# तिनले लाबानलाई हप्काए "याकूबले लाबानलाई भने" # मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो? वाक्यांश "मेरो दोष के हो" र "मेरो पाप के हो"ले मूलतः एउटै कुरालाई जनाउँछ । आफूले के गल्ती गरे भनेर बताउन याकूब लाबानलाई सोध्दैछन् । अर्को अनुवाद‍ः "मैले के गल्ती गरेको छु जसको कारण तपाईं मलाई यसरी पिछा गर्नुहुन्छ?" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # मेरो यसरी पिछा गर्नुभयो यहाँ "यसरी" शब्दले लाबानले याकूबलाई पक्रने इरादाले तिनलाई तुरुन्तै पिछा गरेको कुरालाई बुझाउछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो? "तपाईंले आफ्नो कुन कुरा फेला पार्नुभयो?" # ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस् यहाँ "हाम्रा" शब्दले याकूबका आफन्तहरूलाई र लाबानका आफन्तहरू समेतलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले फेला पार्नुभएको कुनै पनि थोक हाम्रा आफन्तहरूको सामु राख्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-inclusive]]) # तिनीहरूले हामी दुईको बिचमा न्याय गरून् यहाँ "हामी दुई"ले याकूब र लाबानलाई जनाउँछ । "बिचमा न्याय गरून्" वाक्यांश ले कलहमा कुन व्यक्ति ठिक छन् भनेर निर्णय गर्ने कुरालाई बुझाउँछ । अर्को अनुवाद‍ः "तिनीहरूले हामी दुई बिचमा न्याय गरून्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-inclusive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/names/laban]] * [[rc://*/tw/dict/bible/kt/sin]] * [[rc://*/tw/dict/bible/other/possess]] * [[rc://*/tw/dict/bible/other/household]] * [[rc://*/tw/dict/bible/kt/judge]]