forked from WA-Catalog/ne_ulb
1277 lines
350 KiB
Plaintext
1277 lines
350 KiB
Plaintext
|
\id 2CH Unlocked Literal Bible
|
|||
|
\ide UTF-8
|
|||
|
\h २ इतिहास
|
|||
|
\toc1 २ इतिहासको पुस्तक
|
|||
|
\toc2 २ इतिहास
|
|||
|
\toc3 2ch
|
|||
|
\mt1 २ इतिहासको पुस्तक
|
|||
|
|
|||
|
|
|||
|
\s5
|
|||
|
\c 1
|
|||
|
\p
|
|||
|
\v 1 दाऊदका छोरा सोलोमन आफ्नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 2 सबै इस्राएलसित, हजार कमाण्डर र सयका कमाण्डरहरू, र न्यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।
|
|||
|
\v 3 अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि त्यहाँ परमेश्वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्थानमा बनाएका थिए ।
|
|||
|
\v 4 तर दाऊदले परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्याएका थिए,किनकि त्यसको निम्ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।
|
|||
|
\v 5 साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्थानको सामुन्ने थियो । सोलोमन र त्यो सभा त्याहाँ गए ।
|
|||
|
\s5
|
|||
|
\v 6 सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीमा गए र त्यसमा एक हजार होमबलि चढाए ।
|
|||
|
\v 7 त्यस रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, “माग्, म तँलाई के दिऊँ?”
|
|||
|
\s5
|
|||
|
\v 8 सोलोमनले परमेश्वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान् करारको विश्वस्तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्याउनुभएको छ ।
|
|||
|
\v 9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्वीको धुलो जत्तिकै अनगन्ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।
|
|||
|
\v 10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?”
|
|||
|
\v 11 परमेश्वरले सोलोमनलाई भन्नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्नो निम्ति दीर्घायु नै मागिस्, तर आफ्नो निम्ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।
|
|||
|
\s5
|
|||
|
\v 12 अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्तो समृद्धि, धन-सम्पत्ति, र आदर पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्दा पछिका कुनैले पनि पाउनेछैनन् ।”
|
|||
|
\v 13 तब सोलोमन गिबोनको अल्गो स्थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।
|
|||
|
\s5
|
|||
|
\v 14 सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे ।
|
|||
|
\v 15 राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिं तराईमा हुने अन्जीरहरूजस्तै प्रशस्त तुल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 16 सोलोमनका घोडाहरू मिश्रदेश र क्यूएबाट पैठारी हुन्थे। तिनका व्यापारीहरूले ती क्यूएबाट किनेर ल्याउँथे ।
|
|||
|
\v 17 तिनीहरूले प्रत्येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं १५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।
|
|||
|
\s5
|
|||
|
\c 2
|
|||
|
\p
|
|||
|
\v 1 सोलोमनले परमप्रभुका नाउँको निम्ति एउटा मन्दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।
|
|||
|
\v 2 सोलोमनले भारी बोक्नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए ।
|
|||
|
\v 3 सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए, “तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो, मेरो निम्ति पनि त्यसै गर्नुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 4 हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न, त्यसलाई उहाँको निम्ति अलग गर्न, उहाँको सामु सुगन्धित मसलाका धूप बाल्न, उपस्थितिको रोटी राख्न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औंसीहरूमा र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु । यो इस्राएलको निम्ति सदासर्वदाको लागि हो ।
|
|||
|
\v 5 मैले निर्माण गर्न लागेको मन्दिर अत्यन्तै ठूलो भवन हुनेछ, किनकि हाम्रा परमेश्वर अरू सबै देवताभन्दा महान् हुनुहुन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 6 तर सारा विश्व र स्वर्ग नै पनि परमेश्वरको निम्ति सानो हुन्छ भने, कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र?
|
|||
|
\v 7 यसकारण मेरो निम्ति सुन, चाँदी, काँसा र फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्ने एक जना निपुण कारीगर पठाइदिनुहोस्। तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्ने मानिस पनि होऊन् । तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा र यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 8 मलाई लेबनानबाट देवदारु, सल्ला र चन्दनका काठहरू पनि पठाइदिनुहोस्, किनकि मलाई थाहा छ कि तपाईंका सेवकहरूले लेबनानमा काठहरू कसरी काट्नुपर्छ भनी जान्दछन् । हेर्नुहोस्, मेरा सेवकहरू तपाईंका सेवकहरूसित हुनेछन्,
|
|||
|
\v 9 ताकि मेरो निम्ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्दिर महान् र आश्चर्यको हुनेछ।
|
|||
|
\v 10 हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”
|
|||
|
\s5
|
|||
|
\v 11 टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए: “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभयो ।”
|
|||
|
\v 12 साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्वर धन्यका होउन्, जसले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान् छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल बनाउनुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 13 अब मैले एक जना सिपालु मानिस हुराम-अब्बीलाई पठाएको छु, जससँग सुझबुझको वरदान छ ।
|
|||
|
\v 14 तिनी दानका छोरीमध्येकी एक जना स्त्रीका छोरा हुन् । तिनका बुबा टुरोसका मानिस हुन् । तिनी सुन र चाँदी, काँसा, फलाम, ढुङ्गा र काठका काम अनि बैजनी, रातो र नीलो ऊनी धागो र मलमलका कपडाका काममा पनि अनुभवी कारीगर हुन् । तिनी कुनै पनि किसिमका बुट्टा कुँद्ने र कुनै पनि किसिमको नमूनाको काममा सिपालु छन् । तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्वामी तपाईंका बुबा दाऊदका कारीगरहरूका साथमा काम गर्ने ठाउँको व्यवस्था गरिदिनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 15 अब मेरा स्वामीले आफ्ना सेवकहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस् ।
|
|||
|
\v 16 तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौं । मूढाहरू बाँधेर योप्पासम्म बगाएर पठाइदिनेछौं, र तपाईंले ती यरूशलेमसम्म लैजानुहुनेछ ।”
|
|||
|
\s5
|
|||
|
\v 17 आफ्ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।
|
|||
|
\v 18 यिमध्येका सत्तरी हजारलाई भारी बोक्न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।
|
|||
|
\s5
|
|||
|
\c 3
|
|||
|
\p
|
|||
|
\v 1 तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्यो ठाउँ तयार पारे ।
|
|||
|
\v 2 तिनले आफ्नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्यो निर्माण गर्न सुरु गरे ।
|
|||
|
\v 3 परमेश्वरको मन्दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो ।
|
|||
|
\s5
|
|||
|
\v 4 मन्दिरको अगाडिको दलानको लमाइ बीस हात लामो थियो, जुन मन्दिरको चौडाइ बराबर थियो । यसको उचाइ पनि बीस हात थियो, र सोलोमनले यसको भित्रपट्टि निखुर सुनको जलप लगाए ।
|
|||
|
\v 5 तिनले मुख्य सभाकक्षको सिलिङमा सल्लाका फलेकहरू लगाए, जसमा तिनले निखुर सुनको जलप लगाए। अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 6 तिनले मन्दिरलाई बहुमूल्य पत्थरहरूले सिंगारे । सुनचाहिं पर्वेमको सुन थियो ।
|
|||
|
\v 7 तिनले त्यसका दलिन, सँघार, भित्ता र ढोकाहरूमा सुनको जलप लगाए । तिनले त्यसका भित्ताहरूमा करूबहरू बुट्टा कुँदे ।
|
|||
|
\s5
|
|||
|
\v 8 तिनले महा-पवित्रस्थानको निर्माण गरे । यसको लम्बाइ मन्दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो । त्यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए ।
|
|||
|
\v 9 कीलाहरूको ओजन पचास शेकेल सुनबाट बनेका थिए । तिनले त्यसका माथिल्ला सतहमा पनि सुनको जलप लगाए ।
|
|||
|
\s5
|
|||
|
\v 10 तिनले महा-पवित्रस्थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।
|
|||
|
\v 11 यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
|
|||
|
\v 12 अर्को करूबको एउटा पखेटा मन्दिरको भित्ता छुने गरी पाँच हातको थियो । त्यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
|
|||
|
\s5
|
|||
|
\v 13 यी करूबका पखेटा बीस हातसम्म फिंजिएका थिए । करूबहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्दिरको मुख्य सभा कोठातिर फर्केका थिए ।
|
|||
|
\v 14 तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्यसमा बुट्टा भरेका करूबहरू बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 15 सोलोमनले मन्दिरको अगाडिपट्टिका निम्ति दुई वटा स्तम्भ बनाए, जसमा प्रत्येकको उचाइ पैंतीस हात थियो । तिमाथि भएका स्तम्भ-शिरहरू पाँच हात अल्गा थिए ।
|
|||
|
\v 16 तिनले स्तम्भका निम्ति सिक्रीहरू बनाए र ती स्तम्भका टुप्पामा राखे । तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे ।
|
|||
|
\v 17 तिनले मन्दिरको अगाडि ती दुई वटा स्तम्भ खडा गरे, एउटा दाहिनेपट्टि र अर्को देब्रेपट्टि स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भको नाउँ तिनले याकीन र देब्रेपट्टिको स्तम्भको नाउँ बोअज राखे ।
|
|||
|
\s5
|
|||
|
\c 4
|
|||
|
\p
|
|||
|
\v 1 यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।
|
|||
|
\v 2 तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए । त्यसको बिटको एक किनारदेखि अर्को किनारसम्म दश हात थियो । त्यो पाँच हात अल्गो थियो, र त्यस खड्कुँलोको परिधि तीस हात थियो ।
|
|||
|
\v 3 खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 4 ‘समुद्र’ नाम दिइएको त्यो ठुलो खड्कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्यो “खड्कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए ।
|
|||
|
\v 5 त्यसको मोटाइ चार अङ्गुल थियो, र त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो । त्यो खड्कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो ।
|
|||
|
\v 6 तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे ।
|
|||
|
\s5
|
|||
|
\v 7 दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे ।
|
|||
|
\v 8 तिनले दश वटा टेबल बनाएर मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 9 यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।
|
|||
|
\v 10 ‘समुद्र’ नामक त्यो विशाल खड्कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे ।
|
|||
|
\s5
|
|||
|
\v 11 हुरामले भाँडा, बेल्चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्वरको मन्दिरमा सोलोमन राजाको निम्ति आफूले जिम्मा लिएको काम सिद्ध्याएः
|
|||
|
\v 12 दुई वटा स्तम्भ, ती स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिर थिए । तिनले स्तम्भमाथि स्तम्भ-शिर सजाउने दुई वटा बुट्टादार र जालीहरू बनाए ।
|
|||
|
\v 13 दुई जालीहरूका निम्ति चार सय दारिम तिनले बनाएः स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति तिनले दुई लहर दारिमहरू पनि बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 14 तिनले गुड्ने आधारहरू र तिनमा राख्नलाई बाटाहरू पनि बनाए ।
|
|||
|
\v 15 एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,
|
|||
|
\v 16 साथै भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्बन्धित सामानहरू पनि बनाए, र हुराम-अब्बीले परमेश्वरका मन्दिरको निम्ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्काइएका काँसाका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 17 राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेका थिए ।
|
|||
|
\v 18 यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्ने थाहै भएन ।
|
|||
|
\s5
|
|||
|
\v 19 सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्थितिको रोटी राखिने टेबलहरू बनाए ।
|
|||
|
\v 20 सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।
|
|||
|
\v 21 र फूलहरू, बत्तीहरू र असल सुनका चिम्टाहरू पनि निखुर सुनले बनाइएका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 22 सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्दिरका सुनका ढोकाहरू र महा-पवित्रस्थानमा पस्ने भित्रका ढोकाहरू र मन्दिरको मुख्य ढोकाहरू सुनले बनाइएका थिए ।
|
|||
|
\s5
|
|||
|
\c 5
|
|||
|
\p
|
|||
|
\v 1 जब सोलोमनले परमप्रभुका मन्दिरको निम्ति गरेका सबै काम सिद्ध्याए, तब तिनले आफ्ना बुबा दाऊदले यस कामका निम्ति अलग राखेका सामानहरू, अर्थात् सुन, चाँदी, र सबै सर-सामान ल्याए—तिनले ती परमप्रभुको मन्दिरका भण्डारहरूमा राखे ।
|
|||
|
\s5
|
|||
|
\v 2 त्यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू, कुलका सबै नायकहरू र इस्राएलका परिवारका अगुवाहरूलाई परमप्रभुका करारको सन्दूक दाऊदको सहर, अर्थात् सियोनबाट ल्याउन यरूशलेममा भेला गराए ।
|
|||
|
\v 3 इस्राएलका सबै मानिस सातौं महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए ।
|
|||
|
\s5
|
|||
|
\v 4 इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्दूक लगे ।
|
|||
|
\v 5 तिनीहरूले सन्दूक र भेट हुने पाल र त्यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे । लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे ।
|
|||
|
\v 6 सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए ।
|
|||
|
\s5
|
|||
|
\v 7 पुजारीहरूले परमप्रभुका करारको सन्दूक मन्दिरको भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटामुनि राखे ।
|
|||
|
\v 8 करूबहरूले आफ्ना पखेटा सन्दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्दूक र त्यसलाई बोक्ने डन्डाहरूलाई ढाके ।
|
|||
|
\s5
|
|||
|
\v 9 डन्डाहरूचाहिं यति लामा थिए कि तिनका टुप्पाहरूभित्री पवित्रस्थानबाट देखिन्थ्यो, तर ती बाहिरबाट देखिंदैनथे । ती आजक दिनसम्म त्यहीं छन् ।
|
|||
|
\v 10 इस्राएलका मानिसहरूले मिश्रदेश छोड्दा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको ठाउँ होरेबमा मोशाले सन्दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्यसमा अरू केही थिएन ।
|
|||
|
\s5
|
|||
|
\v 11 पुजारीहरू पवित्रस्थानबाट बाहिर निस्केर आए । त्यहाँ हाजिर भएका सबै पुजारीले आआफ्नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए ।
|
|||
|
\v 12 सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
|
|||
|
\s5
|
|||
|
\v 13 तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्छ ।” तब त्यो मन्दिर, परमप्रभुको मन्दिर बादलले भरियो ।
|
|||
|
\v 14 बादलले गर्दा पुजारीहरूले सेवा गर्न सकेनन्, किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।
|
|||
|
\s5
|
|||
|
\c 6
|
|||
|
\p
|
|||
|
\v 1 तब सोलोमनले भने, “परमप्रभुले भन्नुभएको छ, उहाँ निष्पट्ट अँध्यारोमा वास गर्नुहुनेछ,
|
|||
|
\v 2 तर यहाँ मैले तपाईंको निम्ति सदासर्वदा वास गर्न एउटा उच्च वासस्थान बनाएको छु ।”
|
|||
|
\v 3 त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
|
|||
|
\s5
|
|||
|
\v 4 तिनले भने, “परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्नुभयो र आफ्ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
|
|||
|
\v 5 ‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्नलाई एउटा मन्दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।
|
|||
|
\v 6 तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’
|
|||
|
\s5
|
|||
|
\v 7 अब परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
|
|||
|
\v 8 तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्नुभयो, 'मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
|
|||
|
\v 9 तापनि तैंले त्यो मन्दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्मने तेरो छोराले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ ।’
|
|||
|
\s5
|
|||
|
\v 10 परमप्रभुले भन्नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति मैले यो मन्दिर बनाएको छु ।
|
|||
|
\v 11 परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्नो करारको सन्दूक मैले त्यहाँ राखेको छु ।”
|
|||
|
\s5
|
|||
|
\v 12 सोलोमनले परमप्रभुका वेदीको सामु इस्राएलका जम्मै समुदायको उपस्थितिमा खडा भए र आफ्ना हात फैलाए ।
|
|||
|
\v 13 किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएका थिए । तिनले त्यसलाई चोकको बीचमा राखेका थिए । तिनी त्यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्थितिमा घुँडा टेके, र तिनले आफ्ना हात स्वर्गतिर फैलाए ।
|
|||
|
\s5
|
|||
|
\v 14 तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्वर छैन, जसले आफ्नो सारा हृदयले तपाईंको मार्गमा जाग्ने आफ्ना सेवकहरूसँग आफ्नो अटुट प्रेमको करार बाँध्नुहुन्छ ।
|
|||
|
\v 15 तपाईंले आफ्ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्नै हातले त्यो पूरा गर्नुभएको हो, जस्तो आज हुन आएको छ ।
|
|||
|
\s5
|
|||
|
\v 16 अब हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्यवस्था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्नलाई कहिलै पनि तेरो निम्ति मानिसको अभाव हुनेछैन ।’
|
|||
|
\v 17 अब हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस् ।
|
|||
|
\s5
|
|||
|
\v 18 तर के परमेश्वर साँच्चै नै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्न भने—मैले निर्माण गरेको यो मन्दिरमा त झन् कति साँगुरो हुन्छ होला?
