forked from WA-Catalog/ne_ulb
2124 lines
495 KiB
Plaintext
2124 lines
495 KiB
Plaintext
|
\id ISA Unlocked Literal Bible
|
|||
|
\ide UTF-8
|
|||
|
\h यशैया
|
|||
|
\toc1 यशैयाको पुस्तक
|
|||
|
\toc2 यशैया
|
|||
|
\toc3 isa
|
|||
|
\mt1 यशैयाको पुस्तक
|
|||
|
|
|||
|
|
|||
|
\s5
|
|||
|
\c 1
|
|||
|
\p
|
|||
|
\v 1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।
|
|||
|
\s5
|
|||
|
\v 2 ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः "मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।
|
|||
|
\v 3 गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन ।"
|
|||
|
\s5
|
|||
|
\v 4 धिक्कार ! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्ट रूपले काम गर्नेहरूका सन्तानहरू ! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्पुर्ण टाउको नै बिरामी छ र सम्पुर्ण हृदय नै कमजोर छ ।
|
|||
|
\v 6 शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 7 तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।
|
|||
|
\v 8 सियोनकी छोरीलाई दाखबारीको कटेरोझैं, काँक्राबारीको छायाझैं र घेरा हालिएको सहरझैं त्यागिएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 9 सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं।
|
|||
|
\s5
|
|||
|
\v 10 ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्वरको व्यवस्था सुन ।
|
|||
|
\v 11 परमप्रभु भन्नुहुन्छ, "तिमीहरूका असंख्य बलिदानहरू मेरो निम्ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्न ।
|
|||
|
\s5
|
|||
|
\v 12 तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्ने कसको इच्छा छ?
|
|||
|
\v 13 व्यार्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्ट सभाहरू म सहन सक्दिनँ ।
|
|||
|
\s5
|
|||
|
\v 14 तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु ।
|
|||
|
\v 15 त्यसैले तिमीहरूले प्रार्थनामा आफ्ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 16 नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्टिबाट तिमीहरूका सबै दुष्ट कामहरू हटाओ । खराब हुन छोड ।
|
|||
|
\v 17 असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।"
|
|||
|
\s5
|
|||
|
\v 18 परमप्रभु भन्नुहुन्छ, "अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्तै हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 तिमीहरू आज्ञाकारी र इच्छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,
|
|||
|
\v 20 तर तिमीहरूले इन्कार गर्यौ र विद्रोह गर्यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ" किनकि परमप्रभुको मुखले यसो भन्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 21 विश्वासयोग्य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ ।
|
|||
|
\v 22 तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 23 तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।
|
|||
|
\s5
|
|||
|
\v 24 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, "तिनीहरूलाई धिक्कार! आफ्ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्ना शत्रुहरूसँग म टो फेर्नेछु ।
|
|||
|
\v 25 म आफ्ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 26 म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्वासयोग्य नगर भनिनेछौ ।"
|
|||
|
\s5
|
|||
|
\v 27 सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।
|
|||
|
\v 28 विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्नेहरू नष्ट हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 29 किनभने तिमीहरूले इच्छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।
|
|||
|
\v 30 किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।
|
|||
|
\s5
|
|||
|
\v 31 बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्नेछन् र कसैले पनि ती निभाउनेछैन ।"
|
|||
|
\s5
|
|||
|
\c 2
|
|||
|
\p
|
|||
|
\v 1 आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।
|
|||
|
\v 2 अन्तका दिनहरूमा यस्तो हुनेछ परमप्रभुको मन्दिरको पर्वतलाई सबैभन्दा उच्च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 धेरै जना मानिसहरू आउनेछन् र भन्नेछन्, "आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।" किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।
|
|||
|
\s5
|
|||
|
\v 4 उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् । एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 ए याकूबको घराना हो, आओ र परमप्रभुको प्रकाशमा हिंडौं ।
|
|||
|
\v 6 किनकि तपाईंले याकूबको घराना, आफ्ना मानिसहरूलाई त्याग्नुभएको छ, किनभने तिनीहरू पुर्वका प्रचलनले भरिएका छन् र पलिश्तीहरूले झैं तिनीहरू जोखना हेर्छन्, र तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन् ।
|
|||
|
\s5
|
|||
|
\v 7 तिनीहरूका देश सुन र चाँदीले भरिएको छ र तिनीहरूका सम्पत्तिको कुनै कमी छैन । तिनीहरूका देश घोडाहरूले पुर्ण छ, न त तिनीहरूका रथहरूको नै कुनै कमी छ ।
|
|||
|
\v 8 तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 9 मानिहरूलाई झुकाइनेछन् र व्यक्तिहरू घोप्टिनेछन् । त्यसकारण तिनीहरूलाई नउठाउनुहोस्।
|
|||
|
\v 10 चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।
|
|||
|
\v 11 मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 12 किनकि घमण्ड गर्ने र उच्च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ—
|
|||
|
\v 13 र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 14 सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाका विरुद्धमा,
|
|||
|
\v 15 र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्नै नसक्ने हरेक पर्खालका विरुद्धमा,
|
|||
|
\v 16 र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 17 मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्च पारिनुहुनेछ ।
|
|||
|
\v 18 मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन् ।
|
|||
|
\v 19 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 20 त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्नेछन् ।
|
|||
|
\v 21 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्नेछन् ।
|
|||
|
\v 22 मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?
|
|||
|
\s5
|
|||
|
\c 3
|
|||
|
\p
|
|||
|
\v 1 हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती,
|
|||
|
\v 2 वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू,
|
|||
|
\v 3 पचास जनाका कप्तानहरू र आदरणिय नागरिक, सल्लाहकारहरू, सिपालु कारीगरहरू र निपुण जादूगरहरू हटाउन लाग्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 4 "युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
|
|||
|
\v 5 हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 6 एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्ने छ, 'तिमीसँग कोट छ । हाम्रो शासक होऊ, र यो विनाश जिम्मा तिमीले लेऊ ।'
|
|||
|
\v 7 त्यो दिनमा ऊ चिच्याउनेछ र भन्नेछ, 'म निको पार्ने हुनेछैन । मसँग रोटी वा लुगा छैन । तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ' ।"
|
|||
|
\s5
|
|||
|
\v 8 किनकि यरूशलेमले ठेस खाएको छ र यहूदा ढलेको छ, किनभने तिनीहरूका बोलिवचन र कामहरू परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमाको दृष्टिको विरोध गर्छन् ।
|
|||
|
\v 9 तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्ना पाप भन्नेछन् । तिनीहरूले त्यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्कार ! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्ना कामहरूका फल खानेछन् ।
|
|||
|
\v 11 दुष्टलाई धिक्कार ! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।
|
|||
|
\v 12 मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्याचारी हुन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्ने कुरा नै अलमलमा पार्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 13 दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।
|
|||
|
\v 14 आफ्ना मानिसहरूका धर्मगुरुहरू र तिनीहरूका अगुवाहरू विरुद्ध परमप्रभु न्याय लिएर आउनुहुनेछः "तिमीहरूले दाखबारी विनाश पारेका छौ । गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन् ।
|
|||
|
\v 15 तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्छौ?" यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
|
|||
|
\s5
|
|||
|
\v 16 परमप्रभु भन्नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्चले आँखाले, हिंड्दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्छिन् आवाज निकाल्दै हिंड्छन् ।
|
|||
|
\v 17 यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 18 त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू,
|
|||
|
\v 19 कुण्डलहरू, बालाहरू, झुम्काहरू,
|
|||
|
\v 20 शिर ढाक्नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
|
|||
|
\s5
|
|||
|
\v 21 औंठीहरू, नत्थहरू,
|
|||
|
\v 22 चाडका वस्त्रहरू, पछ्यौराहरू, घुम्टोहरू, हाते-ब्यागहरू,
|
|||
|
\v 23 हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 24 सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ ।
|
|||
|
\v 25 तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।
|
|||
|
\v 26 यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्नेछ ।
|
|||
|
\s5
|
|||
|
\c 4
|
|||
|
\p
|
|||
|
\v 1 त्यस दिन सात जना स्त्रीले एक जना पुरुषलाई समात्नेछन् र भन्नेछन्, "हाम्रो आफ्नै खाना हामी खानेछौं, हाम्रो आफ्नै लुगा हामी लगाउनेछौं । तर हाम्रो लाज हटाउनलाई हामीलाई तपाईंको नाउँ लिन दिनुहोस् ।"
|
|||
|
\v 2 त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 सियोनमा बाँकी छोडिएकाहरू, र यरूशलेममा रहनेहरू पवित्र भनिनेछन्, हरेक जो यरूशलेममा बसिरहेको भनेर लिखिएको छ ।
|
|||
|
\v 4 जब परमप्रभुले सियोनकी छोरीहरूको मैला धुनुहुनेछ, र फैसलाको आत्मा र आगोको ज्वालाको आत्माले, यरूशलेमको माझबाट रगतका दाखहरू शुद्ध पार्नुहुनेछ, तब यसो हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 5 सम्पूर्ण सियोन पर्वतमाथि र त्यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्ने कुरा हुनेछ ।
|
|||
|
\v 6 दिनको तापबाट बच्नलाई यो नै सितल छहारी, र हुरी र झरीबाट बच्नलाई निम्ति शरण र छत्र हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 5
|
|||
|
\p
|
|||
|
\v 1 मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।
|
|||
|
\v 2 उनले यो खने, ढुङ्गाहरू हटाए र त्यसमा उत्तम जातको दाख रोपे । उनले त्यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्यसले जङ्गली दाख मात्र फलायो ।
|
|||
|
\s5
|
|||
|
\v 3 त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।
|
|||
|
\v 4 मेरो दाखबारीको निम्ति मैले नगरेको त्यस्तो के कुरा त्यसको निम्ति गर्न सकिन्थ्यो? त्यसले दाख फलाओस् भन्ने मेरो आशा हुँदा, त्यसले किन जङ्गली दाखहरू फलायो?
|
|||
|
\s5
|
|||
|
\v 5 अब म आफ्नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्नेछु, म त्यसलाई चरनमा बदल्नेछु, त्यसको पर्खला म भत्काउनेछु र त्यसलाई कुल्चीमिल्ची गरिनेछ ।
|
|||
|
\v 6 म त्यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 7 किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्यसको साटोमा सहायताको निम्ति चित्कार आयो ।
|
|||
|
\s5
|
|||
|
\v 8 ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्कार, र तिमीहरू मात्र देशमा रहन्छौ !
|
|||
|
\v 9 सर्वशक्तिमान् परमप्रभुले मलाई भन्नुभयो, धेरै वटा घर, ठुला र भव्य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्ने कोही हुनेछैन् ।
|
|||
|
\v 10 किनकि दस हलको दाखबारीले पाँच पाथी दाख र पचास पाथी बीउले पाँच पाथी अन्न मात्र उब्जाउनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 11 कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्नेहरूलाई धिक्कार ।
|
|||
|
\v 12 तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 13 यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
|
|||
|
\v 14 यसकारण चिहानले आफ्नो भोकलाई ठुलो पारेको छ र त्यसले आफ्नो मुखलाई चौडा पारेको छ । तिनीहरूका कुलीनहरू, मानिसहरू, हल्ले गर्नेहरू र तिनीहरू माझका खुसी हुनेहरू चिहानमा जान्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 15 मानिसलाई निहुरिन बाध्य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।
|
|||
|
\v 16 सर्वशक्तिमान् परमप्रभु आफ्नो न्यायमा उच्च पारिनुहुनेछ र परमपवित्र परमेश्वरले आफ्नो धर्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ ।
|
|||
|
\v 17 तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 18 धिक्कार तिनीहरूलाई जसले अधर्मलाई व्यर्थका डोरीले तान्छन् र पापलाई गाडाको डोरीले झैं तान्छन् ।
|
|||
|
\v 19 धिक्कार तिनीहरूलाई, जसले भन्छन्, "परमेश्वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्न सक्छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।"
|
|||
|
\s5
|
|||
|
\v 20 धिक्कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्छन् । जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन् ।
|
|||
|
\v 21 धिक्कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन् !
|
|||
|
\s5
|
|||
|
\v 22 धिक्कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।
|
|||
|
\v 23 जसले घुस लिएर दुष्टलाई छोडिदिन्छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ !
|
|||
|
\s5
|
|||
|
\v 24 यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्म हुन्छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्तो हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 25 यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्लीहरूमा फोहोर झैं छन् । यी सबै कुरामा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 26 उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 27 तिनीहरूका माझमा कोही पनि थाक्नेछन् न त ठेस खानेछैन् । कोही पनि निदाउनेछैन न त उँघ्नेछन् । न त तिनीहरूका पेटीहरू खुकुला हुनेछन्, न त तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन् ।
|
|||
|
\v 28 तिनीहरूका काँडहरू तीखा छन् र तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् । तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्गाहरूजस्ता छन् र तिनीहरूका रथहरूका पाङ्ग्राहरू आँधिजस्ता छन् ।
|
|||
|
\s5
|
|||
|
\v 29 तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्नेछन् र छुटाउने कोही नभई त्यो घिसारेर लैजान्छन् ।
|
|||
|
\v 30 त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्ट देख्नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।
|
|||
|
\s5
|
|||
|
\c 6
|
|||
|
\p
|
|||
|
\v 1 उज्जियाह राजाको मृत्यु भएको वर्षमा मैले परमप्रभुलाई सिंहासनमा विराजमान हुनुभएको देखें । उहाँ उच्च र उचालिएको हुनुहुन्थ्यो, अनि उहाँको पोशाकको छेउले मन्दिर नै ढाकेको थियो ।
|
|||
|
\v 2 उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्येकका छ-छवटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे ।
|
|||
|
\s5
|
|||
|
\v 3 प्रत्येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, "सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।"
|
|||
|
\s5
|
|||
|
\v 4 ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्दिर धूँवाले भरिएको थियो ।
|
|||
|
\v 5 तब मैले भने, "मलाई धिक्कार होस् ! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन् !"
|
|||
|
\s5
|
|||
|
\v 6 तब सराफहरूमध्ये एउटा उडेर मकहाँ आए । उनको हातमा बलिरहेको भुङ्ग्रो थियो, जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए ।
|
|||
|
\v 7 त्यसले उनले मेरो ओठ छोए र भने, "हेर, यसले तिम्रो ओठ छोएको छ । तिम्रा दोषहरू हटाइएका छन् र तिम्रा पापको प्रायश्चि गरिएको छ ।"
|
|||
|
\s5
|
|||
|
\v 8 मैले परमप्रभुको यसो भन्ने आवाज सुनें, "म कसलाई पठाऊँ । हाम्रा निम्ति को जान्छ?" तब मैले भनें, "म यहाँ छु । मलाई पठाउनुहोस् ।"
|
|||
|
\v 9 उहाँले भन्नुभयो, "जाऊ, यी मानिहरूलाई भन, 'सुन्छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।'
|
|||
|
\s5
|
|||
|
\v 10 यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्धो बनाऊ । अन्यथा तिनीहरूका आफ्नो आँखाले देख्लान्, तिनीहरूका कानले सुन्लान् र तिनीहरूका हृदयले बुझ्लान् र तब फर्केर निको होलान् ।"
|
|||
|
\s5
|
|||
|
\v 11 तब मैले भने, "हे परमप्रभु, कहिलेसम्म?" उहाँले जवाफ दिनुभयो, " बासिन्दाविनाका भग्नावशेष सहरहरू ध्वस्त नहुन्जेल र मानिसविनाका घरहरू नहुन्जेल, र देश उजाड नहुन्जेल,
|
|||
|
\v 12 अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउन्जेल र देश ठुलो निर्जन नहुन्जेलसम्म ।
|
|||
|
\s5
|
|||
|
\v 13 यसमा मानिसहरूको दस भागमा एक भाग रहे तापनि, फेरि पनि त्यो नष्ट पारिनेछ । तारपीन र फँलाट काटिन्छ र त्यसको ठुटो बाँकी रहेझैं, त्यसको पवित्र बीउ त्यसको ठुटोमा हुन्छ ।"
|
|||
|
\s5
|
|||
|
\c 7
|
|||
|
\p
|
|||
|
\v 1 उज्जियाहको नाति, योतामका छोरा यहूदाको राजा आहाजको समयमा, अरामका राजा रसीन, र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए, तर तिनीहरू त्यसको विरुद्धमा विजयी हुन सकेनन् ।
|
|||
|
\v 2 अरामले एफ्राइमसँग सन्धी गर्यो भनी दाऊदको घरानालाई बताइयो । तिनको हृदय काँप्यो, अनि तिनका मानिसहरूका हृदय जङ्गलका रुखहरू हावाले हल्लाएझैं काँप्यो ।
|
|||
|
\s5
|
|||
|
\v 3 तब परमप्रभुले यशैयालाई भन्नुभयो, "तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा ।
|
|||
|
\v 4 उसलाई भन्, 'होसियार होऊ, शान्त बस, नडराऊ, रेसीन र अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रिसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ ।
|
|||
|
\s5
|
|||
|
\v 5 अराम, एफ्राइम र रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् । तिनीहरूले भनेका छन्,
|
|||
|
\v 6 "हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्यहाँ हाम्रा राजा बनाऔं ।"
|
|||
|
\s5
|
|||
|
\v 7 परमप्रभु परमेश्वर भन्नुहुन्छ, "त्यो कुरा हुन आउनेछैन । त्यस्तो हुनेछैन,
|
|||
|
\v 8 किनभने अरामको मुख्यालय दमसकस हो र दमसकसको मुखिया रेसीन हो । पैंसट्ठी वर्षभित्र, एफ्राइम टुक्रा-टुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।
|
|||
|
\v 9 एफ्राइमको मुख्यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्वासमा दृढ रहँदैनौ भने, निश्चय नै तिमी सुरक्षित हुनेछैनौ ।"
|
|||
|
\s5
|
|||
|
\v 10 परमप्रभुले फेरि आहाजसँग बोल्नुभयो,
|
|||
|
\v 11 "परमप्रभु आफ्ना परमश्वरसँग एउटा चिन्ह माग् । गहिराइमा भए पनि वा उच्चाइमा पनि यो माग् ।"
|
|||
|
\v 12 तर आहाजले भने, "म माग्नेछैन, न त म परमप्रभुको जाँच नै गर्नेछु ।"
|
|||
|
\s5
|
|||
|
\v 13 त्यसैले यशैयाले जवाफ दिए, "ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्त हुँदैन र? के तिमीहरूले मेरो परमेश्वरको धैर्यको पनि जाँच गर्नुपर्छ र?
|
|||
|
\v 14 यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्नेछिन् ।
|
|||
|
\v 15 जब उनले खराबलाई इन्कार गर्न र असललाई रोज्न जान्दछन्, तब उनले दही र मह खानेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 16 किनकि बालकले खराबलाई इन्कार गर्न र असललाई रोज्न जान्नुअघि नै तिमी डराएका दुई जना राजाहरूका देश उजाड हुनेछन् ।
|
|||
|
\v 17 परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 18 त्यस बेला परमप्रभुले झींगालाई मिश्रदेशको खोलादेखि र मौरीलाई अश्शूरको देशदेखि सुसेलेर बोलाउनुहुनेछ ।
|
|||
|
\v 19 तिनीहरू सबै आउनेछन् र घाँटीहरूमा, चट्टानको चिराहरूभित्र, सबै काँढाका झाङमाथि र सबै चरनहरूमा बस्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 20 त्यस बेला परमप्रभुले युफ्रेटिस नदी पारि अश्शूरका राजाकोबाट भाडामा लिइएको छुराले, टाउकाहरू र खुट्टाहरूका रौं खौरनुहुनेछ । त्यसले दाह्रीलाई पनि सफा गर्नेछ ।
|
|||
|
\v 21 त्यस दिन, एक जना मानिसले एउटा कोरली र दुई वटा भेडा पाल्नेछ,
|
|||
|
\v 22 र तिनीहरूले दिने दूधको प्रशस्तताको कारणले, उसले दही खानेछ, किनकि देशमा छोडिएका हरेकले दूध र मह खानेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 23 त्यस बेला, हजार बोट दाखको हजार शेकेल पर्ने जग्गामा, त्यहाँ सिउँडी र काँढा बाहेक केही हुनेछैन ।
|
|||
|
\v 24 मानिहरू त्यहाँ धनु लिएर शिकार गर्न जानेछन्, किनभने सबै देश नै सिउँडी र काँढा हुनेछन् ।
|
|||
|
\v 25 तिनीहरू सिउँडी र काँढाको डरले खनजोत गरी खेतीपाती गरिएका सबै डाँडाबाट टाढै रहनेछन् । तर यो गाईवस्तु र भेडाहरू चर्ने ठाउँ हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 8
|
|||
|
\p
|
|||
|
\v 1 परमप्रभुले मलाई भन्नुभयो, "एउटा ठुलो पाटी ले र त्यसमा लेख्, ‘महेर-शालल-हाज-बज ।'
|
|||
|
\v 2 मेरो कुरा पक्का गर्नलाई म विश्वासयोग्य साक्षीहरू अर्थात् पुजारी उरियाह र येबेरक्याहका छोरा जकरियालाई बोलाउनेछु ।"
|
|||
|
\s5
|
|||
|
\v 3 म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्नुभयो, "त्यसको नाउँ महेर-शालल-हाज-बज राख् ।
|
|||
|
\v 4 किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्न जान्नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्शूरको राजाले बोकेर लैजानेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 5 परमप्रभु फेरि मसँग बोल्नुभयो,
|
|||
|
\v 6 "यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्,
|
|||
|
\v 7 त्यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्नुभएको छ । त्यसका सबै नहरमा त्यो आउनेछ र त्यसका किनारहरू भरिएर बग्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 8 यो तिमीहरूका घाँटीसम्म पुगुन्जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्नेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 9 मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ ।
|
|||
|
\v 10 योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्वर हामीसँग हुनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 11 परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।
|
|||
|
\v 12 यी मानिसहरूले षड्यान्त्र भनेको कुनै पनि कुरालाई षड्यान्त्र नभन्, तिनीहरू डराउने कुरासित तँ डराउने छैनस्, र त्रसित नहो ।
|
|||
|
\v 13 तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ । तैंले उहाँकै भय मान्नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ ।
|
|||
|
\s5
|
|||
|
\v 14 उहाँ पवित्र वासस्थान हुनुहुनेछ । तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ प्रहार गर्ने ढुङ्गो र ठेस लाग्ने चट्टान हुनुहुनेछ— र यरूशलेमका मानिसहरूका निम्ति उहाँ पासो र जाल हुनुहुनेछ ।
|
|||
|
\v 15 धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्नेछन् र समातिनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 16 मेरो गवाहीलाई बाँध, आधिकारिक लेखमा छाप लगाऊ र त्यो मेरा चेलाहरूलाई देऊ ।
|
|||
|
\v 17 याकूबको घरानाबाट आफ्नो मुहार लुकाउनुहुने परमप्रभु म आशा गर्छु । म उहाँमा भरोसा गर्छु ।
|
|||
|
\v 18 हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्ति चिन्हहरू र आश्चर्य कामहरू हुन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 तिनीहरूले तिमीहरूलाई भन्नेछन्, "भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ" जसले मन्त्र भन्छन् र गुनगुनाउछन् । तर के मानिसहरूले आफ्नो परमेश्वरसँग सल्लाह लिनुपर्दैन र? के तिनीहरूले जीवितहरूको निम्ति मृतहरूसँग सल्लाह लिनुपर्छ र?
|
|||
|
\v 20 व्यवस्था र गवाहीतिर लाग ! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।
|
|||
|
\s5
|
|||
|
\v 21 तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्दा, आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन् ।
|
|||
|
\v 22 तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्यकुलता, अन्धकार र अत्याचारको बादल देख्नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।
|
|||
|
\s5
|
|||
|
\c 9
|
|||
|
\p
|
|||
|
\v 1 जो वेदनमा थियो, उसबाट नैराश्यता दूर गरिनेछ । जबूलूनको देश र नप्तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गलीलमा त्यसलाई महिमित पार्नुहुनेछ ।
|
|||
|
\v 2 अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्योति देखेका छन् । मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ ।
|
|||
|
\s5
|
|||
|
\v 3 तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको छ । तपाईंले तिनीहरूका आनन्दलाई वृद्धि गर्नुभएको छ । कटनीको समयमा झैं तिनीहरू तपाईंको सामु आनन्दित हुन्छन्, जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्दित हुन्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 किनकि त्यसको भरी जुवा, त्यसको पिठ्युको नाल, त्यसको अत्याचारीको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैं चकनाचूर पार्नुभएको छ ।
|
|||
|
\v 5 दुश्मन सिपाहीका हरेक जुत्ता र रगतमा मुछिएको पोशाकलाई जलाइनेछ र आगोको निम्ति इन्धन हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
|
|||
|
\v 7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्यसलाई न्याय र धार्मिकताले थाम्न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 8 परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्यो ।
|
|||
|
\v 9 सबै मानिसहरूले जान्नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्ने एफ्राइम र सामरियाले पनि जान्नेछन्,
|
|||
|
\v 10 "इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्नेछौं ।"
|
|||
|
\s5
|
|||
|
\v 11 यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई,
|
|||
|
\v 12 पुर्वका अरामीहरू र पश्चिमका पलिश्तीहरू उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
|
|||
|
\s5
|
|||
|
\v 13 तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।
|
|||
|
\v 14 यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्ट पार्नुहुनेछ ।
|
|||
|
\v 15 अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो ।
|
|||
|
\s5
|
|||
|
\v 16 यी मानिसहरूलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन् र तिनीहरूद्वारा डोर्याइनेहरू निलिन्छन् ।
|
|||
|
\v 17 यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्दित हुनुहुन्न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्यक्ति अधर्मी र दुष्ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
|
|||
|
\s5
|
|||
|
\v 18 दुष्टता आगोझैं बल्छ । त्यसले सिउँडी र काँढालाई भष्म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।
|
|||
|
\v 19 सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन ।
|
|||
|
\s5
|
|||
|
\v 20 तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्त हुनेछैनन् । प्रत्येकले आफ्नै बाहुलीको मासु पनि खानेछ ।
|
|||
|
\v 21 मनश्शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्शेलाई भस्म गर्नेछ । तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
|
|||
|
\s5
|
|||
|
\c 10
|
|||
|
\p
|
|||
|
\v 1 धिक्कार तिनीहरूलाई जसले अन्यायपुर्ण कानुन जारी गर्छन् र अनुचित नियम लेख्छन् ।
|
|||
|
\v 2 तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 इन्साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ?
