बालाम उठे र हिँडे । तिनी आफ्नै घरतिर फर्के र बालाक पनि गए । \s5 \c 25 \p \v 1 इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्‍त्रीहरूसँग व्यभिचार गर्न थाले, \v 2 किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए । \v 3 इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्‍न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । \s5 \v 4 परमप्रभुले मोशालाई भन्‍नुभयो, "मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् । \v 5 त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, "पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।" \s5 \v 6 अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो । \v 7 जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए । \s5 \v 8 तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो । \v 9 त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो । \s5 \v 10 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 11 "पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ । \s5 \v 12 यसकारण परमप्रभु भन्‍नुहुन्छ, "म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु । \v 13 त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्‍तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्‍वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको \s5 \v 14 इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो । \v 15 त्यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो । \s5 \v 16 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 17 "मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्, \v 18 किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्दर्भमा तिमीहरूलाई दुष्‍टतातिर लगे । \s5 \c 26 \p \v 1 विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो, \v 2 "इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्ती गर ।" \s5 \v 3 त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने, \v 4 "परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।" \s5 \v 5 रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो । \s5 \v 6 हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो । \v 7 यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो । \v 8 एलीआब पल्लुका छोरा थिए । \v 9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्‍ने दातान र अबीराम यिनै थिए । \s5 \v 10 कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए । \s5 \v 11 तर कोरहका वंश मरेनन् । \v 12 शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश, \v 13 जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए । \v 14 यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू \s5 \v 15 दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए । \v 16 ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश, \v 17 अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए । \v 18 यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो । \s5 \v 19 एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे । \v 20 यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए । \v 21 फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए । \v 22 यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो । \s5 \v 23 यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश, \v 24 याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए । \v 25 यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो । \s5 \v 26 यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए । \v 27 यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो । \s5 \v 28 योसेफका सन्तानहरूका कुलहरू मनश्‍शे र एफ्राइम थिए । \v 29 यिनीहरू मनश्‍शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए), \s5 \v 30 गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश, \v 31 अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश, \v 32 शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए । \s5 \v 33 हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए । \v 34 यिनीहरू मनश्‍शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो । \s5 \v 35 यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए । \v 36 शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए । \v 37 यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए । \s5 \v 38 यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश, \v 39 शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान \v 40 बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए । \v 41 यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो । \s5 \v 42 शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्तानका कुलहरू थिए । \v 43 शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो । \s5 \v 44 आशेरका सन्तानहरूका कुलहरू यिनै थिएः यिम्‍नाबाट यिम्‍नीहरूका वंश, यिश्‍वीबाट यिश्‍वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए । \v 45 बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए । \v 46 आशेरकी छोरीको नाउँ सेरह थियो । \v 47 यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो । \s5 \v 48 यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश, \v 49 येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए । \v 50 यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो । \s5 \v 51 इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो । \s5 \v 52 परमप्रभु मोशासँग बोल्नुभयो, \v 53 "यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ । \s5 \v 54 ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ । \v 55 तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ । \v 56 आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।" \s5 \v 57 वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए । \v 58 यिनीहरू लेवीका वंशहरू थिएः लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए । \v 59 लेवी कुलका सन्तान अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्मे । \s5 \v 60 हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे । \v 61 नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे । \v 62 तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन । \s5 \v 63 मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे । \v 64 तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् । \s5 \v 65 किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्‍नुभएको थियो । तिनीहरूमा यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् । \s5 \c 27 \p \v 1 योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा । \s5 \v 2 तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए । \v 3 तिनीहरूले भने, "हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् । \s5 \v 4 तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने ? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्‍गा दिनुहोस् ।" \v 5 त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए । \s5 \v 6 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 7 "सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ । \v 8 तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ । \s5 \v 9 यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ । \v 10 यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ । \s5 \v 11 यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।" \v 12 परमप्रभुले मोशालाई भन्‍नुभयो, "अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् । \v 13 तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ । \v 14 तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।" यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो । \s5 \v 15 त्यसपछि मोशाले परमप्रभुलाई भने, \v 16 "हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर, समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्, \v 17 एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।" \s5 \v 18 परमप्रभुले मोशालाई भन्‍नुभयो, "नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् । \v 19 त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्‍ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे । \s5 \v 20 तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् । \v 21 त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।" \s5 \v 22 त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे । \v 23 तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए । \s5 \c 28 \p \v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "इस्राएलका मानिसहरूलाई आज्ञा गर् र तिनीहरूलाई भन्, 'तिमीहरूले मेरो निम्ति सुगन्धित बास्‍ना दिने आगोद्वारा चढाइने बलिहरू तोकिएको समयमा मलाई चढाउनुपर्छ ।' \s5 \v 3 तैँले तिनीहरूलाई भन्‍नुपर्छ, 'तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही होः नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुईवटा । \v 4 तिमीहरूले एउटा थुमालाई बिहान चढाउनुपर्छ र अर्को थुमालाई साँझमा चढाउनुपर्छ । \v 5 तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ । \s5 \v 6 यो परमप्रभुलाई सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने नियमित होमबलि थियो, जुन सीनै पर्वतमा आज्ञा गरिएको थियो । यसैसँगको अर्घबलि एउटा थुमाको निम्ति एक लिटर मद्य होस् । \v 7 तिमीहरूले परमप्रभुलाई कडा मद्यको अर्घबलि पवित्र स्थानमा खन्याउनुपर्छ । \v 8 तिमीहरूले अर्को थुमालाई बिहान चढाइएको एउटा थुमालाई झैँ साँझमा अन्‍नबलिसँगै चढाउनुपर्छ । \s5 \v 9 शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुईवटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ । \v 10 यो नियमित होमबलि र यससँगको अन्‍नबलिको अतिरिक्‍त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ । \s5 \v 11 हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउनुपर्छ । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ । \v 12 तिमीहरूले हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा र एउटा भेडाको निम्ति तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ । \v 13 तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ । यो परमप्रभुलाई सुगन्धित बास्‍न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ । \s5 \v 14 मानिसहरूका अर्घबलि साँढेको निम्ति दुई लिटर दाखमद्य, भेडाको निम्ति डेढ लिटर दाखमद्य, थुमाको निम्ति एक लिटर दाखमद्य हुनुपर्छ । यो वर्षभरि हरेक महिनाको निम्ति होमबलि हुनुपर्छ । \v 15 एउटा बोका परमप्रभुको निम्ति पापबलिको रूपमा अर्पण गर्नुपर्छ । यो नियमित होमबलि र अर्घबलिको अतिरिक्‍त हुने छ । \s5 \v 16 पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड आउँछ । \v 17 यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ । \v 18 पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । \s5 \v 19 तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । \v 20 साँढेसँगै तिमीहरूले अन्‍नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मुछेको मसिनो पिठो र भेडासँग एक पाथी चढाउनुपर्छ । \s5 \v 21 सातवटा हरेक थुमासँग तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ, \v 22 र आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । \v 23 तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्‍त चढाउनुपर्छ । \v 24 यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्‍तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्‍त चढाउनुपर्छ । \v 25 तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । \s5 \v 26 अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्‍नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । \v 27 परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुहुँदैन । