# सामान्य जानकारीः यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो । एउटी स्‍त्रीले आशिष्‌को वचन बोल्छिन् र येशूले जवाफ दिनुहुन्छ । # अब यसो भयो कि यो वाक्यांशलाई यहाँ कथामा एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]]) # भीडबाट कराएर भनी यो उपमाको अर्थ “भीडको हल्लाभन्दा पनि चर्को स्वरले चिच्‍च्‍याई” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # तपाईंलाई जन्माउने कोख र तपाईंलाई दूध खुवाउने स्तनहरू धन्यका हुन् स्‍त्रीका अङ्गहरूलाई समग्र स्‍त्रीलाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तपाईंलाई जन्माउने र दूध चुसाउने स्‍त्रीका निम्ति यो कति असल छ” वा “तपाईंलाई जन्माउने र दूध चुसाउने स्‍त्री कति खुशी होलिन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])