ne_ulb/02-EXO.usfm

1784 lines
395 KiB
Plaintext
Raw Permalink Normal View History

2019-07-17 21:30:01 +00:00
\id EXO Unlocked Literal Bible
\ide UTF-8
\h प्रस्थान
\toc1 प्रस्थानको पुस्तक
\toc2 प्रस्थान
\toc3 exo
\mt1 प्रस्थानको पुस्तक
\s5
\c 1
\p
\v 1 याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्:
\v 2 रूबेन, शिमियोन, लेवी र यहूदा,
\v 3 इस्साखार, जबूलून, र बेन्यामीन,
\v 4 दान, नप्‍ताली, गाद र आशेर ।
\v 5 याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।
\s5
\v 6 त्यसपछि योसेफ, तिनका सबै दाजुहरू र त्यो सबै पुस्ता मरे ।
\v 7 इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो ।
\s5
\v 8 त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले ।
\v 9 तिनले आफ्ना मानिसहरूलाई भने, "हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन् ।
\v 10 आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ । युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन् ।"
\s5
\v 11 त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए ।
\v 12 तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।
\s5
\v 13 मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए ।
\v 14 मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए । तिनीहरूले लगाएका कामहरू कठिन थिए ।
\s5
\v 15 तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडिनीहरूलाई भने,
\s5
\v 16 "हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर । छोरो रहेछ भने तिमीहरूले त्यसलाई मार ।
\v 17 तर छोरी रहेछ भने त्यसलाई जीवितै राख ।" तर सुँडिनीहरू परेमश्‍वरदेखि डराउँथे । त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे ।
\v 18 मिश्रका राजाले तिनीहरूलाई बोलाएर भने, "तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ?"
\v 19 ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, "हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्‍नुभन्दा पहिले नै तिनीहरूले बच्‍चा जन्माइसकेका हुन्छन् ।
\s5
\v 20 परमेश्‍वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए ।
\v 21 सुँडिनीहरू परमेश्‍वरदेखि डराएकाले उहाँले तिनीहरूलाई परिवार दिनुभयो ।
\v 22 फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, "जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।"
\s5
\c 2
\p
\v 1 अब लेवीको कुलका एक जना पुरुषले लेवीकै कुलकी एक जना स्‍त्रीसित विवाह गरे ।
\v 2 ती स्‍त्री गर्भवती भइन् र एउटा छोरो जन्माइन् । तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन् ।
\s5
\v 3 तर उनले लुकाउन नसकेपछि उनले कुशको एउटा टोकरी बनाएर त्यसलाई तारपीन र अलकत्राले लिपिन् । त्यसपछि उनले बच्‍चालाई त्यसभित्र राखिन् र नदीको किनारनेर नर्कटको झाडीमा भएको पानीमा राखिदिइन् ।
\v 4 बालकलाई के हुनेथियो भनी हेर्न तिनकी दिदीचाहिँ अलि टाढामा उभिन् । फारोकी छोरी नदीमा नुहाउन ओर्लिन् ।
\s5
\v 5 उनका सहेलीहरूचाहिँ नदीतटमा टहल्न लागे । उनले नर्कटहरूका बिचमा एउटा टोकरी देखिन् र आफ्नी एक जना सहेलीलाई त्यो लिन पठाइन् ।
\s5
\v 6 उनले त्यसलाई खोलेर हेर्दा बच्‍चा देखिन् । बच्‍चा रुँदै थियो । उनमा बच्‍चाप्रति दया जाग्यो र उनले भनिन्, "यो पक्‍कै पनि हिब्रूहरूको बच्‍चा हुनुपर्छ ।"
\v 7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, "बच्‍चालाई दूध खुवाउन तपाईंको लागि म गएर एक हिब्रू स्‍त्रीलाई फेला पारेर ल्याऊँ?"
\v 8 फारोकी छोरीले उनलाई भनिन्, "जाऊ ।" त्यसैले ती युवती गएर आमालाई बोलाएर ल्याइन् ।
\s5
\v 9 फारोकी छोरीले बच्‍चाकी आमालाई भनिन्, "यो बच्‍चालाई लिएर जाऊ र मेरो खातिर दूध खुवाऊ र म तिम्रो ज्याला दिनेछु ।" त्यसैले आमाले बच्‍चालाई लिएर दूध खुवाउने गरिन् ।
\v 10 बालक हुर्कंदै गएपछि उनले तिनलाई फारोकी छोरीकहाँ ल्याइन् र तिनी उनको छोरा भए । उनले तिनलाई मोशा नाउँ राखे र भने, "किनकि मैले यिनलाई पानीबाट निकालेँ ।"
\s5
\v 11 जब मोशा हुर्के तिनी आफ्नो जातिकहाँ गए र तिनीहरूको कठिन कामलाई अवलोकन गरे । मोशाको आफ्नै जातिको कुनै एउटा मानिसलाई एउटा मिश्रीले हिर्काइरहेको तिनले देखे ।
\v 12 तिनले दायाँबायाँ हेरे र कोही नदेखेपछि त्यस मिश्रीलाई मारेर त्यसको लाशलाई बालुवामुनि पुरिदिए ।
\s5
\v 13 अर्को दिन पनि तिनी बाहिर निस्के र दुई जना हिब्रू एक-अर्कामा झगडा गरिरहेका देखे । तिनले गल्ती गर्नेचाहिँलाई भने, "तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ?"
\v 14 तर त्यस मानिसले भन्यो, "कसले तिमीलाई हाम्रो अगुवा र न्यायकर्ता बनायो? त्यस मिश्रीलाई मारेजस्तै के तिमी मलाई पनि मार्न खोज्दै छौ?" तब मोशा डराएर भने, "निश्‍चय नै, मैले गरेको कुरा अरूहरूले थाहा पाउन लागेछन् ।"
\s5
\v 15 फारोले यस विषयमा सुनेपछि तिनले मोशालाई मार्न खोजे । तर मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ तिनी कुवानेर बसे ।
\s5
\v 16 अब मिद्यानका पूजाहारीका सात छोरी थिए । तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे ।
\v 17 गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे । त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।
\v 18 जब ती केटीहरू आफ्ना पिता रूएलकहाँ गए तब तिनले सोधे, "आज तिमीहरू किन यति चाँडै घर आएका छौ?"
\v 19 तिनीहरूले भने, "एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए । तिनले हाम्रो निम्ति पानी तान्‍नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।"
\v 20 तिनले आफ्ना छोरीहरूलाई भने, "त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?" तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून् ।"
\s5
\v 21 मोशा ती मानिससित बस्‍न राजी भए जसले तिनलाई आफ्नी छोरी सिप्पोरा विवाहको लागि दिए ।
\v 22 उनले एउटा छोरो जन्माइन् र मोशाले त्यसको नाउँ गेर्शोम राखे । तिनले भने, "म विदेशी भूमिमा प्रवासी भएको छु ।"
\s5
\v 23 धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्‍वरकहाँ पुग्यो ।
\v 24 परमेश्‍वरले तिनीहरूको क्रन्दन सुन्‍नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको करार सम्झनुभयो ।
\v 25 परमेश्‍वरले इस्राएलीहरूलाई देख्‍नुभयो, र तिनीहरूको अवस्था बुझ्नुभयो ।
\s5
\c 3
\p
\v 1 अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे ।
\v 2 त्यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन ।
\v 3 मोशाले भने, "म एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु ।"
\s5
\v 4 जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्‍नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्‍नुभयो, "मोशा, ए मोशा ।" तिनले भने, "म यहीँ छु ।"
\v 5 परमेश्‍वरले भन्‍नुभयो, "अझ नजिक नआइज । तेरो खुट्टाबाट तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको भूमि मेरो लागि अलग गरिएको छ ।"
\v 6 उहाँले थप्‍नुभयो, "म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।" त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए ।
\s5
\v 7 परमप्रभुले भन्‍नुभयो, "निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ ।
\s5
\v 8 तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।
\v 9 अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ । यसको अतिरिक्त, मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु ।
\v 10 अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।"
\s5
\v 11 तर मोशाले परमेश्‍वरलाई भने, "फारोकहाँ गई मिश्रबाट इस्राएलीहरूलाई निकालेर ल्याउने म को हुँ र?"
\v 12 परमेश्‍वरले जवाफ दिनुभयो, "निश्‍चय नै म तँसित हुनेछु । मैले तँलाई पठाएको हुँ भन्‍नाका लागि चिन्हचाहिँ यो हुनेछ । तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् ।"
\s5
\v 13 मोशाले परमेश्‍वरलाई भने, "म इस्राएलीहरूकहाँ गई 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' भन्दा तिनीहरूले 'उहाँको नाउँ के हो' भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने?"
\v 14 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, "म हुँ जो म हुँ ।" उहाँले भन्‍नुभयो, " तैँले इस्राएलीहरूलाई यसो भन्‍नू, 'म हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' ।"
\v 15 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, "तैँले इस्राएलीहरूलाई यसो भन्‍नैपर्छ, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ ।'
\s5
\v 16 गएर इस्राएलका धर्म-गुरुहरूलाई भेला गर् । तिनीहरूलाई यसो भन्‍नू, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मकहाँ देखा परी भन्‍नुभयो, "मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु र तिमीहरूलाई मिश्रमा के गरिएको छ भनी देखेको छु ।
\v 17 तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु" ।'
\s5
\v 18 तिनीहरूले तेरो कुरा सुन्‍नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्‍नू, 'हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्‍वरलाई हामीले बलिदान चढाउन सकौँ ।'
\v 19 तर राजा बाध्य नपारिएसम्म त्यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा छ ।
\v 20 म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ ।
\v 21 म यस जातिमाथि मिश्रहरूलाई निगाह गर्न लगाउनेछु ताकि तिमीहरू जाँदा रित्तो हात जान नपरोस् ।
\v 22 हरेक स्‍त्रीले आ-आफ्ना मिश्री छिमेकीहरू र तिनीहरूका घरहरूमा बस्‍ने कुनै पनि स्‍त्रीहरूबाट सुन र चाँदीका गरगहनाहरूसाथै लत्ता कपडाहरू माग्‍नेछ । तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ । यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ ।"
\s5
\c 4
\p
\v 1 मोशाले जवाफ दिए, "तर तिनीहरूले विश्‍वास गरेनन् वा मेरो कुरा नसुनी 'परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन' भनेमा के गर्ने नि?"
\v 2 परमप्रभुले तिनलाई भन्‍नुभयो, "तेरो हातमा के छ?" मोशाले भने, "लट्ठी ।"
\v 3 परमप्रभुले भन्‍नुभयो, "त्यसलाई भुइँमा फाल् ।" मोशाले त्यसलाई भुइँमा फाले र त्यो सर्प भयो । मोशा दौडेर भागे ।
\s5
\v 4 परमप्रभुले मोशालाई भन्‍नुभयो, "तेरो हात पसारेर त्यसको पुच्छर समात् ।" त्यसैले तिनले आफ्नो हात पसारेर त्यस सर्पलाई समाते । त्यो फेरि तिनको हातमा लट्ठी भयो ।
\s5
\v 5 "तिनीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको थियो भनी तिनीहरूले विश्‍वास गरून् भन्‍नाका लागि यो चिन्ह हुनेछ ।"
\v 6 परमप्रभुले तिनलाई यसो पनि भन्‍नुभयो, "अब तेरो हात आफ्नो खास्टोभित्र राख् ।" त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे । तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँजस्तै सेतो कुष्‍ठरोग लागेको थियो ।
\v 7 परमप्रभुले भन्‍नुभयो, "फेरि तेरो हात खास्टोभित्र राख् ।" त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे र तिनले हात बाहिर निकाल्दा त्यो तिनको शरीरको अरू मासुजस्तै स्वस्थ भएको थियो ।
\s5
\v 8 परमप्रभुले भन्‍नुभयो, "तिनीहरूले मेरो शक्तिको पहिलो चिन्हलाई ध्यान दिएनन् वा विश्‍वास गरेनन् भने तिनीहरूले दोस्रो चिन्हलाई विश्‍वास गर्नेछन् ।
\s5
\v 9 तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ ।"
\v 10 तब मोशाले परमप्रभुलाई भने, "हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।"
\v 11 परमप्रभुले तिनलाई भन्‍नुभयो, "मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र?
\s5
\v 12 त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु ।"
\v 13 तर मोशाले भने, "हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।"
\v 14 तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, "तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ ।
\s5
\v 15 तँ त्योसित कुरा गर् र त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे । म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु ।
\v 16 त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ । त्यो तेरो प्रवक्ता हुनेछ र तँ त्यसको लागि मजस्तै परमेश्‍वर हुनेछस् ।
\v 17 तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।"
\v 18 त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, "मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।" यित्रोले मोशालाई भने, "शान्तिसित जाऊ ।"
\s5
\v 19 परमप्रभुले मिद्यानमा मोशालाई भन्‍नुभयो, "फर्केर मिश्रमा जा किनकि तेरो जीवन लिन खोज्नेहरू सबै मरिसकेका छन् ।"
\v 20 आफ्नी पत्‍नी र आफ्ना छोराहरू गधामा चढाएर मोशा बाटो लागे । तिनी मिश्र देशमा फर्के र तिनले परमेश्‍वरको लट्ठी आफूसँगै लगेका थिए ।
\v 21 परमप्रभुले मोशालाई भन्‍नुभयो, "तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन ।
\v 22 तैँले फारोलाई यसो भन्‍नू, "परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएल मेरो जेठो छोरो हो,
\s5
\v 23 र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु' ।"
\v 24 अब बाटोमा बास बस्‍ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो ।
\v 25 त्यसपछि सिप्पोराले चकमके कर्द लिई आफ्नो छोरोको खलडी काटेर त्यसलाई मोशाको खुट्टामा छुवाइन् ।
\v 26 तब उनले भनिन्, "निश्‍चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ ।" त्यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो । यो खतनाको कारणले "तपाईं मेरो दुलहा हुनुहुन्छ" भनी उनले भनिन् ।
\s5
\v 27 परमप्रभुले हारूनलाई भन्‍नुभयो, "उजाड-स्थानमा मोशालाई भेट्न जा ।" हारून गए र तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटी चुम्बन गरे ।
\s5
\v 28 परमप्रभुले मोशालाई भनेर पठाउनुभएका सबै कुरा र देखाउनू भनी आज्ञा गर्नुभएका सबै चिन्हको बारेमा मोशाले हारूनलाई बताए ।
\v 29 तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए ।
\v 30 परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुरा हारूनले बताए । तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए ।
\v 31 मानिसहरूले विश्‍वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।
\s5
\c 5
\p
\v 1 यी कुराहरूपछि मोशा र हारून फारोकहाँ गएर भने, "इस्राएलका परमप्रभु यसो भन्‍नुहुन्छ, 'उजाड-स्थानमा चाड मनाउनलाई मेरा मानिसहरूलाई जान दे' ।"
\v 2 फारोले भने, "परमप्रभु को हुनुहुन्छ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने? म परमप्रभुलाई चिन्दिनँ, र म इस्राएललाई जान दिन्‍नँ ।"
\s5
\v 3 तिनीहरूले भने, "हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट्नुभएको छ । तिन दिनको यात्रा गरी उजाड-स्थानमा गई परमप्रभु हाम्रा परमेश्‍वरको निम्ति बलिदान चढाउन दिनुहोस् ताकि उहाँले हामीलाई विपत्ति वा तरवारले नाश नगर्नुभएको होस् ।"
\s5
\v 4 तर मिश्रका राजाले तिनीहरूलाई भने, "ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।"
\v 5 तिनले यसो पनि भने, "अहिले हाम्रो देशमा धेरै मानिस छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नबाट रोक्दै छौ ।"
\v 6 त्यही दिन फारोले मानिसका नाइकेहरू र मजदुरहरूलाई यस्तो हुकुम दिए,
\v 7 "पहिलेझैँ तिमीहरूले मानिसहरूलाई इँट बनाउन पराल नदेओ । तिनीहरू आफै गएर तिनीहरूका निम्ति पराल जम्मा गरून् ।
\s5
\v 8 तरै पनि तिमीहरूले तिनीहरूबाट पहिले जत्तिकै इँटको सङ्ख्या माग्‍नू । त्योभन्दा कम स्वीकार नगर किनकि तिनीहरू अल्छे भएका छन् । त्यसैले तिनीहरू यसो भन्दै कराउँछन्, 'हाम्रा परमेश्‍वरकहाँ गएर बलिदान चढाउन हामीलाई अनुमति दिनुहोस् ।'
\v 9 यी मानिसहरूलाई कामको बोझ बढाइदेओ ताकि तिनीहरू यसमा लागिराखेर छली वचनहरूतर्फ ध्यान नदिऊन् ।"
\v 10 त्यसैले मानिसका नाइकेहरू र मजदुरहरू बाहिर गई तिनीहरूले मानिसहरूलाई भने, "फारो यसो भन्‍नुहुन्छ, 'अबदेखि उसो म तिमीहरूलाई पराल दिन्‍नँ ।
\v 11 जहाँ-जहाँ पराल पाइन्छ तिमीहरू आफै गएर ल्याओ, तर तिमीहरूको कामको बोझ भने घटाइनेछैन' ।"
\s5
\v 12 त्यसैले मानिसहरू परालका टुक्राटाक्री बटुल्न मिश्रभरि छरिए ।
\v 13 नाइकेहरूले तिनीहरूलाई यसो भनिरहे, "तिमीहरूलाई पराल दिँदा जस्तै गरी तिमीहरूको काम सक ।"
\v 14 फारोका नाइकेहरूले इस्राएली नाइकेहरूलाई पिटे । यी तिनै मानिसहरू थिए जसलाई कामदारहरूको रेखदेख गर्न राखिएको थियो । नाइकेहरूले यसो भनेर सोधिरहे, "तिमीहरूले विगतमा गरेझैँ हिजोआज किन चाहेजति इँटहरू बनाइरहेका छैनौ?"
\s5
\v 15 त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, "तपाईंले हजुरका दासहरूलाई किन यस्‍तो व्यवहार गर्दै हुनुहुन्छ?