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र सातवटा एक वर्षे थुमा चढाउनुपर्छ । \v 28 तिनीहरूसँगै अन्‍नबलि पनि चढाउनूः हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पिठो चढाउनू । \s5 \v 29 हरेक सातवटा थुमाका निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो, \v 30 र आफ्नो निम्‍ति प्रायश्‍चित्तको निम्ति एउटा बोका चढाउनू । \v 31 जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्‍नबलिको अतिरिक्‍त हुनुपर्छ । \s5 \c 29 \p \v 1 "सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । यो तिमीहरूले तुरही फुक्‍ने दिन हुने छ । \s5 \v 2 तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ । \s5 \v 3 तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्‍नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, भेडाको निम्ति एक पाथी, \v 4 र हरेक सातवटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ । \v 5 तिमीहरूले आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ । \s5 \v 6 यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्‍त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्‍नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्‍नबलि र यसको अर्घबलिको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्‍नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ । \s5 \v 7 सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । \v 8 तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ । \s5 \v 9 तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी, \v 10 र सातवटा थुमा हरेकको निम्ति आधा पाथी चढाउनुपर्छ । \s5 \v 11 तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त हुने छ । \v 12 सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ । \v 13 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले \s5 \v 14 तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी, \v 15 र चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्‍नबलिको रूपमा चढाउनुपर्छ । \s5 \v 16 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । \v 17 सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । \v 18 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । \v 19 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । \s5 \v 20 सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । \s5 \v 21 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । \v 22 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । \v 23 सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । \v 24 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । \v 25 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । \s5 \v 26 सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । \v 27 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । \v 28 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । \s5 \v 29 सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । \v 30 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । \s5 \v 31 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । \v 32 सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । \v 33 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । \v 34 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । \s5 \v 35 आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन । \s5 \v 36 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । \v 37 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । \v 38 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ । \s5 \v 39 यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्‍नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।" \v 40 परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने । \s5 \c 30 \p \v 1 मोशाले इस्राएलका मानिसहरूका कुलका अगुवाहरूलाई भने, "परमप्रभुले यो आज्ञा गर्नुभएको छ । \v 2 जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ । \s5 \v 3 आफ्नो बुबाको घरमा बस्‍ने जवान नारीले परमप्रभुको निम्ति भाकल गर्दा र आफैलाई प्रतिज्ञाद्वारा बाँध्दा, \v 4 यदि त्यसको बुबाले त्यसले आफूलाई बाँधेको भाकल र प्रतिज्ञा सुन्छ, यदि त्यसले त्यसको प्रतिज्ञालाई उल्टाउन कुनै कुरा भन्‍दैन भने, त्यसका सबै भाकल रहने छन् । त्यसले आफैलाई बाँधेकी हरेक प्रतिज्ञा सबल रहने छ । \s5 \v 5 तर यदि त्यसका बुबाले त्यसको भाकल र प्रतिज्ञा सुन्छ र यदि त्यसले त्यसलाई केही भन्‍दैन भने, त्यसले गरेका सबै भाकल र प्रतिज्ञाहरू हराउने छन् । \s5 \v 6 तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए । \v 7 यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् । \s5 \v 8 तर यदि त्यसका पतिले सुनेको दिन नै त्यसलाई रोक्छ भने, त्यसले गरेकी भाकलहरू अर्थात् त्यसले आफैलाई बाँधेकी सोचविचार नगरी गरेकी त्यसको मुखको बोलीलाई त्यस रद्द गर्छे । