ne_tn/eph/03/17.md

16 lines
3.0 KiB
Markdown

# जोड्ने कथनः
पावलले [एफिसीहरू ३:१४](./14.md) मा सुरुआत गरेको प्रार्थनालाई निरन्तरता दिन्छन् ।
# कि ख्रीष्‍ट तिमीहरूका हृदयमा विश्‍वासद्वारा वास गरून् ... , कि तिमीहरूले उहाँको प्रेममा जरा गाडेका र जग बसालेका होओ
“परमेश्‍वरले आफ्नो महिमाको प्रशस्तताअनुसार” एफिसीहरूलाई “दिऊन्” भनेर पावलले प्रार्थना गरेको यो दोस्रो कुरा हो । पहिलो चाहिँ तिनीहरू “बलिया पारिऊन्” भन्‍ने हो ([एफिसीहरू ३:१६](./14.md)) ।
# कि ख्रीष्‍ट तिमीहरूका हृदयमा विश्‍वासद्वारा वास गरून्
यहाँ “हृदय” शब्दले मानिसको भित्री अन्तस्करणलाई जनाउँछ, र “द्वारा” शब्दले विश्‍वासीभित्र ख्रीष्‍ट बस्‍नुहुने माध्यमलाई जनाउँछ । अनुग्रही भएर परमेश्‍वरले विश्‍वासीहरूलाई विश्‍वास प्राप्‍त गर्न दिनुभएको कारण विश्‍वासीहरूका हृदयमा ख्रीष्‍ट बास गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “कि ख्रीष्‍ट तिमीहरूभित्र वास गर्नुभएको होस् किनभने तिमीहरू उहाँमा भरोसा गर्छौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# कि तिमीहरूले उहाँको प्रेममा जरा गाडेका र जग बसालेका होओ
पावलले तिनीहरूको विश्‍वास चाहिँ गहिरो गरी जरा हालेको कुनै रूख वा पक्‍का जगमाथि निर्माण गरिएको कुनै भवन भए झैँ गरी बताउँछन् । वैकल्‍पिक अनुवादः “कि तिमीहरू बलियोसँगले जरा हालेका रूख र चट्टानमा निर्माण गरिएका भवन जस्तै होओ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])