# ख्रीष्‍ट, हाम्रा निस्तार-चाडको थुमाको बलिदान भइसकेको छ जसरी निस्तारको थुमाले विश्‍वासद्वारा प्रत्येक वर्ष इस्राएलीहरूका पापलाई ढाक्‍ने गर्थ्यो, त्यसरी नै ख्रीष्‍टको मृत्युले ख्रीष्‍टमा विश्‍वास गर्नेहरूको पापलाई विश्‍वासद्वारा अनन्तताको लागि ढाक्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले ख्रीष्‍ट, हाम्रा निस्‍तारचाडको थुमाको बलिदान गरिसक्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])