|
|||
|
\v 4 कुनै पनि कुरा बाँकी रहँदैन र कैदीहरूका माझमा तिमीहरू झुक्नेछौ वा मारिएकाहरू माझमा ढल्नेछौ । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु उहाँको हात अझै पसारिएकै छ ।
|
|||
|
\s5
|
|||
|
\v 5 अश्शूरलाई धिक्कार, जो मेरो रिसको लट्ठी हो, त्यो लहुरो जसद्वारा म आफ्नो क्रोध मच्चाउँछु!
|
|||
|
\v 6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
|
|||
|
\s5
|
|||
|
\v 7 तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्न पार्ने कुरा उहाँको मनमा छ ।
|
|||
|
\v 8 किनकि उहाँले भन्नुहुन्छ, "मेरा सबै शासकहरू राजाहरू होइनन्?
|
|||
|
\v 9 के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्कसजस्तै होइन र?
|
|||
|
\s5
|
|||
|
\v 10 जसरी मेरो हातले मूर्तीपुजक राज्यहरूलाई जितेको छ, जसका कुँदेका मूर्तिहरू यरूशलेम र सामरियामा भएका भन्दा धेरै थिए,
|
|||
|
\v 11 सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?"
|
|||
|
\s5
|
|||
|
\v 12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
|
|||
|
\v 13 किनकि त्यसले भन्छ, "मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्याएको छु ।
|
|||
|
\s5
|
|||
|
\v 14 एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्ना पखेटाहरू चलाएनन् वा आफ्ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।"
|
|||
|
\s5
|
|||
|
\v 15 के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्यक्तिलाई उचालेको जस्तो भयो ।
|
|||
|
\v 16 यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 17 इस्राएलको प्रकाश आगो बन्नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्नुहुनेछ । त्यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्ट पार्नेछ ।
|
|||
|
\v 18 त्यसको जङ्गलको गौरव र त्यसको फलवन्त भूमिको प्राण र शरीर दुवैलाई परमप्रभुले नष्ट पार्नुहुनेछ । यो बिरामीको शरीर गलेको जस्तो हुनेछ ।
|
|||
|
\v 19 त्यसको जङ्गलमा रहेका रूखहरू अति थोर बाँकी हुनेछन्, जसलाई एक जना बालकले पनि गन्न सक्छ ।
|
|||
|
\s5
|
|||
|
\v 20 त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर तिनीहरू साँच्चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् ।
|
|||
|
\v 21 याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्वरकहाँ फर्कनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 22 किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
|
|||
|
\v 23 निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्पूर्ण देशभरि ल्याउन लाग्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 24 यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्नुहुन्छ, "ए सियोनमा बस्ने मेरा मानिसहरू हो, अश्शूरसँग नडराओ । त्यसले तिमीहरूलाई आफ्नो लट्ठीले प्रहार गर्नेछ र तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्तो मिश्रीहरूले गरे ।
|
|||
|
\v 25 त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 26 तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैं तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ । उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ र उहाँले मिश्रमा गर्नुभएझैं यसलाई माथि उचाल्नुहुनेछ ।
|
|||
|
\v 27 त्यस दिन, तिमीहरूका कुममा भएको त्यसको बोझ र तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ र मोटोपनको कारणले जुवा नष्ट पारिनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 28 शत्रुहरू अय्यातमा आएका छन् र मिग्रोन भएर गएका छन् । मिकमाशमा त्यसले आफ्नो खाद्यन्नहरू भण्डारण गरेको छ ।
|
|||
|
\v 29 तिनीहरूले भञ्जयाङ पार गरेका छन् र गेबामा बास बसेका छन् । रामा काँप्छ र शाऊलको गिबा भागेको छ ।
|
|||
|
\s5
|
|||
|
\v 30 ए गल्लीमको छोरी, उच्च सोरमा करा ! हे लाकीश, ध्यान दे ! तँ विचरा अनातोत !
|
|||
|
\v 31 मदमेना भाग्दैछ, गेबीमका बासिन्दाहरू सुरक्षाको निम्ति भाग्छन् ।
|
|||
|
\v 32 त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्का हल्लाउनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 33 हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबैभन्दा अग्ला रूखहरू काटिनेछन् र अहङ्कारीलाई होच्याइनेछ ।
|
|||
|
\v 34 उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ र लेबनानको आफ्नो गौरव पतन हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 11
|
|||
|
\p
|
|||
|
\v 1 यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।
|
|||
|
\v 2 परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।
|
|||
|
\s5
|
|||
|
\v 3 परमप्रभुको भय नै उहाँको आनन्द हुने छ । उहाँका आँखाले देखेका कुराले उहाँले न्याय गर्नुहुन्न, न त उहाँका कानले सुनेको कुराले निर्नय गर्नुहुन्छ ।
|
|||
|
\v 4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्नो मुखको सासले उहाँले दुष्टको नाश गर्नुहुन्छ ।
|
|||
|
\v 5 धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्वस्तता उहाँको पटुका हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 6 ब्वाँसो थुमासँग बस्नेछ र चितुवा पाठोसँग सुत्नेछ, बाछा, जवान सिंह र पोषिएको बाछा एकसाथ बस्नेछन् । एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ ।
|
|||
|
\v 7 गाई र भालु सँगै चर्नेछन् र तिनीहरूका बच्चाहरू सँगै सुत्नेछन् । गोरुले झैं सिंहले पराल खानेछ ।
|
|||
|
\s5
|
|||
|
\v 8 एक जना दूधे बालक सर्पको दुलोमा खेल्नेछ, र दूधे छाडेको बालकले सर्पको दुलोभित्र हात हाल्नेछ ।
|
|||
|
\v 9 मेरो सबै पवित्र पर्वतमा तिनीहरूले चोट पुर्याउनेछैनन् न त विनाश नै गर्छन् । किनकि जसरी पानीले समुद्र ढाकेको छ त्यसरी नै परमप्रभुको ज्ञानले पृथ्वी भरिपुर्ण हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 10 त्यस दिन, यिशैको जरा मानिसहरूको निम्ति झण्डाको रूपमा खडा हुनेछ । जातिहरूले उहाँलाई खोज्नेछन् र उहाँको विश्राम स्थल महिमायुक्त हुनेछ ।
|
|||
|
\v 11 त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र इस्राएलबाट निकालिएकाहरू र यहूदाका तिततबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुने छ ।
|
|||
|
\v 13 उहाँ एफ्राइमको ईर्ष्यालाई उल्टाउनुहुनेछ र यहूदाको शत्रुताहरू नाश पार्नुहुनेछ । एफ्राइमले यहूदाको इर्ष्या गर्नेछैन र यहूदा एफ्राइमको शत्रु हुनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 14 बरु, तिनीहरूले पश्चिमका पलिश्तीहरूका पर्वतहरूमाथि झम्टनेछन् र तिनीहरू एकसाथ मिलेर पुर्वका मानिसहरूलाई लूट्नेछन् । तिनीहरूले एदोम र मोआबलाई आक्रमण गर्नेछन् र अम्मोनका मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्नेछन् ।
|
|||
|
\v 15 परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्यसमा चप्पलहरू लगाएर तर्न सकिन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 16 इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 12
|
|||
|
\p
|
|||
|
\v 1 त्यस दिन तिमीहरूले यसो भन्नेछौ, "हे परमप्रभु, म तपाईंलाई धन्यावाद दिनेछु । किनकि तपाईं मसँग रिसाउनु भए तापनि, तपाईंको रिस मरेको छ, र तपाईंले मलाई सान्त्वना दिनुभएको छ ।
|
|||
|
\v 2 हेर, परमेश्वर मेरो मुक्ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्ति हुनुभएको छ ।"
|
|||
|
\s5
|
|||
|
\v 3 आनन्दसाथ तिमीहरूले मुक्तिको इनारहरूबाट पानी तान्नेछौ ।
|
|||
|
\v 4 त्यस दिन तिमीहरूले भन्नेछौ, "परमप्रभुलाई धन्यवाद देऊ र उहाँको नाउँ पुकार । मानिसहरूका माझमा उहाँको कामहरूको घोषणा गर, उहाँको नाउँ उचालिएको छ भनी बताऊ ।
|
|||
|
\s5
|
|||
|
\v 5 परमप्रभुको निम्ति गीत गाओ, किनकि उहाँले महिमित कुराहरू गर्नुभएको छ । यसलाई सारा पृथ्वीभरि प्रकट गरियोस् ।
|
|||
|
\v 6 ए सियोनका बासिन्दाहरू हो, उच्च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\c 13
|
|||
|
\p
|
|||
|
\v 1 बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्त गरेका घोषणाः
|
|||
|
\v 2 नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्ति उच्च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।
|
|||
|
\v 3 मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पुरा गर्न आफ्ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।
|
|||
|
\s5
|
|||
|
\v 4 पर्वतहरूमा एउटा भीडको जस्तो धेरै जना मानिसहरूको हल्ला ! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज ! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्छ ।
|
|||
|
\v 5 तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्यामले सम्पूर्ण देशलाई नाश गर्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 6 डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्बाट विनाशसँगै आउँछ ।
|
|||
|
\v 7 यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ ।
|
|||
|
\v 8 तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 9 हेर, देशलाई विनाश पार्न र त्यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।
|
|||
|
\v 10 आकाशका ताराहरू र तारा पुन्जहरूले आफ्ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 11 संसारलाई त्यसको दुष्टताको निम्ति अनि दुष्टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्नेछु ।
|
|||
|
\v 12 मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 13 यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्दो क्रोध र उहाँको प्रचण्ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ ।
|
|||
|
\v 14 लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 15 भेट्टाइएका हरेक व्यक्तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्यक्ति तरवारले मर्नेछ ।
|
|||
|
\v 16 तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्नीहरूलाई बलत्कार गरिनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 17 हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्छन् ।
|
|||
|
\v 18 तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ । तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् र तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्वरले सदोम र गमोरालाई झैं नष्ट पार्नुहुनेछ ।
|
|||
|
\v 20 पुस्तौं-पुस्तासम्म त्यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 21 तर मरूभुमिका जङ्गली पशुहरू त्यहाँ बस्नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।
|
|||
|
\v 22 तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्यसको समय नजिकै छ र त्यसका दिनहरू बिलम्व हुनेछैनन् ।
|
|||
|
\s5
|
|||
|
\c 14
|
|||
|
\p
|
|||
|
\v 1 परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।
|
|||
|
\v 2 जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्ना अत्याचारीहरूमाथि राज्य गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 त्यो दिनमा तिमीहरूका कष्ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्छ,
|
|||
|
\v 4 तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, "अत्याचारीको अन्त्य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्य भयो !
|
|||
|
\s5
|
|||
|
\v 5 परमप्रभुले दुष्टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्नुभएको छ,
|
|||
|
\v 6 जसले मानिसहरूलाई क्रोधमा निरन्तर रूपमा प्रहार गर्यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्य गर्यो ।
|
|||
|
\s5
|
|||
|
\v 7 सम्पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् ।
|
|||
|
\v 8 सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'
|
|||
|
\v 9 तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ । पृथ्वीका सबै राजालाई, जातिहरूका सबै राजालाई, आफ्ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्यसले मृतहरूलाई जगाउँछ ।
|
|||
|
\s5
|
|||
|
\v 10 तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस् । तँ पनि हामीजस्तै भएको छस् ।
|
|||
|
\v 11 तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ । तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ ,'
|
|||
|
\s5
|
|||
|
\v 12 ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्वर्गबाट तल झरेको छस् ! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ !
|
|||
|
\v 13 तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्नेछु, परमेश्वरका ताराहरूभन्दा माथि म आफ्नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु ।
|
|||
|
\v 14 बादलहरूको उचाइभन्दा माथि म चड्नेछु । म आफैलाई सर्वोच्च परमेश्वरजस्तै बनाउनेछु ।'
|
|||
|
\s5
|
|||
|
\v 15 तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ ।
|
|||
|
\v 16 तँलाई देख्नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्नेछन्, 'के यो त्यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्यो, जसले राज्यहरूलाई हल्लायो,
|
|||
|
\v 17 जसले संसारलाई उजाड-स्थानजस्तो बनायो, जसले सहरहरूलाई नष्ट पार्यो र आफ्ना कैदीहरूलाई घर जान दिएन?'
|
|||
|
\s5
|
|||
|
\v 18 जातिहरूका सबै राजा, तीमध्ये सबै जना, हरेक व्यक्ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्छन् ।
|
|||
|
\v 19 तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्छन् ।
|
|||
|
\v 20 तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।"
|
|||
|
\s5
|
|||
|
\v 21 त्यसका सन्तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।
|
|||
|
\v 22 "तिनीहरू विरुद्धमा म खडा हुनेछु,"— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । "म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्ट पार्नेछु,"— यो परमप्रभुको घोषणा हो ।
|
|||
|
\v 23 "म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,"— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
|
|||
|
\s5
|
|||
|
\v 24 सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, "निश्चय नै, जस्तो मैले इच्छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्यो पुरा हुनेछ ।
|
|||
|
\v 25 अश्शूरलाई म आफ्नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 26 सम्पूर्ण पृथ्वीको निम्ति इच्छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बहुली यही हो ।
|
|||
|
\v 27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्न सक्छ र? उहाँको हात उचालिएको छ र त्यसलाई कसले फर्काउने छ र?
|
|||
|
\s5
|
|||
|
\v 28 आहाज राजा मरेको वर्षमा यो घोषणा आयोः
|
|||
|
\v 29 ए सारा पलिश्तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्नेछ, र त्यसको सन्तान डरलाग्दो उड्ने सर्प हुनेछ ।
|
|||
|
\v 30 गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्याउनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 31 ए ढोका करा । ए सहर चिच्या । हे पलिश्ती, तिमीहरू सबै पग्लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन ।
|
|||
|
\v 32 जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन् ? "परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्टमा परेका मानिसहरूले शरण लिनेछन् ।"
|
|||
|
\s5
|
|||
|
\c 15
|
|||
|
\p
|
|||
|
\v 1 मोआबको बारेमा एउटा घोषणा । साँच्चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्ट पारिन्छ । साँच्चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्ट पारिन्छ ।
|
|||
|
\v 2 तिनीहरू माथि मन्दिरमा गएका छन्, दीबोनका मानिसहरू रुनलाई अग्लो ठाउँमा गए । नेबोको निम्ति र मेदबाको निम्ति मोआबले विलाप गर्छ । तिनीहरूका सबै शिर खौरिएका छन् र तिनीहरूका सबै दाह्रीहरू काटिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 आफ्ना गल्लीहरूमा तिनीहरू भाङ्ग्रा लगाउँछन् । तिनीहरू घरका छतहरूमाथि र चोकहरूमा हरेकले आँसु बगाउँदै विलाप गर्छन् ।
|
|||
|
\v 4 हेश्बोन र एलाले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरूको सोर यहसासम्म सुनिन्छ । यसरी मोआबका हतियारधारी मानिसहरूले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरू आफैभित्र त्रसित हुन्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 मेरो मनले मोआबको निम्ति पुकारा गर्छ । त्यसका भगौडाहरू सोअर र एग्लत-शलीशियाहतिर भाग्छन् । तिनीहरू लूहीतको उकालोमा रुँदै जान्छन् । आफ्नो विनाशको निम्ति होरोनैमको बाटोमा तिनीहरू ठुलो सोरमा विलाप गर्छन् ।
|
|||
|
\v 6 निम्रीमको पानीहरू सुख्खा भएका छन् । घाँस ओइलिएका छन् । हरियाली सुकेका छन् । त्यहाँ कुनै हरियो घाँस छैन ।
|
|||
|
\v 7 तिनीहरूले प्रशस्त उब्जनी गरेका कुरा र भण्डारण गरेका कुरा, तिनीहरू लहरे-पिपलहरूको खोलापारि लैजान्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 8 चित्कार मोआबको इलाकभरि नै गएको छ । विलापचाहिं एग्लेम र बेअर-एलीससम्म पुगेको छ ।
|
|||
|
\v 9 किनभने दीबोनका पानीहरू रगतले भरिएका छन् । तर म दीबोनमाथि अझ धेरै ल्याउनेछु । मोआबबाट भाग्ने र त्यो देशमा बस्नेमा समेत एउटा सिंहले आक्रमण गर्नेछ ।
|
|||
|
\s5
|
|||
|
\c 16
|
|||
|
\p
|
|||
|
\v 1 उजाड-स्थानको सेलाको देशबाट सियोन पर्वतको छोरीको शासकलाई थुमाहरू पठाओ ।
|
|||
|
\v 2 जसरी चराहरू भौंतारिन्छन् र जसरी गुँड छरपष्ट पारिन्छ, मोआबका स्त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्तै भएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 "निर्देशन दओ, न्याय गर । मध्य दिनमा पनि रातको जस्तै केही सितलता प्रदान गर । भगौडाहरूलाई लुकाओ । भगौडाहरूलाई धोका नदेओ ।
|
|||
|
\v 4 मोआबबाट आएका शरणार्थीहरू तिमीहरूको माझमा बसोवास गरून् । विनाश गर्नेबाट तिनीहरूका निम्ति लुक्ने ठाउँ होओ ।" किनकि अत्याचार रोकिनेछ, र विनाश अन्त हुनेछ, कुल्चनेहरू देशबाट लोप भएर जानेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 करारको विश्वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ । अनि दाऊदको पालबाट आएका एक जना विश्वस्ततासाथ त्यसमा विराजमान हुनुहुनेछ । उहाँले न्यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्यवहार गर्नुहुँदा उहाँले इन्साफ गर्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 6 मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।
|
|||
|
\v 7 त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ— तिनीहरू सबैले विलाप गर्नेछन् । कीर-हरेशेतको किशमिशको झुप्पाको निम्ति पुर्ण रूपमा विनाश भएकाहरूले विलाप गर ।
|
|||
|
\s5
|
|||
|
\v 8 हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।
|
|||
|
\s5
|
|||
|
\v 9 साँच्चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।
|
|||
|
\v 10 फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्नेहरूको आवाज मैले अन्त गरेको छु ।
|
|||
|
\s5
|
|||
|
\v 11 त्यसैले मेरो हृदयले मोआबको निम्ति र मेरो अन्तस्करणले कीर-हरेशेतको निम्ति वीणाले झैं सुस्केरा हाल्छ ।
|
|||
|
\v 12 जब मोआबले आफूलाई उच्च स्थानमा थकित बनाउँछ र प्रार्थना गर्न आफ्नो मन्दिरमा प्रवेश गर्छ, त्यसको प्रार्थनाले केही काम गर्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 13 परमप्रभुले मोआबको बारेमा पहिले नै बोल्नुभएको वचन यही हो ।
|
|||
|
\v 14 फेरि परमप्रभु भन्नुहुन्छ, "मोआबको गौरव तिन वर्षभित्र हराउनेछ । त्यसको धेरै मानिहरू भए पनि बाँकी रहेकाहरू अति थोरै र नगण्य हुनेछन् ।"
|
|||
|
\s5
|
|||
|
\c 17
|
|||
|
\p
|
|||
|
\v 1 दमस्कसको बारेमा एउटा घोषणा ।
|
|||
|
\v 2 अरोएरका सहरहरूलाई त्यागिनेछ । तिनीहरू बथानहरू बस्ने ठाउँहरू हुनेछन् र तिनीहरूलाई कसैले पनि तर्साउनेछैन ।
|
|||
|
\v 3 किल्लाबन्दी गरिएका सहरहरू एफ्राइमबाट, दमस्कसको राज्यबाट लोप हुनेछन्, र अरामका बाँकी रहेकाहरू—तिनीहरू इस्राएलका मानिसहरूको गौरवझैं हुनेछन्— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
|
|||
|
\s5
|
|||
|
\v 4 त्यो दिनमा यस्तो हुनेछ, याकूबको गौरव दुब्लो हुनेछ र त्यसको शरीरको मोटाइ पातलो हुनेछ ।
|
|||
|
\v 5 यो अन्न जम्मा गर्नेले अन्न थुपारेजस्तो हुनेछ, र त्यसका हातहरूले अन्न कटानी गर्छ । यो रपाईको बेसीमा शिला-बाला बटुलेजस्तो हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 6 जैतूनको रुखलाई हल्लाए जसरी पनि शिलाहरू छोडिनेछन्: माथिल्लो हाँगामा दुइ-तिन वटा वा फलको सबभन्दा अग्लो हाँगाहरूमा चार-पाँच वटा जैतून छोडिन्छन्— यो परमप्रभु इस्राएलका परमेश्वरको घोषणा हो ।
|
|||
|
\v 7 त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तालाई हेर्नेछन् र तिनीहरूका आँखाले इस्राएलका पवित्रलाई हेर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 8 तिनीहरूले आफ्नो हातका कामहरू अर्थात् वेदीहरूतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्नै औंलाले बनाएका अशेराका खम्बाहरू न सूर्यका प्रतिमाहरूलाई नै हेर्नेछन् ।
|
|||
|
\v 9 त्यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भिरहरूमा त्यगिएका जङ्गलजस्तै हुनेछन्, जसलाई इस्राएलका मानिसहरूका कारणले त्यागिएका थिए र त्यो उजाड हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 10 किनकि तैंले आफ्नो मुक्तिको परमेश्वरलाई बिर्सेको छस् र तेरो सामर्थ्यको चट्टानलाई बेवास्ता गरेको छस् । त्यसैले तैंले सुन्दर बिरुवाहरू रोपिस् र विदेशीबाट पाएको दाखका हाँगाहरू रोपिस्,
|
|||
|
\v 11 तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्ट र घोर दुखको दिनमा फल दिनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 12 धिक्कार ! धेरै मानिसहरूको गर्जन, जुन समुद्रहरूको गर्जन, र जातिहरूका हल्लाझैं गर्जन्छ, जुन शक्तिशाली पानी बगेझैं बग्छ !
