# प्रकाश १३ सामान्य टिपोटहरू ## संरचना र ढाँचा केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद १० का शब्दहरूसँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका हुन् । ## यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू ### उपमाहरू यूहन्‍नाले यस अध्यायमा थुप्रै उपमाहरूको प्रयोग गर्छन् । उनले आफ्‍नो दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्न तिनले सहायता गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]]) ## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू ### अन्जान पशुहरू यूहन्‍नाले आफूले देखेका कुराहरूलाई वर्णन गर्नलाई कोसिस गर्नको लागि विभिन्‍न पशुहरूको प्रयोग गर्छन् । यीमध्ये केही पशुहरूको बारेमा लक्षित भाषामा जानकारी नहुन सक्‍छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])