|
|||
|
\v 19 तापनि हे परमप्रभु मेरा परमेश्वर, आफ्नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्नुहोस् ।
|
|||
|
\v 20 यस मन्दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्नुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 21 यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्तीहरू सुन्नुहोस् । हो, त्यो ठाउँबाट, तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् । अनि तपाईंले सुन्नुहुँदा क्षमा गर्नुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 22 कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्यो भने, र त्यो शपथ यस मन्दिरभित्र तपाईंका वेदीको सामुन्ने खान्छ भने,
|
|||
|
\v 23 स्वर्गबाट सुन्नुहोस् र काम गर्नुहोस् । दोषी मानिसलाई दोषी ठहर्याएर र त्यसले गरेको कामको प्रतिफल त्यसलाई नै दिएर आफ्ना सेवकहरूका बीचमा न्याय गर्नुहोस् । निर्दोषलाई दोषी नठहराउनुहोस् र त्यसको धार्मिकताबमोजिम त्यसलाई प्रतिफल दिनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 24 जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुन्छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्छन् भने—
|
|||
|
\v 25 तब तपाईंले स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 26 जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारणले तपाईंको नाउँ स्वीकार गर्छन् र आफ्ना पाप त्यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—
|
|||
|
\v 27 तब तपाईंले तिनीहरू हिंड्नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्याउनुहुँदा, स्वर्गमा सुन्नुहोस्, र आफ्ना सेवकहरू र आफ्ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 28 देशमा अनिकाल परेको छ वा माहामारी फैलेको छ, वा लाही वा ढुसी लाग्छ, कि सलह र फटेङ्ग्राहरू आउँछन् भने, वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको छ भने—
|
|||
|
\v 29 अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्नो हृदयमा जानेर यस मन्दिरतिर आफ्ना हात फैलाउँछन् ।
|
|||
|
\v 30 तब तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् । क्षमा गर्नुहोस् र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्नुहुन्छ ।
|
|||
|
\v 31 यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून् जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्न सकून् ।
|
|||
|
\s5
|
|||
|
\v 32 विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले—आउँछ र यस मन्दिरतिर फर्केर त्यसले प्रार्थना गर्छ भने,
|
|||
|
\v 33 तब कृपया तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् र त्यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून् ।
|
|||
|
\s5
|
|||
|
\v 34 जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्छन् र तपाईंले चुन्नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्ति बनाएको यस मन्दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।
|
|||
|
\v 35 तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्ती स्वर्गबाट सुन्नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 36 जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्पिनुहुन्छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्छन् र तिनीहरूलाई आफ्नो देशमा, टाढा वा नजिक कैद गरेर लान्छन् ।
|
|||
|
\v 37 तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्चात्ताप गर्छन् र आफ्नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्छन्, ‘हामीले भ्रष्ट किसिमले काम गर्यौं र पाप गर्यौं । हामीले दुष्ट किसिमले व्यवहार गर्यौं ।’
|
|||
|
\v 38 जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्ना सारा हृदय र आफ्ना सारा प्राणले तपाईंतिर फर्किन्छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्ति मैले बनाएको यस मन्दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।
|
|||
|
\v 39 तब तपाईं बस्नुहुने स्वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्ती सुन्नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस् । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\v 40 अब हे मेरा परमेश्वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्ना आँखा खोल्नुहोस्, र आफ्ना कान थाप्नुहोस् ।
|
|||
|
\v 41 हे परमप्रभु परमेश्वर, अब आफ्नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्दूकमा उठ्नुहोस् । हे परमप्रभु परमेश्वर, तपाईंका पुजारीहरू उद्धारको वस्त्रले पहिराइऊन्, र तपाईंका सन्तहरू तपाईंको भलाइमा आनन्दित होऊन् ।
|
|||
|
\v 42 हे परमप्रभु परमेश्वर, आफ्ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्झनुहोस् ।
|
|||
|
\s5
|
|||
|
\c 7
|
|||
|
\p
|
|||
|
\v 1 यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्वर्गबाट आगो तल झर्यो, र होमबलि र बलिदानहरू भस्म गर्यो, अनि परमप्रभुको महिमाले मन्दिर भरियो ।
|
|||
|
\v 2 परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको हुनाले पुजारीहरू मन्दिरभित्र पस्न सकेनन् ।
|
|||
|
\v 3 आगो तल झरेको र परमप्रभुको महिमा मन्दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्टो पारे र आराधना गरे र परमप्रभुलाई धन्यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्छ ।”
|
|||
|
\s5
|
|||
|
\v 4 यसरी राजा र सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए ।
|
|||
|
\v 5 सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसले परमेश्वरको मन्दिरको समर्पण गरे ।
|
|||
|
\v 6 पुजारीहरू प्रत्येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
|
|||
|
\s5
|
|||
|
\v 7 सोलोमनले परमप्रभुका मन्दिरको सामुन्नेको चोकको मध्य भागलाई अलग गरे । त्यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोका भागहरू अटाएनन् ।
|
|||
|
\s5
|
|||
|
\v 8 यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रदेशको खोलासम्मको एउटा ठूलो समुदायले त्यस बेला सात दिनसम्म चाड मनाए ।
|
|||
|
\v 9 आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्म र चाड सात दिनसम्म मानेका थिए ।
|
|||
|
\v 10 परमप्रभुले दाऊद र सोलोमन र आफ्ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्ना घर पठाइदिए ।
|
|||
|
\s5
|
|||
|
\v 11 यसरी सोलोमनले परमप्रभुको मन्दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्दिर र तिनको आफ्नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।
|
|||
|
\v 12 परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्दिरको रूपमा यो स्थानलाई मैले आफ्नो बासस्थानको निम्ति चुनेको छु ।
|
|||
|
\s5
|
|||
|
\v 13 मैले आकाशलाई बन्द गरें र पानी परेन भने, वा देशलाई नष्ट गर्न भनी सलहहरूलाई मैले आज्ञा दिएँ भने, वा मेरो मानिसमाथि मैले विपत्ति पठाएँ भने,
|
|||
|
\v 14 तब मेरो आफ्नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्ना दुष्ट चालहरूबाट फर्किन्छ्न् भने, म स्वर्गबाट सुन्नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।
|
|||
|
\v 15 यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 16 किनकि अब मैले यस मन्दिरलाई चुनेको छु र त्यसलाई अलग गरेको छु ताकि त्यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्टि र मेरो हृदय हरेक दिन त्यहाँ रहनेछ ।
|
|||
|
\v 17 तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्टिमा हिंडेझैं हिंडिस् भने,
|
|||
|
\v 18 तब तेरो राज्यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’
|
|||
|
\s5
|
|||
|
\v 19 तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्डवत् गरिस् भने,
|
|||
|
\v 20 तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्दिरलाई म त्याग्नेछु, र सबै मानिसका बिचमा म त्यसलाई एउटा उखान र गिल्लाको पात्र बनाउनेछु ।
|
|||
|
\s5
|
|||
|
\v 21 अहिले यो मन्दिर ज्यादै गौरवशाली भए तापनि, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक् भएर सुस्केरा निकाल्नेछ । तिनीहरूले सोध्नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्दिरसित यस्तो गर्नुभयो?’
|
|||
|
\v 22 अरूले यस्तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरलाई त्यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्थापना गरे र तिनीहरूको सामु दण्डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो ।’”
|
|||
|
\s5
|
|||
|
\c 8
|
|||
|
\p
|
|||
|
\v 1 सोलोमनले परमप्रभुको मन्दिर र आफ्नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्तमा यस्तो भयो,
|
|||
|
\v 2 हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे र तिनमा इस्राएलका मानिहरूलाई तिनले बसाले ।
|
|||
|
\s5
|
|||
|
\v 3 सोलोमनले हमातसोबालाई आक्रमण गरे र त्यसलाई हराए ।
|
|||
|
\v 4 तिनले उजाड-स्थानमा तदमोरको पुनर्निर्माण गरे र सबै भण्डारणका सहर जसलाई तिनले हमातमा बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 5 तिनले माथिल्लो बेथ होरोन र तल्लो बेथ होरोनलाई पर्खालहरू, ढोकाहरू र बारहरू लगाएर किल्लाबन्दी गरे ।
|
|||
|
\v 6 तिनले बालात आफूसँग भएका भण्डारणका सबै सहर र आफ्ना रथहरू सबै सहर र घोडाचडीहरूका निम्ति सहरहरू र यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्यमा सारा देशभरि आफूले जे इच्छा गरे त्यो तिनले बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 7 हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू, जो इस्राएलका थिएनन्,
|
|||
|
\v 8 तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्—सोलोमनले तिनीहरूलाई ज्यालाबिनाका श्रमिक बनाए, जसमा तिनीहरू आजको दिनसम्मै रहेका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 9 तापनि सोलोमनले इस्राएलका मानिसलाई ज्यालाबिनाका श्रमिक बनाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, कमाण्डरहरू, अधिकारीहरू, अनि सारथि र घोडचडीका कमाण्डरहरू भए ।
|
|||
|
\v 10 सोलोमनका निरीक्षकहरूका मुख्य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे ।
|
|||
|
\s5
|
|||
|
\v 11 सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्ति बनाएको महलमा ल्याए, किनकि तिनले भने, “मेरी पत्नी इस्राएलका राजा दाऊदको महलमा बस्नेछैनन्, किनभने परमप्रभुको सन्दूक ल्याइएका ठाउँहरू पवित्र छन् ।”
|
|||
|
\s5
|
|||
|
\v 12 तब सोलोमनले दलानको अगाडिपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्ति होमबलिहरू चढाए ।
|
|||
|
\v 13 दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औंसी र वर्षेनी तिन पल्ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमिजिम तिनले चढाए ।
|
|||
|
\s5
|
|||
|
\v 14 आफ्ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्ना काममा र लेवीहरूलाई चाहिं परमेश्वरको स्तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।
|
|||
|
\v 15 पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् ।
|
|||
|
\s5
|
|||
|
\v 16 परमप्रभुका मन्दिरको जग बसालेदेखि त्यो पूरा नभएसम्म सोलोमनले आज्ञा गरेका सबै काम सम्पन्न भएको थियो । परमप्रभुको मन्दिर बनाउने काम सकियो ।
|
|||
|
\s5
|
|||
|
\v 17 त्यसपछि सोलोमन एदोम देशको किनारमा भएको एस्योन-गेबेर र एलातमा गए ।
|
|||
|
\v 18 अनि हीरामले समुद्रको बारेमा जानकारी भएका मानिसहरूसहितका आफ्ना अधिकारीहरूका कमाण्डमा रहेका रहेका पानी जहाजहरू पठाइदिए र सोलोमनका सेवकहरूका साथमा तिनीहरू ओपीरमा गए र तिनीहरूले त्यहाँबाट सोह्र टन सुन ल्याए र त्यो सोलोमन राजालाई दिए ।
|
|||
|
\s5
|
|||
|
\c 9
|
|||
|
\p
|
|||
|
\v 1 जब शेबाकी रानीले सोलोमनको ख्यातिको बारेमा सुनिन्, तब कठिन प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन् । तिनी मसलाहरू, प्रशस्त सुन र धेरै बहुमूल्य रत्नहरूलाई ऊँटहरूमा लदाएर एक अत्यन्तै ठूलो लावालश्करसाथ आइन् । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।
|
|||
|
\v 2 सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्न बाँकी रहेन ।
|
|||
|
\s5
|
|||
|
\v 3 जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,
|
|||
|
\v 4 तिनको टेबलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, र तिनी आश्चर्यचकित भइन् ।
|
|||
|
\s5
|
|||
|
\v 5 तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्नो देशमा सुनेको कुरा साँचो रहेछ ।
|
|||
|
\v 6 म यहाँ नआएसम्म मैले जे सुनें त्यो मैले विश्वास गरिनँ, र अहिले मेरा आँखाले यी देखेका छन् । तपाईंको बुद्धि र सम्पत्तिको विषयमा मलाई आधा कुरा पनि भनिएको रहेनछ! तपाईंको ख्याति मैले सुनेको भन्दा बढी रहेछ ।
|
|||
|
\s5
|
|||
|
\v 7 तपाईंका मानिसहरू कति धन्यका हुन् र निरन्तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्न पाउँछन् ।
|
|||
|
\v 8 तपाईंसित प्रसन्न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्वर धन्यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्वरले त्यसलाई प्रेम गर्नुभयो । तपाईंले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो !"
|
|||
|
\s5
|
|||
|
\v 9 तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन् । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।
|
|||
|
\s5
|
|||
|
\v 10 ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू र सोलोमनका सेवकहरूले चन्दनको काठ र बहुमूल्य रत्नहरू पनि ल्याए ।
|
|||
|
\v 11 चन्दनका काठबाट राजाले परमप्रभुको मन्दिर र राजमहलका सिंढी र संगीतकारहरूका निम्ति वीणा र सारङ्गीहरू पनि बनाए । यहूदा देशमा यसभन्दा अघि कहिल्यै पनि यस्ता काठहरू देखिएका थिएनन् ।
|
|||
|
\v 12 शेबाकी रानीले जे इच्छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्याएर दिएका थोकभन्दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्नो देशमा फर्किन् ।
|
|||
|
\s5
|
|||
|
\v 13 सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्थ्यो,
|
|||
|
\v 14 यो व्यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 15 सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो ।
|
|||
|
\v 16 पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए । प्रत्येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे ।
|
|||
|
\s5
|
|||
|
\v 17 तब राजाले हस्ती-हाडको एउटा ठूलो सिंहासन बनाए र त्यसमा निखुर सुनको जलप लगाए ।
|
|||
|
\v 18 सिंहासनमा उक्लने छ वटा खुट्किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोडिएको थियो । आसनका दुवैतिर हात अड्याउने ठाउँ थिए दुवै छेउमा दुई वटा सिंह खडा थिए ।
|
|||
|
\s5
|
|||
|
\v 19 छ वटै खुट्किलाका दुवैपट्टि एक-एक वटा गरी जम्मा बाह्र वटा सिंह खडा थिए । कुनै पनि राज्यमा यस्तो किसिमको सिंहासन थिएन ।
|
|||
|
\v 20 सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन ।
|
|||
|
\v 21 हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हस्ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथ्यो ।
|
|||
|
\s5
|
|||
|
\v 22 यसरी सोलोमन राजाले धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजालाई जितेका थिए ।
|
|||
|
\v 23 परमेश्वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्न पृथ्वीका सबै राजाले तिनको उपस्थितिमा बस्न खोज्थे ।
|
|||
|
\v 24 आउने हरेकले आफ्नो सौगात चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्चरहरू वर्षैपिच्छे ल्याउँथे ।
|
|||
|
\s5
|
|||
|
\v 25 सोलोमनसँग आफ्ना घोडा र रथहरूका निम्ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे ।
|
|||
|
\v 26 तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूका देश र मिश्रदेशको सिमानासम्मै राज्य गरे ।
|
|||
|
\s5
|
|||
|
\v 27 राजासँग यरूशलेममा चाँदीचाहिं ढुङ्गैसरह थिए । तिनले देवदारुको काठचाहिं पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह तुल्याए ।
|
|||
|
\v 28 तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 29 सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र दर्शी इद्दोका दर्शनको पुस्तकमा (जसमा नबातका छोरा यारोबामको विषयमा पनि जानकारी छ) वर्णन गरिएका छैनन् र?
|
|||
|
\v 30 सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्य गरे ।
|
|||
|
\v 31 त्यसपछि तिनी आफ्ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए
|
|||
|
\s5
|
|||
|
\c 10
|
|||
|
\p
|
|||
|
\v 1 रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्याउन शकेममा आइरहेका थिए ।
|
|||
|
\v 2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के ।
|
|||
|
\s5
|
|||
|
\v 3 यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने,
|
|||
|
\v 4 “तपाईंका बुबाले हाम्रो जुवा गाह्रो बनाउनुभयो । यसकारण, अब तपाईंका बुबाको कठोर कामलाई सजिलो बनाउनुहोस्, र उहाँले हामीमाथि लाद्नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं ।”
|
|||
|
\v 5 रहबामले तिनीहरूलाई भने, “तिन दिनपछि फेरि मकहाँ आओ ।” यसैले मानिसहरू गए ।
|
|||
|
\s5
|
|||
|
\v 6 राजा रहबामले आफ्नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्लाह मागे । तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्तो सल्लाह दिनुहुन्छ?”