\v 16 हजुरका दासहरूलाई पराल नदिएको भए तापनि तिनीहरू हामीलाई यसो भन्दै छन्, 'इँटहरू बनाओ ।' अब हामी हजुरका दासहरूलाई पिटिन पनि थालिएको छ । तर यो त हजुरका आफ्नै मानिसहरूको दोष हो ।"
\v 17 तर फारोले भने, "तिमीहरू अल्छे छौ । तिमीहरू अल्छे छौ । तिमीहरू भन्छौ, 'परमप्रभुलाई बलिदान चढाउन हामीलाई जान अनुमति दिनुहोस् ।'
\v 18 त्यसैले काममा फर्केर जाओ । तिमीहरूलाई अब उसो पराल दिइनेछैन, तरै पनि तिमीहरूले उही सङ्ख्यामा इँटहरू बनाउनुपर्छ ।"
\s5
\v 19 "तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन" भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्‍टमा भएको तिनीहरूले देखे ।
\v 20 तिनीहरूले फारोकहाँबाट फर्केपछि मोशा र हारूनलाई भेटे जो दरबारबाहिर उभिरहेका थिए ।
\v 21 तिनीहरूले मोशा र हारूनलाई भने, "परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।"
\s5
\v 22 मोशा परमप्रभुकहाँ गई भने, "हे प्रभु, तपाईंले किन यो जातिमा कष्‍ट ल्याउनुभएको? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो?
\v 23 तपाईंको नाउँमा म फारोसित बोल्न आएदेखि तिनले यस जातिलाई कष्‍ट ल्याएका छन्, र तपाईंले अझै पनि आफ्नो जातिलाई मुक्त गर्नुभएको छैन ।"
\s5
\c 6
\p
\v 1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।"
\s5
\v 2 परमेश्‍वर मोशासित बोल्नुभयो र भन्‍नुभयो, "म परमप्रभु हुँ ।
\v 3 म सर्वशक्तिमान् परमेश्‍वरको रूपमा अब्राहाम, इसहाक र याकूबकहाँ देखा परेँ । तर मेरो नाउँ परमप्रभुको रूपमा म तिनीहरूकहाँ चिनाएको थिइनँ ।
\v 4 तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे ।
\s5
\v 5 अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु ।
\v 6 त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु ।
\v 7 म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
\s5
\v 8 मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।"
\v 9 मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।
\s5
\v 10 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 11 "इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।"
\s5
\v 12 मोशाले परमप्रभुलाई भने, "इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि म बोल्नमा सिपालु छैनँ?"
\v 13 परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।
\v 14 तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
\v 15 शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍त्रीका छोरा शौल थिए ।
\s5
\v 16 लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।
\s5
\v 17 गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।
\v 18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे ।
\v 19 मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।
\s5
\v 20 अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे ।
\v 21 यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए ।
\v 22 उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।
\s5
\v 23 हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् ।
\s5
\v 24 कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।
\v 25 हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।
\v 26 यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्‍नुभयो, "इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू ।"
\v 27 इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।
\s5
\v 28 परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा
\v 29 उहाँले भन्‍नुभयो, "म परमप्रभु हुँ । मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू ।"
\v 30 तर मोशाले भने, "म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?"
\s5
\c 7
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, "हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वरजस्तै बनाएको छु । तेरो दाजु हारून तेरो अगमवक्ता हुनेछ ।
\v 2 मैले तँलाई आज्ञा गरेको हरेक कुरो तैँले भन्‍नू । फारोको देशबाट इस्राएलका मानिसहरूलाई जान दिइयोस् भन्‍नाका लागि तेरो दाजु हारूनले फारोसित बोल्नेछ ।
\s5
\v 3 तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।
\v 4 तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु ।
\s5
\v 5 मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।"
\v 6 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे ।
\v 7 फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए ।
\s5
\v 8 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
\v 9 "फारोले तिमीहरूलाई 'आश्‍चर्यकर्म गर्' भन्दा तैँले हारूनलाई भन्‍नू, 'तपाईंको लट्ठी लिएर त्यसलाई फारोको सामुन्‍ने फ्याँक्‍नुहोस् अनि त्यो सर्प बन्‍नेछ' ।"
\s5
\v 10 तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्यो सर्प भयो ।
\v 11 तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके । तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे ।
\v 12 हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके र ती लट्ठीहरू सर्प बने । तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो ।
\v 13 फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् ।
\s5
\v 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, "फारोको ह्रदय कठोर छ, त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ ।
\v 15 फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा ।
\s5
\v 16 त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।'
\v 17 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ ।
\s5
\v 18 नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन् ।'
\v 19 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "हारूनलाई भन्, 'तेरो लट्ठी लिई मिश्रका पानी, नदीहरू, खोलाहरू, तालहरू र पोखरीहरूमा तेरो हात पसार् र ती पानी रगत बन्‍नेछन् । यसो गर् ताकि मिश्र देशभरि जताततै रगत होस्, यहाँसम्म कि काठ र ढुङ्गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस्' ।"
\s5
\v 20 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्‍ने त्यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए ।
\v 21 नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।
\s5
\v 22 तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे । त्यसकारण परमप्रभुले भन्‍नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् ।
\v 23 तब फारो फर्केर आफ्नो घर गए । तिनले यसमा ध्यान पनि दिएनन् ।
\v 24 सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने, तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन् ।
\v 25 परमप्रभुले नदीमा आक्रण गर्नुभएको सात दिन भएको थियो ।
\s5
\c 8
\p
\v 1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे ।
\v 2 तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने म तेरो सारा देशलाई भ्यागुताले सताउनेछु ।
\v 3 नदी भ्यागुताहरूले भरिनेछ । तिनीहरू तेरो घर, सुत्‍ने कोठा र तेरो ओछ्यानमा आउनेछन् । तिनीहरू तेरा मानिसहरू, तेरा चुलाहरू र पिठो मुछ्ने आह्रीहरूमा आउनेछन् ।
\v 4 भ्यागुताहरूले तँलाई, तेरा मानिसहरू र तेरा सबै अधिकारीलाई आक्रमण गर्नेछन्' ।"
\s5
\v 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, "हारूनलाई भन्, 'तपाईंको लट्ठी लिएर नदीहरू, खोलाहरू र तालहरूमा तपाईंको हात पसारी मिश्र देशमा भ्यागुताहरू ल्याउनुहोस्' ।"
\v 6 हारूनले मिश्रका पानीमा आफ्नो हात पसारे र भ्यागुताहरू आएर मिश्र देशलाई ढाके ।
\v 7 तर जादुगरहरूले पनि त्यसै गरे । तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए ।
\s5
\v 8 तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, "म र मेरा मानिसहरूबाट भ्यागुताहरू लैजाऊन् भनी परमप्रभुलाई बिन्ती चढाओ । तब म उहाँलाई बलिदान चढाउन तेरा मानिसहरूलाई जान दिनेछु ।"
\s5
\v 9 मोशाले फारोलाई भने, "तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूका लागि मैले कहिले बिन्ती गर्ने भनी तपाईंले मलाई आज्ञा दिन सक्‍नुहुन्छ ताकि तपाईं र तपाईंका घरहरूबाट भ्यागुताहरूलाई हटाई ती नदीमा मात्र हुन सकून् ।"
\v 10 फारोले भने, "भोलि ।" मोशाले भने, "तपाईंले भन्‍नुभएझैँ होस् अनि परमप्रभु हाम्रा परमेश्‍वरजस्तै कोही रहेनछ भनी तपाईंले थाहा पाउनुभएको होस् ।
\v 11 भ्यागुताहरू तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन् । ती नदीमा मात्र बस्‍नेछन् ।"
\v 12 मोशा र हारून फारोकहाँबाट गए । तब परमप्रभुले फारोकहाँ ल्याउनुभएका भ्यागुताहरूको बारेमा मोशाले उहाँलाई पुकारा गरे ।
\s5
\v 13 मोशाले बिन्ती गरेजस्तै परमप्रभुले गर्नुभयो अर्थात् भ्यागुताहरू घरहरू, चोकहरू र खेतहरूमा मरे ।
\v 14 मानिसहरूले तिनलाई जम्मा गरी थुप्रो लगाए र ती गन्हाउन लागे ।
\v 15 तर शान्त भएको देखेपछि परमप्रभुले भन्‍नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् ।
\s5
\v 16 परमप्रभुले मोशालाई भन्‍नुभयो, "हारूनलाई भन्, 'तपाईंको लट्ठी पसारेर जमिनको धुलोमा प्रहार गर्नुहोस् ताकि यो मिश्र देशभरि भुसुना बनोस्' ।"
\v 17 तिनीहरूले त्यसै गरे । हारूनले लट्ठी लिएर आफ्नो हात पसारे । तिनले जमिनको धुलोमा प्रहार गरे । भुसुनाहरू मानिस र पशुहरूमा आए । सारा मिश्र देशभरि जमिनको धुलो भुसुनै-भुसुना भए ।
\s5
\v 18 जादुगरहरूले पनि तिनीहरूका जादुद्वारा भुसुनाहरू ल्याउन खोजे तर तिनीहरूले सकेनन् । मानिस र पशुहरूमा भुसुनाहरू थिए ।
\v 19 तब जादुगरहरूले फारोलाई भने, "यसमा परमेश्‍वरको हात छ ।" तर फारोको ह्रदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन् । परमप्रभुले भन्‍नुभएझैँ भयो ।
\s5
\v 20 परमप्रभुले मोशालाई भन्‍नुभयो, "बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।
\v 21 तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँ, तेरा अधिकारीहरू, तेरा मानिसहरू र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु । मिश्रीहरूका घरहरू मात्र नभएर तिनीहरू खडा हुने जमिन पनि झिँगाहरूले भरिनेछन् ।
\s5
\v 22 तर त्यस दिन म मेरा मानिसहरू बसिरहेका गोशेन प्रदेशलाई चाहिँ फरक तरिकाले व्यवहार गर्नेछु ताकि त्यहाँ झिँगाहरू नहोऊन् । यो देशमा म परमप्रभु हुँ भनी तैँले जानोस् भनी यसो हुनेछ ।
\s5
\v 23 मेरा मानिसहरू र तेरा मानिसहरूका बिचमा म भिन्‍नता ल्याउनेछु । भोलि मेरो शक्तिको यो चिन्ह हुनेछ' ।"
\v 24 परमप्रभुले त्यसै गर्नुभयो । फारोका घरहरू र तिनका अधिकारीहरूका घरहरूमा हुलका हुल झिँगाहरू आए । मिश्र देशभरि झिँगाहारूले देशलाई सखाप पारे ।
\v 25 फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, "हाम्रो आफ्नै देशमा गएर तिमीहरूका परमेश्‍वरलाई बलिदान चढाउन जाओ ।"
\v 26 मोशाले भने, "हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ । हामीले मिश्रीहरूलाई घिनलाग्‍ने बलि तिनीहरूकै आँखाको सामुन्‍ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् र?
\s5
\v 27 परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा दिनुभएझैँ उहाँलाई बलिदान गर्न हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जानैपर्छ ।"
\v 28 फारोले भने, "परमप्रभु तिमीहरूका परमेश्‍वरलाई उजाड-स्थानमा बलिदान चढाउन जान दिन म अनुमति दिनेछु । तिमीहरू धेरै टाढा भने जानुहुँदैन । मेरो लागि प्रार्थना चढाऊ ।"
\v 29 मोशाले भने, "म यहाँबाट जानेबित्तिकै हजुर फारो र हजुरका अधिकारीहरूसाथै मानिसहरूबाट झिँगाका हुलहरू भोलि नै हटून् भनी बिन्ती गर्नेछु । तर परमप्रभुलाई बलिदान चढाउन जान नदिई हाम्रा मानिसहरूलाई तपाईंले छल गर्नुहुँदैन ।
\s5
\v 30 मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।
\v 31 मोशाले अनुरोध गरेअनुसार परमप्रभुले गर्नुभयो, र उहाँले फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूबाट झिँगाका हुलहरूलाई हटाइदिनुभयो । एउटै पनि बाँकी रहेन ।
\v 32 तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे र तिनले मानिसहरूलाई जान दिएनन् ।
\s5
\c 9
\p
\v 1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "फारोकहाँ गएर भन्, 'हिब्रूहरूका परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरो मानिसहरूलाई जान दे ।
\v 2 तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् र तिनीहरूलाई अझै पनि रोकिस् भने
\v 3 परमप्रभुको हात खेतहरू, घोडाहरू, गधाहरू, ऊँटहरू, गाईवस्तुहरू र भेडा-बाख्राहरूमाथि पर्नेछ र यसले डरलाग्दो रोग उत्पन्‍न गराउनेछ ।
\s5
\v 4 परमप्रभुले इस्राएलका गाईवस्तु र मिश्रका गाईवस्तु छुट्‌ट्याउनेहुनेछ र इस्राएलीहरूको कुनै पनि गाईवस्तु मर्नेछैन ।
\v 5 परमप्रभुले समय निधो गरिसक्‍नुभएको छ । उहाँले भन्‍नुभएको छ, "भोलि यस देशमा म यो काम गर्नेछु ।"
\v 6 परमप्रभुले अर्को दिन त्यही गर्नुभयो । मिश्रका सबै गाईवस्तु मरे, तर इस्राएलीहरूका पशुहरू भने जीवितै रहे, एउटै पनि मरेन ।
\v 7 फारोले अनुसन्धान गर्दा इस्राएलीहरूका एउटै पनि पशु नमेरोको पाए । तर तिनको ह्रदय हठी भयो, त्यसैले तिनले मानिसहरूलाई जान दिएनन् ।
\s5
\v 8 तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, "भट्टीबाट मुट्ठीभर खरानी लेओ । तँ मोशाले फारोले हेरिरहँदा त्यस खरानीलाई आकाशमा फ्याँक्‍नू ।
\v 9 ती मिश्र देशभरि मसिनो धुलो बन्‍नेछन् । तिनले मिश्र देशका सबै मानिस र पशुहरूमा फोका र खटिरा ल्याउनेछन् ।"
\v 10 त्यसैले मोशा र हारूनले भट्टीबाट खरानी लिएर फारोको सामुन्‍ने खडा भए । त्यसपछि मोशाले खरानीलाई हावामा फ्याँके । खरानीले मानिस र पशुहरूमा फोका र खटिरा ल्याए ।
\s5
\v 11 फोकाको कारणले जादुगरहरूले मोशाको विरोध गर्न सकेनन् । किनकि फोका सबै मिश्रीमाथि आइपरेको थियो ।
\v 12 परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो । त्यसैले फारोले मोशा र हारूनको कुरा सुनेनन् । फारोले मोशाको कुरा सुन्‍नेथिएन भनी परमप्रभुले भन्‍नुभएझैँ भयो ।
\s5
\v 13 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, "बिहान सबेरै उठेर फारोको सामुन्‍ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
\v 14 किनकि यो पटक तँ, तेरा अधिकारीहरू र तेरा मानिसहरूमाथि म मेरा सबै विपत्ति ल्याउनेछु । सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैँले जान् भनी म यसो गर्नेछु ।
\s5
\v 15 यति बेलासम्म त मैले मेरो हात पसारेर तँ र तेरा मानिसहरूलाई रोगले आक्रमण गरेको भए तँ यस धरतीबाट मटिनेथिइस् ।
\v 16 मेरो नाउँ सारा पृथ्वीभरि घोषणा हुन सकोस् भनेर मेरो शक्ति देखाउनलाई मैले तँलाई जीवित रहने अनुमति दिएँ ।
\v 17 मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् ।
\s5
\v 18 सुन्! भोलि यसै बेलातिर म निकै शक्तिशाली असिना बर्साउनेछु जुन मिश्र सुरु भएदेखि आजको दिनसम्म बर्सिएको छैन ।
\s5
\v 19 अब मानिसहरू पठाएर तेरा खेतहरूमा भएका तेरा गाईवस्तु र हरेक जे-जति छन् तिनलाई सुरक्षित स्थानमा जम्मा गर् । खेतमा भएका र घरमा नल्याइएका हरेक मानिस र पशुमाथि असिना बर्सनेछ र तिनीहरू मर्नेछन् ।"
\v 20 परमप्रभुको सन्देशमा विश्‍वास गर्ने फारोका अधिकारीहरूले दासदासीहरू र गाईवस्तुहरूलाई घरहरूमा हुल्न हतार गरे ।
\v 21 तर परमप्रभुको सन्देशलाई गम्भीरतापूर्वक नलिनेहरूले तिनीहरूका दासदासीहरू र गाईवस्तुहरूलाई खेतहरूमा छाडिदिए ।
\s5
\v 22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "तेरो हात आकाशमाथि पसार् ताकि मिश्र देशमा असिना बर्सोस् । ती मिश्र देशभरिका मानिसहरू, पशुहरू खेतमा भएका सबै बोट-बिरुवामा बर्सून् ।"
\v 23 मोशाले आफ्नो लट्ठी आकाशतिर पसारे र परमप्रभुले जमिनमा गर्जन, असिना र बिजुली पठाइदिनुभयो । उहाँले मिश्र देशमा असिना बर्साइदिनुभयो । बिजुलीसँगै असिना मिसिएर आएको थियो ।
\v 24 यो यति डरलाग्दो थियो कि मिश्र राज्य भएदेखि त्यस देशमा यस्तो कहिल्यै भएको थिएन ।
\s5
\v 25 मिश्र देशभरि असिनाले खेतमा भएका हरेक कुरासाथै मानिस र पशुहरू दुवैलाई प्रहार गर्‍यो । यसले खेतहरूमा भएको हरेक बोट-बिरुवालाई प्रहार गर्नुका साथै हरेक रुख भाँचिदियो ।
\s5
\v 26 इस्राएलीहरू बसेको गोशेन प्रदेशमा मात्र असिना परेको थिएन ।
\v 27 त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, "यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्‍ट छौँ ।
\v 28 परमप्रभुलाई बिन्ती चढाऊ किनकि शक्‍तिशाली गर्जन र असिना अति भएका छन् । म तिमीहरूलाई जान दिनेछु र अब उसो तिमीहरू यहाँ बस्‍नुपर्नेछैन ।"
\s5
\v 29 मोशाले तिनलाई भने, "मैले सहर छाड्ने बित्तिकै म मेरो हात परमप्रभुतिर फैलाउनेछु । गर्जन रोकिनेछ र अब उसो असिना पर्नेछैन । यसरी पृथ्वी परमप्रभुको हो रहेछ भनी तपाईंले थाहा पाउनुहुनेछ ।
\s5
\v 30 तर तपाईं र तपाईंका अधिकारीहरूको सवालमा तपाईंहरूले वास्तवमा परमप्रभुलाई आदर गर्नुहुन्‍न भनी म जान्दछु ।"
\v 31 अब सनपाट र जौ नष्‍ट भए किनकि जौमा बाला लागेको थियो र सनपाटचाहिँ फुलिसकेको थियो ।
\v 32 तर गहुँ र कठियागहुँलाई हानि भएन किनकि ती पछि पाक्छन् ।
\s5
\v 33 जब मोशाले फारो र सहरलाई छाडे तिनले आफ्ना हात परमप्रभुतिर फैलाए । गर्जन र असिना रोकिए अनि पानी पर्न छाड्यो ।
\v 34 वर्षा, असिना र गर्जन रोकिएको देखेपछि फारोले फेरि पाप गरे र तिनले आफ्नो ह्रदय कठोर पारे र तिनका अधिकारीहरूले पनि त्यसै गरे ।
\v 35 फारोको ह्रदय कठोर भयो । त्यसैले तिनले इस्राएलका मानिसहरूलाई जान दिएनन् । फारोले यसै गर्नेथिए भनी परमप्रभुले मोशालाई भन्‍नुभएको थियो ।
\s5
\c 10
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, "फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।
\v 2 मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्‍न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ । यसरी म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।"
\s5
\v 3 त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, "हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
\v 4 तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु ।
\s5
\v 5 कसैले जमिनलाई देख्‍न नसक्‍ने गरी तिनीहरूले भुइँलाई ढाक्‍नेछन् । असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन् । खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन् ।
\v 6 तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन् । यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्' ।" त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए ।
\s5
\v 7 फारोका अधिकारीहरूले तिनलाई भने, "कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?"
