# परमप्रभु परमेश्‍वरका आत्मा किन तिनीमाथि हुनुहुन्छ? परमप्रभुले तिनलाई अभिषेक गर्नुभएको हुनाले आत्मा तिनीमाथि हुनुहुन्छ । # परमप्रभुले तिनलाई के गर्न अभिषेक गर्नुभएको छ? नम्रहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले तिनलाई अभिषेक गर्नुभएको छ । # परमप्रभुले तिनलाई के तीनवटा कुराहरू गर्न पठाउनुभयो? तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन परमप्रभुले तिनलाई पठाउनुभएको छ ।