|
|||
|
\v 7 उनीहरूले तिनलाई यसो भने, “यी मानिसप्रति तपाईं असल हुनुभयो र तिनीहरूलाई खुसी पार्नुभयो, र तिनीहरूलाई असल वचन दिनुभयो भने, तिनीहरूले सधैं तपाईंका सेवकहरू हुनेछन् ।”
|
|||
|
\s5
|
|||
|
\v 8 तर ती पाका मानिसले आफूलाई दिएको सल्लाहलाई रहबामले बेवास्ता गरे, र आफूसित हुर्केका र आफ्नो सामु खडा भएका जवान मानिसहरूका सल्लाह तिनले मागे ।
|
|||
|
\v 9 तिनले उनीहरूलाई भने, “तिमीहरू मलाई कस्तो सल्लाह दिन्छौ, ताकि मसित यसो भनेर कुरा गर्ने मानिसहरूलाई हामीले जवाफ दिन सकौं, ‘तपाईंका बुबाले हामीमाथि लाद्नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्’?”
|
|||
|
\s5
|
|||
|
\v 10 रहबामसित हुर्केका ती जवान मानिसहरूले यसो भनेर तिनीसित कुरा गरे, “तपाईंको बुबा सोलोमोनले तिनीहरूका जुवा गह्रौं बनाउनुभयो, तर तपाईंले त्यो हलुङ्गो बनाउनुपर्छ भन्ने यी मानिसलाई तपाईंले यसो भन्नुपर्छ । तिनीहरूलाई तपाईंले यसो भन्नुपर्छ, ‘मेरो कान्छी औंला मेरा बुबाको कम्मरभन्दा मोटो छ ।
|
|||
|
\v 11 यसैले अब, मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्नेछु । मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु’ ।”
|
|||
|
\s5
|
|||
|
\v 12 यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए ।
|
|||
|
\v 13 अनि ती पाका मानिसका सल्लाहलाई बेवास्ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले ।
|
|||
|
\v 14 ती जवान मानिसका सल्लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्यसमा थप्नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु ।”
|
|||
|
\s5
|
|||
|
\v 15 यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्नुभएको वचन पूरा हुनलाई परमेश्वरले नै यस्ता घटनाहरू हुन दिनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 16 जब राजाले आफ्ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आआफ्ना पालहरूमा फर्के ।
|
|||
|
\s5
|
|||
|
\v 17 तर यहूदाका सहरहरूमा बस्ने इस्राएलका मानिसहरूका सम्बन्धमा तिनीहरूमाथि रहबामले राज्य गरे ।
|
|||
|
\v 18 तब राजा रहबामले ज्यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई पठाए, तर इस्राएलका मानिसहरूले तिनलाई ढुङ्गाले हानेर मारे । राजा रहबामचाहिं आफ्नो रथमा चढेर तुरुन्तै यरूशलेमतर्फ भागे ।
|
|||
|
\v 19 अनि आजको दिनसम्म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिं विद्रोही भएको छ ।
|
|||
|
\s5
|
|||
|
\c 11
|
|||
|
\p
|
|||
|
\v 1 जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्य पुनःर्स्थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।
|
|||
|
\s5
|
|||
|
\v 2 तर परमप्रभुको वचन परमेश्वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
|
|||
|
\v 3 "सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,
|
|||
|
\v 4 'परमप्रभु यसो भन्नुहुन्छ, “आफ्नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्यक्ति आआफ्नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।
|
|||
|
\s5
|
|||
|
\v 5 रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।
|
|||
|
\v 6 तिनले बेथहेलेम, एताम, तको,
|
|||
|
\v 7 बेथ सर, सोखो, अदुल्लाम,
|
|||
|
\v 8 गात, मारेशा, जीप,
|
|||
|
\v 9 अदोरेम, लाकीश, आजेका,
|
|||
|
\v 10 सोरा, अय्यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका सहरहरू यि नै थिए ।
|
|||
|
\s5
|
|||
|
\v 11 तिनले ती गढीहरू किल्लाबन्दी गरे र तिनमा कमाण्डरहरू नियुक्त गरे । त्यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्चय गरिदिए ।
|
|||
|
\v 12 तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्यामीन तिनका भए ।
|
|||
|
\s5
|
|||
|
\v 13 जम्मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू र लेवीहरू आआफ्ना सिमानाहरूबाट तिनीकहाँ गए ।
|
|||
|
\v 14 किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्कहरू र जग्गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
|
|||
|
\v 15 डाँडाका अल्गा थानहरू र आफूले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्नै पुजारीहरू नियुक्त गरे ।
|
|||
|
\s5
|
|||
|
\v 16 परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई बलिदान चढाउन यरूशलेममा आए ।
|
|||
|
\v 17 यसैले तिनीहरूले यहूदाको राज्य बलियो बनाए र तीन वर्षसम्म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्म हिंडे ।
|
|||
|
\s5
|
|||
|
\v 18 रहबामले आफ्नो निम्ति एउटी पत्नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।
|
|||
|
\v 19 उनीले तिनको निम्ति छोराहरू जन्माइन्: येऊश, शमरयाह र साहम ।
|
|||
|
\s5
|
|||
|
\v 20 महलतपछि तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।
|
|||
|
\v 21 रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूलाई भन्दा धेरै माया माकालाई गरे (तिनले अठाह्र जना पत्नीहरू र साठी जना उपपत्नीहरू ल्याए, र तिनका अट्ठाईस जना छोरा र साठी जना छोरी थिए) ।
|
|||
|
\s5
|
|||
|
\v 22 रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।
|
|||
|
\v 23 रहबामले बुद्धिमानीपूर्वक राज्य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका जम्मै सहरमा पठाए । तिनले उनीहरूका निम्ति प्रशस्त खानेकुरा दिए र तिनीहरूका निम्ति धेरै जना पत्नीहरू खोजिदिए ।
|
|||
|
\s5
|
|||
|
\c 12
|
|||
|
\p
|
|||
|
\v 1 यस्तो भयो, जब रहबामको राज्य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्यवस्था त्यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।
|
|||
|
\s5
|
|||
|
\v 2 रहबाम राजाको शासनकालको पाँचौं वर्षमा मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए, किनभने मानिसहरू परमप्रभुप्रति अविश्वासी भएका थिए।
|
|||
|
\v 3 तिनी बाह्र सय रथ र साठी हजार घोडचढी लिएर आए । तिनीसँग मिश्रदेशबाट आएका असंख्य फौज हरूः लिबियाली, सुक्किया र कूशीहरू आए ।
|
|||
|
\v 4 तिनले यहूदाका किल्लाबन्दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे ।
|
|||
|
\s5
|
|||
|
\v 5 शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘तिमीहरूले मलाई त्यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु’ ।”
|
|||
|
\v 6 तब इस्राएलका शासकहरू र राजाले आफूलाई विनम्र बनाए र भने, “परमप्रभु धर्मी हुनुहुन्छ ।”
|
|||
|
\s5
|
|||
|
\v 7 जब तिनीहरूले आफूलाई विनम्र तुल्याएका छन् भनी जब परमप्रभुले देख्नुभयो, तब परमप्रभुको वचन शमायाहकहाँ यसो भनेर आयो, “तिनीहरूले आफूलाई विनम्र तुल्याएका छन् । म तिनीहरूलाई विनाश गर्नेछैनँ । म तिनीहरूलाई केही हदसम्म उद्धार गर्नेछु, र शीशकको हातद्वारा यरूशलेममा म आफ्नो क्रोध खन्याउनेछैनँ ।
|
|||
|
\v 8 तापनि तिनीहरू त्यसका सेवकहरू हुनेछन् ताकि मेरो सेवा गर्नु र अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्नता रहेछ सो तिनीहरूले थाहा पाउनेछन् ।”
|
|||
|
\s5
|
|||
|
\v 9 यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए र परमप्रभुको मन्दिर कोषहरू र राजाको महलका भण्डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे ।
|
|||
|
\v 10 रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कमाण्डरहरूका जिम्मामा दिए ।
|
|||
|
\s5
|
|||
|
\v 11 जब राजा परमप्रभुको मन्दिरभित्र पस्थे, तब रक्षकहरू ती बोक्थे । अनि तिनीहरूले रक्षक बस्ने कोठामा फेरि ती फर्काउँथे ।
|
|||
|
\v 12 जब रहबामले आफूलाई विनम्र तुल्याए, तब तिनलाइ पुरै नष्ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।
|
|||
|
\s5
|
|||
|
\v 13 यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्य गरे । रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्नो नाउँ राख्नका निम्ति चुन्नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अम्मोनी स्त्री नामा थियो ।
|
|||
|
\v 14 तिनले जे खराब थियो त्यही गरे, किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन् ।
|
|||
|
\s5
|
|||
|
\v 15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्तकहरूमा समेत लेखिएका छैनन् र, जसमा वंशक्रमहरू र रहबाम र यारोबामका बीचमा निरन्तर भएको युद्धका अभिलेख पनि राखिएको छन्?
|
|||
|
\v 16 रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।
|
|||
|
\s5
|
|||
|
\c 13
|
|||
|
\p
|
|||
|
\v 1 राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे ।
|
|||
|
\v 2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे । तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन् । अबिया र यारोबामका बीचमा युद्ध भयो ।
|
|||
|
\v 3 अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे ।
|
|||
|
\s5
|
|||
|
\v 4 अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!
|
|||
|
\v 5 परमप्रभु इस्राएलका परमेश्वरले औपचारिक करारद्वारा सधैँको निम्ति दाऊद र तिनका सन्तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन?
|
|||
|
\s5
|
|||
|
\v 6 तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्यो र आफ्ना मालिकको विरुद्धमा बागी भयो ।
|
|||
|
\v 7 केही बेकम्मा बदमाशहरू त्यसको साथमा भेला भए । तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्ने अवस्थामा थिए ।
|
|||
|
\s5
|
|||
|
\v 8 यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्तानहरूका हातमा भएको परमप्रभुका राज्यको विरुद्धमा खडा हुने योजना गर्दछौ ।
|
|||
|
\v 9 तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्ने र अरू देशका मानिसहरूले गरेझैं आफ्नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 10 तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामीले उहाँलाई त्यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।
|
|||
|
\v 11 तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्ति होमबलि र सुगन्धित धूप चढ़ाउँछन् । पवित्र टेबलमा उपस्थितिको रोटीलाई मिलाएर राख्ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्छे सुनको सामदानमा भएका बत्तीहरू बाल्दछन् । हामी परमप्रभु हाम्रा परमेश्वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ ।
|
|||
|
\s5
|
|||
|
\v 12 हेर, परमेश्वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।”
|
|||
|
\s5
|
|||
|
\v 13 तर यारोबामले आफ्नो फौजको एक दल पछिल्तिर गएर ढुकिबस्नलाई पठाएका थिए, र तिनको फौज चाहिं यहूदा, र तिनीहरूको पछाडि ढुकेर बसेका फौज थिए ।
|
|||
|
\v 14 जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्ना तुरहीहरू फुके ।
|
|||
|
\v 15 त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्ने प्रहार गर्नुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 16 इस्राएलका मानिसहरू यहूदाका सामुन्नेबाट भागे, र परमेश्वरले तिनीहरूलाई यहूदाको हातमा सुम्पिदिनुभयो ।
|
|||
|
\v 17 अबिया र तिनका फौजले ठुलो सङ्ख्यामा तिनीहरूको हत्या गरे । इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले ।
|
|||
|
\v 18 यसरी इस्राएलका मानिसहरूलाई त्यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरमाथि भरोसा गरे ।
|
|||
|
\s5
|
|||
|
\v 19 अबियाले यारोबामलाई खेदे । तिनले उनीबाट बेथेल र त्यसका बस्ती, येशना र त्यसका बस्ती, अनि एप्रोन र त्यसका बस्तीसमेत कब्जा गरे ।
|
|||
|
\v 20 अबियाको शासनको समयमा यारोबामले फेरि आफ्नो शक्ति कदापि प्राप्त गर्न सकेनन् । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे ।
|
|||
|
\v 21 तर अबियाले शक्तिशाली भए । तिनले आफ्नो निम्ति चौध जना पत्नी ल्याए, र बाइस जना छोरा र सोह्र जना छोरीका पिता भए ।
|
|||
|
\v 22 अबिया बाँकी कामहरू र तिनका व्यवहार र वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\c 14
|
|||
|
\p
|
|||
|
\v 1 अबिया आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्म देशमा शान्ति भयो ।
|
|||
|
\v 2 आसाले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरा असल र ठिक थियो त्यही गरे,
|
|||
|
\v 3 किनकि तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए । तिनले ढुङ्गाका खम्बाहरू भत्काइदिए, र अशेरा देवीका खम्बाहरूलाई ढालिदिए ।
|
|||
|
\v 4 तिनले यहूदालाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको खोजी गर्ने, र व्यवस्था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।
|
|||
|
\s5
|
|||
|
\v 5 साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्गा थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्ति पायो ।
|
|||
|
\v 6 तिनले यहूदामा किल्ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 7 किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।
|
|||
|
\v 8 आसाका ढाल र भालाहरू बोक्ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।
|
|||
|
\s5
|
|||
|
\v 9 कूशी जेरह तिनीहरूका विरुद्धमा दस लाख फौज र तीन सय रथ लिएर आए । तिनी मारेशामा आइपुगे ।
|
|||
|
\v 10 तब आसा उनको सामना गर्न निस्केर आए, र मारेशानेरको सपताको बेसीमा तिनीहरूले एक-अर्कामा युद्ध गरे ।
|
|||
|
\v 11 आसाले परमप्रभु आफ्ना परमेश्वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”
|
|||
|
\s5
|
|||
|
\v 12 यसैले परमप्रभुले आसा र यहूदाको सामु कूशीहरूलाई प्रहार गर्नुभयो । कूशीहरू भागे ।
|
|||
|
\v 13 आसा र तिनीसित भएका फौजले उनीहरूलाई गरारसम्म खेदे । यति धेरै कूशीहरू ढले कि तिनीहरू फेरि खडा हुन सकेनन्, किनकि तिनीहरू परमप्रभु र उहाँका फौजका सामु पूर्ण रूपले नष्ट भए । फौजले धेरै मात्रामा लूटका समान लिएर आए ।
|
|||
|
\s5
|
|||
|
\v 14 फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्तीमा लूट मच्चाए र तिनीहरूसित धेरै लूटका माल भए ।
|
|||
|
\v 15 फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।
|
|||
|
\s5
|
|||
|
\c 15
|
|||
|
\p
|
|||
|
\v 1 परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो ।
|
|||
|
\v 2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्यामीनका सबै जना, मेरा कुरा सुन्नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्याग्नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्याग्नुहुनेछ ।
|
|||
|
\s5
|
|||
|
\v 3 अब धेरै समयसम्म इस्राएल साँचो परमेश्वर, सिकाउने पुजारी र व्यवस्थाविना थियो ।
|
|||
|
\v 4 तर जब आफ्नो कष्टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके ।
|
|||
|
\v 5 त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्ट थियो ।
|
|||
|
\s5
|
|||
|
\v 6 तिनीहरू टुक्रा-टुक्रा पारिए, राष्ट्रको विरूद्ध राष्ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु:खले समस्यामा पार्नुभयो ।
|
|||
|
\v 7 तर तपाईंहरू बलियो हुनुहोस्, आफ्ना हातहरू कमजोर हुन नदिनुहोस्, किनकि तपाईंका कामहरूको प्रतिफल दिइनेछ ।”
|
|||
|
\s5
|
|||
|
\v 8 जब आसाले यी कुरा, ओदेदका छोरा अजर्याह अगमवक्ताका अगमवाणी सुने, तब तिनको साहस बढ्यो, र यहूदा र बेन्यामीनका सारा देश र तिनले कब्जा गरेका एफ्राइमका पहाडी देशका सहरहरूबाट घिनलाग्दा कुराहरू सबै हटाइदिए, र तिनले परमप्रभुको मन्दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्मत गरे ।
|
|||
|
\v 9 तिनले सारा यहूदा र बेन्यामीन र एफ्राइम, मनश्शे र शिमियोनबाट तिनीहरूसँग बस्नेहरूलाई भेला गरे । किनभने परमप्रभु तिनका परमेश्वर तिनीसँग हुनुभएको तिनीहरूले देखेर इस्राएलबाट तिनीहरू धेरै सङ्ख्यामा तिनीकहाँ आए ।
|
|||
|
\s5
|
|||
|
\v 10 यसैले आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा एकसाथ भेला भए ।