\v 8 मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, "तिमीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन्?"
\s5
\v 9 मोशाले भने, "हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।"
\v 10 फारोले तिनीहरूलाई भने, "मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् । हेर, तिमीहरूको मनमा कुनै दुष्‍टता छ ।
\v 11 तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।" त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।
\s5
\v 12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।"
\v 13 मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो । बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो ।
\s5
\v 14 सलहहरू मिश्र देशभरि गए र यसका सबै भू-भागमा हुल-हुल भएर बसे । त्यस देशमा सलहहरूको यस्तो हुल कहिल्यै देखा परेको थिएन र यसपछि पनि यस्तो कहिल्यै हुनेछैन ।
\s5
\v 15 पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके । असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए । मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्‍यो ।
\v 16 त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्‍न पठाए र भने, "मैले तिमीहरूका परमेश्‍वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु ।
\v 17 अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्‍वरसित बिन्ती चढाइदेओ ।"
\v 18 त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।
\s5
\v 19 परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो । मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन ।
\v 20 तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।
\s5
\v 21 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, "आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस् ।"
\s5
\v 22 मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो ।
\v 23 कसैले कसैलाई देख्‍न सक्दैनथ्यो । तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन । तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो ।
\v 24 फारोले मोशालाई बोलाउन पठाए र भने, "गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्‍नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।"
\v 25 तर मोशाले भने, "हाम्रा परमप्रभु परमेश्‍वरलाई बलिदान चढाउन तपाईंले हामीलाई बलिदान र होमबलिको निम्ति पशुहरू पनि दिनुपर्छ ।
\s5
\v 26 हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ । तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्‍वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ । किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन ।"
\v 27 तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।
\v 28 फारोले मोशालाई भने, "मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ । अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ ।"
\v 29 मोशाले भने, "तपाईंले भन्‍नुभएझैँ होस् । म फेरि तपाईंको अनुहार हेर्नेछैनँ ।"
\s5
\c 11
\p
\v 1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "फारो र मिश्रमा मैले ल्याउने एउटा विपत्ति अझै पनि बाँकी छ । त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ । अन्त्यमा त्यसले तिमीहरूलाई जान दिँदा त्यसले तिमीहरूलाई पूर्ण रूपमा निकालिदिनेछ ।
\v 2 हरेक पुरुष र स्‍त्रीले तिनीहरूका छिमेकीहरूबाट चाँदी र सरसामानहरू माग्‍न तिनीहरूलाई निर्देशन दे ।"
\v 3 अब परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक बनाइदिनुभयो । यसको अतिरिक्त, यी मानिस मोशा फारोका अधिकारीहरू र मिश्रका मानिसहरूका दृष्‍टिमा प्रभावशाली बने ।
\s5
\v 4 मोशाले भने, "परमप्रभु यसो भन्‍नुहुन्छः मध्यराततिर म मिश्र भएर जानेछु ।
\v 5 मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर जाँतो पिँध्‍ने दासीको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरू मर्नेछन् ।
\s5
\v 6 त्यसपछि मिश्र देशमा पहिले कहिल्यै नसुनिएको र फेरि पछि कहिल्यै नसुनिने ठुलो रुवाबासी हुनेछ ।
\v 7 तर इस्राएलका मानिस र पशुको विरुद्धमा भने एउटा कुकुर पनि भुक्‍नेछैन । यसरी मैले मिश्रीहरू र इस्राएलीहरूलाई फरक तरिकाले व्यवहार गर्दै छु भनी तैँले जान्‍नेछस् ।
\s5
\v 8 फारोका सबै अधिकारी मकहाँ आई मेरो सामु निहुरिनेछन् । तिनीहरूले भन्‍नेछन्, 'तपाईंको पछि लाग्‍ने सबै मानिस जाऊन् ।' त्यसपछि म जानेछु ।" तब तिनी फारोकहाँबाट अति क्रोधित भएर गए ।
\v 9 परमप्रभुले मोशालाई भन्‍नुभयो, "फारोले तेरो कुरा सुन्‍नेछैन । मैले मिश्र देशमा धेरै अचम्मका कामहरू गर्न सकूँ भनेर यसो भएको हो ।"
\v 10 मोशा र हारूनले फारोको सामु यी सबै अचम्मका काम गरे । तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले आफ्नो देशबाट इस्राएलका मानिसहरूलाई जान दिएनन् ।
\s5
\c 12
\p
\v 1 परमप्रभु मिश्र देशमा मोशा र हारूनसित बोल्नुभयो । उहाँले भन्‍नुभयो,
\v 2 "तिमीहरूका लागि यो महिनाहरूको सुरु हुनेछ । यो महिना तिमीहरूका लागि वर्षको पहिलो महिन हुनेछ ।
\s5
\v 3 इस्राएलको समुदायलाई भन्, 'यो महिनाको दसौँ दिनमा हरेक परिवारले हरेक घरानाको लागि एउटा-एउटा पाठो ल्याउनुपर्छ ।
\s5
\v 4 एउटा पाठोको लागि घराना ज्यादै सानो भएमा त्यो घराना र नजिकैको छिमेकी मिलेर एउटा थुमा वा पाठो ल्याउनुपर्छ जुन ती मानिसहरूको सङ्ख्याको लागि पर्याप्‍त हुनेछ । हरेकलाई खानको लागि यो पर्याप्‍त हुनेछ ।
\v 5 त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्‍त मासु तयार गर्नुपर्छ । तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ र यो एक वर्षको हुनुपर्छ । तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू ।
\v 6 तिमीहरूले यसलाई त्यो महिनाको चौधौँ दिनसम्म राख्‍नुपर्छ । त्यसपछि इस्राएलको सारा समुदायले यी पशुहरूलाई साँझमा मार्नू ।
\v 7 जुन-जुन घरमा त्यो मासु खाइन्छ, त्यहाँ तिमीहरूले केही रगत लिई घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाऊन् ।
\v 8 त्यस रात तिमीहरूले आगोमा पोलेर त्यो मासु खानू । तितो सागसित खमिर नहालेको रोटीसितै तिमीहरूले त्यो खानू ।
\s5
\v 9 काँचो वा पानीमा उमालेर नखाओ । बरु, यसको टाउको, यसका खुट्टा र भित्री भागहरूसमेत आगोमा पोलेर खाओ ।
\v 10 बिहानसम्ममा कुनै पनि भाग नउबार्नू । बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू ।
\v 11 पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र हातमा लट्ठी बोकेर तिमीहरूले खानू । तिमीहरूले हतारसँग खानुपर्छ । यो परमप्रभुको निस्तार-चाड हो ।
\s5
\v 12 परमप्रभु भन्‍नुहुन्छः म त्यस रात मिश्र देश भएर जानेछु र मिश्र देशका मानिस र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई आक्रमण गर्नेछु । म मिश्रका सबै देवी-देवतालाई दण्ड दिनेछु । म परमप्रभु हुँ ।
\s5
\v 13 म तिमीहरूकहाँ आउँदा रगत तिमीहरूको घरमा चिन्ह हुनेछ । मैले रगत देखेपछि मैले मिश्र देशमा आक्रमण गर्दा तिमीहरूलाई छाडिदिनेछु । यो विपत्तिले तिमीहरूलाई नाश गर्नेछैन ।
\v 14 यो दिन तिमीहरूका लागि सम्झनाको दिन हुनेछ र यसलाई तिमीहरूले परमप्रभुको निम्ति चाडको रूपमा मान्‍नू । तिमीहरूको पुस्तौँसम्म रहिरहने विधिको रूपमा यसलाई तिमीहरूले सधैँ मान्‍नू ।
\v 15 सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू । पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू ।
\v 16 पहिलो दिनमा मेरो लागि अलग गरिएको समुदाय भेला होस् र सातौँ दिनमा पनि यस्तै भेला होस् । यी दिनमा कुनै पनि काम गरिनेछैन । तिमीहरूले केवल खानको लागि पकाउने काम गर्नू । तिमीहरूले गर्न सक्‍ने काम यही मात्र हुनेछ ।
\s5
\v 17 तिमीहरूले यो अखमिरी रोटीको चाड मान्‍नैपर्छ किनकि यही दिनमा नै मैले तिमीहरूका सशत्र मानिसहरूलाई दल-दल गरी मिश्र देशबाट ल्याएको हुनेछु ।
\v 18 तिमीहरूले यसलाई पुस्तौँसम्म मान्‍नू । यो तिमीहरूका निम्ति सधैँ एउटा विधि हुनेछ । वर्षको पहिलो महिनाको चौधौँ दिनको साँझदेखि त्यस महिनाको एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले अखमिरी रोटी खानू ।
\s5
\v 19 यी सात दिनमा तिमीहरूका घरहरूमा कुनै खमिर पाइनुहुँदैन । खमिर हालेको रोटी खाने जोसुकै इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ, चाहे त्यो व्यक्ति विदेशी होस् या तिमीहरूकै देशमा जन्मेको होस् ।
\v 20 खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू । तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू ।"
\s5
\v 21 तब मोशाले इस्राएलका सबै धर्म-गुरुलाई बोलाउन पठाएर भने, "गएर आ-आफ्नो परिवारको लागि पर्याप्‍त हुने गरी थुमा वा पाठो छनौट गरेर त्यसलाई निस्तार-चाडको लागि मार ।
\v 22 त्यसपछि हिसपको झुप्पा लिई भाँडोभित्र भएको रगतमा चोप । ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा त्यसलाई छ्याप्‍नू । बिहान नभएसम्म कोही पनि आफ्नो घरको ढोकाबाहिर नजानू ।
\s5
\v 23 किनकि मिश्रीहरूलाई प्रहार गर्न परमप्रभु यो देश भएर जानुहुनेछ । जब उहाँले ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा रगत देख्‍नुहुनेछ तब उहाँले तिमीहरूको ढोकालाई छाडिदिनुहुनेछ र विनाश गर्नेलाई तिमीहरूलाई प्रहार गर्न तिमीहरूका घरहरूमा आउन अनुमति दिनुहुनेछैन ।
\s5
\v 24 तिमीहरूले यस घटनालाई मान्‍नुपर्छ । यो तिमीहरू र तिमीहरूका सन्तानको लागि सदाको निम्ति एउटा विधि हुनेछ ।
\s5
\v 25 परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले यो आराधनाको कामलाई मान्‍नू ।
\v 26 तिमीहरूका छोराछोरीहरूले 'यो आराधनाको कामको अर्थ के हो?' भनी सोध्दा
\s5
\v 27 तिमीहरूले जवाफ दिनू, "यो परमप्रभुको निस्तार-चाडको बलिदान हो किनकि परमप्रभुले मिश्रमा मिश्रीहरूलाई प्रहार गर्नुहुँदा इस्राएलीहरूका घरलाई छाडिदिनुभएको थियो । उहाँले हाम्रा घरानाहरूलाई मुक्त गरिदिनुभयो' ।" त्यसपछि मानिसहरूले शिर निहुराई परमप्रभुको आराधना गरे ।
\v 28 इस्राएलीहरू गए र परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे ।
\v 29 मध्यरातमा परमप्रभुले मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर झ्यालखानामा बस्‍ने व्यक्तिको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो ।
\v 30 फारो, तिनका सबै अधिकारी र सबै मिश्रीहरू रातमा उठे । मिश्रमा ठुलो रुवाबासी भएको थियो किनकि मान्छे नमेरको कुनै घर थिएन ।
\s5
\v 31 रातमा फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, "उठ, तिमी र इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ । तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ ।
\v 32 तिमीहरूले भनेजस्तै तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू लिएर जाओ र मलाई पनि आशिष् देओ ।"
\v 33 तिनीहरूलाई बाहिर पठाउन मिश्रीहरू निकै हतारमा थिए किनकि तिनीहरूले भने, "हामी सबै मर्नेछौँ ।"
\s5
\v 34 त्यसैले मानिसहरूले खमिर नमिसाइएको मुछेको पिठोको डल्लो लिए । तिनीहरूका मुछ्ने आह्रीहरू पहिले तिनीहरूका लुगा र तिनीहरूका कुममा बाँधिएका थिए ।
\s5
\v 35 अब इस्राएलका मानिसहरूले मोशाले भनेझैँ गरे । तिनीहरूले मिश्रीहरूबाट चाँदी, सुनका वस्तुहरूसाथै लुगाहरू मागे ।
\v 36 परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक तुल्याइदिनुभएको थियो । त्यसैले इस्राएलीहरूले जे मागे तापनि मिश्रीहरूले दिए । यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे ।
\v 37 इस्राएलीहरूले रामसेसबाट सुक्‍कोतमा यात्रा गरे । स्‍त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,, थियो ।
\s5
\v 38 तिनीहरूका साथमा अन्य धेरै मानिस अनि गाईवस्तु र भेडा-बाख्रा पनि थिए ।
\v 39 तिनीहरूले मिश्रबाट ल्याएका पिठोको डल्लोबाट अखमिरी रोटी बनाए । यो खमिरविनाको थियो किनकि तिनीहरू मिश्रबाट धपाइएका थिए र खाना तयार गर्न तिनीहरूको लागि समय थिएन ।
\v 40 इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए ।
\s5
\v 41 ४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्‍त्र दलहरू मिश्र देशबाट बाहिरिए ।
\v 42 यो जागा रहनुपर्ने रात थियो किनकि परमप्रभुले तिनीहरूलाई मिश्र देशबाट रातमा बाहिर निकालेर ल्याउनुभएको थियो । यो इस्राएलीहरूको पुस्तौँसम्म तिनीहरूले पालन गर्नुपर्ने परमप्रभुको रात थियो ।
\s5
\v 43 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, "निस्तार-चाडको नियम यस्तो छः यसमा कुनै पनि परदेशीले भाग नलिओस् ।
\s5
\v 44 तर दाम तिरेर किनिएको हरेक इस्राएली दासको खतना गरिएपछि त्यसले यो खान सक्छ ।
\v 45 विदेशीहरू र भाडामा लिइएका नोकरहरूले यो खानाको कुनै पनि भाग नखानू ।
\v 46 एउटै घरमा यसलाई खाइनुपर्छ । तिमीहरूले घरबाट कुनै पनि खाना बाहिर नलैजानू र यसको कुनै पनि हड्‍डी नभाँच्नू ।
\s5
\v 47 इस्राएलका सारा समुदायले यसको पालन गर्नू ।
\s5
\v 48 कुनै परदेशी तिमीहरूका बिचमा बसेको छ र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड मान्‍न चाहन्छ भने त्यसका सबै पुरुष नातेदारहरूको खतना गरिनुपर्छ । त्यसपछि मात्र त्यसले यो चाड मान्‍न पाउँछ । त्यो देशमै जन्मेका मानिसहरूजस्तै एक हुनेछ । तर बेखतने व्यक्तिले यसबाट खान पाउनेछैन ।
\v 49 स्वदेशी र तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी दुवैलाई उही नियम लागु हुनेछ ।"
\v 50 त्यसैले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ सबै इस्राएलीले त्यसै गरे ।
\v 51 ठिक त्यही दिन परमप्रभुले तिनीहरूका सशस्‍त्र दलहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुभएको थियो ।
\s5
\c 13
\p
\v 1 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 2 "इस्राएलीहरूमध्येका मानिस र पशुहरू दुवैबाट पहिले जन्मेका सबै नरलाई मेरो निम्ति अलग गर् । पहिले जन्मेकाहरू मेरा हुन् ।"
\s5
\v 3 मोशाले मानिसहरूलाई भने, "आजको दिन सम्झना राख । आजकै दिन परमप्रभुको शक्तिशाली हातद्वारा तिमीहरू मिश्रको दासत्वबाट यस ठाउँमा ल्याइएका छौ । खमिर हालेको कुनै पनि रोटी खाइनेछैन ।
\v 4 तिमीहरू आबीब महिनाको आजकै दिनमा मिश्रबाट बाहिर जाँदै छौ ।
\s5
\v 5 परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको दूध र मह बग्‍ने देशमा लैजानुहुँदा तिमीहरूले यही महिनामा आराधनाको यो चाड मान्‍नू ।
\v 6 सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ ।
\v 7 सात दिनसम्म खमिर नहालेको रोटी खानू । खमिर हालेको रोटी तिमीहरूका बिचमा नदेखियोस् ।
\s5
\v 8 त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्‍नू, 'म मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो, त्यसैको खातिर मैले यसो गरेको हुँ ।'
\s5
\v 9 यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ ।
\v 10 त्यसकारण वर्षैपिच्छे तिमीहरूले तोकिएको समयमा यो विधिको पालन गर्नू ।
\v 11 परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्‍याई त्यो देश तिमीहरूलाई दिनुहुँदा
\s5
\v 12 तिमीहरूले हरेकको गर्भको पहिले फल परमप्रभुको निम्ति अलग गर्नू ।
\v 13 गधाको हरेक पहिलो फललाई एउटा पाठोद्वारा छुटाउनू । त्यो छुटाएनौ भने त्यसको घाँटी निमोठिदिनू । तर तिमीहरूका सबै छोराका बिचमा पहिलो फललाई तिमीहरूले छुटाउनैपर्छ ।
\v 14 'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो ।
\s5
\v 15 हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस र पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो । त्यसकारण म हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु, र मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु ।'
\v 16 यो तिमीहरूको हात र तिमीहरूको निधारमा सम्झना दिलाउने कुरो हुनेछ किनकि परमप्रभुको शक्तिशाली हातद्वारा उहाँले हामीलाई मिश्रबाट बाहिर ल्याउनुभएको थियो ।"
\v 17 फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, "तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।"
\s5
\v 18 त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।
\v 19 मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए, "निश्‍चय नै परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ र तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू ।"
\s5
\v 20 इस्राएलीहरू सुक्‍कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे ।
\v 21 परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो । रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो । यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे ।
\v 22 परमप्रभुले दिनमा बादलको खाँबो र रातमा आगोको खाँबो मानिसहरूबाट हटाउनुभएन ।
\s5
\c 14
\p
\v 1 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 2 "इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्‍ने समुद्रनेर पाल टाँग्‍नुपर्छ ।
\v 3 फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, "तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'
\s5
\v 4 म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।" इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।
\v 5 इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, "हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।"
\s5
\v 6 तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे ।
\s5
\v 7 तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए ।
\v 8 परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।
\v 9 तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।
\s5
\v 10 जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।
\v 11 तिनीहरूले मोशालाई भने, "के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?