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ । \s5 \v 9 तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ । \v 10 यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने, \v 11 र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ । \s5 \v 12 तर यदि त्यसका पतिले तिनीहरूको बारेमा सुनेको दिनमा नै तिनीहरूलाई रद्द गर्‍यो भने, त्यसको मुखबाट निस्केका भाकलहरू वा प्रतिज्ञाहरू जे भए पनि रहने छैनन् । त्यसका पतिले तिनीहरूलाई रद्द गरेको छ । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ । \s5 \v 13 कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिले पक्‍का गर्न वा रद्द गर्न सक्छ । \v 14 तर यदि त्यसले त्यसलाई दिन-दिनै केही भन्दैन भने, त्यसले गरेकी सबै भाकल र बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्‍का गर्छ । त्यसले तिनीहरूलाई पक्‍का गरेको छ, किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन । \s5 \v 15 यदि त्यसको पतिले सुनेको लामो समयपछि त्यसकी पत्‍नीको भाकललाई रद्द गर्ने कोसिस गर्‍यो भने त्यसको पापको निम्ति त्यो जिम्मेवार हुने छ ।" \v 16 पुरुष र त्यसकी पत्‍नी, जवान हुँदा आफ्नो बुबाको परिवारमा रहँदा, बुबा र त्यसकी छोरी बिचको नियमहरू परमप्रभुले घोषणा गर्न मोशालाई आज्ञा गर्नुभएका सबै नियम यिनै नै हुन् । \s5 \c 31 \p \v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, \v 2 "मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए, त्यसको निम्ति बद्ला ले । त्यो काम गरेपछि तँ मर्ने छस् र तेरा मानिसहरूसँग मिल्न जाने छस् ।" \s5 \v 3 त्यसैले मोशाले मानिसहरूलाई भने, "तिमीहरूका केही मानिसहरूलाई सुसज्‍जित पार । \v 4 तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।" \v 5 त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो । \s5 \v 6 त्यसपछि मोशाले तिनीहरूलाई पुजारी एलाजारका छोरा पीनहासको साथमा पवित्र स्थानका केही सरसामानहरू र सङ्केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक-एक हजार जना मानिसलाई युद्ध गर्न पठाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ \v 7 तिनीहरूले मिद्यनीहरूसँग लडे । \v 8 तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे । \s5 \v 9 इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्‍चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए । \v 10 तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए । \s5 \v 11 तिनीहरूले मानिसहरू र पशुहरू दुवैलाई लुटको माल र कैदीको रूपमा लिए । \v 12 तिनीहरूले कैदीहरूलाई, लुटका मालहरू र कब्जा गरेका सामानहरू मोशा, पुजारी एलाजार र इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए । तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए । \s5 \v 13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवा तिनीहरूलाई भेट्न छाउनी बाहिर गए । \v 14 तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्‍तानहरूसँग रिसाए । \v 15 मोशाले तिनीहरूलाई भने, "के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको ? \s5 \v 16 हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए । \v 17 अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार । \s5 \v 18 तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ । \v 19 तिमीहरू सात दिनसम्म इस्राएलको छाउनीबाहिर छाउनीमा बस्‍नुपर्छ । कसैलाई मारेका र मुर्दालाई छोएका तिमीहरू सबैले तिमीहरू र तिमीहरूका कैदीहरूसहित तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । \v 20 तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ ।" \s5 \v 21 पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, "परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः \v 22 सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा, \v 23 र आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ र यो शुद्ध हुने छ । त्यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ । जुन कुरालाई आगोमा जलाउन मिल्दैन, त्यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ । \v 24 तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ र तिमीहरू शुद्ध हुने छौ । त्यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ । \s5 \v 25 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, \s5 \v 26 "मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई \v 27 दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबिच बाँड् । \v 28 त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू । यो कर मानिस, गाईवस्तु, गधा, भेडा वा बाख्राहरू जे भए पनि हरेक पाँच सयमा एउटा हुनुपर्छ । \v 29 यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू । \s5 \v 30 साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।" \s5 \v 31 त्यसैले मोशा र पुजारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे । \v 32 सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा, \v 33 सत्तरी हजार गोरु, \v 34 एकसट्ठी हजार गधा, \v 35 र पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए । \s5 \v 36 सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट \v 37 परमप्रभुको भाग ६७५ थियो । \v 38 गोरुहरू छत्तिस हजार थिए, जसबाट परमप्रभुको भागमा बहत्तरवटा थिए । \s5 \v 39 गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए । \v 40 सोह्र हजार महिला थिए, जसबाट परमप्रभुको भाग बत्तिस जना थिए । \s5 \v 41 परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पुजारी एलाजारलाई दिए । \v 42 युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा \v 43 समुदायको आधा भाग ३,३७,५०० भेडा, \v 44 तिस हजार गोरु, \v 45 ३०,५०० गधा, \v 46 र सोह्र हजार महिला थिए । \s5 \v 47 इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए । \s5 \v 48 फौजका अधिकृतहरू, हजारका सेनापतिहरू र पचास जनाका कप्‍तानहरू मोशाकहाँ आए । \v 49 तिनीहरूले तिनलाई भने, "तपाईंका दासहरूले हाम्रो स्वामित्वमा भएका सिपाहीहरूको गन्ती