# तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् मृत्युको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो मानिसहरूलाई आक्रमण गर्न सक्ने व्यक्ति थियो। अर्को अनुवादः "मेरा शत्रुहरू अचानक मरून्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # तिनीहरू जिउँदै चिहानमा जाऊन् अचानक मर्नु बारे यसरी बताइएको छ कि मानौँ मानिसहरू यति चाढो चिहानमा जानुपर्थ्यो कि तिनीहरू मरिसेको पनि हुने थिएनन् । अर्को अनुवादः "तिनीहरू अचानक चिहानमा जाऊन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तिनीहरू जहाँ बस्छन् त्यहाँ नै ... दुष्टता हुन्छ दुष्टताको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै निश्‍चित ठाउँमा हुने वस्तु थियो । तिनका शत्रहरूको दुष्ट बानीको बारेमा यसरी बताइएको छ कि मानौँ दुष्टता तिनीहरूसँग थियो वा तिनीहरूको नजिक थियो । अर्को अनुवादः " तिनीहरू जहाँ बस्छन् त्यहाँ नै ... तिनीहरूले सधैँ दुष्ट कुराहरू गर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तिनीहरूको माझमा यो वाक्यांशले दुष्टता तिनीहरूको धेरै नजिक छ भन्‍ने धारणालाई जोड दिन्छ । यहाँ दुष्टतालाई तिनीहरूको घरमा मात्र नभई तिनीहरू जहाँ छन् त्यहीँ भएझैँ बताइएको छ । अर्को अनुवादः "तिनीहरूले सधैँ तिनीहरू भएको ठाउँमा दुष्ट कुराहरू गर्छन्" वा "तिनीहरू जहाँ भएपनि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/hades]] * [[rc://*/tw/dict/bible/kt/evil]]