# अब्राम उनान्सय वर्षको हुँदा यो वाक्‍यांश कथाको नयाँ भाग सुरु हुँदै गरेको देखाउन प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने तपाईंले त्‍यो यहाँ प्रयोग गरेर हेर्न सक्‍नुहुन्छ । # सर्वशक्‍तिमान् परमेश्‍वर "सबै शक्ति भएको परमेश्‍वर" वा "परमेश्‍वर जससँग सबै शक्ति छ । " # मेरो सामु ... हिँड् "हिँड्नु" शब्‍द जिउनुको रूपक हो र "मेरो सामु" वा " मेरो उपस्‍थितिमा" वाक्‍याशं आज्ञाकारिताको रूपक हो । अर्को अनुवाद: "मेरो इच्छा अनुसार तँ जिएस् ।" वा "मेरो आज्ञा पालन गर् ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # त्यसपछि ... म पक्का गर्नेछु "यदि तैँले यसो गरिस् भने त्‍यसपछि ... म पक्‍का गर्नेछु ।" # आफ्नो करार म पक्‍का गर्नेछु "म करार बाँध्‍नेछु ।" वा " म करार बनाउनेछु ।" # करार यो करारमा परमेश्‍वरले अब्रामलाई आशिष्‌ दिने वाचा गर्नुहुन्छ तर उहाँ अब्रामले आज्ञा पालन गरेको पनि चाहनुहुन्‍छ । # तँलाई अत्यन्तै वृद्धि गराउनेछु "तेरा सन्‍तानहरू अत्‍यन्‍तै वृद्धि गरिदिनेछु ।" वा "तँलाई अति धेरै सन्‍तानहरू दिनेछु ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/abraham]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/almighty]] * [[rc://*/tw/dict/bible/other/walk]] * [[rc://*/tw/dict/bible/kt/blameless]] * [[rc://*/tw/dict/bible/kt/covenant]]