|
|||
|
\v 11 त्यस दिन तिनीहरूले ल्याएको लूटका मालबाट परमप्रभुलाई सात सय साँढे र सात हजार भेडाहरू र बाख्राहरू बलिदान चढाए ।
|
|||
|
\s5
|
|||
|
\v 12 तिनीहरू आफ्ना सारा हृदय र आफ्ना सारा प्राणले परमप्रभु आफ्ना पुर्खाका परमेश्वरको खोजी गर्नलाई करार बाँधे ।
|
|||
|
\v 13 अनि परमप्रभु इस्राएलका परमेश्वरलाई नखोज्ने जोसुकैलाई मारिनुपर्छ भन्ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्त्री होस् ।
|
|||
|
\s5
|
|||
|
\v 14 तिनीहरूले ठूलो सोर, चिच्च्याएर, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए ।
|
|||
|
\v 15 सारा यहूदा शपथमा आनन्दित भयो, किनकि तिनीहरूले आफ्ना पूरा हृदयले शपथ खाएका थिए, र तिनीहरूले आफ्ना सारा इच्छाले परमेश्वरलाई खोजे, र तिनीहरूले उहाँलाई पाउन सके । तिनीहरूका वरिपरि सबैतिरबाट परमप्रभुले तिनीहरूलाई शान्ति दिनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 16 तिनले आफ्नी हजुरआमा माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको खम्बोबाट घिनलाग्दो मूर्ति बनाएकी थिइन् । आसाले त्यो घिनलाग्दो मूर्तिलाई काटेर ढालिदिए, त्यसलाई धुलोपिठो पारे र किद्रोन खोल्सामा जलाइदिए ।
|
|||
|
\v 17 तर डाँडाहरूमा भएका अल्गा थानहरू इस्राएलबाट हटाइएनन् । तापनि आसाको जीवनकालभरि तिनको हृदय विश्वासयोग्य रहिरह्यो ।
|
|||
|
\s5
|
|||
|
\v 18 तिनले आफ्ना पिताले अर्पण गरेका सुन, चाँदी र भाँडाकुँडाहरू परमेश्वरको मन्दिरमा ल्याए ।
|
|||
|
\v 19 आसाको राजकालको पैँतिसौँ वर्षसम्म कुनै युद्ध भएन ।
|
|||
|
\s5
|
|||
|
\c 16
|
|||
|
\p
|
|||
|
\v 1 आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरूद्ध आक्रामक रूपले प्रस्तुत भए र रामालाई बजमूत गराए, ताकि कोही पनि यहूदाका राजा आसाको देशभित्र जान र बाहिर आउन नसकून् ।
|
|||
|
\s5
|
|||
|
\v 2 त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सुन र चाँदीहरू निकालेर ती दमस्कसमा बस्ने अरामका राजा बेन-हददकहाँ पठाए । तिनले भने,
|
|||
|
\v 3 “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै मेरो र तपाईंका बिचमा पनि एउटा करार होस् । हेर्नुहोस्, मैले तपाईंलाई चाँदी र सुन पठाएको छु । इस्राएलका राजा बाशासँग तपाईंको सन्धि तोडिदिनुहोस्, ताकि तिनले मलाई हस्तक्षेप नगरुन् ।”
|
|||
|
\s5
|
|||
|
\v 4 बेन-हददले आसा राजाको कुरा स्वीकार गरेर आफ्ना फौजका कमाण्डरलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न पठाए । तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डार राख्ने सहरमाथि आक्रमण गरे ।
|
|||
|
\v 5 जब बाशाले यो कुरा सुने तब यस्तो भयो, तिनले रामालाई मजबूत बनाउन छोडिदिए, र आफ्ना काम बन्द गरिदिए ।
|
|||
|
\v 6 त्यसपछि आसा राजाले यहूदाका सबैलाई आफूसित लगे । तिनीहरूले बाशाले बनाउँदै गरेको रामाका ढुङ्गा र काठहरू उठाएर लगे । त्यसपछि आसा राजाले गेबा र मिस्पालाई मजबूत पार्न ती सामाग्री प्रयोग गरे ।
|
|||
|
\s5
|
|||
|
\v 7 त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए र तिनलाई भने, “तपाईंले अरामका राजामाथि भरोसा गर्नुभएको हुनाले र परमप्रभु आफ्ना परमेश्वरमाथि भरोसा नगर्नुभएको हुनाले गर्दा अरामका राजाको फौज तपाईंको हातबाट उम्केको छ ।
|
|||
|
\v 8 के कूशीहरू र लिबियालीहरू असंख्य रथ र घोड़चढ़ीहरू भएको विशाल फौज थिएनन्? तापनि तपाईंले परमप्रभुमाथि भरोसा राख्नुभएको हुनाले, उहाँले तपाईंलाई उनीहरूमाथि विजय दिनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 9 किनकि परमप्रभुको दृष्टि सारा पृथ्वीभरि जहाँसुकै दौडिरहन्छ, ताकि जसका हृदय उहाँप्रति समर्पित छन्, तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्नुभएको होस् । तर यस विषयमा तपाईंले मूर्खतासाथ काम गर्नुभयो । अबदेखि तपाईंले युद्ध गर्नुपर्नेछ ।”
|
|||
|
\v 10 त्यसपछि आसा ती दर्शीसँग रिसाए । उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए । यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे ।
|
|||
|
\s5
|
|||
|
\v 11 हेर, आसाका सुरुदेखि अन्तसम्मका कामहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन् ।
|
|||
|
\v 12 आफ्नो राजकालको उनन्चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो । तिनको त्यो रोग साह्रै गम्भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्लाह लिए ।
|
|||
|
\s5
|
|||
|
\v 13 तब आफ्नो राजकालको एकचालिसौँ वर्षमा मरेर, तिनी आफ्ना पुर्खाहरूसित सुते ।
|
|||
|
\v 14 तिनको आफ्नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्नो निम्ति खन्न लगाएका थिए । उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो । अनि तिनीहरूले उनको सम्झनामा एउटा ठूलो आगो बाले ।
|
|||
|
\s5
|
|||
|
\c 17
|
|||
|
\p
|
|||
|
\v 1 आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।
|
|||
|
\v 2 तिनले यहूदाका किल्ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे ।
|
|||
|
\s5
|
|||
|
\v 3 परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।
|
|||
|
\v 4 बरू, तिनले आफ्ना पिताका परमेश्वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्यवहारअनुसार होइन ।
|
|||
|
\s5
|
|||
|
\v 5 यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्पत्ति र ख्याति प्रशस्त थियो ।
|
|||
|
\v 6 तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।
|
|||
|
\s5
|
|||
|
\v 7 आफ्नो राजकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए ।
|
|||
|
\v 8 तिनीहरूसँग लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए ।
|
|||
|
\v 9 तिनीहरूले आफूसित परमप्रभुका व्यवस्थाको पुस्तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
|
|||
|
\s5
|
|||
|
\v 10 यहूदाको वरिपरि भएका सबै राज्यहरूमा परमप्रभुको भय पर्यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन् ।
|
|||
|
\v 11 पलिश्तीमध्ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्याए । अरबीहरूले तिनका निम्ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 12 यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए ।
|
|||
|
\v 13 यहूदाका सहरहरूमा तिनीसँग प्रशस्त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए ।
|
|||
|
\s5
|
|||
|
\v 14 तिनीहरू आआफ्नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।
|
|||
|
\v 15 तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।
|
|||
|
\v 16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।
|
|||
|
\s5
|
|||
|
\v 17 बेन्यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्यादा, र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज ।
|
|||
|
\v 18 तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
|
|||
|
\v 19 यिनीहरू यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।
|
|||
|
\s5
|
|||
|
\c 18
|
|||
|
\p
|
|||
|
\v 1 यहोशापातसँग धेरै धन-सम्पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्बन्ध जोडे ।
|
|||
|
\v 2 केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।
|
|||
|
\v 3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन् । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”
|
|||
|
\s5
|
|||
|
\v 4 यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।”
|
|||
|
\v 5 तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्वरले त्यो तपाईंको हातमा दिनुहुनेछ ।”
|
|||
|
\s5
|
|||
|
\v 6 तर यहोशापातले भने, “के यहाँ सल्लाह लिन परमप्रभुको अर्को अगमवक्ता छैन जोसँग हामी सल्लाह लिन सक्छौं?”
|
|||
|
\v 7 इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी बोल्दैनन्, तर सधैं खराबी मात्र भन्दछन् ।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न ।”
|
|||
|
\v 8 तब इस्राएलका राजाले तुरुन्तै आफ्ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै झिकाऊ ।”
|
|||
|
\s5
|
|||
|
\v 9 यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए ।
|
|||
|
\v 10 केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्नुहुन्छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्ट नभएसम्म नै तिनीहरूलाई धकेल्नुहुनेछ ।"
|
|||
|
\v 11 सबै अगमवक्ताले त्यसरी नै यसो भन्दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि परमप्रभुले त्यो राजाको हातमा दिनुभएको छ ।”
|
|||
|
\s5
|
|||
|
\v 12 मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्यो, “हेर्नुहोस् अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन् । तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, र मिल्दो किसिमले बोल्नुहोस् ।”
|
|||
|
\v 13 मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्वरले जे भन्नुहुन्छ, म त्यही भन्नेछु ।”
|
|||
|
\v 14 जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्! किनकि त्यो महान् विजय हुनेछ ।”
|
|||
|
\s5
|
|||
|
\v 15 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट भनूँ?”
|
|||
|
\v 16 यसैले मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेडाहरूझैं डाँडाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले भन्नुभयो, ‘यिनीहरूका गोठाला छैनन् । हरेक मानिस शान्तिसित आफ्नो घर फर्केर जाओस् ।’”
|
|||
|
\s5
|
|||
|
\v 17 यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्दैनन् तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”
|
|||
|
\v 18 तब मीकायाले भने, “यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्नुभएको र स्वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भएका मैले देखें ।
|
|||
|
\s5
|
|||
|
\v 19 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई कसले बहकाउनेछ, ताकि त्यो माथि जाओस् र रामोत-गिलादमा मरोस्?’ एउटाले यसो र अर्कोले उसो भन्छ ।
|
|||
|
\s5
|
|||
|
\v 20 तब एउटा आत्मा अगि आए र परमप्रभुको सामु खडा भए र भने, ‘म त्यसलाई बहकाउनेछु’ । “परमप्रभुले त्यसलाई सोध्नुभयो, ‘कसरी?’
|
|||
|
\v 21 त्यो आत्माले जवाफ दिए, ‘म जानेछ र त्यसका सबै अगमवक्ताका मुखमा म झूट बोल्ने आत्मा हुनेछु ।’ परमप्रभुले भन्नुभयो, ‘तैंले त्यसलाई बहकाउनेछस्, र तँ सफल पनि हुनेछस् । अब जा र त्यसै गर् ।’
|
|||
|
\s5
|
|||
|
\v 22 अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमेश्वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ ।”
|
|||
|
\s5
|
|||
|
\v 23 तब केनानका छोरा सिदकियाह माथि आए, मीकायाको गालामा थप्पड हाने र भने, “अब कुन बाटो भएर परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त?”
|
|||
|
\v 24 मीकायाले भने, “हेर, त्यो त तिमी लुक्नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ ।”
|
|||
|
\s5
|
|||
|
\v 25 इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ ।
|
|||
|
\v 26 तिनलाई तिमीहरूले यसो भन्नेछौ, ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई झ्यालखानमा राख र म कुशलसाथ नआएसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’”
|
|||
|
\v 27 तब मीकायाले भने, “तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “ए सबै मानिसहरू हो, यो कुरा सुन्नुहोस् ।”
|
|||
|
\s5
|
|||
|
\v 28 यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्लेर गए ।
|
|||
|
\v 29 इस्राएलका राजाले यहोशापातलाई भने, “म आफूलाई गुप्त भेष धारण गर्नेछु र लडाइँमा जानेछु, तर तपाईं आफ्नो राजसी पोशाक नै लाउनुहोस् ।” यसैले इस्राएलका राजाले आफूलाई गुप्त भेष धारण गरे र तिनीहरू लडाइँमा गए ।
|
|||
|
\v 30 अरामका राजाले आफ्ना रथहरूका फौज पतिलाई यस्तो आज्ञा दिएका थिए, “साना वा ठुला फौजलाई आक्रमण नगर्नू । बरू, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
|
|||
|
\s5
|
|||
|
\v 31 यस्तो भयो, जब रथहरूका फौज पतिले यहोशापातलाई देखे, उनीहरूले भने, “इस्राएलका राजा यिनै हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्के, तर यहोशापात चर्को सोरले कराए, र परमप्रभुले तिनको सहायता गर्नुभयो । परमेश्वरले तिनीहरूलाई तिनीबाट अर्कोतिर फर्काउनुभयो ।
|
|||
|
\v 32 यस्तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन् भन्ने देखे, तिनलाई खेद्न छोडेर तिनीहरू फर्किए ।
|
|||
|
\s5
|
|||
|
\v 33 तर कुनै मानिसले आफ्नो धनु जथाभाबी तान्यो र इस्राएलका राजालाई कवचको जोर्नीमा काँड हान्यो । तब आहाबले आफ्नो सारथिलाई भने, “रथलाई घुमाऊ र मलाई युद्ध मैदानबाट बाहिर लैजाऊ, किनकि म नराम्ररी घाइते भएको छु ।”
|
|||
|
\v 34 त्यो दिनको लडाइँले भयङ्कर रूप लियो, र राजा साँझसम्म आफ्नो रथमा अडिएर अरामीहरूतर्फ फर्केर रहे । सूर्यास्त हुँने बेलामा तिनी मरे ।
|
|||
|
\s5
|
|||
|
\c 19
|
|||
|
\p
|
|||
|
\v 1 यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
|
|||
|
\v 2 तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए र यहोशापात राजालाई भने, “के दुष्टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
|
|||
|
\v 3 तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्नमा लाउनुभएको छ ।”
|
|||
|
\s5
|
|||
|
\v 4 यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए ।
|
|||
|
\v 5 यहूदाका किल्लाबन्दी गरिएका सबै सहरमा तिनले न्यायकर्ताहरू नियुक्त गरे ।
|
|||
|
\s5
|
|||
|
\v 6 तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
|
|||
|
\v 7 यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस् । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्छ ।”
|
|||
|
\s5
|
|||
|
\v 8 यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।
|
|||
|
\v 9 तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्वरको भय राखेर विश्वाससित र आफ्ना सारा हृदयले काम गर्नुपर्छ ।
|
|||
|
\s5
|
|||
|
\v 10 जब आफ्ना सहरमा बस्ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्, चाहे ती रक्तपातसम्बन्धी होउन्, वा व्यवस्था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।
|
|||
|
\s5
|
|||
|
\v 11 हेर, परमप्रभुका सबै विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि छन् । राजा सम्बन्धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्माएलका छोरा जबदियाह निरीक्षक छन् । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन् । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”
|
|||
|
\s5
|
|||
|
\c 20
|
|||
|
\p
|
|||
|
\v 1 यसपछि यस्तो हुन आयो, मोआब र अम्मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।
|
|||
|
\v 2 त्यसपछि केही यहोशापातकहाँ यसो भन्दै आए, “मृत-सागर पारि एदोमदेखि एउटा ठुलो भिड तपाईंको विरुद्धमा आइरहेछ । हेर्नहोस्, तिनीहरू हासेसोन-तामार, अर्थात् एन-गदीमा छन् ।”
|
|||
|
\s5
|
|||
|
\v 3 यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।
|
|||
|
\v 4 परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।
|
|||
|
\s5
|
|||
|
\v 5 यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।
|
|||
|
\v 6 तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं स्वर्गका परमेश्वर हुनुहुन्न र? के तपाईं जातिहरूका सबै राज्यका शासक हुनुहुन्न र? शक्ति र बल तपाईंका हातमा छन् । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।
|
|||
|
\v 7 हे हाम्रा परमेश्वर, के तपाईंले नै आफ्नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्तानलाई दिनुभएको होइन र?