\v 12 के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।"
\s5
\v 13 मोशाले मानिसहरूलाई भने, "नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ ।
\s5
\v 14 परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।"
\v 15 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे ।
\v 16 तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।
\v 17 मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।
\v 18 तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।"
\s5
\v 19 इस्राएलीहरूको अगिअगि गएका परमेश्‍वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो ।
\v 20 यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो । तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन् ।
\s5
\v 21 मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो ।
\s5
\v 22 इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो ।
\v 23 मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे ।
\v 24 तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो ।
\s5
\v 25 तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, "हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।"
\v 26 परमप्रभुले मोशालाई भन्‍नुभयो, "पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।"
\v 27 त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो ।
\s5
\v 28 पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन ।
\v 29 तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो ।
\v 30 यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे ।
\v 31 परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।
\s5
\c 15
\p
\v 1 तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए । तिनीहरूले भने, "म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।
\s5
\v 2 परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्‍वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु ।
\v 3 परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
\s5
\v 4 उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे ।
\v 5 गहिराइले तिनीहरूलाई छोप्यो । तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे ।
\s5
\v 6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।
\v 7 महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो ।
\v 8 तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो ।
\s5
\v 9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।'
\v 10 तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे ।
\v 11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?
\s5
\v 12 तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो ।
\v 13 तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।
\s5
\v 14 जाति-जातिहरूले सुन्‍नेछन्, र तिनीहरू थरथर काँप्‍नेछन् । त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ ।
\v 15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।
\s5
\v 16 आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्‍जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् ।
\s5
\v 17 तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ । हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् ।
\v 18 परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।"
\s5
\v 19 किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए ।
\v 20 हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्‍त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे ।
\v 21 मिरियमले तिनीहरूका निम्ति गाइन्, "परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।"
\s5
\v 22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्
\v 23 । त्यसपछि तिनीहरू मारा भन्‍ने ठाउँमा आइपुगे, तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन् । त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे ।
\s5
\v 24 त्यसकारण मानिसहरूले "हामीले के पिउने?" भनी मोशालाई गनगन गरे ।
\s5
\v 25 मोशाले परमप्रभुलाई पुकारा गरे, र उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो । मोशाले त्यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो । त्यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो, त्यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो ।
\v 26 उहाँले भन्‍नुभयो, "तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्‍टिमा जे ठिक छ त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्‍वर हुँ ।"
\v 27 तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्‍हवटा मुल र सत्तरीवटा खजुरका रुख थिए । तिनीहरूले पानी नजिकै पाल टाँगे ।
\s5
\c 16
\p
\v 1 मानिसहरूले एलीमबाट यात्रा थाले र मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम र सीनै पर्वतको बिचमा पर्ने सीनको उजाड-स्थानमा आइपुगे ।
\v 2 उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।
\v 3 इस्राएलीहरूले तिनीहरूलाई भने, "हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।"
\s5
\v 4 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । तिनीहरू मेरो विधि मान्छन् वा मान्दैनन् भनी जाँच गर्न हरेक दिन एक दिनको भाग जम्मा गर्न मानिसहरू बाहिर जानेछन् ।
\v 5 छैटौँ दिनमा तिनीहरूले पहिले हरेक दिनमा बटुल्ने भन्दा दुई गुणा बटुल्नेछन्, र तिनीहरूले त्यसलाई भित्र ल्याएर पकाउनेछन् ।"
\s5
\v 6 तब मोशा र हारूनले इस्राएलका सबै मानिसलाई भने, "मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ ।
\v 7 बिहान तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र?
\v 8 मोशाले यसो पनि भने, "तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।"
\s5
\v 9 मोशाले हारूनलाई भने, "इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ' ।"
\v 10 हारून इस्राएलको सारा समुदायसित बोल्दा तिनीहरूले उजाड-स्थानतिर हेरे र परमप्रभुको महिमा बादलमा देखियो ।
\v 11 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 12 "मैले इस्राएलका मानिसहरूको गनगन सुनेको छु । तिनीहरूलाई भन्, 'साँझमा तिमीहरूले मासु खानेछौ, र बिहानचाहिँ तिमीहरूले अघाउञ्‍जेल रोटी खानेछौ । तब म नै तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।"
\s5
\v 13 साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए । बिहान छाउनीको वरिपरि शीत परेको थियो ।
\v 14 शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए ।
\v 15 इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, "यो के हो?" यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, "यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।
\s5
\v 16 परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्‍ने हरेक व्यक्तिलाई पर्याप्‍त हुने गरी बटुल' ।"
\v 17 इस्राएलका मानिसहरूले त्यसै गरे । कसैले धेरै बटुले भने कसैले थोरै ।
\v 18 तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।
\s5
\v 19 तब मोशाले तिनीहरूलाई भने, "बिहानसम्म तिमीहरू कसैले पनि यसबाट नउबार ।"
\s5
\v 20 तर तिनीहरूले मोशाको कुरा मानेनन् । कसैले बिहानसम्म अलिकति उबारे, तर त्यसमा किरा लागेर त्यो गन्हायो । त्यसपछि मोशा तिनीहरूसित रिसाए ।
\v 21 तिनीहरूले बिहानैपिच्छे बटुल्थे । हरेकले त्यस दिनलाई पुग्‍ने बटुल्थ्यो । घाम चर्केपछि त्यो पग्लन्थ्यो ।
\v 22 छैटौँ दिनमा तिनीहरूले दुई गुणा रोटी बटुले अर्थात् हरेकको लागि दुई ओमेर बटुले । समुदायका सारा धर्म-गुरुहरू आएर मोशालाई यो कुरा बताए ।
\s5
\v 23 तिनले तिनीहरूलाई भने, "परमप्रभुले यसो भन्‍नुभएको छः भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो । तिमीहरू जे पकाउन चाहन्छौ, सो पकाओ र जे उमाल्न चाहन्छौ, सो उमाल । उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू' ।"
\v 24 त्यसैले तिनीहरूले मोशाले निर्देशन दिएजस्तै यसलाई बिहानसम्म राखे ।
\v 25 मोशाले भने, "त्यो खाना आज खाओ किनकि आजको दिन परमप्रभुको निम्ति अलग गरिएको शबाथ हो । आज तिमीहरूले यो खाना जमिनमा पाउनेछैनौ ।
\s5
\v 26 छ दिनसम्म तिमीहरूले यो बटुल्नेछौ, तर सातौँ दिनचाहिँ शबाथ हो ।
\v 27 सातौँ दिनमा त्यहाँ मन्‍न हुनेछैन ।" सातौँ दिनमा पनि केही मानिसहरू मन्‍न बटुल्न गए, तर तिनीहरूले केही पाएनन् ।
\s5
\v 28 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "कहिलेसम्म तिमीहरू मेरा आज्ञा र विधिहरू मान्‍नलाई इन्कार गर्छौ?
\s5
\v 29 परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ । त्यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्छ । हरेक आ-आफ्नै ठाउँमा बस्‍नू । सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू ।"
\v 30 त्यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे ।
\v 31 इस्राएलका मानिसहरूले त्यस खानालाई "मन्‍न" भने । यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो ।
\s5
\v 32 मोशाले भने, "परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्‍न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्‍न सकून्' ।"
\v 33 मोशाले हारूनलाई भने, "एउटा भाँडोभित्र एक ओमेर मन्‍न हाल्नुहोस् । पुस्तौँसम्म यसलाई परमप्रभुको सामु सुरक्षित राख्‍नुहोस् ।"
\v 34 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे ।
\v 35 इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्‍न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे ।
\v 36 एक ओमेर आधा पाथी हुन्छ ।
\s5
\c 17
\p
\v 1 परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।
\v 2 त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, "हामीलाई पिउन पानी दिनुहोस् ।" मोशाले भने, "तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?"
\v 3 मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, "तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?"
\s5
\v 4 तब मोशाले परमप्रभुलाई पुकारा गरे, "यी मानिसहरूलाई मैले के गर्ने? तिनीहरू मलाई ढुङ्गा हान्‍न झण्डै तयार छन् ।"
\v 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, "मानिसहरूभन्दा अगाडि जा, र इस्राएलका केही धर्म-गुरुहरूलाई पनि आफूसँगै लैजा । तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा ।
\v 6 म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।" तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्‍टिमा त्यसै गरे ।
\s5
\v 7 इस्राएलीहरूको गनगन र "परमप्रभु हाम्रा बिचमा हुनुहुन्छ कि हुनुहुन्‍न?" भनी तिनीहरूले प्रभुको जाँच गरेकाले तिनले त्यस ठाउँको नाउँ मस्साह र मेरीबा राखे ।
\v 8 तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे ।
\v 9 त्यसैले मोशाले यहोशूलाई भने, "केही मानिसहरू छानेर जाऊ र अमालेकीहरूसित युद्ध गर । भोलि म परमेश्‍वरको लट्ठी मेरो हातमा लिएर पर्वतको टुप्पोमा उभिनेछु ।"
\s5
\v 10 त्यसैले मोशाको आज्ञामुताबिक यहोशू अमालेकीहरूको विरुद्धमा लडे जब कि मोशा, हारून र हूरचाहिँ पर्वतको टुप्पोमा उक्ले ।
\v 11 मोशाले आफ्ना हात माथि उठाउँदा इस्राएलले जित्थो भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरूले जित्‍न थाल्थे ।
\v 12 मोशाका हात थाक्दा हारून र हूरले एउटा ढुङ्गा ल्याएर तीमुनि राखिदिन्थे । त्यसै बेला हारून एकापट्टि र हूर अर्कोपट्टि बसेर तिनका हात माथि उठाउँथे । सूर्यास्त नहोउञ्‍जेलसम्म मोशाका हात थामिए ।
\s5
\v 13 अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे ।
\v 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, "यो कुरा एउटा पुस्तकमा लेख् र त्यो यहोशूलाई बताइदे किनकि म अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु ।"
\v 15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ "परमप्रभु मेरो झण्डा हुनुहुन्छ" राखे ।
\v 16 तिनले भने, "पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो ।"
\s5
\c 18
\p
\v 1 मिद्यानका पुजारी मोशाका ससुरा यित्रोले मोशा र तिनको जाति इस्राएललाई परमेश्‍वरले गर्नुभएका सबै कुरा सुने । परमप्रभुले इस्राएललाई मिश्रबाट ल्याउनुभएको थियो भनी तिनले सुने ।
\v 2 मोशाले आफ्नी पत्‍नीलाई माइत पठाएपछि तिनका ससुरा यित्रोले सिप्पोरा
\v 3 र उनका दुई जना छोरालाई लिए । पहिलो छोरोको नाउँ गेर्शोम थियो किनकि मोशाले भने, "म परदेशी भूमिमा परदेशी भएर बसेको थिएँ ।"
\v 4 अर्को छोरोको नाउँ एलीएजर थियो किनकि मोशाले भनेका थिए, "मेरा पिता-पुर्खाहरूका परमेश्‍वर मेरो सहयोग हुनुहुन्थ्यो । उहाँले मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो ।"
\s5
\v 5 मोशाका ससुरा यित्रो मोशाका छोराहरू र मोशाकी पत्‍नी लिएर उजाड-स्थानमा मोशाकहाँ आए जहाँ तिनले परमेश्‍वरको पर्वतमा छाउनी हालेका थिए ।
\v 6 तिनले मोशालाई भने, "तिम्री पत्‍नी र तिम्रा दुई छोरा लिएर म तिम्रो ससुरा यित्रो आउँदै छु ।"
\s5
\v 7 मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे । तिनीहरूले एक-अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे ।
\s5
\v 8 परमप्रभुले इस्राएलको खातिर फारो र मिश्रीहरूलाई गर्नुभएको सबै कुरा अनि बाटोमा तिनीहरूले झेलेका सबै कठिनाइको बाबजुत पनि परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो भन्‍ने विषयमा आफ्ना ससुरा यित्रोलाई बताए ।
\v 9 परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै असल कुरा सुनेर यित्रो रमाए किनकि उहाँले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको थियो ।
\v 10 यित्रोले भने, "परमप्रभुको स्तुति होस् किनकि उहाँले तिमीहरूलाई फारो र मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको छ, र मिश्रीहरूको हातबाट उद्धार गर्नुभएको छ ।
\s5
\v 11 अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।"
\v 12 मोशाका ससुरा यित्रोले परमेश्‍वरको लागि होमबलि र बलिदानहरू ल्याए । हारून र इस्राएलका सबै धर्म-गुरु मोशाका ससुरासितै भोजन खान परमेश्‍वरको अगि उपस्थित भए ।
\s5
\v 13 अर्को दिन मोशा मानिसहरूको इन्साफ गर्न बसे । मानिसहरू बिहानदेखि बेलुकासम्म तिनको वरिपरि खडा भए ।
\v 14 मोशाले आफ्ना मानिसहरूका निम्ति गरेका सबै कुरा तिनका ससुराले देखेपछि तिनले भने, "तिमीले मानिसहरूसित गरिरहेको यो के हो? किन तिमी एक्लै बस्छौ? किन मानिसहरू बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि झुम्मिन्छन्?"