|
|||
|
\v 13 जातिहरू धेरै पानी बगेझैं गर्जन्छन्, तर उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू टाढा भाग्नेछन्, डाँडाहरूमाथि भुसझैं तिनीहरू हावाको सामु उड्नेछन् र आँधीको सामु मडारिएको झारझैं हुनेछन् ।
|
|||
|
\v 14 हेर, साँझमा त्रास ! बिहान हुनअगि ती बितिजानेछन् ! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्तै हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 18
|
|||
|
\p
|
|||
|
\v 1 सुस्केराको आवाज निकाल्ने देशलाई धिक्कार, जुन कु्सका नदीहरूसँगै छ ।
|
|||
|
\v 2 जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्छ, तब हेर । अनि जब तुरही बजाइन्छ तब सुन ।
|
|||
|
\s5
|
|||
|
\v 4 परमप्रभुले मलाई यसो भन्नुभयो, "चर्को घामको उखुम तापजस्तै, कटानीको तापमा कुहिरोजस्तै म आफ्नो घरबाट शान्त भएर हेर्नेछु ।
|
|||
|
\v 5 कटनीअगि फूल फुल्ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 6 डाँडाका चराहरू र पृथ्वीका जनावरहरूका निम्ति ती छोडिनेछन् । चराहरूले ग्रीष्मको समय तिनीहरूमा बिताउनेछन् र पृथ्वीका सबै जनावरहरूले तिनीहरूमा हिउँद बिताउनेछन् ।"
|
|||
|
\v 7 त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\c 19
|
|||
|
\p
|
|||
|
\v 1 मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्लिनेछन् ,
|
|||
|
\v 2 "मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 मिश्रदेशको आत्मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।
|
|||
|
\v 4 मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।"
|
|||
|
\s5
|
|||
|
\v 5 समुद्रका पानीहरू सुक्नेछन्, अनि नदीहरू सुक्नेछन् र रित्तो हुनेछन् ।
|
|||
|
\v 6 नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्नेछन् र सुख्खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 7 नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।
|
|||
|
\v 8 जालाहरीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्छी हान्ने सबै जनाले विलाप गर्नेछ, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 9 बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्नेहरू निराश हुनेछन् ।
|
|||
|
\v 10 मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 11 सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्न सक्छौ, "म बुद्धिमान् मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।"
|
|||
|
\v 12 तेरा बुद्धिमान् मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् ।
|
|||
|
\s5
|
|||
|
\v 13 सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।
|
|||
|
\v 14 परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्ट तिनीहरूले त्यसलाई बनाएका छन् ।
|
|||
|
\v 15 मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।
|
|||
|
\s5
|
|||
|
\v 16 त्यस दिनमा, मिश्रीहरू स्त्रीहरूजस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्नेछन् र डराउनेछन् ।
|
|||
|
\v 17 यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 18 त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 19 त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्मारक हुनेछ ।
|
|||
|
\v 20 मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 21 मिश्रदेशले परमप्रभुलाई चिन्नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् । तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पुरा गर्नेछन् ।
|
|||
|
\v 22 परमप्रभुले मिश्रदेशलाई कष्ट दिंदै र निको पार्दै कष्ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 23 त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 24 त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्मा तेस्रो हुनेछ ।
|
|||
|
\v 25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्नुहुनेछ, "ए मेरा मानिस, मिश्रदेश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।"
|
|||
|
\s5
|
|||
|
\c 20
|
|||
|
\p
|
|||
|
\v 1 अश्शूरका राजा सर्गानले टार्टनलाई अश्दोदमा पठाउँदा, तिनी आएको वर्षमा, तिनले अश्दोदको युद्ध लडे र त्यसलाई कब्जा गरे ।
|
|||
|
\v 2 त्यस बेला आमोजका छोरा यशैयाद्वारा परमप्रभु बोल्नुभयो र भन्नुभयो, "जा र तेरो कम्मरबाट भाङ्ग्रा हटा र तेरो खुट्टाको जुत्ता फुकाल् ।" नाङ्गो भएर र खाली खुट्टाले हिंडेर तिनले त्यसो गरे ।
|
|||
|
\s5
|
|||
|
\v 3 परमप्रभुले भन्नुभयो, "जसरी मेरो सेवक यशैया तिन वर्षसम्म नाङ्गै र खाली खुट्टाले हिंडेका छन्, यो मिश्रदेश र कूशको निम्ति चिन्ह र शकून हो—
|
|||
|
\v 4 यसरी नै अश्शूरका राजाले मिश्रदेशका कैदी र कूशका निर्वासित, जवान र वृद्धहरूलाई मिश्रदेशलाई लाजमा पार्न नाङ्गै, खाली खुट्टा र चाक नै देखाएर लैजानेछ ।
|
|||
|
\s5
|
|||
|
\v 5 तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्रदेशको कारणले तिनीहरू व्याकुल र लज्जित हुनेछन् ।
|
|||
|
\v 6 यी समुद्री तटका बासिन्दाहरूले त्यस दिन भन्नेछन्, साच्चै, यो हाम्रो आशाको स्रोत थियो, जहा अश्शूरको राजाबाट बच्नलाई हामी भाग्यौं, र अब हामी कसरी उम्किन सक्छौं र?' "
|
|||
|
\s5
|
|||
|
\c 21
|
|||
|
\p
|
|||
|
\v 1 समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्दो देशबाट यो आउँछ ।
|
|||
|
\v 2 मलाई एउटा कष्टप्रद दर्शन दिइएको छः "धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्नेछु ।
|
|||
|
\s5
|
|||
|
\v 3 यसकारण मेरो कमर दुखेको छ । स्त्रीको प्रसव पीडाजस्तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
|
|||
|
\v 4 मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्यसले ममा त्रास ल्यायो ।
|
|||
|
\s5
|
|||
|
\v 5 तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्ना ढालहरूमा तेल लगाओ ।
|
|||
|
\s5
|
|||
|
\v 6 किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, "जा, एक जना पहरेदार राख । उसले जे देख्छ सो बताउनुपर्छ ।
|
|||
|
\v 7 जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।"
|
|||
|
\s5
|
|||
|
\v 8 पहरेदार कराउँछ, "हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्ने धरहरमाथि बस्छु, अनि आफ्नो अखडामा म रातभरि खडा रहन्छु ।"
|
|||
|
\v 9 यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, "बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।"
|
|||
|
\s5
|
|||
|
\v 10 ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।
|
|||
|
\s5
|
|||
|
\v 11 दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, "ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?"
|
|||
|
\v 12 पहरेदारले भन्यो, "बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।"
|
|||
|
\s5
|
|||
|
\v 13 अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।
|
|||
|
\v 14 तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
|
|||
|
\v 15 किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 16 किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, "एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्नेछ, केदारको सारा गौरवको अन्त हुनेछ ।
|
|||
|
\v 17 केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्," किनकि परमप्रभु इस्राएलका परमेश्वरले यसो भन्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\c 22
|
|||
|
\p
|
|||
|
\v 1 दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?
|
|||
|
\v 2 होहल्लाले भरिएको सहर र खुसीले भरिएको नगरका आवाजहरू सुन्नलाई तिमीहरूले त्यसो गरेका हौ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् र तिनीहरू युद्धमा मरेनन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिमीहरूका सबै शासकहरू एकसाथ भागे, तर धनु समेत प्रयोग नगरी तिनीहरू समातिए । तिनीहरू धेरै टाढा भागेका थिए तापनि तिनीहरू सबै जना एकसाथ समातिए ।
|
|||
|
\v 4 यसकारण मैले भनें, "मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।"
|
|||
|
\s5
|
|||
|
\v 5 किनकि दर्शनको बेसीमा सर्वशक्तिमान् परमप्रभुको निम्ति कोलाहल, कुल्चिने अलमल पार्ने र पर्खालहरू भत्काउने र मानिसहरू डाँडाहरूतिर रुने दिन हो ।
|
|||
|
\v 6 रथीहरू र घोडचढीहरूका साथमा एलामले ठोक्रो लिनेछ र कीरले ढाललाई नाङ्गो बनाउछ ।
|
|||
|
\v 7 तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्ना ठाउँ ओगट्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 8 उहाँले यहूदाको सुरक्षालाई हटाउनुभयो । तिमीहरूले त्यस दिन वनको महलमा हतियारहरू हेर्यौ ।
|
|||
|
\v 9 तिमीहरूले दाऊदका सहरका प्वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्लो तलाउबाट पानी जम्मा गर्यौ ।
|
|||
|
\s5
|
|||
|
\v 10 तिमीहरूले यरूशलेमा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ ।
|
|||
|
\v 11 तिमीहरूले पुरानो पानीलो तलाउको निम्ति पर्खालहरूको बिचमा एउटा जलाशय बनायौ । तर तिमीहरूले सहरको निर्माणकर्तालाई विचार गरेनौ, जसले धेरै पहिले नै यसको योजना गर्नुभएको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 12 त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।
|
|||
|
\v 13 तर त्यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्दैछन् ।
|
|||
|
\v 14 यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः "निश्चय नै यो अपराधको निम्ति मृत्युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन," परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 15 परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, "यो प्रशासक शेब्नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,
|
|||
|
\v 16 'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्न, उच्च टाउँमा चिहान खन्न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्न तँलाई कसले अनुमति दियो ?"
|
|||
|
\s5
|
|||
|
\v 17 हेर्, परमप्रभुले तँलाई फाल्न लाग्नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्न लाग्नुभएको छ । उहाँले तँलाई कसेर समात्नुहुनेछ ।
|
|||
|
\v 18 निश्चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस् ।
|
|||
|
\v 19 तेरो अफिसबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु । तँ तल खसालिनेछस् ।
|
|||
|
\s5
|
|||
|
\v 20 त्यो दिन यस्तो हुनेछ, हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई म बोलाउनेछु ।
|
|||
|
\v 21 तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्पिनेछु । यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ ।
|
|||
|
\v 22 दाऊदको घरानाको साँचो म उसको काँधमा राख्नेछु । उसले खोल्नेछ र कसैले बन्द गर्नेछैन र कसैले खोल्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 23 म त्यसको निम्ति सुरक्षित स्थानमा एउटा किला गाड्नेछु र आफ्नो पिताको घरानाको निम्ति ऊ गौरवको आसन हुनेछ ।
|
|||
|
\v 24 उसको घराना, सन्तानहरू र वंशको, हरेक सानो भाँडोदेखि कचौराहरू र गाग्रोहरूका गौरव तिनीहरूले उसमा नै राख्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 25 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो— त्यो दिन सुरक्षित स्थानमा गडिएको किलाले ठाउँ छोड्नेछ, भाँचिनेछ र ढल्नेछ अनि त्यसमा भएको भार हटाइनेछ— किनकि परमप्रभुले भन्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\c 23
|
|||
|
\p
|
|||
|
\v 1 टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।
|
|||
|
\v 2 ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् ।
|
|||
|
\v 3 ठुला पानीमाथि सिहोरको अन्न थियो, नील नदीको उत्पादन त्यसको उब्जनी थियो । अनि त्यो जातिहरूको व्यापार भयो ।
|
|||
|
\s5
|
|||
|
\v 4 ए सीदोन, लज्जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, "म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।"
|
|||
|
\v 5 मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर ।
|
|||
|
\v 7 ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्याएको छ ?
|
|||
|
\s5
|
|||
|
\v 8 मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्?
|
|||
|
\v 9 त्यसका घमण्ड र त्यसका सबै गौरवलाई अपमान गर्न, त्यसका पृथ्वीकै आदरणियलाई लज्जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।
|
|||
|
\s5
|
|||
|
\v 10 ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।
|
|||
|
\v 11 परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ ।
|
|||
|
\v 12 उहाँले भन्नुभयो, "ए सीदोनकी अत्याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।"
|
|||
|
\s5
|
|||
|
\v 13 कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्त भएका छन् । अश्शूरीहरूले त्यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्थान बनाएका छन् । तिनीहरूले आफ्ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्यसका दरबारहरू नष्ट गरे । तिनीहरूले त्यसलाई भग्नावशेषको थुप्रो बनाए ।
|
|||
|
\v 14 ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 15 त्यो दिनमा, राजाका समयमा झैं टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ । सत्तरी वर्षको अन्तमा टुरोसमा वेश्यको गीतमा जस्तै कुनै कुरा हुनेछ ।
|
|||
|
\v 16 ए बिर्सिएकी वेश्या, एउटा वीणा लि र सहरमा जा । त्यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 17 सत्तरी वर्षपछि त्यो दिन यस्तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे ।
|
|||
|
\v 18 त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 24
|
|||
|
\p
|
|||
|
\v 1 हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्नुभएको छ ।
|
|||
|
\v 2 यो मानिसहरूलाई झैं पुजारीहरूलाई, नोकरलाई झैं मालिकलाई, दासीलाई झैं मलिक्नीलाई, किन्नेलाई झैं बेच्नेलाई, ऋण दिनेलाई झैं ऋण लिनेलाई, ब्याज लिनेलाई झैं ब्याज दिनेलाई हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।
|
|||
|
\v 4 पृथ्वी सुख्खा हुनेछ र ओइलाउनेछ, संसार सुक्नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्ट मानिसहरू दुर्बल हुनेछन् ।
|
|||
|
\v 5 पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्तको करार उलङ्घन गरेका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्वीका बासिन्दाहरू जलाइन्छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।
|
|||
|
\v 7 नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 8 खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्दको सोर पनि बन्द हुन्छ । वीणाको आनन्द बन्द हुन्छ ।
|
|||
|
\v 9 तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्यो तीतो हुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 10 गोलमालको सहरलाई भत्काइएको छ । हरेक घर बन्द गरिएको र रित्तो छ ।
|
|||
|
\v 11 दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 12 सहरमा उजाड छोडिएको छ र ढोका भग्नावशेष भएर फुटेको छ ।
|
|||
|
\v 13 किनकि जस्तो जैतूनको रूखलाई हल्लाउँदा, जस्तो अङ्गुर टिप्दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 14 आफ्नो सोरलाई तिनीहरूले उचाल्नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् ।
|
|||
|
\v 15 यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँलाई महिमा देओ ।
|
|||
|
\s5
|
|||
|
\v 16 हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, "धर्मी जनको महिमा होस् !" तर मैले भनें, "म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।
|
|||
|
\s5
|
|||
|
\v 17 ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।
|
|||
|
\v 18 त्रासको आवाजदेखि भाग्ने खाल्डोमा पर्नेछ, खाल्डोको बिचबाट बाहिर निस्कने पासोमा पर्नेछ । स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 पृथ्वी पुर्ण रूपमा टुट्नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्दो किसिमले हल्लाइनेछ ।
|
|||
|
\v 20 पृथ्वी मद्यले मातेको मानिसझैं लरखराउनेछ र यो झुप्रोझैं यताउता हल्लिनेछ । यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 21 त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।
|
|||
|
\v 22 तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।
|
|||
|
\v 23 तब चन्द्रमा लज्जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्ना धर्मगुरुहरूका सामु राज्य गर्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 25
|
|||
|
\p
|
|||
|
\v 1 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंलाई म उच्च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्दर कुराहरू तपाईंले पुर्ण विश्वस्ततासाथ गर्नुभएको छ ।
|
|||
|
\v 2 किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।
|
|||
|
\v 3 यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्ने घर र तापबाट बच्ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो,
|
|||
|
\v 5 र सुख्खा जमिनको ताप जस्तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 6 यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ ।
|
|||
|
\v 7 उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।
|
|||
|
\v 8 उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 9 त्यस दिन यसो भनिनेछ, "हेर, उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।
|
|||
|
\v 10 किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ
|
|||
|
\s5
|
|||
|
\v 11 पौडी खेल्नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्यसको माझमा आफ्ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ ।
|
|||
|
\v 12 तेरा किल्लाहरूका अग्ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 26
|
|||
|
\p
|
|||
|
\v 1 त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर छ । परमेश्वरले मुक्तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ ।
|
|||
|
\v 2 ढोका खुल्ला गर, जसले गर्दा विश्वास कायम राख्ने धर्मी जाति भित्र आउन सकोस् ।
|
|||
|
\s5
|
|||
|
\v 3 तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्नुहुनेछ, किनकि उसले तपाईंमा विश्वास गर्छ ।
|
|||
|
\v 4 सदासर्वदा परमप्रभु विश्वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 5 किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ । उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ ।
|
|||
|
\v 6 यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 7 ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।
|
|||
|
\v 8 हे परप्रभु, तपाईंको न्यायको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं । तपाईंको नाउँ र तपाईंको प्रतिष्ठा नै हाम्रो चाहना हो ।
|
|||
|
\v 9 रातमा मैले तपाईंको इच्छा गरें । हो, मेरो आत्माले मभित्र उत्कट रूपमा तपाईंको खोजी गर्छ । किनकि जब तपाईंको न्याहरू पृथ्वीमाथि आउँछन्, तब संसारका बासिन्दाहरूले धार्मिकताको बारेमा जान्दछन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 दुष्ट व्यक्तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्नेछैन । सोझाको देशमा उसले दुष्टतासाथ काम गर्छ र परमप्रभुको ऐश्वर्यलाई देख्दैन ।
|
|||
|
\s5
|
|||
|
\v 11 हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्ट पार्नेछ ।
|
|||
|
\v 12 हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति ल्याउनुहुनेछ । किनकि साँच्चै, हाम्रा सबै कामहरू तपाईंले पनि हाम्रा निम्ति पुरा गर्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 13 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं ।
|
|||
|
\v 14 तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 15 हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 16 हे परमप्रभु, कष्टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।
|
|||
|
\v 17 गर्भवती स्त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।
|
|||
|
\s5
|
|||
|
\v 18 हामी गर्भवती भएका छौं, हामी प्रसव वेदनामा परेका छौं, तर यो त हामीले हावालाई मात्र जन्माएको जस्तो भएको छ । हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौं र संसारका बासिन्दाहरू ढलेका छैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्ना मृतकहरूलाई ल्याउनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 20 ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
|
|||
|
\v 21 किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्नुभएको छ । पृथ्वीले आफ्नो रक्तपात प्रकट गर्नेछ र आफ्ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
|
|||
|
\s5
|
|||
|
\c 27
|
|||
|
\p
|
|||
|
\v 1 त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्दो तरवारले त्यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।
|
|||
|
\v 2 त्यस दिनमाः दाखमद्यको दाखबरीले यो गीत गाउँछ ।
|
|||
|
\v 3 "म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्याउनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 4 म रिसाएको छैन, ओहो, त्यहाँ सिउँडी र काँडाहरू थिए भने ! युद्धमा तिनीहरूको विरुद्धमा म अगि जानेथिएँ । तिनीहरू सबैलाई म एकसाथ जलाउनेथिएँ ।
|
|||
|
\v 5 तिनीहरू मेरो सुरक्षामा आउनुपर्छ र मसँग मिल्नुपर्छ । तिनीहरूले मसँग मिलाप गरून् ।
|
|||
|
\s5
|
|||
|
\v 6 आउने दिनहरूमा, याकूबले जरा हाल्नेछ । इस्राएलको कोपिला लाग्नेछ र फुल्नेछ । अनि तिनीहरूले जमिनको सतहलाई फलले ढाक्नेछन् ।"
|
|||
|
\s5
|
|||
|
\v 7 याकूब र इस्राएललाई आक्रमण गर्ने जातिहरूलाई परमप्रभुले आक्रमण गर्नुहुँदा के उहाँले तिनीहरूलाई आक्रमण गर्नुभएको छ र? याकूब र इस्राएलले ती जातिहरूलाई मारेझैं के तिनीहरूलाई मरिएका छन्?
|
|||
|
\v 8 याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्यस्तै किसिमले व्यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्नो डरलाग्दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 9 यसैले यसरी याकूबको अपराधको प्रयाश्चित गरिनेछ, किनकि यही नै त्यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउनुहुन्छ र टुक्रा-टुक्रा पार्नुहुन्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 10 किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्थानझैं उजाड पारिएको र त्यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्यसको हाँगाहरू खान्छ ।
|
|||
|
\v 11 जब हाँगाहरू सुक्छन्, तब तिनीहरू भाँचिनेछन् । स्त्रीहरू आउनेछन् त्यसबाट आगो बाल्नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 12 त्यो दिन यस्तो हुनेछ, परमप्रभुले यूफ्रेटिस नदीदेखि मिश्रदेशको खोलासम्म अन्न चुट्नुहुनेछ, अनि तिमीहरू इस्राएलका मानिसहरूलाई एक-एक गरी जम्मा गर्नुहुनेछ ।
|
|||
|
\v 13 त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्टभइरहेकाहरू र मिश्रदेशमा निस्कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\c 28
|
|||
|
\p
|
|||
|
\v 1 एफ्राइमका प्रत्येक मतवालाहरूले लगाएका गौरवशाली फुलमाला र त्यसको महिमित सुन्दरताको ओइलाउने फुललाई, दाखमद्यले लट्ठ परेकाहरूका हरियाली बेसीको शिरमा लगाइएको फुलमालालाई धिक्कार !
|
|||
|
\v 2 हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्छ र उहाँले प्रत्येक फुलमालालाई जमिनमा फाल्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 एफ्राइमका मतवालाहरूका गौरवशाली फुलमालालाई खुट्टाले कुल्चिमिल्ची गरिनेछ ।
|
|||
|
\v 4 त्यसको महिमित सुन्दरताको ओइलाउने फुल अर्थात् धनी बेसीको शिरमा रहेको छ, त्यो पहिले पाकेको अन्जिरजस्तो हुनेछ, जब कसैले त्यसलाई देख्छ, तब आफ्नो हातमा हुँदा नै त्यसले त्यो निलिहाल्छ ।
|
|||
|
\s5
|
|||
|
\v 5 त्यो दिनमा सर्वशक्तिमान् परमप्रभु नै सुन्दर मुकुट बन्नुहुनेछ र आफ्ना बाँकी रहेका मानिसहरूका निम्ति महिमाको मुकुट बन्नुहुनेछ ।
|
|||
|
\v 6 न्याय आसनमा बस्नेको निम्ति न्यायको आत्मा र आफ्ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 7 तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन् । पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् ।
|
|||
|
\v 8 साँच्चै नै सबै टेबलहरू बान्ताले ढाकेकोछ, जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन ।
|
|||
|
\s5
|
|||
|
\v 9 त्यसले कसलाई ज्ञान सिकाउनेछ र त्यसले कसलाई सन्देश बताउनेछ ? जसलाई दूध छोडाइएका छन् वा जसलाई बरखरै दूधबाट अलग गरिका छन्?
|
|||
|
\v 10 किनकि यो आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ ।
|
|||
|
\s5
|
|||
|
\v 11 साच्चै, यी मानिहरूसँग उहाँले गिल्ला गर्ने ओठहरू र विदेशी भाषामा बोल्नुहुनेछ ।
|
|||
|
\v 12 विगतमा उहाँले तिनीहरूलाई भन्नुभयो, "यो विश्राम हो, जो थकित हुन्छ त्यसलाई विश्राम गर्न देओ । अनि यो ताजा हुने कुरा हो," तर तिनीहरू सुन्दैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 13 त्यसैले तिनीहरूको निम्ति परमप्रभुको वचन आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ हुनेछ । ताकि तिनीहरू जान र पछि हट्न र तोडिन र समातिन सक्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 14 त्यसैले ए गिल्ला गर्नेहरू हो, तिमीहरू जसले यरूशलेममा भएका यी मानिसहरूमाथि राज्य गर्छौ, तिमीहरूले परमप्रभुको वचन सुन ।
|
|||
|
\v 15 तिमीहरूले यसो भनेका हुनाले यस्तो हुनेछ, "हामीले मृत्युसित करार बाँधेका छौं र चिहनसँग हामी समहती गरेका छौं । त्यसैले डरलाग्दो कोर्राले हामीलाई भेट्टाउँदा, त्यो हामीकहाँ पुग्नेछैन । किनकि हामीले झुठलाई हाम्रो शरणस्थान बनाएका छौं र असत्यमा वास बसेका छौं।"
|
|||
|
\s5
|
|||
|
\v 16 यसकारण परमप्रभु परमेश्वर भन्नहुन्छ, "हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्य कुनेढुङ्गा, एउटा बलयो जग राख्नेछु । जसले विश्वास गर्छ ऊ लाजमा पर्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 17 न्यायलाई म नाप्ने लट्ठी र धर्मिकतालाई साहुल बनाउनेछु । असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्ने ठाउँलाई डुबाउनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 18 मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लंदो बाढी आउँछ, त्यसले तिमीहरूलाई डुबाउनेछ ।
|
|||
|
\v 19 जब त्यो आउँछ त्यसले तिमीहरूलाई डुबाउनेछ, त्यो हरेक बिहान आउनेछ र त्यो दिन र रात आउनेछ । जब सन्देश बुझिन्छ, त्यसले त्रास पैदा गर्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 20 किनकि तन्केर सुत्नलाई ओछ्यान छोटो छ र आफूलाई ढाक्न कम्बल सानो छ ।"
|
|||
|
\v 21 पराजीम पर्वतझैं परमप्रभु उठ्नुहुनेछ । गिबोनको बेंसीमा झैं आफ्नो काम, आफ्नो अनौठो काम र उहाँको अद्भुत काम गर्न उहाँ उठ्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 22 यसकारण, अब गिल्ला नगर, नत्र तिमीहरूको बन्धन झन् कसिलो पारिनेछ । मैले सर्वशक्तिमान् परमप्रभु परमेश्वरबाट पृथ्वीको विनाशको उर्दी सुनेको छु ।
|
|||
|
\s5
|
|||
|
\v 23 ध्यान देओ र मेरो आवाज सुन । ध्यान मग्न होओ र मेरा वचनहरू सुन ।
|
|||
|
\v 24 छर्नलाई दिनभरि जोत्ने किसानले के जमिन जोत्ने काम मात्र गर्छ र? के उसले बाँजो फुटाउने र डल्लो फुटाउँछ मात्र गर्छ र?
|
|||
|
\s5
|
|||
|
\v 25 जब त्यसले जमिन तयार पार्छ, के त्यसले सूँप छर्ने र जीराको बीउ फैलाउने, गहुँलाई ड्याङमा रोप्ने र जौलाई ठिक ठाउँमा र कठियालाई यसको छेउहरूमा रोप्दैन?
|
|||
|
\v 26 त्यसको परमेश्वरले त्यसलाई सिकाउनुहुन्छ । उहाँले त्यसलाई बुद्धिमनीसाथ सिकाउनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 27 अनि सूँपलाई हथौडाले झारिंदैन, न जीरालाई झार्न गाडा नै गुडाइन्छ । तर सूँपलाई लट्ठीले कुटिन्छ र जीरालाई लुहुरोले कुटिन्छ ।
|
|||
|
\v 28 रोटी बनाउन अन्नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 29 यो पनि सर्वशक्तिमान् परमप्रभुबाट नै आउँछ, जो शिक्षा दिनमा अति हसल र बुद्धिमा उत्कृष्ट हुनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\c 29
|
|||
|
\p
|
|||
|
\v 1 अरीएललाई धिक्कार, ए अरीएल, सहर जहाँ दाऊदले छाउनी हाले ! वर्षमाथि वर्ष थप् । चाडहरू फेरो मार्दै आऊन् !
