2.4 KiB
जससँग कान छ, त्यसले सुनोस्
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)
जसले ... सुनोस्
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)