\s5
\v 15 मोशाले आफ्ना ससुरालाई भने, "परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन् ।
\v 16 तिनीहरूका बिचमा विवाद हुँदा तिनीहरू मकहाँ आउँछन् । म एक-अर्काको बिचमा न्याय गरिदिन्छु अनि तिनीहरूलाई परमेश्‍वरका नियम र विधिहरू सिकाइदिन्छु ।"
\s5
\v 17 मोशाका ससुराले तिनलाई भने, "तिमीले गरिरहेको काम त्यति राम्रो होइन ।
\v 18 निश्‍चय नै तिमी र तिमीसित भएका तिम्रा मानिसहरू थाक्‍नेछन् । यो तिमीले बोक्‍नै नसक्‍ने बोझ हो । तिमी आफैले मात्र यो गर्न सक्दैनौ ।
\s5
\v 19 मेरो कुरा सुन । म तिमीलाई सल्लाह दिनेछु, र परमेश्‍वर तिमीसित हुनुभएको होस् किनकि तिमी परमेश्‍वरको निम्ति मानिसहरूका प्रतिनिधि हौ र तिमीले नै तिनीहरूका झगडाहरूलाई उहाँकहाँ लैजान्छौ ।
\v 20 तिमीले तिनीहरूलाई उहाँका विधि-विधानहरू सिकाउनू । कसरी हिँड्ने र के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू ।
\v 21 त्यस बाहेक, मानिसहरूका बिचबाट तिमीले योग्य मानिसहरूलाई छान जो परमेश्‍वरलाई आदर गर्ने, अन्यायलाई घृणा गर्ने सत्य मानिसहरू होऊन् । तिमीले तिनीहरूलाई हजार, सय, पचास र दसको समूहको रेखदेख गर्ने मानिसहरूको रूपमा जिम्मा दिनू ।
\s5
\v 22 तिनीहरूले हर समय मानिसहरूका मुद्दाहरूका न्याय गर्नेछन्, तर कठिन मुद्दाहरूचाहिँ तिनीहरूले तिमीकहाँ ल्याउनेछन् । स-साना मुद्दाहरू तिनीहरू आफैले न्याय गर्न सक्छन् । यसरी तिमीलाई सजिलो हुनेछ र तिनीहरूले तिम्रो बोझ बोक्‍नेछन् ।
\v 23 तिमीले यसो गर्‍यौ र परमेश्‍वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्‍नेछौ र पुरै समुदाय सन्तुष्‍ट भएर आ-आफ्ना घर जान सक्‍नेछन् ।"
\v 24 त्यसैले मोशाले आफ्ना ससुराका कुरा माने र तिनले भनेअनुसार गरे ।
\s5
\v 25 मोशाले सबै इस्राएलबाट योग्य मानिसहरू छाने र तिनीहरूलाई हजार, सय, पचास र दसको समूहमा नाइकेहरू बनाए ।
\v 26 सामान्य परिस्थितिहरूलाई तिनीहरूले न्याय गर्थे । कठिन मुद्दाहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर स-साना मुद्दाहरूलाई भने तिनीहरू आफैले न्याय गर्थे ।
\v 27 तब मोशाले आफ्ना ससुरालाई बिदाइ गरे र यित्रो आफ्नै देशमा फर्के ।
\s5
\c 19
\p
\v 1 इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे ।
\v 2 तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले ।
\s5
\v 3 मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, "तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः
\s5
\v 4 मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ ।
\v 5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् ।
\v 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।"
\v 7 मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।
\s5
\v 8 सबै मानिसले सँगसँगै जवाफ दिए, "परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौँ ।" तब मानिसहरूका वचन परमप्रभुलाई भन्‍न मोशा आए ।
\v 9 परमप्रभुले मोशालाई भन्‍नुभयो, "म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्‍वास गरून् भन्‍ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु" । तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए ।
\v 10 परमप्रभुले मोशालाई भन्‍नुभयो, "मानिसहरूकहाँ जा । आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा ।
\s5
\v 11 तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ ।
\v 12 तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ ।'
\v 13 यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन । बरु, उसलाई निश्‍चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ । चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ । जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ ।"
\s5
\v 14 तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए । तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए ।
\v 15 तिनले मानिसहरूलाई भने, "तेस्रो दिनमा तयार होओ । सहवास नगर ।"
\s5
\v 16 तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे ।
\s5
\v 17 परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए ।
\v 18 सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो । भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो ।
\v 19 जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो ।
\s5
\v 20 परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले ।
\v 21 परमप्रभुले मोशालाई भन्‍नुभयो, "तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्‍ट हुनेछन् ।
\v 22 मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।"
\s5
\v 23 मोशाले परमप्रभुलाई भने, "मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको छः पर्वतको वरिपरि सिमाना लगाउनू र त्यो परमप्रभुको लागि अलग गर्नू' ।"
\v 24 परमप्रभुले तिनलाई भन्‍नुभयो, "जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज । तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु ।"
\v 25 त्यसैले मोशा मानिसहरूकहाँ तल ओर्लेर गई तिनीहरूलाई यी कुरा बताइदिए ।
\s5
\c 20
\p
\v 1 परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः
\v 2 "म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
\s5
\v 3 मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू ।
\v 4 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
\v 5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
\v 6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु ।
\s5
\v 7 परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।
\s5
\v 8 मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू ।
\s5
\v 9 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।
\v 10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।
\v 11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
\s5
\v 12 आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।
\v 13 कसैको हत्या नगर्नू ।
\v 14 कसैसित व्यभिचार नगर्नू ।
\s5
\v 15 कसैबाट केही नचोर्नू ।
\s5
\v 16 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
\v 17 आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।"
\s5
\v 18 सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे ।
\v 19 तिनीहरूले मोशालाई भने, "हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्‍नेछौँ । तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।"
\v 20 मोशाले मानिसहरूलाई भने, "नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्‍वर ओर्लनुभएको छ ।"
\s5
\v 21 त्यसैले मानिसहरू टाढै खडा रहे, अनि मोशा परमेश्‍वर हुनुभएको बाक्लो बादलको नजिक गए ।
\v 22 परमप्रभुले मोशालाई भन्‍नुभयो, "तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।
\v 23 तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।
\s5
\v 24 मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
\v 25 तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ ।
\v 26 तिमीहरूको नग्‍नता नदेखियोस् भनेर खुट्‌किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू ।
\s5
\c 21
\p
\v 1 "अब तैँले तिनीहरूका सामु राख्‍ने आदेशहरू यी नै हुन्:
\s5
\v 2 तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गर्नुपर्छ, र सातौँ वर्षमा केही नतिरी त्यो मुक्त हुनेछ ।
\v 3 त्यो एक्लै आएको हो भने त्यो एक्लै जाओस् । त्यो विवाहित हो भने त्यो आफ्नी पत्‍नीसँगै जाओस् ।
\v 4 त्यसका मालिकले त्यसलाई पत्‍नी दिएका भए र त्यसले पतिको निम्ति छोराछोरीहरू जन्माएकी भए पत्‍नी र त्यसका छोराछोरीहरू मालिकको हुनेछन्, तर पतिचाहिँ मुक्त हुनेछ ।
\s5
\v 5 तर कमाराले सफासँग "म मेरा मालिक, मेरी पत्‍नी र मेरा छोराछोरीलाई प्रेम गर्छु; म मुक्त भएर जान्‍नँ"
\v 6 भन्यो भने त्यसका मालिकले त्यसलाई परमेश्‍वरको सामु ल्याउनुपर्छ । मालिकले त्यसलाई ढोका वा ढोकाको सङ्घारमा ल्याई त्यसको कान सुतारोले छेडिदिनुपर्छ । तब त्यस कमाराले जीवनभर मालिकको सेवा गर्नेछ ।
\s5
\v 7 कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्यो भने कमाराहरूजस्तै त्यो मुक्त भएर जानुहुँदैन ।
\v 8 त्यसले आफ्ना मालिकलाई खुसी पारिन भने त्यसलाई मोल तिरेर छुटाइयोस् । त्यसलाई परदेशीकहाँ बेच्ने अधिकार मालिकलाई हुँदैन । मालिकले त्यसलाई छलपूर्वक व्यवहार गरेकोले त्योसित त्यस्तो अधिकार हुँदैन ।
\s5
\v 9 मालिकले त्यसलाई आफ्नो छोरोकी पत्‍नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस् ।
\v 10 त्यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।
\v 11 तर त्यसले पत्‍नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे ।
\s5
\v 12 कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्‍चय नै मारिनैपर्छ ।
\v 13 त्यसले जानाजानी यसो नगरी भवितव्य पर्न गएको रहेछ भने म त्यो भागेर जान सक्‍ने ठाउँ तोकिदिनेछु ।
\s5
\v 14 कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्‍यो भने त्यो परमेश्‍वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।
\v 15 आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।
\v 16 जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्‍यो भने अपहरणकारीलाई मारिनैपर्छ ।
\s5
\v 17 आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।
\v 18 मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो
\v 19 र त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ । त्यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ । तर त्यो मानिस हत्याको दोषी भने हुँदैन ।
\s5
\v 20 कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लट्ठीले हिर्काउँदा मुक्‍का लागेर मर्‍यो भने त्यस मानिसलाई निश्‍चय नै दण्ड दिइनुपर्छ ।
\v 21 तर त्यो एक-दुई दिनसम्म बाँच्यो भने मालिकलाई दण्ड दिइनुहुँदैन किनकि उसले नोकरको क्षति भोग्‍नेछ ।
\s5
\v 22 मानिसहरू सँगसँगै झगडा गर्दा गर्भवती महिलालाई हानि पुगी त्यसको बच्‍चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन भने त्यस स्‍त्रीको पतिले मागेबमोजिम दोषी मानिसलाई हर्जाना तिराइनुपर्छ, र न्यायकर्ताहरूले तोकेबमोजिम त्यसले तिर्नुपर्छ ।
\s5
\v 23 तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण
\v 24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा
\v 25 डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् ।
\v 26 कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्‍ट गरिदियो भने उसले आँखाको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।
\s5
\v 27 उसले आफ्नो कमारा वा कमारीको दाँत निकालिदियो भने उसले दाँतको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।
\v 28 कुनै गोरुले पुरुष वा स्‍त्रीलाई सिङले हानेर मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन ।
\v 29 तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्‍ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्यसको मालिकलाई पनि मारिनैपर्छ ।
\s5
\v 30 त्यसको जीवनको लागि कुनै मूल्य माग गरिएको छ भने मागेजति मालिकले दिनुपर्छ ।
\v 31 गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको छ भने त्यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्छ ।
\v 32 गोरुले कमारा वा कमारीलाई हान्यो भने त्यसको मालिकले चाँदीको तिस सिक्‍का देओस् र गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस् ।
\s5
\v 33 कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने
\s5
\v 34 खाडल खन्‍नेले हर्जाना तिर्नुपर्छ । त्यसले मृत पशुको मालिकलाई रुपियाँ तिर्नपर्छ र त्यो मरेको पशु त्यसको हुनेछ ।
\v 35 एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्‍याएर त्यो मर्‍यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ ।
\v 36 तर त्यस गोरुको विगतमा पनि हान्‍ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।
\s5
\c 22
\p
\v 1 कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस् ।
\v 2 घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्यसलाई प्रहार गर्दा त्‍यो मर्‍यो भने त्यसलाई हिर्काउने हत्याको दोषी हुनेछैन ।
\v 3 तर त्यसले घर फोर्नुअगि घाम झुल्किसकेको रहेछ भने त्यसलाई मार्ने व्यक्‍तिलाई हत्याको दोष लाग्‍नेछ । चोरले नोक्सानी भरिदिनुपर्छ । त्योसँग केही छैन भने त्यसको चोरीको लागि त्यसलाई बेचिनुपर्छ ।
\s5
\v 4 चोरिएको पशु अर्थात् चाहे त्यो गोरु होस् वा गधा होस् वा भेडा होस्, त्योसँगै जिउँदै पाइयो भने त्यसले दुई गुणा फिर्ता दिनुपर्छ ।
\v 5 कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्यसले बाँधेन र पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्यसले आफ्नो सबैभन्दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ ।
\s5
\v 6 आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।
\s5
\v 7 कुनै मानिसले आफ्नो छिमेकीलाई सुरक्षाको खातिर रुपियाँ-पैसा वा सामान राख्‍न दिँदा त्यस मानिसको घरबाट त्यो चोरी भयो र चोर फेला पारियो भने चोरले दुई गुणा तिर्नुपर्छ ।
\v 8 तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ ।
\v 9 कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले "यो मेरो हो" भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।
\s5
\v 10 कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने
\v 11 आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।
\v 12 तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।
\v 13 पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस् । टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन ।
\s5
\v 14 कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्यसलाई चोट लाग्यो वा त्यो मर्‍यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ ।
\v 15 तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन । पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ ।
\s5
\v 16 कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले दुलहीको रकम दिएर त्यसलाई आफ्नी पत्‍नी बनाउनुपर्छ ।
\s5
\v 17 केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ ।
\v 18 तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्‍नू ।
\v 19 पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ ।
\s5
\v 20 परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।
\v 21 तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ ।
\s5
\v 22 विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू ।
\s5
\v 23 तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु ।
\v 24 मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् ।
\v 25 मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर ।
\v 26 तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ ।
\s5
\v 27 किनकि त्यसको ओढ्ने त्यही मात्र हो । यो त्यसको शरीरको लागि त्यसको खास्टो हो । योबाहेक त्यो केमा सुत्‍न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्‍नेछु किनकि म दयालु छु ।
\v 28 परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दा नगर न त तिमीहरूका मानिसहरूको शासकलाई सराप ।
\s5
\v 29 तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर । तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ ।
\s5
\v 30 त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।
\v 31 तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ । त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू । बरु, त्यो कुकुरहरूलाई फालिदिनू ।
\s5
\c 23
\p
\v 1 कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल ।
\v 2 खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
\v 3 गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।
\s5
\v 4 आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
\v 5 तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
\s5
\v 6 मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
\v 7 झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
\s5
\v 8 कहिल्यै घुस नलेओ किनकि घुसले देख्‍नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
\v 9 परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ ।
\v 10 छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।
\s5
\v 11 तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर ।
\v 12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
\v 13 मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।
\s5
\v 14 मेरो निम्ति चाड मान्‍न हरेक वर्ष तिन पटक यात्रा गर ।
\v 15 तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।
\s5
\v 16 तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।
\s5
\v 17 तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
\v 18 मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।
\v 19 तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।
\s5
\v 20 बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।
\v 21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।
\v 22 तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ र मैले भनेका हरेक कुरा गर्‍यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु ।
\s5
\v 23 मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु ।
\v 24 तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।
\v 25 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
\s5
\v 26 तिमीहरूको देशमा कुनै पनि स्‍त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।
\v 27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।
\v 28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
\s5
\v 29 म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्‍नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् ।
\v 30 बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।
\v 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
\s5
\v 32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।
\v 33 तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।"
\s5
\c 24
\p
\v 1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "तँ, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ उक्लेर आओ र केही दूरी राखेर मेरो आराधना गर ।
\v 2 मोशा मात्र मेरो नजिक आउन सक्छ । अरूहरू मेरो नजिक नआउनू न त मानिसहरू नै तिनीहरूसित आउनू ।"
\s5
\v 3 मोशा गएर परमप्रभुका वचनहरू र विधिविधानहरू मानिसहरूलाई सुनाइदिए । सबै मानिसले एकै सोरमा भने, "परमप्रभुले भन्‍नुभएका सबै वचन हामी पालन गर्नेछौँ ।"
\s5
\v 4 तब मोशाले परमप्रभुका सबै वचन लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व हुने गरी बाह्रवटा ढुङ्गाका वेदी बनाए ।
\v 5 तिनले परमप्रभुका निम्ति केही इस्राएली जवानहरूलाई गोरुको होमबलि र मेलबलि चढाउन पठाए ।
\v 6 मोशाले आधा रगत लिएर त्यसलाई कचौरामा हाले । तिनले बाँकी आधा रगत भने वेदीमा छर्के ।
\s5
\v 7 तिनले करारको पुस्तक लिएर मानिसहरूले सुन्‍ने गरी चर्को सोरमा पढे । तिनीहरूले भने, "परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी पालन गर्नेछौँ । हामी आज्ञाकारी बन्‍नेछौँ ।"
\v 8 तब मोशाले रगत लिएर त्यसलाई मानिसहरूमाथि छर्के । तिनले भने, "यी सबै वचनसहित तिमीहरूलाई यो प्रतिज्ञा दिएर यो परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारको रगत हो ।"
\s5
\v 9 तब मोशा, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु पर्वतमाथि उक्लेर गए ।
\v 10 तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे । उहाँको पाउमुनि आकाशजस्तै सफा नीरबाट निर्मित बाटो थियो ।
\v 11 परमेश्‍वरले इस्राएली अगुवाहरूमाथि आफ्नो हात उठाउनुभएन । तिनीहरूले परमेश्‍वरलाई देखे अनि तिनीहरूले खाए र पिए ।
\s5
\v 12 परमप्रभुले मोशालाई भन्‍नुभयो, "माथि पर्तवमा मकहाँ उक्लेर आइज र यहाँ बस् । म तँलाई व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू दिनेछु अनि तैँले तिनीहरूलाई सिका ।"
\v 13 त्यसैले मोशा आफ्ना सहयोगी यहोशूसँगै परमेश्‍वरको पर्वतमा उक्लेर गए ।
\s5
\v 14 मोशाले धर्म-गुरुहरूलाई भनेका थिए, "यहीँ बस्‍नुहोस् र हामी तपाईंहरूकहाँ नआउञ्‍जेलसम्म पर्खेर बस्‍नुहोस् । हारून र हूर तपाईंहरूसितै छन् । कसैको केही वादविवाद भएमा तिनीहरूकहाँ जानू ।"
\s5
\v 15 त्यसैले मोशा पर्वतमा उक्लेर गए, अनि बादलले पर्वतलाई ढाक्यो ।
\v 16 परमप्रभुको महिमा सीनै पर्वतमा आएर बस्यो, र बादलले छ दिनसम्म यसलाई ढाक्यो । सातौँ दिनमा उहाँले बादलभित्रबाट मोशालाई डाक्‍नुभयो ।
\v 17 इस्राएलीहरूको दृष्‍टिमा पर्वतको टुप्पोमा परमप्रभुको महिमाको प्रकटीकरण भस्म गर्ने आगोझैँ देखा पर्‍यो ।
\v 18 मोशा बादलभित्र प्रवेश गरी पर्वतमा उक्ले । तिनी चालिस दिन चालिस रातसम्म पर्वतमा रहे ।
\s5
\c 25
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 "राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन् । तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ ।
\s5
\v 3 तैँले तिनीहरूबाट प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा
\v 4 निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला
\v 5 रातो रङले रङ्गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ,
\v 6 पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि
\v 7 आनिक्स र अन्य बहुमूल्य रत्‍नहरू ।
\s5
\v 8 म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् ।
\v 9 मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू ।
\s5
\v 10 तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।
\s5
\v 11 यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।
\v 12 एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।
\v 13 तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।
\v 14 सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।
\s5
\v 15 डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।
\v 16 तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।
\s5
\v 17 तैँले निखुर सुनको एउटा प्रायश्‍चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् ।
\v 18 तैँले प्रायश्‍चित्तको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुईवटा करूब बनाउनू ।
\v 19 प्रायश्‍चित्तको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्‍नू । ती दुईवटा करूब र प्रायश्‍चित्तको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस् ।
\s5
\v 20 करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्‍चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरून् ।
\v 21 तैँले प्रायश्‍चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्‍नू ।
\v 22 यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।
\s5
\v 23 तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।
\v 24 तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।
\s5
\v 25 त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।
\v 26 टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।
\v 27 टेबुललाई बोक्‍नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन् ।
\s5
\v 28 टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र
\v 29 तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू ।
\v 30 तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्‍नू ।
\s5
\v 31 पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ ।
\v 32 यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन् ।
\s5
\v 33 पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् ।
\s5
\v 34 सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् ।
\v 35 एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् ।
\v 36 तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् ।
\s5
\v 37 तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू ।
\v 38 चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ ।
\v 39 सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।
\v 40 तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।
\s5
\c 26
\p
\v 1 तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ ।
\v 2 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।
\v 3 पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू ।
\s5
\v 4 पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू ।
\v 5 पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।
\s5
\v 6 सुनका पचासवटा अङ्कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्कुसेहरूसित जोड्नू ।
\v 7 पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू ।
\v 8 हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।
\v 9 पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू ।
\s5
\v 10 पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू ।
\v 11 पचासवटा काँसाका अङ्कुसे बनाई तिनलाई सुर्काउनीहरूमा लगाउनू । त्यसपछि एउटै बनाउन पाललाई सँगसँगै जोड्नू ।
\s5
\v 12 पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्याउनू ।
\s5
\v 13 एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्‍न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् ।
\v 14 रातो रङले रङ्ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्‍ने बनाउनू, र त्यसको माथि मसिनो छालाको ढकनी होस् ।
\v 15 पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू ।
\s5
\v 16 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् ।
\v 17 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेक फल्याकमा दुईवटा काठका चोसा होऊन् । पवित्र वासस्थानका सबै फल्याक यसरी नै बनाउनू ।
\v 18 पवित्र वासस्थानको लागि फल्याकहरू बनाउँदा दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाउनू ।
\s5
\v 19 ती बिसवटा फल्याकको मुन्तिर राख्‍न चाँदीका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार र अन्य फल्याकहरूको मुन्तिर पनि दुई-दुईवटा आधार बनाउनू ।
\v 20 पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बिसवटा फल्याक
\v 21 र तिनका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार अनि दोस्रोको मुन्तिर दुईवटा आधार र बाँकीको निम्ति पनि यसरी नै बनाउनू ।
\s5
\v 22 पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टि छवटा फल्याक बनाउनू ।
\s5
\v 23 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुईवटा फल्याक बनाउनू ।
\v 24 यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू ।
\v 25 चाँदीका आधारहरू भएका आठवटा फल्याक बनाउनू । पहिलो फल्याकमुनि दुईवटा आधार, अर्को फल्याकमुनि दुईवटा आधार एवम् रितले जम्माजम्मी सोह्रवटा आधार होऊन् ।
\v 26 तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार,
\s5
\v 27 पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार र पवित्र वासस्थानको पश्‍चिमपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार बनाउनू ।
\v 28 फल्याकहरूका बिचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् ।
\v 29 तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।
\s5
\v 30 तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।
\v 31 निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।
\v 32 सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।
\v 33 पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।
\s5
\v 34 प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।
\v 35 पर्दाबाहिर टेबुललाई उत्तरपट्टि राख्‍नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामुन्‍ने सामदान राख्‍नू ।
\s5
\v 36 पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।
\v 37 यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।
\s5
\c 27
\p
\v 1 तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू । वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तिन हातको हुनुपर्छ ।
\v 2 त्यसका चारवटै कुनामा गोरुको सिङजस्तो आकार बनाउनू । वेदी र त्यसका सिङहरू एउटै टुक्राबाट बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।
\s5
\v 3 वेदीको लागि तैँले यी सामग्रीहरू बनाउनूः खरानी उठाउने भाँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू । यी सबै भाँडाकुँडा काँसाको बनाउनू ।
\s5
\v 4 वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू । जालीमाथि
\v 5 चारै कुनामा काँसाका चारवटा मुन्द्रा लगाउनू । जाली वेदीको बिचसम्मै पुग्‍ने गरी यसलाई वेदीको मुनिपट्टिको बिटमुनि राख्‍नू ।
\v 6 वेदीको लागि बबुल काठका डन्डाहरू बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।
\s5
\v 7 डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन् ।
\v 8 फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।
\s5
\v 9 पवित्र वासस्थानको लागि चोक बनाउनू । चोकको दक्षिणपट्टि मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू राख्‍नू जसका लमाइ एक सय हात होऊन् ।
\v 10 तिनका खम्बाहरू बिसवटा र आधार पनि बिसवटै काँसाका होऊन् । खम्बामा अङ्कुसेहरू र चाँदीका फित्ताहरू होऊन् ।
\s5
\v 11 त्यसै गरी, उत्तरपट्टि एक सय हात लामो पर्दाहरू होऊन्, अनि तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि बिसवटा काँसाका होऊन् अनि अङ्कुसेहरू चाँदीका फित्ताहरू पनि गाँसिऊन् ।
\s5
\v 12 चोकको पश्‍चिमपट्टि पचास हात लामो पर्दा राख्‍नू । दसवटा खम्बा र दसवटा आधार राख्‍नू ।
\v 13 चोकको पूर्वपट्टि पचास हात होस् ।
\v 14 प्रवेशद्वारको एकापट्टिको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।
\v 15 अर्कोपट्टि पनि पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका पनि तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।
\s5
\v 16 चोकको द्वारमा राखिने पर्दा बिस हातको होस् । यो पर्दा निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस् । यसका चारवटा खम्बा र चारवटा आधार होऊन् ।
\v 17 चोकका सबै खम्बाका लागि चाँदीका फित्ता, चाँदीकै अङ्कुसे र काँसाका आधारहरू होऊन् ।
\v 18 चोकको लमाइ एक सय हात र चौडाइ पचास हातको होस् । यसका पर्दाहरूको उचाइ पाँच हातको होस् । ती पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका होऊन् र तिनका आधारहरूचाहिँ काँसाका होऊन् ।
\s5
\v 19 पवित्र वासस्थानमा प्रयोग गरिने सबै सामग्रीसाथै पाल र चोकका सबै किलाहरू काँसाबाट बनेका होऊन् ।
\v 20 तैँले इस्राएलका मानिसहरूलाई दियाको निम्ति पेलिएको भद्राक्षको शुद्ध तेल ल्याउन आज्ञा दे ताकि दियाहरू निरन्तर बलिरहून् ।
\v 21 भेट हुने पालमा गवाहीको सन्दुक राखिने पवित्र वासस्थानको पर्दाको अगाडिपट्टि हारून र तिनका छोराहरूले परमप्रभुको सामु साँझदेखि बिहानसम्म दियाहरू बालिरहून् । इस्राएलका मानिसहरूका पुस्तौँसम्म यो रहिरहिने विधि होस् ।
\s5
\c 28
\p
\v 1 इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।
\v 2 तैँले तेरा दाजु हारूनको निम्ति मेरो लागि अलग गरिएका पोशाकहरू लगाउनू । यी पोशाकहरू तिनको गौरव र शोभाको निम्ति हुनेछन् ।
\v 3 मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् ।
\s5
\v 4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पुजारी भएर मेरो सेवा गर्न सकून् ।
\v 5 शिल्पकारहरूले सुती कपडा, सुन, निलो, बैजनी र रातो धागो प्रयोग गरून् ।
\s5
\v 6 तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् ।
\v 7 यो गाँस्‍नलाई त्यसको दुवै छेउमा गाँसेका दुईवटा काँधे-बन्धन होऊन् ।
\s5
\v 8 यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोदजस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ ।
\v 9 दुईवटा आनिक्स पत्थरलाई लिएर तिनमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू ।
\v 10 छोराहरूको जन्मअनुसार एउटा पत्थरमा छ जनाका नाउँ र अर्को पत्थरमा छ जनाका नाउँ खोप्‍नू ।
\v 11 छापमा खोप्‍ने शिल्पकारले झैँ तैँले यो दुईवटा पत्थरमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू । ती पत्थर सुनका रत्‍न जडिने मणिघरमा जड्न लगाउनू ।
\s5
\v 12 परमप्रभुलाई इस्राएलका छोराहरूको सम्झना दिलाउन ती दुईवटा पत्थरलाई एपोदका काँधे-बन्धनमा लगाउनू । उहाँलाई सम्झना दिलाउन हारूनले परमप्रभुको सामु तिनीहरूका नाउँलाई बोकेर लैजानेछन् ।
\v 13 तैँले सुनका मणिघरहरू
\v 14 र डोरीजस्ता बाटेका निखुर सुनका दुईवटा सिक्री बनाउनू, र ती सिक्रीहरूलाई मणिघरहरूमा लगाउनू ।
\s5
\v 15 निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।
\v 16 यो वर्गाकार र दोब्बर पट्ट्याइएको हुनुपर्छ । यसको लमाइ र चौडाइ एक-एक बित्ताको होस् ।
\s5
\v 17 तैँले यसमा बहुमूल्य पत्थरका चारवटा लहर गरी मणीहरू राख्‍नू । पहिलो लहरमा मानिक, पुष्पराज र बेरूज राख्‍नू ।
\s5
\v 18 दोस्रो लहरमा फिरोजा, नीर र पन्‍ना राख्‍नू ।
\v 19 तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला राख्‍नू ।
\v 20 चौथो लहरमा पीतमणि, आनिक्स र बिल्लौर राख्‍नू । ती सुनका मणिघरहरूमा जडिऊन् ।
\v 21 ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग होऊन् । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गरोस् ।
\s5
\v 22 छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू ।
\v 23 छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाउनू र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाउनू ।
\v 24 सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाउनू ।
\v 25 बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोड्नू । त्यसपछि ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाउनू ।
\v 26 सुनका दुईवटा मुन्द्री बनाउनू, र भित्रपट्टिको बिटको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाउनू ।
\s5
\v 27 तैँले थप दुईवटा सुनका मुन्द्री बनाउनू, र तिनलाई एपोदको अगाटिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाउनू ।
\v 28 छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँध्‍नू ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् ।
\s5
\v 29 हारून पवित्रस्थानमा जाँदा त्यसले परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति आफ्नो छातीमा निर्णय गर्न राखिने छाती-पातामा इस्राएलका मानिसहरूका नाउँ बोकोस् ।
\s5
\v 30 निर्णय गर्नलाई छाती-पातामा ऊरीम र तुम्मीम राख्‍नू ताकि हारून परमप्रभुको सामु जाँदा ती त्यसको छातीमा होस् । यसरी हारूनले इस्राएलका मानिसहरूका लागि निर्णय गर्ने माध्यमलाई परमप्रभुको सामु सधैँ आफूसितै बोकोस् ।
\v 31 तैँले एपोदको अलखा पूर्ण रूपमा निलो कपडाको बनाउनू ।
\v 32 यसको बिचमा टाउको छिराउने प्वाल बनाउनू । नच्यातियोस् भन्‍नाका लागि कठालोको प्वालजस्तै बुनेको बिट होस् । यो जुलाहाको काम होस् ।
\s5
\v 33 तलको फेरोको चारैतिर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू ।
\v 34 तिनको वरिपरि बिच-बिचमा सुनका घण्टीहरू बनाउनू । अलखाको फेरोको चारैतिर सुनका घण्टीहरू र दारिमहरू होऊन् ।
\s5
\v 35 हारूनले सेवा गर्दा त्यसले अलखा लगाओस् ताकि त्यो पवित्रस्थानमा परमप्रभुको सामु जाँदा र त्यहाँबाट आउँदा यसको आवाज सुनियोस् । त्यो नमरोस् भन्‍नाका लागि यसो गरिएको हो ।
\v 36 तैँले निखुर सुनको एउटा पाता बनाउनू, र यसमा छापमा खोपेजस्तै गरी "परमप्रभुको निम्ति पवित्र" भनी खोप्‍नू ।
\v 37 यस पातालाई निलो फित्ताले फेटाको अगाडिपट्टि बाँध्‍नू ।
\s5
\v 38 यसलाई हारूनको निधारमा राख्‍नू । इस्राएलीहरूले परमप्रभुको निम्ति अलग गर्ने पवित्र उपहारका भेटीहरूको दोष हारूनले सधैँ बोकोस् । परमप्रभुले तिनीहरूका उपहारहरू ग्रहण गरून् भन्‍नाका लागि फेटा सधैँ त्यसको निधारमा होस् ।
\v 39 तैँले मसिनो सुती कपडाबाट लबेदा बनाउनू, र फेटा पनि सुती कपडाबाट नै बनाउनू । पटुकाचाहिँ बुट्टा हाल्नेद्वारा बनाइयोस् ।
\s5
\v 40 हारूनका छोराहरूका गौरव र शोभाका लागि लबेदा, पटुका र फेटाहरू बनाउनू ।
\s5
\v 41 तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।
\v 42 तिनीहरूका नग्‍नता ढाक्‍नलाई सुतीका भित्री पोशाकहरू बनाउनू जसले तिनीहरूको कम्मरदेखि जाँघसम्म ढाकून् ।
\v 43 हारून र त्यसका छोराहरू पवित्रस्थानमा सेवा गर्नका लागि वेदीमा जाँदा वा भेट हुने पालमा प्रवेश गर्दा तिनीहरूले यी पोशाकहरू लगाऊन् । तिनीहरू दोषी ठहरिएर नमरून् भन्‍नाका लागि तिनीहरूले यी लगाउनैपर्छ । हारून र त्यसपछि त्यसका सन्तानहरूका लागि यो स्थायी विधि हो ।
\s5
\c 29
\p
\v 1 तिनीहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो । एउटा बाछा र दुईवटा निष्खोट भेडा लिएर आइज ।
\v 2 अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौला अनि तेल दलेको खमिरविनाको बाबर पनि लिएर आइज ।
\s5
\v 3 बाबरहरू मसिनो गहुँको पिठोको प्रयोग गरी बनाउनू । तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे र दुईवटा भेडासँगै ती ल्याउनू ।
\s5
\v 4 तैँले भेट हुने पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूलाई उपस्थित गरा । हारून र त्यसका छोराहरूलाई पानीले नुहाइदिनू ।
\v 5 आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू ।
\v 6 त्यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू ।
\v 7 त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर् ।
\s5
\v 8 त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू ।
\v 9 हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।
\s5
\v 10 तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि हात राख्‍नेछन् ।
\v 11 तैँले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको सामु त्यस बाछोलाई मार्नू ।
\s5
\v 12 बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सिङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्याइदिनू ।
\v 13 आन्द्रा-भुँडी ढाक्‍ने सबै बोसो र कलेजो ढाक्‍ने मासु अनि दुईवटा मिर्गोलासाथै तिनमा भएका बोसोसमेत लिएर ती सबैलाई वेदीमा जलाइदिनू ।
\v 14 तर बाछोको मासु, यसको छाला र गोबरचाहिँ छाउनीबाहिर लगेर जलाइदिनू । यो पापबलि हो ।
\s5
\v 15 तैँले एउटा भेडा पनि लिनू अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।
\s5
\v 16 भेडालाई मारेर त्यसको रगत वेदीका चारैतिर छर्कनू ।
\v 17 त्यस भेडालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी, त्यसका टुक्राहरू र टाउकोसमेत
\v 18 वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।
\v 19 त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।
\s5
\v 20 अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।
\v 21 तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।
\s5
\v 22 तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो ।
\v 23 परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू ।
\s5
\v 24 तैँले यी सबै हारूनका हात र त्यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू ।
\s5
\v 25 त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्‍ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।
\v 26 हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू, र योचाहिँ तेरो भाग हुनेछ ।
\v 27 तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।
\s5
\v 28 यो हारून र त्यसका छोराहरूका लागि अनन्तको विधि हुनेछ । इस्राएलका मानिसहरूले तिनीहरूका मेलबलिबाट परमप्रभुलाई दिनुपर्ने भाग यही हो ।
\v 29 हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्‍नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू ।
\v 30 हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।
\s5
\v 31 मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।
\v 32 हारून र त्यसका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन् ।
\v 33 मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्‍चित्त गर्न र नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु, रोटी तिनीहरूले खाऊन् । त्यो खाना कसैले नखाओस् किनकि त्यो मेरो निम्ति अर्पण गरिएको र मलाई छुट्ट्याइएको खाना हो ।
\s5
\v 34 अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्‍यो भने त्यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।
\v 35 यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।
\v 36 हरेक दिन प्रायश्‍चित्तको लागि तैँले एउटा बाछो पापबलिको रूपमा चढाउनू । वेदीको लागि प्रायश्‍चित्त गरेर तैँले यसलाई शुद्ध पार्नू, र यसलाई मेरो लागि अलग गर्न यसलाई अभिषेक गर्नू ।
\s5
\v 37 सात दिन लगाएर वेदीको लागि प्रायश्‍चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।
\v 38 तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुईवटा थुमा चढाउनू ।
\v 39 एउटा थुमा बिहान चढाइनुपर्छ भने अर्को बेलुका ।
\s5
\v 40 पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू ।
\s5
\v 41 तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।
\v 42 मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता-पुस्तासम्म यी नियमित होमबलिहरू होऊन् ।
\s5
\v 43 म इस्राएलीहरूसित त्यहीँ नै भेट गर्नेछु । मेरो महिमाद्वारा पाल मेरो लागि अलग गरिनेछ ।
\v 44 म भेट हुने पाल र मेरो लागि मात्र प्रयोग हुने वेदीलाई पवित्र पार्नेछु । पुजारी भएर मेरो सेवा गर्नका निम्ति हारून र त्यसका छोराहरूलाई पनि म पवित्र पार्नेछु ।
\s5
\v 45 म इस्राएलीहरूका बिचमा बस्‍नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु ।
\v 46 म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन् । म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।
\s5
\c 30
\p
\v 1 तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।
\v 2 यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।
\s5
\v 3 धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।
\s5
\v 4 यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।
\v 5 डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।
\v 6 तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्‍ने राख्‍नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्‍चित्तको ढकनीको सामु हुनेछ ।
\s5
\v 7 हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू । त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू,