|
|||
|
\v 2 तर म अरीएललाई घेरा हाल्नेछु, र त्यसले विलाप र शोक गर्नेछ । त्यो मेरो निम्ति बलिको वेदीजस्तो हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 तेरो विरुद्धमा गोलाकार छाउनी म हाल्नेछु र तेरो विरुद्धमा पर्खालसहित घेरा म हाल्नेछु, र तेरो विरद्ध घेरा-मचानले म घेर्नेछु ।
|
|||
|
\v 4 तँ जमिनमा ढालिनेछस् र जमिनबाट बोल्नेछस् । तँ धूलोबाट मलिन सोरमा बोल्नेछस् । तेरो आवाज जमिनबाट बोल्ने आत्माजस्तै हुनेछ र धूलोबाट तेरो आवाजले सुस्केर हाल्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 5 ठुलो सङ्ख्यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलोजस्ता हुनेछन् र असंख्या निर्दयीहरू उडेर जाने भुसजस्तै हुनेछन् । यो तुरुन्तै, एकै क्षणमा नै हुनेछ ।
|
|||
|
\v 6 सर्वशक्तिमान् परमप्रभु तँकहाँ गर्जन, भूकम्म, ठुलो आवाज, शक्तिशाली हावाहुरी र हिंस्रक आँधी र भष्म पार्ने आगोको ज्वालासहित आउनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 7 यो सपनाजस्तो अर्थात् रातको दर्शनजस्तो हुने छः सबै जातिहरूका हुलले अरीएल र त्यसको किल्ला विरुद्ध लडाइँ गर्नेछन् । त्यसमाथि दावाब पार्न तिनीहरूले त्यसलाई र त्यसका किल्लाहरूलाई आक्रमण गर्नेछन् ।
|
|||
|
\v 8 यो भोकाएको मानिसले खाइरहेको सपना देखेको, तर त्यो ब्युँझदा त्यसको पेट रित्तो भएजस्तै हुनेछ । यो तिर्खाएको मानिसले पानी पिइरहेको सपना देखेको, तर त्यो ब्युँझदा आफ्नो प्यास नमेटिएर छट्पटाइरहेको जस्तै हुनेछ । हो, सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने धेरै जातिहरूलाई त्यस्तै हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 9 आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन ।
|
|||
|
\v 10 किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 11 सबै प्रकाश तिमीहरूको निम्ति मोहोर लगाइएको एउटा पुस्तकजस्तो हुनेछ, जसलाई मानिसहरूले कोही जान्ने मानिसलाई "पढिदिनुहोस्" भन्दै देलान् । उसले पनि भन्छ, "म पढ्न सक्दिनँ, किनकि यसमा मोहोर लगाइएको छ ।"
|
|||
|
\v 12 कोही पढ्न नसक्नेलाई "यो पढिदिनुहोस्" भन्दै दिंदा, उसले भन्छ, "म पढ्न सक्दिनँ ।"
|
|||
|
\s5
|
|||
|
\v 13 परमप्रभु भन्नुभयो, "यी मानिसहरू आफ्ना मुखले मेरो नजिक आउँछन् र आफ्ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।
|
|||
|
\v 14 यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्मका कुरा, आश्चर्यमाथि आश्चर्य गर्नलाई अघि बढ्नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 15 परमप्रभुबाट आफ्ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्कार ! तिनीहरू भन्छन्, "हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?"
|
|||
|
\s5
|
|||
|
\v 16 तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ ! के कुमालेलाई माटोजस्तै ठान्ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, "त्यसले मलाई बनाएको होइन" वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्ने, "त्यसले मलाई बुझ्दैन"?
|
|||
|
\s5
|
|||
|
\v 17 केही क्षणमा नै लेबनानलाई खेत बनाइनेछ र खेतचाहिं जङ्गल हुनेछ ।
|
|||
|
\v 18 त्यो दिनमा बहिराले वचनको पुस्तक सुन्नेछ र अन्धाका आँखाले गहन अन्धकारबाट देख्नेछ ।
|
|||
|
\v 19 अत्यचारमा परेकाहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन् र मानिसहरू माझका भएका गरीबहरूले इस्राएलको परमपवित्रमा आनन्द मनाउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 20 किनभने निर्दयीहरूको अन्त हुनेछ र गिल्ला गर्नेहरू लप हुनेछन् । दुष्ट गर्न रुचाउनेहरू सबै जनालाई निर्मूल पारिनेछ,
|
|||
|
\v 21 जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 22 यसकारण, परमप्रभुले याकूबको घरानाको बारेमा, अब्राहमलाई उद्धार गर्नुहुने परमप्रभुले यसो भन्नुहुन्छ, "याकूब कुनै पनि हालतमा लज्जित हुनेछैन, न उसको मुहार नै पहेंलो हुनेछ ।
|
|||
|
\v 23 तर उसले आफ्ना छोराछोरी अर्थात् मेरा हातका कामलाई देख्छ, तब तिनीहरूले मेरो नाउँलाई पवित्र तुल्याउनेछन् । तिनीहरूले याकूबको परमपवित्रको नाउँलाई पवित्र तुल्याउनेछन् र तिनीहरू इस्राएलको परमेश्वरको भयमा खडा हुनेछन् ।
|
|||
|
\v 24 ती आत्मामा गल्ती गर्नेहरूले समझ प्राप्त गर्नेछन् र गनगन गर्नेहरूले ज्ञान सिक्नेछन् ।"
|
|||
|
\s5
|
|||
|
\c 30
|
|||
|
\p
|
|||
|
\v 1 यो परमप्रभुको घोषणा हो, "धिक्कार विद्रोही छोराछोरीलाई ! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।
|
|||
|
\v 2 तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ,
|
|||
|
\v 4 यद्यपि तिनीहरूका शासकहरू सोअनमा र तिनीहरूका दूतहरू हानेसमा आएका छन् ।
|
|||
|
\v 5 आफूलाई सहायता गर्न नसक्ने मानिसहरूको कारणले तिनीहरू लज्जित हुनेछन्, जो न सहायता न मदत हुन्, तर शर्म र अपमान हुन्छन् ।"
|
|||
|
\s5
|
|||
|
\v 6 नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्ट र खतराको देशबाट भएर सिंहनी र सिंह, साप र उड्ने सर्प निस्कनेछन्, आफूलाई सहायता गर्न नसक्ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्ना सम्पत्ति र ऊँटहरूलाई आफ्ना बहुमूल्य भण्डारहरू बोकाउँछन् ।
|
|||
|
\v 7 किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ । यसकारण मैले त्यसलाई राहाब भने, जो चुपचाप बस्छ ।
|
|||
|
\s5
|
|||
|
\v 8 अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।
|
|||
|
\v 9 किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्ने छोराछोरी हुन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 तिनीहरूले दर्शीहरूलाई भन्छन्, "नहेर्नुहोस्," र अगमवक्ताहरूलाई भन्छन्, "हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।
|
|||
|
\v 11 मार्गबाट तर्की जानुहोस्, बाटोबाट हट्नुहोस् । इस्राएलका परमपवित्रलाई हाम्रो सामु नबोल्ने पार्नुहोस् ।"
|
|||
|
\s5
|
|||
|
\v 12 यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, "तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्यसमा अडेको छौ,
|
|||
|
\v 13 त्यसैले यो पाप खस्नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्न लागेको अग्लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 14 कुमालेको भाडा फुटेझैं उहाँले त्यसलाई फुटाउनुहुनेछ । उहाँले त्यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 15 किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्वर यसो भन्नुहुन्छ, "फर्कनु र विश्राम गर्नुले तिमीहरू बचाइनेछौ । चुपचाप बस्नु र भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ । तर तिमीहरू तत्पर भएनौ ।
|
|||
|
\v 16 तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्नेछौं,' यसरी तिमीहरू भाग्नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्नेहरू झन् छिटो हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 17 एक जनाको धम्कीले एक हजार जना भाग्नेछन् । पाँच जनाको धम्कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्नेछौ ।
|
|||
|
\s5
|
|||
|
\v 18 तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।
|
|||
|
\v 19 किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्दा उहाँ निश्चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्यो सुन्नुहुन्छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 20 परमप्रभुलले दुःखको रोटी र कष्टको पानी दिनुभए तापनि, र त्यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट लुक्नुहुनेछैन, तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्नेछौ ।
|
|||
|
\v 21 जब तिमीहरू दाहिने फर्कन्छौ वा जब तिमीहरू देब्रे फर्कन्छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्नेछन् "बाटो यही हो, यसैमा हिंड ।"
|
|||
|
\s5
|
|||
|
\v 22 तिमीहरूले आफ्ना खोपिएका चाँदीका र सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ । तिमीहरूले महिनावारीको फोहर फालेझैं ती फाल्नेछौ । तिनलाई तिमीहरू भन्नेछौ, "यहाँबाट गइहाल ।"
|
|||
|
\s5
|
|||
|
\v 23 तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्त रोटी दिनुहुनेछ, र अन्नहरू प्रशस्त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।
|
|||
|
\v 24 जमिन जोत्ने गोरुहरू र गधाहरूले बेल्चा र नाङलोले निफनिएका दाना खानेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 25 धरहरा ढलेर ठुलो संहार भएको दिनमा, हरेक अग्लो पहाड र हरेक अग्लो डाँडामा, त्यहाँ बगिरहने खोलाहरू र खोल्साहरू हुनेछन् ।
|
|||
|
\v 26 चन्द्रमाको ज्योति सूर्यको ज्योतिजस्तै हुनेछ र सूर्यको ज्योति सात दिनको सूर्यको ज्योतिजस्तै सात गुणा बढी चहकिलो हुनेछ । परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 27 हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पुर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै छ ।
|
|||
|
\v 28 उहाँको सास जातिहरूलाई विनाशको नाङ्लोले निफन्न घाँटीसम्म नै आउने उर्लंदो जलाधारजस्तै छ । उहाँको सास मानिसहरूलाई भर्माउन लगाउने मानिसहरूको बङ्गरामा लगाइएको लगामजस्तो छ ।
|
|||
|
\s5
|
|||
|
\v 29 तिमीहरूले पवित्र चाड मनाउदा झैं रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्तै मन खुसी हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 30 परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 31 किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चूरचूर पारिनेछ । उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ ।
|
|||
|
\v 32 तिनीसँग लड्दा र युद्ध गर्दा परमप्रभुले तिनीहरूलाई दिनुभएको हरेक प्रहारसँग खैंजडी र वीणाहरूको सङ्गितले साथ दिइनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 33 किनकि जल्नको निम्ति ठाउँ धेरै पहिला तयार पारिएको थियो । वास्तवमा, यो राजाको निम्ति तयार पारिन्छ र परमेश्वरले यसलाई गहिरो र फराकिलो बनाउनुभएको छ । त्यो आगो र धेरै दाउरासहित तयार छ । परमप्रभुको सासले गन्धकको नदीजस्तै यसलाई आगो सल्काउनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 31
|
|||
|
\p
|
|||
|
\v 1 सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्कार ! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।
|
|||
|
\v 2 तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्नो वचनबाट उहाँ पछि हट्नुहुनेछैन । उहाँ दुष्ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 मिश्रदेश मानिस हो र परमेश्वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्नेछ । दुवै एकसाथ नाश हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 परमप्रभुले मलाई यसो भन्नुहुन्छ, "गोठालाहरूका समूह आफ्नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्नो शिकारमाथि गर्जेर झम्टन्छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्छ, त्यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 5 गुँडको रक्षा गर्ने चराले झैं परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ । उहाँ यसबाट भएर जानुहुँदा यसको सुरक्षा गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र यसको संरक्षण गर्नुहुनेछ ।
|
|||
|
\v 6 ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।
|
|||
|
\v 7 किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्येक व्यक्ति मुक्त हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 8 अश्शूर तरवारले ढल्नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।
|
|||
|
\v 9 त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।"
|
|||
|
\s5
|
|||
|
\c 32
|
|||
|
\p
|
|||
|
\v 1 हेर, एक जना राजाले धर्मिकतामा राज्य गर्नेछन् र शासकहरूले न्यायमा राज्य गर्नेछन् ।
|
|||
|
\v 2 प्रत्येक व्यक्ति हावाबाट बच्ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ ।
|
|||
|
\v 3 तब हेर्नेहरूका आँखा धमिलो हुनेछैनन् र सुन्नेहरूका कानले ध्यानपुर्वक सुन्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 हडबडेले समझदार भएर होसियारसाथ विचार गर्नेछ, अनि भकभकेले प्रष्टसँग र सजिलोसँग बोल्नेछ ।
|
|||
|
\v 5 मूर्खलाई कदापि आदरणीय भनिनेछैन न छलीलाई चरित्रवान भनिनेछ ।
|
|||
|
\v 6 किनकि मूर्खले मूर्खताको कुरा गर्छ, उसको मनले दुष्ट र अधर्मी कामहरूका योजना बनाउछ र उसले परमप्रभुको विरुद्धमा गलत किसिमले बोल्छ । उसले भोकाएकोलाई रित्तो बनाउँछ र तिर्खाएकोलाई पानीको कमी तुल्याउँछ ।
|
|||
|
\s5
|
|||
|
\v 7 छलीका विधिहरू खराब हुन्छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्ट योजनाहरू बनाउँछ ।
|
|||
|
\v 8 तर आदरणीय मानिसले आदरणीय योजना बनाउँछ । अनि उसको आदरणीय कामहरूको कारणले नै ऊ खडा रहन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 9 ए चैनमा बसेका स्त्रीहरू, खडा होओ र मेरो सोरलाई सुन । ए चिन्ता नभएका छोरीहरू, मेरो कुरा सुन ।
|
|||
|
\v 10 किनकि ए चिन्ता नभएका स्त्रीहरू, एक वर्षभन्दा केही बढी समयमा तिमीहरूको दृढतालाई तोडिनेछ, किनकि दाखको कटनी बितेर जानेछ, फसल जम्मा गर्ने समय आउनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 11 ए चैनमा बस्ने स्त्रीहरू, थरथर होओ । ए निर्धक्क हुनेहरू, घबराओ । आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार । आफ्ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ ।
|
|||
|
\v 12 राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ ।
|
|||
|
\v 13 मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 14 किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ । पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ ।
|
|||
|
\v 15 माथिबाट हामीमा आत्मा नखन्यासम्म र उजाड-स्थान एउटा फलदायी खेत नभएसम्म र फलदायी खेतलाई एउटा जङ्गझैं नसोचेसम्म ।
|
|||
|
\s5
|
|||
|
\v 16 तब न्यान उजाड-स्थान बास गर्नेछ । अनि धार्मिकताचाहिं फलदायी खेतमा बास गर्नेछ ।
|
|||
|
\v 17 धार्मिकताको कामचाहिं शान्ति हुनेछ । अनि धार्मिकताको परिणामचाहिं सदासर्वदा शान्ति र दृढता हुनेछ ।
|
|||
|
\v 18 मेरा मानिसहरू शान्तिपुर्ण बासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा बास गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 तर असिना परे पनि र जङ्गल नाश भए पनि र सहरलाई पुर्ण रूपमा निर्मूल पारिए पनि,
|
|||
|
\v 20 तिमीहरू जसले नदीहरूका किनारहरूमा बीउ छरेका छौ, तिमीहरूका जसले आफ्ना गोरु र गधालाई चर्न पठाएका छौ, आशिषित् हुनेछौ ।
|
|||
|
\s5
|
|||
|
\c 33
|
|||
|
\p
|
|||
|
\v 1 विनाश नभएको विनाश पार्ने तँलाई धिक्कार ! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्कार ! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 2 हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्टको समयमा हाम्रो उद्धार हुनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 3 ठुलो आवाजमा मानिसहरू भाग्छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्छन् ।
|
|||
|
\v 4 तपाईंको लूट सलहरूले जस्तै बटुलिन्छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 परमप्रभु उच्च पारिनुभएको छ । उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।
|
|||
|
\v 6 तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्यसको भण्डार हो ।
|
|||
|
\s5
|
|||
|
\v 7 हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् । शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन् ।
|
|||
|
\v 8 मुल बाटोहरू उजाड पारिएका छन् । त्यहाँ कुनै यात्रीहरू छैनन् । करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन ।
|
|||
|
\s5
|
|||
|
\v 9 देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्ना पातहरू हल्लाउँछन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 परमप्रभु भन्नुहुन्छ, "अब म उठ्नेछु, अब म उच्च पारिनेछु; म अब उचालिनेछु ।
|
|||
|
\v 11 तिमीहरूले भुस गर्भधारण गर्यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्म पार्ने आगो हो ।
|
|||
|
\v 12 काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 13 तिमीहरू टाढा हुनेहरू, मैले के गरेको छु सो सुन । अनि तिमीहरू नजिक हुनेहरू, मेरो शक्तिलाई स्वीकार गर ।
|
|||
|
\v 14 सियोनका पापीहरू भयभित भएका छन् । ईश्वरहीनहरू थरथराउने डरले समातेको छ । हामीमध्ये कोचाहिं बलिरहेको आगोसँग खेल्न सक्छ र? हामीमध्ये कोचाहिं अनन्त जलिरहने आगोसँग खेल्न सक्छ र?
|
|||
|
\s5
|
|||
|
\v 15 त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्तपातको बारे सुन्नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्टता हेर्नदेखि आफ्ना आँखाहरू बन्द गर्छ—
|
|||
|
\v 16 यो त्यो मानिस हो जो उच्च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्तर हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 17 तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्नेछन् ।
|
|||
|
\v 18 तिमीहरूका मनले त्रासलाई याद गर्नेछ । शास्त्री कहाँ छ, पैसा तौलने कहाँ छ? धरहराहरूको गन्ती गर्ने कहाँ छ?
|
|||
|
\v 19 तिमीहरूले फेरि हठी मानिसहरू, तिमीहरूले नबुझ्ने भाषा बोल्ने अनौठो मानिसहरूलाई कदापि देख्नेछैनौ ।
|
|||
|
\s5
|
|||
|
\v 20 सियोन, हाम्रो भोजको सहरलाई हेर । तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुडाइन्छ ।
|
|||
|
\v 21 बरु, परमप्रभु आफ्नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 22 किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।
|
|||
|
\s5
|
|||
|
\v 23 तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।
|
|||
|
\v 24 बासिन्दाहरूले "म बरामी छु" भन्ने छैनन् । त्यहाँ बस्ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 34
|
|||
|
\p
|
|||
|
\v 1 ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्यसलाई भर्ने सबैले, संसार र त्यसबाट आएका सबै थोकले सुन्नुपर्छ ।
|
|||
|
\v 2 किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्नेछ ।
|
|||
|
\v 4 आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्जिरका गलेका अञ्जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्यो आउनेछ ।
|
|||
|
\v 6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।
|
|||
|
\s5
|
|||
|
\v 7 तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 8 किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ ।
|
|||
|
\v 9 एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ ।
|
|||
|
\v 10 त्यो रातदिन जल्नेछ । त्यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 11 तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्नेछन् । लाटोकोसेरो र कागले त्यसमा आफ्ना गुँड बनाउनेछन् । उहाँलले त्यसमाथि नाशको नाप्ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ ।
|
|||
|
\v 12 राज्य भन्नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्ने नै हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 13 त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्नो र सिउँडीहरू उम्रिनेछन् । त्यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ ।
|
|||
|
\v 14 त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।
|
|||
|
\v 15 लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन् कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 16 परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज । यिमध्ये एउटै पनि हराउनेछैन । कसैलाई पनि जोडीको कमी हुनेछैन । किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको छ र उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको छ ।
|
|||
|
\v 17 उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्तासम्म तिनीहरू त्यहाँ बस्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\c 35
|
|||
|
\p
|
|||
|
\v 1 उजाड-स्थान र अरब खुसी हुनेछन् । मरुभूमी आनन्दित हुनेछ र फुल्नेछ । गुलाफजस्तै,
|
|||
|
\v 2 त्यो प्रशस्त गरी फुल्नेछ आनन्द र गीतले रमाउनेछ । लेबनानको गौरव, कार्मेलको र शारोनको प्रताप यसलाई दिइनेछ । तिनीहरूले परमप्रभुको महिमा, हाम्रा परमेश्वरको वैभव देख्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 कमजोर हातहरूलाई बलियो बनाओ र काँप्ने घुँडाहरूलाई सिधा पार ।
|
|||
|
\v 4 डराएका हृदय भएकाहरूलाई भन, "बलियो होओ, नडराओ ! हेर, तिमीहरूका परमेश्वर सट्टा लिएर, परमेश्वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 5 तब अन्धाहरूका आँखाहरूले देख्नछन् र बहिराहरूका कानले सुन्नेछन् ।
|
|||
|
\v 6 तब लङ्गडो मानिस हरिणझैं उफ्रनेछ र गूँगाहरूका जिब्रोले गाउनेछन्, किनकि अरबमा पानीको मुल फुट्नेछ र उजाड-स्थानमा खोलाहरू बग्नेछन् ।
|
|||
|
\v 7 जल्ने बालुवा तलाउ बन्नेछ र सुख्खा जमिन पानीको मुल हुनेछ । कुनै बेला स्यालहरू बस्ने ठाउँहरूमा नर्कट र काँशको घाँस हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 8 त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ । अवित्रहरूले त्यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन ।
|
|||
|
\v 9 त्यहाँ कुनै सिंह हुनेछैन, कुनै डरलाग्दो जङ्गली जनावर हुनेछैन । तिनीहरू त्यहाँ भेट्टइनेछैनन्, तर उद्धार पाएकाहरू त्यहाँ हिंड्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्ट र सुस्केरा भाग्नेछ ।
|
|||
|
\s5
|
|||
|
\c 36
|
|||
|
\p
|
|||
|
\v 1 हिजकिया राजाको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र ति कब्जा गरे ।
|
|||
|
\v 2 तब अश्शूरका राजाले प्रमुख कमाण्डरलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठुलो फौजसहित पठाए । तिनी धोबीहरूको खेततिर जाने मुल बाटोमा माथिल्लो तलाउको नहर छेउमा खडा भए ।
|
|||
|
\v 3 तिनीहरूसँग कुरा गर्न जाने इस्राएली अधिकारीहरूमा दरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, राजाका सचिव शेब्ना र सरकारको निर्णय लेख्ने आसापका छोरा योआ थिए ।
|
|||
|
\s5
|
|||
|
\v 4 प्रमुख कमाण्डरले तिनीहरूलाई भने, "हिजकियालाई भन कि अश्शूरका राजा महाराजाले भन्छन्, 'तिम्रो भरोसाको स्रोत के हो?
|
|||
|
\v 5 युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ?
|
|||
|
\s5
|
|||
|
\v 6 हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्यसले घोच्नेछ र त्यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।
|
|||
|
\v 7 तर, "परमप्रभु हाम्रा परमेश्वरमा हामी भरोसा गरिरहेका छौं” बनेर तिमी मलाई भन्छौ भने, के त्यो उही होइन जसका उच्च स्थानहरू र वेदीहरूलाई हिजकियाले हटाएका छन्, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, "तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ"?
|
|||
|
\s5
|
|||
|
\v 8 यसकारण, अब मेरो मालिक अश्शूरका महाराजाको तर्फबाट म तिमीलाई असल कुरा दिन चाहन्छु । तिमीले घोडचडीहरू भेट्टउन सक्छौ भने, म तिमीलाई दुई हजार घोडाहरू दिनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 9 मेरो मालिकका सेवकहरूमध्ये सबाभन्दा सानो एक जना कप्तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।
|
|||
|
\v 10 अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्नुभयो, "यो देशलाई आक्रमण गर् र त्यसलाई नाश गर् ।"
|
|||
|
\s5
|
|||
|
\v 11 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रमुख कमाण्डरलाई भने, "कृपया, तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस्, किनकि हामी यो बुझ्छौं । पर्खालमा भएका यी मानिसहरूले सुन्ने गरी यहूदाको भाषामा नबोल्नुहोस् ।"
|
|||
|
\v 12 तर प्रमुख कमाण्डरले भने, "के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमाथि बस्ने मानिसहरूलाई पनि यो कुरा भन्न उहाँले मलाई पठाउनुभएको होइन र, जसले तिमीहरूसँगै आफ्नो दिसा खानुपर्छ र आफ्नो पिसाब पिउनुपर्छ?"
|
|||
|
\s5
|
|||
|
\v 13 तब प्रमुख कमाण्डर खडा भए र ठुलो सोरमा यहूदी भाषामा नै यसो भने, "महान् राजा, अश्शूरका महाराजाका कुरा सुन ।
|
|||
|
\v 14 महाराजा भन्नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्नेछैन ।
|
|||
|
\v 15 तिमीहरूलाई यसो भन्दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' ।
|
|||
|
\s5
|
|||
|
\v 16 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्नुहुन्छ, 'मसँग मिलाप गर र मकहाँ बाहिर आओ । तब तिमीहरूमध्ये हरेकले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ ।
|
|||
|
\v 17 तिमीहरूको जस्तै देशमा, अन्न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।'
|
|||
|
\s5
|
|||
|
\v 18 हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?
|
|||
|
\v 19 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले समरियालाई मेरो शक्तिबाट छुटकारा दिएका छन् र?
|
|||
|
\v 20 यी देशहरूका सबै देवताहरूमध्ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् । के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भनेजस्तै कुरा गर्छौ?"
|
|||
|
\s5
|
|||
|
\v 21 तर मानिसहरू चुपचाप बसे र कुनै जवाफ दिएनन्, किनकि "त्यसलाई जवाफ नदिनू" भन्ने राजाको हुकुम थियो ।
|
|||
|
\v 22 तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्त्री शेब्ना र लेखक आसापका छोरा योआले आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्डरका कुरा तिनलाई सुनाए ।
|
|||
|
\s5
|
|||
|
\c 37
|
|||
|
\p
|
|||
|
\v 1 हिजकिया राजाले तिनीहरूको कुरा सुनेपछि, तिनले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्दिरमा गए ।
|
|||
|
\v 2 राजदरवारका निरीक्षक एल्याकीम, र शास्त्री शेब्ना र पुजारीहरूका धर्मगुरुहरूलाई सबैलाई भङ्ग्रा लगाएर तिनले आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनीहरूले उनलाई भने, "हिजकियाले भन्नुहुन्छ, 'आजको दिन बालक जन्माउनलाई प्रसव भएको, तर आफ्नो बलाक जन्माउन आमासँग कुनै बल नभएजस्तो दुःख, हप्की र अपमानको दिन हो ।
|
|||
|
\v 4 सायद तपाईंका परमप्रभु परमेश्वरले प्रमुख कमाण्डरका कुराहरू सुन्नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंको परमेश्वरले सुन्नुभएको कुराको निम्ति उहाँले हप्काउनुहुनेछ । अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस् ।’"
|
|||
|
\s5
|
|||
|
\v 5 त्यसैले हिजकियाले राजाका सेवकहरू यशैयाकहाँ आए,
|
|||
|
\v 6 र यशैयाले तिनीहरूलाई भने, "आफ्ना मालिकलाई भन, 'परमप्रभु भन्नुहुन्छ, "अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका जुन तैंले सुनेको कुरादेखि तँ नडरा ।
|
|||
|
\v 7 हेर्, उसमा म एउटा आत्मा हालिदिनेछु, उसले एउटा खबर सुन्नेछ र ऊ फर्केर आफ्नै देशमा जानेछ । उसको आफ्नै देशमा म उसलाई तरवारले मार्नेछु ।"
|
|||
|
\s5
|
|||
|
\v 8 तब प्रमुख कमाण्डर फर्के र अश्शूरका राजाले लिब्नासँग युद्ध गरिरहेको भेट्टाए, किनकि राजा लाकीशबाट गएका छन् भन्ने तिनले सुनेका थिए ।
|
|||
|
\v 9 तब कूशका राजा तिर्हाकाह र मिश्रदेशले सनहेरीबको विरुद्ध युद्ध सुरु गरे भन्ने तिनले सुने, त्यसैले तिनले हिजकियालाई यस्तो सन्देशसहित दूतहरू पठाएः
|
|||
|
\v 10 "यहूदाका राजा हिजकियालाई यसो भन, 'तिमीले भरोसा गर्ने परमेश्वरले तिमीलाई यसो भनेर छल नगरून्, 'यरूशलेमचाहिं अश्शूरका राजाको हातमा दिइने छैन' ।
|
|||
|
\s5
|
|||
|
\v 11 हेर, अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्ट पारेर के गरेका छन् भन्ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ र?
