ne_tn/gen/39/03.md

32 lines
3.1 KiB
Markdown

# परमप्रभु उनीसँग हुनुहुन्छ ... भन्‍ने कुरा उनको मालिकले देखे
यसको अर्थ परमप्रभुले योसेफलाई कसरी सहायता गर्दैहुनुहुन्थ्यो भन्‍ने कुरा त्यस मालिकले देखे । अर्को अनुवाद‍ः "परमप्रभुले उनलाई सहायता गर्दैहुनुहुन्थ्यो ... भन्‍ने कुरा उनको मालिकले देखे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# उनले गर्ने सबै काममा उनलाई समृद्धि मिल्छ
"परमप्रभुले योसेफले गरेका सबै कुरालाई समृद्धि गरिदिनुभयो"
# योसेफले तिनको कृपादृष्‍टि पाए
"कृपा पाउनु" को अर्थ कसैद्वारा स्वीकार गरिएको हो। "तिनको दृष्‍टिमा" वाक् पद्धतिले व्यक्तिको विचारलाई जनाउँछ । सम्भावित अर्थहरू हुन्ः १) अर्को अनुवाद‍ः "पोतीफर योसेफसँग प्रसन्‍न थिए" वा २) अर्को अनुवाद‍ः "परमप्रभु योसेफसँग प्रसन्‍न हुनुहन्थ्यो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# उनले पोतीफरको सेवा गरे
यसको अर्थ उनी पोतीफरको निजी सेवक थिए ।
# पोतीफरले योसेफलाई आफ्नो घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि अधिकार दिए
"पोतीफरले आफ्नो घराना र आफ्ना सबै कुराहरूको जिम्मा योसेफलाई दिए"
# उनको जिम्मामा लगाए
जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्‍न जिम्मेवार हुन्छ । अर्को अनुवाद‍ः "तिनले हेरविचार गर्न योसेफलाई लगाए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/favor]]
* [[rc://*/tw/dict/bible/other/manager]]
* [[rc://*/tw/dict/bible/other/house]]