\v 8 र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू ।
\v 9 तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्‍नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू ।
\s5
\v 10 वर्षको एक चोटि हारूनले यसका सिङहरूमा प्रायश्‍चित्त गरोस् । पापबलिको रगतले पुस्ता-पुस्तासम्म त्यसले वर्षको एक चोटि प्रायश्‍चित्त गर्नेछ । यो परमप्रभुको निम्ति अति पवित्र छ ।"
\s5
\v 11 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 12 "तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस् । तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस् ।
\s5
\v 13 जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ) । यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ ।
\v 14 बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ ।
\v 15 मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्‍चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन् ।
\s5
\v 16 तैँले इस्राएलीहरूबाट यो प्रायश्‍चित्तको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ । यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्‍चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस् ।"
\v 17 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 18 "तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना । यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्‍नू ।
\s5
\v 19 हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् ।
\v 20 तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ ।
\v 21 तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन् । हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो ।"
\s5
\v 22 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 23 "तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल बास्‍ना आउने बोझो,
\v 24 ५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू ।
\s5
\v 25 तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ ।
\v 26 तैँले यस तेलले भेट हुने पालसाथै गवाहीको सन्दुक,
\v 27 टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,
\v 28 होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू ।
\s5
\v 29 ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।
\s5
\v 30 हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।
\v 31 तैँले इस्राएलीहरूलाई भन्‍नू, "तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् ।
\v 32 यसलाई मानिसको छालामा दल्नुहुँदैन, न त उही सुत्र प्रयोग गरेर यस्तो तेल बनाउनुहुन्छ किनकि यो परमप्रभुको निम्ति अलग गरिएको हो । तैँले यसलाई यसरी नै हेर्नुपर्छ ।
\s5
\v 33 जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ ।"
\v 34 परमप्रभुले मोशालाई भन्‍नुभयो, "बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू ।
\v 35 नुन मिसिएको शुद्ध र पवित्र हुने गरी धूपको रूपमा अत्तर बनाउनेले जस्तै गरी त्यसलाई बनाउनू ।
\s5
\v 36 तैँले यसलाई मसिनो गरी पिस्‍नू । यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दुकको सामुन्‍ने राख्‍नू । तैँले यसलाई मेरो लागि अति पवित्र ठान्‍नू ।
\v 37 तैँले बनाउने यो धूपजस्तै उही सुत्र प्रयोग गरेर आफ्नो लागि अर्को कुनै धूप नबनाउनू । यो मेरो लागि अति पवित्र होस् ।
\v 38 अत्तरको रूपमा प्रयोग गर्न जसले योजस्तै कुनै धूप बनाउँछ, त्यो आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।"
\s5
\c 31
\p
\v 1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 2 "हेर्, मैले यहूदाको कुलबाट हूरको नाति, ऊरीको छोरो बजलेललाई डाकेको छु ।
\s5
\v 3 सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु ।
\v 4 त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ ।
\v 5 सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छ ।
\s5
\v 6 त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्:
\v 7 भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्‍चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्
\v 8 टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,
\v 9 होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठुलो बाटा ।
\s5
\v 10 यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।
\v 11 पवित्रस्थानको लागि अभिषेक गर्ने तेल र सुगन्धित धूप पनि यसमा पर्छन् । मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् ।"
\s5
\v 12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो,
\v 13 "इस्राएलीहरूलाई भन्, 'तिमीहरूले निश्‍चय नै परमप्रभुको शबाथ-दिन मान्‍नू किनकि तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो तिमीहरू र मेरो बिचमा एउटा चिन्ह हुनेछ ताकि तिमीहरूलाई मेरो निम्ति अलग गर्ने परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
\v 14 त्यसैले तिमीहरूले शबाथ मान्‍नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्‍नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।
\s5
\v 15 छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ ।
\v 16 त्यसकारण, इस्राएलीहरूले शबाथलाई मान्‍नैपर्छ । एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ ।
\v 17 शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो ।"
\s5
\v 18 सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।
\s5
\c 32
\p
\v 1 जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलाइ गरेको देखे तिनीहरू हारूनको वरिपरि भेला भई तिनलाई भने, "हाम्रो अगिअगि जाने एउटा मूर्ति बनाऔँ । हामीलाई मिश्र देशबाट बाहिर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।"
\v 2 त्यसैले हारूनले तिनीहरूलाई भने, "तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली मकहाँ लेओ ।"
\s5
\v 3 सबै मानिसले तिनीहरूका कानमा लगाएका कुण्डलहरू फुकाली हारूनकहाँ ल्याए ।
\s5
\v 4 तिनले तिनीहरूबाट पाएको सुनलाई हतियारले खोपेर बाछाको एउटा मूर्ति बनाए । तब मानिसहरूले भने, "हे इस्राएल हो, मिश्रबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउने देव यिनै हुन् ।"
\v 5 हारूनले यो देखेपछि तिनले बाछाको सामु एउटा वेदी बनाए र यस्तो घोषणा गरे, "भोलि परमप्रभुको आदरको लागि एउटा चाड हुनेछ ।"
\v 6 भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए । तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्‍न लागे ।
\s5
\v 7 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "चाँडै तल ओर्ली, किनकि तैँले मिश्र देशबाट बाहिर ल्याएका मानिसहरूले आफैलाई भ्रष्‍ट पारिसकेका छन् ।
\v 8 मैले आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै विचलित भएका छन् । तिनीहरूले आफ्ना लागि गाईको मूर्ति बनाएर यसको पूजा गरेका छन् र बलिदान चढाएका छन् । तिनीहरूले भनेका छन् 'हे इस्राएल हो, मिश्र देशबाट तिमीहरूलाई बाहिर ल्याउने देव यिनै हुन्' ।"
\s5
\v 9 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "मैले यो जातिलाई देखेको छु । हेर्, तिनीहरू हठी मानिसहरू हुन् ।
\s5
\v 10 अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।"
\v 11 तर मोशाले परमप्रभु तिनका परमेश्‍वरलाई शान्त पार्न खोजे । तिनले भने, "हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने?
\v 12 मिश्रीहरूले किन यसो भन्‍ने, 'तिनीहरूलाई पर्वतमा लगेर मार्न र पृथ्वीको सतहबाट नष्‍ट गर्न उहाँले तिनीहरूलाई दुष्‍ट मनसाय लिएर बाहिर निकाल्नुभयो?' आफ्नो क्रोधलाई शान्त पार्नुहोस् र यो जातिलाई दण्ड दिनबाट मन बद्लनुहोस् ।
\s5
\v 13 तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।"
\v 14 तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो ।
\v 15 तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्ले । शिला-पाटीहरूका अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए ।
\s5
\v 16 ती शिला-पाटीहरू परमेश्‍वरका आफ्नै काम थिए, र त्यो उहाँले नै खोपेर लेख्‍नुभएको थियो ।
\v 17 यहोशूले मानिसहरू चिच्‍च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने, "छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ त ।"
\v 18 तर मोशाले भने, "यो विजेताको आवाज होइन, न त पराजितहरूको आवाज हो, तर म त गीत गाइरहेको आवाज सुन्दै छु ।"
\s5
\v 19 जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे । तिनी बेसरी रिसाए । तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए ।
\s5
\v 20 तिनले मानिसहरूले बनाएका त्यस बाछोलाई लिएर जलाइदिए अनि धुलोपिठो बनाएर पानीमा छरिदिए, अनि तिनले इस्राएलका मानिसहरूलाई त्यो पिउन लगाए ।
\v 21 तब मोशाले हारूनलाई भने, "यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो?"
\v 22 हारूनले भने, "मेरा मालिक, ममाथि हजुरको क्रोध नदन्कियोस् । तपाईं त यी मानिसहरूलाई जान्‍नुहुन्छ कि तिनीहरू खराबी गर्न उद्यत छन् ।
\s5
\v 23 तिनीहरूले मलाई भने, 'हाम्रो अगिअगि जाने एउटा देव बनाऊ । हामीलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।'
\v 24 तब मैले तिनीहरूलाई भनेँ, 'जो-जोसँग सुन छ, तिनीहरूले फुकालून् ।' तिनीहरूले मलाई सुन दिए र मैले त्यसलाई आगोमा फाल्दा यही बाछो बनेर आयो ।"
\v 25 मानिसहरू छाडा भइसकेका थिए भनी मोशाले देखे (किनकि हारूनले तिनीहरूका शत्रुहरूका सामु हाँसोको पात्र हुन दिएर तिनीहरूलाई अनियन्त्रित हुन छाडिदिएका थिए) ।
\s5
\v 26 तब मोशा छाउनीको प्रवेशद्वारमा खडा भएर भने, "जो-जो परमप्रभुपट्टि छन्, तिनीहरू मकहाँ आओ ।" सबै लेवी तिनको वरिपरि भेला भए ।
\v 27 तिनले तिनीहरूलाई भने, "परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको एक छेउदेखि अर्को छेउसम्म ढोका-ढोकासम्म गएर हरेकले आफ्ना भाइ, आफ्ना मित्र र छिमेकीलाई मार' ।"
\v 28 मोशाले आज्ञा गरेमुताबिक लेवीहरूले गरे । त्यस दिन करिब तिन हजार मानिस मरे ।
\s5
\v 29 मोशाले लेवीहरूलाई भने, "आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा र भाइको विरुद्धमा कारबाही गरेका छौ ।"
\v 30 भोलिपल्ट मोशाले मानिसहरूलाई भने, "तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ । अब म परमप्रभुकहाँ उक्लेर जानेछु । सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि ।"
\v 31 मोशा परमप्रभुकहाँ फर्केर आए र भने, "हाय! यी मानिसहरूले ठुलो पाप गरेका छन् र तिनीहरूले सुनको मूर्ति बनाएका छन् ।
\s5
\v 32 तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस् । क्षमा गर्नुहुन्‍न भनेता तपाईंले लेख्‍नुभएको पुस्तकबाट मेरो नाउँ मेटिदिनुहोस् ।"
\v 33 परमप्रभुले मोशालाई भन्‍नुभयो, "जसले मेरो विरुद्धमा पाप गरेको छ, म मेरो पुस्तकबाट त्यसकै नाउँ मेटिदिनेछु ।
\v 34 अब, गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा । हेर्, मेरा दूत तेरो अगिअगि जानेछन् । तर त्यस दिन तिनीहरूका पापका लागि म तिनीहरूलाई दण्ड दिनेछु ।"
\v 35 हारूनले बनाएको बाछोको कारण परमप्रभुले मानिसहरूमाथि विपत्ति ल्याउनुभयो ।
\s5
\c 33
\p
\v 1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, "मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।
\v 2 म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।
\v 3 दूध र मह बग्‍ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ । मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु ।"
\s5
\v 4 जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन ।
\v 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, "इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।"
\v 6 त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन् ।
\s5
\v 7 मोशाले पाल लिएर छाउनीभन्दा अलि पर त्यसलाई टाँगे । तिनले यसलाई भेट हुने पाल भने । परमप्रभुलाई कुनै पनि थोकको लागि बिन्ती चढाउन चाहने हरेक व्यक्ति छाउनीबाहिर यही भेट हुने पालमा जान्थ्यो ।
\v 8 मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे र मोशा भित्र प्रवेश नगरुञ्‍जेलसम्म तिनलाई हेर्ने गर्थे ।
\v 9 मोशा पालभित्र प्रवेश गर्दा बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो, अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो ।
\s5
\v 10 कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो ।
\v 11 एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो । तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे ।
\s5
\v 12 मोशाले परमप्रभुलाई भने, "हेर्नुहोस्, तपाईं मलाई भन्दै हुनुहुन्छ, 'यी मानिसहरूलाई यात्रामा लिएर जा,' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन । तपाईंले भन्‍नुभएको छ, 'म तँलाई नामद्वारै चिन्छु, र तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस् ।'
\v 13 अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई तपाईंका मार्गहरू देखाउनुहोस् ताकि तपाईंलाई जान्‍न सकूँ र तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ । यो जाति तपाईंका मानिसहरू हुन् भनी याद गर्नुहोस् ।"
\s5
\v 14 परमप्रभुले जवाफ दिनुभयो, "मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।"
\s5
\v 15 मोशाले उहाँलाई भने, "तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् ।
\v 16 किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्‍टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?"
\v 17 परमप्रभुले मोशालाई भन्‍नुभयो, "तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्‍नेछु किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु ।"
\s5
\v 18 मोशाले भने, "कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस् ।"
\v 19 परमप्रभुले भन्‍नुभयो, "म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु । जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु ।"
\s5
\v 20 तर परप्रभुले भन्‍नुभयो, "तैँले मेरो अनुहार देख्‍न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।"
\v 21 परमप्रभुले भन्‍नुभयो, "हेर्, मेरो छेउमा एउटा ठाउँ छ । तँ यो चट्टानमा खडा हो ।
\v 22 मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्‍नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्‍नेछ ।
\v 23 त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्‍नेछस्, तर मेरो अनुहारचाहिँ देख्‍नेछैनस् ।"
\s5
\c 34
\p
\v 1 परमप्रभुले मोशालाई भन्‍नुभयो, "पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले । तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू म यी शिला-पाटीहरूमा लेख्‍नेछु ।
\v 2 बिहानसम्म तयार हो, र सीनै पर्वतमा उक्लेर आइज र पर्वतको टाकुरमा मेरो सामु देखा पर् ।
\s5
\v 3 तँसँग अरू कोही नआओस् । पर्वतको कुनै पनि भागमा कोही पनि नदेखियोस् । पर्वतको सामु कुनै भेडा-बाख्रा वा गाईवस्तु नचरोस् ।"
\s5
\v 4 त्यसैले मोशाले पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटे, र तिनी बिहानै उठेर सीनै पर्वतमा उक्ले जस्तो परमप्रभुले तिनलाई आज्ञा
\v 5 गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए । परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले "परमप्रभु" नाउँको घोषणा गर्नुभयो ।
\v 6 परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, "परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ ।
\s5
\v 7 उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।"
\v 8 मोशाले झट्टै भुइँतिर आफ्नो शिर झुकाएर आराधना गरे ।
\s5
\v 9 तब तिनले भने, "हे प्रभु, अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने हाम्रा बिचमा भएर जानुहोस् किनकि यो जाति हठी छ । हाम्रा पाप र अधर्म क्षमा गरिदिनुहोस् र हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् ।"
\v 10 परमप्रभुले भन्‍नुभयो, "हेर्, मैले करार बाँध्‍न लागेको छु । तेरा सबै मानिसका सामु म यस्ता आश्‍चर्यका कामहरू गर्नेछु जुन सारा पृथ्वीमा कुनै पनि जातिमा गरिएको छैन । तिमीहरूका बिचमा भएका सबै मानिसले मेरा कार्यहरू देख्‍नेछन् किनकि तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो छ ।
\v 11 आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु ।
\s5
\v 12 तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्‍न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन् ।
\s5
\v 13 बरु, तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू ।
\v 14 किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्‍वर हुँ ।
\v 15 त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ
\v 16 अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।
\s5
\v 17 तिमीहरूले आफ्ना ढलौटे मूर्तिहरू नबनाउनू ।
\v 18 तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले तिमीहरूलाई आज्ञा दिएबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानू किनकि आबीब महिनामै तिमीहरू मिश्रबाट बाहिर आयौ ।
\s5
\v 19 सबै पहिला जन्मेकाहरू मेरा हुन् । तिमीहरूका गाईवस्तु, गोरु, भेडाका हरेक नर मेरा हुन् ।
\s5
\v 20 गधाको पहिलो जन्मेको बछेडोलाई थुमा दिएर छुटाउनू, तर त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू । तिमीहरूका सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू । कोही पनि मेरो सामु रित्तो हात नआओस् ।
\v 21 तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू । हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू ।
\v 22 गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्‍नू, र वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मान्‍नू ।
\s5
\v 23 वर्षको तिन पटक तिमीहरूका सबै पुरुष परमप्रभु इस्राएलका परमेश्‍वरको सामु देखा पर्नू ।
\v 24 किनकि म तिमीहरूका सामु जाति-जातिहरूलाई धपाउनेछु र तिमीहरूका सिमाना बढाइदिनेछु । तिमीहरू वर्षमा तिन पटक परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि आफ्नो अधिकारको रूपमा तिमीहरूको देश कब्जा गर्ने इच्छा गर्नेछैन ।
\s5
\v 25 खमिरसहित मेरो बलिदानको रगत नचढाउनू, न त निस्तार-चाडमा चढाइने बलिको कुनै भाग बिहानसम्म उब्रोस् ।
\s5
\v 26 तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।"
\v 27 परमप्रभुले मोशालाई भन्‍नुभयो, "यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।"
\v 28 मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे ।
\s5
\v 29 मोशा आफ्ना हातमा करारका आज्ञाहरू लिखित दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्लंदा र तिनी परमेश्‍वरसित बोल्दा तिनको अनुहारको छाला चम्कँदै थियो भनी तिनलाई थाहै भएन ।
\v 30 जब हारून र इस्राएलीहरूले मोशालाई देखे तिनको अनुहार चम्कँदै थियो, र तिनीहरू तिनको नजिक आउन डराए ।
\v 31 तर मोशाले तिनीहरूलाई डाके, अनि हारूनसाथै समुदायका सबै अगुवा तिनीकहाँ आए । तब मोशा तिनीहरूसित बोले ।
\s5
\v 32 यसपछि इस्राएलका सबै मानिस मोशाकहाँ आए, अनि परमप्रभुले सीनै पर्वतमा तिनलाई बताउनुभएका सबै आज्ञा तिनले मानिसहरूलाई बताए ।
\s5
\v 33 तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले ।
\v 34 मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्‍जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे ।
\v 35 इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे ।
\s5
\c 35
\p
\v 1 मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, "परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।
\v 2 छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।
\s5
\v 3 शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।"
\v 4 मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, "परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो ।
\v 5 इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,
\v 6 निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,
\v 7 रातो रङ्गाइएको भेडाको छाला र सीलको छाला, बबुल काठ,
\v 8 पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि
\v 9 आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ।
\s5
\v 10 तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:
\v 11 पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू
\v 12 र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्‍चित्तको ढकनी र यसलाई ढाक्‍ने पर्दा ।
\s5
\v 13 तिनीहरूले टेबुल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी,
\v 14 बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,
\v 15 धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
\v 16 होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठुलो बाटा बनाऊन् ।
\s5
\v 17 तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,
\v 18 र पवित्र वासस्थान र चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए ।
\v 19 तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।
\s5
\v 20 तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए ।
\v 21 जस-जसका ह्रदय प्रेरणाले भरिए र आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए ।
\s5
\v 22 इच्छुक ह्रदय भएका पुरुष र स्‍त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।
\v 23 तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।
