ne_tn/luk/11/46.md

12 lines
2.2 KiB
Markdown

# धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू !
येशूले यो प्रस्‍ट बनाउनुहुन्छ कि उहाँले फरिसीहरूको साथसाथै व्यवस्थाका शिक्षकहरूको कामहरूलाई पनि दोष लगाउने अभिप्राय गर्नुभयो ।
# तिमीहरू मानिसहरूलाई बोक्‍न कठिन हुने व्यवस्थाको भारमुनि राख्‍दछौ
“तिमीहरूले मानिसहरूमाथि तिनीहरूले बोकून् भनेर अति गह्रौँ भार राखिदिन्छौ र तिनीहरूले ती बोक्‍न सक्दैनन् ।” कसैले मानिसहरूलाई धेरै नियमहरू दिनुलाई तिनीहरूलाई बोक्‍नलाई गह्रौँ हुने थोकहरू बोक्‍न दिएको हो जस्तै गरी येशूले बताउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मानिसहरूलाई तिनीहरूले पालन गरून् भनेर अति धेरै नियमहरू दिएर भार बोकाउँछौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो भारलाई छुँदैनौ
सम्भावित अर्थहरू हुन् १) “तर तिमीहरूले मानिसहरूलाई ती बोझहरू बोक्‍नलाई केही सहायता गर्दैनौ” वा २) “ती बोझहरू तिमीहरू आफैँ बोक्‍न कुनै पनि प्रयास गर्दैनौ ।”