# जोड्ने कथनः येशू आफ्नै बारेमा फरिसीहरू र अरू मानिसहरूसँग निरन्तर कुरा गर्दै हुनुहुन्छ । # हो, र तिम्रो व्यवस्थामा शब्द “हो” ले येशूले पहिला नै भन्‍नुभएको कुरामा थपिरहनुभएको कुरालाई देखाउँछ । # लेखिएको छ यो कर्मवाच्यको पदावली हो । तपार्इंले यसलाई व्यक्तिवाचक सर्वनाम प्रयोग गरेर कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मोशाले लेखे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # दुई जना मानिसको गवाही सत्य हुन्छ यसको तर्कचाहिँ यही हो कि एक जनाको कुरा अर्कोले प्रमाणित गर्न सक्‍छ । वैकल्पिक अनुवादः “यदि दुई जनाले उही कुरा भन्छन् भने मानिसहरूले यो सत्य हो भनी जान्‍नेछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])