# मानिस सम्भव अर्थहरू १) परमेश्‍वरले मानिस एक मानवलाई जानउँदै हुनुहुन्थ्यो, वा २) साधारण अर्थमा परमेश्‍वरले मानवहरूलाई जनाउँदै हुनुहुन्थ्यो, ताकी यसको अर्थ मानिस र उनकी पत्‍नी हुनेछ । परमेश्‍वरले एउटा मात्र व्यक्तिको बारेमा बोल्नुभएता पनि उहाँले भन्‍नुभएको कुरा दुवैको लागि लागु हुन्छ । # हामीजस्तै "हामीसमान ।" "हामी" भन्‍ने सर्वनाम बहुवचन हो । तपाईंले उत्पति १:२६ मा "हामी बनाऔं" लाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # असल र खराबको ज्ञान पाएर यहाँ, "असल र खराब" बोल्‍ने शैली हो जसले यी दुवैको बीचमा भएको अत्याधिक र सबैकुराहरू जनाउँछ । तपाईंले उत्पति २:९ मा "असल र खराबको ज्ञान" लाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "असल र खराब लगायत, सबैकुराहरू जान्‍नु" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-merism]]) # त्यसलाई .... दिनुहुँदैन यसलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ। अर्को अनुवादः "मद्वारा त्यसलाई अनुमति दिइने छैन" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # जीवनको रूख "मानिसलाई जीवन दिने रूख ।" यसलाई उत्पति २:९ मा जस्तै अनुवाद गर्नुहोस् । # जुन भूमिबाट त्यो निकालिएको थियो "किनभने त्यो धुलोबाट निकालिएको थियो ।" यसले जमिनको कुनै निश्‍चित ठाउँलाई जनाउँदैन जहाँबाट परमेश्‍वरले मानिसलाई निकाल्नुभयो । # परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि "परमेश्‍वरले मानिसलाई बगैंचाबाट निस्कन वाध्य तुल्याउनुभयो ।" यसले उत्पति ३:२३ लाई जनाउँदछ, जहाँ "परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।" भनिएको छ । परमेश्‍वरले त्यस मानिसलाई दोस्रो पटक निकाल्नुभएन । # खेतीपाती गर्न यसको अर्थ वनस्पतिहरू राम्ररी बढ्न सकुन् भनेर चहिएको कुरा हो । यसलाई उत्पति २:५ मा जस्तै अनुवाद गर्नुहोस् । # जीवनको रुखतर्फको मार्गमा पहरा दिन "मानिसहरूलाई जीवनको रूखतर्फ जानबाट रोक्‍न" # ज्वालामय तरवार सम्भव अर्थहरू १) ज्वालाहरू निस्कँदै गरेको एक तरवार वा २) तरवार जस्तै आकारको आगो । तरवारहरू नभएका भाषाहरूले भाला वा तीर जस्ता अर्को हतियार प्रयोग गर्न सक्छन् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lordyahweh]] * [[rc://*/tw/dict/bible/names/eden]] * [[rc://*/tw/dict/bible/other/cherubim]]