गरेका छन् र एक जना पनि हराएको छैन । \s5 \v 50 हामी हरेकले पाएका सुनका गहनाहरू, बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ ।" \s5 \v 51 मोशा र पुजारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे । \v 52 तिनीहरूले परमप्रभुलाई दिएका, हजारका सेनापतिहरू र सय जनाका कप्‍तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो । \v 53 हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए । \v 54 मोशा र पुजारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्‍तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे । \s5 \c 32 \p \v 1 रूबेन र गादका सन्तानहरूका गाईवस्‍तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो थियो । \v 2 त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने, \v 3 "हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन । \s5 \v 4 यी ठाउँहरूलाई परमप्रभुले इस्राएलका समुदायको सामु आक्रमण गर्नुभयो र तिनीहरू गाईवस्‍तुहरूका निम्ति राम्रा ठाउँहरू छन् । हामी तपाईंका दासहरूका गाईवस्‍तुहरू धेरै छन् ।" \v 5 तिनीहरूले भने, "यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने, यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् । हामीलाई यर्दन पारि नलैजानुहोस् ।" \s5 \v 6 मोशाले गाद र रूबेनका सन्तानहरूलाई जवाफ दिए, "के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने ? \v 7 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको भूमिमा जानबाट तिनीहरूलाई किन निरुत्साहित पार्ने ? मैले कादेश-बर्नेबाट तिमीहरूका बुबाहरूलाई भूमिको जाँचबुझ गर्न पठाउँदा तिनीहरूले त्यही गरे । \s5 \v 8 तिनीहरू एश्कोलको बेँसीमा गए । \v 9 तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् । \s5 \v 10 परमप्रभुको क्रोध दन्कियो । उहाँले शपथ खानुभयो र भन्‍नुभयो, \v 11 'मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेका भूमिलाई मिश्रबाट आएका बिस वर्षभन्दा माथिका कसैले देख्‍ने छैनन्, किनभने \v 12 यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूले बाहेक तिनीहरूले मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन् । कालेब र यहोशूले मात्र मलाई पूर्ण रूपमा अनुसरण गरेका छन् ।' \s5 \v 13 त्यसैले परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । उहाँको नजरमा दुष्‍टता गर्ने सबै पुस्ता विनाश नभएसम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यताउता भौतारिन लगाउनुभयो । \v 14 हेर, तिमीहरू आफ्ना बुबाहरूको स्थानमा अझ धेरै पापी मानिसहरूझैँ इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध उराल्न खडा भएका छौ । \v 15 यदि तिमीहरू उहाँलाई पछ्याउनबाट तर्कियौ भने, उहाँले इस्राएललाई फेरि पनि मरुभूमिमा नै छोड्नुहुने छ र तिमीहरूले यी सबै मानिसलाई नष्‍ट पार्ने छौ । \s5 \v 16 त्यसैले तिनीहरू मोशाको नजिक आए र भने, "यहाँ हाम्रा गाईवस्‍तुहरूका निम्ति खोर र हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस् । \v 17 तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्‍ने छन् । \s5 \v 18 इस्राएलका हरेक मानिसले आ-आफ्नो उत्तराधिकर नपाएसम्म हामी हाम्रो घरतिर फर्कने छैनौँ । \v 19 हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछै नौँ, किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै छ । \s5 \v 20 त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, "यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने, \v 21 परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म र \v 22 उहाँको सामु भूमिलाई कब्जा नगरेसम्म तिमीहरू सबै हातहतियारसहित परमप्रभुको सामु यर्दन पारि तर्नुपर्छ । त्यसपछि तिमीहरू फर्कन सक्छौ । तिमीहरू परमप्रभु र इस्राएलका सामु दोषरहित हुने छौ । यो भूमि परमप्रभुको सामु तिमीहरूको सम्पत्ति हुने छ । \s5 \v 23 तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ । तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ । \v 24 तिमीहरूका परिवारहरूका निम्ति सहरहरू र भेडाबाख्राहरूका निम्ति खोर बनाओ; तिमीहरूले जे भनेका छौ सो गर ।" \v 25 गाद र रूबेनका सन्तानहरूले मोशालाई भने, "तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्ने छन् । \s5 \v 26 हाम्रा बालबच्‍चाहरू, हाम्रा पत्‍नीहरू, हाम्रा गाईवस्‍तुहरू र हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहने छन् । \v 27 तथापि, हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्‍नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जाने छन् ।" \s5 \v 28 त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए । \v 29 मोशाले तिनीहरूलाई भने, "गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू । \v 30 तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन् ।" \s5 \v 31 त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, "परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्‍नुभएबमोजिम हामीले यसै गर्ने छौँ । \v 32 हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।" \s5 \v 33 त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए । \s5 \v 34 गादका सन्तानहरूले दीबोन, अतारोत, अरोएर, \v 35 अत्रोत-शोपान, याजेर, योगबहा, \v 36 बेथ-निम्रा, बेथ-हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए । \s5 \v 37 रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम, \v 38 नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे । \v 39 मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे । \s5 \v 40 त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे । \v 41 मनश्शेका छोरा याईर गए र यसका नगरहरू कब्जा गरे र तिनीहरूको नाउँ हब्बात-याईर राखे । \v 42 नोबाह गए र केनात र यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे । \s5 \c 33 \p \v 1 मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो । \v 2 परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए । \s5 \v 3 तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे । \v 4 मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो । \s5 \v 5 इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्‍कोतमा छाउनी लगाए । \s5 \v 6 तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले । \v 7 तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले । \v 8 त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले । \v 9 तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले । \v 10 तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले । \s5 \v 11 तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले । \v 12 तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले । \v 13 तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले । \v 14 तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन । \s5 \v 15 तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले । \v 16 तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले । \v 17 तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले । \v 18 तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले । \s5 \v 19 तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले । \v 20 तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्‍नामा छाउनी हाले । \s5 \v 21 तिनीहरू लिब्‍नाबाट हिँडे र रिस्सामा छाउनी हाले । \v 22 तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले । \v 23 तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले । \v 24 तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले । \v 25 तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले । \v 26 तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले । \s5 \v 27 तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले । \v 28 तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले । \v 29 तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले । \v 30 तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले । \s5 \v 31 तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले । \v 32 तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले । \v 33 तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले । \v 34 तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले । \s5 \v 35 तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन‍-गेबेरमा छाउनी हाले । \v 36 तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले । \v 37 तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले । \s5 \v 38 हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो । \v 39 हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए । \s5 \v 40 कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्‍ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्‍ने सुने । \s5 \v 41 तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले । \v 42 तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले । \v 43 तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले । \s5 \v 44 तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले । \v 45 तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले । \v 46 तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले । \s5 \v 47 तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले । \v 48 तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले । \v 49 तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले । \s5 \v 50 परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो, \s5 \v 51 "इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ । \v 52 तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ । \v 53 तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु । \v 54 तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ \s5 \v 55 तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन् । \v 56 त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु । \s5 \c 34 \p \v 1 परमप्रभु मोशासँग बोल्नुभयो, \v 2 "इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ, \v 3 तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ । \s5 \v 4 तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ । \v 5 त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्‍ने छ र समुद्रमा अन्त हुने छ । \s5 \v 6 पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ । \s5 \v 7 तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ, \v 8 त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ । \v 9 अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर‍-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ । \s5 \v 10 तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ । \s5 \v 11 पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ । \v 12 यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ । \v 13 मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, "तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ । \v 14 रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् । \v 15 अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् । \s5 \v 16 परमप्रभु मोशासँग बोल्नुभयो, \v 17 "तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू । \v 18 तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्‍नुपर्छ \s5 \v 19 ती मानिसहरूका नाउँ यिनै हुन्ः \v 