# सामान्य जानकारीः येशूले निस्तार चाडको भोजको तयारी गर्न पत्रुस र यूहन्‍नालाई पठाउनुहुन्छ । पद ७ ले घटनाको विषयमा पृष्‍ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]]) # अखमिरी रोटीको चाडको दिन “खमिर बिनाको रोटीको दिन ।” यो दिन यहूदीहरूले खमिर हालेका सबै रोटी आ-आफ्नो घरबाट निकाल्थे । तब तिनीहरूले अखमिरी रोटीको चाड सात दिनसम्म मनाउँथे । # निस्तार-चाडको थुमाको बलिदान चढाउन आवश्‍यक थियो हरेक परिवार वा समूहले एउटा थुमा मार्थे र सँगसँगै खान्थे, त्यसैले धेरै थुमाहरू मारिन्थे । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले तिनीहरूको निस्तारको खानाको लागि थुमा मार्नुपर्थ्यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])