# दर्ता गर्न यसको अर्थ अधिकारीहरूले उनलाई गन्तीमा समावेश गर्न सकून् भनेर तिनीहरूलाई बताउनु भन्‍ने हो । यदि सम्भव हुन्छ भने आधिकारिक सरकारी गणनाको लागि भएको शब्दलाई प्रयोग गर्नुहोस् । # मरियमसँगै मरियमले नासरतबाट योसेफसँगै यात्रा गरिन् । स्‍त्रीहरूलाई पनि कर तिर्न लगाइन्थ्यो । त्यसैले, मरियमले पनि यात्रा गर्नुपर्‍यो र दर्ता गर्नुपर्‍यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]]) # जससँग उनको मगनी भएको थियो “उनको मङ्गेतर” वा “उनलाई प्रतिज्ञा गरिएका व्यक्ति ।” मगनी भएको जोडिलाई वैधानिक रूपमा विवाहित नै ठानिन्थ्यो, तर तिनीहरूका बीचमा शारीरिक घनिष्‍ठता भएको हुँदैनथ्यो ।