ne_tn/1co/06/02.md

1.5 KiB

अथवा के तिमीहरूलाई थाहा छैन कि विश्‍वासीहरूले नै संसारको न्‍याय गर्नेछन् ?

कोरिन्‍थीहरूले आफूलाई जानकारी नभए झैँ गरी ढोङ्ग गरेका हुनाले पावलले तिनीहरूलाई शर्ममा पारिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि तिमीहरूले संसारको न्‍याय गर्छौ भने, के यति सानो विवादलाई पनि तिमीहरूले सुल्‍झाउन सक्‍दैनौ ?

तिनीहरूलाई पछि गएर महान् जिम्‍मेवारी दिइने हुनाले, अहिले कम महत्त्व राख्‍ने कुराका लागि तिनीहरू जिम्‍मेवार हुनपर्छ । वैकल्‍पिक अनुवादः “भविष्‍यमा तिमीहरूले संसारको न्‍याय गर्नेछौ, यसैले यो विषयलाई अहिले तिमीहरूले समाधान गर्न सक्षम हुनुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)