|
|||
|
\v 12 के मेरा पुर्खाहरूले नष्ट पारेका जातिहरूः गोजान, हारान, रेसेप र तेल-अस्सारका अदनका मानिसहरू देवताहरूले तिनीहरूलाई छुटकारा दिए?
|
|||
|
\v 13 हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरहरूका, हेनाका र इव्वाका राजा कहाँ छन्?"
|
|||
|
\s5
|
|||
|
\v 14 हिजकियाले दूतबाट त्यो पत्र प्राप्त गरे र त्यो पढे । अनि तिनी परमप्रभुको मन्दिरमा गए र त्यसलाई उहाँको सामु फिंजाए ।
|
|||
|
\v 15 हिजकियाले परमप्रभुसँग प्रार्थना गरे,
|
|||
|
\v 16 "हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर, तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्वर हुनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 17 हे परमप्रभु, तपाईंको कान फर्काउनुहोस् र सुन्नुहोस् । हे परमप्रभु तपाईंको आँखा खोल्नुहोस् र हेर्नुहोस्, अनि सनहेरीबका कुरा सुन्नुहोस्, जुन तिनले जीवित परमेश्वरको गिल्ला गर्न पठाएका छन् ।
|
|||
|
\v 18 हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन्, किनकि ति देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ र ढुङ्गाका काम मात्र थिए । त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन् ।
|
|||
|
\v 20 त्यसैले अब, हे परमप्रभु हाम्रो परमेश्वर हामीलाई त्यसको शक्तिबाट बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले जानोस् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ ।"
|
|||
|
\s5
|
|||
|
\v 21 तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, "परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,
|
|||
|
\v 22 परमप्रभुले उसको बारेमा भन्नुभएको वचन यही होः "सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्नो टाउको हल्लाउँछे ।
|
|||
|
\v 23 तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्ना आँखा उचालेको र आफ्नो सोर उच्च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो ।
|
|||
|
\s5
|
|||
|
\v 24 तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्च स्थानहरूमा र लेबनानको उच्च ठाउँहरूमा म गएको छु । यसका अग्ला-अग्ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबभैभन्दा उच्च स्थानहरू, यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा म पस्नेछु ।
|
|||
|
\v 25 मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु ।
|
|||
|
\s5
|
|||
|
\v 26 मैले यसलाई लामो समुअगि नै कसरी निश्चित गरेको छु र यसलाई प्राचीन समयमा नै गरेको छु भन्ने तैंले सुनेको छैनस्? अहिले म यसलाई पुरा गर्दैछु । तँ यहाँ अभेद्य सहरहरूलाई भग्नावशेष बनाउनलाई छस् ।
|
|||
|
\v 27 थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् ।
|
|||
|
\s5
|
|||
|
\v 28 तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ ।
|
|||
|
\v 29 म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्नो बल्छी हाल्नेछु र म आफ्नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।"
|
|||
|
\s5
|
|||
|
\v 30 तेरो निम्ति चिन्ह यो हुनेछ, "यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्नुपर्छ र तिनका फल खानुपर्छ ।
|
|||
|
\s5
|
|||
|
\v 31 यहूदाको घरानाका बाँचेर बाँकी रहेकाहरूले फेरि जरा हाल्नेछन् र फल फलाउनेछन् ।
|
|||
|
\v 32 किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 33 यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्नुहुन्छ, "यो सहरभित्र ऊ आउनेछैन र उसेले यहाँ एउटा वाण पनि हान्नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन ।
|
|||
|
\v 34 जुन बाटोबाट ऊ आयो त्यही बाटोबाट ऊ नै जानेछ । यस सहरभित्र ऊ पस्नेछैन— यो परमप्रभुको घोषणा हो ।
|
|||
|
\s5
|
|||
|
\v 35 किनकि मेरो निम्ति र मेरा सेवक दाऊदको निम्ति, म यो सहरको रक्षा गर्नेछु र यसलाई छुटकारा दिनेछु ।"
|
|||
|
\s5
|
|||
|
\v 36 तब परमप्रभुको दूत गए र अश्शूरीको छाउनीमा आक्रमण गरेर १,८५,००० सिपाहीहरूलाई मारे । बिहान सबेरै मानिसहरू उठे, तब लाशहरू जताततै छरिएका थिए ।
|
|||
|
\v 37 त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल छाडे र घर गए र निनवेमा नै बसे ।
|
|||
|
\s5
|
|||
|
\v 38 पछि, उसले आफ्नो देवता निस्रोकको मन्दिरमा पुजा गरिरहँदा, उसको छोरा अद्रम्मेलेक र शरेसरले तिनलाई तरवारले मारे । त्यसपछि तिनीहरू आरारातको देशमा भागेर गए । त्यसपछि उसको ठाउँमा उसको छोरा एसरहदोनले राज्य गरे ।
|
|||
|
\s5
|
|||
|
\c 38
|
|||
|
\p
|
|||
|
\v 1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, "परमप्रभु भन्नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस्, बाँच्नेछैनस्' ।"
|
|||
|
\v 2 तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।
|
|||
|
\v 3 तिनले भने, "कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्वासयोग्य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्झनुहोस् ।" अनि हिजकिया धुरुधुरु रोए ।
|
|||
|
\s5
|
|||
|
\v 4 तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
|
|||
|
\v 5 "जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्वर यसो भन्नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्न लागेको छु ।
|
|||
|
\v 6 तब म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु र म यो सहरको रक्षा गर्नेछु ।
|
|||
|
\s5
|
|||
|
\v 7 मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ ।
|
|||
|
\v 8 हेर, म आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु ।" त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो, जुन अगि बढेको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 9 यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो,
|
|||
|
\v 10 "मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ ।
|
|||
|
\v 11 मैले भनें परमप्रभुलाई म देख्नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 12 मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।
|
|||
|
\v 13 मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 14 गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।
|
|||
|
\v 15 मैले के भन्न सक्छु र? उहाँ मसँग बोल्ने अनि त्यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।
|
|||
|
\s5
|
|||
|
\v 16 हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।
|
|||
|
\v 17 मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्नो पछाडि फाल्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 18 किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्वस्तताको आशा गर्दैनन् ।
|
|||
|
\v 19 जस्तो म आज गर्दैर्छु, जीवित व्यक्तिले, केवल जीवित व्यक्तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्वस्तता छोराछोरीलाई भन्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 20 परमप्रभुले मलाई बचाउन लाग्नुभएको छ र हामीले परमप्रभुको मन्दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।"
|
|||
|
\s5
|
|||
|
\v 21 यति बेला यशैयाले भनेका थिए, "अञ्जिरको लेप लिनु र त्यसलाई त्यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।"
|
|||
|
\v 22 हिजकियाले पनि भनेका थिए, "म परमप्रभुको मन्दिरमा जानुपर्छ भन्ने कुराको लागि के चिन्ह हुनेछ?"
|
|||
|
\s5
|
|||
|
\c 39
|
|||
|
\p
|
|||
|
\v 1 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए ।
|
|||
|
\v 2 यी कुराहरूमा हिजकिया प्रशन्न भएका थिए । ती दूतहरूलाई आफ्ना चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेलका भण्डार, आफ्ना हतियारहरूका भण्डार र आफ्ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । हिजकियाले तिनीहरूलाई नदेखाएका तिनक दरवारमा र राज्यमा कुनै पनि कुरा थिएन ।
|
|||
|
\s5
|
|||
|
\v 3 त्यसपछि यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, "यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका थिए?" हिजकियाले भने, "तिनीहरू बेबिलोनको टाढा देशबाट मकहाँ आएका हुन् ।"
|
|||
|
\v 4 यशैयाले सोधे, "तिनीहरूले तपाईंको दरवार के कुरा हेरेका छन्?" हिजकियाले जवाफ दिए, "तिनीहरूले मेरो दरवारका हरेक कुरा हेरेका छन् । मेरा बहुमूल्य थोकहरूमस तिनीहरूलाई मैले नदेखाएको कुनै पनि थोक छैन ।"
|
|||
|
\s5
|
|||
|
\v 5 तब यशैयाले हिजकियालाई भने, "सर्वशक्तिमान् परमप्रभुको वचन सुन्नुहोस्,
|
|||
|
\v 6 ‘हेर्, यस्ता दिनहरू आउँदैछन् जति बेला तेरा दरवारमा भएका हरेक कुरा, आजको दिनसम्म तेरा पुर्खाहरूले भण्डारण गरेका कुराहरू बेबिलोनमा लगिनेछ । परमप्रभु भन्नुहुन्छ, कुनै कुरा पनि छोडिनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 7 तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्नेछन् ।’”
|
|||
|
\v 8 तब हिजकियाले यशैयालाई भने, "तपाईंले भन्नुभएको परमप्रभुको वचन असल छ ।" किनकि तिनले सोचे, "मेरो जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।"
|
|||
|
\s5
|
|||
|
\c 40
|
|||
|
\p
|
|||
|
\v 1 तिमीहरूका परमेश्वर भन्नुहुन्छ, "सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।
|
|||
|
\v 2 यरूशलेमसँग कोमलत भएर बोल । अनि त्यसलाई घोषणा गर, त्यसका युद्ध समाप्त भएको छ, त्यसका अधर्म क्षमा गरिएको छ, आफ्ना सबै पापहरूका निम्ति त्यसले परमप्रभुबाट दोब्बर पाएको छ ।"
|
|||
|
\s5
|
|||
|
\v 3 एउटा आवाजले कराउँछ, "उजाड-स्थानमा परमप्रभुको बाटो तयार पार । अरबमा हाम्रा परमेश्वरको निम्ति मुल बाटो सोझो बनाओ ।"
|
|||
|
\v 4 हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ । खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ ।
|
|||
|
\v 5 र परमप्रभुको महिमा प्रकट गरिनेछ र सबै मानिसहरूले एकसाथ यो देख्नेछन् । किनकि परमप्रभुको मुखले यो बोलेको छ ।
|
|||
|
\s5
|
|||
|
\v 6 एउटा आवाजले भन्छ, "करा ।" अर्कोले जवाफ दिन्छ, "मैले के भनेर कराउने?" सबै प्राणी घाँस हो र तिनीहरूका विश्वस्तताका करार सबै खेतबारीका फुलजस्तै हो ।
|
|||
|
\v 7 यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ । निश्चय नै मानवहरू घाँसै हुन् ।
|
|||
|
\v 8 घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्वरको वचन सदासर्वदा रहन्छ ।"
|
|||
|
\s5
|
|||
|
\v 9 ए सुसमाचार ल्याउनेहरू हो, उच्च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, "तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ !"
|
|||
|
\v 10 हेर, परमप्रभु परमेश्वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 11 एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्मा गर्नुहुन्छ र तिनीहरूलाई आफ्ना हृदयको छेउमा बोक्नुहुन्छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्याउनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 12 पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ?
|
|||
|
\s5
|
|||
|
\v 13 परमप्रभुको मनलाई कसले बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई कसले सिकाएको छ?
|
|||
|
\v 14 कसबाट उहाँले कुन बेला सुझाव पाउनुभयो? उहाँलाई कुराहरू गर्ने ठिक तरिका कसले सिकाएको छ, अनि उहालाई कसले ज्ञान सिकाएको वा उहाँलाई कसले समझको बाटो देखाएको छ?
|
|||
|
\s5
|
|||
|
\v 15 हेर, जातिहरू बाल्टीमा एक थोपा पानीजस्तै हुन् र तराजुहरूमा धूलोजस्तै ठानिन्छ । हेर, उहाँलले टापुहरूलाई छेस्कोझैं जोख्नुहुन्छ ।
|
|||
|
\v 16 लेबनान दउराको निम्ति पर्याप्त छैन न त यसका जङ्गली जनावरहरू होम बलिको निम्ति पर्याप्त छन् ।
|
|||
|
\v 17 उहाँको सामु सबै जातिहरू अपर्याप्त छन् । उहाँले तिनीहरूलाई केही जस्तो पनि ठान्नुहुन्न ।
|
|||
|
\s5
|
|||
|
\v 18 तब तिमीहरूले परमेश्वरलाई केसँग तुलना गर्नेछौ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ?
|
|||
|
\v 19 एउटा मूर्ती ! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ र यसको निम्ति चाँदीको सिक्री बनाउँछ ।
|
|||
|
\v 20 बलि चढाउनलाई कसैले अग्राखकै दाउरा ल्याउँछ । नढल्ने मूर्ती बनाउन उसले एक जना निपुण कारीगर खोज्छ ।
|
|||
|
\s5
|
|||
|
\v 21 के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?
|
|||
|
\v 22 पृथ्वीको क्षितिजभन्दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्छ । अनि यसका बासिन्दाहरू उहाँको सामु फट्याङ्ग्राहरू जस्तै छन् । आकाशहरूलाई उहाँले पर्दाझैं तन्काउनुहुन्छ र तिनीहरूलाई बस्ने पालझैं फिंजाउनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 23 उहाँले शासकहरूलाई बकामको बनाउनुहुन्छ र पृथ्वीका शासकहरूलाई नगन्य बनाउनुहुन्छ ।
|
|||
|
\v 24 ती रोपिनेबित्तिकै, छरिनेबित्तिकै, तिनका जरा जमिन पर्नेबित्तिकै, जब उहाँले तिमाथि फुक्नुहुन्छ, तब तिनीहरू ओइलाउँन्, र हावाले तिनलाई परालझैं लैजान्छ ।
|
|||
|
\s5
|
|||
|
\v 25 परमपवित्र भन्नुहुन्छ, "तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म कोजस्तो छु?"
|
|||
|
\v 26 माथि आकाशमा हेर ! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ । उहाँको शक्तिको माहन्ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 27 ए याकूब, तँ किन यसो भन्छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, "मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्वरले मेरो बदलाको वास्ता गर्नुहुन्न"?
|
|||
|
\v 28 के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्वर, पृथ्वीको अन्तसम्मका सृष्टिकर्ता थकित वा हैरान बन्नुहुन्न । उहाँको समझको कुनै सिमा छैन ।
|
|||
|
\s5
|
|||
|
\v 29 उहाँले थकितहरूलाई बल दिनुहुन्छ । अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ ।
|
|||
|
\v 30 जवान मानिसहरू पनि थकित र हैरान हुन्छन्, अनि जवानहरूले ठेस खान्छन् र ढल्छन्:
|
|||
|
\v 31 तर परमप्रभुमा आशा गर्नेहरूले आफ्नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।
|
|||
|
\s5
|
|||
|
\c 41
|
|||
|
\p
|
|||
|
\v 1 ए समुद्री किनारहरू, मेरो सामु चुपचाप सुन । जातिहरूले आफ्ना बल नयाँ बनाऊन् । तिनीहरू नजिक आऊन् र बोलून् । एउटा विवादको बारेमा बहस गर्न हामी एकसाथ भेला हौं ।
|
|||
|
\v 2 आफ्नो काम धार्मिकतामा गर्नलाई पुर्वको एक जनालाई बोलाएर कसले उत्तेजित पारेको छ? उहाँले जातिहरूलाई तिनीकहाँ सुम्पनुहुन्छ र राजाहरूलाई अधीन गर्न तिनलाई सहायता गर्नुहुन्छ । आफ्नो धनुको हावाले उडाएको पतकरझैं, तिनले उनीहरूलाई तरवारले जमिनमा ढाल्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनले उनीहरूलाई लखेट्छन् र छिटो पुग्ने बाटोद्वारा आफ्ना खुट्टाले जमिन नछोएझैं गरी तिनले सुरक्षित रूपमा भेट्टाउँछन् ।
|
|||
|
\v 4 कसले यी कामहरू गरेको र पुरा गरेको छ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको छ? म, परमप्रभु पहिलो र अन्तिम म नै हुँ ।
|
|||
|
\s5
|
|||
|
\v 5 टापुहरूले देखेका छन् र डराएका छन् । पृथ्वीका अन्तिम छेउहरू थरथर काम्छन् । तिनीहरू तयार हुन्छन् र आउँछन् ।
|
|||
|
\v 6 हरेकले आ-आफ्ना छिमेकीलाई सहायता गर्छ र हरेकले एकआपसमा भन्छन्, 'उत्साहित होओ ।'
|
|||
|
\v 7 त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्डिङ् गर्न उत्साह दिन्छ । तिनीहरूले त्यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस् ।
|
|||
|
\s5
|
|||
|
\v 8 तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान,
|
|||
|
\v 9 तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन ।
|
|||
|
\s5
|
|||
|
\v 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्नो धर्मी दाहिने हातले म तँलाई थाम्नेछु ।
|
|||
|
\s5
|
|||
|
\v 11 हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 12 तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्नेछस् र पाउनेछैनस् । तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन् ।
|
|||
|
\v 13 किनकि म, परमप्रभु तेरो परमेश्वरले तेरो दाहिने हात समातेर यसो भन्नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'
|
|||
|
\s5
|
|||
|
\v 14 नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।
|
|||
|
\v 15 हेर्, म तँलाई नयाँ र दुई धारहरू भएको एउटा अन्न कुट्ने हतियार बनाउँदैछु । तैंले पहाडहरूलाई कुट्नेछस् र तिनीहरूलाई कुल्चनेछस् । तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस् ।
|
|||
|
\s5
|
|||
|
\v 16 तैंले तिनीहरूलाई निफन्नेछस् र हावाले तिनीहरूलाई उडाएर लानेछ । हावाले तिनीहरूलाई तितरबितर पार्नेछ । तँ परमप्रभुमा रमाउनेछस्, इस्राएका परमपवित्रमा तँ आनन्दित हुनेछस् ।
|
|||
|
\s5
|
|||
|
\v 17 अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैन ।
|
|||
|
\v 18 ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु । मरुभूमीमा पानीको तलाउ र सुख्खा जमिनमा पानीको मुल म बनाउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 19 उजाड-स्थानमा म देवदारु, बबुल, मेंहदी र जैतूनको रूख रोप्नेछु । मैले धूपी र सल्लालाई उजाड मैदानमा म खडा गर्नेछु ।
|
|||
|
\v 20 परमप्रभुको हातले नै यसो गरेको छ, इस्राएलको परमपवित्रले नै यसलाई सृजनुभएको छ, भनेर मानिसहरूले हेरून्, चिनून् अनि बुझून् भन्ने उदेश्यले म यो गर्नेछु ।
|
|||
|
\s5
|
|||
|
\v 21 परमप्रभु भन्नुहुन्छ, "तेरो मुद्दा पेस गर् ।" याकूबका राजा भन्नुहुन्छ, "तेरा मूर्तीहरूका निम्ति तेरा उत्तम बहसहरू पेस गर् ।"
|
|||
|
\v 22 तिनीहरूले आ-आफ्ना बहसहरू ल्याऊन् । तिनीहरू अघि आऊन् र के हुनेछ भनी बताऊन्, ताकि हामीले यी कुराहरू राम्ररी जान्न सक्छौं । तिनीहरूले हामीलाई सुरुका अगमवाणीका कुराहरू भनून्, ताकि हामीले तिनमा विचार गरौं र ती कसरी पुरा भए जानौं ।
|
|||
|
\s5
|
|||
|
\v 23 भविष्यको बारेमा कुराहरू भन, ताकि तिमीहरू देवहरू हौ भनी हामी जान्न सकौं । कुनै असल वा खराब गर, ताकि हामी डराऔं वा प्रभावित बनौं ।
|
|||
|
\v 24 हेर्, मूर्तीहरू केही पनि होइनन्, र तिमीहरूका कामहरू केही पनि होइनन् । तिमीहरूलाई रोज्ने मानिस घृणित हुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 25 उत्तरबाट मैले एक जनालाई खडा गरेको छु, र त्यो आउँछ । सुर्य उदय हुने दिशाबाट त्यसलाई म बोलाउँछु, जसले मेरो नाउँ पुकार्छ, अनि हिलोलाई झैं, माटोलाई कुल्चने कुमालेले झैं त्यसले शासकहरूलाई कुल्चनेछ ।
|
|||
|
\v 26 यसलाई कसले सुरुदेखि नै घोषणा गर्यौ, ताकि हामीले जान्न सकौं? "उहाँ ठिक हुनुहुन्छ" भनी हामीले भन्नुभन्दा पहिले ? वास्तवमा, तिनीहरू कसैले पनि यो घोषणा गरेनन्, हो, तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन ।
|
|||
|
\s5
|
|||
|
\v 27 मैले पहिले सियोनलाई भनें, "हेर, तिनीहरू यहाँ छन् ।" मैले यरूशलेममा एक जना दूतलाई पठाएँ ।
|
|||
|
\v 28 मैले हेर्दा त्यहाँ कोही पनि छैन, असल सल्लाह दिने तिनीहरूका माझमा कोही पनि छैन । मैले सोध्दा एक शब्द जवाफ दिने कोही छैन ।
|
|||
|
\v 29 हेर, ती सबै केही पनि होइनन्, अनि तिनीहरूका कामहरू केही पनि होइनन् । तिनीहरूका ढालेका धातुका आकृतिहरू हावा र रित्ता हुन् ।
|
|||
|
\s5
|
|||
|
\c 42
|
|||
|
\p
|
|||
|
\v 1 हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
|
|||
|
\v 2 तिनी कराउनेछैनन् न चिच्याउनेछन्, न तिनको आवाज सडकहरूमा सुनाउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनले फुटेको निगालोलाई भाँच्नेछैनन्, अनि मधुरो बत्तीलाई तिनले निभाउनेछैनन् : तिनले विश्वस्ततासाथ न्याय गर्नेछन् ।
|
|||
|
\v 4 पृथ्वीमा तिनले न्याय स्थापित नगरेसम्म तिनी मूर्छा पर्नेछैनन्, न निराश हुनेछन् । अनि समुद्र किनारहरूले तिनको न्यायको आशा गर्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 आकाश सृष्टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्न गर्ने सबै थोक बनाउनुहुने, त्यसमा मानिसहरूलाई सास दिनुहुने र त्यसमा बस्नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः
|
|||
|
\v 6 "म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,
|
|||
|
\s5
|
|||
|
\v 7 अन्धाहरूका आँखा खोलिदिन, कालकोठरीबाट कैदीहरूलाई छुटकारा दिन र अन्धकारमा बस्नेहरूलाई बन्दीगृहबाट छुटकारा दिन ।
|
|||
|
\s5
|
|||
|
\v 8 म परमप्रभु हुँ, मेरो नाउँत्यही हो । म आफ्नो महिमा अर्कोलाई दिनेछैन न म आफ्नो प्रशंसा मूर्तीहरूलाई दिन्छु ।
|
|||
|
\v 9 हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु । ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्नेछु ।”
|
|||
|
\s5
|
|||
|
\v 10 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ र पृथ्वीको अन्तिम छेउबाट उहाँको प्रशंसा गाओ । तिमीहरू जो तल समुद्रमा जान्छौ, र त्यसमा भएका सबैले, समुद्री किनारहरू र त्यहाँ बस्नेहरूले ।
|
|||
|
\v 11 मरुभूमि र सहरहरूले सोर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन् ! सेला काबासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् ।
|
|||
|
\s5
|
|||
|
\v 12 तिनीहरूले परमप्रभुलाई महिमा दिऊन् र समुद्र किनारहरूमा उहाँको प्रशंसाको घोषणा गरून् ।
|
|||
|
\v 13 परमप्रभु एउटा युद्धाझैं बाहिर निस्कनुहुनेछ । एक जना योद्धाले झैं उहाँले आफ्नो जोश जगाउनुहुनेछ । उहाँ करानुहुनेछ, हो, उहाँले युद्धाको ध्वनि निकाल्नुहुनेछ । उहाँले आफ्ना शत्रुहरूलाई आफ्नो शक्ति देखाउनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 14 म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।
|
|||
|
\v 15 म पहाडहरू र पर्वतहरूलाई उजाड पारेर छोड्नेछु र तिनका सबै बोटबिरुवालाई सुख्खा बनाउनेछु । अनि नदीहरूलाई टापुहरूमा म परिणत गर्नेछु र सिमसारहरू सुख्खा हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 16 अन्धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 17 तिनीहरूलाई फर्काइनेछ, तिनीहरूलाई पुर्ण रूपमा लाजमा पारिनेछ, जसले कुँदिएको आकृतिहरूमा भरोसा गर्छन्, जसले धातुका आकृतिहरूलाई भन्छन्, "तपाईंहरू हाम्रा ईश्वरहरू हुनुहुन्छ" ।
|
|||
|
\s5
|
|||
|
\v 18 ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्न सक ।
|
|||
|
\v 19 मेरो सेवकबाहेक को अन्धा छ? वा मैले पठाएको मेरो दूतबहेक को बहिरो छ? मेरो करारको साझेदारजस्तो बहिरो वा परमप्रभुको सेवकजस्तो अन्धा को छ?