|
|||
|
\s5
|
|||
|
\v 8 तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए,
|
|||
|
\v 9 ‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्ती सुन्नुहुने छ र हामीलाई बचाउनुहुने छ ।'
|
|||
|
\s5
|
|||
|
\v 10 अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्ट गरेनन् ।
|
|||
|
\v 11 हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन् ।
|
|||
|
\s5
|
|||
|
\v 12 हे हाम्रा परमेश्वर, के तपाईं उनीहरूको न्याय गर्नुहुन्न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हाम्रा दृष्टि तपाईंमा छन् ।”
|
|||
|
\v 13 सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए ।
|
|||
|
\s5
|
|||
|
\v 14 तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा आउनुभयो ।
|
|||
|
\v 15 यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।
|
|||
|
\s5
|
|||
|
\v 16 तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्थान अगि भेट्ने छौ ।
|
|||
|
\v 17 यो लडाइँ तिमीहरूले लड्नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”
|
|||
|
\s5
|
|||
|
\v 18 यहोशापातले आफ्नो शिरलाई भूइँमा घोप्टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्ने घोप्टो परे ।
|
|||
|
\v 19 कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर्न खडा भए ।
|
|||
|
\s5
|
|||
|
\v 20 तिनीहरू बिहान सबेरै उठे र निस्केर तकोको उजाड-स्थानमा गए । जब तिनीहरू निस्केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्ना परमेश्वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
|
|||
|
\v 21 मानिसहरूसित सल्लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्यवाद देओ, किन उहाँको करारको विश्वस्तात सदासर्वदा रहन्छ ।”
|
|||
|
\s5
|
|||
|
\v 22 जब तिनीहरूले गाउन र प्रशंसा गर्न सुरु गरे, तब परमप्रभुले यहूदासँग युद्ध गर्न आइरहेका अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूको विरूद्ध ढुकेर आक्रमण गर्ने मानिसहरू खडा गर्नुभयो । उनीहरू परास्त भए ।
|
|||
|
\v 23 किनकि सेइर पर्वतका मानिसहरूलाई पूर्ण रूपले मारेर सिद्ध्याउन र तिनीहरूलाई नाश गर्न भनेर अम्मोनी र मोआबीहरू तिनीहरूका विरुद्धमा उठे । जब तिनीहरूले सेइरका बासिन्दाहरूलाई नाश गरेर सिद्ध्याए, तब तिनीहरू सबैले एक-अर्कालाई नाश गर्न मदत गरे ।
|
|||
|
\s5
|
|||
|
\v 24 जब यहूदाका मानिसहरू उजाड-स्थान देखिने अल्गो ठाउँमा आइपुगे, तब तिनीहरूले फौजलाई हेरे । हेर, तिनीहरू मरेर भूइँमा ढलेका थिए । एक जना पनि बाँचेको थिएन ।
|
|||
|
\s5
|
|||
|
\v 25 जब यहोशापात र तिनका मानिसहरू उनीहरूका लूटका माल जम्मा गर्न आउँदा, तिनीहरूले उनीहरूका बिचमा प्रशस्त सामानहरू, लुगाफाटा र बहुमूल्य थोकहरू भेटाए, जसलाई तिनीहरूले बोक्न सक्नेभन्दा धेरै आफूसँग लगे । लूटका माल ओसार्न तिनीहरूलाई तीन दिन लाग्यो । त्यो सह्रै धेरै थियो ।
|
|||
|
\v 26 चौथो दिन तिनीहरू बराकाहको बेसीमा भेला भए । तिनीहरूले त्यहाँ परमप्रभुको प्रशंसा गरे। यसैले त्यस ठाउँको नाउँ आजको दिनसम्म पनि, ‘बराकाको बेसी’ रहेको छ ।
|
|||
|
\s5
|
|||
|
\v 27 त्यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो ।
|
|||
|
\v 28 तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्दिरमा आए ।
|
|||
|
\s5
|
|||
|
\v 29 परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्यहरूमा परमेश्वरको भय फैलियो ।
|
|||
|
\v 30 यसरी यहोशापातको राज्यमा शान्ति भयो, किनकि तिनका परमेश्वरले तिनका चारैतिरबाट तिनलाई शान्ति दिनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 31 यहोशापातले यहूदामाथि राज्य गरेः तिनले राज्य गर्न सुरु गर्दा तिनी पैंतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्हीकी छोरी थिइन् ।
|
|||
|
\v 32 तिनी आफ्ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन् । परमप्रभुको दृष्टिमा जे असल थियो सो तिनले गरे ।
|
|||
|
\v 33 तापनि तिनले डाँडाका थानहरू तिनले हटाएनन् । मानिसहरूले अझैसम्म पनि आफ्ना पुर्खाहरूका परमेश्वरमाथि आफ्नो हृदय लाएनन् ।
|
|||
|
\s5
|
|||
|
\v 34 यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्, जुन इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 35 त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसँग मित्रता गरे, जसले धेरै दुष्ट काम गरे ।
|
|||
|
\v 36 तर्शीशमा जाने जहाजहरू बनाउनको निम्ति तिनले उनीसँग मित्रता गरे । तिनीहरूले एस्योन-गेबेरमा जहाजहरू बनाए ।
|
|||
|
\v 37 तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी बोले । तिनले भने, “तपाईंले अहज्याहसँग मित्रता गर्नुभएको हुनाले, परमप्रभुले तपाईंका योजनाहरू नष्ट पार्नुभएको छ ।” ती जहाजहरू नष्ट भए ताकि ती तैरन सकेनन् ।'
|
|||
|
\s5
|
|||
|
\c 21
|
|||
|
\p
|
|||
|
\v 1 यहोशापात आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
|
|||
|
\v 2 यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।
|
|||
|
\v 3 तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरूका ठुला उपहारहरू र यहूदाका किल्ला भएका सहरहरू पनि दिए, तर राज्यचाहिं तिनले यहोरामलाई नै दिए ।
|
|||
|
\s5
|
|||
|
\v 4 जब यहोराम आफ्ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।
|
|||
|
\v 5 यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।
|
|||
|
\s5
|
|||
|
\v 6 आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्नी पत्नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो सो गरे ।
|
|||
|
\v 7 तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 8 यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्यो, र तिनीहरूले आफ्नै राजा स्थापित गरे ।
|
|||
|
\v 9 तब यहोराम आफ्ना फौज पतिहरू र सबै रथका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका फौज पतिहरूलाई घेरेका थिए ।
|
|||
|
\v 10 यसैले एदोम आजको दिनसम्मै यहूदाको अधीनताको विरुद्धमा छ । त्यसै बेला लिब्नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्यो, किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 11 यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
|
|||
|
\s5
|
|||
|
\v 12 एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तँ आफ्ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
|
|||
|
\v 13 तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्नै भाइहरू, तँभन्दा असल मानिसहरू पनि तैंले मारिस् —
|
|||
|
\v 14 हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्नीहरू र तेरा सबै धन-सम्पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
|
|||
|
\v 15 तँ आफैलाई चाहिं निको नहुने आन्द्राको रोग हुनेछ । त्यसले गर्दा दिनदिनै तेरा आन्द्रा बाहिर निस्केर आउनेछन् ।”
|
|||
|
\s5
|
|||
|
\v 16 परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो ।
|
|||
|
\v 17 तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्नीहरू पनि लगे । कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
|
|||
|
\s5
|
|||
|
\v 18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्द्रामा प्रहार गर्नुभयो ।
|
|||
|
\v 19 त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो । अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन्द्रा बाहिर निस्के, र तिनी गम्भीर रोगले मरे । तिनको सम्मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्तो तिनीहरूले तिनका पुर्खाहरूका निम्ति गरेका थिए ।
|
|||
|
\v 20 तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।
|
|||
|
\s5
|
|||
|
\c 22
|
|||
|
\p
|
|||
|
\v 1 यरूशलेमका बासिन्दाहरूले यहोरामको सट्टामा तिनका कान्छा छोरा अहज्याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह राजा भए ।
|
|||
|
\v 2 अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । तिनी ओम्रीकी छोरी थिइन् ।
|
|||
|
\v 3 तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्ट कुराहरू गर्नलाई तिनकी आमा सल्लाहकार थिइन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्युपछि तिनीहरू नै तिनको पतन गराउने सल्लाहकारहरू थिए ।
|
|||
|
\v 5 तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 6 रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 7 अहज्याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्नुभएको थियो ।
|
|||
|
\v 8 यस्तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्वरको न्याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्याहका दाजुहरूका छोराहरूले अहज्याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।
|
|||
|
\s5
|
|||
|
\v 9 येहूले अहज्याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्नो पूरा हृदयले परमप्रभुलाई खोज्ने यहोशापातका छोरा हुन् ।” यसरी राज्यमा शासन गर्नलाई अहज्याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।
|
|||
|
\s5
|
|||
|
\v 10 अब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन् ।
|
|||
|
\v 11 तर राजाकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्क भगाएर लगिन् । तिनले त्यसलाई र त्यसकी धाईआमालाई एउटा सुत्ने कोठाभित्र राखिन् । यहोराम राजाकी छोरी र पुजारी यहोयादाकी पत्नी यहोशेबाले (किनकि तिनी अहज्याहकी दिदी थिइन्) योआशलाई अतल्याहको हातबाट लुकाइराखिन्, ताकि अतल्याहले त्यसलाई मार्न पाइनन् ।
|
|||
|
\v 12 अतल्याहले देशमा राज्य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए ।
|
|||
|
\s5
|
|||
|
\c 23
|
|||
|
\p
|
|||
|
\v 1 सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्डरहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्झौता गरे ।
|
|||
|
\v 2 तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए ।
|
|||
|
\v 3 सबै सभाले परमेश्वरको मन्दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्य गर्नेछन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।
|
|||
|
\v 5 अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्दिरका चोकहरूमा हुनुपर्छ ।
|
|||
|
\s5
|
|||
|
\v 6 सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्दिरभित्र पस्न नदिनू । तिनीहरू भित्र पस्न सक्छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन् । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्नुपर्छ ।
|
|||
|
\v 7 लेवीहरू हरेकले आआफ्नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्दिरभित्र पस्यो भने, त्यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्नुपर्छ ।”
|
|||
|
\s5
|
|||
|
\v 8 यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन् ।
|
|||
|
\v 9 त्यसपछि कमाण्डरहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्याइदिए ।
|
|||
|
\s5
|
|||
|
\v 10 यहोयादाले सबै फौजलाई आफ्नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्दिरको छेउमा राखे ।
|
|||
|
\v 11 तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”
|
|||
|
\s5
|
|||
|
\v 12 जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्ला अतल्याहले सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा तिनीहरूकहाँ आइन्,
|
|||
|
\v 13 र तिनले हेरिन् र हेर, राजा आफ्नो स्तम्भको छेउमा ढोकानेर खडा थिए र कमाण्डरहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्व गरिरहेका थिए । तब अतल्याहले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”
|
|||
|
\s5
|
|||
|
\v 14 तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्याए र तिनीहरूलाई भने, “तिनलाई मन्दिरको बाहिर ल्याओ । तिनको पछि लाग्ने कुनै पनि व्यक्ति तरवारले मारियोस् ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरमा नमार ।”
|
|||
|
\v 15 यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे ।
|
|||
|
\s5
|
|||
|
\v 16 त्यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।
|
|||
|
\v 17 यसैले सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काए । बालका वेदीहरू र त्यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे ।
|
|||
|
\s5
|
|||
|
\v 18 यहोयादाले परमप्रभुका मन्दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्ति होमबलि चढाउन र परमप्रभुको मन्दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।
|
|||
|
\v 19 अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्न नदिनलाई यहोयादाले परमप्रभुको मन्दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।
|
|||
|
\s5
|
|||
|
\v 20 यहोयादाले सयका कमण्डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्दिरबाट तल ल्याए । मानिसहरू माथिल्लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।
|
|||
|
\v 21 यसरी देशका सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो । अतल्याहलाई तिनीहरूले तरवारले मारेका थिए ।
|
|||
|
\s5
|
|||
|
\c 24
|
|||
|
\p
|
|||
|
\v 1 योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए । तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे । तिनकी आमा बेर्शेबाकी सिब्या थिइन् ।
|
|||
|
\v 2 यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे ।
|
|||
|
\v 3 यहोयादाले तिनका निम्ति दुई वटी पत्नी ल्याएदिए, र तिनी छोराछोरीका पिता भए ।
|
|||
|
\s5
|
|||
|
\v 4 यसपछि यस्तो भयो, योआशले परमप्रभुको मन्दिरको पुननिर्माण गर्ने निर्णय गरे ।
|
|||
|
\v 5 तिनले पुजारी र लेवीहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “हरेक वर्ष यहूदाका सहरहरूमा जाओ र सबै इस्राएलबाट परमप्रभुको मन्दिरको पुनर्निर्माण गर्नलाई पैसा जम्मा गर । तिमीहरू यो काम झट्टै सुरु गरिहाल ।” लेवीहरूले सुरुमा केही पनि गरेनन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 यसले राजाले प्रधान पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्नुभएको छैन?”
