# सामान्य जानकारीः यहाँ पहिलो उद्धरण, “मैले मेरो क्रोधमा ... विश्राममा प्रवेश गर्ने छैनन्,” एउटा भजनसंग्रहबाट लिइएको हो । दोस्रो उद्धरण, “परमेश्‍वरले सातौँ दिनमा ... विश्राम लिनुभयो,” चाहिँ मोशाले लेखेको पुस्‍तकबाट लिइएको हो । तेस्रो उद्धरण, “तिनीहरू ... विश्रममा कहिल्‍यै प्रवेश गर्ने छैनन्,” चाहिँ फेरि पनि त्‍यही भजनसंग्रहबाट लिइएको हो । # हामी विश्‍वास गर्नेहरू “हामी जसले विश्‍वास गर्दछौँ” # त्‍यस विश्राममा प्रवेश गर्नेछौँ परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “हामी विश्‍वास गरेकाहरू विश्रामको ठाउँमा प्रवेश गर्नेछौँ” वा “तिनीहरू परमेश्‍वरको विश्रामको आशिषको अनुभव गर्ने छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # जसरी उहाँले भन्‍नुभएको छ “जसरी परमेश्‍वरले भन्‍नुभएको छ” # मैले मेरो क्रोधमा यसरी शपथ खाएँ “म धेरै रिसाएको बेला मैले यसरी शपथ खाएँ” # तिनीहरू कहिल्‍यै मेरो विश्राममा प्रवेश गर्नेछैनन् परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरू विश्रामको ठाउँमा कदापि प्रवेश गर्ने छैनन्” वा “तिनीहरूले मेरो विश्रामको आशिषको अनुभव कहिल्‍यै गर्ने छैनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # उहाँका सृष्‍टिका कामहरू पूरा भइसकेका थिए यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले सृष्‍टि गरेर सिध्‍याउनुभयो” वा “उहाँको सृष्‍टिको काम उहाँले सिध्‍याउनुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # संसारको उत्पत्तिदेखि लेखकले सांसरलाई एउटा जगमा बसालेको भवनजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “संसारको सुरुमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])