|
|||
|
\s5
|
|||
|
\v 20 तैंले धेरै थोक देख्छस्, तर बुझ्दैनस् । कानहरू खुल्ला छन्, तर कसैले सुन्दैन ।
|
|||
|
\v 21 आफ्नो न्यायको प्रशंसा गर्न र आफ्नो व्यावस्थालाई महिमित पार्न परमप्रभु खुसी हुनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 22 तर यिनीहरू ठगिएका र लुटिएका मानिसहरू हुन् । तिनीहरू सबै खल्डाहरूमा जाकिएका, कैदहरूमा राखिएका छन् । तिनीहरू कसैले उद्धार नगर्ने लूटका माल भएका छन् र कसैले यसो भन्दैन, "तिनीहरूलाई फिर्ता ल्याओ ।"
|
|||
|
\s5
|
|||
|
\v 23 तिमीहरूमध्ये कसले यो सुन्नेछ? भविष्यमा कसले सुन्नेछ र ध्यान दिनेछ?
|
|||
|
\v 24 याकूबलाई कसले लुटेराको हातमा र इस्राएललाई लुटाहाको हातमा सुम्प्यो? के परमप्रभुले नै होइन, जसको विरुद्धमा हामीले पाप गरेका छौं, जसको बाटोमा हिंड्न तिनीहरू इन्कार गरे र जसको व्यावस्था पालन गर्न तिनीहरूले इन्कार गरे?
|
|||
|
\s5
|
|||
|
\v 25 यसकारण उहाँले तिनीहरूमाथि आफ्नो डरलग्दो क्रोध र युद्धको हिंसा खन्याउनुभयो, त्यसको ज्वालाले तिनीहरूलाई घेर्यो, तापनि तिनीहरूले बुझेनन् । त्यसले तिनीहरूलाई भस्म पार्यो, तर तिनीहरूले त्यसलाई मनमा लिएनन् ।
|
|||
|
\s5
|
|||
|
\c 43
|
|||
|
\p
|
|||
|
\v 1 तर अब ए याकूब तँलाई सृष्ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः "नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।
|
|||
|
\s5
|
|||
|
\v 2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
|
|||
|
\v 3 किनकि म परमप्रभु तेरो परमेश्वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।
|
|||
|
\s5
|
|||
|
\v 4 तँ मेरो दृष्टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।
|
|||
|
\v 5 नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्चिमबाट जम्मा पार्नेछु ।
|
|||
|
\s5
|
|||
|
\v 6 म उत्तरलाई, 'तिनीहरूलाई सुम्पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्याओ ।
|
|||
|
\v 7 मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।
|
|||
|
\s5
|
|||
|
\v 8 आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्याओ ।
|
|||
|
\v 9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्टि गरून् ।
|
|||
|
\s5
|
|||
|
\v 10 परमप्रभु घोषणा गर्नुहुन्छ, "तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्वास गर र म उही हुँ भनी बुझ । मभन्दा पहिले त्यहाँ कुनै ईश्वर बनेको थिएन, र न मपछि कुनै ईश्वर हुनेछ ।
|
|||
|
\v 11 म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।
|
|||
|
\s5
|
|||
|
\v 12 मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्वर हुँ," परमप्रभु घोषणा गर्नुहुन्छ ।
|
|||
|
\v 13 आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?"
|
|||
|
\s5
|
|||
|
\v 14 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ, "तिमीहरूका निम्ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु ।
|
|||
|
\v 15 म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्टिकर्ता, तेरो राजा हुँ ।"
|
|||
|
\s5
|
|||
|
\v 16 परमप्रभु यसो भन्नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,
|
|||
|
\v 17 जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।)
|
|||
|
\s5
|
|||
|
\v 18 "यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर ।
|
|||
|
\v 19 हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 20 खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्छु,
|
|||
|
\v 21 यी मानिसहरू जसलाई मैले आफ्नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।
|
|||
|
\s5
|
|||
|
\v 22 तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् ।
|
|||
|
\v 23 तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु ।
|
|||
|
\s5
|
|||
|
\v 24 तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्ना दुष्ट कामहरू थकित बनाएको छस् ।
|
|||
|
\s5
|
|||
|
\v 25 हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्नै निम्ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्नो मनमा राख्नेछैनँ ।
|
|||
|
\v 26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्छस् ।
|
|||
|
\s5
|
|||
|
\v 27 तेरो पहिलो बुबाले पाप गर्यो, अनि तेरा अगुवाहरूले मेरो विरुद्ध अपराद गरेका छन् ।
|
|||
|
\v 28 यसकारण म पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु । म याकूबलाई पुर्ण विनाशको निम्ति र इस्राएललाई अपमानपुर्ण निन्दाको निम्ति सुम्पनेछु ।"
|
|||
|
\s5
|
|||
|
\c 44
|
|||
|
\p
|
|||
|
\v 1 ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:
|
|||
|
\v 2 परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्नुहुन्छ, "ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।
|
|||
|
\s5
|
|||
|
\v 3 किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीमाथि मेरो आशिष् म खन्याउनेछु ।
|
|||
|
\v 4 तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 कसैले भन्नेछ, "म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, "म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।
|
|||
|
\s5
|
|||
|
\v 7 मजस्तो को छ? आफ्ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।
|
|||
|
\s5
|
|||
|
\v 8 नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः "के मबाहेक अरू कुनै परमेश्वर छ र? त्यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।"
|
|||
|
\s5
|
|||
|
\v 9 मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्न हुने थोकहरू व्यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्न वा जान्न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।
|
|||
|
\v 10 कसले देवतालाई आकार दिन्छ वा व्यार्थको मूर्ती खोप्छ?
|
|||
|
\s5
|
|||
|
\v 11 हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लजज्जित हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 12 सुनारले आफ्ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्यो बनाउँछ । उसले त्यसलाई घनले आकार दिन्छ र आफ्नो बलियो पाखुराले त्यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मुर्छा पर्छ ।
|
|||
|
\s5
|
|||
|
\v 13 सिकर्मीले काठलाई धागोले नाप्छ र कलमले त्यसमा चिन्ह लगाउँछ । उसले आफ्ना औजारहरूले त्यसलाई आकार दिन्छ र कम्पासले त्यसमा चिनो लगाउँछ । उसले त्यसलाई आकर्षक मानिसजस्तै मानिसको आकारमा बनाउँछ, ताकि त्यो घरमा नै रहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 14 उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्यसलाई बढाउँछ ।
|
|||
|
\s5
|
|||
|
\v 15 अनि मानिसले त्यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्यसपछि उसले त्यसबाट एउटा देउता बनाउँछ र त्यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्यसमा घोप्टो पर्छ ।
|
|||
|
\v 16 आफूले खाने मासु पकाउँछ त्यो रूखका केही भागलाई उसले दाउरा बाल्छ । उसले खान्छ र तृप्त हुन्छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, "ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।"
|
|||
|
\s5
|
|||
|
\v 17 बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्नो खोपेको मूर्ती बनाउँछ । त्यसमा ऊ घोप्टो पर्छ र त्यसको आदर गर्छ, र यसो भन्दै त्यसमा प्रार्थना चढाउँछ, "मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्वर हुनुहुन्छ ।"
|
|||
|
\s5
|
|||
|
\v 18 तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्न नै सक्दैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, "मैले रूखका केही भाग दाउरा बालें । हो, त्यसको भुङ्ग्रोमा मैले रोटी पनि पकाएको छु । त्यसको भुङ्ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?"
|
|||
|
\s5
|
|||
|
\v 20 यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्छ, "मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो ।"
|
|||
|
\s5
|
|||
|
\v 21 ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: "मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।
|
|||
|
\v 22 तेरा विद्रोहका कामहरूलाई एउटा बाक्लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।
|
|||
|
\s5
|
|||
|
\v 23 ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्नो महिमा प्रकट गर्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 24 तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः "म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।
|
|||
|
\v 25 हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्नेलाई घृणा गर्ने म नै हुँ । यस्ता बुद्धिमान्हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।
|
|||
|
\s5
|
|||
|
\v 26 आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्नावशेषहरूलाई खडा गर्नेछु ।'
|
|||
|
\v 27 जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'
|
|||
|
\s5
|
|||
|
\v 28 कोरेसलाई यसो भन्नुहुने परमप्रभु नै हुनुहुन्छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।"
|
|||
|
\s5
|
|||
|
\c 45
|
|||
|
\p
|
|||
|
\v 1 आफ्नो अभिषिक्त कोरेसलाई परमप्रभुले यसो भन्नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्त्र पार्न र ढोकाहरू खुल्ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः
|
|||
|
\s5
|
|||
|
\v 2 "म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु।
|
|||
|
\v 3 अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्न सक्छस् कि म परमप्रभु इस्राएलका परमेश्वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।
|
|||
|
\s5
|
|||
|
\v 4 मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।
|
|||
|
\v 5 म परमप्रभु हुँ र त्यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्जित पार्नेछु ।
|
|||
|
\v 6 ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।
|
|||
|
\s5
|
|||
|
\v 7 म नै ज्योति बनाउँछु र अन्धकारको सृष्टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।
|
|||
|
\v 8 ए आकाश, माथिबाट वर्षा झार् ! आकाशले धार्मिकताको वर्षा गओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्ति उम्रिहोस् र त्योसँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्टि गरेको हो ।
|
|||
|
\s5
|
|||
|
\v 9 त्यसलाई धिक्कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ ! के माटोले कुमालेलाई यसो भन्छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन ?’
|
|||
|
\s5
|
|||
|
\v 10 धिक्कार त्यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्माउनुभयो?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्म दिनुभयो ?'
|
|||
|
\s5
|
|||
|
\v 11 इस्राएलका सृष्टिकर्ता परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?'
|
|||
|
\s5
|
|||
|
\v 12 मैले नै पृथ्वी बनाएँ, अनि त्यसमा मानिसको सृष्टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।
|
|||
|
\s5
|
|||
|
\v 13 मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ," सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 14 परमप्रभु यसो भन्नुहुन्छ, "मिश्रदेशको कमाइ र शेबाका अग्ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्दै तँसँग बिन्ति गर्नेछन्, 'निश्चय पनि परमेश्वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।"
|
|||
|
\v 15 हे इस्राएलका परमेश्वर, उद्धारक, साँच्चै तपाईं परमेश्वर हुनुहुन्छ, जसले आफैलाई लुकाउनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 16 तिनीहरू सबै एकसाथ लज्जित र अपमानित हुनेछन् । मूर्ती बनाउनेहरू अपमानमा हिंड्नेछन् ।
|
|||
|
\v 17 तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्जित वा अपमानित हुनेछैनस् ।
|
|||
|
\s5
|
|||
|
\v 18 आकाशको सृष्टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्टि गर्ने र त्यसलाई बनाउने र त्यसलाई स्थापित गर्ने साँचो परमेश्वर यसो भन्नुहुन्छ । उहाँले नै त्यसको सृष्टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः "म नै परमप्रभु हुँ र त्यहाँ अरू कोही छैन ।
|
|||
|
\s5
|
|||
|
\v 19 मैले गुप्तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन । मैले याकूबका सन्तानलाई, ‘व्यार्थमा मेरो खोजी गर' भनेको छैन । म परमप्रभु हुँ, जसले विश्वस्ततासाथ बोल्छु । ठिक कुराहरूको घोषणा म गर्छु ।
|
|||
|
\s5
|
|||
|
\v 20 आफूलाई भेला पार र आओ ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्ने देवताहरूसँग प्रार्थना गर्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 21 नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
|
|||
|
\s5
|
|||
|
\v 22 ए पृथ्वीका अन्तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन ।
|
|||
|
\v 23 म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्नेछ, हरेक जिब्रोले स्विकार गर्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 24 तिनीहरूले मेरो बारेमा यसो भन्नेछन्, "परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।" उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् ।
|
|||
|
\v 25 परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\c 46
|
|||
|
\p
|
|||
|
\v 1 बेल झुक्छ, नेबो निहुरिन्छ । तिनीहरूका मूर्तिहरूलाई जनावरहरू र भारी बोक्ने पशुहरूले बोक्छन् । तिमीहरूले बोक्ने यी मूर्तीहरू थकित पशुहरूका निम्ति गह्रौँ बारी हुन्छन् ।
|
|||
|
\v 2 तिनीहरू एकसाथ झुक्छन् र घुँडा टेक्छन् । तिनीहरूले मुर्तिहरूलाई छुटकारा दिन सक्दैनन् र तिनीहरू आफै कैदमा गएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।
|
|||
|
\v 4 तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्ने बेलामा पनि म तिमीहरूलाई बोक्नेछु । मैले तँलाई बनाएँ र म नै तँलाई बोक्नेछु । म तँलाई बोक्नेछु र म तँलाई छुटकारा दिनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 5 मलाई कोसँग तुलना गर्नेर्छस्? म कोजस्तो छु जस्तो लाग्छ ताकि हामीलाई तुलना गर्न सकियोस्?
|
|||
|
\v 6 मानिहरूले झोलाबाट सुन खन्याउँछन् र चाँदीलाई तराजुमा जोख्नेछन् । तिनीहरूले सुनारलाई ज्याला लिन्छन् र त्यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्यसको सामु घोप्टो पर्छन् र त्यसको पुजा गर्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 7 तिनीहरूले त्यसलाई आफ्नो काँधमा राख्छन् र त्यो बोक्छन् । तिनीहरूले त्यसलाई एक ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा हुन्छ र त्यो हलचल गर्दैन । तिनीहरू त्यससँग पुकारा गर्छन्, तर त्यसले जवाफ दिन सक्दैन न कुनै व्यक्तिको कष्टबाट उसलाई छुटकारा दिन नै सक्छ ।
|
|||
|
\s5
|
|||
|
\v 8 ए विद्रोहीहरू, यी कुराहरूका बारेमा विचार गर । तिनलाई कदापि बेवास्त नगर ।
|
|||
|
\v 9 पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन । म परमेश्वर हुँ र मजस्तो अरू कोही छैन ।
|
|||
|
\s5
|
|||
|
\v 10 सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्न सक्छु । म भन्छु, "मेरो योजना पुरा हुनेछ र मलाई जस्तो इच्छा लाग्छ त्यस्तै म गर्नेछु ।"
|
|||
|
\v 11 शिकारी चरालाई म पुर्वबाट बोलाउँछु, मैले रोजेको मानिसलाई म टाढा देशबाट बोलाउँछु । हो, मैले बोलेको छु । मैले यसलाई पुरा पनि गर्नेर्छु । मैले उद्देश्य राखेको छु, म त्यो पुरा गर्नेछु ।
|
|||
|
\s5
|
|||
|
\v 12 ए हठी मानिसहरू, मेरो कुरा सुन, जो ठिक कुरा गर्नबाट टाढै बस्छौ ।
|
|||
|
\v 13 म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु । त्यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्दरता म दिनेछु ।
|
|||
|
\s5
|
|||
|
\c 47
|
|||
|
\p
|
|||
|
\v 1 ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।
|
|||
|
\v 2 जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।
|
|||
|
\s5
|
|||
|
\v 3 तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।
|
|||
|
\v 4 सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।
|
|||
|
\v 5 कल्दीकी छोरी, शान्त बस् र अँध्यारोमा जा । किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 6 म आफ्ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् ।
|
|||
|
\v 7 तैंले भनिस्, "म सदासर्वदा प्रभुत्वशाली रानी भएर राज्य गर्नेछु ।" यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् ।
|
|||
|
\s5
|
|||
|
\v 8 त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, "म अस्तित्वमा छु, र मजस्तो त्यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।"
|
|||
|
\v 9 तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्किका साथ आउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 तैंले आफ्ना दुष्टतामा भरोसा गरिस् । तैंले भनेको छस्, "मलाई कसैले देख्दैन ।" तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्नो मनमा भन्छस्, "म अस्तित्वमा छु, त्यहाँ मजस्तो अरू कोही छैन ।"
|
|||
|
\v 11 तँमाथि विपत्ति आइपर्नेछ । आफ्नो मन्त्रतन्त्रले तैंले त्यो धपाउन सक्नेछैनस् । तँमाथि विनाश आउनेछ । तैंले त्यसलाई तर्काउन सक्नेछैनस् । तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 12 आफ्नो तन्त्रमन्त्र र आफ्ना धेरै टुनामुनामा निरन्तर लाग्, जसलाई तैंले आफ्नो बाल्यकालदेखि नै विश्वस्ततासाथ उच्चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् ।
|
|||
|
\v 13 तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् ।
|
|||
|
\s5
|
|||
|
\v 14 हेर, ती परालको झ्यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्नलाई आगो छैन !
|
|||
|
\v 15 तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्ने त्यहाँ कोही छैन ।"
|
|||
|
\s5
|
|||
|
\c 48
|
|||
|
\p
|
|||
|
\v 1 ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।
|
|||
|
\v 2 किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
|
|||
|
\s5
|
|||
|
\v 3 "मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए ।
|
|||
|
\v 4 किनभने तिमीहरू हठी भएको म जान्दथें, तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसाजस्तै थियो,
|
|||
|
\v 5 यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्न सक्नेछैनौ, 'मेरो मूर्तीले त्यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’
|
|||
|
\s5
|
|||
|
\v 6 तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ । यी सबै प्रमाणलाई हेर । अनि के मैले जे भनें सो सत्य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु ।
|
|||
|
\v 7 अहिले र पहिलेदेखि होइन, तिनीहरू अस्तित्वमा आउँछन् र आजभन्दा पहिले तिनीहरूका बारेमा तिमीहरूले सुनेका छैनौ, त्यसैले तिमीहरूले यसो भन्न सक्दैनौ, 'हो, तिनीहरूका बारेमा मलाई थाहा थियो ।'
|
|||
|
\s5
|
|||
|
\v 8 तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।
|
|||
|
\s5
|
|||
|
\v 9 मेरै नाउँको निम्ति म आफ्नो क्रोधलाई ढिला गर्नेछु, मेरो इज्जतको निम्ति म तिमीहरूलाई नाश गर्न रोक्नेछु ।
|
|||
|
\v 10 हेर, तिमीहरूलाई मैले शुद्ध पारें, तर चाँदीलाई झैं होइन । तिमीहरूलाई मैले दुःखकष्टको भट्टीमा शुद्ध पारेको छु ।
|
|||
|
\v 11 मेरै निम्ति, मेरै निम्ति म काम गर्नेछु । किनकि मेरो नाउँलाई म कसरी अपवित्र हुन दिन सक्छु र? म आफ्नो महिमा अरू कसैलाई दिनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 12 ए याकूब, मेरो कुरा सुन्, ए इस्राएल जसलाई मैले बोलाएँ: म उही हुँ । म पहिलो हुँ र म अन्तिम पनि हुँ ।
|
|||
|
\v 13 हो, मेरो हातले पृथ्वीको जग बसाल्यो र मेरो दाहिने हातले आकाश फिंजायो । जब म तिनीहरूलाई बोलाउँछु, तब तिनीहरू एकसाथ खडा हुन्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 14 तिमीहरू सबैले आफूलाई भेला पार र सुन ! तिमीहरूका माझमा कसले यी कुराहरू घोषणा गरेको छ? परमप्रभुको मित्रले बेबिलोनविरुद्ध उहाँको उद्देश्य पुरा गर्ने छ । कल्दीहरूका विरुद्धमा उसले परमप्रभुको इच्छा पुरा गर्नेछन् ।
|
|||
|
\v 15 म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 16 मेरो नजिक आओ र यो कुरा सुनः "सुरुदेखि नै मैले गुप्तमा बोलेको छैन । जब यो हुन्छ, तब म त्यहाँ हुन्छु ।" अहिले परमप्रभु परमेश्वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 17 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ, "म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्याउँछ ।
|
|||
|
\v 18 तिमीहरूले मेरा आज्ञाहरू मात्र पालन गरेका भए । तिमीहरूका शान्ति र समृद्धि नदीझैं बग्ने थियो र तिमीहरूका उद्धार समुद्रको छालझैं हुनेथियो ।
|
|||
|
\s5
|
|||
|
\v 19 तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।
|
|||
|
\s5
|
|||
|
\v 20 बेबिलोनबाट बाहिर आओ ! कल्दीहरूबाट भाग ! गुञ्जयमान् आवाजसँगै यो घोषणा गर ! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'
|
|||
|
\s5
|
|||
|
\v 21 उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।
|
|||
|
\v 22 त्यहाँ दुष्टहरूलाई शान्ति हुँदैन,’ परमप्रभु भन्नुहुन्छ ।"
|
|||
|
\s5
|
|||
|
\c 49
|
|||
|
\p
|
|||
|
\v 1 ए समुद्र किनारमा बस्नेहरू हो, मेरो कुरा सुन ! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।
|
|||
|
\v 2 उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्नो ठोक्रोमा लुकाउनुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 3 उहाँले मलाई भन्नुभयो, "ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्नो महिमा देखाउँछु ।"
|
|||
|
\v 4 तर मैले जवाफ दिएँ, "मैले व्यार्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें, तापनि मेरो न्याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्वरसँग छ ।"
|
|||
|
\s5
|
|||
|
\v 5 अब परमप्रभु बोल्नुभएको छ—उहाँ नै हुनुहुन्छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्टिमा मेरो इज्जत भएको छ र मेरो परमेश्वर नै मेरो बल हुनुभएको छ—
|
|||
|
\v 6 अनि उहाँ भन्नुहुन्छ, "याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्तिम छेउसम्म तँ नै मेरो उद्धार हुन सक्छस् ।"
|
|||
|
\s5
|
|||
|
\v 7 जातिहरूले तुच्छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, "विश्वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्नुभएको हुनाले राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्नेछन् र घोप्टो पर्नेछन् ।"
|
|||
|
\s5
|
|||
|
\v 8 परमप्रभु यसो भन्नुहुन्छ, "मैले आफ्नो कृपा देखाउन निश्चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्ती बसाल्न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 9 तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 10 तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्छ, उहाँले तिनीहरूलाई डोर्याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ ।
|
|||
|
\v 11 तब आफ्ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।"
|
|||
|
\s5
|
|||
|
\v 12 हेर, यिनीहरू टाढाबाट, कोही उत्तर र पश्चिमबाट आउनेछन् । अनि अरूचाहिं आश्वासनको देशबाट आउनेछन् ।
|
|||
|
\v 13 ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 14 तर सियोनले भन्यो, "परमप्रभुले मलाई त्यग्नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।"
|
|||
|
\v 15 "के स्त्रीले आफ्नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 16 हेर, मैले तेरो नाउँ आफ्नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् ।
|
|||
|
\v 17 तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।
|
|||
|
\v 18 वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् ।
|
|||
|
\s5
|
|||
|
\v 19 तँ उजाड र निर्जन, भग्नावशेषको देश भए पनि अब बासिन्दाहरूका निम्ति तँ अति सानो हुनेछस् र तँलाई नाश पार्नेहरू टाढा हुनेछन् ।
|
|||
|
\v 20 शोकको अवधिमा जन्मेका छोराछोरीले तैंले सुन्ने गरी भन्नेछन्, 'यो ठाउँ हाम्रा निम्ति साँगुरो हुन्छ, ठाउँ तयार पार, ताकि हामी बस्न सकौं ।'
|
|||
|
\s5
|
|||
|
\v 21 तब तैंले आफैलाई सोध्नेछस्, ' मेरो निम्ति यी छोराछोरी कसले जन्माएको हो ? म शोकमा र बाँझी, निर्वासित र त्यागिएकी थिएँ । यी छोराछोरीलाई कसले हुर्कायो? हेर, मलाई एक्लै छोडिएको थियो । यिनीहरू कहाँबाट आए ?’"
|
|||
|
\s5
|
|||
|
\v 22 परमप्रभु परमेश्वरले यसो भन्नुहुन्छ, "हेर्, जातिहरूतिर म आफ्नो हात उठाउनेछु । मानिसहरूतिर म आफ्नो संकेतको झन्डा उठाउनेछु । तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा र तेरी छोरीहरूलाई आफ्ना काँधमा बोकेर ल्याउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 23 राजहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैंले जान्नेछस् । मेरो आशा गर्नेहरू लज्जित हुनेछैनन् ।"
|
|||
|
\s5
|
|||
|
\v 24 के योद्धाहरूबाट लूटको माल लिन सकिन्छ, वा क्रूरबाट कैदीहरूलाई छुट्टाउन सकिन्छ?