|
|||
|
\v 7 किनकि ती दुष्ट स्त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्दिर भत्काएका र परमप्रभुको मन्दिरका सबै पवित्र थोक बाललाई दिएका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 8 यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्दूक बनाए र त्यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्ने हुकुम गरे ।
|
|||
|
\v 9 तब तिनीहरूले यहूदा र यरूशलेमभरि नै परमेश्वरका दास मोशाले उजाड-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ भनी घोषणा गरे ।
|
|||
|
\v 10 सबै अगुवा र सबे मानिस आनन्दित भए र रकम ल्याए र त्यो सन्दूक नभरिएसम्म त्यसमा हाले ।
|
|||
|
\s5
|
|||
|
\v 11 यस्तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे, र जब त्यसमा तिनीहरूले धेरै पैसा देख्थे, तब राजाका सचिव र प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे । तिनीहरूले दिनदिनै त्यसो गरेर धेरै रुपियाँपैसा सञ्चय गरे ।
|
|||
|
\v 12 राजा र यहोयादाले त्यो रुपियाँपैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिए । ती मानिसहरूले मन्दिरको पुनर्निर्माण गर्न डकर्मी, सिकर्मीहरू, फलाम र काँसाको काम गर्नेहरूलाई ज्यालामा लगाए ।
|
|||
|
\s5
|
|||
|
\v 13 यसरी कामदारहरूले श्रम गरे, र तिनीहरूकै हातमा यस मरम्मतका काम अगाडि बढ्यो । तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरे र त्यसलाई बलियो बनाए ।
|
|||
|
\v 14 जब तिनीहरूले त्यो काम सिद्ध्याए, तब तिनीहरूले बाँकी बचेको रुपियाँपैसा राजा र यहोयादाकहाँ ल्याइदिए । ती पैसाबाट परमप्रभुका मन्दिरमा चाहिने सामानहरूको निम्ति प्रयोग गरियो, सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँडाहरू—सुन र चाँदीका चम्चा र भाँडाहरू । यहोयादाको समयभरि नै तिनीहरूले परमप्रभुको मन्दिरमा निरन्तर होमबलि चढाए ।
|
|||
|
\s5
|
|||
|
\v 15 यहोयादा वृद्ध भए र दीर्घायु भए अनि त्यसपछि तिनी मरे । तिनको मृत्यु हुँदा तिनी एक सय तिस वर्षका थिए ।
|
|||
|
\v 16 तिनीहरूले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा गाडे, किनभने तिनले इस्राएलमा परमेश्वर र परमेश्वरको मन्दिरको निम्ति असल काम गरेका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 17 यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए । तब राजाले तिनीहरूका कुरा सुने ।
|
|||
|
\v 18 तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको मन्दिरलाई त्यागे र अशेरा देवीका खम्बाहरू र मूर्तिहरूको पुजा गरे । तिनीहरूका यस खराबीले गर्दा यहूदा र यरूशलेममाथि परमेश्वरको क्रोध आइपर्यो ।
|
|||
|
\v 19 तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो । ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले, तर तिनीहरूले त्यो सुन्नलाई इन्कार गरे ।
|
|||
|
\s5
|
|||
|
\v 20 यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ ।”
|
|||
|
\v 21 तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे ।
|
|||
|
\v 22 यसरी किसिमले, योआश राजाले जकरियाका बुबा यहोयादाले आफूप्रति गरेको दयालाई बेवास्ता गरे । बरु, यहोयादाका छोरालाई मारे । जब जकरियाको मृत्यु हुन लागेको थियो, तब तिनले यसो भने, “परमप्रभुले यो देख्नुभएको होस् र तिमीहरूका लेखा लिनुभएको होस् ।"
|
|||
|
\s5
|
|||
|
\v 23 वर्षको अन्त्यमा यस्तो भयो, अरामी छाउनीका फौज योआशको विरुद्धमा आयो । तिनीहरू यहूदा र यरूशलेममा आए । तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे र तिनीहरूबाट लूटका माल लिएर दमस्कसका राजालाई पठाइदिए ।
|
|||
|
\v 24 अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो, किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए । यसरी आरामीहरूले योआशमाथि दण्ड ल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 25 अरामीहरू जाने बेलासम्म योआश गम्भीर रूपले घाइते भएका थिए । पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिं होइन ।
|
|||
|
\v 26 तिनको विरुद्धमा षड्यन्त्र गर्ने व्यक्तिहरू अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद थिए ।
|
|||
|
\s5
|
|||
|
\v 27 अब तिनका सन्तानको विवरण, तिनको विषय गरिएका महत्त्वपूर्ण अगमवाणीहरू, र परमेश्वरको मन्दिरको पुनर्निर्माण गर्ने कामका विषय, हेर, ती राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । तिनका छोरा अमस्याह तिनको ठाउँमा राजा भए ।
|
|||
|
\s5
|
|||
|
\c 25
|
|||
|
\p
|
|||
|
\v 1 अमस्याहले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।
|
|||
|
\v 2 तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे, तर पूरा हृदयले होइन ।
|
|||
|
\s5
|
|||
|
\v 3 अनि यस्तो भयो, जब तिनको शासन राम्ररी स्थापित भयो, तब तिनले आफ्ना बुबा राजाको हत्या गरेका अधिकारीहरूलाई मारे ।
|
|||
|
\v 4 तर तिनले मोशाका व्यवस्थाको पुस्तकमा लेखिएको यसो भन्ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराछोरीलाई चाहिं मारेनन्, “बुबाहरूलाई छोराछोरीका निम्ति र छोराछोरीलाई बुबाहरूका निम्ति नमार्नू । बरू, हरेक मानिसले आफ्नै पापका निम्ति मर्नुपर्छ ।”
|
|||
|
\s5
|
|||
|
\v 5 यसको साथै अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूका पुर्ख्यौली घरानाअनुसार सारा यहूदा र बेन्यामीनका हजार र सयका कमाण्डरहरूका अधीनमा राखिदिए । तिनले बीस वर्ष पुगेका र त्यसभन्दा बढी उमेरका मानिको गन्ती गरे, र तिनीहरूको सङ्ख्या तीन लाख रोजाइमा परेका मानिस, सबै लडाइँ गर्न र भाला र ढाल चलाउन सक्नेहरू भएका तिनले थाहा पाए ।
|
|||
|
\v 6 तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए ।
|
|||
|
\s5
|
|||
|
\v 7 तर परमेश्वरका एक जना मानिस तिनीकहाँ आए र भने, “ए राजा, इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस्, किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्न ।
|
|||
|
\v 8 तर तपाईं त्यसरी गए पनि, र साहसी र बलियो भए पनि शत्रुहरूका सामु परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि सहायता गर्ने, र परास्त गर्ने शक्ति परमेश्वरसँग छ ।”
|
|||
|
\s5
|
|||
|
\v 9 अमस्याहले परमेश्वरका मानिसलाई भने, “तर इस्राएली फौजलाई मैले दिएको त्यो एक सय तोडाको बारेमा हामी के गरौं?” परमेश्वरका मानिसले जवाफ दिए, “परमप्रभुले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्षम हुनुहुन्छ ।”
|
|||
|
\v 10 यसैले एफ्राइमबाट आफूकहाँ आएका फौजलाई अमस्याहले अलग गरे । तिनीहरूलाई तिनले फेरि घर पठाइदिए । यसैले यहूदाप्रतिको तिनीहरूको क्रोध धेरै भयो, र रीसले चूर भएर तिनीहरू घर फर्के ।
|
|||
|
\s5
|
|||
|
\v 11 अमस्याहले साहस गरे र नूनको उपत्यकामा जानलाई आफ्ना मानिसहरूको नेतृत्व गरे । त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई पराजित गरे ।
|
|||
|
\v 12 यहूदाका फौजले अरू दश हजार मानिसलाई जीवितै लिएर गए । तिनीहरूले उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगे र त्यहाँबाट तिनीहरूलाई तल खसालिदिए ताकि तिनीहरू सबै टुक्राटुक्रा भए ।
|
|||
|
\s5
|
|||
|
\v 13 तर अमस्याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्मका सहरहरू आक्रमण गरे । तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए ।
|
|||
|
\s5
|
|||
|
\v 14 अब यस्तो भयो, एदोमीहरूलाई परास्त गरेर फर्केपछि अमस्याहले सेइरका मानिसहरूका देवताहरू ल्याए र ती आफ्नै देवताका रूपमा स्थापना गरे । तिनीहरूका सामु तिनी घोप्टो परे, र तिनीहरूलाई धूप बाले ।
|
|||
|
\v 15 यसैले अमस्याहको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”
|
|||
|
\s5
|
|||
|
\v 16 यस्तो भयो, जब अगमवक्ता तिनीसित बोलिरहेका थिए, तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्लाहकार बनएका छौं र? चूप लाग । तँ किन मारिने?” तब अगमवक्ता चूप लागे र भने, “मलाई थाहा छ कि तपाईंले यो काम गरेर मेरो सल्लाह नसुन्नुभएको हुनाले परमेश्वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको छ ।”
|
|||
|
\s5
|
|||
|
\v 17 त्यसपछि यहूदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसँग सल्लाह लिए र इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशकहाँ यसो भनेर दूतहरू पठाए, “आऊ, युद्धमा हामी एक-अर्काको सामना गरौं ।”
|
|||
|
\s5
|
|||
|
\v 18 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहका दूतहरूलाई यसो भनेर फिर्ता पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर एउटा सन्देश पठायो, ‘तिम्री छोरी मेरा छोरालाई पत्नीको रूपमा देऊ,' तर लेबनानको एउटा जङ्गली पशु त्यताबाट भएर गयो र त्यो सिउँडीलाई कुल्चिदियो ।
|
|||
|
\v 19 तिमीले भनेका छौ ‘हेर, मैले एदोमलाई हराएको छु,’ र तिम्रो हृदयले तिमीलाई माथि उचालेको छ । आफ्नो विजयमा गर्व गर, तर आफ्नै घरमा बस, आफ्नै र यहूदाको पनि आफूसँगै पतन ल्याउन तिमी किन खतरामा पर्छौ?”
|
|||
|
\s5
|
|||
|
\v 20 तर अमस्याहले सुनेनन्, किनभने यो घटना परमेश्वरबाट भएको थियो ताकि उहाँले यहूदाका मानिसहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिन सक्नुभएको होस्, किनभने, तिनीहरूले एदोमका देवताहरूबाट सल्लाह लिएका थिए ।
|
|||
|
\v 21 यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे । तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा आमने सामने भएर युद्ध लडे ।
|
|||
|
\v 22 इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस आआफ्नो घरमा भाग्यो ।
|
|||
|
\s5
|
|||
|
\v 23 इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा गिरफ्तार गरे । तिनले उनलाई यरूशलेममा ल्याए र तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्म चार सय हात लामो यरूशलेमको पर्खाल भत्काइदिए ।
|
|||
|
\v 24 तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र चाँदी र सबै भाँडाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र कैदीहरूलाई पनि लगे, र सामरियामा फर्के ।
|
|||
|
\s5
|
|||
|
\v 25 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्षसम्म बाँचे ।
|
|||
|
\v 26 अमस्याहका बारेमा भएका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
|
|||
|
\s5
|
|||
|
\v 27 अमस्याहले परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै तिनीहरूले यरूशलेममा तिनको विरुद्ध षड्यन्त्र गर्न सुरु गरे । तिनी लाकीशमा भागे, तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाए र तिनलाई त्यहीं मारे ।
|
|||
|
\v 28 तिनीहरूले तिनको लाश घोडामा बोकाएर यरूशलेममा ल्याए र तिनलाई आफ्ना पुर्खाहरूसित यहूदाको सहरमा गाडे ।
|
|||
|
\s5
|
|||
|
\c 26
|
|||
|
\p
|
|||
|
\v 1 यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्जियाहलाई लिए र तिनका पिता अमस्याहको ठाउँमा तिनलाई राजा बनाए ।
|
|||
|
\v 2 यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे र यहूदामा फिर्ता ल्याए । त्यसपछि राजा आफ्ना पुर्खाहरूसित सुते ।
|
|||
|
\v 3 उज्जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थियो । तिनी यरूशलेमकी थिइन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 तिनले हरेक कुरामा आफ्ना पिता अमस्याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्टिमा जे कुरो असल थियो सो गरे ।
|
|||
|
\v 5 तिनलाई परमेश्वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्वरको अगुवाइ खोज्नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 6 उज्जियाह बाहिर गए र पलिश्तीहरूसँग युद्ध गरे । तिनले गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए । तिनले अश्दोदको गाउँमा र पलिश्तीहरूका बिचमा सहरहरू बनाए ।
|
|||
|
\v 7 परमेश्वरले तिनलाई पलिश्तीहरू, गूर-बालमा बस्ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो ।
|
|||
|
\v 8 अम्मोनीहरूले उज्जियाहलाई कर तिरे, र तिनको ख्याति मिश्रदेशको ढोकासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 9 साथै उज्जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।
|
|||
|
\v 10 तिनले उजाड-स्थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
|
|||
|
\s5
|
|||
|
\v 11 यसबाहेक उज्जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्डरमध्ये एक जना हनन्याहको अधीनमा युद्धमा जान्थे ।
|
|||
|
\v 12 वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा संख्या २,६०० थियो ।
|
|||
|
\v 13 तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
|
|||
|
\s5
|
|||
|
\v 14 तिनीहरूका निम्ति—सबै फौजका निम्ति उज्जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे ।
|
|||
|
\v 15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्ने यन्त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्याति टाढाका देशसम्म पुग्यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए ।
|
|||
|
\s5
|
|||
|
\v 16 तर जब उज्जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्नलाई तिनी परमप्रभुको मन्दिरमा पसे ।
|
|||
|
\v 17 पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्जियाहको पछिपछि भित्र गए ।
|
|||
|
\v 18 तिनीहरूले उज्जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्नलाई अभिषेक गरिएको छ । पवित्रस्थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्वासघात गर्नुभएको छ र परमप्रभु परमेश्वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”
|
|||
|
\s5
|
|||
|
\v 19 तब उज्जियाह रिसाए । तिनले धूप बाल्नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्ने परमप्रभुको मन्दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो ।
|
|||
|
\v 20 प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्ठरोग निस्केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 21 राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कुष्ठरोगी भए । तिनी कुष्ठरोगी भएको हुनाले अलग्गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्दिरबाट बहिष्कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।
|
|||
|
\s5
|
|||
|
\v 22 उज्जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्त्यसम्मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन् ।
|
|||
|
\v 23 यसरी उज्जियाह आफ्ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्ठरोगी हुन् ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।
|
|||
|
\s5
|
|||
|
\c 27
|
|||
|
\p
|
|||
|
\v 1 योताम राजगद्दी आरोहण गर्दा पच्चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।
|
|||
|
\v 2 हरेक कुरामा आफ्ना पिता उज्जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्ना दुष्ट चालमा लागिरहेका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनले परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।
|
|||
|
\v 4 यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्ला र धरहराहरू बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 5 अम्मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्त गरे । त्यसै वर्ष अम्मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्चिस हजार मुरी गहूँ र पच्चिस हजार मुरी जौ दिए । अम्मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्यसरी नै तिनलाई दिए ।
|
|||
|
\s5
|
|||
|
\v 6 यसरी परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए ।
|
|||
|
\v 7 योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 8 तिनी राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे ।
|
|||
|
\v 9 योताम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।
|
|||
|
\s5
|
|||
|
\c 28
|
|||
|
\p
|
|||
|
\v 1 आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो सो गरेनन् ।
|
|||
|
\v 2 बरू, तिनी पनि इस्राएलका राजाहरूका चालमा हिंडे । तिनले बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 3 यसको साथै तिनले बेन-हिन्नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्नेबाट परमप्रभुले देशबाट निकाल्नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्दा चालमा हिंडेर तिनले आफ्ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।
|
|||
|
\v 4 तिनले अल्गा ठाउँहरू र डाँडाका टाकुराहरू र हरेक हरिया रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।
|
|||
|
\s5
|
|||
|
\v 5 यसकारण परमप्रभु आहाजका परमेश्वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्त गरे र तिनका मानिसमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे ।
|
|||
|
\v 6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बिस हजार सिपाहीलाई मारे, र ती सबै जना शक्तिशाली योद्धा थिए, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 7 जिक्री नामको एक जना वीर एफ्राइमीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजापछिका मुख्य व्यक्ति एल्कानालाई मारे ।
|
|||
|
\v 8 तिनीहरूका आफन्तबाट दुई लाख पत्नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 9 तर त्यहाँ ओदेद नामका परमप्रभुका एक अगमवक्ता थिए । तिनी सामरियामा फर्किरहेको फौजलाई भेट्न गए । तिनले तिनीहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनुभयो । तर तिमीहरूले चाहिं रीसमा तिनीहरूको संहार गर्यौ, जो स्वर्गसम्मै पुग्यो ।
|
|||
|
\v 10 अब तिमीहरू यहूदा र यरूशलेमका पुरुष र स्त्री दुवैलाई दास-दासी बनाउने इच्छा गर्छौ । तर त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु आफ्नो पापको दोषी हुँदैनौ?