20 यहूदाको कुलबाट यपून्‍नेका छोरो कालेब । \s5 \v 21 शिमियोनको सन्तानहरूको कुलबाट अम्मीहुदका छोरो शेमुएल, \v 22 बेन्यामीनको कुलबाट किसलोनका छोरो एलीदाद, दानको सन्तानहरूको कुलबाट एक जना अगुवा योगलीका छोरो बुक्‍की, \v 23 योसेफका सन्तानहरू मनश्शेका सन्तानरूका कुलको एक जना अगुवा एपोदका छोरो हन्‍नीएल, \s5 \v 24 एफ्राइमका सन्तानहरूका कुलबाट एक जना अगुवा शिप्‍तानको छोरो कमूएल, \v 25 जबूलूनका सन्तानक‍हरूका कुलबाट एक जना अगुवा पर्नाकको छोरो एलीजापान, \v 26 इस्साकारका सन्तानहरूका कुलबाट एक जना अगुवा अजानको छोरो पल्तिएल, \s5 \v 27 आशेरको सन्ताहरूका कुलबाट एक जना अगुवा शलोमीको छोरो अहीहूद, \v 28 नप्‍तालीको सन्तानहरूको कुलबाट एक जना अगुवा अम्मीहूदका छोरो पदहेल ।" \v 29 परमप्रभुले यी मानिसहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो । \s5 \c 35 \p \v 1 परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो, \v 2 "इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ । \s5 \v 3 लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ । \v 4 तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ । \s5 \v 5 तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ । \s5 \v 6 तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्‍ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू । \v 7 तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ । \s5 \v 8 इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ । \s5 \v 9 त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो, \v 10 "इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ, \v 11 तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्‍ति त्यो ठाउँमा भागेर जान सक्छ । \s5 \v 12 यी सहरहरू बदला लिने व्यक्‍तिबाट बाँच्‍ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् । \v 13 तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्‍नुपर्छ । \s5 \v 14 तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् । \v 15 यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्‍ति भागेर जान सक्छ । \s5 \v 16 तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ । \v 17 यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ । \v 18 यदि दोष लगाइएको व्यक्‍तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ । \s5 \v 19 रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ । \v 20 यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्‍ति मर्छ भने, \s5 \v 21 वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ । \v 22 तर यदि दोष लगाइएको व्यक्‍तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्‍तिलाई लाग्यो भने, \v 23 वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ । \s5 \v 24 त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ । \v 25 समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो । \s5 \v 26 तर यदि दोष लगाइएको व्यक्‍ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ, \v 27 र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन । \v 28 किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ । \s5 \v 29 यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ । \v 30 कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्‍तिलाई मार्नु हुदैन । \s5 \v 31 साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ । \v 32 शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन । \s5 \v 33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन । \v 34 त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु । \s5 \c 36 \p \v 1 त्यसपछि योसेफका सन्तानहरूका कुलका माकीरका (जो मनश्शेको छोरा थिए) छोरा गिलादको कुलका पुर्खाहरूका अगुवाहरू आए अनि \v 2 मोशा र इस्राएलका मानिसहरूका पुर्खाहरूका परिवारहरूको प्रमुखहरूको सामु भने, "परमप्रभुले हाम्रा मालिक तपाईंलाई इस्राएलका मानिसहरूलाई चिट्ठाद्वारा भूमिको हिस्सा दिने आज्ञा दिनुभयो । हाम्रो भाइ सलोफादको हिस्सा तिनका छोरीहरूलाई दिन परमप्रभुले तपाईंलाई आज्ञा गर्नुभएको थियो । \s5 \v 3 तर यदि तिनका छोरीहरूले इस्राएलका मानिसहरूको अन्य कुलका पुरुषसँग विवाह गरे भने, भूमिको तिनीहरूको हिस्सा हाम्रा पुर्खाहरूको हिस्साबाट हट्ने छ । यो तिनीहरू सहभागी हुने कुलको हिस्सामा थपिने छ । \v 4 यस अवस्थामा यो हाम्रो अंशको तोकिएको हिस्साबाट हट्ने छ । त्यस अवस्थामा इस्राएलका मानिसहरूको पुनर्स्थापनाको वर्ष आउँदा तिनीहरूको हिस्सा तिनीहरू जोडिने कुलमा नै गाभिने छ । यसरी तिनीहरूको हिस्सा हाम्रो पुर्खाको कुलको हिस्साबाट लगिने छ ।" \s5 \v 5 त्यसैले मोशाले परमप्रभुको वचनमा इस्राएलका मानिसहरूलाई आज्ञा दिए, "योसेफका सन्तानहरूका कुलले भनेको कुरा सही हो । \s5 \v 6 सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।' \v 7 इस्राएलका मानिसहरूको कुनै पनि अंश एउटा कुलबाट अर्कोमा बद्‍ली गर्नुहुँदैन । इस्राएलका मानिसहरूको हरेक कुलले आ-आफ्नो पुर्खाको कुलको अंशलाई निरन्तरता दिनुपर्छ । \s5 \v 8 आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् । \v 9 कुनै पनि हिस्सा एउटा कुलबाट अर्कोमा बद्ली गर्नुहुँदैन । इस्राएलका मानिसको कुलको हरेकले आ-आफ्नो अंश सुरक्षित राख्‍नुपर्छ ।" \s5 \v 10 त्यसैले सलोफादका छोरीहरूले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । \v 11 सलोफादका छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआहले मनश्शेका सन्तानहरूसँग विवाह गरे । \v 12 तिनीहरूले योसेफका छोरा मनश्शेका सन्तानहरूका कुलहरूमा विवाह गरे । यसरी तिनीहरूको हिस्सा तिनीहरूको पिताको कुलभित्र नै रह्यो । \s5 \v 13 परमप्रभुले मोशाद्वारा यरीहोमा यर्दन नजिक मोआबको मैदानमा इस्राएलका मानिसहरूलाई दिनुभएका आज्ञाहरू र नियमहरू यिनै हुन् ।