|
|||
|
\v 25 तर परमप्रभु यसो भन्नुहुन्छ, "हो, योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ र लूटका मालहरू छुट्टाइनेछ । किनकि तेरो विरोधीलाई म विरोध गर्नेछु र तेरा छोराछोरीलाई बचाउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 26 तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्नै रगले दाखमद्यले झैं मात्नेछन् । तब म परमप्रभु, तेरो मुक्तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्वर हुँ भनी सारा मानवजातिले जान्नेछन् ।"
|
|||
|
\s5
|
|||
|
\c 50
|
|||
|
\p
|
|||
|
\v 1 परमप्रभु यसो भन्नुहुन्छ, "मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।
|
|||
|
\s5
|
|||
|
\v 2 म आउँदा त्यहाँ किन कोही पनि थिएन? मैले बोलाउँदा किन कसैले पनि जवाफ दिएन? के मोल तिरेर छुट्टाउन मेरो हात धेरै छोटो भएको थियो र? के तिमीहरूलाई छुट्टाउन ममा कुनै शक्ति थिएन र? हेर, मेरो हप्कीले म समुद्रलाई सुकाउँछु । म नदीलाई सुख्खा बनाउँछु । पानीको कमीले त्यहाँका माछाहरू मर्नेछन् र कुहिनेछन् ।
|
|||
|
\v 3 आकाशलाई म अन्धाकारले ढाक्नेछु । त्यसलाई म भाङ्ग्राले ढाक्नेछु।"
|
|||
|
\s5
|
|||
|
\v 4 परमप्रभु परमेश्वरले मलाई सिकाइएको व्यक्तिको जस्तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्भाल्ने वचनहरू बोलूँ । उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्छ । सिकाइएकाहरूका जस्ता कुरा सुन्न उहाँले मेरा कानलाई खोल्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 5 परमप्रभु परमेश्वरले मेरो कान खोल्नुभएको छ, र म विद्रोही थिइनँ, न मैले पिट्युँ नै फर्काएँ ।
|
|||
|
\v 6 मलाई पिट्नेहरूलाई मैले आफ्नो ढाड र मेरा दाह्री उखेल्नेहरूलाई आफ्ना गाला दिएँ । लाज र थुकाइका कामहरूबाट मैले आफ्नो मुख लुकाइन ।
|
|||
|
\s5
|
|||
|
\v 7 किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ । यसकारण म अपमानित भएको छैन । त्यसैले मैले आफ्नो मुहार चक्मक ढुङ्गाझैं बनाएको छु, किनकि म लाजमा पर्दिनँ भनी म जान्दछु ।
|
|||
|
\s5
|
|||
|
\v 8 मलाई निर्दोष ठहराउनुहुने नजिकै हुनुहुन्छ । कसले मेरो विरोध गर्छ र? हामी खडा हौं र एक-अर्कासँग भिडौं । मलाई दोष लगाउने को हो? त्यो मेरो नजिक आओस् ।
|
|||
|
\v 9 हेर्, परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ । मलाई कसले दोषी घोषणा गर्नेछ? हेर, ती सबै लुगाझैं फाटेर जानेछन् । किराले तिनलाई खानेछ ।
|
|||
|
\s5
|
|||
|
\v 10 तिमीहरूमध्ये कसले परमप्रभुको भय मान्छ र? उहाँको सेवकको आवाज कसले पालन गर्छ र? घोर अन्धकारमा उज्यलोविना को हिंड्छ र? उसले परमप्रभुको नाउँमा भरोसा गर्नुपर्छ र आफ्नो परमेश्वरमा नै भर पर्नुपर्छ ।
|
|||
|
\s5
|
|||
|
\v 11 हेर्, आगो बाल्ने र आफैलाई राँकोले सुसज्जित पार्ने तिमीहरू सबै जनाः आफ्नो आगोको उज्यालोमा र आफूले बालेका राँकोमा हिंड । तिमीहरूले मबाट यही कुरा पाएका छौः तिमीहरू पीडाको ठाउँमा ढल्किनेछौ ।
|
|||
|
\s5
|
|||
|
\c 51
|
|||
|
\p
|
|||
|
\v 1 तिमीहरू जो धार्मिकताको पछि लाग्छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।
|
|||
|
\s5
|
|||
|
\v 2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर । किनकि ऊ एक्लै हुँदा मैले उसलाई बोलाएँ । मैले उसलाई आशिष् दिएँ र उसलाई धैरै बनाएँ ।
|
|||
|
\s5
|
|||
|
\v 3 हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 4 "ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।
|
|||
|
\v 5 मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्ति तिनीहरू उत्सुकतासाथ आशा गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 आफ्ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैं हराएर जानेछ, पृथ्वी लुगाझैं फाटेर जानेछ र त्यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 7 ठिक कुरा जान्ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।
|
|||
|
\v 8 किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ । तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्न र, जसले राक्षसलाई छेड्यो?
|
|||
|
\v 10 के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?
|
|||
|
\s5
|
|||
|
\v 11 परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्नेछ, र कष्ट र शोक भाग्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 12 "तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्?
|
|||
|
\s5
|
|||
|
\v 13 परमप्रभु आफ्ना सृष्टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्यसको कडा क्रोधको त्रासमा निरन्तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
|
|||
|
\s5
|
|||
|
\v 14 जो झुकेका छ, परमप्रभुले मुक्त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।
|
|||
|
\v 15 किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले समुद्रलाई घोल्नुहुन्छ ताकि त्यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
|
|||
|
\s5
|
|||
|
\v 16 मैले आफ्नो वचन तेरो मुखमा हालेको छु, र आफ्नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्न सकुँ ।
|
|||
|
\s5
|
|||
|
\v 17 ए यरूशलेम जाग्, जाग्, खडा हो, तिमीहरू जसले परमप्रभुको हातको क्रोधको कचौरा पिएर मातेका छौ । तिमीहरू जसले कचौराबाट पिएका छौ र धरमराउने कचौराबाट रित्तिने गरी पिएका छौ ।
|
|||
|
\v 18 त्यसलाई डोर्याउन त्यसले जन्माएका सबै छोराहरूमध्ये कोही पनि छैनन् । हात समातेर त्यसलाई डोर्याउनलाई त्यसले हुर्काएको सबै छोरामध्ये कोही पनि छैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 19 तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?
|
|||
|
\v 20 तेरा छोराहरू मूर्छ परेका छन् । जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्लीको कुनाहरूमा ढल्नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्वरको हप्कीले तिनीहरू भरिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 21 तर अब यो कुरा सुन्, ए अत्यचारमा परेकाहरू र मत्तिएकाहरू, तर दाखमद्यले मातिएकाहरू होइनन्:
|
|||
|
\v 22 परमप्रभु तेरा परमेश्वर, आफ्ना मानिसहरूका निम्ति बहस गर्नुहुने परमेश्वर यसो भन्नुहुन्छ, "हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्यो पिउनेछैनस् ।
|
|||
|
\s5
|
|||
|
\v 23 तँलाई सताउनेहरूका हातमा त्यो म राख्नेछु, जसले तँलाई भनेका छन्, 'भुइमा सुत्, ताकि तँमाथि हामी हिंड्नछौं ।' तिनीहरूलाई हिंड्न तैंले आफ्नो ढाडलाई जमिन र बाटोझैं बनाइस् ।"
|
|||
|
\s5
|
|||
|
\c 52
|
|||
|
\p
|
|||
|
\v 1 ए सियोन, जाग्, जाग्, आफ्नो शक्ति धारण गर् । ए यरूशलेम, पवित्र सहर, आफ्नो सुन्दर पोशाक लगा । किनकि खतना नगरिएका वा अशुद्धचाहिं फेरि कहिल्यै तँभित्र पस्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 2 आफैबाट धूलो टक्टक्या । ए यरूशलेम उठ् र बस् । ए सियोनकी कैदी छोरी, आफ्नो घाँटीबाट साङ्ला निकाल् ।
|
|||
|
\v 3 किनकि परमप्रभु यसो भन्नुहुन्छ, "तिमीहरू सित्तैंमा बेचिएका थियौ, अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ ।"
|
|||
|
\s5
|
|||
|
\v 4 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, "सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोवास गर्न मिश्रदेशमा गए । अनि अश्शूरले तिनीहरूलाई कुनै ठिक कारणविना नै अत्याचार गर्यो ।
|
|||
|
\s5
|
|||
|
\v 5 यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।
|
|||
|
\v 6 यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन् । "हो, त्यो म नै हुँ” भन्ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 7 असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, "तेरो परमेश्वरले राज्य गर्नुहुन्छ !" ।
|
|||
|
\v 8 सुन्, तिमीहरूका रक्षकहरूले आफ्ना सोर उच्च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 9 ए यरूशलेमको भग्नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।
|
|||
|
\v 10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्वरको उद्धार देख्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 11 छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्छौ ।
|
|||
|
\v 12 किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ, न तिमीहरूले त्रासमा छोड्नेछौ । किनकि परमप्रभु तिमीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 13 हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ ।
|
|||
|
\v 14 जसरी तँसँग धेरै जना त्रसित भएका थिए— उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन ।
|
|||
|
\s5
|
|||
|
\v 15 तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ र उसको कारणले राजाहरूले आफ्ना मुख बन्द गर्नेछन् । किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्नेछन् र तिनीहरू नसुनेका कुरा तिनीहरूले बुझ्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\c 53
|
|||
|
\p
|
|||
|
\v 1 हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ?
|
|||
|
\v 2 किनकि कलिलो बिरूवाजस्तै र सुख्खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
|
|||
|
\s5
|
|||
|
\v 3 मानिसहरूद्वारा उसलाई घृणा र तिरस्कार गरियो । दुखको मानिस र कष्टसँग परिचित । त्यस्तो जसबाट मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्छ ठान्यौं ।
|
|||
|
\s5
|
|||
|
\v 4 तर निश्चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्वरद्वारा दण्ड दिइएको, परमेश्वरद्वारा हिर्काइएको र कष्टमा परेको ठान्यौं ।
|
|||
|
\s5
|
|||
|
\v 5 तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्यो र उसका घाउहरूले हामी निको भएका छौं ।
|
|||
|
\s5
|
|||
|
\v 6 हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 7 उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्छ, त्यसरी उसले आफ्नो मुख खोलेन ।
|
|||
|
\s5
|
|||
|
\v 8 जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्ड दिइयो ।
|
|||
|
\v 9 उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो ।
|
|||
|
\s5
|
|||
|
\v 10 तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्नेछ, उसले आफ्नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ ।
|
|||
|
\v 11 उसको जीवनको कष्टपछि उसले ज्योति देख्नेछ र आफ्नो ज्ञानद्वारा सन्तुष्ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्नेछ ।
|
|||
|
\s5
|
|||
|
\v 12 यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्यस्थ-बिन्ती गर्यो ।
|
|||
|
\s5
|
|||
|
\c 54
|
|||
|
\p
|
|||
|
\v 1 "ए बाँझी स्त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्त्रीको सन्तानहरू विवाहित स्त्रीको भन्दा धेरै छन्," परमप्रभु भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 2 "उदार भएर, आफ्नो पाललाई अझ ठुलो बना र आफ्नो पालका पर्दाहरू तन्का । आफ्ना डोरीहरू लामो बना र आफ्ना किलाहरू बलियो पार् ।
|
|||
|
\v 3 किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 नडरा, किनकि तँ लज्जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्नो जवानीको लाजलाई र आफ्नो त्यागिएको अवस्थाको अपमानलाई तैंले बिर्सनेछस् ।
|
|||
|
\s5
|
|||
|
\v 5 किनभने तँलाई बनाउनुहुने तेरो स्वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्वर भनिन्छ ।
|
|||
|
\v 6 किनकि त्यागिएकी र आत्मामा दुःखी पत्नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्कृत स्त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ," तेरो परमेश्वर भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 7 "छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।
|
|||
|
\v 8 रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्वस्ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 9 किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्काउँदिन भनी मैले शपथ खाएको छु ।
|
|||
|
\v 10 पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्नेछैन, न त मेरो शान्तिको करारको हल्लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्नहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 11 ए कष्टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्नेछु ।
|
|||
|
\v 12 म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 13 अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीलाई सिकाइनेछ । अनि तेरा छोराछोरीका शान्ति महान् हुनेछ ।
|
|||
|
\v 14 धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 15 हेर्, कसैले कष्ट ल्यायो भने, त्यो मबाट हुनेछैन । तँमाथि कष्ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।
|
|||
|
\v 16 हेर्, मैले कारीगरलाई सृष्टि गरेको छु, जसले भुङ्ग्रो फुक्छ र आफ्नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्ट गर्नलाई मैले नष्ट गर्नेको सृष्टि गरेको छु ।
|
|||
|
\s5
|
|||
|
\v 17 तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।"
|
|||
|
\s5
|
|||
|
\c 55
|
|||
|
\p
|
|||
|
\v 1 "आओ, हरेक व्यक्ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन ।
|
|||
|
\s5
|
|||
|
\v 2 जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।
|
|||
|
\s5
|
|||
|
\v 3 आफ्ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्न सक्छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
|
|||
|
\v 4 हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्डरको रूपमा राखेको छु ।
|
|||
|
\s5
|
|||
|
\v 5 हेर, परमप्रभु तिमीहरूका परमेश्वर, इस्राएलको परमपवित्र, जसले तिमीहरूलाई महिमित पार्नुभएको छ, उहाँको कारणले तिमीहरूले नचिनेको जातिलाई बोलाउनेछौ, अनि तिमीहरूलाई नचिन्ने एउटा जाति तिमीहरूतिर दौडेर आउनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 6 जबसम्म परमप्रभुलाई भेट्टाउन सक्छौ, तबसम्म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।
|
|||
|
\v 7 दुष्टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्वरमा जसले उसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 8 "किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो—
|
|||
|
\v 9 किनकि जसरी पृथ्वीभन्दा आकाश उच्च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्दा मेरा विचारहरू उच्च छन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्यसलाई उब्जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्म ती त्यहाँ फर्कंदैनन्,
|
|||
|
\v 11 त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ— त्यो मकहाँ रित्तै फर्कनेछैन, तर जुन उद्देश्यको निम्ति मैले त्यसलाई पठाएँ, त्यसमा त्यो सफल हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 12 किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्ना हातले ताली बजाउनेछन् ।
|
|||
|
\v 13 काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ । अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ र यो परमप्रभुको निम्ति, उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ, जुन कहिल्यै काटिनेछैन ।
|
|||
|
\s5
|
|||
|
\c 56
|
|||
|
\p
|
|||
|
\v 1 परमप्रभु यसो भन्नुहुन्छ, "जे ठिक छ सो गर, जे न्यायोचित छ सो गर । किनकि मेरो उद्धार नजिकै छ र मेरो धार्मिकता प्रकट हुनै लागेको छ ।
|
|||
|
\v 2 त्यसो गर्ने र त्यसलाई दह्रोसित समात्ने मानिस धन्यको हो । उसले शबाथ-दिनलाई अपवित्र नपारी त्यसको पालन गर्छ र कुनै खराबी गर्नबाट आफ्नो हातलाई अलग राख्छ ।
|
|||
|
\s5
|
|||
|
\v 3 परमप्रभुको अनुसरण गर्ने कुनै परदेशीले यसो नभनोस्, "निश्चय नै परमप्रभुले मलाई आफ्ना मानिसहरूबाट बहिस्कार गर्नुहुनेछ ।" नपुङ्सकले यसो भन्नुहुँदैन, "हेर, म सुकेको रूख हुँ ।"
|
|||
|
\s5
|
|||
|
\v 4 किनकि परमप्रभु यसो भन्नुहुन्छ, "मेरा शबाथ-दिन पालन गर्ने र मलाई मन पर्ने कुरा गर्ने र मेरो करा बलियो गरी समात्ने नपुङ्सकहरूलाई,
|
|||
|
\v 5 आफ्नो मन्दिरमा र मेरा पर्खालहरूभित्र छोराहरू र छोरीहरू हुनेभन्दा असल स्मारकको रूपमा तिनीहरूलाई म खडा गर्नेछु । तिनीहरूलाई कहिल्यै नकाटिने अनन्तको स्मारक म दिनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 6 ती परदेशीहरू पनि जो परमप्रभुमा सहभागी हुन्छन्— उहाँको सेवा गर्न र उहाँको आराधना गर्न परमप्रभुको नाउँलाई प्रेम गर्नेहरू, हरेक व्यक्ति जसले शबाथ-दिन पालन गर्छ, र जसले त्यसलाई अपवित्र पार्दैन, अनि जसले मेरो करार बलियो गरी समाउँछ,
|
|||
|
\v 7 — म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु र मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित बनाउनेछु । तिनीहरूका होमबलिहरू र बलिदानहरू मेरो वेदीमा स्वीकार गरिनेछ । किनकि मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर भनिनेछ,
|
|||
|
\s5
|
|||
|
\v 8 यो इस्राएलबाट बहिष्कृत भएकाहरूलाई भेला पार्नुहुने परमप्रभु परमेश्वरको घोषणा हो— तिनीहरूबाहेक अरूलाई पनि म भेला पार्नेछु ।"
|
|||
|
\s5
|
|||
|
\v 9 ए मैदानमा भएका सबै जङ्गली पशुहरू, वनका सबै जङ्गली पशुहरू आओ र खाओ !
|
|||
|
\v 10 तिनीहरूका सबै रक्षकहरू अन्धा छन्, तिनीहरूले बुझ्दैनन् । तिनीहरू सबै भुक्न नसक्ने शान्त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्केर सुत्न मन पराउँछन् ।
|
|||
|
\s5
|
|||
|
\v 11 ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्येक व्यक्तिले अन्यायपुर्ण लाभको निम्ति लालच गर्छ ।
|
|||
|
\v 12 तिनीहरू भन्छन्, "आओ, हामी दाखमद्य र कडा मद्य पिऔं । भोलि पनि आजको जस्तै धेरै महान् दिन हुनेछ ।"
|
|||
|
\s5
|
|||
|
\c 57
|
|||
|
\p
|
|||
|
\v 1 धर्मी नष्ट हुन्छ तर यो कुरा कसैले विचार गर्दैन, र करारको विश्वस्ततका मानसहरूलाई टाढा भेला पारिन्छ, दुष्टबाट धर्मीलाई टाढा लगिन्छन्, तर कसैले बुझ्दैन ।
|
|||
|
\v 2 ऊ शन्तिमा प्रवेश गर्छ । जो आफ्नो सोझोपनमा हिंड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 तर तिमीहरू झँक्रेनीना छोराहरू, व्यभिचारी र आफूलाई वेश्या बनाउने स्त्रीको सन्तानहरू, यहाँ आओ ।
|
|||
|
\v 4 तिमीहरू खुसी हुँदै कसलाई गिल्ला गर्दैछौ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्दैछौ र जिब्रो निकाल्दैछौ? के तिमीहरू विद्रोह र छलका छोराछोरी होइनौ र?
|
|||
|
\s5
|
|||
|
\v 5 तिमीहरूले फलाँटका रूखहरूमुनि र हरेक हरियो रूखमुनि सँगै सुतेर आफैलाई यौनको उत्तेजनामा पार्छौ, तिमीहरू जसले आफ्ना छोराछोरीलाई सुख्खा नदीहरूमा, चट्टानका धाँदामुनि बलि गर्छौ ।
|
|||
|
\s5
|
|||
|
\v 6 नदीको बेसीका चिल्ला थोकहरूमा तिमीहरूलाई दिइएका थोकहरू पनि पर्छन् । ती तिमीहरूले पुजा गर्ने वस्तुहरू हुन् । तिमीहरूले आफ्ना अर्घबलिहरू तिनीहरूमाथि खन्याउँछौ र अन्नबलिहरू चढाउँछौ । के यी कुराहरूमा म खुसी हुनू?
|
|||
|
\s5
|
|||
|
\v 7 तिमीहरूले आफ्ना ओछ्यान उच्च पहाडमाथि बनाउँछौ । तिमीहरू बलिदानहरू चढाउन पनि त्यसमाथि गयौ ।
|
|||
|
\v 8 ढोका र चौकोसहरूका पछाडि तिमीहरूले चिन्हहरू खडा गर्यौ । तिमीहरूले मलाई त्याग्यौ, र आफैलाई नाङ्गो बनायौ र माथि गयौ । तिमीहरूले आफ्ना ओछ्यान फराकिलो बनायौ । तिमीहरूले तिनीहरूसित करार बाँध्यौ । तिमीहरूले तिनीहरूका ओछ्यानहरूलाई प्रेम गर्यौ । तिमीहरूले तिनीहरूका गुप्ताङ्गहरू देख्यौ ।
|
|||
|
\s5
|
|||
|
\v 9 तिमीहरू मोलेककहाँ तेल लिएर गयौ । तिमीहरूले सुगन्धित तेल बढायौ । तिमीहरूले आफ्ना राजदूतहरूलाई टाढा पठायौ । तिमीहरू तल चिहान गयौ ।
|
|||
|
\v 10 तिमीहरू आफ्नो लामो यात्रबाट थकित भयौ, तर तिमीहरूले कहिल्यै भनेनौ, "यो आशाहीन छ ।" तिमीहरूले आफ्नो हातमा नै जीवन पायौ । यसकारण तिमीहरू कमजोर भएनौ ।
|
|||
|
\s5
|
|||
|
\v 11 "तिमीहरू कसको विषयमा चिन्तित हुन्छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।
|
|||
|
\v 12 तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 13 तिमीहरूले पुकारा गर्दा तिमीहरूले जम्मा गरेका मूर्तीहरूले नै तिमीहरूलाई बचाऊन् । बरु, हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ । तापनि ममा शरण लिनेले देश अधिकार गर्नेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 14 उहाँले भन्नुहुनेछ, 'बनओ, बनाओ ! बाटो सफा बनाओ ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्ने कुराहरू हटाओ' !"
|
|||
|
\v 15 उच्च र माथि उचालिले यसो भन्नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, "म उचालिएको र पवित्र स्थानमा बस्छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्छ, नम्रहरूका आत्मा जगाउन र पश्चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्छु ।
|
|||
|
\s5
|
|||
|
\v 16 किनकि म सधैं दोष लगाउँदिनँ, न त म सधैं रिसाउँछु, किनकि त्यसो गरें भने, मानिसको आत्मा मेरो सामु मूर्छित हुन्छ, जुन जीवनहरू मैले नै बनाएको हो ।
|
|||
|
\v 17 हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।
|
|||
|
\s5
|
|||
|
\v 18 मैले उसका बाटोहरू देखेको छु, तर म उसलाई निको पार्नेछु । म उसलाई डोर्याउनेछु, र उसको निम्ति शोक गर्नेहरूलाई सान्त्वना र सहानुभूति दिनेछु,
|
|||
|
\v 19 र म ओठको फल सृजना गर्छु । परमप्रभु भन्नुहुन्छ, शान्ति, शान्ति, जो टाढा छन् र जो नजिक छन्— म तिनीहरूलाई निको पार्नेछु ।
|
|||
|
\s5
|
|||
|
\v 20 तर दुष्टहरू उर्लिएको समुद्रजस्तै हुन् जसले विश्राम गर्न सक्दैन र यसको पानीले हिलो र दलदल घोलिदिन्छ ।
|
|||
|
\v 21 दुष्टहरूको निम्ति कुनै शान्ति छैन— परमेश्वर भन्नुहुन्छ ।"
|
|||
|
\s5
|
|||
|
\c 58
|
|||
|
\p
|
|||
|
\v 1 उच्च सोरमा करा, चुप नलाग् । तुरहीले झैं आफ्नो सोर उचाल् । मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह र याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर् ।
|
|||
|
\v 2 तापनि तिनीहरूले दैनिक रूपमा मलाई खोज्छन् र मेरा यपायहरूका ज्ञानमा खुसी हुन्छन्, जसरी एउटा जातिले धार्मिकताको अभ्यास गरे र आफ्ना परमेश्वरको व्यवस्था त्यागेनन् । तिनीहरूले मसँग धार्मिक न्यायको निम्ति बिन्ती गर्छन् । परमेश्वर नजिक आउनुहुने विचार गरेर तिनीहरू खुसी हुन्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्नुहुन्न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्याचार गर्छौ ।
|
|||
|
\s5
|
|||
|
\v 4 हेर, तिमीहरू झगडा गर्न र लडाइँ गर्न र आफ्नो दुष्टताको मुक्काले हान्न उपवास बस्छौ । तिमीहरूले आफ्नो सोर माथि सुनाउनलाई उपवास बस्दैनौ ।
|
|||
|
\v 5 के मैले चाहेको उपवास यस्तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ?
|
|||
|
\s5
|
|||
|
\v 6 के मैले चुनेको उपवास यो होइनः दुष्टताको बन्धनबाट मुक्त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्नू?