|
|||
|
\v 11 यसैले अब मेरा कुरा सुनः आफ्ना दाजुभाइबाट तिमीहरूले कैद गरेर ल्याएकाहरूलाई फर्काइदेओ, किनकि परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूमाथि छ ।”
|
|||
|
\s5
|
|||
|
\v 12 तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात् येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।
|
|||
|
\v 13 तिनीहरूले उनीहरूलाई भने, “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न, किनकि तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरूमा परमप्रभुको विरुद्धमा पाप ल्याउनेछ, हाम्रा पाप र दोष थप्नेछ, किनकि हाम्रा दोषहरू ठुला छन् र इस्राएलको विरुद्धमा भयानक क्रोध आइपरेको छ ।”
|
|||
|
\s5
|
|||
|
\v 14 यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालहरू अगुवाहरू र सबै समुदायका उपस्थितिमा छोडिदिए ।
|
|||
|
\v 15 नाम तोकेर जिम्मेवारी पाएका मानिसहरू खडा भए र कैदीहरूलाई लगेर लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए । तिनीहरूलाई लुगा लगाइदिए र तिनीहरूलाई र जुत्ता दिए । तिनीहरूले उनीहरूलाई खान र पानी दिए । तिनीहरूले उनीहरूका घाउहरूको उपचार गरिदिए र कमजोरहरूलाई गधामा चढाए । तिनीहरूले उनीहरूलाई यरीहोमा (खजूरका रुखहरूको सहरमा ) आफ्ना आफन्तहरूकहाँ लगे । त्यसपछि तिनीहरू सामरिया फर्के ।
|
|||
|
\s5
|
|||
|
\v 16 त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाए ।
|
|||
|
\v 17 किनकि एदोमीहरूले फेरि आक्रमण गर्ने आएका र यहूदालाई जितेर कैदी बनाएर लगेका थिए ।
|
|||
|
\v 18 पलिश्तीहरूले पनि पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा आक्रमण गरे । उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरू कब्जा गरे । तिनीहरूले ती ठाउँमा बसोबास गर्न गए ।
|
|||
|
\s5
|
|||
|
\v 19 किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्याउनुभयो । किनकि यहूदामा तिनले दुष्टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्ध धेरै पाप गरेका थिए ।
|
|||
|
\v 20 अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए र तिनलाई सहायता दिनुको साटोमा झन् तिनलाई कष्ट दिए ।
|
|||
|
\v 21 किनकि आहाजले अश्शूरका राजालाई दिनको निम्ति परमप्रभुको मन्दिर, राजा र भारदारहरूका महलहरू लुटे । तर यसले तिनलाई केही फाइदा भएन ।
|
|||
|
\s5
|
|||
|
\v 22 तिनै राजा आहाजले आफ्नो कष्टको समयमा परमप्रभुको विरुद्ध झन् धेरै पाप गरे ।
|
|||
|
\v 23 किनकि तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरुन् ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने ।
|
|||
|
\s5
|
|||
|
\v 24 आहाजले परमप्रभुको मन्दिरका भाँडाकुँडाहरू जम्मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्दिरका ढोकाहरू पनि बन्द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए ।
|
|||
|
\v 25 यहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्ति डाँडाहरूका थानहरू बनाए । तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 26 तिनको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन् ।
|
|||
|
\v 27 आहाज आफ्ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन् । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
|
|||
|
\s5
|
|||
|
\c 29
|
|||
|
\p
|
|||
|
\v 1 हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
|
|||
|
\v 2 आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो सो तिनले गरे ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू खोले र तिनको मरम्मत गरे ।
|
|||
|
\v 4 तिनले पुजारीहरू र लेवीहरूलाई ल्याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए ।
|
|||
|
\v 5 तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र पार, र पवित्रस्थानबाट अपवित्र कुरा हटाइदेओ ।
|
|||
|
\s5
|
|||
|
\v 6 किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्वरको दृष्टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्यागे, परमप्रभुको बस्नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्ना पीठ फर्काए ।
|
|||
|
\v 7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्वरको पवित्रस्थानमा धूप बाल्न र होमबलि चढाउन छोडिदिए ।
|
|||
|
\s5
|
|||
|
\v 8 यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्न सक्छौ ।
|
|||
|
\v 9 त्यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्नीहरू यसैले कैदमा छन् ।
|
|||
|
\s5
|
|||
|
\v 10 अब इस्राएलका परमप्रभु परमेश्वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्ड क्रोध हामीहरूबाट हटोस् ।
|
|||
|
\v 11 ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्नुभएको छ ।”
|
|||
|
\s5
|
|||
|
\v 12 तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्माहका छोरा योआ र योआका छोरा अदन ।
|
|||
|
\v 13 एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्याह ।
|
|||
|
\v 14 हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्जीएल ।
|
|||
|
\s5
|
|||
|
\v 15 तिनीहरूले आआफ्ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्दिरलाई शुद्ध पार्न तिनीहरू त्यसभित्र पसे ।
|
|||
|
\v 16 परमप्रभुको मन्दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्दिरको चोकमा ल्याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्सामा लगे ।
|
|||
|
\v 17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे । आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्म पुगेका थिए । अनि अझै आठ दिनसम्म तिनीहरूले परमप्रभुको मन्दिर पवित्र गरिरहे । पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए ।
|
|||
|
\s5
|
|||
|
\v 18 त्यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्दिर जम्मै पवित्र गरिसक्यौं, अर्थात् होमबलिको वेदी, त्यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्ने टेबल, त्यसका सबै सामानसमेत ।
|
|||
|
\v 19 यसैले हामीले राजा आहाजले आफ्नो शासनकालमा विश्वासघाती भएर हटाएका जम्मै सरसामान पनि हामीले तयारी र पवित्र गर्यौँ । हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्ने राखिएका छन् ।”
|
|||
|
\s5
|
|||
|
\v 20 तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए ।
|
|||
|
\v 21 तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्याए, अनि राज्य, पवित्रस्थान र यहूदाको लागि पापबलिको निम्ति सात वटा बोका ल्याए । तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।
|
|||
|
\s5
|
|||
|
\v 22 यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।
|
|||
|
\v 23 तिनीहरूले पापबलिको निम्ति बोकाहरू राजा र समुदायको अघि ल्याए । तिनीहरूले तीमाथि आआफ्ना हात राखे ।
|
|||
|
\v 24 पुजारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलि स्वरूप वेदीमा चढाए, किनकि होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्ति चढाउनुपर्छ भन्ने हुकुम राजाले दिएका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 25 हिजकियाले लेवीहरूलाई परमेश्वरको मन्दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्याली, वीणा र सारङ्गीका साथमा आआफ्नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।
|
|||
|
\v 26 लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।
|
|||
|
\s5
|
|||
|
\v 27 हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए । जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो ।
|
|||
|
\v 28 सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए । यो काम होमबलि खतम नहोउञ्जेल निरन्तर जारी रह्यो ।
|
|||
|
\s5
|
|||
|
\v 29 जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्टो परे र आराधना गरे ।
|
|||
|
\v 30 यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्दमा परमप्रभुको स्तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्तुति गाए र घोप्टो परे र आरधना गरे ।
|
|||
|
\s5
|
|||
|
\v 31 तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्यवाद बलिहरू ल्याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्ना होमबलि ल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए । यी सबै परमप्रभुको निम्ति होमबलि थिए ।
|
|||
|
\v 33 परमप्रभुमा अर्पण गरिएका बलिदानहरू छ सय साँढे र तीन हजार भेडा थिए ।
|
|||
|
\s5
|
|||
|
\v 34 तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्यो काम नसिद्धिएसम्म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्दा लेवीहरू नै बढी होसियार भएका थिए ।
|
|||
|
\s5
|
|||
|
\v 35 यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्दिरको सेवा व्यवस्थित गरियो ।
|
|||
|
\v 36 परमेश्वरले मानिसहरूका निम्ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्यो काम चाँडै नै पूरा भयो ।
|
|||
|
\s5
|
|||
|
\c 30
|
|||
|
\p
|
|||
|
\v 1 हिजकियाले सबै इस्राएल र यहूदाकहाँ दूतहरू पठाए र एफ्राइम र मनश्शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न यरूशलेमको परमप्रभुको मन्दिरमा आउन् ।
|
|||
|
\v 2 किनकि राजा, तिनका अगुवाहरू र यरूशलेममा भेला भएका सबै समुदायले मिलेर सल्लाह गरी दोस्रो महिनामा निस्तार-चाड मनाउने सहमती गरे ।
|
|||
|
\v 3 तिनीहरूले नियमित समयमा मनाउन सकेनन्, किनभने उत्सवको निम्ति पर्याप्त पुजारीहरूले आफूलाई शुद्ध पारेका र मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन् ।
|
|||
|
\s5
|
|||
|
\v 4 यो प्रस्ताव राजा र सारा समुदायको दृष्टिमा असल लाग्यो ।
|
|||
|
\v 5 यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्मै परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए । किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्ख्याले यो चाड मानेका थिएनन् ।
|
|||
|
\s5
|
|||
|
\v 6 यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क, ताकि अश्शूरका राजाहरूका हातबाट उम्कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।
|
|||
|
\s5
|
|||
|
\v 7 तिमीहरू आफ्ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्तै नहोओ, जसले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको विरुद्धमा विश्वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो, जुन तिमीहरूले देख्छौ ।
|
|||
|
\v 8 तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ । बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस् ।
|
|||
|
\v 9 किनकि तिमीहरू परमप्रभुतिर फर्क्यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन् । किनभने परमप्रभु तिमीहरूका परमेश्वर दयालु र करुणामय हुनुहुन्छ, र तिमीहरू उहाँतर्फ फर्क्यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।”
|
|||
|
\s5
|
|||
|
\v 10 यसैले ती पत्रवाहकहरू एफ्राइम र मनश्शेका प्रदेशहरूभरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए, तर मानिसहरूलाई हेरेर हाँसे र तिनीहरूको गिल्ला गरे ।
|
|||
|
\v 11 तापनि आशेर, मनश्शे र जबूलूनका कोही मानिसले आफैलाई नम्र तुल्याए र यरूशलेममा आए ।
|
|||
|
\v 12 परमप्रभुको वचनअनुसार राजा र तिनका अधिकारीहरूले दिएको हुकुम एकमत भई पालन गर्न परमेश्वरको हात यहूदाका मानिसहरूमा पनि आयो ।
|
|||
|
\s5
|
|||
|
\v 13 धेरै मानिसहरू, अर्थात् एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड मान्न यरूशलेममा भेला भए ।
|
|||
|
\v 14 तिनीहरू उठे र यरूशलेममा भएका वेदीहरू, र धूप बाल्ने सबै वेदीसमेत हटाइदिए, र तिनीहरूले तिनलाई किद्रोनको खोल्सामा फ्याँकिदिए ।
|
|||
|
\v 15 तब तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे । पुजारीहरू र लेवीहरू साह्रै लज्जित भए । यसैले तिनीहरूले आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्दिरमा होमबलि ल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 16 तब परमेश्वरका मानिस मोशाको व्यवस्थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्नो स्थानमा दल-दल भएर खडा भए । पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के ।
|
|||
|
\v 17 किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए । यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्ने आआफ्नो थुमा अर्पण नगरेकाहरू सबैका निम्ति लेवीहरूले निस्तार-चाडका थुमाहरू मारे ।
|
|||
|
\s5
|
|||
|
\v 18 एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएकामध्ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्तार-चाडको भोज खाए । किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्यक्तिलाई क्षमा गर्नुभएको होस्
|
|||
|
\v 19 जो पवित्र स्थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको खोजी गर्ने सङ्कल्प गरेको छ ।”
|
|||
|
\v 20 यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्नुभयो, र मानिसहरूलाई निको पार्नुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 21 यरूशलेममा उपस्थित भएका इस्राएलका मनिसहरूले सात दिनसम्म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए । लेवीहरू र पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे ।
|
|||
|
\v 22 परमप्रभुको सेवा बुझेका सबै लेवीलाई हिजकियाले उत्साहको वचनले बोले । यसरी मेलबलिका बलिदानहरू चढाउँदै, र परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरसँग आफ्ना पापहरू स्वीकार गर्दै र तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए ।
|
|||
|
\s5
|
|||
|
\v 23 सारा समुदाय अरू सात दिनसम्म चाड मान्न सहमत भए, र तिनीहरूले रमाहटसित सो गरे ।
|
|||
|
\v 24 किनकि यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार साँढे र सात हजार भेडा बलिदानको रूपमा दिए । अनि अगुवाहरूले समुदायको निम्ति एक हजार साँढे र दश हजार भेडा दिए । ठुलो संख्यामा पुजारीहरूले आफूलाई शुद्ध पारे ।
|
|||
|
\s5
|
|||
|
\v 25 यहूदाका सारा समुदाय, पुजारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे ।
|
|||
|
\v 26 यसरी यरूशलेममा ठुलो रमाहट भयो, किनभने त्यस्तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यता त्यहाँ भएको थिएन ।
|
|||
|
\v 27 तब पुजारीहरू र लेवीहरू खडा भए र मानिसहरूलाई आशीर्वाद दिए । तिनीहरूको आवाज सुनियो, र तिनीहरूका प्रार्थना स्वर्गमा परमेश्वरको बस्नुहुने पवित्र वासस्थानसम्मै पुग्यो ।
|
|||
|
\s5
|
|||
|
\c 31
|
|||
|
\p
|
|||
|
\v 1 जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।
|
|||
|
\s5
|
|||
|
\v 2 पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।
|
|||
|
\v 3 तिनले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाडहरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए ।
|
|||
|
\s5
|
|||
|
\v 4 यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्यान दिन सकुन् ।
|
|||
|
\v 5 हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो ।
|
|||
|
\s5
|
|||
|
\v 6 यहूदाका सहरहरूमा बस्ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडबाख्राको दशांश, अनि परमप्रभु आफ्ना परमेश्वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे ।
|
|||
|
\v 7 तिनीहरूले आफ्नो योगदान तेस्रो महिनामा थुपार्न सुरु गरे, र तिनीहरूले त्यो सातौँ महिनामा सिद्ध्याए ।
|
|||
|
\v 8 जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँको मानिस इस्राएललाई आशिष् दिए ।
|
|||
|
\s5
|
|||
|
\v 9 तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पुजारीहरू र लेवीहरूसित सोधपुछ गरे ।
|
|||
|
\v 10 सादोकका घरानाका प्रधान पुजारी अजर्याहले जवाफ दिए र यसो भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा आआफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौं, र प्रशस्त भयो र प्रशस्त उब्रेका छन्, किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई आशिष् दिनुभएको छ । उब्रेकाबाट यो ठुलो मात्रा यहाँ छ ।”
|
|||
|
\s5
|
|||
|
\v 11 तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र तिनीहरूले ती तयार गरे ।
|
|||
|
\v 12 तब तिनीहरूले आआफ्ना भेटीहरू, दशांश र परमप्रभुका थोकहरू विश्वस्ततासाथ ल्याए । तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्याह थिए, र तिनका भाइ शिमी तिनीपछिका दोस्रा थिए ।
|
|||
|
\v 13 हिजकिया राजा र परमेश्वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए ।
|
|||
|
\s5
|
|||
|
\v 14 परमप्रभुलाई दिएका भेटीहरू र अर्पण गरिएका दानहरू बाँड्नको निम्ति परमेश्वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरूको जिम्मा लेवी यिम्नाका छोरा पूर्व ढोकाका रक्षक कोरेलाई दिइएको थियो ।
|
|||
|
\v 15 तिनको मातहतमा पुजारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए । तिनीहरूका महत्व भएका र नभएका दुबै दाजुभाइलाई दल-दलअनुसार हिस्सा बाँड्ने कामको जिम्मा तिनीहरूको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 16 आफ्ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तिन वर्ष र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
|
|||
|
\s5
|
|||
|
\v 17 आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू अनि बिस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू सबैलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
|
|||
|
\v 18 तिनीहरूले सारा समुदाय भरका तिनका साना बालबालिका, पत्नीहरू र छोराछोरी सबैलाई पनि समावेस गरे, किनकि आफैलाई शुद्ध गर्नमा तिनीहरू विश्वासयोग्य थिए ।
|
|||
|
\v 19 आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।
|
|||
|
\s5
|
|||
|
\v 20 हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरका दृष्टिमा असल, ठिक र विश्वासयोग्य काम गरे ।
|
|||
|
\v 21 परमप्रभुका मन्दिरको सेवाका हरेक काममा, व्यवस्था, र आज्ञाहरूमा, र उहाँको खोजी गर्ने हरेक कुरा तिनले आफ्नो पूरा हृदयले गरे, र तिनी सफल भए ।
|
|||
|
\s5
|
|||
|
\c 32
|
|||
|
\p
|
|||
|
\v 1 यी सबै कुराहरू र यी विश्वासयोग्य कामहरू भएपछि, अश्शूरका राजा सनहेरीब आए र यहूदामा पसे । किल्ला भएका सहरहरूलाई आक्रमण गर्नलाई तिनले छाउनी हाले, जसलाई तिनले आफ्नो निम्ति कब्जा गर्न इच्छा गरे ।
|
|||
|
\s5
|
|||
|
\v 2 सनहेरीब आएका थिए र यरूशलेमको विरुद्ध युद्ध गर्ने अठोट गरेका थिए भनी जब हिजकियालाई थाहा पाए,
|
|||
|
\v 3 तब तिनले सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अगुवाहरू र आफ्ना शक्तिशाली मानिसहरूसित सल्लाह लिए । तिनीहरूले तिनलाई त्यसो गर्न सहयोग गरे ।
|
|||
|
\v 4 धेरै संख्यामा मानिसहरू एकसाथ भेला भए र देशको मध्यभाग भएर बग्ने सबै मूलहरू र खोलाहरू थुनिदिए । तिनीहरूले भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाउने?”
|
|||
|
\s5
|
|||
|
\v 5 हिजकियाले साहस गरे र भत्किएका सबै पर्खालको निर्माण गरे । तिनले धरहराहरू अग्लो बनाए, र बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे । दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे, र तिनले ठुलो सङ्ख्यामा हातहतियार र ढालहरू बनाए ।
|
|||
|
\s5
|
|||
|
\v 6 तिनले मानिसहरूमाथि फौजी कमाण्डरहरू नियुक्त गरे । तिनले तिनीहरूलाई सहरको मूल ढोकाको खुल्ला ठाउँमा एकसाथ भेला गरे र तिनीहरूसँग हौसलासहित कुरा गरे । तिनले भने,
|
|||
|
\v 7 “बलिया र साहसिला होओ । अश्शूरका राजा र तिनीसँग भएको त्यो सबै ठुलो फौज को कारणले नडराओ वा हतोत्साही नहोओ, किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्दा महान् हुनुहुन्छ ।
|
|||
|
\v 8 तिनीसित शारीरिक हतिहार मात्र छन्, तर हामीलाई सहायता गर्न र हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्वर हुनुहुन्छ ।” तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए ।
|
|||
|
\s5
|
|||
|
\v 9 त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,
|
|||
|
\v 10 “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ?
