# जोड्ने कथनः पावलले कोरिन्थी विश्‍वासीहरूलाई सम्झाउँछन् कि उनीहरू एक अर्कासँग शान्तिमा रहनुपर्छ अनि यो कि ख्रीष्‍टको क्रूसको सन्देशले, न कि मानिसहरूद्वाराको बप्‍तिस्माले, बचाउँछ । # भाइहरू यहाँ यसले दुवै पुरुषहरू र महिलाहरूलाई समावेश गरी सँगी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । # हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा यहाँ “नाउँ” शब्‍द येशू येशू ख्रीष्‍ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्‍पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्‍टको माध्यमद्वारा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिमीहरू सबै सहमत होओ “तिमीहरू एक अर्कासँग मिलापमा बस” # तिमीहरूका माझमा फाटो नहोस् “तिमीहरू आपसमा विभिन्‍न समूहमा विभाजित नहोओ” # एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ “एकतामा रहो”