# मेरो दिनहरू धूवाँझैँ बित्छन् यहाँ "मेरो दिनहरू"ले लेखकको जीवनलाई जनाउँछ र "धुवाँ" ले बताउन खोजेको कुरा छिटो बिलाउने कुनै कुरा हो । अर्को अनुवादः "मेरो जीवन छिटो बित्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # मेरा हाडहरू आगोझैं जल्छन् यहाँ लेखकले तिनको आफ्नो "शरीर"लाई तिनको "हाडहरू" भनेर बताउँछन् । अर्को अनुवादः "मेरो शरीर जलिरहेझैँ अनुभव हुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-simile]]) # मेरो हृदय चूर्ण भएको छ यहाँ लेखकले आफैलाई तिनको "हृदय"को रूपमा बताउँछन् । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "मेरो हृदय चूर्ण पारिएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-activepassive]]) # म ओइलिएको घाँसजस्तो छु तिनको दुःखलाई वर्णन गर्ने यो अर्को तरिका हो । अर्को अनुवादः "म आफूलाई घाँसजस्तै ओइलाइरहेको महसुस गर्छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/fire]] * [[rc://*/tw/dict/bible/kt/heart]]