|
|||
|
\s5
|
|||
|
\v 11 जब ‘परमप्रभु हाम्रा परमेश्वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?
|
|||
|
\v 12 आफ्ना अल्गा ठाउँहरू र आफ्ना वेदीहरू हटाएका, अनि यहूदा र यरूशलेमलाई ‘एउटै मात्र वेदीमा तिमीहरूले आराधना गर्नुपर्छ र त्यसमा तिमीहरूले आफ्ना बलिदान चढाउनुपर्छ,’ भन्ने हिजकिया यिनै होइनन् र?
|
|||
|
\s5
|
|||
|
\v 13 म र मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन र? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्ना देशहरूलाई बचाउन सकेका थिए र?
|
|||
|
\v 14 मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तिमीहरूका परमेश्वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ र?
|
|||
|
\v 15 अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”
|
|||
|
\s5
|
|||
|
\v 16 सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।
|
|||
|
\v 17 परमप्रभु इस्राएलका परमेश्वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्ने छैनन् ।”
|
|||
|
\s5
|
|||
|
\v 18 तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए ।
|
|||
|
\v 19 केवल मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसका देवताहरूका बारेमा उनीहरूले बोलेझैं यरूशलेमका परमेश्वरको बारेमा पनि उनीहरूले बोले ।
|
|||
|
\s5
|
|||
|
\v 20 यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।
|
|||
|
\v 21 तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्नो मुहारमा बेइज्जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे ।
|
|||
|
\s5
|
|||
|
\v 22 यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।
|
|||
|
\v 23 धेरै जनाले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए, ताकि त्यो समयदेखि पछि सबै जातिका दृष्टिमा तिनी उच्च पारिए ।
|
|||
|
\s5
|
|||
|
\v 24 ती दिनमा हिजकिया मरणासन्न हुने गरी बिरामी भए । तिनले परमप्रभुमा प्रार्थना गरे, जो तिनीसित बोल्नुभयो र तिनी निको हुनेछन् भनेर एउटा चिन्ह तिनलाई दिनुभयो ।
|
|||
|
\v 25 तर हिजकियालाई दिइएको मदतका निम्ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्यो ।
|
|||
|
\v 26 तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।
|
|||
|
\s5
|
|||
|
\v 27 हिजकियाले धेरै धनसम्पत्ति र धेरै मान पाएका थिए । तिनले आफ्ना निम्ति सुन, चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, अनि ढालहरू र अरू दामी-दामी चीजहरू राख्ने भण्डारहरू बनाए ।
|
|||
|
\v 28 तिनीसँग अन्न, नयाँ दाखमद्य र तेल जम्मा गर्ने भण्डारहरू, र सबै किसिमका जनावरका लागि गोठहरू थिए । र तिनीसित भेडाबाख्राहरूका गोठहरू पनि थिए ।
|
|||
|
\v 29 यसको साथमा तिनीसँग सहरहरू र प्रसस्त बथान र बगालहरू पनि थिए, किनकि परमेश्वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 30 गीहोन नदीको माथिल्लो मुहानलाई थुन्ने र त्यसलाई दाऊदको सहरको पश्चिमपट्टि सिधा ल्याउने हिजकिया पनि यिनै थिए । आफ्ना सब परियोजनामा हिजकिया सफल भए ।
|
|||
|
\v 31 तापनि देशमा देखिएको आश्चर्यका चिन्हको विषयमा जानकारहरूका बारेमा प्रश्नहरू सोध्नलाई बेबिलोनका शासकहरूले पठाएका राजदूतहरूका सम्बन्धमा तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन परमेश्वरले तिनलाई छोड्नुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 32 हिजकियाको बारेमा अन्य कुराहरू, तिनका करारका बफादर कामहरूसमेतका कुरा, आमोजका छोरा यशैया अगमवक्ताको दर्शन र यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा ती लेखिएका तपाईंले पाउनुहुन्छ ।
|
|||
|
\v 33 हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।
|
|||
|
\s5
|
|||
|
\c 33
|
|||
|
\p
|
|||
|
\v 1 मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे ।
|
|||
|
\v 2 तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे ।
|
|||
|
\v 3 तिनका पिता हिजकियाले नाश गरेका डाँडाका थानहरू तिनले फेरि बनाए, र तिनले बाल देवताहरूका निम्ति वेदीहरू खडा गरे, अशेराका खम्बाहरू बनाए, र तिनले आकाशका सबै ताराका सामु निहुरे र तिनको पुजा गरे ।
|
|||
|
\s5
|
|||
|
\v 4 “यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ” भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए ।
|
|||
|
\v 5 तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए ।
|
|||
|
\v 6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्टिमा धेरै दुष्ट काम गरे र तिनले उहाँलाई रिस उठाए ।
|
|||
|
\s5
|
|||
|
\v 7 तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्वरको मन्दिरभित्र राखे । यस मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनसित बोल्नुभएको थियो । गहाँले यसो भन्नुभएको थियोः “मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु ।
|
|||
|
\v 8 इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्यवस्था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।”
|
|||
|
\v 9 परमप्रभुले इस्राएलको सामुन्ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे ।
|
|||
|
\s5
|
|||
|
\v 10 मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्यान नै दिएनन् ।
|
|||
|
\v 11 यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।
|
|||
|
\s5
|
|||
|
\v 12 जब मनश्शे कष्टमा परे, तब तिनले परमप्रभु आफ्ना परमेश्वरलाई खोजे, र आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ अत्यन्तै विनम्र भएर झुके ।
|
|||
|
\v 13 तिनले उहाँसँग प्रार्थना गरे । अनि तिनले परमेश्वरसँग बिन्ती चढाए र परमेश्वरले तिनलाई यरूशलेममा ल्याएर फेरि राजा बनाउनुभयो । तब मनश्शेले परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जाने ।
|
|||
|
\s5
|
|||
|
\v 14 त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्डरहरू पनि खटाइदिए ।
|
|||
|
\v 15 तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र परमप्रभुको मन्दिरको डाँडा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए र तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए ।
|
|||
|
\s5
|
|||
|
\v 16 तिनले परमप्रभुको वेदीको पुननिर्माण गरे र त्यसमा मेलबलि र धन्यवाद बलि चढाए । तिनले यहूदालाई परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नू भनी हुकुम दिए ।
|
|||
|
\v 17 तापनि मानिसहरूले डाँडाका थानहरूमा बलिदानहरू चढाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्वरको निम्ति मात्रै चढाए ।
|
|||
|
\s5
|
|||
|
\v 18 मनश्शेको राजकालका अरू विषयहरू, आफ्नो परमेश्वरमा तिनले चढाएको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू, हेर, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
|
|||
|
\v 19 त्यो वर्णनमा, तिनको प्रार्थना र परमेश्वर कसरी त्यसबाट चल्नुभयो भन्ने कुराको इतिहास छ । तिनले आफैलाई विनम्र तुल्याउनु अगि तिनले गरेका सबै पाप र अविश्वासका काम, तिनले बनाएका डाँडाका थानहरू र अशेराका खम्बा र मूर्तिहरू— पनि यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
|
|||
|
\v 20 यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।
|
|||
|
\s5
|
|||
|
\v 21 अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे ।
|
|||
|
\v 22 तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे ।
|
|||
|
\v 23 आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए ।
|
|||
|
\s5
|
|||
|
\v 24 तिनका सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, र तिनको आफ्नै महलमा तिनलाई मारे ।
|
|||
|
\v 25 तर देशका मानिसहरूले राजा अमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको ठाउँमा तिनीहरूले राजा बनाए ।
|
|||
|
\s5
|
|||
|
\c 34
|
|||
|
\p
|
|||
|
\v 1 योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।
|
|||
|
\v 2 तिनले परमप्रभुको दृष्टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।
|
|||
|
\v 3 किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे ।
|
|||
|
\s5
|
|||
|
\v 4 मानिसहरूले तिनको उपस्थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए ।
|
|||
|
\v 5 तिनका पुजारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।
|
|||
|
\s5
|
|||
|
\v 6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषहरूमा पनि त्यसै गरे ।
|
|||
|
\v 7 तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।
|
|||
|
\s5
|
|||
|
\v 8 योशियाहले देश र मन्दिर शुद्ध पारिसकेपछि, तिनले आफ्नो राज्य कालको अठारौँ वर्षमा असल्याहका छोरा शापान, सहरका गभर्नर मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्वरको मन्दिर मरम्मत गर्न पठाए ।
|
|||
|
\v 9 तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।
|
|||
|
\s5
|
|||
|
\v 10 परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्याला तिरे ।
|
|||
|
\v 11 सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्नलाई तिनीहरूले पैसा दिए ।
|
|||
|
\s5
|
|||
|
\v 12 यी मानिसहरूले विश्वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।
|
|||
|
\v 13 यी लेवीहरू निर्माण सामाग्री बोक्नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।
|
|||
|
\s5
|
|||
|
\v 14 तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।
|
|||
|
\v 15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।
|
|||
|
\v 16 शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 17 तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”
|
|||
|
\v 18 सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।
|
|||
|
\v 19 यस्तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।
|
|||
|
\s5
|
|||
|
\v 20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,
|
|||
|
\v 21 “जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”
|
|||
|
\s5
|
|||
|
\v 22 यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।
|
|||
|
\s5
|
|||
|
\v 23 तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यो भन्नुहुन्छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,
|
|||
|
\v 24 ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, मैले यहूदाका राजाको सामुन्ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।
|
|||
|
\v 25 यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।
|
|||
|
\s5
|
|||
|
\v 26 तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
|
|||
|
\v 27 तेरो हृदय नरम भएको हुनाले, र परमेश्वरले यो ठाउँ र यसका बासिन्दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्ती सुनेको छु— यो परमप्रभुको घोषणा हो—
|
|||
|
\v 28 हेर्, तेरा पुर्खाहरूसँगै तँलाई म जम्मा गर्नेछु । तँ शान्तिसित आफ्नो चिहानमा गाडिनेछस्, र यस ठाउँ र यसका बासिन्दामाथि मैले ल्याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्ने छैनन्’ ।” ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्याए ।
|
|||
|
\s5
|
|||
|
\v 29 त्यसपछि राजाले दूतहरू पठाए र यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला गराए ।
|
|||
|
\v 30 तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढे ।
|
|||
|
\s5
|
|||
|
\v 31 राजा आफ्नो स्थानमा खडा भए र परमेश्वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्ने गरे ।
|
|||
|
\v 32 तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्वर, तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार काम गरे ।
|
|||
|
\s5
|
|||
|
\v 33 योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्ने सबैलाई परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।
|
|||
|
\s5
|
|||
|
\c 35
|
|||
|
\p
|
|||
|
\v 1 योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड मनाए, र तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे ।
|
|||
|
\v 2 तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए ।
|
|||
|
\s5
|
|||
|
\v 3 तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर ।
|
|||
|
\v 4 इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्ना पुर्खाका घरानाहरू र आआफ्ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ ।
|
|||
|
\s5
|
|||
|
\v 5 तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।
|
|||
|
\v 6 निस्तार-चाडको थुमाहरू मार, आफैलाई शुद्ध गर, मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइका निम्ति थुमाहरू तयार पार ।”
|
|||
|
\s5
|
|||
|
\v 7 योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए । तिनले तीन हजार साँढे पनि दिए । यी सबै राजाका सम्पतिबाट दिइएका दिए ।
|
|||
|
\v 8 मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए । परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए ।
|
|||
|
\v 9 अनि लेवीहरूलाई चाहिं कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशु र पाँच सय साँढे दिए ।
|
|||
|
\s5
|
|||
|
\v 10 यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।
|
|||
|
\v 11 तिनीहरूले निस्तार-चाडका थुमाहरू मारे, अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे ।
|
|||
|
\v 12 तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे ।
|
|||
|
\s5
|
|||
|
\v 13 तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले । पवित्र भेटीलाई तिनीहरूले खड्कुँला, कराही र ताप्केमा उसिने, र तिनीहरू तुरुन्तै ती मानिसहरूमा बाँडिदिए ।
|
|||
|
\v 14 त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।
|
|||
|
\s5
|
|||
|
\v 15 आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
|
|||
|
\s5
|
|||
|
\v 16 यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्चालन गरियो ।
|
|||
|
\v 17 उपस्थित भएका इस्राएलका मानिसहरूले त्यस बेला निस्तार-चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए ।
|
|||
|
\s5
|
|||
|
\v 18 शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए ।
|
|||
|
\v 19 योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड मनाइएको थियो ।
|
|||
|
\s5
|
|||
|
\v 20 योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीशको विरुद्ध आक्रमण गर्न निस्के, र योशियाह तिनको विरुद्धमा युद्ध गर्न गए ।
|
|||
|
\v 21 तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु । परमेश्वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ । यसैले परमेश्वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ ।”
|
|||
|
\s5
|
|||
|
\v 22 तापनि योशियाह तिनीबाट फर्किन मानेनन् । तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले । आफू परमेश्वरको आज्ञाद्वारा आएको हो भन्ने नेकोको वचन तिनले सुनेनन् । यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए ।
|
|||
|
\s5
|
|||
|
\v 23 धनुर्धारीहरूले योशियाह राजालाई हाने, र राजाले आफ्ना सेवकहरूलाई भने, “मलाई बाहिर लैजाओ, किनकि मलाई गम्भीर चोट लागेको छ ।”
|
|||
|
\v 24 यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए । तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे । तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो । सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए ।
|
|||
|
\s5
|
|||
|
\v 25 यर्मियाले योशियाहको निम्ति विलापका गरे । सबै पुरुष र स्त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन् । यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन् । हेर, तिनलाई विलापको गीतहरूमा लेखिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\v 26 योशियाहको बारेमा अन्य कुराहरू, र तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू—
|
|||
|
\v 27 अनि तिनका कामहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएल राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
|
|||
|
\s5
|
|||
|
\c 36
|
|||
|
\p
|
|||
|
\v 1 त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए ।
|
|||
|
\v 2 यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे ।
|
|||
|
\s5
|
|||
|
\v 3 मिश्रदेशका राजाले यरूशलेममा तिनलाई हटाए, र देशमाथि एक सय तोडा चाँदी र एक तोडा सुनको जरिवाना लगाए ।
|
|||
|
\v 4 मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे ।
|
|||
|
\s5
|
|||
|
\v 5 यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे खराब थियो, त्यही गरे ।
|
|||
|
\v 6 त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।
|
|||
|
\v 7 नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।
|
|||
|
\s5
|
|||
|
\v 8 यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
|
|||
|
\s5
|
|||
|
\v 9 यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो, त्यही गरे ।
|
|||
|
\v 10 बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।
|
|||
|
\s5
|
|||
|
\v 11 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे ।
|
|||
|
\v 12 तिनले परमप्रभु तिनका परमेश्वरको दृष्टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।
|
|||
|
\s5
|
|||
|
\v 13 परमेश्वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
|
|||
|
\v 14 यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।
|
|||
|
\s5
|
|||
|
\v 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो ।
|
|||
|
\v 16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
|
|||
|
\s5
|
|||
|
\v 17 यसैले परमेश्वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।
|
|||
|
\s5
|
|||
|
\v 18 परमेश्वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।
|
|||
|
\v 19 उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्ट गरे ।
|
|||
|
\s5
|
|||
|
\v 20 तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका र उनका छोराहरूका दास-दासी भए ।
|
|||
|
\v 21 यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई, देशले आफ्नो शबाथको बिश्रामको आनन्द नलिउञ्जेलसम्म यसो भयो । यसरी नै सत्तरी वर्ष पूरा नगुञ्जेल र विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो ।
|
|||
|
\s5
|
|||
|
\v 22 फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्ने काम पनि गरे । तिनले यसो भने:
|
|||
|
\v 23 “फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्नो देशमा यरूशलेममा जाओस् ।”
|