# सामान्य जानकारी: मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताइउनु हुन्छ । # सातौँ महिनाको पहिलो दिनमा "७ औँ महिनाको १ औँ दिनमा ।" यसले हिब्रू पात्रोको सातौँ महिनालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]]) # परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नुपर्छ "तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो । # यो तिमीहरूले तुरही फुक्‍ने दिन हुने छ यहाँ "तिनीहरू" भन्‍ने शब्दले पुजारीहरूलाई प्रतिनिधित्व गर्ने इस्राएलका मानिसहरूलाई जनाउँछ । पुजारीहरूले आराधना सेवा सुरु गर्न वा समुदायलाई एक साथ भेला गर्न तुरही फुके । अर्को अनुवादः "यो पुजारीहरूले तुरही फुक्‍ने दिन हुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/other/assembly]] * [[rc://*/tw/dict/bible/kt/honor]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/trumpet]]