# ताकि तिनीहरूका हृदयहरू पावलले बेग्‍लै सर्वनामको प्रयोग गरेका भएतापनि उनले गलातीहरूलाई समावेश गरे । वैकल्‍पिक अनुवादः “ताकि तिनीहरूका र तिमीहरूका हृदयहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-pronouns]]) # एकसाथ ल्याइएर यसको अर्थ एकसाथ घनिष्‍ठ सम्बन्धमा ल्याइएको भन्‍ने हुन्छ । # समझको पूर्ण निश्‍चयताको सबै सम्पत्तिहरू सुसन्देश सत्य छ भनी पूर्णतया पक्‍का भएको कोही व्यक्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति भौतिक थोकहरूमा धनी थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # परमेश्‍वरको गोप्‍य सत्यता यो केवल परमेश्‍वरद्वारा मात्र प्रकट गर्न सकिने ज्ञान हो । # अर्थात् ख्रीष्‍ट येशू ख्रीष्‍ट परमेश्‍वरद्वारा प्रकट गरिनुभएको गोप्‍य सत्यता हुनुहुन्छ ।