# तिमीहरू के चाहन्छौ ? पावल कोरिन्थीहरूलाई एउटा अन्तिम निवेदन गरेरहेका थिए, किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अब के भएको चाहन्छौ मलाई भन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा ? उनीहरूकहाँ आउँदा कस्तो मनोवृत्तिमा आऊँ भनेर पावलले कोरिन्थीहरूलाई दुईवटा छनौट दिइरहेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू इच्‍छा गर्छौ भने, म तिमीहरूलाई दण्‍ड दिनका लागि आउन सक्‍छु, अथवा तिमीहरूसित विनम्र बनेर म तिमीहरूलाई कति धेरै प्रेम गर्छु भनी देखाउनका लागि आउन सक्‍छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # नम्रताको “दयाको” वा “कोमलताको”