\v 24 चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो र काममा प्रयोग हुन सक्‍ने कुनै किसिमको बबुल काठ भएकोले त्यसलाई ल्यायो ।
\s5
\v 25 हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।
\v 26 जो-जो स्‍त्रीका ह्रदय प्रेरणाले भरिए र जससित सिप थियो, तिनीहरूले बाख्राका भुत्ला काते ।
\s5
\v 27 एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ल्याए ।
\v 28 तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए ।
\s5
\v 29 इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्‍त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।
\v 30 मोशाले इस्राएलीहरूलाई भने, "हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्‍नुभएको छ ।
\v 31 उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।
\v 32 तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् ।
\v 33 सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छन् ।
\s5
\v 34 तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको छ ।
\v 35 तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्‍ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।
\s5
\c 36
\p
\v 1 यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्‍तिले उहाँको आज्ञामुताबिक काम गरून् ।"
\s5
\v 2 मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।
\v 3 पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्‍त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए ।
\s5
\v 4 त्यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए ।
\v 5 शिल्पकारहरूले मोशालाई भने, "परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिएभन्दा पनि बढ्ता ल्याउँदै छन् ।"
\v 6 त्यसैले पवित्रस्थानको निर्माणको लागि कसैले पनि अरू भेटीहरू नल्याउनू भनी मोशाले छाउनीमा आज्ञा दिए । तब मानिहरूले यी भेटीहरू ल्याउन छाडे ।
\s5
\v 7 सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए ।
\v 8 त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो ।
\v 9 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।
\v 10 बजलेलले पाँचवटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँचवटालाई पनि एक-अर्कामा गाँसे ।
\s5
\v 11 पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे ।
\v 12 तिनले पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचासवटा सुर्काउनी बनाए । ती सुर्काउनीहरू एक-अर्काका आमनेसामने थिए ।
\v 13 तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचासवटा अङ्कुसे बनाए, र तिनलाई पर्दाका दुई भाग एक-अर्कासित जोडे ।
\s5
\v 14 पवित्र वासस्थान ढाक्‍ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए ।
\s5
\v 15 हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।
\v 16 तिनले पाँचवटा पर्दा एक-अर्कासित जोडे र बाँकी छवटा पर्दा एक-अर्कासित जोडे ।
\v 17 तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचासवटा सुर्काउनी बनाए, र दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचासवटा सुर्काउनी बनाए ।
\v 18 पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्कुसे बनाए ।
\s5
\v 19 तिनले पवित्र वासस्थानलाई ढाक्‍न रातो रङले रङ्ग्याएका भेडाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि राख्‍न मसिनो छालाको अर्को छत बनाए ।
\v 20 बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए ।
\v 21 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो ।
\v 22 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेकमा दुई-दुईवटा काठका चोसा थिए । तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे ।
\v 23 तिनले पवित्र वासस्थानको लागि यसरी नै सबै फल्याक बनाए । तिनले दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाए ।
\s5
\v 24 बजलेलले ती बिसवटा फल्याकको मुनिपट्टि राख्‍न चाँदीका चालिसवटा आधार बनाए । फल्याकहरूलाई सँगै जोड्न हरेक फल्याकको मुन्तिर दुईवटा आधार थिए, अरू सबै फल्याकको मुन्तिर पनि दुई-दुईवटा आधार थिए ।
\v 25 पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बिसवटा फल्याक र तिनको लागि
\v 26 चाँदीका चालिसवटा आधार बनाए । पहिलो फल्याकको मुनिपट्टि दुईवटा आधार थिए, अनि अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार थिए एवम् रितले सबै फल्याकमुनि दुई-दुईवटा आधार थिए ।
\s5
\v 27 पवित्र वासस्थानको पछाडि अर्थात् पश्‍चिमपट्टि बजलेलले छवटा फल्याक बनाए ।
\v 28 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा तिनले दुईवटा फल्याक बनाए ।
\s5
\v 29 ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए । तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए ।
\v 30 चाँदीका आधारसहित जम्माजम्मी आठवटा फल्याक थिए । जम्माजम्मी सोह्रवटा आधार थिए । एउटा फल्याकको मुनिपट्टि दुईवटा आधार, अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार, एवम् रितले हरेक फल्याक मुनिपट्टि दुई-दुईवटा आधार थिए ।
\s5
\v 31 बजलेलले बबुल काठका बारहरू बनाए । तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँचवटा,
\v 32 र अर्कोपट्टिका फल्याकहरूका लागि पाँचवटा अनि पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टिको लागि पाँचवटा बार बनाए ।
\s5
\v 33 तिनले फल्याकहरूका बिचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्‍ने गरी बनाए ।
\v 34 तिनले फल्याकहरूलाई सुनले मोहोरे । तिनले बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए, र बारहरूलाई सुनले मोहोरे ।
\v 35 बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।
\s5
\v 36 तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए ।
\v 37 तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।
\v 38 तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए ।
\s5
\c 37
\p
\v 1 बजलेलले बबुल काठबाट सन्दुक बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।
\v 2 तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए ।
\v 3 तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले ।
\s5
\v 4 तिनले बबुलका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।
\v 5 तिनले सन्दुकलाई बोक्‍न ती डन्डाहरू त्यसका दुवैतिर भएका मुन्द्राहरूमा हाले ।
\s5
\v 6 तिनले निखुर सुनबाट प्रायश्‍चित्तको ढकनी बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।
\v 7 बजलेलले प्रायश्‍चित्तको ढकनीको दुवै छेउका लागि पिटेको सुनका दुईवटा करूब बनाए ।
\v 8 एउटा करूब प्रायश्‍चित्तको ढकनीको एउटा छेउमा अर्को करूब अर्को छेउको लागि थिए । ती करूबहरू प्रायश्‍चित्तको ढकनीकै टुक्राबाट बनाइएका थिए ।
\s5
\v 9 करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र प्रायश्‍चित्तको ढकनीलाई छाया पारेका थिए । करूबहरू आमनेसामने थिए, र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरेका थिए ।
\v 10 बजलेलले बबुल काठबाट टेबुल बनाए । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो ।
\v 11 तिनले यसलाई निखुर सुनले मोहोरे र यसको चारैतिर सुनको बिट लगाए ।
\s5
\v 12 तिनले यसको चारैतिर चार अङ्गुल चौडा भएको एउटा घेरो बनाए, र यसको चारैतिर सुनको बिट लगाए ।
\v 13 तिनले टेबुलको निम्ति ढालेर चारवटा मुन्द्रा बनाए, र ती मुन्द्राहरूलाई चारवटा खुट्टाका चारवटा कुनामा लगाए ।
\v 14 टेबुललाई बोक्‍न ती मुन्द्राहरू डन्डाहरूका लागि ठाउँ हुनलाई घेरोको छेउमा थिए ।
\v 15 तिनले टेबुल बोक्‍नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे ।
\s5
\v 16 तिनले भेटीहरू चढाउन प्रयोग हुने टेबुलमा राखिने थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू बनाए ।
\v 17 तिनले यी सबै निखुर सुनले बनाए । तिनले पिटेको निखुर सुनबाट सामदान बनाए । तिनले यसको आधार र डन्डा हुने गरी सामदानलाई बनाए । यसका कचौरा, कोपिला र फुलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए ।
\v 18 यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी छवटा हाँगा बाहिरतिर निस्केका थिए ।
\s5
\v 19 पहिलो हाँगामा हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए, अनि अर्को हाँगामा पनि हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए । सामदानबाट बाहिरतिर निस्केका छवटै हाँगा उस्तै थिए ।
\v 20 सामदानको बिचको डन्डामा हाडे-बदाममा चारवटा कचौरा, आ-आफ्ना कोपिला र फुलहरू थिए ।
\v 21 सामदानबाट निस्केका छवटा हाँगामध्ये पहिलो जोडी हाँगामुनि एउटा कोपिला, दोस्रो जोडी हाँगामुनि दोस्रो कोपिला र तेस्रो जोडी हाँगामुनि तेस्रो कोपिला थियो । सामदानबाट बाहिरतिर निस्केका सबै छवटै हाँगामा उस्तै थिए ।
\s5
\v 22 तिनीहरूका कोपिला र हाँगाहरू सबै एउटै निखुर सुनको टुक्रा पिटेर बनाइएका थिए ।
\v 23 बजलेलले सामदान, यसका सातवटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए ।
\v 24 तिनले सामदान र यसका सबै सामान करिब चौँतिस किलोग्राम सुनबाट बनाए ।
\s5
\v 25 बजलेलले बबुल काठबाट धूपको वेदी बनाए । यसको लमाइ एक हात र चौडाइ एक हातको थियो । यो वर्गाकार थियो र यसको चौडाइ दुई हातको थियो । यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए ।
\v 26 तिनले धूपको वेदी, यसको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरूलाई निखुर सुनले मोहोरे । तिनले यसको चारैतिर निखुर सुनको बिट पनि लगाए ।
\s5
\v 27 बोक्‍ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए ।
\s5
\v 28 तिनले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।
\v 29 तिनले अभिषेक गर्ने पवित्र तेल अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए ।
\s5
\c 38
\p
\v 1 बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।
\v 2 तिनले यसका चारवटा कुनाबाट गोरुका जस्तै सिङहरू बाहिर निकाले । ती सिङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।
\v 3 तिनले वेदीका लागि चाहिने सबै सामग्री अर्थात् खरानी उठाउने भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु तान्‍ने काँटाहरू आगो राख्‍ने पात्रहरू बनाए । तिनले यी सबै सामग्री काँसाबाट बनाए ।
\s5
\v 4 तिनले वेदीको निम्ति त्यसको मुन्तिर चारैपट्टि बिटमुनि त्यसको बिचसम्मै पुग्‍ने काँसाका जालीको एउटा झिँजा बनाए ।
\s5
\v 5 तिनले काँसाको झिँजाको चारवटा कुनामा डन्डाहरूको घर हुनलाई चारवटा मुन्द्रा ढाले ।
\v 6 बजलेलले बबुल काठका डन्डाहरू बनाए र तिनलाई काँसाले मोहोरे ।
\v 7 यसलाई बोक्‍नलाई तिनले ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा हाले । तिनले ती फल्याकहरूबाट खोक्रो बनाए ।
\s5
\v 8 बजलेलले काँसाको ठुलो बाटा र काँसाकै खुट्टा बनाए । भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूका ऐनाबाट तिनले बाटा बनाएका थिए ।
\s5
\v 9 तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।
\v 10 तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि काँसाका बिसवटै थिए । खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए ।
\s5
\v 11 त्यसै गरी, उत्तरपट्टि सय हात लामा पर्दाहरू थिए । तिनका खम्बाहरू बिसवटा र तिनका आधारहरू पनि बिसवटै थिए र ती काँसाका थिए । तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए ।
\s5
\v 12 पश्‍चिमपट्टिका पर्दाहरू पचास हात लामा थिए । तिनका दसवटा खम्बा र आधार थिए ।
\v 13 तिनका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए । चोकको पूर्वपट्टिको लमाइ पचास हात थियो ।
\v 14 प्रवेशद्वारको एकापट्टिका लागि पन्ध्र हात लामा पर्दाहरू थिए । तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
\v 15 चोकको प्रवेशद्वारको अर्कोपट्टि पनि पन्ध्र हात लामा पर्दाहरू थिए र तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
\v 16 चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।
\s5
\v 17 खम्बाहरूका आधारहरू काँसाका थिए । अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए अनि तिनका टुप्पाहरूचाहिँ चाँदीका थिए । चोकका सबै फित्ता चाँदीले मोहोरिएका थिए ।
\v 18 चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो । पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो । चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो ।
\s5
\v 19 यसका चारवटा काँसाका आधार र चाँदीका अङ्कुसेहरू थिए । तिनका टुप्पाका ढकनी र फित्ताहरू चाँदीका थिए ।
\v 20 पवित्र वासस्थान र चोकका लागि पालका सबै किला काँसाका थिए ।
\v 21 यो पवित्र वासस्थानको मण्डप अर्थात् करारका आदेशहरूको पवित्र वासस्थान थियो जसलाई मोशाको आज्ञामुताबिक बनाइएको थियो । यो हारून पुजारीका छोरा ईतामारको निर्देशनअनुसार लेवीहरूको काम थियो ।
\s5
\v 22 यहूदाको कुलबाट हुरका नाति, ऊरीका छोरा बजलेलले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक थोक बनाए ।
\v 23 दानको कुलबाट अहीसामाकका छोरा ओहोलीआबले खोप्‍ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै निलो, बैजनी, रातो ऊनसाथै मसिनो सुती कपडामा बजलेलसँगै काम गरे ।
\v 24 पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।
\s5
\v 25 समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो ।
\v 26 यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३, ५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो ।
\v 27 हरेक आधारको निम्ति एक तोडा ढालेर पवित्र वासस्थानका आधारहरू र पर्दाका आधारहरूका लागि एक सय चाँदी तोडा ढालिएको थियो ।
\s5
\v 28 बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए ।
\v 29 डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो ।
\v 30 तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,
\v 31 चोकका लागि आधारहरू, चोक प्रवेशको निम्ति आधारहरू, पवित्र वासस्थान र चोकका लागि सबै पालका किलाहरू बनाए ।
\s5
\c 39
\p
\v 1 तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।
\s5
\v 2 बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।
\v 3 तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।
\s5
\v 4 तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।
\v 5 यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो ।
\s5
\v 6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्‍नहरू जडे, र छापमा खोपिएजस्तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे ।
\s5
\v 7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए ।
\v 8 तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।
\v 9 यो वर्गाकार थियो । तिनीहरूले यसलाई दोब्बर पट्ट्याए । यो एक बित्ता लामो र एक बित्ता चौडा थियो ।
\s5
\v 10 तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे । पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो ।
\v 11 दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो ।
\v 12 तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको थियो ।
\v 13 चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो । ती सुनका मणिघरहरूमा जडिएका थिए ।
\s5
\v 14 ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो ।
\v 15 तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए ।
\v 16 तिनीहरूले छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए ।
\s5
\v 17 तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए ।
\s5
\v 18 तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे । त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए ।
\v 19 तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए ।
\v 20 तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए ।
\s5
\v 21 तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए ।
\s5
\v 22 बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।
\v 23 यसको बिचमा टाउको छिराउने प्वाल थियो । नच्यातियोस् भन्‍नाका लागि यसमा कठालोको प्वालजस्तै बुनेको बिट थियो ।
\v 24 तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।
\s5
\v 25 तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बिच-बिचमा तिनीहरूले ती लगाए ।
\v 26 तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
\s5
\v 27 तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए ।
\v 28 तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू,
\s5
\v 29 सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
\v 30 तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए ।
\v 31 तिनीहरूले यसलाई छाप-औँठीमा झैँ "परमप्रभुको निम्ति पवित्र" भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
\s5
\v 32 यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो । इस्राएलका मानिसहरूले सबै कुरा गरे । परमप्रभुले मोशालाई भन्‍नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए ।
\s5
\v 33 तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, रातो
\v 34 रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्‍ने पर्दा,
\v 35 गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्‍चित्तको ढकनी ल्याए ।
\v 36 तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी,
\v 37 निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल,
\v 38 सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
\v 39 काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठुलो बाटा र यसको खुट्टा ल्याए ।
\s5
\v 40 तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए ।
\v 41 तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए ।
\s5
\v 42 यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे ।
\v 43 मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । तब मोशाले तिनीहरूलाई आशिष् दिए ।
\s5
\c 40
\p
\v 1 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
\v 2 "नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।
\s5
\v 3 तैँले यसभित्र गवाहीको सन्दुक राख्‍नू, र यसलाई पर्दाले छेक्‍नू ।
\v 4 तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्‍नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।
\s5
\v 5 तैँले गवाहीको सन्दुकको सामुन्‍ने सुनको धूपको वेदी राख्‍नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्‍नू ।
\s5
\v 6 तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्‍ने होमबलिको लागि वेदी राख्‍नू ।
\v 7 तैँले भेट हुने पाल र वेदीका बिचमा ठुलो बाटा राख्‍नू र त्यसभित्र पानी हाल्नू ।
\v 8 चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू ।
\v 9 तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ ।
\v 10 तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्यो मेरो लागि अति पवित्र हुनेछ ।
\s5
\v 11 तैँले काँसाको बाटा र यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू ।
\v 12 तैँले हारून र त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ ।
\v 13 मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।
\s5
\v 14 त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।
\s5
\v 15 पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।"
\v 16 मोशाले त्यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे ।
\v 17 यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।
\v 18 मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।
\s5
\v 19 परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे ।
\v 20 तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
\v 21 सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्‍चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्‍ने पर्दा टाँगे ।
\v 22 तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।
\s5
\v 23 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे ।
\v 24 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे ।
\v 25 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।
\s5
\v 26 तिनले भेट हुने पालभित्र पर्दाको सामुन्‍ने सुनको धूपको वेदी राखे ।
\v 27 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।
\s5
\v 28 तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए ।
\s5
\v 29 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्‍नबलि चढाए ।
\v 30 तिनले भेट हुने पाल र यस वेदीको बिचमा बाटा राखी त्यसमा धुनलाई पानी राखे ।
\v 31 मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे ।
\v 32 तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा तिनीहरूले धुने गर्थे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे ।
\s5
\v 33 मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे ।
\v 34 तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।
\v 35 भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।
\s5
\v 36 पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे ।
\v 37 तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे ।
\v 38 किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्‍ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।