|
|||
|
\v 7 आफ्नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?" तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।
|
|||
|
\s5
|
|||
|
\v 8 तब तिमीहरूको ज्योति सूर्योदय हुँदाझैं खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 9 तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्नुहुनेछ, "म यहाँ छु ।" तिमीहरूले आफ्ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्ट बोली हटायौ भने,
|
|||
|
\v 10 तिमीहरू आफैले भोकालाई दिन्छौ र विपदग्रस्तको खाचो पुरा गर्छौ भने, तिमीहरूको ज्योति अन्धकारमा चम्किनेछ र तिमीहरूको अन्धकारचाहिं मध्ये दिनजस्तो हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 11 तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्यउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैंचाझैं र पानी कहिल्यै नसुक्ने पानीको मुलजस्तै हुनेछौ ।
|
|||
|
\s5
|
|||
|
\v 12 तिमीहरूमध्ये केहीले प्राचीन भग्नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, "पर्खाल मरम्मत गर्नेहरू," बस्नलाई गल्लीहरू पुनःर्स्थापना गर्नेहरू।"
|
|||
|
\s5
|
|||
|
\v 13 अब तिमीहरूले शबाथ-दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ र मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्छौ । तिमीहरूले शबाथ-दिनलाई आनन्द भन्छौ र परमप्रभुको कुराहरूलाई पवित्र र आदरणिय भन्छौ । तिमीहरूका आफ्ना काम छोडेर, र तिमीहरूका आफ्नै खुसी गर्न छोडेर र तिमिहरूका आफ्नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ-दिनलाई आदर गर्छौ भने ।
|
|||
|
\s5
|
|||
|
\v 14 तब तिमीहरूले परमप्रभुमा आनन्द पाउनेछौ । अनि म तिमीहरूलाई पृथ्वीको उच्च स्थानहरूमा सवार गर्न लगाउनेछु । तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट म तिमीहरूलाई खान दिनेछु— किनकि परमप्रभुको मुखले बोलेको छ ।"
|
|||
|
\s5
|
|||
|
\c 59
|
|||
|
\p
|
|||
|
\v 1 हेर, परमप्रभुको हात यति छोटो छैन कि त्यसले बचाउन सक्दैन । न त उहाँको कान यति मन्द नै छ कि त्यसले सुन्न सक्दैन ।
|
|||
|
\v 2 तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 3 किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औंलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झुट बोल्छन् र तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन् ।
|
|||
|
\v 4 कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्ति सत्यतामा बिन्ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् र माकुराको जालो बुन्छन् । तिनीहरूका अण्डा जसले खान्छ त्यो मर्छ र एउटा अण्डा फुटाइयो भने, त्यसबाट विषलु सर्प निस्कन्छ ।
|
|||
|
\v 6 तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्ना कामहरूले आफूलाई ढाक्न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् ।
|
|||
|
\s5
|
|||
|
\v 7 तिनीहरूका पाउहरू दुष्टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् ।
|
|||
|
\v 8 शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।
|
|||
|
\s5
|
|||
|
\v 9 यसकारण न्याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्योतिको आशा गर्छौं, तर अन्धकार देख्छौं । हामी उज्यालोको प्रतिक्षा गर्छौं, तर हामी अन्धकारमा हिंड्छौं ।
|
|||
|
\v 10 अन्धाले झैं र देख्न नसक्नेहरूले झैं हामी भित्ता छाम्छौं । हामी मध्यदिनमा नै साँझमा झैं ठेस खान्छौं । बलियोहरूका माझमा हामी मरेका मानिसझैं छौं।
|
|||
|
\s5
|
|||
|
\v 11 हामी भालुझैं कराउँछौं र ढुकुरझैं विलाप गर्छौं । हामी न्यायको आशा गर्छौं, तर त्यहाँ छैन । छुटकाराको खोज्छौं, तर त्यो हामीबाट टाढा छ ।
|
|||
|
\s5
|
|||
|
\v 12 किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्ना पापहरू जान्दछौं।
|
|||
|
\v 13 परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं । हामीले झुट बोलेका छौं, अनि तर्किएर हृदय र झुटका शब्दहरूबाट गनगन गरेका छौं ।
|
|||
|
\s5
|
|||
|
\v 14 न्याय हटाइएको छ र धार्मिका टाढै खडा हुन्छ । किनकि सत्यता खुल्ला ठाउँ ठेस खान्छ र ठिक कुरा आउन सक्दैन ।
|
|||
|
\v 15 भरोसा हराएको छ, र जो दुष्टताबाट फर्किन्छ उसले आफूलाई शिकार बनाउँछ । परमप्रभुले यो देख्नुभयो र त्यहाँ न्याय नदेखेर अप्रशन्न हुनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 16 त्यहाँ उहाँले कुनै मानिसलाई देख्नुभएन र मध्यस्थ गर्ने कोही नभएकोमा उहाँ छक्क पर्नुभयो । यसकारण उहाँको आफ्नै बहुलीले उसको उद्धार गर्यो र उहाँको धार्मिकताले उसलाई सम्भाल्यो ।
|
|||
|
\s5
|
|||
|
\v 17 उहाँले धार्मिकतालाई छातीपाताको रूपमा र आफ्नो शिरमा मुक्तिको टोप लगाउनुभयो । उहाँले आफूलाई बदलाको पोशाल पहिरनुभयो र जोशलाई आवरणको रूपमा लगाउनुभयो ।
|
|||
|
\v 18 आफ्ना विरोधीहरूलाई क्रोधको इन्साफले, आफ्ना शत्रुहरूलाई बदलाले, टापुहरूलाई तिनीहरूका इनामको रूपमा दण्डले, तिनीहरूले जे गरेका थिए, त्यसको प्रतिफल उहाँले तिनीहरूलाई दिनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 19 त्यसैले तिनीहरूले पश्चिमदेखि परमप्रभुको नाउँको भय मान्नेछन् र सूर्योदयदेखि उहाँको महिमा देख्नेछन् । किनकि परमप्रभुको सासले डोर्याएर उहाँ उर्लंदो नदीझैं आउनुहुनेछ ।
|
|||
|
\v 20 "सियोनमा र याकूबका विद्रोही कामहरूबाट फर्कनेहरूकहाँ— एक जना उद्धारक आउनुहुने छ— यो परमप्रभुको घोषणा हो ।
|
|||
|
\s5
|
|||
|
\v 21 परमप्रभु भन्नुहुन्छ— मेरो निम्ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\c 60
|
|||
|
\p
|
|||
|
\v 1 उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ र परमप्रभुको महिमा तँमाथि उदाएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 2 पृथ्वीलाई अँध्यारोले र जातिहरूलाई बाक्लो अँध्यारोले ढाके तापनि, परमप्रभु तँमाथि उदाउनुहुनेछ र उहाँको महिमा तँमा देखिनेछ ।
|
|||
|
\v 3 जातिहरू तेरो प्रकाशमा आउनेछन् र राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 वरिपरि चारैतिर हेर् र देख् । तिनीहरू सबै आफै भेला हुन्छन् र तँकहाँ आउँछन् । तेरा छोराहरू टाढाबाट आउनेछन् र तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्याउनेछन् ।
|
|||
|
\v 5 तब तैंले हेर्नेछस्, प्रज्वलित हुनेछस्, तेरो हृदय आनन्दित हुनेछ र भरिएर पोखिनेछ, किनभने समुद्रको प्रशस्तता तँलाई खन्याइनेछ र जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् ।
|
|||
|
\v 7 केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्मा पारिनेछन् । नबायोतका भेडाहरूले तेरो आवश्यक्ता पुरा गर्नेछन् । तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन् । अनि आफ्नो महिमित भवनलाई म महिमित बनाउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 8 बादलझैं र ढुकुरहरू आफ्ना गुँडहरूमा गएझैं उड्ने यी को हुन्?
|
|||
|
\v 9 समुद्र किनारहरूले मेरो खोजी गर्छन् । टाढाबाट परमप्रभु तिमीहरूका परमेश्वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्व गर्छन्, किनभने उहाँले तँलाई इज्जत गर्नुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 10 विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।
|
|||
|
\v 11 तेरा ढोकाहरू पनि निरन्तर रूपमा खुला रहनेछ । ती दिन वा रात कहिल्यै बन्द गरिनेछैन, ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस् ।
|
|||
|
\s5
|
|||
|
\v 12 वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्यहरू नाश हुनेछन् । ती जातिहरू पुर्ण रूपमा नष्ट पारिनेछ ।
|
|||
|
\v 13 लेबनानको महिमा तँकहा आउनेछ । सल्लो र धूपीका रूखहरू मेरो पवित्रस्थानलाई सुन्दर बनाउन आउनेछन् । अनि म मेरो पाउ राख्ने ठाउँलाई महिमित तुल्याउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 14 तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 15 तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्तासम्मको निम्ति आनन्द बनाउनेछु ।
|
|||
|
\v 16 तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्तिदाता, याकूबको शक्तिशाली हुँ भन्ने तैंले जान्नेछस् ।
|
|||
|
\s5
|
|||
|
\v 17 काँसाको सट्टामा म सुन ल्याउनेछु, फलामको सट्टामा म चाँदी ल्याउनेछु । काठको साटो काँसा र ढङ्गाको साटो फलाम ल्याउनेछु । शन्तिलाई म तेरो गभर्नर र न्यायलाई तेरो शासक नियुक्त गर्नेछु ।
|
|||
|
\v 18 तेरो देशमा हिंसा कदापि सुनिनेछैन, न त तेरो सिमानाभित्र विध्वांस वा तोडफोड सुनिनेछ, तर तैंले तेरा पर्खालहरूलाई मुक्ति र तेरा ढोकाहरूलाई प्रशंसा भन्नेछस् ।
|
|||
|
\s5
|
|||
|
\v 19 सूर्य दिनमा तेरो प्रकाश हुनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्किनेछ । तर परमप्रभु नै तेरो अनन्तको प्रकाश र तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ ।
|
|||
|
\v 20 तेरो सूर्य कहिल्यै अस्ताउनेछैन, न त तेरो चन्द्रमा पछि हट्ने र लोप हुनेछ । किनकि परमप्रभु नै तेरो अनन्तको प्रकाश हुनुहुनेछ र तेरा शोकका दिनहरू समाप्त हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 21 तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।
|
|||
|
\v 22 थोरैचाहिं एक हजार हुनेछ, सानो एउटा पनि बलियो जाति हुनेछ । जब समय आउँछ, तब म, परमप्रभुले यी कुराहरू चाँडै नै पुरा गर्नेछु ।
|
|||
|
\s5
|
|||
|
\c 61
|
|||
|
\p
|
|||
|
\v 1 परमप्रभु परमेश्वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 2 परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 3 सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।
|
|||
|
\s5
|
|||
|
\v 4 तिनीहरूले प्राचीन भग्नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्नावशेष भएका सहरहरू र पुरानो पुस्ताका उजाड अवस्थाहरूबाट पुनर्स्थापना गर्नेछन् ।
|
|||
|
\v 5 विदेशीहरू खडा हुनेछन् र तिमीहरूका भेडाबाख्रा चराउनेछन्, र विदेशीका छोराहरूले तिमीहरूका खेतबारी र दाखबारीहरूमा काम गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ । तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवकहरू भन्नेछन् । तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ र तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ ।
|
|||
|
\v 7 तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्बर पाउनेछौ । अनि अपमनाको साटोमा तिनीहरू आफ्ना अंशमा आनन्दित हुनेछन् । यसरी तिनीहरूले आफ्नो देशको दोब्बर अंश पाउनेछन् । अनन्तको आनन्द तिनीहरूकै हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 8 किनकि म परमप्रभुले न्यान मन पराउँछु र म डकैती र अन्यायलाई घृणा गर्छु । तिनीहरूलाई इमानदार भएर म प्रतिफल दिनेछु र तिनीहरूसित म अनन्तको करार बाँध्नेछु ।
|
|||
|
\v 9 तिनीहरूका सन्तानहरू जातिहरूका माझमा र तिनीहरूका सन्तानहरू मानिसहरूका बिचमा चिनिनेछन् । तिनीहरूलाई देख्ने सबैले तिनीहरू परमप्रभुले आशिष् दिनुभएका मानिसहरू हुन् भनी स्वीकार गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे ।
|
|||
|
\v 11 किनकि जसरी पृथ्वीले आफ्ना बिरुवाहरू उमार्छ र जसरी बगैंचाले त्यसका बिरुवाहरू बढाउँछ, त्यसरी नै पमरमप्रभु परमेश्वरले सबै जातिहरूका सामु धार्मिकता र प्रशंसा निस्कने बनाउनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 62
|
|||
|
\p
|
|||
|
\v 1 किनकि सियोनको खातिर चूप लाग्नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन ।
|
|||
|
\v 2 जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्नेछन् । परमप्रभुले चुन्नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्नो परमेश्वरको हातमा राजकीय मुकुट हुनेछस् ।
|
|||
|
\v 4 तेरो बारेमा कदापि "त्यागिएकी" भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै "उजाडिएको" भनिनेछ । तँलाई साँच्चै, "त्योसँग म खुसी छु" र तेरो देशलाई "विवाहित" भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 5 साँच्चै एक जना जवान मानिसले जवान स्त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्नी दुलहीसँग आनन्दित भएझैं तेरा परमेश्वर तँसित आनन्दित हुनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 6 ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।
|
|||
|
\v 7 उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
|
|||
|
\s5
|
|||
|
\v 8 परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, "निश्चय नै तेरो अन्न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैंले काम गरेको छस् ।
|
|||
|
\v 9 कटनी गर्नेहरूले त्यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।"
|
|||
|
\s5
|
|||
|
\v 10 ढोकाबाट आओ, ढोकाबाट आओ ! मानिसहरूको निम्ति बाटो तयार पार ! यसलाई निर्माण गर, मुल बाटो बनाओ ! ढुङ्गाहरू बटुल ! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
|
|||
|
\s5
|
|||
|
\v 11 हेर, परमप्रभुले पृथ्वीको अन्तिम छेउसम्म घोषणा गर्नुहुन्छ, "सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्तिदाता आउँदैहुनुहुन्छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अघि जाँदैछ ।"
|
|||
|
\v 12 तिनीहरूले तँलाई यसो भन्नेछन्, "पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू," अनि तँलाई "खोजिएको । नत्यागिएको सहर" भनिनेछ ।
|
|||
|
\s5
|
|||
|
\c 63
|
|||
|
\p
|
|||
|
\v 1 उहाँ को हुनुहुन्छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्छ? जो आफ्नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ?
|
|||
|
\v 2 तपाईंका पोशाकहरू किन राता छन् र तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्तो ती किन देखिन्छन्?
|
|||
|
\s5
|
|||
|
\v 3 मैले दाखको कोलमा एक्लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्नो क्रोधमा तिनीहरूलाई पेलें र आफ्नो रिसमा तिनीहरूलाई कुल्चें । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ ।
|
|||
|
\v 4 किनकि मैले बदला लिने दिनको आशा गरें र मेरो उद्धारको वर्ष आइपुगेको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 5 मैले हेरें र सहायता गर्ने कोही एक जना पनि थिएन । सहयता गर्नलाई त्यहाँ कोही एक जना पनि नभएको देखेर म छक्क परें, तर मेरो आफ्नै हातले मेरो निम्ति विजय ल्यायो र मेरो कडा रिसले मलाई डोर्यायो ।
|
|||
|
\v 6 आफ्नो क्रोधमा मैले मानिसहरूलाई कुल्चें र तिनीहरूलाई मेरो क्रोधमा पिउन लगाएँ । अनि तिनीहरूका रगतलाई मैले पृथ्वीमा खन्याएँ ।
|
|||
|
\s5
|
|||
|
\v 7 परमप्रभुको करारको विश्वस्तताका कामहरू र परमप्रभुको प्रशंसायोग्य कामहरू म भन्नेछु । परमप्रभुले हाम्रा निम्ति गर्नुभएको सबै काम र इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा म भन्नेछु । उहाँको दया र करारको विश्वस्तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको छ ।
|
|||
|
\v 8 किनकि उहाँले भन्नुभयो, "निश्चय नै तिनीहरू मेरा मानिसहरू हुन्, छोराछोरी जो बेइमान छैनन् ।" उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 9 तिनीहरूका सबै कष्टहरूद्वारा उहाँले पनि कष्ट भोग्नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्नुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 10 तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 11 उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, " परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्नुभयो?
|
|||
|
\s5
|
|||
|
\v 12 परमेश्वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्नो महिमित शक्ति जान दिनुभयो र आफ्नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो?
|
|||
|
\v 13 परमेश्वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् ।
|
|||
|
\s5
|
|||
|
\v 14 गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्नो निम्ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्ना मानिसहरूलाई डोर्याउनुभयो?
|
|||
|
\s5
|
|||
|
\v 15 स्वर्गबाट तल हेर्नुहोस् र आफ्नो पवित्र र महिमित वासस्थानबाट दृष्टि लगाउनुहोस् । तपाईंको जोश र तपाईंको शक्तिशाली कामहरू कहाँ छन्? तपाईंको दया र तपाईंको कृपापुर्ण कामहरू हामीबाट अलग राखिएका छन् ।
|
|||
|
\v 16 किनकि तपाईं हाम्रा पिता हुनुहुन्छ । अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई नचिने तापनि, तपाईं परमप्रभु हाम्रो पिता हुनुहुन्छ । प्राचीन समयदेखि तपाईंको नाउँ 'हाम्रा उद्धारक' हो ।
|
|||
|
\s5
|
|||
|
\v 17 हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ, यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्ति फर्कनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 18 तपाईंका मानिसहरूले तपाईंको पवित्र ठाउँलाई छोटो समय अधिकार गरे, तर हाम्रा शत्रुहरूले त्यसलाई कुल्चे ।
|
|||
|
\v 19 हामी त तपाईंले हामीमाथि कहिल्यै शासन नगर्नुभएजस्तो र तपाईंको नाउँद्वारा कहिल्यै नबोलाइएजस्तै भएका छौं।"
|
|||
|
\s5
|
|||
|
\c 64
|
|||
|
\p
|
|||
|
\v 1 ओहो, तपाईंले आकाशलाई चिरेर खोल्नुभएको र तल आउनुभएको भए त हुन्थ्यो ! तपाईंको उपस्थितिमा पहाडहरू काम्ने थिए,
|
|||
|
\v 2 जसरी आगोले अम्रिसो जलाउँछ वा आगोले पानी उमाल्छ । ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त , तपाईंको उपस्थितिमा जातिहरू काम्ने थिए ।
|
|||
|
\s5
|
|||
|
\v 3 पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे ।
|
|||
|
\v 4 प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्वरलाई देखेको छन्, जसले आफ्नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 5 जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं।
|
|||
|
\s5
|
|||
|
\v 6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।
|
|||
|
\v 7 तपाईंको नाउँ पुकार्ने कोही छैन, तपाईंलाई समात्ने कोसिस गर्ने कोही छैन । किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ र हाम्रा अधर्महरूका हातमा हामीलाई बेकम्मा बनाउनुभएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 8 तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।
|
|||
|
\v 9 हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 10 तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ ।
|
|||
|
\v 11 हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्ट भएको छ र ज्यादै प्रिय कुराहरू सबै भग्नावशेष भएका छन् ।
|
|||
|
\v 12 हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्नुहुन्छ? तपाईं कसरी शान्त बस्न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?"
|
|||
|
\s5
|
|||
|
\c 65
|
|||
|
\p
|
|||
|
\v 1 "जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’
|
|||
|
\v 2 हठी मानिसहरूलाई दिनभरि मैले आफ्ना हातहरू फैलाएको छु, जो त्यस्ता मार्ग हिंड्छन् जुन असल छैन, जो तिनीहरूका आफ्नै विचारहरू र योजनाहरूमा हिंडेका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए ।
|
|||
|
\v 4 तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जाग्राम बस्छन् अनि आफ्ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 तिनीहरू भन्छन्, "टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्ने आगो धूँवा हुन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,
|
|||
|
\v 7 तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ," परमप्रभु भन्नुहुन्छ । "डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।"
|
|||
|
\s5
|
|||
|
\v 8 परमप्रभु यसो यसो भन्नुहुन्छ, "दाखको झुप्पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 9 याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्नेछन् ।
|
|||
|
\v 10 मलाई खोज्ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन र आकोरको बेसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 11 तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।
|
|||
|
\s5
|
|||
|
\v 12 तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्यारा सामु घोप्टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्टिमा जे खराब थियो त्यही गर्यौ र मलाई खसी नपार्ने काम गर्न रोज्यौ ।"
|
|||
|
\s5
|
|||
|
\v 13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, "हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।
|
|||
|
\v 14 हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।
|
|||
|
\s5
|
|||
|
\v 15 मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।
|
|||
|
\v 16 पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्वरद्वारा आशिषित् हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्टिबाट लुकाइनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 17 किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।
|
|||
|
\v 18 तर मैले सृष्टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्टि गर्न लागेको छु ।
|
|||
|
\v 19 यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्यसमा रुवाइ र कष्टको सोर कदापि सुनिनेछैन ।
|
|||
|
\s5
|
|||
|
\v 20 त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्न नसक्ने कुनै पनि व्यक्ति श्रापित ठानिनेछ ।
|
|||
|
\v 21 तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 22 तिनीहरूले घर निर्माण गरेपछि फेरि त्यसमा अरू कोही बस्ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् ।
|
|||
|
\v 23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।
|
|||
|
\s5
|
|||
|
\v 24 तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्नेछु ।
|
|||
|
\v 25 ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्याउनेछैनन् न त विनाश गर्नेछन्," परमप्रभु भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\c 66
|
|||
|
\p
|
|||
|
\v 1 परमप्रभु यसो भन्नुहुन्छ, "स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ?
|
|||
|
\s5
|
|||
|
\v 2 यो परमप्रभुको घोषणा हो, "यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।" मैले स्याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 जसले गोरु मार्छ त्यसले मानिसको हत्या पनि गर्छ । जसले थुमा बलि चढाउँछ, त्यसले कुकुरको घाँटी पनि भाँच्छ । जसले अन्नबलि चढाउँछ त्यसले सुँगुरको रगत पनि चढाउँछ । जसले सम्झना स्वरूप धूप चढाउँछ, त्यसले दुष्टतालाई पनि आशिष् दिन्छ । तिनीहरूले आफ्नै मार्गहरू रोजेका छन् र आफ्ना घृणित थोकहरूमा तिनीहरू रमाउँछन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।"
|
|||
|
\s5
|
|||
|
\v 5 परमप्रभुको वचनमा काम्नेहरू हो, उहाँको वचन सुन, "तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।
|
|||
|
\s5
|
|||
|
\v 7 प्रसवको वेथा लाग्नुभन्दा पहिले नै त्यसले बालक जन्माउनेछे । त्यसमाथि पीडा आउनअगि नै त्यसले छोरा जन्माई ।
|
|||
|
\v 8 यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के देश एकै दिनमा जन्मन्छ? के जाति एकै क्षणमा स्थापित हुन सक्छ? तापनि सियोन प्रसवको वेथामा जाने बित्तिकै, त्यसले आफ्ना छोराछोरी जन्माउँछे ।
|
|||
|
\s5
|
|||
|
\v 9 परमप्रभु सोध्नुहुन्छ, "के म बालकलाई जन्मने समयमा ल्याउँ, अनि बालकलाई जन्मिन नदिऊँ? वा के म बालकलाई जन्मने क्षणमा ल्याउँ र त्यसलाई पछाडि धकेलूँ? तेरा परमेश्वर सोध्नुहुन्छ ।"
|
|||
|
\s5
|
|||
|
\v 10 यरूशलेमसित आनन्दित होओ र त्यसको निम्ति खुसी होओ, तिमीहरू सबै जसले त्यसलाई प्रेम गर्छौ । त्यसको निम्ति विलाप गर्नेहरू सबै त्योसँगै आनन्दित होओ ।
|
|||
|
\v 11 किनकि तिमीहरू खानेछौ र तृप्त हुनेछौ । त्यसका स्तनहरूले तिमीहरूलाई सान्त्वना दिनेछ, किनकि तिमीहरू आघाउञ्जेल ती पिउनेछौ र त्यसको महिमाको प्रशस्ततासँगै खुसी हुनेछौ ।
|
|||
|
\s5
|
|||
|
\v 12 परमप्रभु यसो भन्नुहुन्छ, "त्यसमाथि समृद्धिलाई नदीझैं र जातिहरूका धनलाई उर्लेको खोलाझैं मैले फिंजाउन लागेको छु । तिमीहरूले त्यसको तर्फबाट पालनपोषण गर्नेछौ, त्यसको बाहुलीमा बोकिनेछौ र त्यसको घुँडामा खेलाइनेछौ ।
|
|||
|
\v 13 आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु, र यरूशलेममा तिमीहरूले सान्त्वना पाउनेछौ ।"
|
|||
|
\s5
|
|||
|
\v 14 तिमीहरूले यो देख्नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्नो रिस प्रकट गर्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 15 हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।
|
|||
|
\v 16 किनकि परमप्रभुले आगोद्वारा र आफ्नो तरवारले मानवजातिमाथि न्याय गर्नुहुन्छ । परमप्रभुद्वारा मारिनेहरू धैरै हुनेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 17 तिनीहरू आफैलाई पवित्र पार्छन् र आफैलाई शुद्ध पार्छन्, ताकि सुँगुरको मासु र मुसाजस्तै घिन लाग्दा थोकहरू खानेको पछि लागेर बगैंचाभित्र जान सकून् । तिनीहरूको अन्त्य हुनेछ— यो परमप्रभुको घोषणा हो ।
|
|||
|
\s5
|
|||
|
\v 18 किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्नेछन् ।
|
|||
|
\v 19 तिनीहरूको माझमा म आफ्नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्ना धनु तान्ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 20 तिनीहरूले तिमीहरूका सबै भाइहरूलाई परमप्रभुको निम्ति बलिदान झैं सबै जातिहरूबाट फिर्ता ल्याउनेछन् । तिनीहरू घोडाहरूमा, रथहरूमा, गाडाहरूमा, खच्चरहरूमा र ऊँटहरूमा चढेर मेरो पवित्र पर्वत यरूशलेममा आउनेछन्, परमप्रभु भन्नुहुन्छ । किनकि इस्राएलका मानिसहरूले परमप्रभुको भवनमा एउटा शद्ध भाँडामा अन्नबलि ल्याउनेछन् ।
|
|||
|
\v 21 यिनीहरूमध्ये कसैलाई म पुजारीहरू र लेवीहरूको रूपमा पनि चुन्नेछु, परमप्रभु भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 22 किनकि, यो परमप्रभुको घोषणा हो, जसरी मैले बनाउने नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहनेछन्, त्यसरी नै तिमीहरूका सन्तानहरू र तिमीहरूको नाउँ मेरो सामु रहनेछ ।
|
|||
|
\v 23 एक महिनेदेखि अर्कोसम्म र एक शबाथ-दिनदेखि अर्कोसम्म सबै मानिसहरू मलाई दण्डवत गर्न आउनेछन्, परमप्रभु भन्नुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 24 तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"
|