# अब यदि तपार्इंको भाषामा पावलले आफू विश्‍वस्त भएका असल कुराहरूका बारेमा ([रोमीहरू १५:२९](./28.md)) भन्‍न रोकेर उनले सामना गर्नु परेका जोखिमहरूका बारेमा बताउन सुरु गरेको कुरालाई व्यक्त गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् । # म तिमीहरूलाई आग्रह गर्छु “म तिमीहरूलाई उत्साह दिन चाहन्छु” # भाइहरू हो यहाँ भाइहरू भन्‍नाले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन् । # ... सँग एकसाथ लागि पर्नलाई “तिमीहरू कडा परिश्रम गर्छौ” वा “तिमीहरू सङ्घर्ष गर्छौ”