ne_tn/php/03/19.md

16 lines
3.1 KiB
Markdown

# तिनीहरूको अन्त्य विनाश हो
“कुनै दिन परमेश्‍वरले तिनीहरूलाई नष्‍ट गर्नुहुनेछ ।” तिनीहरूलाई हुने आखिरी कुरा भनेको परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुने कुरा नै हो ।
# तिनीहरूका ईश्‍वर तिनीहरूको पेट हो
यहाँ “पेट” भन्‍ने शब्दले शारीरिक आनन्दको निम्ति एउटा व्यक्तिको अभिलाषालाई जनाउँछ । त्यसलाई तिनीहरूको ईश्‍वर भनी बोलाउनुको अर्थ हुन्छ कि तिनीहरू परमेश्‍वरको आज्ञापालन गर्नभन्दा बढी तिनीहरू यी अभिलाषाहरूको चाह गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्ने चाहना गर्नभन्दा बढी खानेकुरा र अन्य शारीरिक अभिलाषाहरूको इच्छा गर्दछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ
यहाँ “शर्म” भन्‍ने शब्दले मानिसहरूका ती व्यवहारहरूलाई जनाउँछ जसमा तिनीहरू लज्जित हुनुपर्ने हो, तर तिनीहरू हुँदैनन् । वैकल्पिक अनुवादः “तिनीहरूलाई लाजमा पार्नुपर्ने कुराहरूमा तिनीहरू घमण्ड गर्दछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन्
यहाँ “सांसारिक” भन्‍ने शब्दले शारीरिक रूपमा आनन्द दिने र परमेश्‍वरको आदर नगर्ने सबै कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले सोच्‍ने कुरा भनेको के कुराले परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउँछ भन्‍ने भन्दा पनि के कुराले तिनीहरू आफैँलाई प्रसन्‍न तुल्याउँछ भन्‍ने मात्र हो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])