# जोड्ने कथनः यो येशू मन्दिरमा यहूदीहरूसँग बोल्नुभएको कथाको अन्त्य हो, जुन ८:१२(./12.md) बाट सुरु हुन्छ । # यहूदीहरूले उहाँलाई भने “यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूको रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले उहाँलाई भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ ? येशूले अब्राहामलाई देखेको दाबी गर्नुहुँदा यहूदीहरू छक्‍क परेको कुरालाई व्यक्त गर्न तिनीहरूले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमी पचास वर्षभन्दा पनि कम उमेरका छौ । तिमीले अब्राहामलाई देख्‍ने सम्भावना नै छैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])