# त्यसोभए अपोल्लोस को हो ? अनि पावल को हो ? पावलले आफू र अपोल्लोस सुसमाचारको वास्तविक स्रोत नभएको कारण कोरिन्थीहरू उनीहरूको पछि लाग्‍ने होइन भन्‍ने कुरामा जोड दिन्छन् । वैकल्पिक अनुवादः “अपोल्लोस वा पावलको पछि लाग्‍ने समूह खडा गर्नु गलत हो !” वा (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # अनि पावल को हो ? पावलले अरू कसैलाई भने झैँ गरी तिनले आफैँलाई भन्‍छन् । वैकल्पिक अनुवादः “म को हुँ?” वा “म महत्त्वपूर्ण छैन !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-123person]]) # जुन दासहरूको माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ पावलले आफू र अपोल्लोस परमेश्‍वरको सेवक भएको कुरा बताएर आफ्नो प्रश्‍नको उत्तर आफैँ दिन्छन् । वैकल्‍पिक अनुवादः “पावल र अपोल्‍लोस ख्रीष्‍टका सेवकहरू हुन् र तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्‍यौ किनभने हामीले उहाँको सेवा गर्‍यौँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]]) # जुन दासहरूको माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ, हरेक जसलाई प्रभुले कामहरू दिनुभयो यसलाई बझिएको कुरासँगै उल्‍लेख गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “हामी ती दासहरू हौँ जसद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ । हामी केवल ती मानिसहरू हौँ जसलाई प्रभुले कामहरू दिनुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])