# के ख्रीष्‍ट बाँडिनुभएको छ र ? पावल ख्रीष्‍ट विभाजित हुनुभएको छैन तर एक हुनुहुन्छ भन्‍ने सत्यतामा जोड दिन इच्छा गर्छन् । “तिमीहरूले गरिरहे जसरी ख्रीष्‍टलाई विभाजन गर्न सम्भव छैन !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]]) # के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगिए र ? ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको थियो, पावल वा अपोल्लोस होइन भन्‍ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूको मुक्तिको लागि उनीहरूले पावललाई क्रूसमा मारेका होइनन् !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]]) # के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र ? हामी सबै जनाले ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिएको हो भन्‍ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई पावलको नाउँमा बप्‍तिस्मा दिएका होइनन् !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]]) # पावलको नाउँमा यहाँको “नाउँमा” शब्‍द “अधिकारद्वारा” का लागि लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्‍पिक अनुवादः “पावलको अधिकारद्वारा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])