# नम्र यसले नम्र मानिसलाई जनाउँछ । अर्को अनुवादः "नम्र मानिस" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # मुलुकको उत्तराधिकार प्राप्‍त गर्ने छ मुलुकमाथि अधिकार गर्ने बारे यसरी बताइएको छ कि मानौँ ति उत्तराधिकारको रूपमा प्राप्त गरिने छ । [Psalms 37:9](./008.md) मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "तिनीहरूको आफ्नै सम्पतिको रूपमा मुलुक प्राप्त गर्नेछन्" वा "सुरक्षित साथ मुलुकमा बस्‍ने छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # दुष्ट मानिस यसले कुनै विशेष मानिसलाई जनाउँदैन । यसले सामान्य रूपमा दुष्ट मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "दुष्ट व्यक्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-genericnoun]]) # धर्मी यसले कुनै विशेष मानिसलाई जनाउँदैन । यसले धर्मी मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "धर्मी व्यक्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # दाह्रा किट्दछ दुष्ट मानिसले धर्मी व्यक्तिलाई यति धेरै घृणा गर्छ कि उसले आफ्नो रिस देखाउन दाह्रा किट्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-symlanguage]]) # त्यसको दिन आइरहेको "त्यसको दिन" न्यायको दिन हुनेछ भनी यसले संकेत गर्छ । अर्को अनुवादः "परमप्रभुले न्याय गर्नुहुने र त्यसलाई दण्ड दिनुहुने दिन आइरहेको" वा "परमप्रभुले न्याय गर्नुहुने र दुष्ट मानिसहरूलाई दण्ड दिनुहुने दिन आइरहेको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/meek]] * [[rc://*/tw/dict/bible/kt/inherit]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/kt/dayofthelord]]